विस्तृत खोजी

 
 
 
 
 
      

१०२ खोजी नतिजाहरु

निर्णय नं. ११४२ - प्रतिषेध, उत्प्रेषण वा जुन उपयुक्त हुन्छ जो चाहिने आज्ञा वा आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/०३/०५  डिभिजन वेन्च इजलास  १८२०
 पुनरावेदक/ प्रतिवादी : श्री प्रमुख जिल्ला अधिकारीज्यू जिल्ला कार्यालय तनहुँ दमौली समेत बिरुद्ध विपक्षी/वादी : जि. तनहुँ भानु गा.पं. वडा नं. दौरदौर चापवास बस्ने तिर्थबहादुर थापा मगर

(१) अनधिकृत कागज गराएको वा फैसला भएको नदेखिएपछि आदेश जारी गर्नु नपर्ने । (प्र.नं. ६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११४१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/०३/११  डिभिजन वेन्च इजलास  २३४१
 पुनरावेदक/ प्रतिवादी : जि. धनुषा वहुअवा गा.पं. वडा नं. १ बस्ने रामवृक्ष चौधरी बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार अन्तशुल्क विभाग, काठमाडौं समेत

१) म्यादभित्र ठेक्काबन्दोवस्त हुन नसकेको कारण नदेखाई आफूले नै ठेक्का बन्दोवस्त नगरेकोमा एउटाको सुस्तीले कर्तव्य पालन नगरी अर्कासँग नोक्सान भराउने कार्यलाई न्यायसङ्गत भन्न नमिल्ने । (प्र नं. २२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११४० - उत्प्रेषण, परमादेशको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/०३/१५  डिभिजन वेन्च इजलास  १७८४
 पुनरावेदक/ प्रतिवादी : उमराव सिंह एण्ड सन्स भद्रपुरको प्रोपाइटर जि. झापा भद्रपुर न.पं.वार्ड नं. ८ बस्ने वंशीधर अग्रवाल बिरुद्ध विपक्षी/वादी : श्री कर अधिकृत, कर कार्यालय, मेची अञ्चल चन्द्रगडी झापासमेत

१) आयकर ऐन, २०३१ को दफा ४५ तथा नेपाल आयकर नियमहरू, २०२० को नियम ११ (२) ले व्यवस्था गरेबमोजिम आय निर्धारण समितिले आयको हिसाब कसरी गरिएको हो सो हिसाबबाट कसरी आयकर निर्धारण गरिएको हो त्यसको विवरण प्रष्ट देखिने गरी न्यायिक मनको प्रयोग गरी निर्णय गर्नुपर्ने । (प्र.नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३९ - तालुकी

 फैसला मिति:२०३५/०४/२६  डिभिजन वेन्च इजलास  २०१०
 पुनरावेदक/ प्रतिवादी : जुम्ला वारविसदरा गा.पं.बस्ने जसवीर थापा मर्दा निजको भतिजा जगे थापा बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने दुर्गाप्रसाद पण्डित

१) रैति रोजाउन नपर्ने कानूनी व्यवस्था भएकोले रैती रोजाई मर्ने तालुकदारको छोराले तालुकदारी नपाउने ठहराएको मनासिव भन्न नमिल्ने । (प्र.नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३८ - कुलो पानी बन्द गरी दियो

 फैसला मिति:२०३५/०१/२४  डिभिजन वेन्च इजलास  १७०९
 पुनरावेदक/ प्रतिवादी : जि. भोजपुर थुमसिकतेल नामन्त गा.पं. वडा नं. १ बस्ने धर्मप्रसाद सुवेदी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. कोट पञ्चायत वडा नं. ७ आहाँले बस्ने मणिकर्ण गिरी समेत

(१) अञ्चल अदालतले अनधिकृत निर्णय गरेकोमा न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १५ को उपदफा (३) ले अधिकृत निकाय क्षेत्रीय अदालतबाटै पुनरावेदन कानूनबमोजिम निर्णय गर्नु पर्ने । (प्र.नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३७ - घर बगैंचा छुट्याई उठाई चलन पाउँ

 फैसला मिति:२०३५/०३/१२  डिभिजन वेन्च इजलास  १८०६
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं न.पं. वडा नं. २४ अन्तर्गत वटुटोल बस्ने कृष्णमान श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : काठमाडौं नगरपञ्चायत हाल वडा नं. २४ बस्ने रुद्रमाया श्रेष्ठ

(१) संयुक्त भई राजीनामा गराई लिएको घरको हकमा दुवैजनाको बराबर भाग लाग्ने । (प्र.नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३६ - लेनदेन

 फैसला मिति:२०३५/०३/१४  डिभिजन वेन्च इजलास  १७२९
 पुनरावेदक/ प्रतिवादी : जि. सिराहा ईंटाटार लेनुवापटी गा.पं. वडा नं. ९ बस्ने रामेश्वर यादव बिरुद्ध विपक्षी/वादी : जि. धनुषा लकड गा.पं. वडा नं. १ बस्ने हरिहर गोइत यादव

१) कार्यवाही सम्बन्धित आदेशले कुनै कानूनी सिद्धान्त प्रतिपादित भएको भन्न नमिल्ने । केवल मुद्दाको कार्यवाही गर्नेसम्मको आदेशलाई रुलिङ्ग भन्न नसकिने । (प्र.नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३५ - अंश

 फैसला मिति:२०३५/०२/३५  डिभिजन वेन्च इजलास  १८४२
 पुनरावेदक/ प्रतिवादी : जि. सप्तरी साह गाउँपञ्चायत वडा नं. ५ बस्ने विन्देश्वरी सिंह राजपुतसमेत बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने डिल्ली सिंह राजपुत

१) कोर्टफी ऐन, ०१७ को दफा ३ बमोजिम कोर्टफी दाखिल नगरी कुनै अदालतले नालेश वा उजूर लिई कारवाई गर्नसमेत नमिल्ने । (प्र.नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३४ - कर्तव्य ज्यान

 फैसला मिति:२०३५/०३/२०  फूल बेन्च इजलास  १९५६
 पुनरावेदक/ प्रतिवादी : श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : वाग्लुङ जिल्ला घर भई हाल काठमाडौं जिल्ला कार्यालय कारागार शाखामा थुनामा रहेका ताक्ला ठकुरी समेत

१) छुरी जस्तो हतियार प्रयोग गरी मारेको ज्यानसम्बन्धीको १४ नं. लागू हुने स्थिति नपरी उक्त महलको १३ (१) बमोजिम पूरा सजाय गर्नुपर्ने । (प्र.नं. २३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/०२/१२  डिभिजन वेन्च इजलास  १९२४
 पुनरावेदक/ प्रतिवादी : ट्रलिबस सेवा कार्यालय, बानेश्वर का.मु.प्रबन्धक तीर्थराज शर्मा बिरुद्ध विपक्षी/वादी : काठमाडौं जिल्ला अदालत, गौशाला छोटी प्रहरी ठाना, रामप्रसाद आचार्य र शशी दाहाल

१) सवारी सम्बन्धी ऐनको अवलोकनबाट दफा ५७ मा प्रयोग भएको ज्यान मारिएको वा अंग भंग भएको वाक्यांश पनि मनुष्य सम्बन्धीलाई लिएर उल्लेख भएको भन्ने कुरा प्रष्ट हुन आउने। (प्र.नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/०२/२६  डिभिजन वेन्च इजलास  १७७०
 पुनरावेदक/ प्रतिवादी : अं. नारायणी नं. पं.वीरगञ्ज वडा नं. ६ बस्ने पार्वतीदेवी रौनियार बिरुद्ध विपक्षी/वादी : जि. बारा गा.पं.भतौडा वडा नं. ९ बस्ने गडर राउत कुर्मीसमेत

१) कुनै मुद्दामा विभिन्न प्रतिवादी भएकोमा एउटा प्रतिवादसँग मिलापत्र हुँदैमा अर्को प्रतिवादीको हकमासमेत सो मुद्दाको अन्तिम टुंगो लागेको भन्न नमिल्ने । (प्र. नं. ११¬)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/०२/३१  डिभिजन वेन्च इजलास  १७०४
 पुनरावेदक/ प्रतिवादी : बागमती अञ्चल भक्तपुर जिल्ला न.पं. वडा नं. १२ बस्ने बलराम श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : काठमाडौं उपत्यका नगर विकास योजना कार्यान्वयन समिति भक्तपुर मार्फत नगर विकास भक्तपुर समेत

(१) सामूहिक स्वास्थ्यको विषयलाई लिई निवेदनपत्र दिएकोमा संविधानको धारा ७१ ले आदेश जारी गर्न नमिल्ने । (प्र.नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११३० - जग्गा

 फैसला मिति:२०३५/०२/१०  डिभिजन वेन्च इजलास  १९७६
 पुनरावेदक/ प्रतिवादी : कपिलबस्तु तप्पे गौरा मौजे बलहुवा बस्ने मन्नु कहार समेत बिरुद्ध विपक्षी/वादी : मौजा हरिनारायणपुर बस्ने राजेश्वरी कुर्मी

(१) प्रतिवादी आफू जोताहा भएको जिकिर गर्दैमा मोही तेरो मेरो विषयको विवाद हो भन्न मिल्ने अवस्था नआउने । (प्र.नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११२९ - हर्जना दिलाई पाउँ

 फैसला मिति:२०३५/०२/२६  डिभिजन वेन्च इजलास  २०७१
 पुनरावेदक/ प्रतिवादी : बारा जिल्ला पिपरा गा.पं. वडा नं. ५ बस्ने रामचन्द्रप्रसाद कुम्हाल बिरुद्ध विपक्षी/वादी : हिमालय आयरन एण्ड स्टिल प्रा.लि.का अ.मेनेजर गोविन्दबहादुर श्रेष्ठ

१) पेश्कीको रुपैयाँ मध्येबाट सावाँ र व्याज भराई पाउँ भनी लेनदेन व्यवहारको ४० नं. अनुसारको म्यादभित्रै फिराद भएको कुरामा करारसम्बन्धी ऐनको दफा १० र १५ अन्तर्गतको फिरादपत्र भनी खारेज गर्न मिल्ने अवस्था नहुने । (प्र.न. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११२८ - उत्प्रेषण, परमादेशलगायत जो चाहिने आज्ञा आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/०२/२७  डिभिजन वेन्च इजलास  १८१९
 पुनरावेदक/ प्रतिवादी : जि. नवलपरासी नवलपुर मङ्गलचौर गा.पं. वडा नं. ३ बस्ने निलजङ्ग रायमाझी बिरुद्ध विपक्षी/वादी : श्री लुम्बिनी अञ्चल अदालत, बुटवल समेत

(१) सबूद प्रमाणको मूल्याङ्कन गरी तह–तह अदालतबाट फैसला भएको कुरामा रिट क्षेत्रबाट हस्तक्षेप गर्न नमिल्ने । (प्र.नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११२७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/०२/२७  फूल बेन्च इजलास  १७६६
 पुनरावेदक/ प्रतिवादी : का.जि. सिनामङ्गल बस्ने अशोककुमार सन्नेसी बिरुद्ध विपक्षी/वादी : भूमिप्रशासक, भूमिप्रशासन कार्यालय काठमाडौं समेत

(१) हकबेहक गर्नुपर्ने कुरामा निर्णय गर्ने अधिकार विपक्षी भूमिप्रशासकलाई कानूनले प्रदान भएको नदेखिने, हकबेहकको प्रश्न उपस्थित भएपछि हकबेहकमा अदालतमा नालिस गर्न जानू भनी विपक्षी प्रशासकले सुनाई दिनुपर्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११२६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/०२/३१  फूल बेन्च इजलास  १७३१
 पुनरावेदक/ प्रतिवादी : सिराहा बस्तिपुर गा.पं. वडा नं. २ बस्ने सतराम साहु बिरुद्ध विपक्षी/वादी : भूमिप्रशासन कार्यालय, सिराहासमेत

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ को उपदफा (२) को व्यवस्थाले जग्गाधनीले कूतबाली बुझी रसिद दिनुपर्ने र त्यस्तो दोहोरो लिइराख्नु पर्ने र मोहीले पनि जग्गाधनीले रसिद नदिए उक्त दफा ३८ (२) को व्यवस्थाबमोजिम तोकिएको अधिकारी अदालत वा पञ्चायतसमक्ष उजूर गरी बाली बुझाएको निर्णय गराएको हुनुपर्ने व्यवस्था गरेको । (प्रकरण नं. ९) (२) जग्गावालाले बाली दिई रसिद नदिएको भन्ने उजूर परेकोमा सर्जमिन प्रमाण लाग्न सक्ने। (प्र.नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११२५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३१/०५/१७  डिभिजन वेन्च इजलास  १६६८
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं, बत्तिसपुतली गा.पं. वडा नं. ८ बस्ने सदानन्दकुमारी उपाध्यानी बिरुद्ध विपक्षी/वादी : काठमाडौं जिल्ला, बत्तिसपुतली गा.पं. वडा नं. ३ बस्ने मन्जुलासी

(१) भू.सं.ऐनको दफा ६ (क) बमोजिम बेच बिखनसमेत गर्न पाउने कानूनी हक भएको जग्गामा ऐ.को दफा २७ प्रयोग गरी जग्गा झिक्न पाउने ऐनले अधिकार दिएको नदेखिने । (प्र. नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११२४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३४/१२/३०  डिभिजन वेन्च इजलास  १६६८
 पुनरावेदक/ प्रतिवादी : भक्तपुर न.पं. वार्ड नं. ११ सा कोठा बस्ने रामकाजी प्रधानाङ्ग बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने हेराबज्र बज्राचार्य समेत

(१) मुद्दा परी कारवाही चली अदालतको विचाराधीनमा रहेको देखिएकोले–रिट निवेदनबाट–विचार गरी निर्णय दिनुपर्ने आवश्यक नदेखिने । (प्र.नं. ५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११२३ - बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३४/१२/१०  डिभिजन वेन्च इजलास  १९१९
 पुनरावेदक/ प्रतिवादी : जि. बारा गा.पं. भवानीपुर वार्ड नं. ९घर भई हाल वीरगञ्ज कारागारमा थुनामा रहेको फरमुलाह मंसुरको हकमा अभिवक्ता प्रेमनाथ शर्मा बिरुद्ध विपक्षी/वादी : श्री प्रमुख जिल्ला अधिकारी जिल्ला कार्यालय बारासमेत

१) सार्वजनिक अपराध सजाय ऐनअन्तर्गतको मुद्दामा प्रमुख जिल्ला अधिकारीले विशेषअदालत ऐनको दफा ९ को उपदफा (१) बमोजिम कार्यविधि मात्र अपनाउन सक्ने । (प्र. नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु