विस्तृत खोजी

 
 
 
 
 
      

२९ खोजी नतिजाहरु

निर्णय नं. ३९६२ - उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४६/०९/२५  संयुक्त इजलास  १९७७
 पुनरावेदक/ प्रतिवादी : झापा जिल्ला पञ्चायतको सदस्य हरीकुमार प्रसाई बिरुद्ध विपक्षी/वादी : जिल्ला पञ्चायत सचिवालय झापासमेत

(१) निवेदक बैठकमा उपस्थित हुन नसकेको बारे निजलाई कुनै प्रकारको सफाईको मौका दिइएको नदेखिँदा सफाइको मौका नदिई लगातार तीन पटकसम्म बैठकमा उपस्थित नरहेको भन्ने आधारमा मात्र, पदबाट हटाउने पर्याप्त कारण मान्न नसकिने । ( प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९६१ - उत्प्रेषण

 फैसला मिति:२०४६/०९/२३  संयुक्त इजलास  १९३०
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वडा नं. २८ नहौखा टोल बस्ने पार्वती चित्रकार बिरुद्ध विपक्षी/वादी : मा.पो.कार्यालय ललितपुरका मालपोत अधिकृत श्रीराम अधिकारी

 दिदीको मृत्युपछि निजको अपुताली बहिनीले पाउने सम्बन्धी कानुनी व्यवस्था मुलुकी ऐन अपुतालीको महलले गरेको नपाइने । (प्रकरण नं. ६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९६० - कर्तव्य ज्यान

 फैसला मिति:२०४६/०८/१२  संयुक्त इजलास  १९८३
 पुनरावेदक/ प्रतिवादी : जिल्ला बागलुङ बुंगा दोभान गा.पं. वडा नं. १ घर भई हाल बागलुङ कारागारमा थुनामा रहेका डम्बरबहादुर क्षेत्री बिरुद्ध विपक्षी/वादी : रुपा गिरीको जाहेरीले श्री ५ को सरकार

 निर्दोषिताको शंकारहित सबूद प्रमाणको अभावमा निर्दोषिताको ठहर गर्न न्यायसंगत नहुने। (प्रकरण नं. २१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९५९ - लागू औषध गाँजा

 फैसला मिति:२०४६/०८/२५  संयुक्त इजलास  २८०४
 पुनरावेदक/ प्रतिवादी : जि. पर्सा वीरगन्ज न.पं. वडा नं. १४ बस्ने रामनरेश सिंह राजपुत बिरुद्ध विपक्षी/वादी : मदनकुमार उप्रेतीको जाहेरीले श्री ५ को सरकार

 अन्य स्वतन्त्र सबूद प्रमाणको अभावमा सहअभियुक्तको पोलको भरमा कसूरदार ठहर्यातउन त्यस्ता सहअभियुक्तको पोल स्वतन्त्र र विश्वसनीय हुन आवश्यक हुन्छ, शंकास्पद कसूरदार ठहर्यायउँदा अन्याय पनि पर्न सक्ने हुँदा सहअभियुक्तको पोललाई राम्रो तवरले केलाई निर्णयमा पुग्नु पर्ने । (प्रकरण नं. ३०)  आफ्नै ट्रकमा अवैध गाँजा ओसार पसार गरेको भन्ने अभियोग लगाइएकोमा सो ट्रक निजको नठहरिएको अवस्थामा उक्त लगाइएको अभियोगको अभियुक्त ठहर्याठउन नमिल्ने। (प्रकरण नं. ३१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९५८ - जिउ मास्ने बेच्ने

 फैसला मिति:२०४६/०७/२०  संयुक्त इजलास  २३६१
 पुनरावेदक/ प्रतिवादी : जामुनलालको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : राजविराज न.पं. वडा नं. ७ बस्ने सलिम मियासमेत

 अभियुक्तहरु उपरको आरोप, जोहरवालाको जाहेरी र बकपत्र बाहेक अन्य संकलित प्रमाणबाट पुष्टि हुन सकेको नपाइँदा केवल जाहेरी दर्खास्तकै आधारमा जिउ मास्ने बेच्ने जस्तो गम्भीर अपराधमा अभियुक्तलाई दोषी ठहर गर्न कानुनसंगत नहुने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९५७ - खिचोला

 फैसला मिति:२०४६/०८/२७  संयुक्त इजलास  २३३४
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वडा नं. २२ खिचापोखरी बस्ने कान्छी महर्जन बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. वडा नं. १० वानेश्वर बस्ने नारायणदाश मानन्धर

 लिखतमा बाटो उल्लेख नहुँदैमा सो जग्गाको प्रवेश मार्ग रहँदैन दावी गर्न मिल्दैन भन्नु कानुनसंगत नहुने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९५६ - लिलाम बदर

 फैसला मिति:२०४६/०९/२४  संयुक्त इजलास  २२६३
 पुनरावेदक/ प्रतिवादी : जि. पर्सा घोरे गा.पं. वडा नं. २ बस्ने सुमिया मलहायीनसमेत बिरुद्ध विपक्षी/वादी : ऐ.वडा नं. २ बस्ने मथुरा साह सोनारसमेत

 केवल सम्बन्धित पञ्चायतको प्रतिनिधिको रुपमा मुखिया भनी लेखिएकै आधारमा पञ्चायतको प्रतिनिधि नरहेको भन्न मान्न सारगर्भीत हुँदैन । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९५५ - भ्रष्टाचार

 फैसला मिति:२०४६/१०/१७  पूर्ण इजलास  ३३०१
 पुनरावेदक/ प्रतिवादी : धनुषा जिल्ला ढल्केबर गा.पं. वडा नं. ३ बस्ने प्रधानपञ्च राजेन्द्रप्रसाद सिंह बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार

 घुस रिसवत जस्तो कुरा सर्वसाधारण रहे भएकै ठाउँ दिउँसै लिने अवस्था नरहने । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९५४ - उत्प्रेषण

 फैसला मिति:२०४६/१०/१२  पूर्ण इजलास  २६५१
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वडा नं. २९ सामाखुशी बस्ने कमलादेवी थपलियासमेत बिरुद्ध विपक्षी/वादी : बागमती अञ्चलाधीश कार्यालयका सहायक अञ्चलाधीश श्री राजकुमार कक्षपतीसमेत

 आफ्नो हक अधिकार हनन् भएमा त्यस्को उपचार प्राप्त गर्न पक्ष स्वयं पनि सजक हुनु पर्दछ, अदालतबाट गरिएको आदेशबाट आफ्नो हक अधिकार कुण्ठित भएको भए आफ्नै उपस्थितिमा भएको आदेश बदर गराउन मनासिब समय मै उपचारको मार्ग अवलम्बन गर्नुपर्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु