विस्तृत खोजी

 
 
 
 
 
      

२३ खोजी नतिजाहरु

निर्णय नं. १०२१० - परमादेश

 फैसला मिति:२०७५/०९/१०  संयुक्त इजलास  ३५९४
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १० बस्ने अधिवक्ता पदमबहादुर श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सिंहदरबारसमेत

वातावरण संरक्षणको कार्य गरी जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण गर्नुपर्ने दायित्व Parens patriae को सिद्धान्तअनुसार राज्यको हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०२०९ - ट्रेडमार्क संशोधन

 फैसला मिति:२०७५/०८/१४  पूर्ण इजलास  १६०१
 पुनरावेदक/ प्रतिवादी : कपिलवस्तु जिल्ला, कृष्णनगर गा.वि.स. वडा नं.५, स्थित विजार्ड फ्रेग्नेन्स कम्पनीको (साबिकमा प्राइभेट फर्म र हाल कम्पनीमा परिणत भएको कम्पनी) को तर्फबाट अख्तियारप्राप्‍त अधिकारी ऐ. को अध्यक्ष सुलेखा कानोडिया बिरुद्ध विपक्षी/वादी : कपिलवस्तु जिल्ला, कृष्णनगर गा.वि.स. वडा नं. ३ बस्ने विकास केडिया

उद्योग नै बिक्री गरी हस्तान्तरण भइसकेको अवस्थामा सो उद्योगको भौतिक वस्तु मात्र हस्तान्तरण भएको र उद्योगको अभिन्‍न अंगको रूपमा रहेको त्यसको नाम तथा ट्रेडमार्क बिक्री र हस्तान्तरण नभएको भनी अर्थ गर्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०२०८ - सरकारी अनुदानको रकम हिनामिना तथा दुरूपयोग गरी भ्रष्टाचार गरेको

 फैसला मिति:२०७५/०४/३१  पूर्ण इजलास  २३८८
 पुनरावेदक/ प्रतिवादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अधिकृत दिवाकर चापागाईको प्रतिवेदनले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : सर्लाही जिल्ला अचलगढ गा.वि.स. वडा नं.६ नरहरगन्ज घर भई मिठुलाल दास प्राथमिक विद्यालय अचलगढ-६, नरहरगन्ज विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वर्ष ४३ को बलिराम दास कथवनियासमेत

भ्रष्टाचार हुनु र बेरूजु हुनु फरक-फरक विषय हुन् । भ्रष्टाचारमा व्यक्तिगत फाइदा लिने बद्‌नियत तत्त्वको विद्यमानता हुन्छ भने बेरूजुमा खर्च भएको रकम बिल भरपाइद्वारा पुष्टि भएको हुँदैन । भ्रष्टाचारको कसुर स्थापित हुन सरकारी सम्पत्ति दूषित मनसायबाट खर्च गरी हानि नोक्सानी पुर्‍याउने नियत र त्यसबाट आफूले लिनु खानु गरेको भन्ने प्रस्ट रूपमा देखिनु पर्ने । बेरूजुको हकमा बिल भरपाइद्वारा पुष्टि गराउन नसके बेरूजु भएको रकम खर्च गर्ने अख्तियारवालाले दाखिला गर्नु गराउनु पर्नेसम्मको दायित्व हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु