विस्तृत खोजी

 
 
 
 
 
      

२९ खोजी नतिजाहरु

निर्णय नं. ३८२३ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४६/०३/०१  संयुक्त इजलास  ३१३
 पुनरावेदक/ प्रतिवादी : जि. काठमाडौं इन्द्रायणी गा.पं.वा.नं. २ का वडाअध्यक्ष बालचन्द्र ढकालसमेत बिरुद्ध विपक्षी/वादी : पञ्चायत तथा स्थानीय विकास मन्त्रालयसमेत

 प्रधानपञ्चको अनुपस्थितिमा उपप्रधानपञ्च समक्ष लिएको सपथग्रहणलाई कानुनले अमान्य घोषित गरेको पनि देखिँदैन, साथै कानुनले अधिकार प्राप्त उपप्रधानपञ्च समक्ष सपथग्रहण भएपछि पुनः प्रधानपञ्च समक्ष सपथग्रहण लिनुपर्ने कानुनी व्यवस्था पनि नदेखिएको निवेदकहरुले उपप्रधानपञ्च समक्ष सपथग्रहण नलिएको समेत भन्न नसकेको स्थिति अवस्थामा निवेदकहरुले उपप्रधानपञ्च समक्ष लिएको सपथ कानुन अनुकूल नै देखिने । (प्रकरण नं. १२)  कानुन बमोजिम आ–आफ्नो पदको सपथ लिइसकेको अवस्थामा गाउँ पञ्चायतको बैठक सभामा भाग लिन नपाउने भन्न नमिल्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३८२२ - अपुताली

 फैसला मिति:२०४६/०२/०१  संयुक्त इजलास  ३१३
 पुनरावेदक/ प्रतिवादी : जि. सर्लाही भेल्ही गा.पं. वडा नं. १ बस्ने रामाकुमारको छोरा सुरजकुमार बाहुन बिरुद्ध विपक्षी/वादी : महोत्तरी जिल्ला जलेश्वर न.पं. वा.नं. ११ बस्ने योगेन्द्रकुमार बाहुन

 तत्कालिन अपुतालीको महलको २ नं. बमोजिम मर्नेको संग बसेका अरु हकवाला भएसम्म छोरीले अपुताली पाउन नसक्ने । (प्रकरण नं. १६ र १७)  हक नै नभएकोले गरिदिएको बकसपत्रबाट कुनै किसिमको हक हुने प्रश्नै उठ्न नसक्ने । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३८२१ - निषेधाज्ञा

 फैसला मिति:२०४६/०२/१७  संयुक्त इजलास  ३१५
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सप्तरी काथन गा.पं. वार्ड नं. ५ बस्ने सुरजभगत कलवार बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. वडा नं. ३ बस्ने खुसिलाल साहु तेली

 विपक्षीले रजिष्ट्रेशन पारित गर्ने अड्डामा थैली धरौट राखी हकसफा गरी विवादित जग्गामा हक प्राप्त गरेको अवस्थामा सोही जग्गा घरमा निवेदकको घरायसी कागजको आधारले हक पुग्छ भन्न नमिल्ने, हकाधिकार भएको देखिन नआएकोमा निषेधाज्ञा जारी नहुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३८२० - लेनदेन

 फैसला मिति:२०४६/०२/२९  संयुक्त इजलास  २५६
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वडा नं. ३० असन कमलाक्षी बस्ने मोहनलाल श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : ल.पु.जि. जाउलाखेल डिष्टिलरी प्रा.लि. को तर्फबाट ऐ.को सञ्चालक विजयकुमार शाह

 डिष्टिलरीबाट आफूले सामान बुझी लिएको श्रेष्ठ सेन्टरको नाउँमा क्रेडिट बील बनाएको भए तापनि सेन्टरलाई सामान बुझाएको प्रमाण पेश नभएको अवस्थामा सामान बापतको वादी दावीको रकम तिर्नु बुझाउनु पर्ने दायित्व प्र. को रहने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३८१९ - कर्तव्य ज्यान

 फैसला मिति:२०४६/०१/०४  संयुक्त इजलास  ३४३
 पुनरावेदक/ प्रतिवादी : शेरबहादुर खड्काको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि. पाँचथर याशोक गा.पं.वडा नं. ६ बस्ने देवमान लावतीसमेत

 मानिस मारेको कुरा थाहा भएर पनि जाहेर नगरेको देखिन आएको तर लास दबाउने कृया गरेको प्रमाणित हुन नसकेको देखिँदा ज्यानसम्बन्धीको २५ नं. अनुसार निजहरुलाई सजायँ गर्ने । (प्रकरण नं. ४९)  पूर्व योजना मनसाय रिसइवी देखिन नआएको रक्सी खाइराखेको बेलामा झगडा भई आवेशमा आई कुटपीट गर्दा मृत्यु भएको उक्त उल्लिखित आधार प्रमाणहरुबाट समेत देखिन आएकाले ज्यानसम्बन्धीको १४ नं. अनुसार दश (१०) वर्ष कैदको सजायँ हुने । (प्रकरण नं. ५२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३८१८ - जालसाजी

 फैसला मिति:२०४६/०४/३१  पूर्ण इजलास  २८०
 पुनरावेदक/ प्रतिवादी : जाजरकोट जिल्ला खलङ्गा आदर्श गा.पं. वडा नं. २ बस्ने दिपकजंग शाह बिरुद्ध विपक्षी/वादी : सल्यान जिल्ला काला गाउँ गा.पं. वडा नं. ३ बस्ने यज्ञविक्रम शाह

 लिखतलाई नै वादीले हकको श्रोत देखाएकोमा सो लिखतबाट घर प्राप्त गरेको भन्ने नदेखिँदा वादी दावी तथ्ययुक्त देखिन नआउने । (प्रकरण नं. १८)  विवादित घर दाज्यूको शेषपछि पाई बिक्री गरी लिनु दिनु गरेको कार्यलाई वादी दावी बमोजिम जालसाजी ठहर गर्न नमिल्ने । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३८१७ - हक कायम समेत

 फैसला मिति:२०४६/०५/२७  पूर्ण इजलास  ३१४
 पुनरावेदक/ प्रतिवादी : बडुनिस्सा मियाको मु.स. गर्ने का.न.पं. वडा नं. २९ ठमेल बस्ने मदिना बाबु मियासमेत बिरुद्ध विपक्षी/वादी : का.न.पं. वडा नं. १९ यटखा दमाईटोल बस्ने पूर्णकुमारी खड्गीसमेत

 घर र त्यसले चर्चेको लगापातसम्म भोगबन्धकी कायम भई अदालतको फैसला बमोजिम भोगबन्धकी लिखत पास भएको अवस्थामा सो लिखत पास मुद्दाको फैसलाले जग्गा पास गर्न नहुने भनेको जग्गालाई समेत भोगबन्धकीमा दिएको भनी स्वीकार गर्न नमिल्ने । (प्रकरण नं. २३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३८१६ - जग्गा खिचोला

 फैसला मिति:२०४६/०५/०६  पूर्ण इजलास  २७२
 पुनरावेदक/ प्रतिवादी : सिन्धुपाल्चोक जिल्ला बाँसवारी गाउँ पञ्चायत वडा नं. २ बस्ने शिवलोचन नेपाल बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने गणेशबहादुर नेपाल खत्री

 विवादित जग्गामा मेरो यो यस कारणले हक हुन आएको भनी राजीनामा दर्ता प्रमाण लगायतका ठोस सबूद प्रमाण वादीले पेश गर्न नसकेको हुँदा खिचोला गर्योग भन्ने वादी दावी मिलेको नदेखिने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३८१५ - उत्प्रेषण

 फैसला मिति:२०४६/०५/१३  पूर्ण इजलास  २६५
 पुनरावेदक/ प्रतिवादी : जि. सिराहा लक्ष्मनीया गा.पं. वा.नं. ९ बस्ने भुवनेश्वरलाल कर्ण बिरुद्ध विपक्षी/वादी : जि. सिराहा हकपारा गा.पं. वार्ड नं. ३ बस्ने मानकीदेवी कोइरीनसमेत

 घरबासको लागि मोहियानी हकको जग्गा जग्गाधनीले झिकी पाउँ भनी निवेदन दिई कारवाही चलाएमा २५% क्षतिपूर्ति मोहीलाई दिलाई जग्गा झिक्ने गरी निर्णय गर्ने अधिकार स्थानीय पञ्चायतलाई रहेभएको देखिने । (प्रकरण नं. १०)  स्थानीय पञ्चायतबाट निर्णय नगराई जग्गाधनी आफैंले क्षतिपूर्ति दिई मोहीबाट जग्गा झिक्न नमिल्ने । (प्रकरण नं. १०)  जग्गामा रिटनिवेदकको मोही लगत कायम रही रहेको र कानुन बमोजिम निर्णय गरी मोही लगत कट्टा नभएको अवस्थामा निजको मोहियानी हक समाप्त भएको मान्न नमिल्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु