२५ खोजी नतिजाहरु
संकलित सबूद प्रमाणबाट निजले अपराध गरेको भन्ने पुष्टि भइरहेको र प्रतिवादी स्वयंले अपराध गरेको भन्ने कुरा अदालतमा समेत स्वीकार गरी बयान गरेको अवस्थामा केवल दिमाग ठीक नभएको भन्ने जिकिर लिंदैमा वस्तुगत र ठोस सबूद प्रमाण बिना अपराधिक दायित्वबाट छुट्कारा दिनु न्यायसंगत नदेखिने ।
(प्रकरण नं. ३०)
प्रचलित कानुन बमोजिम सजायँमा कमी वा छूट हुने वा सजायँबाट रिहाई पाउने कुनै कुराको जिकिर प्रतिवादीले लिएमा सो कुराको प्रमाण पुर्या उने भार निजमा नै रहने ।
(प्रकरण नं. ३०)
पूर्ण पाठ हेर्नुहोस्
ज्यान मार्ने उद्योगमा दावी लिएकोमा सो भन्दा कम सजायँ हुने अपराध गरेको देखिएमा सो बमोजिम सजायँ गर्न कानुनले मिल्ने ।
(प्रकरण नं. १५)
पूर्ण पाठ हेर्नुहोस्
वादी दावी बमोजिम विवादित घर जग्गामा वादी समेतका हक लाग्ने भए हक छाडी दिएकै अवस्थामा लेनदेन व्यवहारको १० नं. बमोजिम नालेश उजूर गरी आफ्नो हक जति बदर गराउन सक्नु पर्ने ।
(प्रकरण नं. १४)
लिखत बदरतर्फ कारवाही नगरी सो लिखत अनुसार हक पक्का भई राजीनामा सदर कायम रहेको अवस्थामा नै लेनदेन व्यवहारको १० नं. बमोजिम लिखत बदर तर्फ यो वादीहरूको नालेश उजूर गर्न सक्ने अधिकार समाप्त भइसकेको ।
(प्रकरण नं. १४)
पूर्ण पाठ हेर्नुहोस्
तथ्ययुक्त सबूद प्रमाणको अभावमा केवल अनुमान गरी दोषी ठहर्या९उन नमिल्ने ।
(प्रकरण नं. २१)
पूर्ण पाठ हेर्नुहोस्
जग्गा सार्वजनिक कार्वोल नभई प्रतिवादीको राजीनामा भित्रको देखिँदा सार्वजनिक कायम गरिपाउँ भन्ने वादी दावी पुग्न नसक्ने ।
(प्रकरण नं. १५)
पूर्ण पाठ हेर्नुहोस्