२७ खोजी नतिजाहरु
(१) कर्तव्य ज्यान जस्तो संगिन प्रकृतिको अपराधमा केवल अदालत समक्षको इन्कारी बयानले मात्र सफाईको लागि शंकारहित प्रमाणको भूमिका निर्वाह गर्न सक्दैन, इन्कारी बयान अन्य शंकारहित प्रमाणबाट पुष्टि हुनु पर्ने ।
(प्रकरण नं. ५०)
पूर्ण पाठ हेर्नुहोस्
(१) निजामती कर्मचारीलाई विभागीय सजाय गरिँदा निजामती सेवा नियमावली, २०२१ को नियम १०.९ अनुसार निजलाई जुन आरोप लगाइएको छ, सो आरोपमा स्पष्टीकरण लिइसकेपछि सजाय दिनु भन्दा पूर्व नियमावलीकै नियम १०.१० बमोजिम दिइने सजाय प्रस्ताव गरी पुनः अर्को स्पष्टीकरण लिई जुन आरोप लगाइएको छ, सोही आरोपमा सजाय प्रस्तावित गरी सजाय गर्नु पर्ने।
(प्रकरण नं. १५)
पूर्ण पाठ हेर्नुहोस्
(१) निवेदिकाले आफ्नो शरिरको भित्री भागमा बे्रसियर र अण्डरवियरमा कालो टेपले बेरेर सुन राखेको बरामद भएको भन्ने भन्सार कार्यालयको लिखितजवाफ र बरामदी मुचुल्का समेतबाट स्पष्ट रहेको छ । यसरी सुन लुकाई छिपाई ल्याएको निवेदिकाको कार्य भन्सार ऐन, २०१९ को दफा २(ठ) बमोजिम चोरी पैठारीको परिभाषा भित्र पर्ने देखिन आएको छ । अतः भन्सार ऐन, २०१९ को दफा ३४(८) (क) को अभियोग लगाएको मिलेन भन्ने बहस जिकिर संग सहमत हुन नसकिने ।
(प्रकरण नं. १३)
पूर्ण पाठ हेर्नुहोस्
(१) अचल सम्पत्तिको दर्ता स्वामित्व प्रमाणित गर्न रजिष्ट्रेशनको १ नं. बमोजिम पारीत लिखत अनिवार्य हुने ।
(प्रकरण नं. १५)
पूर्ण पाठ हेर्नुहोस्
(१) सर्वोच्च अदालत डिभिजनबेञ्जबाट अंश नलाग्ने भन्ने कुरा प्रष्ट रुपबाट बोलेको र फूलबेञ्चबाट दवाए छपाएको नदेखिएको भनी दपोट नठहराएको देखिँदा दपोट मुद्दाबाट सम्पत्ति बण्डा लाग्ने भन्न नमिल्ने ।
(प्रकरण नं. १६)
(२) अंश मुद्दा परेको सो अंश मुद्दाले दपोटतर्फ संकेत गरे अनुसार दपोट मुद्दा परी सो मुद्दा पनि टुंगिएपछि करिब १७ वर्षपछि पुनः परोक्ष रुपले विवादित घर जग्गाबाट अंशमा दावा गरेको र सो विवादित घर जग्गा उक्त दपोट मुद्दामा अंश लाग्ने सम्पत्ति हो भनी बोलेको समेत नदेखिँदा प्रस्तुत फिरादबाट वादी दावी अनुसार वादीहरुको अंश यकिन गर्न न्यायोचित नदेखिने ।
(प्रकरण नं. १६)
पूर्ण पाठ हेर्नुहोस्
(१) मुद्दाको कारवाहीको सिलसिलामा दिइने फिराद प्रतिउत्तर लगायतका लिखतहरु सिष्ट भाषामा लेखिएको हुनुपर्छ । अरुको चरित्र वा प्रतिष्ठामा आघात पर्ने किसिमको व्यहोरा वा सैलीमा हुनुहुन्न ।
(प्रकरण नं. १५)
(२) स्वास्नी राखेको भन्ने कुराको कुनै भरपर्दो प्रमाण प्रतिवादीहरुले पेश गर्न सकेको (साविक पेज नं. ६९७) छैन । यसर्थ निज प्रतिवादीहरुले वादी उपर यस्तो झुठ्ठो लान्छना लगाई चरित्र हत्या गर्ने किसिमको व्यहोरा प्रतिउत्तरमा लेखी गालि बेइज्जती गरेको ठहर्ने ।
(प्रकरण नं. १५)
पूर्ण पाठ हेर्नुहोस्
(१) भेषधारीको आफ्नो हक पुग्ने जग्गासम्म गुठी कायम हुन सक्ने ।
(प्रकरण नं. २०)
(२) “दरिएको” वा “दर्ता” भन्ने शब्दले दर्तावालाको आफ्नो एकलौटी हकभोग भएको दर्ताको जग्गा सम्झनु पर्ने र सगोलका जग्गा दर्ताकै कारणबाट अरु अंशियारहरुको हक समाप्त हुन्छ भनी सम्झन नमिल्ने ।
(प्रकरण नं. २०)
पूर्ण पाठ हेर्नुहोस्