विस्तृत खोजी

 
 
 
 
 
      

३२ खोजी नतिजाहरु

निर्णय नं. ३७२९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४६/०१/१४  संयुक्त इजलास  ३०७
 पुनरावेदक/ प्रतिवादी : जुम्ला, कार्तिक स्वामी गा.पं.वडा नं. ४ बस्ने रमाकान्त नेउपाने बिरुद्ध विपक्षी/वादी : जिल्ला अदालत, जुम्लासमेत

(१) दुवै निवेदनपत्रहरु रिट निवेदकले नै लेखेको हो होइन भनी निवेदकलाई प्रतिवाद गर्ने मौका दिइनु पर्ने तर प्राकृतिक न्याय सिद्धान्त विपरीत यी रिट निवेदकको लेखापढीको प्रमाणपत्र खारेज गर्ने गरेको जिल्ला अदालतको निर्णय त्रुटि भई मिलेको नदेखिँदा सो निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७२८ - उत्प्रेषण

 फैसला मिति:२०४६/०१/२६  संयुक्त इजलास  ३०४
 पुनरावेदक/ प्रतिवादी : जि.भोजपुर आदर्श गा.पं. वडा नं. ८ बस्ने नारायण सुवेदी बिरुद्ध विपक्षी/वादी : जि.भोजपुर आदर्श गा.पं. वडा नं. ४ बस्ने मिनबहादुर कार्कीसमेत

(१) गाउँ पञ्चायत ऐन, २०१८ को दफा ४१(८) मा भइरहेको व्यवस्था संशोधन भई उक्त संशोधित दफा ४१(८) ले गाउँ न्याय समितिको निर्णयमा चित्त नबुझ्ने व्यक्तिले पैंतिस दिनभित्र जिल्ला अदालतमा उजूर गर्न सक्नेछ भन्ने व्यवस्था गरेकोबाट गाउँ पञ्चायत न्याय समितिले निर्णय गरे उपर जिल्ला पञ्चायत न्याय समितिलाई पुनरावेदन सुन्ने अधिकार क्षेत्र रहेको भन्न नमिल्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७२७ - विध्वंसात्मक अपराध

 फैसला मिति:२०४५/०२/२४  तीन न्यायाधीशको इजलास  ३४५
 पुनरावेदक/ प्रतिवादी : प्रहरी शिविर लैनचौरका प्र.ना.नि. डोलबहादुर थापाको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.धनुषा गा.पं. तारापति सिर्सिया वा.नं. ८ बस्ने चन्द्रविजय साहसमेत

(१) विध्वंसात्मक अपराध (विशेष नियन्त्रण तथा सजायँ) ऐन, २०४२ को दफा ११(२) मा प्रचलित नेपाल कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुनुभन्दा अघि घटेको तर तत्काल प्रचलित नेपाल कानुन बमोजिम अदालतमा मुद्दा दायर भई नसकेको कुनै विध्वंसात्मक अपराध सम्बन्धमा कुनै कानुनी कारवाही र सजायँ यसै ऐनमा परे सरह मानी यसै ऐन बमोजिम हुनेछ भनी स्पष्ट उल्लेख भएको देखिँदा प्रचलित कानुन बमोजिम मुद्दा दायर भई नसकेको अपराधमा कारवाही र सजायँ गर्न यो ऐन बनेको देखिने । (प्रकरण नं. १०९) (२) नेपाल अधिराज्यको सुरक्षा, शान्ति र व्यवस्था कायम राख्न सर्वसाधारणको ज्यू ज्यान र धन सम्पत्ति तथा महत्वपूर्ण सार्वजनिक सरकारी र गैर सरकारी स्थान, भवन र साधनहरु समेत सुरक्षा गर्न विध्वंसात्मक अपराधलाई विशेष रुपले नियन्त्रण गर्न तथा तत्सम्बन्धी सजायँको विशेष व्यवस्था गर्न संविधानको धारा १७(२) को उद्देश्य परिपूर्तिका लागि उक्त ऐन बनेको तथ्य ऐनको प्रस्तावनाबाट देखिने । (प्रकरण नं. १०९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७२६ - उत्प्रेषण

 फैसला मिति:२०४२/०५/०९  पूर्ण इजलास  ३०१
 पुनरावेदक/ प्रतिवादी : जिल्ला अर्घाखाँची भगवती गा.पं.वा.नं. ६ बस्ने जेमदग्नी पाण्डेसमेत बिरुद्ध विपक्षी/वादी : गुल्मी जिल्ला वन कार्यालय जिल्ला वन नियन्त्रणको अध्यक्षतामा गठित पहाडी क्षेत्रमा आवादी क्षेत्र र वन जंगलक्षेत्र छुट्याउने समिति

(१) कानुनी आधार बिना गठन गरिएको समितिलाई कानुनी अधिकार प्राप्त समिति भन्न नमिल्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७२५ - ज्यान सम्बन्धी

 फैसला मिति:२०४५/१२/२२  पूर्ण इजलास  ३५५
 पुनरावेदक/ प्रतिवादी : हाल जुम्ला कारागारमा थुनामा रहेको बन्दी सानुमुनी चन्द्र प्याकुरेलको हकमा निजको एकाघरसंगको आमा श्रीकला जैसेनी बिरुद्ध विपक्षी/वादी : पुरीलालको जाहेरीले श्री ५ को सरकार

(१) एकजनाले गरेको करणीबाट मात्र मृत्यु हुन नसक्ने भनी जिकिर लिएतर्फ विचार गर्दा योनी वरिपरी रौ नआएको, स्तन भर्खर आउनु शुरु मात्र भएको अवस्थाकी केटीलाई लाश प्रकृति मुचुल्कामा देखिएको अवस्था समेतलाई विचार गर्दा जबरजस्तीसंग करणी गर्दा मृत्यु हुन नसक्ने भन्न नमिल्ने । (प्रकरण नं. २४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७२४ - जबरजस्ती करणी

 फैसला मिति:२०४५/१२/२९  पूर्ण इजलास  ३५९
 पुनरावेदक/ प्रतिवादी : राजकुमारी थारुको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.मोरङ राजघाट गा.पं. वडा नं. ४ बस्ने कुलबहादुर कार्कीसमेत

(१) जाहेरवालीको मृत्यु भएकोले आफ्नो जाहेरी व्यहोरा अदालतमा समर्थन गर्न नसकेको कारणबाट मात्र किटानी जाहेरीको व्यहोरा असत्य भन्न नमिल्ने । (प्रकरण नं. २८) (२) २–३ वर्ष अघिको मोहियानी सम्बन्धी सानो विवादलाई लिएर आफ्नो अगाडि आफ्नो श्रीमतीलाई ३ जना मिलेर पालै पालो जबरजस्ती करणी गरे भनी आरोप लगाएको तथा आफ्नो लोग्नेको सामनेमा प्रतिवादीहरुले जबरजस्ती सतित्व नष्ट गरेको भनी जाहेर गरेको कुरालाई निराधार आरोप लगाएको भन्न युक्तिसंगत नदेखिने । (प्रकरण नं. २८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७२३ - उत्प्रेषण

 फैसला मिति:२०४५/१२/२२  पूर्ण इजलास  ३२२
 पुनरावेदक/ प्रतिवादी : जि.दाङ त्रिभुवन नगर न.पं. वडा नं. १० बस्ने रामधिरज गुप्ता बिरुद्ध विपक्षी/वादी : त्रिभुवन नगर नगरपञ्चायत वडा नं. ११ बस्ने सुन्दर गुप्तासमेत

(१) मालपोत कार्यालयको प्रशासनिक भूलले निवेदकको नाउँमा दाखेल खारेज गरिएकोमा पछिबाट सामान्य भूललाई आफैं सच्याई गरेको कार्यलाई त्रुटिपूर्ण भन्न नमिल्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७२२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४६/०२/१०  पूर्ण इजलास  ३७२
 पुनरावेदक/ प्रतिवादी : जि.महोत्तरी सोनामाई गा.पं.वडा नं. ३ बस्ने धनिराम राय यादव बिरुद्ध विपक्षी/वादी : मालपोत अधिकृत, मालपोत कार्यालय, महोत्तरीसमेत

(१) जे जति व्यवहार जालसाजी ठहर भएकोछ सो हदसम्म मात्र दर्ता बदर हुन सक्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७२१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४६/०२/१२  पूर्ण इजलास  ३७७
 पुनरावेदक/ प्रतिवादी : कास्की जिल्ला बेगनास गा.पं. वडा नं. १ बस्ने रामचन्द्र तिवारी बिरुद्ध विपक्षी/वादी : मालपोत कार्यालय, कास्कीसमेत

(१) कुनै व्यक्तिको नाममा नापी नभएको तथा वन जंगलमा समेत नापी नभई नापी नक्शा नै हुन छूट भएको जग्गा सम्मलाई छूट दर्ता गराई माग्न सकिने । (प्रकरण नं. ११) (२) विवादित जग्गा वन जंगल कायम भएको र सो बदर नभएको अवस्थामा दर्ता हुन नसक्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७२० - लिखत दर्ता बदर

 फैसला मिति:२०४६/०१/०६  पूर्ण इजलास  ३१६
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वडा नं. ३३ धोविधारा बस्ने हरिहर भक्त शर्मासमेत बिरुद्ध विपक्षी/वादी : वीरगञ्ज वडा नं. १३ थरिहरवा बस्ने नारायणभक्त शर्मा

(१) कुनै कामको लागि अख्तियार दिएकोमा अख्तियारनामा दिने व्यक्तिको मृत्यु भएपछि सो अख्तियारनामा स्वतः निस्कृय हुने । (प्रकरण नं. १३) (२) अख्तियारनामा दिने व्यक्तिको जीवनकालसम्म मात्रै अख्तियारनामा प्रभावकारी हुने, मरी सकेपछि निजको अख्तियारनामाको आधारमा लिखत गरी दिन लिन नमिल्ने । (प्रकरण नं. १३) (३) वैध लिखतमा साक्षी बसेको भए विबन्धनको सिद्धान्त लाग्न सक्ने, तर लिखत नै निस्कृय भएको अवस्थामा सो लिखतको साक्षीको कुनै महत्व वा प्रयोजन नहुने हुँदा यस्तोमा विबन्धनको सिद्धान्त लागू हुन्छ भन्न नमिल्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७१९ - उत्प्रेषण

 फैसला मिति:२०४६/०२/०५  पूर्ण इजलास  ४०७
 पुनरावेदक/ प्रतिवादी : जि.पर्सा मुडली गा.पं. वार्ड नं. ३ बस्ने शेषनाथ प्रसाद कुर्मी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने मकवुल अहमदसमेत

(१) भूमिसम्बन्धी ऐन, २०२१ एउटा विशेष ऐन हो र यसमा प्रयुक्त शब्दहरुलाई ऐनको मर्म विपरीत हुने गरी अन्य प्रचलित नेपाल कानुनमा प्रयुक्त अर्थ अनुसार व्याख्या गर्नु पर्दछ भन्न नमिल्ने । (प्रकरण नं. १३) (२) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ६३ मा यो ऐन र यस अन्तर्गत बनेका नियमहरुमा लेखिएकोमा सोही बमोजिम र अरुमा प्रचलित नेपाल कानुन बमोजिम हुने भन्ने उल्लेख भएबाट भूमिसम्बन्धी ऐन, २०२१ मा प्रयुक्त शब्दहरुको व्याख्या गर्दा उक्त ऐनमा भएको व्यवस्था अनुकूल व्याख्या गरिनु पर्ने । (प्रकरण नं. १३) (३) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा प्रयोग भएको छोराहरु शब्द भित्र कानुन व्याख्या सम्बन्धी ऐनको दफा २(म) मा गरिएको परिभाषा अनिवार्य रुपमा अवलम्बन गरिनु पर्दछ भन्न नमिल्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७१८ - बन्धकी निखनाई पाउँ

 फैसला मिति:२०४५/१२/१७  पूर्ण इजलास  ३०९
 पुनरावेदक/ प्रतिवादी : का.जि. फर्पिड्ड छइमले गा.पं. वडा नं. ६ बस्ने चेतनकुमारी आचार्य बिरुद्ध विपक्षी/वादी : रौद्र शमशेर थापाको मु.स. गर्ने का.न.पं. वडा नं. १ नक्साल नागपोखरी बस्ने लोकप्रकाशकुमारी थापासमेत सर्वोच्च अदालत डिभिजनबेञ्चको २०३८।१।५ को फैसला २०४१।४।१२ को फुलबेञ्चको फैसला (ने.का.प. भाग २६, २०४१, अंक ४, नि.नं. १९५२, पृष्ठ ३०१ मा प्रकाशित)

(१) खाली मुखकै भरमा एकाका नाममा दर्ता रहेको भनी आफैंले स्वीकारेकाले जग्गामा प्रतिवादीहरुको हक भएको भन्न कानुनले नमिल्ने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु