विस्तृत खोजी

 
 
 
 
 
      

२१ खोजी नतिजाहरु

निर्णय नं. ८७९९ - उत्प्रेषण परमादेश

 फैसला मिति:२०६८/०९/०७  पूर्ण इजलास  २५७७
 पुनरावेदक/ प्रतिवादी : निवेदकः मालपोत कार्यालय चावहिलको तर्फबाट प्रमुख मालपोत अधिकृत बिरुद्ध विपक्षी/वादी : प्रत्यर्थीः गुठी संस्थान, के.का.को तर्फबाट ऐ.का प्रशासक सेमन्तराज चापागाईँ समेत

 कुनै विषय आफैँले निर्णय गर्ने विषय भए पनि सो सम्बन्धमा सम्बन्धित व्यक्तिको आफूसमक्ष कानूनबमोजिम एवं रीतपूर्वकको निवेदन नपरेसम्म निर्णय गर्न कानूनसम्मत् हुँदैन । अन्य कार्यालय, निकाय वा विभागमा परेको निवेदन अर्कै प्रसंगमा आफूसमक्ष प्राप्त हुन आए पनि सो विषयमा आफ्नो अधिकारक्षेत्र ग्रहण गरी निर्णय गर्न मिल्ने हुँदैन । निर्णय गर्न पाउने गरी कानूनद्वारा अधिकार पाएको कुनै अधिकारी, निकाय वा कार्यालयले आफूसमक्ष निर्णयार्थ पेश भएको कुनै निवेदन, उजूरी वा नालेसउपर सुनुवाई गरी निर्णय गरेको मात्र कानूनसम्मत् मान्न मिल्ने । (प्रकरण नं.७)  तालुक मन्त्रालय वा विभागबाट राय पठाउनु भनेको विषयमा मातहत कार्यालयले सम्बन्धित विषयमा आफैँ अन्तिम निर्णयकर्ताको हैसियत देखाई निर्णय गर्न मिल्दैन । तालुक मन्त्रालय वा विभागसमक्ष विचाराधीन कुनै विषयको बारेमा माथिल्लो निकायले आफू अधिनस्थ निकाय वा पदाधिकारीको राय माग गरी मातहत निकाय वा पदाधिकारीबाट प्राप्त राय समेतलाई आधार लिई सम्बद्ध विषयमा सम्बन्धित मन्त्रालय वा पदाधिकारीबाट प्रशासनिक तवरले निर्णय गर्नुपर्ने विषयमा राय माग गरेको अधिनस्थ निकाय वा पदाधिकारी आफैँले निर्णय गर्नाले माथिल्लो निकाय वा पदाधिकारीको अधिकारमा हस्तक्षेप हुनजाने ।  बिना कानूनी आधार माथिल्लो पदाधिकारी वा निकाय समक्ष विचाराधीन प्रशासनिक विषयमा सो मातहतको तल्लो निकाय वा पदाधिकारीबाट भएको निर्णयले वैधता प्राप्त गर्न नसक्ने । (प्रकरण नं.८)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु