विस्तृत खोजी

 
 
 
 
 
      

३१ खोजी नतिजाहरु

निर्णय नं. १७६६ - उत्प्रेषण

 फैसला मिति:२०४०/०९/१९  सिङ्गल बेञ्च इजलास  २१३२
 पुनरावेदक/ प्रतिवादी : जिल्ला बारा पसरामपुर गा.पं.वार्ड नं.५ बस्ने शेष तहिर बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय बारासमेत

(१) आफ्नो हक नै नपुगेको जग्गाको मोही महलबाट नाम कट्टा गर्ने गरेको निर्णय बदर गरिपाउँ भनी निवेदन गर्ने हकदैया नै नभएको ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७६५ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४०/०९/१७  डिभिजन वेन्च इजलास  २१५०
 पुनरावेदक/ प्रतिवादी : जि.सुनसरी वारहक्षेत्र गा.पं.वडा नं.६ बस्ने समजिङ शेर्पासमेत बिरुद्ध विपक्षी/वादी : श्री भूमिसुधार अधिकारी भू.सु.का.सुनसरीसमेत

(१) जग्गा दर्तावाला रिट निवेदकहरूलाई बुझ्दै नबुझी आफ्नो कुरा भन्ने मौकाबाट वञ्चित गरी रिट निवेदकहरूका नाउँमा दर्ता भएको जग्गामा प्रत्यर्थीले मोही कायम गर्ने गरी गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७६४ - उत्प्रेषण

 फैसला मिति:२०४०/०९/२२  डिभिजन वेन्च इजलास  २२०६
 पुनरावेदक/ प्रतिवादी : का.जि.चिकंमुगल का.न.पं.वडा नं.२० बस्ने चन्द्रदास धोवी बिरुद्ध विपक्षी/वादी : जग्गा नाप जाँच ऐन, ०१९ को संशोधन सहितको दफा ११(ख) बमोजिम गठित समितिका अध्यक्ष प्र.जि.अ.श्री योगेन्द्रनाथ ओझासमेत

(१) तेरो मेरो हकको प्रश्न उपस्थित भएकोमा ऐनको दफा ६ को उपदफा (७) बमोजिम हक बेहकमा अदालतमा जानु भनी सुनाउनुपर्नेमा प्रत्यर्थी जग्गा नाप जाँच ऐनको दफा ११(ख) अन्तर्गत गठित समितिले नै प्रमाणको मूल्याङ्कन गरी गरेको निर्णय त्रुटियुक्त देखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७६३ - परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४०/०९/१०  डिभिजन वेन्च इजलास  २१२१
 पुनरावेदक/ प्रतिवादी : चिरंजीवीलाल राइस एण्ड आयल मिल्स भद्रपुरकोतर्फबाट चिरञ्जीवीलाल अग्रवाल बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार अर्थ मन्त्रालय कर विभाग काठमाडौं

(१) स्थिर पूँजी रु.९,४३,०००। भएकोले अनुसूची अन्तर्गत पर्ने नै हुँदा निवेदकले उत्पादन शुरू गरेको मितिबाट ३ वर्षको आयकर छूट पाउनुपर्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७६२ - जग्गा

 फैसला मिति:२०४०/०९/२६  डिभिजन वेन्च इजलास  २६१९
 पुनरावेदक/ प्रतिवादी : भ.पु.जि.सिपाडोल गा.पं.वडा नं.८ बस्ने ठूली कान्छी थपेनीसमेत बिरुद्ध विपक्षी/वादी : भ.जिल्ला सिपाडोल गा.पं.वडा नं.८ न्हाकडोल बस्ने कृष्णबहादुर बस्नेत क्षेत्री

(१) अधिकारक्षेत्र भित्रको नभएको भनी नालेस खारेज गर्ने गरेको फैसला मनासिव हुँदा तहकिकात इन्साफ गर्नु भनी पठाएको इन्साफ उल्टी हुने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७६१ - कर्तव्य ज्यान

 फैसला मिति:२०४०/०९/२५  डिभिजन वेन्च इजलास  २२७०
 पुनरावेदक/ प्रतिवादी : रामबहादुर लिम्बूको जाहेरीले श्री ५ को सरकार र बिरुद्ध विपक्षी/वादी : जि.संखुवासभा सिद्धि पोखरी गा.पं.वार्ड नं.९ बस्ने धनकुमारी लिम्बू

(१) ज्यान मार्ने कुराको कुनै योजनाको अभावमा प्रतिवादीले केटीको विषयलाई लिएर तत्कालै उठेको रिसबाट कुटपिट गर्दा मरेको ज्यानसम्बन्धीको १३(३) बमोजिमको माग दावी भए तापनि प्रतिवादीलाई ज्यानसम्बन्धीको १४ नं.बमोजिम १० वर्ष कैदको सजाय गर्ने गरेको इन्साफ मनासिव देखिने । (प्रकरण नं. २३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७६० - चलन चलाई पाउँ

 फैसला मिति:२०४०/०९/०४  डिभिजन वेन्च इजलास  २५८७
 पुनरावेदक/ प्रतिवादी : भ.पु.जि.बालकुमारी गा.पं.वार्ड नं.६ दुई पोखरी बस्ने चन्द्रकुमार साहू श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : का.जि.का.न.पं.वडा नं.२९ बस्ने बद्रीलक्ष्मी जोशी

(१) अंश मुद्दाबाट अंशबण्डा नछुट्टी कसको हक कायम हुने भन्ने कुराको निर्णय भई नसक्दै मेरो हकको सम्पत्ति भनी राजीनामा गर्न पाउने हक नदेखिने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७५९ - उत्प्रेषण

 फैसला मिति:२०४०/०९/१७  डिभिजन वेन्च इजलास  २३५१
 पुनरावेदक/ प्रतिवादी : स्याङजा जि.डाँडा वारा घर भई हाल ने.ट्रे.लि.उपत्यका बिक्री व्यवस्था कार्यालयका नायव व.अ.पदमा कार्यतर नरेन्द्रविक्रम गुरुङ बिरुद्ध विपक्षी/वादी : सचिवज्यू, वा. तथा आ.मन्त्रालय बबरमहल समेत

(१) बढुवा समितिबाट ०३९।४।१२ मा नै नामावली प्रकाशन गरेको देखिन आएकोले उक्त ०३९।४।२९ को परिपत्र भन्दा अगावै नामावली प्रकाशित भएको देखिने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७५८ - ज्यान

 फैसला मिति:२०४०/०९/२४  डिभिजन वेन्च इजलास  २३२४
 पुनरावेदक/ प्रतिवादी : सार्की सेर्पाको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : सि.पा.जि.कुनचक गा.पं.वार्ड नं.९ भरुवा पारी घर भई दोलखा जिल्ला कारागारमा थुनामा रहेको विष्णुबहादुर खत्री

वारदात स्थलमा ज्वारीकोट भएकोले अनुमान र शंकाको आधारमा मारेको भन्ने स्थिति हुँदैन । एकअर्काको ज्वारीकोट सट्टापट्टा हुनसक्ने सम्भावना नभएको भन्न नसकिने । (प्रकरण नं. २३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७५७ - उत्प्रेषण वा अन्य आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४०/०९/२४  डिभिजन वेन्च इजलास  २०६७
 पुनरावेदक/ प्रतिवादी : जि.झापा काकरभिट्टा गा.पं.वा.नं. ३ बस्ने उमेशचन्द्र थापा मगर बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय, चन्द्रगढी झापासमेत

भरपाई पेश गर्नसकेको छैन । साविक जग्गाधनीसँग कबुलीयत भएको छ भन्ने रिट निवेदकको भनाई पनि नदेखिनुको साथै भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(२) को प्रक्रिया पूरा भएको भन्न समेत सकेको नदेखिएकोले यस्तो स्थितिमा अ.बं.१३९ अनुसार साविक जग्गाधनीलाई बुझ्नु निष्प्रयोजन समेत हुने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७५६ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४०/०९/२४  डिभिजन वेन्च इजलास  २३१९
 पुनरावेदक/ प्रतिवादी : जि.मकवानपुर वज्रवाराही गा.पं.वार्ड नं.३ कुन्दार बस्ने रामलाल गोपाली बिरुद्ध विपक्षी/वादी : का.जि.का.न.पं.टंकेश्वर ताहचल बस्ने धर्मलाल ध्वज मरी मुद्दा सकार गर्ने निजको छोरा का.जि.का.न.पं.वडा नं.२३ चिकंमुगल बस्ने श्यामलाल ध्वजु समेत

(१) जग्गामा नै तेरो मेरोको विवाद परेपछि हक बेहक गर्ने सम्बन्धमा जग्गा (नाप जाँच) ऐन, २०१९ बमोजिमको कार्यविधि अपनाउनुपर्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७५५ - परमादेश, उत्प्रेषण

 फैसला मिति:२०४०/०९/१५  डिभिजन वेन्च इजलास  २४०६
 पुनरावेदक/ प्रतिवादी : जि.उदयपुर गा.पं.हडिया वार्ड नं.५ घर भई हाल चिकित्सा शास्त्र अध्ययन संस्थान वीरगञ्जमा काम गरी रहेको शंकरप्रसाद हुजदार बिरुद्ध विपक्षी/वादी : चिकित्सा शास्त्र अध्ययन संस्थान लाजिम्पाट काठमाडौं त्रिभुवन विश्वविद्यालय त्रिपुरेश्वर काठमाडौं

(१) स्वास्थ सेवा विभागबाटै सिफारिश भई आएको हुनाले त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानले भेदभाव गर्योट भन्ने स्थिति नरहने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७५४ - उत्प्रेषणयुक्त प्रतिषेध लगायत उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४०/०९/१२  डिभिजन वेन्च इजलास  २२८६
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वार्ड नं.१७ ठहिटी बस्ने महेन्द्रबहादुर राजभण्डरी समेत बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ बस्ने केशरबहादुर राजभण्डारी समेत

(१) रिट निवेदकहरूको माग दावीको हकमा सो काम कारवाही धेरै अगाडि नै पूरा भइसकेको हुँदा निवेदकहरूको माग बमोजिमको आदेश जारी गर्न निस्प्रयोजन हुने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७५३ - लिखत पारित

 फैसला मिति:२०४०/०९/०३  डिभिजन वेन्च इजलास  २२२९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला पर्सा वीरगञ्ज न.पं.वार्ड नं.१९ बस्ने यासिनमियाँ ठकुराई बिरुद्ध विपक्षी/वादी : जिल्ला वारा प्रगन्ना टोकना साविक इनलो माठा गा.पं.को हाल विश्रामपुर गा.पं.वार्ड नं.१ बस्ने श्री नारायण सिंह राजपूत

(१) साक्षीमा दुई छोरालाई मात्र सहीसम्म गराएकोबाट कानुनको रीत पुगेको भन्न मिलेन, पत्नी र छोरा पनि हकवाला हुँदा निजहरूको पनि सही गराउनुपर्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७५२ - कर्तव्य ज्यान

 फैसला मिति:२०४०/०९/१५  डिभिजन वेन्च इजलास  २२८९
 पुनरावेदक/ प्रतिवादी : गोर्खा १८ सय खोला विही गा.पं.वार्ड नं.९ क्राक गाउँ बस्ने हाल केन्द्रीय कारागार शाखा भद्रगोलमा थुनामा रहेको छिरीङ तेन्जिङ भोटे बिरुद्ध विपक्षी/वादी : वाङ ढाकापा लामाको जाहेरीले श्री ५ को सरकार

(१) लेनदेनमा झगडा हुँदा तत्काल उठेको रिस थाम्न नसकी मृतकलाई छुरीले हिर्काएकोबाट ऐनका म्याद भित्र मृत्यु भएको देखिन आएकोले सर्वस्वसहित जन्मकैद गर्दा सजाय चर्को पर्ने भएकोले अ.बं.को १८८ नं.बमोजिम १० वर्ष कैद हुने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७५१ - उत्प्रेषण

 फैसला मिति:२०४०/०९/०३  डिभिजन वेन्च इजलास  २६५५
 पुनरावेदक/ प्रतिवादी : ल.पु.जि.ल.पु.न.पं.वार्ड नं.७ चकीटोल बस्ने माणिकलाल चिपालुसमेत बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार भू.सु.मं. नापी विभाग ३ नं. नापी गोश्वारा समेत

(१) विवादको घर जग्गामा निवेदकहरूको हकदैया भएको देखिन नआएकोले रिट निवेदन खारेज हुने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७५० - उत्प्रेषण

 फैसला मिति:२०४०/०९/१५  डिभिजन वेन्च इजलास  २३७९
 पुनरावेदक/ प्रतिवादी : जि.सर्लाही खोरिया गा.पं.वडा नं.९ बस्ने ब्रम्हादेव राय यादव बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ बस्ने अच्छेलाल राय यादवसमेत

(१) सम्पन्न भएको कुनै निर्वाचन सम्बन्धमा चित्त नबुझ्ने पक्षले निर्वाचन, अपराध र सजाय ऐन, २०२४ को दफा १४ ले तोकेको सीमाभित्र रही उजूर गर्नुपर्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७४९ - उत्प्रेषण

 फैसला मिति:२०४०/०९/१९  डिभिजन वेन्च इजलास  २६६०
 पुनरावेदक/ प्रतिवादी : जि.झापा खजुरगाक्षी गा.पं.वडा नं.५ बस्ने रमेशकुमार चौधरी बिरुद्ध विपक्षी/वादी : भूमिसुधार अधिकारी भू.सु.का.झापासमेत

(१) राजीनामा गराई लिनेलाई बुझी निर्णय गरेको पनि देखिन नआएको मात्र नभई निवेदकले जग्गा हदबन्दी भन्दा बढी भई बिक्री वितरणमा प्राप्त हुन आई बिक्री वितरण भएको देखिन नआएकोले सो निर्णय कानुन प्रतिकूल देखिने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७४८ - परमादेशयुक्त उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४०/०९/०५  डिभिजन वेन्च इजलास  २२०५
 पुनरावेदक/ प्रतिवादी : जि.सप्तरी विसहरीया गा.पं.वडा नं.४ बस्ने गीतादेवी वैश्यनी बिरुद्ध विपक्षी/वादी : ऐ.वडा नं.३ बस्ने गंगाई यादवसमेत

जग्गाधनी बाहेक अन्य व्यक्तिको कबुलीयतको आधारमा प्रत्यर्थीलाई भू.सु.अधिकारीले मोही कायम गरेको निर्णय नै त्रुटिपूर्ण हुँदा उक्त निर्णय उत्प्रेषणको आदेशले बदर हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७४७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०९/१९  डिभिजन वेन्च इजलास  २१६९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला कपिलवस्तु सिसवा गा.पं.वडा नं.१ बस्ने राम साहरत कुर्मी बिरुद्ध विपक्षी/वादी : ऐ.कजरहवा गा.पं.वडा नं.९ बस्ने किसोरी नाउसमेत

(१) जग्गावाला बाहेक अन्य व्यक्तिबाट जग्गा कमाउन लिने मोही हुन नसक्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु