२२ खोजी नतिजाहरु
पुनरावेदक/ प्रतिवादी : कृष्णबहादुर मगरको छोरा, काभ्रेपलाञ्चोक जिल्ला, महाँकालचौर गाउँ विकास समिति वडा नं. ५ घर भई हाल कारागार कार्यालय झुम्का सुनसरीमा थुनामा रहेको दुर्गाबहादुर मगर बिरुद्ध विपक्षी/वादी : चन्द्रकुमारी आलेमगरको जाहेरीले नेपाल सरकार
परिस्थितिजन्य प्रमाणहरू पनि मालाकार कडीको रूपमा नभई पृथक् ढङ्गको भएमा त्यसलाई मालाकार कडीको रूपमा जोडेर प्रतिवादीसम्म पुर्याउने कर्तव्य अदालतको नहुने । त्यो परिस्थितिजन्य प्रमाण स्वयं नै मालाकार कडीको रूपमा हुनुपर्ने ।
मौखिक प्रमाण प्रत्यक्ष प्रमाणका रूपमा उल्लेख हुन नसकेको स्थितिमा साक्षी प्रमाणको तौल र महत्त्वको सम्बन्धमा प्रमाण ऐन, २०३१ को दफा ३७ (२) समेतका आधारमा साक्षीहरूको केवल कोरा भनाइलाई मात्र विश्वसनीय प्रमाणको रूपमा मान्न नमिल्ने ।
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : जिल्ला उदयपुर, साबिक कटारी गा.वि.स. वडा नं. ८ को हाल परिवर्तित कटारी न.पा. वडा नं. ५, लालपुर घर भई हाल भक्तपुर जिल्ला, सूर्यविनायक न.पा. वडा नं. ४ बस्ने शिवहरी दाहालसमेत बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, काठमाडौंसमेत
लोक सेवा आयोगले प्रकाशन गरेका विज्ञापनमा विभिन्न चरणका परीक्षाहरू उत्तीर्ण गरी अन्तिम नतिजा प्रकाशनको चरणमा रहेका निवेदकहरूको योग्यताक्रम कानूनले तोकेको अवधिभित्र सिफारिस गर्नुपर्नेमा सो नगरी निवेदकहरूको वैधानिक अपेक्षासमेतको विपरीत विज्ञापनबमोजिमको परीक्षाको अन्तिम नतिजा प्रकाशन गर्न रोक लगाउने काम कारबाहीलाई संविधान र कानूनसम्मत भन्न नमिल्ने ।
पूर्ण पाठ हेर्नुहोस्