विस्तृत खोजी

 
 
 
 
 
      

१०२ खोजी नतिजाहरु

निर्णय नं. ११८२ - प्रतिषेधको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/०७/०९  डिभिजन वेन्च इजलास  १९१०
 पुनरावेदक/ प्रतिवादी : श्री ५ को सरकार उ.वि.का मेनेजिङ्ग डाइरेक्र केशवकुमार शर्मासमेत बिरुद्ध विपक्षी/वादी : कर कार्यालय लुम्बिनी अञ्चल, भैरहवा

१) औद्योगिक व्यवसाय ऐन, २०१८ को साविक दफा ९ (क) (२०२५ सालमा संशोधन हुनुअघिको) बमोजिम वर्ष ५ को करमा पक्राउ गर्ने गरेको निर्णय र लिलाम बिक्री गर्ने गरेको कारवाही अनधिकृतको देखिने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११८१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३३/०७/२४  डिभिजन वेन्च इजलास  १७९४
 पुनरावेदक/ प्रतिवादी : सि. जिल्ला फुलकाही गा.पं. वडा नं. ४ बस्ने रामशरण साहु हलुवाई समेत बिरुद्ध विपक्षी/वादी : का.मु. शाखा अधिकृत भू.प्र.का सिराहा समेत

जिमिदार तालुकमा आई बन्दोवस्त भएअनुसार ०२६ सालमा दाखिल खारेज भएको छ, बदर गराउनेतर्फ दा.खा.बमोजिम निवेदकलाई, बुझी ज.ध.प्र.पूर्जा दिएको यसबाट शाखा अधिकृतले हक वेहकको निर्णय गरेको नभई भइरहेको दा.खा.बमोजिम ज.ध.प्र.पूर्जा दिएको देखिने । (प्र.नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११८० - ...

 फैसला मिति:२०३५/०७/०५  डिभिजन वेन्च इजलास  १६४५
 पुनरावेदक/ प्रतिवादी : तैयवमियाँ अन्सारी बिरुद्ध विपक्षी/वादी : भू.सु.का.पर्सा का भू.सु.अ.श्री भक्तेन्द्रध्वज सिलवाल समेत

१) स्थानीय पञ्चायतमा धरौट राख्ने भन्नाले जग्गा रहेको पञ्चायतमा धरौट राख्नुपर्नेमा नराखी अर्कै पञ्चायतको उपप्रधानपञ्च जिम्मा राखेकोलाई धरौट राखेको भन्न नमिल्ने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११७९ - ज्यान

 फैसला मिति:२०३५/०७/०२  डिभिजन वेन्च इजलास  १७८१
 पुनरावेदक/ प्रतिवादी : अ.स.ई.जगदेवको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : सिराहा प्रमहासोच गा.पं. वडा नं. २ बस्ने दुःखी महतो कोईरी समेत

(१) सर्जमिन प्रमाणको रुपमा ग्रहण नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११७८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/०७/२७  डिभिजन वेन्च इजलास  २०७५
 पुनरावेदक/ प्रतिवादी : कास्की जिल्ला छिनेडाँडा गा.पं. वडा नं. ७ को हाल पो.नं. पं. वडा नं. १५ रामबजार बस्ने यशोधाकुमारी कार्कीनी क्षेत्रीनी समेत बिरुद्ध विपक्षी/वादी : पश्चिमाञ्चल क्षेत्रीय अदालत पोखरा नगर विकास योजना नापीसम्बन्धी विशेष अदालत र समिति पोखराको हाल गण्डकी अञ्चल अदालत समेत

१) पुनरावेदन गर्ने म्याद नभएको बाटै पुनरावेदन गर्न पाउने कानून प्रदत्त अधिकार लुप्त हुन नसक्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११७७ - जग्गा बाली

 फैसला मिति:२०३४/१२/२२  डिभिजन वेन्च इजलास  १७५३
 पुनरावेदक/ प्रतिवादी : ललितपुर जावलाखेल बस्ने पं.होमनाथको मु.स.गर्ने छोरा कृष्णप्रसाद शर्मा बिरुद्ध विपक्षी/वादी : मोरङ प्र.मनगढ मौजे हरैचा बस्ने ख.अभिनारायण श्रेष्ठ समेत

विर्ता उन्मूलन ऐन जारी हुनुभन्दा अगाडि नै अदालतमा फिराद दर्ता भई विवाद उठेको मुद्दामा कुनै विचार गर्न नमिल्ने, मुद्दा अदालमा दायर हुँदाको अवस्थाको कानूनी स्थितिलाई नै हेरी निर्णय गर्नुपर्ने । (प्रकरण नं. ३२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११७६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३४/०४/०६  डिभिजन वेन्च इजलास  १६०९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सप्तरी साविक इटहरी, विष्णुपुर गा.पं.हाल विरपुर गा.पं. वडा नं. ७ स्थित श्रीराम जानकी मन्दिरका पुजारी ऐ.बस्ने गोसाई भगत बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने पलट साहू तेली समेत

१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ को उपदफा (१) र (२) को कारोवार गरी भरपाई र कबुलियतनामा समेत पेश गरेकोमा भू.सं.ऐनको दफा २५ को उपदफा (२) अन्तर्गत मोही भन्नुपर्ने दफा २५ (१) अन्तर्गत मोही भनी नं. सम्म गलत उल्लेख भएको भन्नुपर्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११७५ - उत्प्रेषण वा उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरिपाउँ भन्ने

 फैसला मिति:२०३५/०२/०५  डिभिजन वेन्च इजलास  १८४०
 पुनरावेदक/ प्रतिवादी : भैरहवास्थित महेन्द्र सुगर एण्ड जनरल इण्डष्ट्रिज प्रा.लि.का तर्फबाट अध्यक्ष मैत्रदेव पाठक काठमाडौं, कमलपोखरी बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार उद्योगवाणिज्य मन्त्रालय, उ.विभागका महानिर्देशकसमेत

१) ऐनले प्रदान गरेको हक (जसलाई कुनै कानूनले निष्क्रिय गरेको छैन) लाई लिएर उक्त ऐन संशोधन हुनुभन्दा अगाडि नै वा अन्य ऐन आउनुभन्दा अगाडि नै आयकर छुटको लागि माग नगरेको भनी ऐनले दिइराखेको हकबाट वञ्चित गर्न नमिल्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११७४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/०६/०३  डिभिजन वेन्च इजलास  १६४४
 पुनरावेदक/ प्रतिवादी : इलाम जिल्ला इ.नं. पं. वडा नं. ८ बस्ने कृष्णकुमारी पाण्डे बिरुद्ध विपक्षी/वादी : का.मु. भूमिप्रशासक, भूमिप्रशासन कार्यालय, इलाम समेत

(१) भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३४ अनुसार कबुलियत गरी गराई लिएदिएको हुनुपर्छ । त्यसको अभावमा मोहियानी हक प्राप्त हुन नसक्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११७३ - राजकाज

 फैसला मिति:२०३३/१०/१०  डिभिजन वेन्च इजलास  १७९०
 पुनरावेदक/ प्रतिवादी : सुनसरी जिल्ला बक्लौरी गा.वि.स.वडा नं. ६ बस्ने प्रभुनारायण चौधरी बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार

१) श्री ५ महाराजाधिराजबाट माफी बक्सिसकेपछि पुनरावेदनलाई तामेलीमा राख्नुपर्नेमा सोबमोजिम नगरी पुनरावेदकले तारेखमा छाडेको भनी उल्लेख गरी कैद र जरीवानासमेत गर्ने गरेको इन्साफ मिलेको नदेखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११७२ - लेनदेन

 फैसला मिति:२०३४/०५/२४  डिभिजन वेन्च इजलास  ३०५६
 पुनरावेदक/ प्रतिवादी : सुन्सरी कुराहा गा.पं. वडा नं. ३ बस्ने झल्लु माझी थारु बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने फुसाराम ठाकुर

१) तमसुक गरी लेनदेन भएको होइन । जग्गा खरिद–विक्री गर्ने उद्देश्यले बैनाको रुपमा रुपैयाँ लेनदेन भएको उक्त स्थितिमा लेनदेन व्यवहारको २ नं. को हदम्याद लगाई गरेको इन्साफ मिलेको नदेखिएको । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११७१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३३/१२/१२  डिभिजन वेन्च इजलास  १८०३
 पुनरावेदक/ प्रतिवादी : का.जि. भद्रवास गा.पं. वडा नं. ८ बस्ने रत्नबहादुर श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : भद्रवास गा.पं.कार्यालय भद्रवास वडा नं. ७ बस्ने धर्मानन्द पुडासैनी

१) भू.सं.ऐन, २०२१ को दफा २७ र भू.सं.नियमावली, २०२१ को नियम १३ अनुसार स्थानीय प्रचलित मूल्य कायम गर्दा उक्त स्थानमा खरिद बिक्री हुँदा साँध सँधियार बुझ्नु परे दुबै पक्ष राखी मूल्य कायम गर्नुपर्ने । सोबमोजिम निवेदकलाई नराखी एकतर्फि कारवाहीबाट मूल्य कायम गरेको उपयुक्त भयो भन्न नमिल्ने । (प्रकरण नं. ६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११७० - लुटपिट

 फैसला मिति:२०३५/०५/१६  डिभिजन वेन्च इजलास  १८२७
 पुनरावेदक/ प्रतिवादी : सर्लाही धर्मपुर गा.पं.वार्ड नं. ९ बस्ने रामअशिस महतो कोइरी समेत बिरुद्ध विपक्षी/वादी : जि. सर्लाही धर्मपुर भाडसद गा.पं.बार्ड नं. ६ बस्ने रहमान मियाँ मुकेरी

(१) लुटपिटको ६ नं. ले खानेबाट बिगो भराउनु पर्ने हुनाले वादीले सबूद प्रमाण पुर्यालउन नसकेको कलममा यसले यो बिगो खाएकोछ भनी ठहर गर्न नमिल्ने । (प्रकरण नं. ६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११६९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/०५/१४  डिभिजन वेन्च इजलास  १७९०
 पुनरावेदक/ प्रतिवादी : भक्तपुर जिल्ला ठिमी चपाचो गा.पं. वडा नं. ७ बस्ने छत्रबहादुर प्रजापती बिरुद्ध विपक्षी/वादी : भूमिप्रशासक श्री हरिमान ठैव भूमिप्रशासन शाखा भक्तपुर

(१) मोहीको मृत्युपछि जग्गाधनीलाई अ.बं.८२ नं. बमोजिम त्यस सम्बन्धमा भु.प्र.का.मा निवेदन दिने अधिकार भएको । (प्र.नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११६८ - ज्यान

 फैसला मिति:२०३५/०६/१०  डिभिजन वेन्च इजलास  १९६६
 पुनरावेदक/ प्रतिवादी : रामेछाप जिल्ला बाँके भेरी गा.पं. वडा नं. ५ गोठपानी घर भई हाल सर्लाही कारागारमा बन्दी रहेको दिपमाया उपाध्याय बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार

१) मुसा मार्ने विष दिनु वा मुसा मार्न भनी अरूलाई त्यस्तो विष दिनु आपराधिक क्रिया नहुने । बिना प्रयोजन कसैको ज्यान लिन साधारणत कोही पनि सरिक हुँदैन । बिनाप्रमाण कसैलाई कसुरदार ठहर्याीउन न्यायसंगत नहुने । (प्र.नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११६७ - चोरी

 फैसला मिति:२०३२/१२/२७  डिभिजन वेन्च इजलास  २०७९
 पुनरावेदक/ प्रतिवादी : पाल्पा जिल्ला तानसेन नगरपञ्चायत वडा नं. ५ बस्ने रत्नप्रसाद शाक्य बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार

(१) चोरीको २४ नं. को अवस्थाको विद्यमानताको अभावमा निवेदकलाई सजाय गर्न नमिल्ने । (प्र.नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११६६ - लिखत बदर

 फैसला मिति:२०३५/०६/०३  फूल बेन्च इजलास  २४६६
 पुनरावेदक/ प्रतिवादी : का.जि. रामशाहपथ डेरा गरी बस्ने शान्तिदेवी थापा बिरुद्ध विपक्षी/वादी : का.जि. महाराजगञ्ज बस्ने जगतकुमारी शाह समेत

१) धर्मपुत्रको महल ४ नं. को प्रयोजनको लागि बाटा घाटामा फालेको बालकलाई पालेको रहेछ भने त्यो पक्का धर्मपुत्र ठहर्ने । धर्मपुत्रको ४ नं. ले बाटाघाटामा फालेको बाबु आमाको ठेगाना नभएको आश्रयहिन बालकको सम्बन्धमा मानवीय आधारमा धर्मपुत्रको हैसियतको श्रृजना गरेको देखिने । (प्र.नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११६५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/०५/१४  डिभिजन वेन्च इजलास  १७५४
 पुनरावेदक/ प्रतिवादी : भक्तपुर जिल्ला ठिमी चपाचो गा.पं.नडा नं. ७ बस्ने छत्रबहादुर प्रजापती बिरुद्ध विपक्षी/वादी : भूमिप्रशासक श्री हिरामान, भूमिप्रशासन शाखा भक्तपुर

१) मोहीको मृत्युपछि जग्गाधनीलाई अ.बं.८२ नं. बमोजिम त्यस सम्बन्धमा भु.प्र.का. मा निवेदन दिन अधिकार भएको । (प्र.नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११६४ - उत्प्रेषण मिस्रित परमादेश समेत जारी गरिपाउँ

 फैसला मिति:२०३५/०५/०७  डिभिजन वेन्च इजलास  १६१४
 पुनरावेदक/ प्रतिवादी : नेपाल स्ट्रावोर्ड कं.प्रा.(लि.) विराटनगरतर्फबाट संचालक किसनलाल गुडर बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार अर्थमन्त्रालय ववरमहल काठमाडौं समेत

१) श्री ५ को सरकारको निर्णयले औद्योगिक व्यवसाय ऐन, २०३१ को दफा ९ (१) को उपदफा (८०) को सुविधा हनन भएकोले भन्सार संसोधन सहितको ऐन, २०१९ तथा अन्य प्रचलित कानूनबमोजिम पुनरावेदन लाग्नसक्ने अवस्था भएको भन्न नमिल्ने । (प्र.नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११६३ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरिपाउँ

 फैसला मिति:२०३५/०५/१५  डिभिजन वेन्च इजलास  १६३३
 पुनरावेदक/ प्रतिवादी : जिल्ला मोरङ विराटनगर नगरपञ्चायत वडा नं. १ स्थित चन्द्रशिव राइसमिल्सका संचलालक समेत बिरुद्ध विपक्षी/वादी : विराटनगर पञ्चायतका कर ठेकेदार ऐ.बस्ने गणेशप्रसाद भट्टराई

१) नगरपञ्चायतको ईलाकाभित्र व्यापार गर्ने व्यापारीहरूलाई नगर पञ्चायत कार्य व्यवस्था नियमावलीको नियम ७ ले लाग्ने करको अपवादको रुपमा नियम ८ ले दैनिक उपभोग्य अत्यावश्यक पदार्थहरू जस्तै नून, खाने तेल, मट्टितेल, चामल आदि पदार्थहरूका सम्बन्धमा कर नलाग्ने व्यवस्था भएको प्रष्ट देखिने । (प्र.नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु