निर्णय नं. ८१८ - तहविल मसोट
१) भ्र.नि.ऐन परिच्छेद २ अन्तर्गतको अपराध ठहरी विगो खाए मासे हिनामिना गरेको ठहरेमा सो ऐनले विगोसमेत लाग्ने देखिन आउने, विगो भराइपाउँ भन्ने छुट्टै दावी भइरहनु पर्ने नदेखिने ।
पूर्ण पाठ हेर्नुहोस्१) भ्र.नि.ऐन परिच्छेद २ अन्तर्गतको अपराध ठहरी विगो खाए मासे हिनामिना गरेको ठहरेमा सो ऐनले विगोसमेत लाग्ने देखिन आउने, विगो भराइपाउँ भन्ने छुट्टै दावी भइरहनु पर्ने नदेखिने ।
पूर्ण पाठ हेर्नुहोस्१) धेरैजना उपरको छुट्टाछुट्टै बिषयको कुरामा अ.बं.९८ नं. ले एउटै नालिसबाट इन्साफ गर्न नमिल्ने ।
पूर्ण पाठ हेर्नुहोस्(१) अनिश्चित कुरालाई आधारभूत प्रमाण मान्न नहुने ।
पूर्ण पाठ हेर्नुहोस्१) अन्य ज्यानमुद्दामा भएको अंश रोक्का मुचुल्काकै भरबाट अंश छुट्टिई भिन्न भइसकेको भनी लेनदेन व्यवहारको ४० नं. को हदम्याद कायम गर्न नमिल्ने ।
पूर्ण पाठ हेर्नुहोस्१) भोगबन्धकीमा साहूले जब जग्गामा भोग गर्न आउँछ, त्यही मितिदेखि नै जालसाजीको उजूर गर्ने हदम्याद शुरू हुने ।
पूर्ण पाठ हेर्नुहोस्(१) लेख्नजान्ने कारणीको ल्याप्चे सहीभन्दा लेखात्मक सहीकै बढी महत्त्व हुने, लेख्न जान्ने व्यक्तिको लेखात्मक सही भएपछि ल्याप्चे सही लगाएको छैन भने पनि त्यो कागज अमान्य नहुने ।
पूर्ण पाठ हेर्नुहोस्(१) जुन अपराधलाई नै घटेको हो वा होइन भनी शंका बुझिएको छ भने अभियुक्तलाई सजाय गर्न मनासिव नपर्ने ।
पूर्ण पाठ हेर्नुहोस्(१) हक बेहकतर्फ ठहर गर्नुपर्ने स्थिति नभएकोमा हकबेहकको बयानमा खुलाएको बिगोको आधारमा हदमाथिको हुने भन्न नमिल्ने ।
पूर्ण पाठ हेर्नुहोस्१) कानूनबमोजिम रीत पुगेको लिखतको अभावमा ऐनबमोजिम रजिष्ट्रेशन पास नभई कपाली भएको लिखतसम्मको आधारमा जग्गा साहूले भोग तिरो गरेको छ भने पनि भोग तिरोसम्मको आधारमा जग्गामा साहूको हक दावी पुग्न नसक्ने, यस्तो अवस्थामा जग्गा मिच्नेको १८ नं. को हदम्यादको प्रश्न नउठ्ने, आसामीले जग्गा चलन गर्न आएमा साहूले भोग चलन नछाडी खिचोला उठाउन नपाउने ।
पूर्ण पाठ हेर्नुहोस्(१) नापी मुन्सिफामा दायर भएको उजूर अदालतमा सर्न नसक्ने, त्यस्तो मुन्सिफामा दायर भएको उजूरलाई कायम मानी अदालतले आफ्नो अधिकारक्षेत्र ग्रहण गरी न्यायिक निर्णय दिन कानूनले मिल्ने नदेखिने ।
पूर्ण पाठ हेर्नुहोस्(१) कानूनमा व्यवस्था नभएको तरिकाबाट जहिलेसुकै पनि उजूरी लिई प्रतिवेदन मागी आदेश, पर्चा, फैसला बदर गर्दा न्यायिक प्रणालीमा अनिश्चितताको वातावरण फैलिने ।
पूर्ण पाठ हेर्नुहोस्१) वादीले जे जति कुरामा दावी लिएको छ, त्यतिसम्म कुरामा अदालतले इन्साफ गर्नुपर्ने उजूरी भई दावी नलिएको कुरामा पछि उठाएको वादविवादलाई लिएर इन्साफ ठहर गर्न नमिल्ने ।
पूर्ण पाठ हेर्नुहोस्१) अञ्चल अदालतले ठाडो देवानीमा दर्ता गरी निर्णय आदेश गर्ने कानूनी व्यवस्था नभएको।
पूर्ण पाठ हेर्नुहोस्(१) अड्डैबाट चलन चलाई दिइसकेपछि पनि चलन नछाडी जबरजस्ती गरेमा पहिलो दोस्रोपटक कायम गरी कानूनबमोजिम सजाय हुने ।
पूर्ण पाठ हेर्नुहोस्(१) दाइजो पाउने स्वास्नी मरी स्त्री अंश धनको ५ नं. अनुसार मर्नेको उत्तराधिकारीको नाताको क्रमले लोग्नेले खान पाउने भई लोग्नेको व्यक्तिगत हक हुन आएको दाइजो सम्पत्तिमा अरू अंशियारको अंश लाग्ने नदेखिने, त्यस्तो लोग्ने पनि मरी अर्की स्वास्नी जीवित छँदै अरू अंशियारको भाग लाग्छ भन्नु स्त्री अंशधनको ५ नं. को मनसायको विपरीत हुने ।
पूर्ण पाठ हेर्नुहोस्(१) लाग दावी नै नभएको बन्धकी बिषयमा निर्णय दिनु कानूनसंगत नहुने ।
पूर्ण पाठ हेर्नुहोस्(१) साझेदारी कायम नहुने भएपछि साझेदारी काममा लगाएको पुँजीको रूपैयाँ फिर्ता दिनु नपर्ने भन्न नमिल्ने ।
पूर्ण पाठ हेर्नुहोस्(१) कारोवार लेनदेन भन्नाले कर्जा लेनादेना बाहेकको अन्य कुनै कारवाहीलाई संकेत गर्ने हुनाले साहू आसामी बनी कर्जा लिनुदिनु गरेको व्यवहार हो भन्न नमिल्ने र यस्तोमा साहू आसामीको ३८ नं. को २ बर्षभित्रमा नालिस गर्नुपर्ने ।
पूर्ण पाठ हेर्नुहोस्(१) अनधिकृत तथा गैरकानूनी तवरले कागज गराएकोमा त्यस कागजबाट निवेदकको हकमा आघात पुग्न गएकोमा वा पुग्ने स्थिति भएमात्र नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण लगायतको उपयुक्त आज्ञा आदेश जारी हुन सक्ने ।
पूर्ण पाठ हेर्नुहोस्(१) आफू आफूले भोग तिरो गरी जग्गा सट्टापट्टा भोगबन्धकी लिनुदिनुसमेत गरेको र भोगबन्धकी लिखतहरू रजिष्ट्रेशन समेत पास भइराखेको स्थितिमा ऐनबमोजिम पास भएको बण्डापत्र लिखित नभएको भन्ने मात्र कुराले फेरि बण्डा गर्ने भन्ने तर्क उठाउन मिल्ने अवस्था नदेखिने ।
पूर्ण पाठ हेर्नुहोस्