निर्णय नं. ४०४१ - उत्प्रेषण
(१) निवेदक उपर लगाइएको आरोप तथा त्यस सम्बन्धमा दिइएको स्पष्टीकरणलाई हेरी सो स्पष्टीकरण सन्तोषजनक भए नभएको भनी निर्णय गर्ने अधिकारीले भन्न सक्ने । (प्ररकण नं. ९)
पूर्ण पाठ हेर्नुहोस्(१) निवेदक उपर लगाइएको आरोप तथा त्यस सम्बन्धमा दिइएको स्पष्टीकरणलाई हेरी सो स्पष्टीकरण सन्तोषजनक भए नभएको भनी निर्णय गर्ने अधिकारीले भन्न सक्ने । (प्ररकण नं. ९)
पूर्ण पाठ हेर्नुहोस्(१) निवेदकको उद्योगले उत्पादन गर्ने कृत्रिम उन पनि फाइवर अवस्थाको कच्चा पदार्थ प्रशोधन गरी टप्स बनेपछि सोबाट एक्रेलिक यार्न (कृत्रिम उन) बनाउने भन्ने देखिएकोले निवेदकको उद्योगलाई अन्तःशुल्क नलाग्ने भन्न नमिल्ने । (प्रकरण नं. ८)
पूर्ण पाठ हेर्नुहोस्(१) न.पं.को आदेशलाई कारवाही सम्बन्धी आदेश भनी मानेको अवस्थामा अ.बं. १७ नं. बमोजिम बेरीतको कारवाही भनी अञ्चल अदालतमा उजूरी निवेदन दिन सकिने हुन्छ त्यसको लागि पुनरावेदनको म्याद जारी गर्नु नपर्ने । (प्रकरण नं. ९)
पूर्ण पाठ हेर्नुहोस्(१) निर्णय गर्न पाउने अधिकारीले निर्णय गर्दा सबूद प्रमाणको आधारमा कानुनको प्रकृया पूरा गरी निर्णय गर्नु पर्ने । (प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस्(१) बुझिएका साक्षीहरु सबैले वादी प्रतिवादी काका भतिजा हुन् अंश पाउनु पर्ने हो भनेको छ तर सबै साक्षीहरुले पुस्तावारी खुलाई बकपत्र गर्न सकेको छैन । यसबाट सो साक्षीको बकाई विश्वसनीय मान्न नमिल्ने । (प्रकरण नं. १८) (२) वादी आफैंले प्रतिवादीको भतिजा भनी स्वीकारेको अवस्थामा ७ नं. फाराममा छोरा भनी लेखिएको कुरालाई मान्यता दिई प्रमाणमा लिन नमिल्ने स्थितिमा नाता कायम गरी अंश दिलाई पाउँ भनी वादीको निवेदन जिकिर पुग्न नसक्ने । (प्रकरण नं. १८)
पूर्ण पाठ हेर्नुहोस्