विस्तृत खोजी

 
 
 
 
 
      

३२ खोजी नतिजाहरु

निर्णय नं. ३३९२ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४५/०१/१२  संयुक्त इजलास  १९२६
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला अदालतका स्थायी बहिदार लक्ष्मण कुँइकेल बिरुद्ध विपक्षी/वादी : श्री बागमती अञ्चल अदालत, डिल्लीबजार, काठमाडौंसमेत

(१) निजामती सेवा नियमावली, २०२१ को नियम ३.५ को देहाय (६) को देहाय (क)(१) मा सेवा प्रवेशको निमित्त न्यूनतम शैक्षिक योग्यता भन्नाले हाल बहाल रहेको पदमा नयाँ नियुक्ति गरिंदा आवश्यक पर्ने शैक्षिक योग्यतालाई सेवा प्रवेशको निमित्त तोकिएको न्युनतम शैक्षिक योग्यता मानिने व्यवस्था भएबाट वहिदार पद हाल बहाल रहेको पद र सो पदमा नियुक्ति गरिंदा आवश्यक पर्ने शैक्षिक योग्यता अष्टम कक्षा उत्तीर्ण देखिन्छ, सो अंक एक तह माथिको कुनै एक शैक्षिक योग्यता भन्नाले दशम कक्षा उत्तीर्ण हुन आउने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३३९१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४५/०१/१०  संयुक्त इजलास  १९५५
 पुनरावेदक/ प्रतिवादी : तनहुँ गा.पं. पुरकोट गाउँ वडा नं. ९ बस्ने तिलाराम ढकालसमेत बिरुद्ध विपक्षी/वादी : श्री पश्चिमाञ्चल क्षे.अदालत पोखरा श्री तनहुँ जिल्ला अदालतसमेत

(१) लिलाम सम्बधी मिसिल उजूर गर्ने म्यादभित्र तामेलीमा राख्दैमा ऐनले पक्षलाई उजूर गर्न पाउने सुविधा प्रदान गरेकोलाई समाप्त गरियो भन्न नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३३९० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४५/०१/०७  संयुक्त इजलास  २१९७
 पुनरावेदक/ प्रतिवादी : जिल्ला ललितपुर नगरपञ्चायत वडा नं. १४ इखबिजापुननी बस्ने तुल्सीबहादुर सिल्पकार बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. हौगंल टोल बस्ने पुष्पराज कर्णिकारसमेत

(१) हक बेहकमा मुद्दा नपरेको जग्गामा असर नपर्ने गरी घलापात ननघाई घर बनाउन पाउने गरी घर बनाउने नक्शा पास गरेको नगरपञ्चायतको निर्णय तथा सो अनुसार दिएको घर बनाउने पास पुर्जी त्रुटिपूर्ण नदेखिएकोले अन्यथा गर्नु पर्ने स्थिति विद्यमान नदेखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३३८९ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४५/०१/०६  संयुक्त इजलास  २३३९
 पुनरावेदक/ प्रतिवादी : सुनसरी जिल्ला दुहवी आर्दश गाउँपञ्चायत स्थित पशुपति विस्कुट इण्डष्ट्रिज प्रा.लि. को तर्फबाट ऐ.का अधिकार प्राप्त विराटनगर घर भई हाल का.जि. का.न.पं. वडा नं. २९ ठमेल बस्ने कम्पनीको अफिसर खेचरराज कोइराला बिरुद्ध विपक्षी/वादी : सुनसरी जिल्ला दुहवी आर्दश गा.पं. मा कार्यालय भएको दुहवी आदर्श गा.पं.समेत

(१) गाउँपञ्चायतलाई उत्पादन गरी निर्यात गरेको विस्कुट चकलेट पदार्थमा कर लगाउन पाउने कानूनी अधिकार प्राप्त भएको नदेखिँदा सो निर्यात गरेको विस्कुट चकलेट पदार्थमा कर लगाउने गरेको गाउँपञ्चायतको निर्णय समेत त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३३८८ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४४/१२/२८  संयुक्त इजलास  १९४८
 पुनरावेदक/ प्रतिवादी : वारा जिल्ला भतैडा गा.पं.वडा नं. ५ बस्ने खड राउत कुर्मी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने ध्रुवप्रसाद गुप्तासमेत

(१) कित्ता नं. खुलाई छुट्टा छुट्टै निवेदन परी रहेको स्थितिमा छुट्टा छुट्टै मिसिल कायम गरी निर्णय गर्नुपर्ने । दुबै मुद्दाको एउटै मिसिल खडा गरी निर्णय गरेको त्रुटिपूर्ण देखिने । (प्रकरण.नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३३८७ - सवारी दुर्घटनाबाट मानिसको मृत्यु

 फैसला मिति:२०४४/१२/२३  संयुक्त इजलास  २५०५
 पुनरावेदक/ प्रतिवादी : प्र.ह. चन्द्रप्रकाश मिश्र र तुलासिंह पुनःसमेतको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : भारत घर भई जि.टि.के. ४०११ नं. को टुरिष्टबस चालक शोभावाई पटेलसमेत

ब्रेक लगाउँदा काम दिन नसकेकोले दुर्घटना भएको कुरा प्रतिवादीले स्वीकार गरेको, आफूले चलाएको बस भन्दा अगाडि सनसाइकल गइरहेको कुरा पनि स्वयंले स्वीकार गरेको, सो सनसाइकललाई उछिनी आफ्नो बस अगाडि लैजान खोजेको, जाहेरवाला र सरजमीनका व्यक्तिहरूको अदालतमा भएको बकपत्रबाट समेत प्रतिवादीको गाडी हँकाई लापरवाही रहेछ भन्ने देखिन आएको यस स्थितिमा प्रतिवादी बस चालक निर्दोष रहेको भन्न सकिने अवस्था नरहने । प्रतिवादीलाई माग दावी बमोजिम ज्यानसम्बन्धी १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गरेको इन्साफ मनासिव ठहर्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३३८६ - लेनदेन

 फैसला मिति:२०४४/१२/२५  पूर्ण इजलास  २४५५
 पुनरावेदक/ प्रतिवादी : राष्ट्रिय वाणिज्य बैंक जनकपुर शाखा बिरुद्ध विपक्षी/वादी : जनकपुर नगरपञ्चायत वडा नं. बस्ने झावरमल गोयन्का

(१) बैङ्कले आफूले लगानी गरेको कर्जामा सुरक्षण राखेको सम्पत्ति लिलाम गर्दा पनि असूल हुन नसकेकोमा नालिश गरी असूल गर्न पाउने । (प्रकरण नं १३) (२) राष्ट्रिय वाणिज्य बैंक (अख्तियारी सुम्पने) नियमहरू, ०२२ को नियम ५ बमोजिम महाप्रबन्धकले आफूलाई भएको अधिकार नियम ६ बमोजिम आफू भन्दा मुनिका कर्मचारीलाई सुम्पन पाउने । (प्रकरण नं. १३) (३) कर्जा भुक्तान गरेको प्रमाण पेश नभएसम्म लिएको कर्जाको साँवा व्याज बुझाउनु पर्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३३८५ - उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४५/०१/२८  पूर्ण इजलास  २२३६
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं. वडा नं. १० बस्ने सन्तकुमारी शाहसमेत बिरुद्ध विपक्षी/वादी : श्री मध्यमाञ्चल क्षेत्रीय अदालत, रानीपोखरी काठमाडौंसमेत

(१) प्राप्त गरेको बकसपत्र लिखत तथा सो बमोजिम निजका नाममा भएको दर्ता बदर नभएपछि सोही जग्गा मध्येबाट खरीद गरी लिनेको जग्गामा निहित हक नमेटिने । (प्रकरण नं. १२) (२) जबसम्म दाताको हक मेटिंदैन तबसम्म खरीद गरेको जग्गामा हक कायम रहने । (प्रकरण नं. १२) (३) एकाको नाममा दर्ता हक कायम रहेको जग्गा दर्ता बदर नभएसम्म पछि परेको अंश मुद्दाको तायदातीमा पारी वण्डा गरी दर्ता गर्दैमा अघिल्लो दर्तावालाको हक स्वामित्व जाने वा समाप्त हुने कुरा नआउने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३३८४ - उत्प्रेषण उपयुक्त रिट आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४५/०२/२५  पूर्ण इजलास  २१५८
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वडा नं. २७ असन बालकुमारी किशीढोका बस्ने ज्ञानमान तुलाधार बिरुद्ध विपक्षी/वादी : निर्माण तथा यातायत मन्त्रालय, श्री ५ को सरकारसमेत

(१) नगरपञ्चायतबाट घर निर्माण गर्ने, नक्शापास हुने व्यवस्था रहेको तर नगर योजना स्वीकृत भएका नगरहरूमा नगर योजना कार्यान्वयन समितिबाट नियमित, नियन्त्रण तथा निषेध गर्न सकिने, घर भत्काउने आदेश नगरपञ्चायतबाट मात्र हुनसक्ने भन्न नमिल्ने, नगरपञ्चायत नगर विकास योजना कार्यान्वयन समिति रहेको स्थानहरूमा उजूरी हेरी कारवाही गर्ने अधिकार नगरपञ्चायत र समिति दुवैलाई हुने । (प्रकरण नं १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३३८३ - किर्ते जालसाजी

 फैसला मिति:२०४५/०२/२०  पूर्ण इजलास  २१२९
 पुनरावेदक/ प्रतिवादी : रौतहट पिपरीया पञ्चायत वार्ड नं. ५ बस्ने गिदरी अहिरनी समेत बिरुद्ध विपक्षी/वादी : वारा प्र. पचरौता विसुनपुर गा.पं. वार्ड नं. ३ बस्ने रामनीरेखन राउत मरी मु.स. गर्ने ऐ.ऐ बस्ने सत्य नारायण राय यादवसमेत

(१) विवादको राजीनामा लिखतको ल्याप्चे सहीछाप रेखा विशेषज्ञबाट जाँच हुँदा लिखतको सिरमा लागेको ल्याप्चे सही नबुझिने भनी राय दिएकोले कागज जाँचको ५, ६ र ७ नं. ले रीत पुगेको भन्न नमिल्ने । (प्रकरण नं. १५) (२) रीत नपुगेको लिखत रजिष्ट्रेशनको २५ नं. ले पारित हुन नसक्ने । (प्रकरण नं. १५) (३) कानूनले मान्यता पाउन सकिने अवस्था नरहेको लिखतको आधारमा कुनै दावी लिन पाउने अवस्था नहुने । (प्रकरण नं. १५) (४) जुन राजीनामा लिखतबाट वादीको हक जाने भन्ने आधारमा फिराद दावी लिई आएकोछ, सो राजीनामा लिखतले कानूनी मान्यता नपाउने भई वादीको हकमा कुनै असर पर्ने अवस्था नरहेकोले त्यस्तो लिखत कीर्ते गरे भन्ने वादी दावीमा विचार गर्न नपर्ने । (प्रकरण नं. १५) (५) राजीनामा लिखतले कानूनी मान्यता नपाउने भएपछि वादीले झुठ्ठा दावी गरेको भनी दण्ड सजायँको १८ नं. बमोजिम सजायँ गरेको कानून मिल्दो नदेखिने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३३८२ - घरबाट निकाला गरिपाउँ

 फैसला मिति:२०४५/०२/२०  पूर्ण इजलास  १९७२
 पुनरावेदक/ प्रतिवादी : डोटी दानकोट गर्खालाटामाडो गा.पं. वडा नं. ५ भट्याल बस्ने पद्मराज जोशी बिरुद्ध विपक्षी/वादी : ऐ. पाच कर्टे वडा मुडभरा गा.पं. वडा नं. ७ देवाली गाउँ बस्ने यज्ञराज जोशी

(१) थैलीमा मुख नमिलेपछि प्रतिवादीबाट पेश भएको लिखत अ.बं. ७८ नं. बमोजिम वादीलाई सुनाई त्यसबाट जो गर्नुपर्ने कारवाई गरी मात्र ठहर गर्नुपर्नेमा सो बमोजिम भए गरेको नदेखिएकोले यस्तो अवस्थामा प्रतिउत्तर जिकिरलाई दावी कायम गरी साँवा व्याज भराई दिने गरेको कानून मिल्दो देखिन नआउने । (प्रकरण नं. २०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३३८१ - ज्यान

 फैसला मिति:२०४४/१२/१८  पूर्ण इजलास  २२४५
 पुनरावेदक/ प्रतिवादी : पर्सा जिल्ला (सवैठवा) गा.पं.वडा नं. ९ बस्ने राजेन्द्र राय नेटुवा बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार (बिपती लोहरनीको जाहेरीले)

(१) सरजमीनमा लेखाई दिएको कथन र अदालतमा बकपत्र गर्दा भनेको कुरा मिले जतिमा प्रमाणमा लिन सकिने । (प्रकरण नं. २७) (२) जिरह गर्न नपाएकोमा उसै मौकामा उजूर गर्नु पर्ने । (प्रकरण नं. २७) (३) मुद्दा दोहर्याकई निर्णय गरिदिनु भन्ने हुकूम प्रमाड्डी वक्स भई आएपछि प्रतिवादीलाई दिन ७ को म्याद जारी गरेकोमा सो म्यादभित्र हाजिर हुन नआई म्याद गुजारी फरार रहेको स्थितिमा अब जिरह गर्ने भन्ने कुरा निरर्र्थक हुन जाने । (प्रकरण नं. २७)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु