२२ खोजी नतिजाहरु
“जबरजस्ती करणीको कसुर” जबरजस्ती करणी, जबरजस्ती करणीको उद्योग, र आशय करणी (यौन दुर्व्यवहार) तीन प्रकारका कसुरजन्य कार्यमध्ये सबैभन्दा गम्भीर कार्य अथवा कसुरले पूर्णता प्राप्त गरेको कार्य हो । “जबरजस्ती करणीको उद्योग” सम्बन्धी कसुरमा पीडकले इच्छा गरेको करणीसम्बन्धी कसुरजन्य कार्यले पूर्णतासम्म प्राप्त नगरेको, कसुरले पूर्णता प्राप्त गर्नुभन्दा अगाडिका कसुरजन्य चरणहरू पूरा गरिसकेको अवस्था रहन्छ । “यौन दुर्व्यवहारसम्बन्धी कसुरमा” यौनजन्य हिंसा भएको, तर जबरजस्ती करणीको कसुर वा सोसम्बन्धी उद्योगको तहको कसुर भइनसकेको अवस्था रहने ।
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : जिल्ला सप्तरी, कञ्चनपुर गा.वि.स. वडा नं. ९ घर भई हाल कारागार कार्यालय सप्तरीमा थुनामा रहेका हरेन्द्रनारायण देव बिरुद्ध विपक्षी/वादी : परिवर्तित नाम रामकुमारको जाहेरीले नेपाल सरकार
जबरजस्ती करणी हुनको लागि कन्याजाली च्यातिएको हुनु पर्ने, संघर्षको चिह्न नभेटिनु पर्ने, वीर्य स्खलन भएको हुनु पर्ने, संघर्षको कुनै चिह्न देखिएको हुनु पर्ने जस्ता कुरालार्इ जबरजस्ती करणीको महलको उल्लिखित कानून व्यवस्थासमेतबाट अनिवार्य तत्त्व मानेको पाइएन । साथै पीडितको उमेर १० वर्षको मात्र देखिएकोले त्यस्तो नाबालकले ३६ वर्षको प्रतिवादीसँग प्रतिकार गर्न सक्ने वा सतीत्व रक्षाको लागि संघर्ष गर्न सक्ने अवस्था नै नभएबाट शरीरको अन्य भागमा संघर्षका चिह्न नदेखिनु स्वाभाविक नै देखिने ।
पूर्ण पाठ हेर्नुहोस्