२९ खोजी नतिजाहरु
(१) निवेदक बैठकमा उपस्थित हुन नसकेको बारे निजलाई कुनै प्रकारको सफाईको मौका दिइएको नदेखिँदा सफाइको मौका नदिई लगातार तीन पटकसम्म बैठकमा उपस्थित नरहेको भन्ने आधारमा मात्र, पदबाट हटाउने पर्याप्त कारण मान्न नसकिने ।
( प्रकरण नं. ९)
पूर्ण पाठ हेर्नुहोस्
दिदीको मृत्युपछि निजको अपुताली बहिनीले पाउने सम्बन्धी कानुनी व्यवस्था मुलुकी ऐन अपुतालीको महलले गरेको नपाइने ।
(प्रकरण नं. ६)
पूर्ण पाठ हेर्नुहोस्
निर्दोषिताको शंकारहित सबूद प्रमाणको अभावमा निर्दोषिताको ठहर गर्न न्यायसंगत नहुने।
(प्रकरण नं. २१)
पूर्ण पाठ हेर्नुहोस्
अन्य स्वतन्त्र सबूद प्रमाणको अभावमा सहअभियुक्तको पोलको भरमा कसूरदार ठहर्यातउन त्यस्ता सहअभियुक्तको पोल स्वतन्त्र र विश्वसनीय हुन आवश्यक हुन्छ, शंकास्पद कसूरदार ठहर्यायउँदा अन्याय पनि पर्न सक्ने हुँदा सहअभियुक्तको पोललाई राम्रो तवरले केलाई निर्णयमा पुग्नु पर्ने ।
(प्रकरण नं. ३०)
आफ्नै ट्रकमा अवैध गाँजा ओसार पसार गरेको भन्ने अभियोग लगाइएकोमा सो ट्रक निजको नठहरिएको अवस्थामा उक्त लगाइएको अभियोगको अभियुक्त ठहर्याठउन नमिल्ने।
(प्रकरण नं. ३१)
पूर्ण पाठ हेर्नुहोस्
अभियुक्तहरु उपरको आरोप, जोहरवालाको जाहेरी र बकपत्र बाहेक अन्य संकलित प्रमाणबाट पुष्टि हुन सकेको नपाइँदा केवल जाहेरी दर्खास्तकै आधारमा जिउ मास्ने बेच्ने जस्तो गम्भीर अपराधमा अभियुक्तलाई दोषी ठहर गर्न कानुनसंगत नहुने ।
(प्रकरण नं. १६)
पूर्ण पाठ हेर्नुहोस्
लिखतमा बाटो उल्लेख नहुँदैमा सो जग्गाको प्रवेश मार्ग रहँदैन दावी गर्न मिल्दैन भन्नु कानुनसंगत नहुने ।
(प्रकरण नं. १५)
पूर्ण पाठ हेर्नुहोस्
केवल सम्बन्धित पञ्चायतको प्रतिनिधिको रुपमा मुखिया भनी लेखिएकै आधारमा पञ्चायतको प्रतिनिधि नरहेको भन्न मान्न सारगर्भीत हुँदैन ।
(प्रकरण नं. १३)
पूर्ण पाठ हेर्नुहोस्
घुस रिसवत जस्तो कुरा सर्वसाधारण रहे भएकै ठाउँ दिउँसै लिने अवस्था नरहने ।
(प्रकरण नं. १८)
पूर्ण पाठ हेर्नुहोस्
आफ्नो हक अधिकार हनन् भएमा त्यस्को उपचार प्राप्त गर्न पक्ष स्वयं पनि सजक हुनु पर्दछ, अदालतबाट गरिएको आदेशबाट आफ्नो हक अधिकार कुण्ठित भएको भए आफ्नै उपस्थितिमा भएको आदेश बदर गराउन मनासिब समय मै उपचारको मार्ग अवलम्बन गर्नुपर्ने ।
(प्रकरण नं. १२)
पूर्ण पाठ हेर्नुहोस्