निर्णय नं. ९६८८ - गुठी धर्मलोप, गुठी कायम
पुनरावेदक/ प्रतिवादी : काठमाडौंं जिल्ला काठमाडौंं महानगरपालिका वडा नं. २० बस्ने योग्यरत्न ताम्राकार बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने पुण्यरत्न ताम्राकारसमेत
वस्तुतः विवादित कि.नं. १८७ को जग्गाको प्रकृति (गुठी र रैकर) के हो भन्ने प्रमाणबाट विवेचना नै नगरी प्रथम दृष्टिमा नै कुन हदम्याद आकर्षित हुने भनी पूर्वअनुमान गर्न मिल्दैन । अर्थात् गुठी वा रैकर के रहेछ भनी जाँचबुझ प्रमाण मूल्याङ्कन नै नभई प्रारम्भिकरूपमा नै हदम्यादको प्रश्न हेर्न मिल्ने यो मुद्दाको तथ्यबाट देखिन नआउने ।
पूर्ण पाठ हेर्नुहोस्