विस्तृत खोजी

 
 
 
 
 
      

३१ खोजी नतिजाहरु

निर्णय नं. ३९९३ - प्रतिषेध लगायत उत्प्रेषणयुक्त चाहिने आज्ञा, आदेश जारी गरी पाउँ

 फैसला मिति:२०४६/१०/०१  संयुक्त इजलास  ४४०
 पुनरावेदक/ प्रतिवादी : जिल्ला गुल्मी ठूलो लुम्धेके घर भई हाल रा.वा.बैंक सुर्खेत शाखामा कार्यरत हरिप्रसाद भट्टराईसमेत बिरुद्ध विपक्षी/वादी : जि. सुर्खेत वीरेन्द्रनगर न.पं. वार्ड नं. १० बस्ने ईन्द्रवीर खाम्चासमेत

 कसैले कसैलाई झुक्याई जग्गा पारित गरी लिनु दिनु गरेको विषयमा कारवाही गरी बदर वातेल गर्ने अधिकार जिल्ला कार्यालयलाई कानुनले अख्तियार गरेको नपाइने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९९२ - अदालतको मानहानी

 फैसला मिति:२०४६/११/२१  संयुक्त इजलास  ५१२
 पुनरावेदक/ प्रतिवादी : जि. ल.पु.न.पं. वडा नं. ११ टुम्बाहाल बस्ने भगतकृष्ण श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : का.न.पं. धर्मपथ स्थित नेपाल बैंक लिमिटेड केन्द्रीय कार्यलयका जनरल मैनेजर महाप्रबन्धक आनन्दभक्त राजभण्डारी

 अदालतको अन्तिम निर्णयलाई मान्यता नदिई उल्लंघन गरेकोले अदालतको अबहेलना मानहानीमा कारवाई गरी पाउँ भनी परेको प्रस्तुत निवेदन स्वभावैले विशेष प्रकृति र अवस्थाको मुद्दा मानिइनु पर्ने कुरालाई नकार्न सकिन्न । यस्ता प्रकारका मुद्दाहरुको उठान अदालत प्रतिको जनविश्वास र यसको अविछिन्न निष्पक्ष न्याय सम्पादन र कार्यान्वयनसंग सम्बन्धित रही भएको हुनुपर्दछ । न्यायिक गतिशिलताका लागि यस्ता मुद्दाहरुको उठान अदालत स्वंयले पनि गर्न सक्ने हुँदा यस्ता प्रकृतिका मुद्दाहरु डिसमिस गर्न स्वभावैले नमिल्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९९१ - भ्रष्टाचार

 फैसला मिति:२०४६/१०/१०  संयुक्त इजलास  ४८९
 पुनरावेदक/ प्रतिवादी : धनुषा जिल्ला बलाहा गा.पं. वा.नं. ९ बस्ने रामऔतार यादव बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार

 मूल कसूरदार उपरको आरोप प्रमाणित नभएको स्थितिमा मतियारलाई सजायँ गर्न भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६(क) ले नमिल्ने । (प्रकरण नं. २३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९९० - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउँ

 फैसला मिति:२०४६/११/२४  संयुक्त इजलास  ४०६
 पुनरावेदक/ प्रतिवादी : जि. पर्सा वीरगंज आदर्श नगर न.पं.वा.नं. १३ स्थित गोपाल मोटर स्टोर्सका प्रो. निर्मलकुमार वेरिवाल बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार अर्थ मन्त्रालयसमेत

 अधिकारको प्रयोग गर्दा अधिकारको स्रोत खोलिनु पर्ने हुन्छ तर दफा वा उपदफा उद्धृत गर्न छुटेको कारणबाट मात्र अवैध भन्न मिल्दैन । मुख्य कुरा कुनै दफा वा उपदफाले त्यस्तो निर्णय गर्न पाउने अधिकार प्रदान भएको छ छैन भनी हेर्नु पर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९८९ - उत्प्रेषण

 फैसला मिति:२०४६/११/१४  संयुक्त इजलास  ४३१
 पुनरावेदक/ प्रतिवादी : पशुपति सोप ईण्डष्ट्रिज (प्रा.) लि. को तर्फबाट ऐ.का अधिकार प्राप्त संचालक शंकरलाल बिरुद्ध विपक्षी/वादी : विराटनगर भन्सार कार्यालय, विराटनगरसमेत

 एकपटक एउटा संकेत नम्बर अन्तर्गतको बस्तु भनी भन्सार महसूल असूल गरी माल छाडी सकेकोमा पुनः अर्को संकेत नम्बर अन्तर्गतको मालवस्तु भनी स्पष्ट आधार नदेखाई थप भन्सार महसूल असूल गर्न पाउने अख्तियारी भन्सार ऐनले दिएको मान्न नमिल्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९८८ - परमादेश

 फैसला मिति:२०४६/११/१४  संयुक्त इजलास  ४९३
 पुनरावेदक/ प्रतिवादी : जि. मोरङ कटहरी गा.पं. वा.नं. ३ बस्ने वृक्षलाल राजवंशी बिरुद्ध विपक्षी/वादी : जि. मोरङ कटहरी स्थित गुहेश्वरी टर्वाईन प्लान्टका संचालक श्री गोपाल राठीसमेत

 आर्थिक वर्षहरुमा कम्पनीलाई नाफा भएको हो होइन भन्ने कुरा तथ्य सम्बन्धी विवाद भएकोले सो विवादमा असाधारण अधिकार क्षेत्रबाट निरोपण गर्न नमिल्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९८७ - ठगी

 फैसला मिति:२०४६/११/२३  पूर्ण इजलास  ४२५
 पुनरावेदक/ प्रतिवादी : सिंधुली जिल्ला सिद्धेश्वर गा.पं. वडा नं. ७ बस्ने टेकबहादुर खड्का बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने बमबहादुर खड्का

 फैसलाको राय खण्ड र तपसील खण्डको व्यहोरा बाझिएमा राय खण्डमा उल्लेखित कुरा नै कायम हुने । (प्रकरण नं. १४)  बिक्री गरेको क्षेत्रफल र कैफियत महल बाझिएमा बिक्री गरिएको क्षेत्रफल महलमा लेखिएको कुरालाई नै मान्यता दिनु पर्ने । (प्रकरण नं. १४)  प्रतिवादीले बढी जग्गा देखाई धेरै जग्गाको मोल लिई थोरै जग्गा मात्र पास गरी दिई ठगी गरेको भन्न नमिल्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९८६ - आफ्नो जिम्माको रकम हिनामिना गरे

 फैसला मिति:२०४६/११/११  पूर्ण इजलास  ४२३
 पुनरावेदक/ प्रतिवादी : श्री ५ को सरकार विषेश प्रहरी विभाग बिरुद्ध विपक्षी/वादी : जि. भ.पु.न.पं. वडा नं. १७ बस्ने ईश्वरीप्रसाद बैजु

 फौज्दारी मुद्दामा अपराध कायम हुनको लागि मनसाय सहितको कार्य हुन अनिवार्य हुन्छ, लापरवाहीको अवस्थामा मनसायको विद्यमानता रहेको हुन्न । तसर्थ लापरवाहीबाट पनि भ्रष्टाचारको कसूर हुनसक्दछ भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९८५ - नाता कायम गरी पाउँ

 फैसला मिति:२०४६/११/११  पूर्ण इजलास  ४६८
 पुनरावेदक/ प्रतिवादी : जि. सुर्खेत मालारानी गा.पं. वडा नं. ४ बस्ने खेमकुमारी शर्मा बिरुद्ध विपक्षी/वादी : जि. बाँके नेपालगंज वडा नं. २ बस्ने प्रद्युम्नराज शर्मा

 प्रेम विवाह गरी लोग्ने स्वास्नी भई नबसेको भए त्यसरी आफ्नो चरित्रको हत्या हुने गरी वादीसंग प्रेम विवाह गरेको मेरो लोग्ने हो निजको करणी वीर्यबाट छोरी जन्मेकी भन्नु नपर्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९८४ - लिखत दर्ता बदर

 फैसला मिति:२०४६/११/११  पूर्ण इजलास  ३५२
 पुनरावेदक/ प्रतिवादी : जि. सर्लाही गा.पं. हथिऔल वडा नं. ७ बस्ने रामस्वरुप सहनीमलाह बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने रामसेवक सहनीसमेत

 अंश लिई छुट्टी भिन्न भएका हुन् वा होइनन् भन्ने कुराको निरोपण अंश मुद्दाबाट भइरहेको अवस्थामा अर्कै व्यक्तिसंग चलेको भिन्न मुद्दाको मिलापत्रमा उल्लेख भएको भिन्न भएको भन्ने शब्दको आधारमा अन्यथा अर्थ गर्न मिलेन, यसरी अंश मुद्दाको फैसला अन्तिम भइरहेको र उक्त फैसला बमोजिम सगोलका अंशियार हुन् भनी ठहर भइरहेको अवस्थामा अर्कै मुद्दाको मिलापत्रको व्यहोरामा छुट्टी भिन्न भइसकेको अंशियार भन्ने लेखिएकै आधारमा विबन्धन लाग्ने भन्न नमिल्ने । (प्रकरण नं. १३)  अंश मुद्दामा तायदाती लिई अंश पाउने गरी भएको फैसला समेतबाट निजहरु लिखत हुँदाका अवस्थामा सगोलमा रहे भएको र बिक्री गरेको सम्पत्तिमा वादीको आधा हक कायम रहेको देखिने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९८३ - उत्प्रेषणयुक्त परमादेश लगायत आज्ञा, आदेश जारी गरी पाउँ

 फैसला मिति:२०४६/११/३०  पूर्ण इजलास  ३५०
 पुनरावेदक/ प्रतिवादी : प्रसूति गृह थापाथलीमा कार्यरत डा.सरस्वती एम.पाध्या बिरुद्ध विपक्षी/वादी : श्री लोकसेवा आयोग कमलपोखरी काठमाडौंसमेत

 निरर्थक परिणामको लागि रिट जारी गर्न नमिल्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु