विस्तृत खोजी

 
 
 
 
 
      

२८ खोजी नतिजाहरु

निर्णय नं. २६२३ - उत्प्रेषण

 फैसला मिति:२०४३/०२/२०  फूल बेन्च इजलास  १८१६
 पुनरावेदक/ प्रतिवादी : कपिलवस्तु तत्काल तौलिहवा गा.पं.वडा नं.३ बस्ने पुरुषोत्तम गौतम बिरुद्ध विपक्षी/वादी : ऐ.कौपवा गा.पं.वडा नं.७ बस्ने पिताम्बर गौतम

(१) अनुचित विलम्ब गरी उपचारको खोजीमा आएको देखिएकोबाट संविधानको धारा ७१ बमोजिम असाधारण अधिकार क्षेत्रको प्रयोग गरी उपचार प्रदान गर्न नमिल्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६२२ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०२/२७  फूल बेन्च इजलास  १७८०
 पुनरावेदक/ प्रतिवादी : भक्तपुर नगर पञ्चायत वडा नं.११ बस्ने विष्णुभक्त हिम्सुतु बिरुद्ध विपक्षी/वादी : ऐ.वडा नं.१४ मंगलाछे बस्ने कान्छी के.सी.समेत

(१) मोही निष्कासन गर्ने निर्णय गरेको अवस्थामा कूत पनि अनिवार्य रुपले भराउन पर्छ भनी भन्न दफा २९(३) को व्यवस्थाबाट मिल्ने नदेखिने । (प्रकरण नं. १०) (२) बाली मुद्दा पर्दापर्दैको अवस्थामा बुझेको भन्ने देखाउन नसकेको अवस्थामा बाली बुझेको भन्ने दोष पनि जग्गा धनीलाई लगाउन मिल्ने देखिँदैन । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६२१ - जालसाजी

 फैसला मिति:२०४३/०२/०२  फूल बेन्च इजलास  १९२१
 पुनरावेदक/ प्रतिवादी : रौतहट रघुनाथपुर गा.पं.वडा नं.४ बस्ने कौशिलादेवी बानिया बिरुद्ध विपक्षी/वादी : ऐ.वडा नं.३ बस्ने रुपनारायण शाह

(१) अस्थायी नागरिकताको प्रमाणपत्र लिंदा स्वास्नी भनी लेखाएको जालसाजी ठहर्‍याई जालसाजतर्फ सजायँ गर्ने गरेको इन्साफ मनासिब ठहर्छ । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६२० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०२/१६  फूल बेन्च इजलास  १८८३
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सप्तरी शम्भूनाथ गाउँ पञचायत वडा नं.८ बस्ने राजेन्द्र साहू तेली बिरुद्ध विपक्षी/वादी : जिल्ला सप्तरी शम्भूनाथ गाउँ पञ्चायत वडा नं.२ बस्ने भनिएको कुलिखंग खत्वे मरी मु.स.गर्ने छोरा घुनरखंग खत्वे

(१) जग्गाधनी नरहेकाका नामबाट प्रकाशित २ नं. अनुसूचीबाट निवेदक प्रत्यर्थीको जग्गामा मोही कायम गर्न मिल्ने देखिँदैन । (प्रकरण नं. १४) (२) आधारभूत प्रमाणको अभावमा माग गरिएको कित्ता मोहीको प्रमाणपत्र दिन नमिल्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६१९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०२/०२  फूल बेन्च इजलास  २२३३
 पुनरावेदक/ प्रतिवादी : कलैया नगर पञ्चायत वडा नं.४ बस्ने कैलाश तिवारी बिरुद्ध विपक्षी/वादी : कलैया नगर पञ्चायतमा गाभिएको विघटित गा.पं.भवानीपुरका तत्कालीन प्र.पं.सियाराम उपाध्यायसमेत

(१) कानुनले उजूरी तथा पुनरावेदन सुन्न सक्ने अख्तियारी प्रदान नगरेको स्थितिमा निर्णय गर्ने अधिकारीले पुनरावेदन गर्न जानु भनी सुनाउँदैमा र त्यसरी सुनाएको कारणले पुनरावेदन गर्न जाँदैमा क्षेत्राधिकारको प्रारम्भ हुन सक्ने स्थिति नरहने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६१८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०२/०२  फूल बेन्च इजलास  १८११
 पुनरावेदक/ प्रतिवादी : ल.पु.जि.ल.पु.न.पं.वडा नं.१ कुपण्डोल बस्ने ताराप्रसाद पाण्डे बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार मन्त्रिपरिषद्‌ सविचालयसमेत

(१) ऐनले बाध्य गरे अनुसार सफाईको मौका दिँदा अव्यवहारिक हुने कुराको कारण नखुलाई खडा गरेको निर्णय पर्चाको आधारमा रिट निवेदकलाई भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने गरेको निर्णय समेत कानुनी त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६१७ - ज्यान मार्ने उद्योग

 फैसला मिति:२०४३/०१/१६  फूल बेन्च इजलास  २४२९
 पुनरावेदक/ प्रतिवादी : सप्तरी जिल्ला शम्भूनाथ गा.पं.वडा नं.५ बस्ने राधेश्याम साहू तेली बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार

(१) कुनै व्यक्तिले गरेको कार्य कस्तो छ सो हेरी निजले गरेको अपराधजन्य कार्यबाट नै मनसाय तत्व पहिल्याउन सकिने हुन्छ । (प्रकरण नं. २२) (२) अपराधजन्य कार्य नै मनसाय तत्व पहिल्याउने शसक्त एवं भरपर्दो माध्यम हो । (प्रकरण नं. २२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६१६ - जग्गा कायम गरी चलन चलाई पाउँ भन्ने

 फैसला मिति:२०४२/१२/२९  फूल बेन्च इजलास  २६४२
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वडा नं.१ बस्ने अखण्ड शमशेर ज.ब.रा.समेत बिरुद्ध विपक्षी/वादी : हेमकुमारी राणाको मु.स.गर्ने का.न.पं.वडा नं.१ बस्ने रुद्र राणा

(१) निश्चित साँध किल्लाभित्रको प्रतिवादीको जग्गा नरबढी भएको कारणले मात्र अन्य यकीनन् सबूद प्रमाणको अभावमा बढ हुन आएको जग्गा वादीको भन्न मिल्ने अवस्था नरहने । (प्रकरण नं. १६) (२) वादी र वादीका पति समेतले प्रतिवादीलाई हक छाडी मायामारी सकेको र प्रतिवादीले घर समेत बनाई हक भोग बिक्री व्यवहार समेत गरेको देखिएकोबाट हक नपुग्ने गोठ, तबेला, टहरा र जग्गामा वादीले उजूर गरेको देखिएको हुँदा वादी दावी नपुग्ने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु