निर्णय नं. ८६ - जग्गा खिचोला अस्थायी दर्ता बदर, दर्ता ।
पुनरावेदक/ प्रतिवादी : पुनरावेदक वादीः जिल्ला झापा, अर्जुनधारा गा.वि.स. वडा नं. ३ बस्ने टीकाराम डाँगी बिरुद्ध विपक्षी/वादी : प्रत्यर्थी प्रतिवादीः इलाम जिल्ला इलाम नगरपालिका वडा नं. १ बस्ने स्व. हीरालाल अग्रवाल मरी मु.स. गर्ने र आफ्नो हकमा समेत ऐ.ऐ. बस्ने प्रल्हाद राय अग्रवाल
२०३७ सालदेखिको अदालती कारवाहीको निरन्तरतामा भएको मालपोत कार्यालयको मिति २०४२।२।३१ को निर्णय बदरसमेतको माग गर्दै जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६, ७ तथा जग्गा मिच्नेको १८ नं. समेतको हदम्याद लगाई फिराद दायर भएको अवस्थामा २०२४ सालमा निवेदन दिएको नै नदेखिएको भन्ने आधारमा हदम्याद नाघी दर्ता भएको भन्न नमिल्ने । (प्रकरण नं.४) तीन अलग अलग चारकिल्ला देखाई दावी गरेकोमध्ये केही किल्ला मिल्दैमा दावीको चार किल्लाभित्रको सबै जग्गा वादीकै हकको स्रोतभित्रको भई वादीको हकको हो भनी अनुमान गर्न नमिल्ने । (प्रकरण नं.११)
पूर्ण पाठ हेर्नुहोस्