विस्तृत खोजी

 
 
 
 
 
      

३६ खोजी नतिजाहरु

निर्णय नं. ३२८८ - उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४४/०८/२०  एक न्यायाधीशको इजलास  २१३३
 पुनरावेदक/ प्रतिवादी : निवेदक : काभ्रेपलाञ्चोक जि. खनाल थोक गा.पं.वडा नं.६ बस्ने ङेमा लामा । ऐ.ऐ बस्ने उत्तरध्वज लामा । ऐ.ऐ बस्ने मोहन सिंह लामा बिरुद्ध विपक्षी/वादी : विपक्षी : वन नियन्त्रकको कार्यालय, काभ्रेपलाञ्चोक मुकाम धुलिखेल ।

वन नियन्त्रकको कार्यालयले निर्णय गरी निवेदकलाई कुनै जनाउ दिएको रिट निवेदनबाट देखिँदैन, यस्तो स्थितिमा प्रस्तुत विवादमा निवेदकको कुनै हक हनन् भएको भन्न सकिने अवस्था नदेखिने । (प्रकरण नं. ४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२८७ - कीर्ते ।

 फैसला मिति:२०४४/०९/२९  संयुक्त इजलास  २१२९
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/प्रतिवादी:म्याग्दी गा.पं. वडा नं.४ घर भै हाल जिल्ला बर्दिया राजापुर गा.पं. वडा नं. १ बस्ने टंकनाथ उपाध्याय । बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी: जि.बर्दिया पशुपती नगर गा.पं.. वडा नं. ८ बस्ने बलराम उपाध्याय ।

रिट निवेदन दिँदा वारेसनामामा सही गर्ने यिनै विपक्षी नै हुन् भनी स्वीकार गरेको देखिन आएबाट सो विशेषज्ञले सहिछापहरू जाँची दिएको प्रतिवेदनमा शंका लिइरहनु पर्ने कुनै अवस्था नरहेकोबाट अब निज विशेषज्ञलाई अदालतमा उपस्थित गराई परीक्षण गरी रहनुको कुनै तात्पर्य रहन नआउने । (प्रकरण नं. ११) यिनै निवेदक आफ्नो भाइ भनी देखाएका हकमा समेत दर्खास्त दिई कबूलियत समेत गरेको भनी पेश भइरहेको जि.भू.सु. कार्यालयमा पेश गरेको निवेदन बमोजिम जग्गा प्राप्त गर्दा गरेको भनेको प्रमाणित समेत नभएको कबूलियत भनेको कागजको आधारमा निवेदकका भाइ भनिएकाले नै बिक्री वितरणमा जग्गा पाएको भनी भन्न सकिने अवस्था नरहने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२८६ - कर्तव्य ज्यान

 फैसला मिति:२०४४/०८/१५  संयुक्त इजलास  २३७७
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी: अम्बिका तिमिल्सीनाको जाहेरीले श्री ५ को सरकार । बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी: जि.सुनसरी तनमुना गा.पं. वार्ड नं. ६ बस्ने विजय गछदार ।

प्रहरी समक्ष भएको साविती साक्षीहरूको बकपत्र लगायतका कुनै पनि स्वतन्त्र प्रमाणबाट समर्थित हुन नआएको यस अवस्थामा सबूद प्रमाणको अभावमा आरोपित कसूरबाट प्र.लाई सफाई दिने गरेको फैसलालाई सदर गर्ने गरेको इन्साफ मनासिब नै हुँदा सदर हुने । (प्रकरण नं. २९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२८५ - अंश ।

 फैसला मिति:२०४४/०७/१९  संयुक्त इजलास  २६०६
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/प्रतिवादी: का.जि. पांगा गा.पं.वार्ड नं. ३ बस्ने ललितकृष्ण महर्जन बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी:ऐ. ऐ. महतो टोल बस्ने मंगलकृष्ण महर्जन ।

अंशबण्डाको ३० नं. बमोजिम अंशबण्डा भएको कायम हुनुपर्ने भन्ने हकमा छोडपत्र पासै हुनुपर्ने भन्ने व्यवस्था ०३४।७ मा मात्र लागू भएको भए पनि सो लागू हुनु पूर्व पनि अचल सम्पत्तिमा कुनै किसिमले पनि आफ्नो हकको छोडी दिएको लिखत पास गराउनु पर्ने रजिष्ट्रेशनको १ नं. मा व्यवस्था भएको अंश छोडपत्रबाट आफू अंशमा लिएको बाहेक अरु सम्पत्तिमा छोडपत्र गर्ने हक छोडी दिएको कागज हुँदा पास हुनै पर्ने देखिएकोले पेश भएको छोडपत्र पास भएको नदेखिएकोले सो कागजलाई कानुनी मान्यता दिई त्यसबाट अंशबण्डा भइसकेको भनी ठहर गर्न नमिल्ने । (प्रकरण नं. २०) घर जग्गा वादीका नाउँमा दाखिल खारेज भइसकेको नदेखिएको र बिक्री व्यवहार समेत गरेको देखिन नआएकोबाट खाली भोगेकै अधारमा अंशबण्डा भइसकेको भनी ठहर गर्न अ.बं. मा भएको व्यवस्थाले नमिल्ने । (प्रकरण नं. २०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२८४ - उत्प्रेषण

 फैसला मिति:२०४४/०७/०१  संयुक्त इजलास  २३९७
 पुनरावेदक/ प्रतिवादी : निवेदक :जि.महोत्तरी माटीहानी आदर्श गा.पं. वार्ड नं.६ बस्ने जगन्नाथ दास वैष्णव । बिरुद्ध विपक्षी/वादी : प्रत्यर्थी : शाखा अधिकृत जि.का.धनुषा ।

विवादको जग्गा गुठी रैतानी नम्बरीमा निवेदकको नाउँमा दर्ता भइरहेको जग्गा देखिन आएको र यिनै जग्गा सम्बन्धमा अघि गुठी संस्थान वादी भई दिएको बिक्री बदर गरिपाउँ भन्ने मुद्दा परी स.अ.बाट समेत निवेदकको पूर्ण स्वामित्व कायम भई फैसला भइरहेको देखिन आएकोबाट विवादको जग्गामा निवेदकको पूर्ण स्वामित्व रहेको कुरामा विचार गरिरहनु पर्ने देखिन नआउने । (प्रकरण नं. १९) नागरिकलाई यो भाग अन्तर्गत प्राप्त मौलिक हकलाई व्यवस्थित र नियन्त्रण गर्न बनेको के कस्तो ऐनलाई यो उपधारा १ अन्तर्गत सार्वजनिक हितको लागि बनेको भनी सम्झनु पर्ने हो सो कुरा उपधारा २ मा व्यवस्था गरी त्यस्तो ऐनको प्रस्तावनामा सोही उपधारा २ को देहायमा उल्लेख भएका सबै वा केही उद्देश्य उल्लेख भएमा सो ऐनलाई सार्वजनिक हितको लागि बनेको भनी मान्नु पर्ने व्यवस्था गरिएको स्पष्ट छ, यस धारामा भएका यी व्यवस्थाहरूको समष्टी रुपमा विचार गर्दा कुनै ऐन यस धाराको उपधारा १ अन्तर्गत सार्वजनिक हितको लागी बनेको मानिन सो ऐनको दफामा सार्वजनिक हितको कुरा उल्लेख गर्दैमा पर्याप्त हुँदैन त्यसको प्रस्तावनामा नै उपधारा २ को देहायमा उल्लेख भएका सबै वा केही उद्देश्य उल्लेख हुनुपर्ने । (प्रकरण नं. २०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२८३ - उत्प्रेषण वा अन्य जो चाहिने आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४४/०८/२२  संयुक्त इजलास  २११८
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि.बाँके महादेवापुरी गा.पं. वडा नं. ७ बस्ने कुल बहादुर कुँवर । बिरुद्ध विपक्षी/वादी : प्रत्यर्थी : प्र.जि.अ., जिल्ला कार्यालय बाँके । बुम्दी चौकी,बाँके । महादेवापुरी गा.पं. कार्यालय,बाँके । जि.सल्यान रामपुर गा.पं. वडा नं. ४ बस्ने चन्द्र बहादुर वलि ।

निवेदककै व्यहोरा अनुसार भएका कारवाहीहरूमा निरन्तरता देखिएको र सो कारवाहीहरूको अन्त्य विपक्षीका श्रीमतीको नाममा निवेदकले जग्गा पारीत गरी दिई सकेपछि भएको देखिन्छ, बेहोश अवस्थामा मालपोत कार्यालयमा लगी कागजमा सहिछाप गराएको भन्ने कथन विश्वसनीय नभएको भन्ने आधारमा निवेदकको नं. १५०२ को रिट निवेदन खारेज भएबाट सो भन्दा अघि भए गरिएका कार्यवाहीको सम्बन्धमा निर्णय गरे पनि निष्प्रयोजित एवं निरर्थक नै हुने देखिन्छ, सो को अतिरिक्त अन्य कागज नगरे नगराएको भन्ने जिल्ला कार्यालयको लिखित जवाफबाट देखिँदा निवेदकको माग बमोजिमको आदेश जारी गरी रहन नपर्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२८२ - उत्प्रेषण जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ।

 फैसला मिति:२०४४/०८/२२  संयुक्त इजलास  २३३८
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि.बाँके महादेवापुरी गा.पं. वडा नं. ७ बस्ने कुल बहादुर कुँवर । बिरुद्ध विपक्षी/वादी : विपक्षी : प्र.जि.अ., जिल्ला कार्यालय बाँके । मालपोत अधिकृत,मा.पो.का. बाँके। काम्दी चौकी बाँके । जिल्ला प्रहरी कार्याल,बाँके । प्रधानपञ्च,महादेवपुरी गा.पं. कार्यालय बाँके । सचिव,महादेवपुरी गा.पं. कार्यालय,बाँके। प्र.ज.हर्क बहादुर थापा,काम्दी चौकी,बाँके । जि.सल्यान रामपुर गा.पं. वडा नं४ बस्ने चन्द्र बहादुर वली । ऐ.ऐ बस्ने नोखी बलिनी ।

निवेदकको हकको जग्गा निखी बलिनीको नाममा मालपोत कार्यालय बाँकेबाट रजिष्ट्रेशन पारीत भएको भन्ने कुरा प्रत्यर्थीहरूले समेत स्वीकारेकै देखिन्छ, निवेदकको हकको प्रमाणहरू सामेल गरी नियमानुसार नै पारीत गरेको भन्ने मालपोत कार्यालयको लिखित जवाफबाट देखिँदा बेहोश अवस्थामा मालपोत कार्यालयमा लगी सहिछाप गराएको भन्ने निवेदकको कथन विश्वासनीय नदेखिने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२८१ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४४/०७/१२  संयुक्त इजलास  २२५६
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि.दाङ्ग हापुर गा.पं. वडा नं.८ नारेवाङ बस्ने विजयराज उपाध्याय । बिरुद्ध विपक्षी/वादी : विपक्षी : अञ्चलाधीशको कार्यालय राप्ती । जि.दाङ सोनपुर गा.पं. वडा नं. ३ बस्ने लोकराज शर्मा । ऐ.ऐ बस्ने प्रदिप कुमार शर्मा ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ८(४) अन्तर्गत जिल्ला स्तरीय श्रेस्ता कार्यालयहरूले गरेको निर्णय उपर पुनरावेदन हेर्ने अधिकार नेपाल अधिराज्यका सम्पूर्ण जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले प्रयोग गर्न पाउने गरी तोकेकोबाट स्थानीय प्रशासन ऐन, २०२८ को दफा ८(४) बमोजिमको पुनरावेदन हेर्ने अधिकार विपक्षी कार्यालयमा रहेको भनी मान्न मिलेन । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२८० - परमादेश लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।

 फैसला मिति:२०४४/०७/१०  संयुक्त इजलास  २३५८
 पुनरावेदक/ प्रतिवादी : निवेदीका: संखुवासभा जिल्ला मादी रामवेनी गा.पं. वडा नं. २ बस्ने आशा दाहाल । बिरुद्ध विपक्षी/वादी : विपक्षी : शिक्षा तथा संस्कृति मन्त्रालय, परीक्षा नियन्त्रण कार्यालय, डिल्लीबजार ।

रिट निवेदन माग बमोजिमको कार्य सम्पन्न भइसकेको देखिएकाले माग बमोजिम आदेश जारी गरी रहन नपर्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२७९ - कर्तव्य ज्यान

 फैसला मिति:२०४४/०७/२०  संयुक्त इजलास  २३३३
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/प्रतिवादी:जि.मकवानपुर गा.पं.फखेल वार्ड नं.९ घर भै हाल जि.का.का. शाखा वीरगञ्ज थुनामा रहेको मोती बहादुर लामा । ऐ.ऐ बस्ने वीर बहादुर थोकर । बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी: कृष्ण कुमारी गोलेको जाहेरीले श्री ५ को सरकार ।

उल्लेख गरे बमोजिम वीर बहादुरले नै आफ्नो छोरालाई मागेको केटी मृतकले भगाएको रिसमा खुकुरीले चोट छोडी मारेको र अन्य व्यक्तिहरूको सहयोग समेत लिई फालेको कुरा सिलसिलाबद्ध रुपमा पुष्टि भएको हुँदा मृतकको मृत्यु वीर बहादुरकै कर्तव्यबाट भएको देखिने । (प्रकरण नं. ३६) मृतकलाई मार्नमा प्र.मोतिबहादुरले मुख्य भई बचन दिएको नभए पनि मार्न जान लाग्दा रोकछेक नगरी आफू चुपचाप घरतर्फ गएको र मारी सकेपछि पनि आफूले जाहेर नगरी अरुलाई समेत जाहेर गर्नबाट रोकी लाश अन्यत्र फाल्न आफ्नै छोराहरू समेत जाँदा पनि आफू चूप लागी बसेको देखिएबाट मोतिबहादुरले ज्या.सं.को १३(४) नं. को कसूर गरेको देखियो अतः माथि उल्लेख गरिए बमोजिम प्र.वीर बहादुरलाई ज्या.सं.का १३(१) नं. र प्र.मोतिबहादुरलाई ज्या.सं.को १३(४) को कसूर ठहर्यारएको शुरुको इन्साफ मनासिब ठहर्छ तर प्रतिवादी मोतिबहादुर कसूर हुँदाको अवस्थामा निजको उमेर ७३ वर्ष पुगिसकेको र यस्तो अति बृद्ध भई सुझबुझ समेत कम हुँदै गएको अवस्थाले गर्दा पनि कसूर गर्ने र त्यस्तो कसूर भएपछि पनि लाश फाल्नबाट रोकछेक गरी जाहेर नगरेको हुन सक्ने स्थिति पनि रहन जाने हुन सक्दछ, यसरी नै निज हाल ७७ वर्ष उमेर पुगिसकेको देखिँदा शुरुले ज्या.सं.को १३(४) नं. बमोजिम जन्मकैदको सजायँ गर्दा चर्को हुन जाने हुँदा अ.बं. १८८ नं. बमोजिम कैदवर्ष ३ मात्र हुने । (प्रकरण नं. ३७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२७८ - अंश दर्ता

 फैसला मिति:२०४४/०८/२८  संयुक्त इजलास  २२००
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी: उदयपुर जि.सुन्दरपुर गा.पं. वडा नं. ८ बस्ने बुधन चौधरी थारु । बिरुद्ध विपक्षी/वादी : प्रत्यर्थी/वादी: ऐ. ऐ. हडिया बकेनिया गा.पं. वडा नं. ३ बस्ने दुखी चौधरी थारु ।

वादीका नाउँमा छुट्टै दर्ता तिरो समेतका जग्गा देखिन आएको छ । वादीले आफ्ना नाउँको केही जग्गा बेचविखन समेत गरेको देखिन्छ, व्यवहार प्रमाणबाट वादी प्रतिवादी छुट्टी भिन्न भई अलग अलग रहेको देखिन आयो, निजहरू सगोलमा रहे बसेको देखिने तथ्ययुक्त अन्य कुनै प्रमाण पेश दाखेल हुनसकेको छैन, तत्कालिन अंशबण्डाको ३० नं. ले पनि व्यवहार प्रमाणबाट छुट्टी भिन्न भएको देखिएकोलाई अंशबण्डाको कागज नभए पनि मान्यता दिएको छ, अतः यस्तो स्थितिमा वादी प्रतिवादीहरू बेगल भइसकेको देखिन आएबाट वादीको प्रतिवादीहरूबाट २ भागको १ भाग अंश पाउँ भन्ने दावा पुग्न नसक्ने । (प्रकरण नं. १४

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२७७ - उत्प्रेषण

 फैसला मिति:२०४४/०८/२४  संयुक्त इजलास  २१६९
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जिल्ला धादिङ निलकण्ठ गा.पं. वडा नं.५ बस्ने रणमान सिंह अधिकारी । बिरुद्ध विपक्षी/वादी : विपक्षी : श्री जिल्ला पञ्चायत धादिङको न्यायिक समिति । श्री आदर्श गाउँ पञ्चायत कार्यालय निलकण्ठ गा.पं. न्यायिक समिति । धादिङ शाङ्कंश गा.पं. वार्ड नं. २ बस्ने गंगा बहादुर अधिकारी ।

गा.पं. न्याय समितिबाट कानुन बमोजिम भित्र कानुनले निर्धारित गरेको क्षेत्राधिकार भित्र रही सरजमीन समेत गराई सो को आधारमा निर्णय गरेको र सो निर्णय उपर जि.पं. न्याय समितिमा पुनरावेदन परी उक्त न्याय समितिबाट आफ्नो अधिकार क्षेत्रभित्र रही कानुन बमोजिम निर्णय भएको देखिँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२७६ - उत्प्रेषण ।

 फैसला मिति:2044/08/24  संयुक्त इजलास  २३८०
 पुनरावेदक/ प्रतिवादी : निवेदक :जि.रौतहट गा.पं. रामपुर वार्ड नं. ९ बस्ने रामश्वरुप कुर्मी । ऐ.ऐ वार्ड नं. १ बस्ने शेष सममूल हक । बिरुद्ध विपक्षी/वादी : विपक्षी : भू्.सु.अधिकारी भू.सु.कार्यालय रौतहट । जि.रौतहट रामपुर रवाम गा.पं. वार्ड नं.७ बस्ने लखिचन साह कानू ।

एकाघरको पति विवादित जग्गाको सम्बन्धमा मोही हुन नै सक्ने स्थिति देखिँदैन, यस्तो अवस्थामा बाबुको नै मोही हक कायम हुन नसक्ने स्थितिमा निजको मृत्युपछि निजको छोरामा मोहियानी नामसारी गर्न नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२७५ - परमादेश लगायत उपयुक्त आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ ।

 फैसला मिति:२०४४/०८/२५  संयुक्त इजलास  २५१७
 पुनरावेदक/ प्रतिवादी : निवेदक :हनुमान नगर राईस मिल प्रा.लि.को प्रवन्ध निर्देशक हंशराजको छोरा जि. सप्तरी राजविराज न.पं. वडा नं. १ बस्ने समेर मल दुगड । बिरुद्ध विपक्षी/वादी : प्रत्यर्थी : श्री ५ को सरकार मन्त्रिपरिषद् सचिवालय सिंहदरबार । श्री ५ को सरकार मेची अञ्चालाधीशको कार्यालय झापा । श्री ५ को सरकार काकरभिट्टा भन्सार कार्यालय । श्री महेन्द्र राजमार्ग चारआली केचना सडक निर्माण समिति झापा मेची अञ्चल कार्यालय चन्द्रगढी ।

विलम्ब गरी आउनुमा उचित कारण प्रष्ट निवेदकले नखुलाएबाट प्रस्तुत निवेदन विलम्बको सिद्धान्त बमोजिम खारेज हुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२७४ - उत्प्रेषणयुक्त परमादेश वा जुन उपयुक्त हुन्छ जो चाहिने आज्ञा वा आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४४/०८/१५  संयुक्त इजलास  २२१४
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि.सुनसरी हासपोसा गा.पं. वडा नं. २ बस्ने मान बहादुर वन सन्यासी बिरुद्ध विपक्षी/वादी : प्रत्यर्थी : का.मु.भूमि सुधार अधिकारी भूमि सुधार कार्यालय सुनसरी । जि.सुनसरी चांदबेला गा.पं. वार्ड नं. १ बस्ने मनिर मिश्रा ।

कानुन अनुसार बाली भराई मोही हकबाट निष्कासन मुद्दा परिसकेपछि बाली बुझेको भर्पाई पेश भएकोमा कानुन बमोजिम निर्णय गर्नु पर्नेमा वादी दावी खारेज हुने भन्ने समेत ठहर भएको कानुन अनुरुप नहुँदा भू.सु.का.को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२७३ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०४४/०८/२७  संयुक्त इजलास  २४६९
 पुनरावेदक/ प्रतिवादी : रिट निवेदक: का.जि.का.न.पं.वा.नं.२५ मखन टोल घर भई हाल सदर खोरमा थुनामा रहेको महेश्वरलाल श्रेष्ठको हकमा निजको भाइ का.न.पं. वा.नं. २५ मखन टोल बस्ने भुवनेश्वरलाल श्रेष्ठ। बिरुद्ध विपक्षी/वादी : विपक्षी :श्री मध्यमाञ्चल विशेष अदालतको मा.न्या.श्री कृष्णजंग रायमाझी । श्री ५ को सरकार मध्य क्षेत्र प्रहरी कार्यालय भृकुटी मण्डपका प्रहरी नायव महानिरीक्षक श्री रण बहादुर चन्द ।

अ.बं.११८ नं. बमोजिम थुनामा राखी कारवाही गर्न नमिल्ने मुद्दामा पनि विशेष अदालतले थुनामा राखी कारवाही गर्न सक्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२७२ - उत्प्रेषण

 फैसला मिति:२०४४/०८/२३  संयुक्त इजलास  २२५८
 पुनरावेदक/ प्रतिवादी : रिट निवेदक:जि.मोरङ नगर पंचायत विराटनगर नगर वा.नं. ३ बस्ने मनोहर नाथ उप्रेती । बिरुद्ध विपक्षी/वादी : विपक्षी :भूमि सुधार अधिकारी जिल्ला भूमि सुधार कार्यालय विराटनगर । जि.मोरङ नगर पञ्चायत विराटनगर वा.नं.५ बस्ने वच्चालाल यादव ।

निष्कासन गर्ने तर्फ कारण उल्लेख गर्न नसकेको स्थितिमा भए गरेको गैरकानुनी निर्णयलाई कानुन अनुरुप भए गरेको भन्न नमिल्ने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२७१ - बन्दी प्रत्यक्षीकरण

 फैसला मिति:२०४४/०७/३०  संयुक्त इजलास  २६६८
 पुनरावेदक/ प्रतिवादी : रिट/निवेदक:संघीय गणतन्त्र जर्मनी घर भै हाल केन्द्रीय कारागारमा थुनामा रहेको पासपोर्ट नं. ७११३९८६ को इल्मिरा सिल्डर । बिरुद्ध विपक्षी/वादी : विपक्षी : श्री प्रमुख भन्सार अधिकृत त्रिभुवन विमानस्थल भन्सार कार्यालय । केन्द्रीय कारागार कार्यालय,काठमाडौं । श्री ५ को सरकार अर्थ मन्त्रालय ।

अधिकार प्राप्त अधिकारीले कानुनको परिधि भित्र रही गरेको कानुन बमोजिमको निर्णय फैसलामा निवेदीकाको विधानयुक्त मौलिक हक समेतको कुनै हक हनन् भएको नदेखिने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२७० - उत्प्रेषण

 फैसला मिति:२०४४/०७/१९  संयुक्त इजलास  २६११
 पुनरावेदक/ प्रतिवादी : रिट/निवेदक:जि.सुनसरी धरान नगर पञ्चायत वा.नं. ४ बस्ने धनन्जय प्रसाद आचार्य । बिरुद्ध विपक्षी/वादी : विरुद्ध विपक्षी : कर कार्यालय, धरान । श्री कर विभाग लाजिम्पाट,काठमाडौं । श्री ५ को सरकार जलश्रोत मन्त्रालय सम्पर्क तथा भू आर्जन कार्यालय कोशी योजना,विराटनगर । श्री महालेखा परिक्षकको विभाग ।

नेपाल भारत दुई देश बीचमा भएका सम्झौताको दफा ७ मा भारत सरकारले लाग्ने रोयल्टी मात्र तिर्नुपर्ने भन्सार वा अन्य कुनै कर तिर्नु नपर्ने भनी प्रष्ट उल्लेख भएको पाइन्छ यस्तो स्थितिमा निवेदकबाट भा.रु. ३,३९४८५।४५ ठेक्का करको माग गरिएको कर कार्यालय धरान तथा भू आर्जन कार्यालय कोशी प्रोजेक्ट विराटनगरको पत्र तथा निर्णय अनाधिकृत देखिन आएकोले उत्प्रेषणको आदेशद्वारा सो सम्पूर्ण बदर हुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२६९ - उत्प्रेषण

 फैसला मिति:२०४४/०७/०८  संयुक्त इजलास  २१६३
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि.सिन्धुपाल्चोक नवलपुर गा.पं.वार्ड नं. ३ घर भई जिल्ला कार्यालय भक्तपुरमा कार्यरत ना.सु. श्री सूर्यदाश श्रेष्ठ । बिरुद्ध विपक्षी/वादी : विपक्षी :श्री वागमती अञ्चलाधीशको कार्यालय, रानीपोखरी, काठमाडौं । सहायक अंचलाधीश श्री दामोदर प्रसाद उपाध्याय वागमती अंचलाधीशको कार्यालय,काठमाडौं। सहायक अंचलाधीश श्री राजकुमार दास कक्षपती वागमती अंचलाधीशको कार्यालय,काठमाडौं। का.जि.का.न.पं. वार्ड नं.१३ कालिमाटी बस्ने मुकुन्द श्रेष्ठ । ऐ.ऐ बस्ने अम्बिका देवी श्रेष्ठ ।

वास्तविकता बुझ्नसम्म बोलावट गरेको सम्म हो भनी उल्लेख भइआएको निवेदकको हक हितमा कुनै असर पर्ने गरी कुनै कार्य भए गरेको देखिन नआएकोले निवेदकको माग बमोजिमको आदेश जारी गर्नु पर्ने अवस्थाको विद्यमानता रहे भएको देखिन नआएकोले रिट निवेदन खारेज हुने । (प्रकरण नं. ६)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु