विस्तृत खोजी

 
 
 
 
 
      

२४ खोजी नतिजाहरु

निर्णय नं. ८०९३ - खून डाँका ।

 फैसला मिति:२०६६/०२/३१  संयुक्त इजलास  ३८३३
 पुनरावेदक/ प्रतिवादी : नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला मोरङ धनीगाउँ गा.वि.स. वडा नं. १ बस्ने रामरुप सरदार समेत

 घटना घटेको कुरामा विवाद नहुँदा नहुँदै पनि सो घटना घटेको तत्कालपछि दिइएको जाहेरी दरखास्त र मौकामा कागज गर्ने व्यक्तिको भनाईमा अपराध गर्ने व्यक्ति स्पष्ट नभएको अवस्थामा घटना घटेको लामो अबधि व्यतीत भैसकेपछि परेको जाहेरी र मौकामा कागज गर्ने व्यक्तिको बकपत्रमा व्यक्ति किटान गरिएको भन्ने मात्र आधारमा कसैलाई कसूरदार ठहर्यािउन नमिल्ने ।  मौखिक प्रमाण जहिले पनि प्रत्यक्ष हुनुपर्छ, अस्पष्ट र अनिश्चयात्मक कथन कसूरदार ठहर्या्उने आधार बन्न नसक्ने ।  फौजदारी मुद्दामा शंकास्पद एवं विरोधाभाषयुक्त कथनलाई प्रमाण मानेर कसैलाई दोषी ठहर गर्न नमिल्ने । (प्रकरण नं.५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८०९२ - उत्प्रेषण समेत

 फैसला मिति:२०६५/११/२२  विशेष इजलास  ६११९
 पुनरावेदक/ प्रतिवादी : काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं.२ बस्ने अधिवक्ता अनिलकुमार सिन्हा बिरुद्ध विपक्षी/वादी : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौँ समेत

 एउटै दफाभित्रको समग्र प्रावधानलाई नहेरी केबल त्यसभित्रको सीमित बाक्य, बाक्यांश वा शब्दका आधारमा मात्र व्याख्या गर्ने हो भने त्यस कानूनको अपव्याख्या हुन जाने भएकाले सर्वोच्च अदालत ऐनको दफा ११ को उपदफा (२) को खण्ड (घ) लाई मात्र आधार बनाएर सर्वोच्च अदालतमा अन्तर्निहित रहेको नियम बनाउने अधिकारक्षेत्रलाई साँघुरो बनाउन नमिल्ने । (प्रकरण नं.२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८०९१ - उत्प्रेषण समेत

 फैसला मिति:२०६५/११/२२  विशेष इजलास  २६१५
 पुनरावेदक/ प्रतिवादी : जिल्ला रुपन्देही, बुटवल नगरपालिका वडा नं. ६ स्थित त्रिवेणी डिस्टिलरी समेतका प्रोप्राइटर रोहितप्रसाद श्रेष्ठकी श्रीमती काठमाडौँ महानगरपालिका वडा नं. ४ बस्ने रेखा श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार, अर्थ मन्त्रालय समेत

 एउटा विषयसँग सम्बन्धित विशेष व्यवस्था अर्को विषयसँग मिल्नै पर्छ र सबै व्यवस्था सबैका हकमा लागू हुनुपर्छ भनी माग गर्नु आफैँमा समानता सम्बन्धी अवधारणा प्रतिकूल हुन जाने ।  संविधानले निश्चित गरेको आधारबिना नियमित प्रक्रियाअन्तर्गतबाट साधिकार निकायले निरुपण गरिसकेको विषयलाई असाधारण अधिकारक्षेत्रको विषयवस्तु बनाउन नमिल्ने । (प्रकरण नं.६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८०९० - चलन समेत

 फैसला मिति:२०६६/०२/२१  पूर्ण इजलास  २७०९
 पुनरावेदक/ प्रतिवादी : नारायण मानन्धरको छोरा का.म.न.पा.वार्ड नं.१९ बस्ने गोपाल मानन्धर बिरुद्ध विपक्षी/वादी : कृष्ण महर्जनको छोरा का.जि.का.म.न.पा.वार्ड नं. १८ बस्ने हरिकृष्णको मु.स.गर्ने बुद्धकृष्ण महर्जन

 बुझिएका व्यक्तिको कानूनी हैसियत परिवर्तन भई वादीको सरह कायम हुने भन्ने मात्र आधारमा छुटै थप दावी लिन सक्ने अवस्था नहुने । (प्रकरण नं.८)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु