विस्तृत खोजी

 
 
 
 
 
      

२९ खोजी नतिजाहरु

निर्णय नं. ३९०८ - परमादेश

 फैसला मिति:२०४६/०७/०२  संयुक्त इजलास  १८६९
 पुनरावेदक/ प्रतिवादी : प.जिल्ला परवानीपुरस्थित हिमालय आयरन एण्ड स्टील (प्रा.लि.) को तर्फबाट ऐ.को अधिकार प्राप्त अध्यक्ष मणीहर्ष ज्योति कंशकार बिरुद्ध विपक्षी/वादी : अन्तःशुल्क विभाग, लाजिम्पाट, काठमाडौंसमेत

 उत्पादित मालसामानमा बजार मूल्य घटबढ हुन स्वभाविक प्रकृया हो एकपटक कायम भएको मूल्य स्थायी रुपमा कायम रहन्छ भन्न पनि न्यायोचित नदेखिने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९०७ - कर्तव्य ज्यान

 फैसला मिति:२०४६/०६/२९  संयुक्त इजलास  २४१८
 पुनरावेदक/ प्रतिवादी : बाग्लुङ मुलपानी गा.पं. को जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : बाग्लुङ जिल्ला मुलपानी गा.पं. वडा नं. ९ बस्ने शकुन्तला विश्वकर्मा

 प्रतिवादी उपरको अभियोग प्रमाणित गर्ने भार वादीमा रहने । (प्रकरण नं. १८)  शंकाको भरमा मात्र दोषी ठहर्या उन न्यायको रोहबाट नमिल्ने । (प्रकरण नं. १८)  मृतक बच्चीको आँखा र कानमा रगत लागेको भन्ने हकमा भर्खरै जन्मेको बच्चीको शरीरमा प्रशवका समयमा आमाको योनीबाट निस्केको रगत लागेको हुनसक्ने सम्भावना पनि रहन्छ लाशको पोष्टमार्टम हुन नसकेको र उक्त रगत जाँच भएको पनि नदेखिँदा जिउँदो बच्ची नै मारेको र सो रगत पनि निज मृतक बच्चीलाई कुनै तरकिवले मार्दा निस्कन गएको हो भनी अनुमान गर्न र सोही अनुमानको भरमा मात्र प्रतिवादीलाई सजायँ गर्न न्यायोचित नहुने । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९०६ - कर्तव्य ज्यान

 फैसला मिति:२०४६/०६/०२  संयुक्त इजलास  २०४३
 पुनरावेदक/ प्रतिवादी : रामजित तेलीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला नवलपरासी सनई गा.पं. वडा नं. ७ बस्ने गोपाल पाण्डेसमेत

 इसारा गरेको थियो भनेको आधारमा मात्र अपराधी भनी ठहर गर्न नमिल्ने । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९०५ - घर भत्काई पाउँ

 फैसला मिति:२०४६/०८/१५  पूर्ण इजलास  १९९०
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वार्ड नं. २ लाजिम्पाट बस्ने हर्षबहादुर महर्जन बिरुद्ध विपक्षी/वादी : का.न.पं. वडा नं. २७ त्यौड टोल बस्ने पूर्णमाया महर्जन समेत

 मोहियानी जग्गामा मोहीले पक्की घर बनाउन जग्गाधनीको मन्जूरी बेगर नमिल्ने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९०४ - मोही निष्कासन

 फैसला मिति:२०४६/०८/१५  पूर्ण इजलास  १९५६
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वडा नं. २७ त्यौड बस्ने लहरमान महर्जनसमेत बिरुद्ध विपक्षी/वादी : का.न.पं. वडा नं. २ लाजिम्पाट बस्ने हर्षबहादुर महर्जन

 जग्गामा घर बनाएको भनेको मितिबाट एक वर्ष नाघेको ३५ दिनभित्र उजूर गर्नुपर्ने सो म्याद गुज्रेकोले थामी पाउँ भनी श्री ५ महाराजाधिराजका हजूरमा चढाएको बिन्तिपत्रमा थामी दिने गरी बक्स भएको हुकुम प्रमांगी अनुसार प्रस्तुत उजूरी दर्ता भएको देखिँदा हदम्याद नाघी उजूर परेको भन्ने नदेखिने । (प्रकरण नं. १४)  वादीले जुन सालमा खेती नगरी हेलचेक्राई गर्योु भनी दावी लिएको छ, सो सालको कूत प्रतिवादीले धरौट राखेको भन्ने पेश गरेको रसीदको नक्कलबाट देखिँदा, यस्तोमा खेती नगरी हेलचेक्राई गरेको भन्न नमिल्ने । यस्तो स्थितिमा मोही निष्कासन गरिपाउँ भन्ने वादीको दावी बमोजिम मोही निष्कासन गर्न नमिल्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९०३ - दर्ता बदर खिचोला मेटाई हक कायम गरिपाउँ

 फैसला मिति:२०४६/०७/२९  पूर्ण इजलास  १९६८
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वडा नं. २७ कुसुम बियालाछीं बस्ने राममाया श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने माधवप्रसाद प्रधानसमेत

 घरको छानाको बलेनीको पानी पेटी भनिएको जग्गातर्फ खस्दैमा सो जग्गा वादीको भन्न नमिल्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९०२ - कूत मोही

 फैसला मिति:२०४६/०७/०३  पूर्ण इजलास  १९०२
 पुनरावेदक/ प्रतिवादी : रौतहट जिल्ला फुवरीया गा.पं. भई हाल कायमी पिपरा रजवाडा गा.पं. वडा नं. ३ बस्ने गमिरी महतो सुडी बिरुद्ध विपक्षी/वादी : ऐ. वडा नं. २ बस्ने भोजेन्द्रप्रसाद यादव

 दावी बमोजिम बाँझो नै राखेको हो भनी यकीन साथ भन्न सकिने देखिन नआएकोले वादी दावीको जग्गामा प्रतिवादी मोहीले बाली नलगाई जग्गा पर्ता राखेको भन्ने नदेखिने । (प्रकरण नं. १९)  वादीका साक्षीहरू तीनैजनाले कूत प्रतिवादीले वादीलाई बुझाइएको छैन भनी किटानी साथ बकपत्र गरेको देखिन्छ यसबाट प्रतिवादीले वादीलाई कूतबाली बुझाएको भन्ने नदेखिने । (प्रकरण नं. २०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९०१ - अंश दपोट

 फैसला मिति:२०४६/०८/०६  पूर्ण इजलास  १८६६
 पुनरावेदक/ प्रतिवादी : का.जि. बलम्बु गा.पं. वडा नं. १ लाछीटोल बस्ने कृष्णकुमारी श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. गछेटोल बस्ने मंगलदास श्रेष्ठ मरी मु.स. गर्नेहरू ऐ.ऐ. बस्ने मिश्री श्रेष्ठसमेत

 तमसुकमा स्वयं वादी अन्तरसाक्षी रही वादीलाई थाहा जानकारी रहेको तमसुकी रुपैयाँलाई प्रतिवादीहरूले अंश मुद्दामा तायदाती नदिई दपोट गरेको भनी ठहर गर्न न्यायको दृष्टिमा नमिल्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९०० - उत्प्रेषण मिश्रित परमादेश

 फैसला मिति:२०४६/०४/३१  पूर्ण इजलास  २३१२
 पुनरावेदक/ प्रतिवादी : वीरगन्ज न.पं. वडा नं. ७ स्थित वीरगन्ज खाद्य उद्योग (प्रा.) लि. को अध्यक्ष विश्वनाथ केडिया बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, उद्योग विभाग, त्रिपुरेश्वर, काठमाडौंसमेत

 ऐनको प्रावधानको व्याख्या गर्दा ऐनको उद्देश्यलाई ध्यानमा राख्नु पर्ने । (प्रकरण नं. १०)  सुविधा पाउनु भन्ने कुरा सुविधाको उपभोगसँग सम्बन्धी विषय वस्तु हो, सुविधा उपभोग नगरेको अवस्थामा सुविधा पाई नआएको भन्नु पर्ने । (प्रकरण नं. १०)  साविक औद्योगिक व्यवसाय ऐन, २०३० अनुसारको आयकर सुविधा प्राप्त गरिसकेको भन्ने देखिन नआउने स्थितिमा नयाँ औद्योगिक व्यवसाय ऐन, २०३८ को तत्कालीन दफा १४(२) अनुसार निवेदक उद्योगले औद्योगिक व्यवसाय ऐन, २०३८ अन्तर्गतको सुविधा सहुलियत तथा संरक्षण प्राप्त गर्न सक्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु