विस्तृत खोजी

 
 
 
 
 
      

२६ खोजी नतिजाहरु

निर्णय नं. १८९८ - उत्प्रेषण

 फैसला मिति:२०४१/०१/०४  डिभिजन वेन्च इजलास  ५५५
 पुनरावेदक/ प्रतिवादी : निवेदक : चितवन जिल्ला कठार गा.पं. वा.नं. ८ सुन्डी बस्ने श्यामप्रसाद उप्रेती बिरुद्ध विपक्षी/वादी : विपक्षी : प्रमुख जिल्ला अधिकारी, चितवन

 प्रमुख जिल्ला अधिकारीलाई रजिष्ट्रेशन पारित भइसकेको लिखतलाई बदर गर्न पाउने अधिकार कुनै ऐन नियमले प्रदान गरेको पनि नदेखिने । (प्रकरण नं. ६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८९७ - कर्तव्य ज्यान

 फैसला मिति:२०४१/०१/११  डिभिजन वेन्च इजलास  ६०१
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी : नरमाया राईको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी : जि. झापा तोपगाछी गा.पं. वा.नं. ५ बस्ने शेरबहादुर लिम्बु समेत

 कसूर गरेको भनी भरपर्दो एवं शंकारहित तवरबाट प्रमाणित हुनसकेको पाइँदैन, यस स्थितिमा ज्यान जस्तो गम्भीर अपराधमा कसूरदार बनाउन मिल्ने नदेखिने । (प्रकरण नं. ३५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८९६ - उत्प्रेषण वा परमादेशयुक्त आज्ञा, आदेश वा पूर्जि जारी

 फैसला मिति:२०४१/०२/१९  फूल बेन्च इजलास  ५८२
 पुनरावेदक/ प्रतिवादी : का.जि. बागबजार का.न.पं. वडा नं. ३१ बस्ने भक्त खड्गी बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय काठमाडौंका का.मु.भूमिसुधार अधिकारी

 सृजित विवादकै आधारबाट कसैको कुनै हकमा आघात पर्ने रहेछ भने सबूत प्रमाणको मूल्याङ्कन गरी निरोपण गर्ने विषय हो भनी पीडित पक्षलाई अदालतले उपचार प्रदान नगर्ने भन्न पनि उचित नहुने । (प्रकरण नं. २५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८९५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०२/२६  फूल बेन्च इजलास  ५८९
 पुनरावेदक/ प्रतिवादी : निवेदक : नुवाकोट जिल्ला खड्गभञ्ज्याङ गा.पं. वडा नं. ८ बस्ने भिमकेशर ठकुरी बिरुद्ध विपक्षी/वादी : विपक्षी : ऐ ऐ बस्ने बुद्धिबहादुर राई मालपोत कार्यालय नुवाकोटका मालपोत अधिकृत श्री हिम विक्रम के.सी.

 पारित भएको राजीनामा बमोजिमको कित्ता सच्याई दाखिल खारेज गर्न सक्ने अधिकार दफा ७(३) ले मालपोत कार्यालयलाई प्रदान गरेको देखिने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८९४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०२/३०  फूल बेन्च इजलास  ५४३
 पुनरावेदक/ प्रतिवादी : निवेदक : सुनवल गा.पं. वा.नं. १ बस्ने डिल्ली कुँवर जोगी बिरुद्ध विपक्षी/वादी : विपक्षी : ऐ ऐ सुनवल गा.पं. वा.नं. १ बस्ने धर्मकुमारी उपाध्याय

 ऐनले निर्दिष्ट गरेको अवस्था बाहेक मोहीको हक समाप्त गर्न पाउने अधिकार ऐनले जग्गाधनीलाई कतै प्रदान गरेको नदेखिने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८९३ - अंश

 फैसला मिति:२०४१/०२/०५  फूल बेन्च इजलास  ६४९
 पुनरावेदक/ प्रतिवादी : निवेदिका/वादी : का.जि. का.न.पं. वा.नं. २२ बस्ने देवकुमारी पाण्डे बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी : ऐ ऐ बस्ने काशिराम पाण्डे ऐ ऐ घर भै हाल का.जि. लाजिम्पाट बस्ने प्रयागराज पाण्डे मिन राज पाण्डेको मु. स. गर्ने ताराकुमारी पाण्डेको मु. स. गर्ने का.जि. का.न.पं. वा.नं. १ ज्ञानेश्वर बस्ने विश्वराज पाण्डे

 प्रतिवादीबाट जाहेर भएको स्थितिमा वादीबाट दिइएको तायदातीमा उल्लेख नहुँदैमा प्रतिवादीको उजूरबाट देखिएको सम्पत्ति बण्डा नहुने भन्न मिल्ने देखिँदैन । (प्रकरण नं. २५)  मानो छुट्टिएको मितिभन्दा अघिको सगोलको पैतृक सम्पत्ति बण्डा नहुने भन्न मिलेन । (प्रकरण नं. २७)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु