निर्णय नं. ६३६६ - परमादेश ।
पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/निवेदकः जिल्ला रौतहट गा.वि.स.मलाही वार्ड नं.९ वस्ने रामचन्द्र सहनी । बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रत्यर्थीः जिल्ला रौतहट गा.वि.स. मलाही वार्ड नं. ५ स्थित सरस्वती माध्यमिक विद्यालय चिलमिलिया समेत ८ ।
कानूनद्वारा इजाजत प्राप्त फर्मले देखाएको बेरुजु रकमलार्ई निवेदक आफूले एकपटक स्वीकार गरी रकम कट्टी समेत गरिसकेको उक्त बेरुजु रकम तिर्न बुझाउन नपर्ने भए समयमै कुनै कारवाही गर्नु पर्नेमा सो समेत गरेको देखिदैन । यसरी कानूनद्वारा इजाजत प्राप्त फर्मले गरेको अडिटवाट देखाइएको बेरुजु तिर्न नपर्ने कुनै कारण भए सो को आधार प्रमाण राखी बेरुजु फर्छ्यौटको लागि सम्बन्धित निकायमा कारवाही चलाउन सक्ने नै देखिंदा परमादेशको निवेदनवाट कानून बमोजिमको कारवाहीमा हस्तक्षेप गर्न नमिल्ने । (प्र.नं. ८)
पूर्ण पाठ हेर्नुहोस्