विस्तृत खोजी

 
 
 
 
 
      

२८ खोजी नतिजाहरु

निर्णय नं. २०२६ - उत्प्रेषण

 फैसला मिति:२०४१/०६/०३  डिभिजन वेन्च इजलास  १९०५
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. ११ थापाथली बस्ने बाबुकाजी फैजु बिरुद्ध विपक्षी/वादी : श्री प्रधानपञ्च का.न.पञ्चायत का.न.पं. ११ बस्ने शकुन्तला देवी अग्रवाल

 पक्ष विपक्षको बीच विवाद उठेकोमा पक्षहरूले उठाएको प्रश्न र पेश गरेको प्रमाणहरूको विवेचना गरी निर्णयका आधार समेत प्रष्ट रूपमा उल्लेख गर्नुपर्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०२५ - ज्यान

 फैसला मिति:२०४१/०६/०१  डिभिजन वेन्च इजलास  १९२७
 पुनरावेदक/ प्रतिवादी : चन्द्रबहादुर थापाको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : स्वीजरलैण्ड निवासी पिरे एनेकसडी च्यानूड

 कर्तव्य गरी मारेको भन्ने सबूत प्रमाणको अभावमा किटानी गर्न नसकिने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०२४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०६/२९  डिभिजन वेन्च इजलास  १७९१
 पुनरावेदक/ प्रतिवादी : मोरङ जिल्ला वरडंगा गाउँ पञ्चायत वडा नं. २ बस्ने जतरू यादव बिरुद्ध विपक्षी/वादी : मोरङ जिल्ला विराटनगर नगरपञ्चायत वडा नं. १३ बस्ने इश्वरी देवी रेग्मी भूमिसुधार कार्यालय, मोरङका श्री भूमिसुधार अधिकारी

 प्रतिवादीले दैवी परेको भन्ने कुराको जिकिर लिएपछि दैवी परेको हो वा होइन भन्ने कुरा आफ्नो निर्णयमा बोल्नु पर्ने । (प्रकरण नं. ६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०२३ - कर्तव्य ज्यान

 फैसला मिति:२०४१/०३/३२  डिभिजन वेन्च इजलास  १८७७
 पुनरावेदक/ प्रतिवादी : परमेश्वर राय यादवको जाहेरीको श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला रौतहट बरियारपुर गा.पं. वा.नं. ८ बस्ने राजेन्द्रप्रसाद यादव समेत

 कुटाईको चोट पीरबाट मृत्यु भएको थियो भने त्यस्तो मृत्यु शैय्यामा पुर्याकउने घातक प्रहार गरेको काठको मुंग्रो वा लात मुक्काले हानेको कुनै किसिमको निलडाम घाउ, चोट मृतक शरीरको वाहृय वा अभ्यन्तर कतै देखिनु पर्नेमा सो नभई मृतकको मृत्यु मटु सम्बन्धी रोगबाट भएको भन्ने चिकित्सकले राय व्यक्त गरेको हुँदा प्रतिवादीहरूको कर्तव्यबाट निजको मृत्य भएको भन्न सक्ने अवस्था देखिएन । (प्रकरण नं. २१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०२२ - कर्तव्य ज्यान

 फैसला मिति:२०४१/०३/२९  डिभिजन वेन्च इजलास  १९३९
 पुनरावेदक/ प्रतिवादी : लुम्विनी अंचल नबलपरासी जिल्ला रुपौलिंया गा.पं. वा.नं. १ पौटाहा घर भै हाल केन्द्रीय कारागारमा बन्दी विरबहादुर पंजियार बिरुद्ध विपक्षी/वादी : नन्द किशोरको जाहेरीले श्री ५ को सरकार

 सरजमीनका मानिसहरूको शंका र प्रहरी समक्ष साविती बयान दिएको र सो साविती बयानलाई आफ्नो ईच्छाले साविती बयान गरेको होइन भन्ने समेत कुनै प्रमाण पुर्याचउन नसकेकोबाट निजले अपराध गरेको पुष्टी भएकोमा ज्यानसम्बन्धीको महलको १३(३) अनुसारको सजाय गर्ने गरेको फैसला मनासिब हुँदा सदर हुने । (प्रकरण नं. २३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०२१ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४१/०६/०९  फूल बेन्च इजलास  १८८७
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला का.न.पं. वा.नं. २ लाजिम्पाट बस्ने रत्नदास प्रकाश बिरुद्ध विपक्षी/वादी : ऐ ऐ बस्ने तुलसी दास काठमाडौं नगर पंचायत, काठमाडौं

 पक्ष विपक्ष बीच मोहियानी हकको सम्बन्धमा विवाद रहेको र सोको निरोपण हुन बाँकी रहेको स्थितिमा सोमा असर पर्ने गरी नक्सा पास गरी दिनु नगरपञ्चायत ऐन, २०१९ को दफा ४९(२) को प्रतिकूल हुन जाने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०२० - घर खिचोला, मेटाई घर पसल छुट्याई पाउँ

 फैसला मिति:२०४१/०६/०५  फूल बेन्च इजलास  १९८३
 पुनरावेदक/ प्रतिवादी : का.जि. का.न.पं. वा.नं. १२ टेकु बस्ने कयौ महर्जननीको वारिस भई आफ्ना हकमा समेत अर्जुन महर्जन बिरुद्ध विपक्षी/वादी : ऐ ऐ टेकु नेशनल ट्रेडिङ लिमिटेड अगाडिको ल.पु.जि. वा.नं. २१ मिखावहाल बस्ने राममाया महर्जननी

 विवादको जग्गामा घर बनी सकेको भए र सो घर वादीले बकस दिन नचाहेको भए लिखतमा नै सो कुरा स्पष्ट रूपले उल्लेख भएको हुनु पर्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०१९ - डाँका

 फैसला मिति:२०४१/०६/०५  फूल बेन्च इजलास  २१०७
 पुनरावेदक/ प्रतिवादी : पर्सा जिल्ला साविक रामगढवा गा.पं. वडा नं. १ हाल रामगढवा सिंसिंया गा.पं. वडा नं. ६ बस्ने राजेश्वर दुवे बाहुन ऐ ऐ बस्ने जग्गु राउत कुर्मी जि. पर्सा साविक रामगढवा गा.पं. वा.नं. ८ को हाल परिवर्तित श्रीसिंसिया राम गढवा गा.पं. वडा नं. ८ बस्ने इसरायल देवान फकिर ऐ ऐ बस्ने जुमराती देवान फकिर बिरुद्ध विपक्षी/वादी : गेना राउत कुर्मीको जाहेरीले श्री ५ को सरकार

 वारदातमा संलग्न थियो भन्ने कुराको तथ्ययुक्त प्रमाण वादी श्री ५ को सरकारको तर्फबाट आउन सकेको देखिँदैन तसर्थ यी प्रतिवादीहरूलाई डाँका गरेको ठहर्यासएको इन्साफ गल्ती हुनाले सफाई पाउने । (प्रकरण नं. ३१)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु