विस्तृत खोजी

 
 
 
 
 
      

२४ खोजी नतिजाहरु

निर्णय नं. ३६६६ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४५/११/२६  पूर्ण इजलास  १९४४
 पुनरावेदक/ प्रतिवादी : जि.सिरहा थल्हाकटवा गा.पं. वडा नं. ४ बस्ने सीताराम यादव बिरुद्ध विपक्षी/वादी : जि.सिराहा थाल्हकटवा गा.पं. वडा नं. ४ बस्ने दुखी यादवसमेत

(१) जो मोही हुन्छ उसैसंगबाट नै कूतबाली भराउने हो, साविक मोही जीवित रहेको भए निजलाई मरेको भनी निजको जेठो छोरासंग कूतवाली भराई पाउँ भनी नालिश दिनु पर्ने औचित्य नरहने । (प्रकरण नं. १३) (२) मोही मरिसकेको भनी दावी लिई मोहीको जेठो छोरा उपर बाली मुद्दा दिई बाली भरी पाउने ठहरी फैसला भएको अवस्थामा पछिका मितिमा मोही मरेको भनी जग्गाधनीले अर्को छोरालाई मोही रोज्न नपाउने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६६५ - उत्प्रेषण

 फैसला मिति:२०४५/१२/१०  पूर्ण इजलास  २१०५
 पुनरावेदक/ प्रतिवादी : सचिव, श्री ५ को सरकार श्रम तथा सामाजिक कल्याण मन्त्रालय, सिंहदरवार बिरुद्ध विपक्षी/वादी : हेटौंडा न.पं. अन्तर्गत हेटौंडा औद्योगिक क्षेत्र स्थित नेपाल काष्ठ आइरन इन्डष्ट्रिज प्रा.लि.का. तर्फबाट अधिकार प्राप्त सो कम्पनीका महाप्रवन्धक हरिप्रसाद सिंखडा

(१) श्री ५ को सरकारले वेतन दर लागू हुने कुनै पनि मिति तोक्न सक्ने । (प्रकरण नं. ९) (२) वेतन वृद्धि गरी कानून बमोजिम कामदारहरुलाई दिएको सुविधामा पश्चातदर्शी निर्णय गरेको भन्न नमिल्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६६४ - नाता कायम

 फैसला मिति:२०४५/११/२६  पूर्ण इजलास  २२६०
 पुनरावेदक/ प्रतिवादी : का.प.जि.कानपुर गा.पं. वडा नं.९ कमेरे बस्ने लालबहादुर तामाङसमेत बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. कानपुर गा.पं. वडा नं.९ कमेरे बस्ने भनी लेखिएको मानजीत तामाङ

(१) लुटपिट मुद्दा परी विपक्षी बनी सकेका व्यक्तिहरुले बकेको बकपत्र विश्वासप्रद नदेखिने । (प्रकरण नं. १६) (२) नाता कायम मुद्दामा क्षेत्रीय अदालतको फैसलाको आधारमा मगाइएको तायदातीलाई हाल यस अदालतको विचाराधीन रहेको सोही नाता कायम मुद्दामा प्रमाणको रुपमा लिई सो तायदाती आदेशको कारणबाट नाता कायम हुने भन्न नमिल्ने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६६३ - डाँका

 फैसला मिति:२०४५/१२/०१  पूर्ण इजलास  २०४८
 पुनरावेदक/ प्रतिवादी : जि.पर्सा रामगढवा सिर्सिया गा.पं.वडा नं.६ बस्ने राजेश्वर दुवे बाहुनसमेत बिरुद्ध विपक्षी/वादी : गेना राउत कुर्मीको जाहेरीले श्री ५ को सरकार

(१) सबूद प्रमाण अनुसार इन्साफ हुँदा चारजना भन्दा कम प्रतिवादीहरुले डाँका अपराध गरेको ठहर हुन सक्छ तर चार जना भन्दा बढी प्रतिवादीरुले डाँका गरेको ठहर हुन नै पर्छ अन्यथा डाँका वारदात कायम हुन नसक्ने भन्ने कानूनसंगत नहुने । (प्रकरण नं. ३३) (२) साक्षीहरुको बकपत्रहरु एकरुपता नभएको त्यस्तो बकपत्रलाई आधार मान्न नमिल्ने । (प्रकरण नं. ३३)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु