निर्णय नं. ३९०८ - परमादेश
उत्पादित मालसामानमा बजार मूल्य घटबढ हुन स्वभाविक प्रकृया हो एकपटक कायम भएको मूल्य स्थायी रुपमा कायम रहन्छ भन्न पनि न्यायोचित नदेखिने । (प्रकरण नं. ८)
पूर्ण पाठ हेर्नुहोस् उत्पादित मालसामानमा बजार मूल्य घटबढ हुन स्वभाविक प्रकृया हो एकपटक कायम भएको मूल्य स्थायी रुपमा कायम रहन्छ भन्न पनि न्यायोचित नदेखिने । (प्रकरण नं. ८)
पूर्ण पाठ हेर्नुहोस् प्रतिवादी उपरको अभियोग प्रमाणित गर्ने भार वादीमा रहने । (प्रकरण नं. १८) शंकाको भरमा मात्र दोषी ठहर्या उन न्यायको रोहबाट नमिल्ने । (प्रकरण नं. १८) मृतक बच्चीको आँखा र कानमा रगत लागेको भन्ने हकमा भर्खरै जन्मेको बच्चीको शरीरमा प्रशवका समयमा आमाको योनीबाट निस्केको रगत लागेको हुनसक्ने सम्भावना पनि रहन्छ लाशको पोष्टमार्टम हुन नसकेको र उक्त रगत जाँच भएको पनि नदेखिँदा जिउँदो बच्ची नै मारेको र सो रगत पनि निज मृतक बच्चीलाई कुनै तरकिवले मार्दा निस्कन गएको हो भनी अनुमान गर्न र सोही अनुमानको भरमा मात्र प्रतिवादीलाई सजायँ गर्न न्यायोचित नहुने । (प्रकरण नं. १८)
पूर्ण पाठ हेर्नुहोस् इसारा गरेको थियो भनेको आधारमा मात्र अपराधी भनी ठहर गर्न नमिल्ने । (प्रकरण नं. १८)
पूर्ण पाठ हेर्नुहोस् मोहियानी जग्गामा मोहीले पक्की घर बनाउन जग्गाधनीको मन्जूरी बेगर नमिल्ने । (प्रकरण नं. १७)
पूर्ण पाठ हेर्नुहोस् जग्गामा घर बनाएको भनेको मितिबाट एक वर्ष नाघेको ३५ दिनभित्र उजूर गर्नुपर्ने सो म्याद गुज्रेकोले थामी पाउँ भनी श्री ५ महाराजाधिराजका हजूरमा चढाएको बिन्तिपत्रमा थामी दिने गरी बक्स भएको हुकुम प्रमांगी अनुसार प्रस्तुत उजूरी दर्ता भएको देखिँदा हदम्याद नाघी उजूर परेको भन्ने नदेखिने । (प्रकरण नं. १४) वादीले जुन सालमा खेती नगरी हेलचेक्राई गर्योु भनी दावी लिएको छ, सो सालको कूत प्रतिवादीले धरौट राखेको भन्ने पेश गरेको रसीदको नक्कलबाट देखिँदा, यस्तोमा खेती नगरी हेलचेक्राई गरेको भन्न नमिल्ने । यस्तो स्थितिमा मोही निष्कासन गरिपाउँ भन्ने वादीको दावी बमोजिम मोही निष्कासन गर्न नमिल्ने । (प्रकरण नं. १४)
पूर्ण पाठ हेर्नुहोस् घरको छानाको बलेनीको पानी पेटी भनिएको जग्गातर्फ खस्दैमा सो जग्गा वादीको भन्न नमिल्ने । (प्रकरण नं. १३)
पूर्ण पाठ हेर्नुहोस् दावी बमोजिम बाँझो नै राखेको हो भनी यकीन साथ भन्न सकिने देखिन नआएकोले वादी दावीको जग्गामा प्रतिवादी मोहीले बाली नलगाई जग्गा पर्ता राखेको भन्ने नदेखिने । (प्रकरण नं. १९) वादीका साक्षीहरू तीनैजनाले कूत प्रतिवादीले वादीलाई बुझाइएको छैन भनी किटानी साथ बकपत्र गरेको देखिन्छ यसबाट प्रतिवादीले वादीलाई कूतबाली बुझाएको भन्ने नदेखिने । (प्रकरण नं. २०)
पूर्ण पाठ हेर्नुहोस् तमसुकमा स्वयं वादी अन्तरसाक्षी रही वादीलाई थाहा जानकारी रहेको तमसुकी रुपैयाँलाई प्रतिवादीहरूले अंश मुद्दामा तायदाती नदिई दपोट गरेको भनी ठहर गर्न न्यायको दृष्टिमा नमिल्ने । (प्रकरण नं. १५)
पूर्ण पाठ हेर्नुहोस् ऐनको प्रावधानको व्याख्या गर्दा ऐनको उद्देश्यलाई ध्यानमा राख्नु पर्ने । (प्रकरण नं. १०) सुविधा पाउनु भन्ने कुरा सुविधाको उपभोगसँग सम्बन्धी विषय वस्तु हो, सुविधा उपभोग नगरेको अवस्थामा सुविधा पाई नआएको भन्नु पर्ने । (प्रकरण नं. १०) साविक औद्योगिक व्यवसाय ऐन, २०३० अनुसारको आयकर सुविधा प्राप्त गरिसकेको भन्ने देखिन नआउने स्थितिमा नयाँ औद्योगिक व्यवसाय ऐन, २०३८ को तत्कालीन दफा १४(२) अनुसार निवेदक उद्योगले औद्योगिक व्यवसाय ऐन, २०३८ अन्तर्गतको सुविधा सहुलियत तथा संरक्षण प्राप्त गर्न सक्ने । (प्रकरण नं. १०)
पूर्ण पाठ हेर्नुहोस्