विस्तृत खोजी

 
 
 
 
 
      

३२ खोजी नतिजाहरु

निर्णय नं. ३७९४ - राजकाज अपराध

 फैसला मिति:२०४६/०३/२८  संयुक्त इजलास  २१०१
 पुनरावेदक/ प्रतिवादी : प्रहरी निरीक्षक विश्वनाथ रेग्मीको प्रतिवेदनले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.धनुषा देवडिहा गा.पं. वडा नं. ७ बस्ने उदिष्ठनारायण झा

(१) पत्र प्रचार प्रसारमा आएको नभई व्यक्तिगत तवरमा लेखिएको देखियो, ‘सुन भैया मदेसिया’ भन्ने जस्तो पर्चाहरूमा सो पत्रको कुनै घनिष्टता नदेखिँदा सो पत्र र पर्चाको अस्तित्व बेगल बेगल छ, पर्चा प्रतिवादीबाट बरामद भएको छैन नेपालको सार्वभौमसत्ता र प्रादेशिक अखण्डतामा खलल पर्न सक्ने गरी घृणा, द्वेष वा अपहेलना उत्पन्न हुने काम कुरा प्रतिवादीले गरेको भन्ने कुरा स्पष्ट प्रमाणित हुन नसकेको स्थितिमा निजलाई सफाई दिने ठहर्यावई भएको फैसला मिलेकै देखिने । (प्रकरण नं. २०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७९३ - जबरजस्ती चोरी

 फैसला मिति:२०४६/०३/२०  संयुक्त इजलास  २२६५
 पुनरावेदक/ प्रतिवादी : जि.झापा चन्द्रगढी गा.पं. वडा नं. ७ बस्ने लिला थपलिया बिरुद्ध विपक्षी/वादी : चन्द्रनारायण सिटौलाको जाहेरीले श्री ५ को सरकार

(१) तत्कालीन प्रचलित न्याय प्रशासन सुधार ऐन अन्तर्गत क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदन पर्नु बेगर सिधै पुनरावेदन लाग्न सक्ने नदेखिने, यस्तोमा पुनरावेदन दर्ता गर्न ल्याउँदाकै अवस्थामा सोही व्यहोरा जनाई दरपीठ गरिदिनु पर्नेमा गरेको नदेखिनाले अड्डाको गल्तीबाट पक्षको हक हितमा असर पार्न नसकिने । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७९२ - अंश

 फैसला मिति:२०४६/०२/०६  संयुक्त इजलास  १९५८
 पुनरावेदक/ प्रतिवादी : कपिलवस्तु जि.हरदौना गा.पं. वार्ड नं. ९ बस्ने लखन चमारसमेत बिरुद्ध विपक्षी/वादी : ऐ. सिसवा गा.पं. वार्ड नं. १ बस्ने चीरकुट चमार

(१) व्यवहार प्रमाण समेतबाट अंशबण्डा भई छुट्टी भिन्न भई बसेको नदेखिएको स्थितिमा भिन्दा भिन्दै मौजामा रहे बसेकै कारणबाट छुट्टी भिन्न भएको मान्न नसकिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७९१ - अंश

 फैसला मिति:२०४५/१२/०७  संयुक्त इजलास  २११५
 पुनरावेदक/ प्रतिवादी : जि.झापा दमक न.पं. वडा नं. ११ बस्ने नानीगोपाल सिकदार बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने अम्वरकृष्ण सिकदार

(१) दुबै थरीका मन्जूरीबाट गाउँका भलाद्मी समेत बसी अंश मिलाई दिए अनुसार भारतको घर वादीकै भागमा पारी सो घर निज वादीको श्रीमतीको नाममा दर्ता रहे भएकोमा पनि प्रतिवादीले स्वीकार गरी चित्त बुझाई २०२७।१।४।६ मा दुबै थरीका मन्जूरबाट खडा भएको घरसारी कागजलाई नै मान्यता दिई सोही अनुसार खाई भोगी आएको देखिन आएको आधार प्रमाणहरूबाट अंशबण्डाको ३० नं. बमोजिम पुनः उजूर गरी बण्डा छुट्याउन नमिल्ने ठहराई वादीले प्रत्यवादीबाट दावी बमोजिम बण्डा पाउन नसक्ने गरी गरेको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७९० - अंश

 फैसला मिति:२०४६/०१/०८  संयुक्त इजलास  २१४०
 पुनरावेदक/ प्रतिवादी : जि.कपिलवस्तु लालपुर गा.पं. वडा नं. ५ बस्ने वर्ष ५५ को श्रीराम कुर्मीसमेत बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. वडा नं. २ बस्ने अरगन पारिमिया मुसलमान

(१) गाली बेइजती मुद्दा दिएको आधारमा नै प्रस्तुत मुद्दा दायर हुन आएको र सो गाली बेइजती मुद्दामा यी वादीकै सम्बन्धमा यिनै वादीका बाबुले दायर गरी हारी जरिवाना समेत खाई अन्तिम समेत भई बसेको देखिएको स्थितिमा वादी र प्र.लोग्ने स्वास्नी ठहराउने सबूद प्रमाणको अभावमा अंश दिने गरी गरेको क्षेत्रीय अदालतको फैसला मिलेको नदेखिने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७८९ - नामसारी

 फैसला मिति:२०४५/१२/२४  संयुक्त इजलास  २०१८
 पुनरावेदक/ प्रतिवादी : जि. रुपन्देही अमा गा.पं. वा.नं ४ बस्ने अयोध्या मरी मु.स. गर्ने रुद्धल लोधसमेत बिरुद्ध विपक्षी/वादी : जि. रुपन्देही बभनी गा.पं. वा.नं ५ बस्ने अघोर लोधसमेत

(१) स्वास्नी जस्तोको मृत्युमा कृया गर्ने मुख्य कारणी अधिकारी लोग्ने खडा छँदाछँदै माइतीले कृया गरेको भन्ने कुराबाट पनि प्रतिवादीहरूको जिकिर व्यवहार एवं कानुन धर्म सम्मतिको नदेखिने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७८८ - जिउ मास्ने बेच्ने

 फैसला मिति:२०४६/०१/२६  संयुक्त इजलास  २२१५
 पुनरावेदक/ प्रतिवादी : सिता मगर्नीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.चितवन भ.न.पं. वडा नं. ११ बस्ने राजु तामाङ

(१) प्रमाण ऐन, २०३१ को दफा १८ अनुसार प्रहरीमा भएको कागज एवं सरजमीनको व्यहोराले निजहरू अदालतमा उपस्थित भई साक्षीको रुपमा बयान नगरेसम्म प्रमाणको रुप लिनसक्ने नदेखिने । (प्रकरण नं. १३) (२) प्रहरीमा भएको साविती अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि हुन नसकेकोले केवल प्रहरीमा भएको साविती बयानकै आधारमा मात्र सबूद प्रमाणको अभावमा कसूरदार ठहराउन न्यायोचित नहुने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७८७ - कर्तव्य ज्यान

 फैसला मिति:२०४५/१२/३०  संयुक्त इजलास  २३०२
 पुनरावेदक/ प्रतिवादी : हरिबहादुर बयालकोटीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.गोरखा गोरखकाली गा.पं. वडा नं. ३ बस्ने सनमाने बसेल सार्कीसमेत

(१) मृतक झुण्डिने अवस्थामा विरोध प्रकट भएको नदेखिँदा मृत्युको मतलवमा प्र. नपसेको नरहेको भन्न मान्न नमिल्ने । (प्रकरण नं. २५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७८६ - उत्प्रेषण

 फैसला मिति:२०४६/०३/१३  संयुक्त इजलास  २०२३
 पुनरावेदक/ प्रतिवादी : जिल्ला अदालत गोरखाका स्थायी बहीदार माधवप्रसाद काफ्ले बिरुद्ध विपक्षी/वादी : गण्डकी अं.अ.का अञ्चल न्यायाधीश श्री बद्रीकुमार बस्नेतसमेत

(१) श्रेणी नखुलेको अवस्थामा नि.से.नि. को उल्लिखित व्यवस्था अनुसार द्वितीय श्रेणी बराबरको अड्ढ दिनलाई कुनै बाधा नदेखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७८५ - उत्प्रेषण मिश्रीत परमादेशको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४६/०२/०४  पूर्ण इजलास  २०४१
 पुनरावेदक/ प्रतिवादी : जि.वाग्लुड्ड कालिका आदर्श गा.प.वा.नं.६ घर भई को.ले.नि.का.म्याग्दीको लेखापाल बिदुरप्रसाद शर्मा बिरुद्ध विपक्षी/वादी : जि.म्याग्दी पुर्लीचौर गा.प.वा.नं.४ घर भई ने.वि.प्रा.वाग्लुड्ड सानो जलविद्युत आयोजनाका स.ले.पा.देवेन्द्रजंग राजभण्डारी

(१) अस्थायी भई काम गरेको अवस्थाको वर्गीकृत क्षेत्रमा रही काम गरे बापतको अड्ढ पाउन सक्ने नै देखिने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७८४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४६/०४/२४  पूर्ण इजलास  १९८८
 पुनरावेदक/ प्रतिवादी : जि.पर्सा हरिहरपुर गा.पं. वार्ड नं. ६ बस्ने नन्दलाल राउत कुर्मी बिरुद्ध विपक्षी/वादी : भू.सु.का.पर्साका भूमिसुधार अधिकारीसमेत

(१) मोहीबाट जग्गा झिकी पाउँ भन्ने जग्गाधनीको निवेदन परेपछि मोहीलाई बुझी प्रतिवाद गर्ने मौका दिई निजको कथनलाई समेत विचार गरी निर्णय गर्नुपर्ने । (प्रकरण नं. १२) (२) निवेदकलाई बुझ्दै नबुझी प्रतिवाद गर्ने मौका नै नदिई मोहीबाट जग्गा झिक्ने गरेको निर्णय समेत प्राकृतिक न्याय सिद्धान्त विपरीत भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७८३ - उत्प्रेषणयुक्त परमादेश जारी गरिपाउँ

 फैसला मिति:२०४६/०४/२६  पूर्ण इजलास  २२२२
 पुनरावेदक/ प्रतिवादी : जिल्ला संखुवासभा स्वामी गा.पं. वडा नं. ३ बस्ने चन्द्रबहादुर राई बिरुद्ध विपक्षी/वादी : प्रमुख जिल्ला अधिकारी, जिल्ला कार्यालय संखुवासभासमेत

(१) मुद्दाको विषय फरक छ, आयस्ता खाएको वर्ष र मुद्दाको कारण भिन्न देखिन्छ, ऋण रकम निश्चित गरिपाउँ भन्ने विषय मिलेको कारणबाट मात्र अ.बं. ८५ नं. लाग्ने भन्न नमिल्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु