विस्तृत खोजी

 
 
 
 
 
      

३३ खोजी नतिजाहरु

निर्णय नं. २०१८ - उत्प्रेषण

 फैसला मिति:२०४१/०५/२८  डिभिजन वेन्च इजलास  ७४०
 पुनरावेदक/ प्रतिवादी : गण्डकी अंचल स्याङजा पुतली बजार गा.पं. वार्ड नं. ९ स्याङ्जा बस्ने खेमराज लम्साल बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार सडक विभाग काठमाडौं अंचलाधीशके कार्यालय गण्डकी अंचल पोखरा नापी अधिकृत ६ नं. नापी गोश्वारा स्याङ्जा का.मु. नापी टोली प्रमुख ऐ ऐ स्याङ्जा स्याङ्जा हुलाक कार्यालय स्याङ्जा

 निवेदकको निवेदनमा लिएको जिकिर अनुसारको कुरा बारे केही बुझ्नु पर्ने भए सो समेत बुझी विषयवस्तुमा निर्णय गर्नुपर्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०१७ - उत्प्रेषण

 फैसला मिति:२०४१/०५/१३  डिभिजन वेन्च इजलास  ७३४
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सप्तरी डाठा गा.पं. वा.नं. ५ बस्ने नन्द किशोरको श्रीमती चुल्लीया यादवनी ऐ ऐ बस्ने असफिलाल यादव बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय सप्तरी ऐ डाँठा गा.पं. वा.नं. ७ बस्ने भालु मोची

 बाली बुझाएको रसिद जग्गावालालाई देखाई सुनाई निजको बयान समेत गराई मात्र प्रमाण लगाउन पर्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०१६ - उत्प्रेषण

 फैसला मिति:२०४१/०५/२१  डिभिजन वेन्च इजलास  ७८१
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सप्तरी गा.पं. कोइलाडी वार्ड नं. ३ बस्ने प्रद्युम्नप्रसाद सिंह बिरुद्ध विपक्षी/वादी : ऐ ऐ हरिहरपुर गा.पं. वार्ड नं. ५ बस्ने अमरसिंह चौधरी भूमि सुधार कार्यालय सप्तरी

 कुनै व्यक्तिको हकमा भनी वारिसनामा बेगर उनाउ व्यक्तिले नालिश दिन पाउने व्यवस्था देखिँदैन र यस्तो नालिशबाट कारबाही हुन सक्तैन । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०१५ - जग्गा खिचोला दर्ता बदर चलन जालसाज

 फैसला मिति:२०४१/०५/०४  डिभिजन वेन्च इजलास  ७५३
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/प्रतिवादी : जिल्ला पाँचथर नवमीडाँडा गा.पं. वार्ड नं. ८ बस्ने धर्मदत्त लिम्बू ऐ ऐ वार्ड नं. ६ बस्ने खगेन्द्र राज लिम्बु ऐ ऐ बस्ने र्इन्द्रनारायण लिम्बु ऐ ऐ वार्ड नं. ३ को हाल वार्ड नं. ९ बस्ने अमृत बहादुर लिम्बु बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी : ऐ ऐ वार्ड नं. ८ बस्ने कृष्णध्वज लिम्बू ऐ ऐ बस्ने र्इश्वर बहादुर लिम्बु ऐ ऐ वार्ड नं. ७ बस्ने ललितमान लिम्बु ऐ ऐ बस्ने लोक प्रसाद लिम्बु

 क्षेत्रीय अदालतले निर्णय गर्दा आफ्नो समक्ष उपस्थित भएका सम्पूर्ण प्रश्नहरूको समाधान गरी निर्णय गर्नुपर्ने । (प्रकरण नं. २२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०१४ - उत्प्रेषण

 फैसला मिति:२०४१/०५/१०  डिभिजन वेन्च इजलास  ६७४
 पुनरावेदक/ प्रतिवादी : जि. मोरङ थलाहा गा.पं. वार्ड नं. ३ बस्ने शंकर मडियारी समेत बिरुद्ध विपक्षी/वादी : जि. मोरङ विराटनगर न.पं. वार्ड नं. १ बस्ने दुधनाथप्रसाद गुप्ता गाउँ न्याय समिति थलाहा गाउँ पंचायतको कार्यालय थलाहा गा.पं मोरङको कार्यालय विराटनगर जि. मोरङ

 रोपी काटी नोक्सान भएको विषयलाई लिई मुद्दा हेर्ने अधिकार गा.पं.ऐन, ०१८ को दफा ४१(१) को (ख) आलिधुरबारे र (ज) आफ्नो सन्धिसर्पनबारे भन्ने अधिकार क्षेत्र भित्र पर्न आउँछ भन्न नमिल्ने । (प्रकरण नं.

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०१३ - उत्प्रेषण

 फैसला मिति:२०४१/०५/१०  डिभिजन वेन्च इजलास  ६९५
 पुनरावेदक/ प्रतिवादी : फौदे भन्ने फौदबहादुर मरी मु.स.गर्ने ऐ को छोरा जि. दाङ फुलबारी पञ्चायत वडा नं. ८ साजखटी बस्ने डिल्लीबहादुर खत्री ऐ ऐ बस्ने हुर्मत बहादुर के.सी. बिरुद्ध विपक्षी/वादी : मालपोत कार्यालय जिल्ला दाङ दाङ देउखुरी भगदी गा.पं. हाल रामपुर गा.पं. वार्ड नं. ८ बस्ने साजन चौधरी ऐ ऐ बस्ने भजनी चौधरी ऐ ऐ बस्ने टेक बहादुर चौधरी ऐ ऐ बस्ने निदंरखन चौधरी ऐ ऐ बस्ने कृष्ण दास चौधरी ऐ ऐ बस्ने पूर्ण बहादुर चौधरी

 हक बेहकको प्रश्न उपस्थित भएकोमा विवादको जग्गा कुनै पक्षको नाममा दर्ता नगरी अदालतबाट हक गराई ल्याउनु भनी सुनाई दिनु पर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०१२ - उत्प्रेषण लगायत अन्य आज्ञा, आदेश पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४१/०५/२०  डिभिजन वेन्च इजलास  ६३७
 पुनरावेदक/ प्रतिवादी : जि. रौतहट गा.पं हजमनिया वार्ड नं. ८ बस्ने शिवनारायण सिंह बिरुद्ध विपक्षी/वादी : श्री अञ्चलाधीश (विशेष प्रहरी अधिकृत) नारायणी अञ्चलाधिशको कार्यालय, बिरगंज श्री ५ को सरकार, मन्त्रिपरिषद् सचिवालय, सिंहदरवार, काठमाडौं जि. बारा, गा.पं. कवहि गोठको भू.पू.प्र. पं. ऐ ऐ वार्ड ७ बस्ने राम अशिस प्रसाद शाह कलवार जि. वारा गा.पं. कवहि गोठ वार्ड नं. ७ बस्ने कारी राउत अहिर

 खरिदारले उठाएको टिप्पणीसम्म सदर गरी गरेको त्रुटिपूर्ण निर्णयलाई मनासिब ठहर्यागएको मं.प.स.को निर्णय न्यायिक सिद्धान्तको अनुकूल मान्न मिलेन । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०११ - उत्प्रेषण

 फैसला मिति:२०४१/०५/२६  डिभिजन वेन्च इजलास  ७५७
 पुनरावेदक/ प्रतिवादी : गोर्खा जिल्ला हंसपुर गा.प. वार्ड नं. ८ विर्ताटार घर भै हाल का.जि. बानेश्वर बस्ने लिलाधर उपाध्याय बिरुद्ध विपक्षी/वादी : नेपाल यातायात संस्थान सञ्चालक समिति केन्द्रीय कार्यालय टेकु नेपाल यातायात संस्थान अटोवक्स शाखाका प्रमुख मुकुन्द प्रसाद उपाध्याय मुकाम ऐ ऐ के ट्रली बस सेवा कार्यालय बानेश्वर काठमाडौं

 निवेदकले पेश गरेको कागजातबाट उक्त निर्णय र पत्र देखिन नआएकोले माग गरेको कुराको प्रमाण नै पेश गर्न नसकेको हुँदा निवेदकका माग बमोजिम आदेश गर्न मिल्दैन । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०१० - उत्प्रेषण

 फैसला मिति:२०४१/०५/२७  डिभिजन वेन्च इजलास  ६४६
 पुनरावेदक/ प्रतिवादी : का.प.जि. बनेपा न.पं. वडा नं. ८ बस्ने मथुरादेवीको वा. भै आफ्ना हकमा समेत का.प.जि. बनेपा न.पं. वडा नं. ८ बस्ने बालकृष्ण कायस्थ बिरुद्ध विपक्षी/वादी : ऐ ऐ वडा नं. ६ बस्ने कान्छा मानन्धर जि.का. भू.सु. शाखा काभ्रेपलान्चोक

 २ नं. अनुसूची प्रकाशित भएको रेकर्डबाट नदेखिएको भन्ने जवाफ प्राप्त भएको देखिँदा मोहियानीको प्रमाणपत्र दिने सम्मको निर्णय बदर हुने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २००९ - उत्प्रेषण

 फैसला मिति:२०४१/०५/२०  डिभिजन वेन्च इजलास  ६५६
 पुनरावेदक/ प्रतिवादी : धनुषा जिल्ला खरिहानी गा.पं. वडा नं. ७ बस्ने तपसी यादव बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय, धनुषा धनुषा जिल्ला खरिहानी गा.पं. वडा नं. ७ बस्ने मालवर यादव

 जो बुझ्नु पर्ने सबूत प्रमाण बुझी मात्र निष्कर्षमा पुग्नु पर्नेमा सो बमोजिम गरेको नदेखिनाले सो सम्बन्धमा सबै कुरा बुझी निर्णय गर्नु भनी परमादेशको आदेश समेत जारी हुने ठहर्छ । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २००८ - कर्तव्य ज्यान

 फैसला मिति:२०४१/०५/१८  डिभिजन वेन्च इजलास  ६६६
 पुनरावेदक/ प्रतिवादी : सुगावती भोरनीको जाहेरीले वादी श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि. स.प्रसवनी गा.पं. वार्ड नं. २ बस्ने जोखना साहु तेली समेत

 चस्मदिद गवाहको रूपमा प्रस्तुत बकपत्रमा भाग्दै गरेको भनी बकपत्र गरे पनि म मानसिक असन्तुलनमा रहेको छु भन्न सक्दिन भनेबाट निजको बकपत्रमा भर पर्ने आधार नभएको । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २००७ - उत्प्रेषण

 फैसला मिति:२०४१/०५/०८  डिभिजन वेन्च इजलास  ९३९
 पुनरावेदक/ प्रतिवादी : रुपन्देही जि. बुटवल नगर पञ्चायत वार्ड नं. ३ राम मन्दिर टोल स्थित कालिका साबुन उद्योगका अधिकार प्राप्त प्रोप्राइटर सुरेशचन्द्र गुप्ता बिरुद्ध विपक्षी/वादी : श्री महानिर्देशक उद्योग विभाग, बागबजार काठमाडौं शाखा अधिकृत गणेश वस्ताकोटी ऐ ऐ बिजय साबुन उद्योग पोखरा औद्योगिक क्षेत्र ।

 ट्रेडमार्क दर्ता गर्न नमिल्ने सूचना दिइसकेपछि मात्र प्रत्यर्थीको माग बमोजिम ट्रेडमार्क दर्ता हुनआएको देखिनाले निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २००६ - लिखत पास

 फैसला मिति:२०४१/०५/३१  डिभिजन वेन्च इजलास  ६२८
 पुनरावेदक/ प्रतिवादी : जि. सुनसरी मदेसा गापं. वडा नं. १ मदेसा बस्ने दलबहादुर कार्की समेत बिरुद्ध विपक्षी/वादी : देवेन्द्रबहादुर कार्की

 अंशियारहरू नै लिखतमा मञ्जूरी साक्षी बसेको अंश मुद्दा पर्नुभन्दा अगाडिको लिखत भएको राजीनामामा लेखिएको सम्पूर्ण कित्ताहरू राजीनामामा दिने दाताको नाम दर्ता कायम देखिएबाट त्यस्तो अवस्थामा लिखत पास नहुने भन्ने अवस्था समेत देख्न आउँदैन स्वयं लिखित गरी दिएकोमा स्वीकार गरेको अन्य भाइहरू साक्षी बसेको देखिन्छ । यस्तो अवस्थामा लिखत पारित हुने ठहर्या।एको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिब ठहर्छ । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २००५ - अंश

 फैसला मिति:२०४१/०५/२६  डिभिजन वेन्च इजलास  ७०३
 पुनरावेदक/ प्रतिवादी : जि. धनकुटा घोलिखर्क गा.पं. वा.नं. ४ बस्ने भवानीप्रसाद राई बिरुद्ध विपक्षी/वादी : ऐ ऐ बस्ने हजारमाया राईनी समेत

 आ–आफ्नो नाममा सर्भे नापीमा दर्ता गरी तिरो भरो गरी भोगी आएको र आफ्नो नामको जग्गा साझा संस्थामा धितो बन्धक राखेको भन्ने समेत देखिन आएबाट व्यवहार प्रमाणबाट यी वादी प्रतिवादीहरू बीचमा अंशबण्डा भएको रहेनछ भनी सम्झन न्यायोचित भएन । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २००४ - कर्तव्य ज्यान

 फैसला मिति:२०४१/०५/१४  डिभिजन वेन्च इजलास  ७७९
 पुनरावेदक/ प्रतिवादी : जगदिश आचार्य समेतको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला गुल्मी इस्लादोहली गा.पं. वा. नं. ४ बस्ने सचिव चन्द्रबहादुर महत क्षेत्री

 पर्याप्त सबूत प्रमाणको अभावमा ज्यान जस्तो गम्भीर अपराधमा सजायको भागी बनाउनु न्यायोचित नहुने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २००३ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०४१/०५/१२  डिभिजन वेन्च इजलास  ७७३
 पुनरावेदक/ प्रतिवादी : का.जि. का.न.पं. वा.नं. ९ बत्तिसपुतली घर भै विपक्षी रामनन्दन मिश्रको छोरी श्रीमती मञ्जुकुमारी सिंहको हकमा ऐ ऐ बस्ने निजको पति प्रकाशबहादुर सिंह बिरुद्ध विपक्षी/वादी : : जिल्ला प्रहरी कार्यालय काठमाडौं का.जि. का.न.पं. वा.नं. ९ बत्तिसपुतली घर भै रा.वा.वैंक काठमाडौं शाखा बिशाल बजारको एकाउण्टेण्ट रामनन्दन मिश्र

 विवाह भई पति भइसकेको भन्न नसकिने व्यक्तिलाई पति हुँ भनी निजको हकमा रिट निवेदन दिने रिट निवेदकलाई निर्विवाद हक भएको देखिन नआएकाले रिट निवेदन खारेज हुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २००२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०५/२६  डिभिजन वेन्च इजलास  ७५७
 पुनरावेदक/ प्रतिवादी : जिल्ला झापा, महारानी झोरा गा.पं. वा.नं. ३ बस्ने रामबहादुर गोले बिरुद्ध विपक्षी/वादी : जि. झापा महारानी झोरा गा.पं. वा.नं. ६ बस्ने तोयनाथ पोख्रेल प्र.जि.अ. को कार्यालय, झापाका प्र.जि.अ. श्री सरत कुमार भट्ट मालपोत कार्यालय झापाका प्रमुख मालपोत अधिकारी

 अधिकार प्राप्त अधिकारीले अधिकार क्षेत्रभित्र रही कानूनबमोजिम गरेको मालपोत कार्यालय मोरङको निर्णय तथा सो निर्णयलाई सदर गरेको निर्णयलाई अन्यथा भन्न सकिने स्थिति नहुँदा रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २००१ - अंश

 फैसला मिति:२०४१/०५/२२  डिभिजन वेन्च इजलास  ७२२
 पुनरावेदक/ प्रतिवादी : जि. सप्तरी कोईलाडी गा.पं. वार्ड नं. ५ बस्ने राजकुमारसिंह राजपूत बिरुद्ध विपक्षी/वादी : ऐ ऐ बस्ने पवनकुमारसिंह राजपुत ऐ ऐ बस्ने सनत कुमार सिंह राजपुत

 अञ्चल अदालबाट हेरी निर्णय गर्नुपर्ने पुनरावेदन क्षेत्रीय अदालतबाट हेरी निर्णय गरेको अधिकार क्षेत्रात्मक त्रुटि भई मिलेको नदेखिँदा सो क्षेत्रीय अदालतले गरेको निर्णय बदर हुने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २००० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०५/०८  डिभिजन वेन्च इजलास  ७३९
 पुनरावेदक/ प्रतिवादी : का.जि. का.न.पं. वडा नं. १८ किलागल बस्ने ईश्वरकाजी तुलाधर बिरुद्ध विपक्षी/वादी : मालपोत कार्यालय काठमाडौं का.जि. न.पं. वडा नं. १६ स्टार होटेल ठमेल घुम्ती बस्ने जोग कुमारी तुलाधर ऐ ऐ बस्ने सुमन तुलाधर ऐ ऐ बस्ने पूर्ण तुलाधर ऐ ऐ बस्ने शान्त तुलाधर ऐ ऐ बस्ने भक्त तुलाधर का.जि. का.न.पं. वडा नं. १८ नरदेवी बस्ने वडाध्यक्ष चन्द्रानन्द नेवा ऐ ऐ बस्ने नर बहादुर खत्री जिल्ला कार्यालय काठमाडौं

 भोगबन्धकी थैलीमा निवेदकको के कति हक छ सो कुरा सबूत प्रमाणको आधारमा मात्र यकीन गर्न पर्ने हुन्छ । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १९९९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०५/२९  डिभिजन वेन्च इजलास  ७४४
 पुनरावेदक/ प्रतिवादी : नवलपरासी सावीक बेनीमणिपुर गा.पं. ४ हाल दुम्कीवास गा.पं.२ बस्ने चन्द्रबहादुर गुरङ बिरुद्ध विपक्षी/वादी : ऐ ऐ बस्ने ललितबहादुर गुरूङ नवलपरासी जिल्ला निर्वाचन एक सदस्यीय विशेष अदालत न्यायाधीश गोविन्द प्रसाद घिमिरे

 निर्वाचन विशेष अदालतले सबूत प्रमाणको मूल्याङ्कन गरी गरेको निर्णयमा कुनै कानूनी त्रुटि भए गरेको नदेखिँदा रिट निवेदनपत्र खारेज हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु