विस्तृत खोजी

 
 
 
 
 
      

२८ खोजी नतिजाहरु

निर्णय नं. २०५३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०५/०१  डिभिजन वेन्च इजलास  २०१५
 पुनरावेदक/ प्रतिवादी : जिल्ला ललितपुर ल.पु.न.पं. वार्ड नं. १ बस्ने उमेशचन्द्र जैन बिरुद्ध विपक्षी/वादी : श्रीमान् भन्सार अधिकृत वीरगंज भन्सार श्रीमान महानिर्देशकज्यू, भन्सार विभाग

 निवेदकसँग मागिएको सम्बन्धित कागजातहरू निजले समयमा प्रस्तुत गर्न नसकेकोले अर्थ मन्त्रालयको सूचना बमोजिम गाडी जफत गरेकोलाई अन्यथा भन्न सकिने स्थिति नहुँदा निवेदकको माग अनुसारको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०५२ - ज्यान

 फैसला मिति:२०४१/०४/२९  डिभिजन वेन्च इजलास  २१४२
 पुनरावेदक/ प्रतिवादी : जोगमाया थरुनीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला कैलाली गा.पं.चौमाला बस्ने खड्गराज पन्त ऐ ऐ बस्ने भगना डगौरा थारु

 अपराधी ठहर गर्न कसुर गरेको हो भन्ने कुराको शंकारहित तवरबाट प्रमाणित भएको हुनु पर्ने । (प्रकरण नं. ३१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०५१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०७/०६  डिभिजन वेन्च इजलास  २७६९
 पुनरावेदक/ प्रतिवादी : रुपन्देही जिल्ला सिद्धार्थनगर न. पञ्चायत वार्ड नं. २ मेउडीहवा बस्ने मुकुन्दमणि त्रिपाठी ऐ ऐ बस्ने नारायण अहर ऐ ऐ बस्ने ओम प्रकाश गुप्त ऐ ऐ बस्ने गौरी कोहार ऐ ऐ बस्ने विश्वनाथ पाठक ऐ ऐ बस्ने बुद्ध भर ऐ ऐ बस्ने आसरे अहिर ऐ ऐ बस्ने मुहुन तेली ऐ ऐ बस्ने शिवदास तेली ऐ ऐ बस्ने महगु कोहार ऐ ऐ बस्ने पारक कोहार ऐ ऐ बस्ने झिनकी कहार्इन ऐ ऐ बस्ने जिवन भर ऐ ऐ बस्ने चनक भर बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार मन्त्रीपरिषद् सचिवालय काठमाडौं शिक्षण संस्थाको सम्पत्ति ब्यवस्था, जिल्ला समितिका अध्यक्ष श्री प्रमुख जिल्ला अधिकारी जिल्ला कार्यालय रुपन्देही सिद्धार्थनगर भैरहवा ऐ समितिका सदस्य श्री प्रमुख मालपोत अधिकृत मालपोत कार्यालय रुपन्देही ऐ ऐ समितिका सदस्य सचिव श्री का.मु. जिल्ला शिक्षा अधिकारी रुपन्देही रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपञ्चायत वार्ड नं. २ मेउडीहवा स्थित मेउडिहवा प्राथमिक विद्यालय मेउडीहवा

 नगरपञ्चायतको लगतमा भएको जग्गा विद्यालयको नाममा दर्ता गर्न मालपोत कार्यालयमा लेखी पठाउने गरी निर्णय गर्दा रिट निवेदकहरूलाई आफ्नो कुरा भन्ने मौका दिनु पर्ने। (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०५० - उत्प्रेषण

 फैसला मिति:२०४१/०७/१९  डिभिजन वेन्च इजलास  १९३१
 पुनरावेदक/ प्रतिवादी : सप्तरी राजविराज न.पं. वडा नं. ३ बस्ने प्रधानपञ्च अनिस अन्सारी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. वार्ड नं. १ बस्ने भिखमचन्द जैन निर्वाचन विशेष अदालत, सप्तरी जिल्ला अदालत सप्तरी जि.अ. का. न्यायाधीश श्री दिपेन्द्र उपाध्याय

 निर्वाचन विशेष अदालतमा उजूर गरेकोमा निर्वाचन विशेष अदालतले सप्तरी जिल्ला अन्तर्गत राजविराज नगरपञ्चायतको प्रधानपञ्च पदको निर्वाचन बदर हुने ठहराई निर्णय गरे उपर रिट निवेदन पत्र परेको सम्बन्धित उम्मेदवार होइन र निजको उजूरी निर्वाचन विशेष अदालतमा लाग्न सक्तैन भन्न नमिल्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०४९ - उत्प्रेषण

 फैसला मिति:२०४१/०६/२९  डिभिजन वेन्च इजलास  २०५१
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं न.पं. वडा नं. १३ ताहाचल बस्ने यादव लामिछाने बिरुद्ध विपक्षी/वादी : श्रीमान् निर्देशक, कर्मचारी व्यवस्था शाही नेपाल वायुसेवा निगम, मुकाम न्यूरोड काठमाडौं श्री सञ्चालक समिति, शाही नेपाल बायु सेवा निगम मुकाम, न्यूरोड गेटऽ काठमाडौं

 नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा १६ ले बर्खास्त गर्ने अधिकार समेत संचालक समितिलाई छ शाही नेपाल वायु सेवा निगम ऐन, २०१९ को दफा ७ ले पनि संचालक समिति समर्थवान छ । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०४८ - अंश मानाचामल

 फैसला मिति:२०४१/०५/१०  डिभिजन वेन्च इजलास  २२७४
 पुनरावेदक/ प्रतिवादी : धा.जि. भारपाक गा.पं. घर भइ हाल नुवाकोट गंगामाई गा.पं. वडा नं. ३ त्रिशुली बस्ने कल्पनाकुमारी अधिकारी बिरुद्ध विपक्षी/वादी : धा.जि. भारपाक गा.पं. वडा नं. ३ को वाराङ बस्ने चन्द्रकुमारी अधिकारी क्षेत्री ऐ ऐ बस्ने चन्द्र बहादुर अधिकारी क्षेत्री

 लोग्ने स्वास्नीको २ नं. को ऐन हेर्दा अर्कासित करणी नगराए पनि करणी गराएको छु भनी अड्डामा सावित भएमा त्यस्तो स्वास्नीसित लोग्नेले सम्बन्ध बिच्छेद गर्न पाउँछ भन्ने कानुनी व्यवस्था भइराखेकोले अंश मानाचामलको दावी पुग्न नसक्ने र नावालक छोराको हकमा बाबु कायम गरी ल्याएका बखत ठहरे बमोजिम हुने भनी खारेज गरेको शुरुको निर्णय सदर हुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०४७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०४/२३  डिभिजन वेन्च इजलास  २०१३
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.१२ ब्रम्हटोल बस्ने भक्तमान श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : का.न.पं.का प्र.पञ्च कमल चित्रकार ऐ ऐ वडा नं. १२ ब्रह्मटोल बस्ने चुनुदेवी

 निकास ढलमा विवाद भएकोमा तेरो मेरो हकबेहक छुट्याउनु पर्नेमा अदालतमा हकबेहक गरी आउनु भनी निर्णय गर्नु पर्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०४६ - ज्यान

 फैसला मिति:२०४१/०४/१०  डिभिजन वेन्च इजलास  १८४५
 पुनरावेदक/ प्रतिवादी : झपटसिंह आलेमगरको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : रामेछाप जिल्ला गागल्टार गा.वा.पं. वा.नं. १ पिखरी बस्ने श्री सुरवीर तामांग

 कुटपीट गरी मारेको भनी प्रतिवादीको नाम किटान साथ लेखेको देखन्छ । तसर्थ प्रतिवादीलाई ज्यान सम्बन्धीको १३(३) अनुसार जन्मकैदको सजाय गरेको फैसला मनासिव ठहर्ने । (प्रकरण नं. १४

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु