निर्णय नं. २०६१ - उत्प्रेषण
निवेदकका बदर भएका मत सदर हुने भन्ने कुराको कुनै कानुनी आधार तथा त्यसको तथ्यपूर्ण प्रमाण उजूरीमा देखाउन नसकेबाट समेत निवेदकको उजूरी तथ्ययुक्त मान्न सकिने अवस्था रहेन । (प्रकरण नं. १०)
पूर्ण पाठ हेर्नुहोस् निवेदकका बदर भएका मत सदर हुने भन्ने कुराको कुनै कानुनी आधार तथा त्यसको तथ्यपूर्ण प्रमाण उजूरीमा देखाउन नसकेबाट समेत निवेदकको उजूरी तथ्ययुक्त मान्न सकिने अवस्था रहेन । (प्रकरण नं. १०)
पूर्ण पाठ हेर्नुहोस् कीर्ते कागजको ३ नं. हेर्दा अर्काको हक मेट्ने हदम्याद तारिख जाने वा कुनै तरहसँग नोक्सान पार्ने इत्यादि जुनसुकै मतलवले होस नगरे नभएको झुठ्ठा कुरा गरे भएको हो भनी वा मिति अंक व्यहोरा फरक पारी सहिछाप गरी दिने लिने दुवै थर मिली कागज लेखी सहिछाप गरी दिने लिने दुवै जालसाजी गर्ने ठहर्छ भन्ने उल्लेख भएको पाइने । (प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस् निवेदकको निवेदनमा लिएको जिकिर अनुसारको कुराबारे केही बुझ्नु पर्ने भए सो समेत बुझी विषयवस्तुमा निर्णय गर्नुपर्ने अवस्था हुन्छ । सो नगरी कुनै मनासिब कारण नदेखाई तामेलीमा राखी दिने गरेको देखिँदा न्यायिक मनको प्रयोग नगरी अञ्चलाधीश कार्यालयबाट पत्र आएको व्यहोरा सम्म उल्लेख गरी तामेलीमा राखी दिने गरेको मिलेको नदेखिने । (प्रकरण नं. १०)
पूर्ण पाठ हेर्नुहोस् मार्कसीट पेश नगरेको कारणले १६ नं. नपाउने भन्ने नि.से.नि., २०२१ मा व्यवस्था भएको नपाइने । (प्रकरण नं. ९)
पूर्ण पाठ हेर्नुहोस् एकाको नाममा रीतपूर्वक दर्ता भएको घट्ट सम्बन्धमा दर्ता बदर गर्न सक्ने अधिकार स्थानीय विकास अधिकारीलाई भएको नदेखिने । (प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस्मोहियानी हकको विवाद उत्पन्न भएपछि केवल जालसाजी हो भनी जिकिर लिँदैमा मोही हकको तेरो मेरो सम्बन्धमा परेको निवेदन तामेलीमा राखी दिने मिल्ने भू.सं.ऐनको दफा ३१ क.(१) ले मिल्ने देखिन्न । (प्रकरण नं. ८)
पूर्ण पाठ हेर्नुहोस् उजूरी परेकोमा निवेदकले पेश गरेको मितिको भर्पाई अ.बं.७८ नं. बमोजिम सुनाई त्यस सम्बन्धमा निजको कथनलाईसमेत विचार गरी कानूनबमोजिम निर्णय गर्नुपर्ने । (प्रकरण नं. १०)
पूर्ण पाठ हेर्नुहोस् संस्थानको कारोवारमा प्रतिकूल असर पर्ने किसिमका कृयाकलाप गर्नेलाई आधार बनाई पद खारेज गरिएको त्यस्तो पदमा वहाल रहेका कर्मचारीलाई अवकास दिन सकिने उक्त विनियममा कानूनी प्रावधान रहेको नदेखिने । (प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस् लेखा भत्ता खुवाएको नाताबाट लेखा समूहका कर्मचारी हुन्छन् भन्ने लेखा समूह नियमावली, ०३४ मा उल्लेख नभएको । (प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस् निर्विवाद सबूत प्रमाणको अभावमा र शंकाको भरमा यिनै प्रतिवादीको कर्तव्यबाट मृतकको मृत्यु भएको हो भनी ठहर्यााउन नमिल्ने । (प्रकरण नं. १५)
पूर्ण पाठ हेर्नुहोस् गोदाममा माल सडे गलेको भए नसड्ने वस्तुहरूको केही न केही निसानासम्म हुन पर्ने हो सो केही रहे भएको देखिन नआएबाट सुरक्षणमा राखिएको माल रहेको गोदाममा खोलिएको र गोदाममा रहेको जिन्सी माल बैंकेले सडाई दियो भन्ने वादीहरूको जिकिर पत्यारलायक देखिन्न । आफैले प्रतिवादी बनाई लिई आएको मुद्दामा प्र.ले पुनरावेदन गर्न पाउँदैन भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १०)
पूर्ण पाठ हेर्नुहोस् १ नं. फाराम भर्दा लगतमा एकाघर सगोलको परिवार कसैलाई पनि उल्लेख गरेको देखिँदैन एक नं. लगतमा नाम नभएकोले एकाघर सगोलको परिवार भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १०)
पूर्ण पाठ हेर्नुहोस् घरसारको राजीनामा भन्दा पछि ऋणी धनी भई लिनुदिनु गरेको देखिन आएकोले ०३४।६।१७ को लिखतलाई जेठो ठहर्याआई मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको ईन्साफ मिलेको देखिन आएन । (प्रकरण नं. १३)
पूर्ण पाठ हेर्नुहोस् घटी बढी गरी अंशबण्डा भएकोमा चित्त नबुझ्ने व्यक्तिको सो बण्डा भएको मितिले ३ महीना भित्र उजूर गर्न सक्नेमा सम्पूर्ण सम्पत्तिमा अंश पाउनु पर्ने सो बमोजिम नपाई घटी पाएको भनी चित्त नबुझी उजूर गरेको देखिनाले उक्त अंशबण्डाको ३२ नं. मा उल्लेख भए बमोजिम घटी अंश लिए पाएकोमा चित्त नबुझ्नेले उजूर गर्न सक्ने । (प्रकरण नं. १२)
पूर्ण पाठ हेर्नुहोस् एउटै विषयमा जतिसुकै व्यक्तिले जतिसुकै व्यक्ति उपर एउटै फिराद गर्न सक्ने अ.बं. ७२ नं. ले व्यवस्था गरेको पाइने । (प्रकरण नं. १२)
पूर्ण पाठ हेर्नुहोस् नगरपञ्चायतले कुनै ठेक्का पट्टाको वन्दोबस्त गर्नु परेमा त्यस सम्बन्धमा गर्नुपर्ने र गर्न पाउने कुराको व्यवस्था नगरपञ्चायत कार्य व्यवस्था नियमावली, २०२० को नियम १४(क) मा उल्लेख भएको । (प्रकरण नं. ९)
पूर्ण पाठ हेर्नुहोस् कर्तव्य गरी मारेको होइन भन्न सकिने तथ्ययुक्त आधार देखिन नआएको हुँदा पुनरावेदन जिकिर पुग्न सक्दैन । (प्रकरण नं. १९)
पूर्ण पाठ हेर्नुहोस् बिक्री गरेको वादी दावी बमोजिमको जग्गा बिक्री व्यवहार गर्न नपाउने कुराको कुनै सबूत प्रमाण दिन सकेको छैन । यस स्थितिमा उक्त बिक्री व्यवहार गरेकोलाई वादीहरूको मञ्जूरी लिनुपर्छ भन्न मिलेन । (प्रकरण नं. १३)
पूर्ण पाठ हेर्नुहोस् अंशबण्डा भइसकेको भन्ने तथ्ययुक्त सबूत प्रमाणको अभाव हुँदा अंश भइसकेको भन्ने निवेदन जिकिर पुग्न सक्तैन । (प्रकरण नं. १३)
पूर्ण पाठ हेर्नुहोस् बण्डापत्र कागज खडा भइसकेपछि वादीलाई भुटाईले स्वास्नी तुल्याएको भन्ने तथ्ययुक्त सबूत प्रमाणको अभावमा मिल्ने नदेखिँदा निवेदकहरूको निवेदन जिकिर पुग्न सक्दैन । (प्रकरण नं. १२)
पूर्ण पाठ हेर्नुहोस्