विस्तृत खोजी

 
 
 
 
 
      

२२ खोजी नतिजाहरु

निर्णय नं. ८१६२ - उत्प्रेषण परमादेश

 फैसला मिति:२०६६/०३/१८  विशेष इजलास  २९८०
 पुनरावेदक/ प्रतिवादी : दाङ्ग जिल्ला उरहरी गा.वि.स.वडा नं.६ मोतीपुर घर भै हाल का.जि.का.म.न.पा. वडा नं. ३२ बस्ने अधिवक्ता सन्तोष बस्नेत । बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,सिंहदरबार काठमाडौँ समेत

 कामको प्र्रकृतिअनुसार कार्यसम्पादन गर्ने व्यक्तिहरूलाई पारिश्रमिक र सेवा शर्तमा भिन्नभिन्न व्यवहार गर्नु तर्क, विवेक र न्यायसम्मत् नै हुने । (प्रकरण नं.९)  कर्मचारी र कामदार एउटै वर्गका होइनन् भन्ने स्पष्ट भई उनीहरू बीच रहेको भिन्नता प्रष्ट भैरहेको हुँदा ऐनमा भैरहेको स्पष्ट प्रावधानको अन्यथा अर्थ लगाई व्याख्या गरिरहनु आवश्यक नहुने । (प्रकरण नं.१०)  कामदार र कर्मचारीको सेवा शर्त फरक फरक कानूनहरूमा तोकिएबमोजिम हुने ऐनको व्यवस्थाबाट उचित श्रम अभ्यासको हक हनन् भएको भन्ने गोश्वारा निवेदन लेख स्वयंमा अस्पष्ट र आधारहीन देखिन आउने । (प्रकरण नं.१२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८१६१ - उत्प्रेषणयुक्त परमादेश

 फैसला मिति:२०६६/०१/३१  विशेष इजलास  २६७९
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.म.न.पा.वडा नं. ३५, कोटेश्वर स्थित नाप इन्टरनेशनल प्रा.लि समेत । बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार समेत ।

 कानूनको व्यवस्था समयसापेक्ष हुनु पर्दछ । समय अनुकूल नरहेका व्यवस्था वा प्रावधानलाई परिमार्जन गरी राज्यले संविधानको भाबना विपरीत नहुने गरी कानून बनाउन सकिने ।  संशोधित कानून आउनुभन्दा पहिले वैदेशिक रोजगार सञ्चालन गर्न पाउने गरी दर्ता भएका व्यबसाय, व्यबसाय दर्ता हुँदाका बखतको व्यवस्था विपरीत हुने गरी कानून निर्माण गर्न नहुने भन्न नसकिने । (प्रकरण नं.५)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु