विस्तृत खोजी

 
 
 
 
 
      

२५ खोजी नतिजाहरु

निर्णय नं. ३९३३ - कर्तव्य ज्यान

 फैसला मिति:२०४६/०६/२९  संयुक्त इजलास  २१६२
 पुनरावेदक/ प्रतिवादी : जि. का.कारागार शाखा कास्कीमा थुनामा रहेको रामबहादुर गुरुङ बिरुद्ध विपक्षी/वादी : सूर्यबहादुर थकालीसमेतको जाहेरीले श्री ५ को सरकार

 संकलित सबूद प्रमाणबाट निजले अपराध गरेको भन्ने पुष्टि भइरहेको र प्रतिवादी स्वयंले अपराध गरेको भन्ने कुरा अदालतमा समेत स्वीकार गरी बयान गरेको अवस्थामा केवल दिमाग ठीक नभएको भन्ने जिकिर लिंदैमा वस्तुगत र ठोस सबूद प्रमाण बिना अपराधिक दायित्वबाट छुट्कारा दिनु न्यायसंगत नदेखिने । (प्रकरण नं. ३०)  प्रचलित कानुन बमोजिम सजायँमा कमी वा छूट हुने वा सजायँबाट रिहाई पाउने कुनै कुराको जिकिर प्रतिवादीले लिएमा सो कुराको प्रमाण पुर्या उने भार निजमा नै रहने । (प्रकरण नं. ३०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९३२ - आगलागी ज्यान मार्ने उद्योग

 फैसला मिति:२०४६/०९/०४  पूर्ण इजलास  २२०५
 पुनरावेदक/ प्रतिवादी : धनकुटा जिल्ला छिन्ताङ गा.पं. वडा नं. ३ बस्ने गडुल तेली राई बिरुद्ध विपक्षी/वादी : कृष्ण आनन्द राईको जाहेरीले श्री ५ को सरकार

 ज्यान मार्ने उद्योगमा दावी लिएकोमा सो भन्दा कम सजायँ हुने अपराध गरेको देखिएमा सो बमोजिम सजायँ गर्न कानुनले मिल्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९३१ - लिखत बदर

 फैसला मिति:२०४६/०९/२५  पूर्ण इजलास  २०४५
 पुनरावेदक/ प्रतिवादी : का.जि. भगवान स्थान गा.पं. वडा नं. ७ बस्ने भुवनराज शाक्य बिरुद्ध विपक्षी/वादी : का.न.पं. वडा नं. ७ चिकंमुगल डेरा गरी बस्ने राधादेवी शर्मासमेत

 वादी दावी बमोजिम विवादित घर जग्गामा वादी समेतका हक लाग्ने भए हक छाडी दिएकै अवस्थामा लेनदेन व्यवहारको १० नं. बमोजिम नालेश उजूर गरी आफ्नो हक जति बदर गराउन सक्नु पर्ने । (प्रकरण नं. १४)  लिखत बदरतर्फ कारवाही नगरी सो लिखत अनुसार हक पक्का भई राजीनामा सदर कायम रहेको अवस्थामा नै लेनदेन व्यवहारको १० नं. बमोजिम लिखत बदर तर्फ यो वादीहरूको नालेश उजूर गर्न सक्ने अधिकार समाप्त भइसकेको । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९३० - कर्तव्य ज्यान

 फैसला मिति:२०४६/०९/२०  पूर्ण इजलास  २१७१
 पुनरावेदक/ प्रतिवादी : कमलप्रसाद ज्ञवाली तथा प्र.ह. दमनबहादुरको प्रतिवेदनले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : रुपन्देही जिल्ला केरवानी गा.पं. वडा नं. ९ केरवानी बस्ने कमलप्रसाद ज्ञवाली

 तथ्ययुक्त सबूद प्रमाणको अभावमा केवल अनुमान गरी दोषी ठहर्या९उन नमिल्ने । (प्रकरण नं. २१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३९२९ - सार्वजनिक जग्गा कायम गरिपाउँ

 फैसला मिति:२०४६/०९/२०  पूर्ण इजलास  २३८१
 पुनरावेदक/ प्रतिवादी : वारा जिल्ला दहियार गाउँ पञ्चाय वडा नं. २ बस्ने रामचन्द्र साह सोनार बिरुद्ध विपक्षी/वादी : वारा जिल्ला दहियार गाउँ पञ्चाय वडा नं. ३ बस्ने जयरामप्रसाद यादव

 जग्गा सार्वजनिक कार्वोल नभई प्रतिवादीको राजीनामा भित्रको देखिँदा सार्वजनिक कायम गरिपाउँ भन्ने वादी दावी पुग्न नसक्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु