विस्तृत खोजी

 
 
 
 
 
      

३० खोजी नतिजाहरु

निर्णय नं. ३३१८ - थकाली लूय गरिपाउँ ।

 फैसला मिति:२०४४/११/१७  संयुक्त इजलास  २१७७
 पुनरावेदक/ प्रतिवादी : निवेदक/प्रतिवादी:ल.पु.जि.ल.पु.न.पं. वडा नं. ९ मम्पि महाविहार बेलाछे ध्याको बस्ने इन्द्रमुनीको छोरा बेखामुनी ब्रम्हाचार्य भिक्षु । बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी: ल.पु.न.पं. वार्ड नं.९ थम्पि महाविहार बस्ने बज्रराज बम्हाचार्य भिक्षु । ऐ.ऐ बस्ने वेखाराम ब्रम्हाचार्य भिक्षु । ऐ.ऐ बस्ने सूर्यमान ब्रम्हाचार्य भिक्षु ।

नाय लूय गर्नु पर्नेलाई सो बमोजिमको सूचना दिएको कुनै सबूद नआएको खाली मौखिक सूचना दिएको भन्ने जिकिर भए पनि त्यसलाई मान्यता दिन नमिल्ने हुँदा आफैंले गरेको व्यवस्था विपरीत नाय लूय गरेको रीतिस्थिति विपरीत देखियो जहाँ सम्म २०३४ मा नै सो काम भई त्यस पछि अरु कर्मकाण्ड भइसकेको भन्ने हकमा पनि सो को कुनै सबूद प्रतिवादीको तर्फबाट पेश नभएकोले वादीको यो फिराद अदलको म्याद नाघेको भन्न नमिल्ने । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३३१७ - दर्ता बदर

 फैसला मिति:२०४४/११/१७  संयुक्त इजलास  १९५७
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी: जि.पाँचथर सुमाङ्ग गा.पं. वार्ड नं. ४ बस्ने मान बहादुर श्रेष्ठ । ऐ.ऐ शिवमान श्रेष्ठ । जिल्ला ताप्लेजुङ्ग भुकु भन्ज्याङ्ग गा.पं.वडा नं.८ बस्ने देवीभक्त श्रेष्ठ । ऐ.सिनाम गा.पं. वार्ड नं. ५ बस्ने नन्द कुमार श्रेष्ठ । बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी: जिल्ला ताप्लेजुङ्ग लिर्म्र्वादन गा.पं. वडा नं. ८ बस्ने थर्क नारायण श्रेष्ठ

बाबु मर्दा कुनै छोरा बाबुको सँग साथमा नरहेको पेश भइरहेको २०३३।१०।१५ को र २०३४।२।२७ को कागजहरूबाट मन बहादुर शिवलालको आफ्नो आफ्नो अंश भाग जग्गा बुझी छोडपत्र गरिदिएको सम्म देखिएकोले बाबु मर्दासँग साथमा बसेको नदेखिएको प्रतिवादीले बाबुको जिउनी एकलौटी दर्ता गराएको अपुतालीको ३ नं. बमोजिम नभई सबै भाइले खान पाउने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३३१६ - विदेशी विनिमयको अवैध कारोबार तथा निकासी

 फैसला मिति:२०४४/११/०५  संयुक्त इजलास  २०७९
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी:श्री ५ को सरकार अर्थ मन्त्रालय, राजश्व अनुसन्धान महाशाखाका विशेष अधिकृत टेक बहादुर रायमाझी । बिरुद्ध विपक्षी/वादी : विरुद्ध विपक्षी/प्रतिवादी:पोर्टेन हाउस,सल्सवरी इंग्लैण्ड बस्ने राहदानी नं.एन ५९९१६७ र क्यानडा राहदानी नं.जि.ई.६२५९२१ को हाल का.जि.का.न.पं..वडा नं.२९ गार्डेन गेष्ट हाउस डेरा गरी बस्ने पेटरजोन मिल्स ।

विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा (५)(२) मा व्यवस्था भए बमोजिमको रीत पुर्या ई नेपाल बाहिर लान लागेको नदेखिई विभिन्न रुपमा लुकाई छिपाई लान लागेको देखिन आएकोले निजले दावी बमोजिम अपराध नगरेको भन्ने कानुनले नमिल्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३३१५ - अंश दपोट

 फैसला मिति:२०४४/१०/२०  संयुक्त इजलास  १९७०
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी: जि.बर्दिया गुलरिया गा.पं. वार्ड नं. ४(ख) बस्ने झुरा यादव । बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी: ऐ. ऐ. बस्ने छेदन यादव

उल्लेख भए अनुसार तायदातीमा नदिए पनि तायदातीमा उल्लेख गरी देखाउनु नपर्ने कारणमा हाल आवादीमा पाएको भन्ने भएकोले यस्तो अवस्थामा तायदातीमा नदिएको आधारमा आफ्नो अंशियारलाई पाउने अंशबाट वञ्चित गर्न दबाएको भन्ने नमिलेकोले दपोट गरेको ठहर्दैन तर प्रमाणको फैसलाबाट पनि पुर्खाको दर्ताको जग्गा नदिकाटमा परी पछि उकास भई विपक्षीको नाउँमा दर्ता हुन आएको देखिएकोले पाउने अंश बमोजिम आधी जग्गा पुनरावेदकले पाउने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३३१४ - लेनदेन कीर्ने

 फैसला मिति:२०४४/१०/१७  संयुक्त इजलास  १८०५
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी:रुपन्देही सिद्धार्थनगर न.पं.वडा नं. ६ बस्ने चन्द्रीकाप्रसाद कुमाल । बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी: ऐ.ऐ. पर्सा गा.पं. वडा नं. ७ तरकुलाहा बस्ने गुञ्जेश्वरी त्रिपाठी। ऐ.ऐ बस्ने गुन्जेश्वरी त्रिपाठी । ऐ.ऐ बस्ने दुजेन्द्रमणी त्रिपाठी। पुनरावेदक/वादी: जि.रुपन्देही वगाहा नगर गा.पं.वडा नं. ४ बस्ने दिनानाथमणी त्रिपाठी ।

अं.अ. ले कीर्ते तर्फका प्रतिवादीहरूलाई भएको जरिवानाको रकम जोडी ९,६९६।–जरिवाना भएको भन्ने आधारमा प्रस्तुत मुद्दा क्षे.अ.को अधिकार क्षेत्र भित्र पर्ने भनी सारी पठाएको नाताबाट क्षे.अ.ले इन्साफ गरेको देखियो, तर न्यायप्रशासन सुधार ऐन, २०१३ को दफा १३ मा भएको व्यवस्थाबाट लागेको अभियोगमा हुनसक्ने जरिवानाको आधारमा क्षेत्राधिकार कायम गरिएको यसरी प्रतिवादीहरूलाई भएको सजायँको अंक जोडी क्षेत्राधिकार कायम गरी क्षे.अ.ले आफ्नो क्षेत्राधिकार भित्रको भनी इन्साफ गरेको मिलेको नदेखिने । (प्रकरण नं. ११

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३३१३ - हक सफा

 फैसला मिति:२०४४/०९/२९  संयुक्त इजलास  २०९४
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/प्रतिवादी: जिल्ला धनुषा वीसरमोरा गा.पं. वडा नं.८ बस्ने राम नारायण राय यादव बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी:ऐ. बस्ने राम अशेश्वर गोइत ।

भएको नक्शाबाट विवादको जग्गा र वादीको जग्गामा बाटो देखिए पनि वादीको नक्शा जिरहबाट वादीको कि.नं. २० को न.नं. १ को जग्गाको पश्चिममा गाउँ ब्लक रहेकोबाट वादीको जग्गामा जान विवादित जग्गामा देखाएको बाटो अनिवार्य नदेखिएको अरु यो यस किसिमले विवादित जग्गा वादीलाई सन्धिसर्पन पर्ने भनी देखाउन नसकेकोले सन्धी पर्ने भनी निखन्न पाउने ठहर्या्एको क्षे.अ.को इन्साफ गल्ती ठहर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३३१२ - कर्तव्य ज्यान

 फैसला मिति:२०४४/०९/०८  संयुक्त इजलास  २२०८
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/प्रतिवादी: जि.रुपन्देही केरावानी गा.पं. वार्ड नं.२ राजावारीमा घर भै हाल जि.रुपेन्देही केन्द्रीय कारागार सिद्धार्थ नगर भैरहवामा थुनामा बसेको नर बहादुर राना मगर । ऐ.ऐ घर भै ऐ.मा थुनामा रहेको प्र.वीर थापा मगर । ऐ.ऐ घर भै कारागार शाखा पाल्पामा थुनामा रहेकी झनमाया थापा मगर्नी । बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी: नर बहादुर रानाको जाहेरीले प्र.स.नि.श्री जुद्धब हादुर कार्कीको प्रतिवेदनले श्री ५ को सरकार ।

अभियुक्तहरूले प्रहरीमा कागज गर्दा घाँटी अठ्ठयाई मारेको भनी देखाए बमोजिम कै चिन्हहरू लाश जाँच प्रकृति मुचुल्काबाट देखाइएको घाँटीमा भएको रसिको डाम तथा पोष्ट मार्टममा देखाइएको घाँटीको चारैतिर परेको डोरीको डामको आधारमा मृत्युको कारण काटी थिची सास बन्द भई मरेको भनी राय व्यक्त गरेकोबाट उक्त साविती अन्यथा मान्न सकिने अवस्था देखिन नआउने । (प्रकरण नं. २३) वारदातको दिन अभियुक्तहरू आफ्नै घरमा रहे भएको भनी देखाए पनि सावितीमा देखाइएको वारदातको रात भर नै अभियुक्तहरू आफ्नै घरमा रहेको भनी अनिवार्य रुपले मान्नु पर्ने सम्मको कुनै अवस्था नदेखाएकोबाट ती साक्षीहरूले अभियुक्तहरूलाई वारदातको दिन रातमा निजहरूकै घरमा देखिए पनि वारदात घटेको समयमा अभियुक्तहरू मर्नेको घरमा गई मर्नेलाई कर्तव्य गरी मारेको होइन भनी भन्न सकिने अवस्था कुनै रहे भएको मिसिलबाट नदेखिएको हुँदा प.क्षे.अ.ले अभियुक्तहरूले नै मर्नेलाई कर्तव्य गरी मारेको ठहराएको शुरु इन्साफ सदर गरेको मनासिब ठहर्छ । (प्रकरण नं. २३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३३११ - खुन डाँका

 फैसला मिति:२०४४/०९/०२  संयुक्त इजलास  २३२८
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी: भीम कुमारी मल्लको जाहेरीले श्री ५ को सरकार । बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी: भारत जि. बहराइच थाना नानपारा अन्तर्गत कोडरी गाउँ बस्ने मजित नाउ । ऐ थाना सेराघाट अन्तर्गत पेडित पुरुवा बस्ने छोटकन वनिया । वर्दिया खेरापुर गा.पं. अन्तर्गत सिरकोइया घर भै हाल बसाई सरी भारत हल्दा थाना अन्तर्गत बस्ने कल्लु पासी । भारत खेरिघाट थाना अन्तर्गत वख्तावार पुरुवा बस्ने पेरु पासी । ऐ.ऐ बस्ने टेडे पासी ।

अदालतमा इन्कार भई बयान गरेको छँदै प्रहरीमा आफू सावित भई आपसमा पोलेकोलाई अरु स्वतन्त्र सबूदबाट समर्थन हुनु बेगर सो मान्न नमिलेको र यिनै प्रमाणको आधारमा दायर भएको सो रातको कृष्ण बहादुरको जाहेरीबाट चलेको डाँका मुद्दामा सो प्रमाणहरू माथि लेखिए बमोजिम देखिई अभियुक्तहरूलाई सफाई दिई फैसला भएकोमा श्री ५ को सरकार तर्फबाट पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदनसम्म पनि नपरी म.प.क्षे.अ.को फैसला अन्तिम भई बसेकोबाट पनि यी प्रमाणहरूलाई जिकिर बमोजिमको मान्यता दिन मिल्ने अवस्था नदेखिने । (प्रकरण नं. २१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३३१० - उत्प्रेषण

 फैसला मिति:२०४४/०८/२७  संयुक्त इजलास  २५०१
 पुनरावेदक/ प्रतिवादी : निवेदक : ग.अं.तनहू जिल्ला काहू शिवपुर गा.पं.वडा नं. ९ ग्वास्लुङ बस्ने मिनराज चन्द ठकुरी । बिरुद्ध विपक्षी/वादी : विपक्षी : ग.अं.तनहू श्याम्घा गा.पं. वडा नं. ४ बस्ने अञ्जना ज.ब.रा.। जि.प्र.का. रा. । जि.का तनहू ।

सार्वजनिक (अपराध र सजायँ) ऐन अन्तर्गतको अभियोग स.मु.सं. ऐन , २०१७ को अनुसूची भित्र पर्नेमा विवाद नभएको र सोही ऐनमा भएको व्यवस्थाबाट यस्तो अपराध जुन इलाकामा भएको छ सोही इलाकाको प्रहरी कार्यालयमा जाहेरी दर्खास्त दिनु पर्ने र सोही प्रहरी कार्यालयले पनि अनुसन्धान कारवाही गर्नु पर्ने व्यवस्था गरेको पाइने । (प्रकरण नं. १५) जाहेरवालाले विवाह गर्ने निधो गरी पोखरामा जन्ती आई विवाह गर्ने निधो भए बमोजिम जन्ती नआई जाहेरी दर्खास्त बमोजिमको अपराध गरेको भनी अभियोग लगाएकोबाट पोखरामा हुन गर्न पर्ने काम नगरी दिएबाट सो अपराध हुन गएको भन्ने दावी भएकोबाट वारदात पोखराकै मान्नु पर्ने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३३०९ - लुटपिट

 फैसला मिति:२०४४/०७/२६  संयुक्त इजलास  १९६७
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी: जि.बाँके बेलहरी गा.पं.वार्ड नं.९ बस्ने लिला प्रसाद कुर्मी । बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी: ऐ. ऐ. बस्ने चन्द्रकला कुर्मिनी । ऐ. ऐ. बस्ने सम्पता कुर्मिनी । ऐ. ऐ. बस्ने राजदेई कुर्मिनी । ऐ. ऐ. बस्ने रमपता कुर्मिनी ।

प्रतिवादीका साक्षीहरूको बकाई बमोजिम वादीले प्र.ले जोतेको जग्गावाली वटैया गरी नदिएबाट वार्ड अध्यक्ष सदस्य तथा भद्र भलादमी समेत बसी वटैया गरी दिएको भर्पाई मुचुल्काको नक्कल समेत प्रतिउत्तर साथ पेश भइरहेको देखिन आएकोबाट प्रतिवादीका साक्षीहरूको बकाई निरर्थक भन्न सकिने अवस्थाको देखिन आएन उसमा पनि वादीले प्रतिवादी बनाएका मानिस हेरिएमा प्रतिवादी बनाएका १५ जना मध्ये ८ जना सोही भर्पाई मुचुल्कामा बसेको देखिएकोबाट समेत रिसइवीको कारणबाट सम्बन्धित व्यक्तिहरू सबैलाई प्रतिवादी बनाई प्रस्तुत मुद्दाको फिराद दिएको देखिने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३३०८ - गुठी धर्म लोप पालो

 फैसला मिति:२०४४/०९/२८  संयुक्त इजलास  २१७८
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी:ललितपुर जिल्ला ल.पु.न.पं. वडा नं. ५ नखीपोट बस्ने बालकुमारी भण्डारी । बिरुद्ध विपक्षी/वादी : प्रत्यर्थी/प्रतिवादी:का.जि.का.न.पं.वडा नं. ३ बालुवाटार बस्ने रामविक्रम भण्डारी । का.जि. खरेल गा.पं. वडा नं.२ बाँसगाँउ बस्ने हरिविक्रम भण्डारी ।

अधिग्रहण बापत पाएको क्षतिपूर्तिको रकम विपक्षी प्रतिवादीले निजी प्रयोगमा लगाए तापनि अरु जग्गाबाट पूजा आजा गरेको र चलेको भन्ने देखिएकोले जग्गा अधिग्रहण बापतमा पाएको क्षतिपूर्तिको रकम निजी प्रयोगमा लगाएकै मात्र आधारले धर्मलोप गरेको भनी ठहराउन मनासिब हुने देखिँदैन, तसर्थ जग्गा अधिग्रहणमा प्राप्त भएको मुआब्जा रकम विपक्षी प्रतिवादीहरूले दाखेल गर्नु पर्ने र सो रकमको ब्याजबाट पूजा आजा आदी गर्नु पर्ने ठहर्छ, मुआब्जाको हकमा स्पष्ट किटान माग दावी नभएकोले त्यसतर्फ विचार गरिरहन परेन भनी गरेको म.क्षे.अ.को इन्साफ सो हदसम्म बदर भई केही उल्टी हुने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३३०७ - उत्प्रेषण

 फैसला मिति:२०४४/०८/२८  संयुक्त इजलास  २०३८
 पुनरावेदक/ प्रतिवादी : निवेदक :ल.पु.जि. ल.पु.न.पं.वार्ड नं. ४ जावलाखेल बस्ने रामहरी शर्मा ढकाल बिरुद्ध विपक्षी/वादी : विपक्षी : मालपोत अधिकृत मा.पो.का.ललितपुर । ल.पु.जि.ल.पु.न.पं. वार्ड नं. २१ श्री बहाल बस्ने बुद्धाचार्य शाक्य

सर्वोच्च अदालतले उत्प्रेषणको आदेशद्वारा पूर्व निर्णय बदर गरी कानुन बमोजिम पुनः निर्णयको लागि परमादेशको आदेश समेत जारी भएको हुँदा उक्त आदेश बमोजिम पनि पक्ष विपक्ष दुवैलाई बुझिकन निर्णय गर्नु पर्ने हुन्छ, उक्त आदेश स्वयंले एकाको हक स्वामित्वलाई समाप्त गरी अर्काको हक स्वामित्व स्थापित गरेको पनि छैन, स.अ.को आदेशले पहिले भएको निर्णयलाई बदर गरी निर्णय विहिन अवस्थामा पुर्याएई पुनः निर्णय गर्न तोकी पठाएको सम्म मात्र हुँदा सो निर्णयबाट रामहरीको दर्ता बदर र बुद्धाचार्यको दर्ता कायम गरेको भन्न नमिल्ने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३३०६ - उपयुक्त आज्ञा, आदेश जारी गरी गैरकानुनी लगत कट्टा गराई समयमै छुट्कारा पाउँ

 फैसला मिति:२०४४/१०/०६  संयुक्त इजलास  २०७०
 पुनरावेदक/ प्रतिवादी : निवेदक :जि.मोरगं हेरैचा गा.पं.वार्ड नं.३ घर भै हाल जि.का. कारागार शाखा पर्सा वीरगञ्जमा थुनामा रहेको महेश खवास । बिरुद्ध विपक्षी/वादी : विपक्षी :श्री मोरङ जिल्ला अदालत, विराटनगर । श्री जिल्ला कार्यालय,कारागार शाखा,पर्सा,वीरगंज ।

पन्ध्रसय रुपैयाँ भन्दा बढी जतिसुकै जरिवाना भए तापनि जरिवाना बापत ४ वर्षकैद गर्नुपर्ने र पुनरावेदन गरेबापत थप सजायँ गर्नु पर्दा लागेको जरिवानाको सयकडाले हुने थप जरिवाना नतिरे कैद गर्नु पर्दा हुने कैद थप गर्नु पर्ने देखिँदा पुनरावेदन गरे बापतको जरिवाना समेतको कैद थपिंदै जाने कानुनी प्रावधान भएको देखिने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३३०५ - उत्प्रेषण वा उपयुक्त रिट आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४४/०९/२२  संयुक्त इजलास  २२७६
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि.सर्लाही मोनहरपुर गा.पं. वार्ड नं. १ हाल मोहनपुर गा.पं. वार्ड नं.१ बस्ने रामदिप महतो सुडी । बिरुद्ध विपक्षी/वादी : विपक्षी : भू.सु.का.सर्लाहीका भूमि सुधार अधिकारी, तेज नारायण देव । जि. सर्लाही गा.पं. मंलगवा वार्ड नं. ८ बस्ने भगवान साहू रौनियार ।

अधिकतम हदभन्दा बढी जग्गाको मोहियानी हक प्राप्त गर्दा मोहीलाई कुन जग्गाको मोहियानी हक कायम राख्ने हो भन्ने रोजाउनु पर्ने र हदबन्दी भन्दा बढी नहुने गरी निजले रोजेको जग्गाको मोहियानी हक प्राप्त गर्न प्रतिबन्ध लगाएको देखिने । (प्रकरण नं. ९) नियमले नै मोहीलाई रोज्न पाउने अधिकार दिएको अवस्थामा जाहेरी दिएको कारणले जग्गा नै रोजेको हुँदा जाहेरवालाको जग्गा प्राप्त गर्ने निर्णय गरेको भन्ने भूमि सुधार कार्यालयको निर्णयमा भूमिसम्बन्धी नियमहरू, २०२० को नियम १४ को प्रतिबन्धात्मक वाक्यांश (क) को त्रुटी देखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३३०४ - उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।

 फैसला मिति:२०४४/०९/१३  संयुक्त इजलास  १९३६
 पुनरावेदक/ प्रतिवादी : निवेदकः जि.पर्सा बहुअर्वा गा.पं. वार्ड नं. २ बस्ने श्रीमती कृष्णदेवी चाइन । बिरुद्ध विपक्षी/वादी : विपक्षीः श्री प्रमुख जिल्ला अधिकारी, पर्सा । श्री मालपोत कार्यालय,वीरगंज । जि.पर्सा वहुअर्वा गा.पं. वडा नं.२ बस्ने वोकु महतो चाई ।

हकवाला भएकोमा निवेदक सावित नै भए पनि सन्धिसर्पन परेको भन्नेमा इन्कार रहेको देखिन्छ, सन्धिसर्पन पर्ने हो होइन भन्ने तथ्य प्रमाण बुझी ठहर गर्नु पर्ने विषय हुन्छ, प्रमाण बुझी ठहर गर्नुपर्ने विषयमा सन्धिसर्पन परेको भनी निखन्न पाउने गरेको मालपोत कार्यालयको निर्णय र सो निर्णय सदर गरेको जिल्ला कार्यालयको निर्णयमा रजिष्ट्रेशनको महलको ३५ नं.को देहाय २ को क्षेत्राधिकार सम्बन्धी त्रुटी देखिँदा रजिष्ट्रेशनको ३५ नं.को देहाय २ बमोजिम ३५ दिनभित्र नालिश गर्नु भनी सुनाई दिन प्रत्यर्थी कार्यालयको नाममा परमादेशको आदेश जारी हुने। (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३३०३ - उत्प्रेषण वा अन्य जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।

 फैसला मिति:२०४४/०९/१२  संयुक्त इजलास  २११७
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि.रौतहट चन्द्रनिगाहपुर गा.पं. वार्ड नं. ६ बस्ने मान बहादुर बस्नेत बिरुद्ध विपक्षी/वादी : प्रत्यर्थी : नेपाल बैंक लिमिटेड, सघन बैकिंग कार्यालय, चन्द्रनिगाहपुर । नेपाल बैकं लिमिटेड,प्रधान कार्यालय,काठमाडौं । जि.रौतहट चन्द्रनिगाहपुर गा.पं. वार्ड नं.६ बस्ने जामुन साह

निवेदकले जामुन साहलाई कारोबार गर्न दिएको अख्तियारनामामा अख्तियार दिएको व्यक्तिले गरेको कारोबारबाट बैंकलाई कुनै हानी नोक्सानी हुन गएमा म स्वयं बेहोर्ने छु भन्ने समेत बोली परेको देखिँदा जामुन साहले गरेको कारोबारलाई निवेदकले नै गरेको कारोबार सम्झनु पर्ने र निजले सो कारोबार गर्दा उत्पन्न दायित्व अख्यिार दिने व्यक्तिले नै व्यहोर्नु पर्ने हुन आउँछ, कारोबारको लिमिट भन्ने कतैबाट नदेखिए पछि अख्तियार प्राप्त व्यक्तिले गरेको कारोबारबाट उत्पन्न दायित्वबाट पन्छिन नमिल्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३३०२ - चोरी

 फैसला मिति:२०४४/११/०३  संयुक्त इजलास  २७७२
 पुनरावेदक/ प्रतिवादी : निवेदक/वादी: प्रहरी प्रतिवेदनले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : प्रत्यर्थी/प्रतिवादी:का.जि.का.न.पं.वडा नं.९ बत्तिसपुतल बस्ने महेन्द्र के.सी. ।

मुलुकी ऐन चोरीको महलको १ नं. मा बेइमानीका नियतले लग्यो भने भन्ने लेखिएको सामानको बोरालाई ५० गजसम्म घिसारी लगिसकेको अवस्था र प्रकृतिमा चोरीको १० नं. बमोजिम चोरीको उद्योगसम्म गरेको भन्न नमिल्ने यस्तो अपराधिक स्थितिलाई अपराधिक कृया गरिराखेको मान्नु पर्नेमा मनसायको अभाव देखिई निज प्रतिवादीलाई सफाई दिने गरेको इन्साफ समेत नमिलेको हुँदा उल्टी हुने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३३०१ - लेनदेन

 फैसला मिति:२०४४/१०/२०  संयुक्त इजलास  २२८१
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी: जि.सुर्खेत बजेडी गा.पं. वार्ड नं. ७ बस्ने भिम बहादुर बस्नेत बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी: जि.बाँके परसपुर गा.पं. वार्ड नं. १ बस्ने कुवर अमर सिंह ठाकुर ।

जग्गाको तोकिएको सबै मूल्य तत्कालै बुझाई राजीनामा गरी लिने दिने गरी सोही व्यहोरा लिखतमा खोलिएको भए त्यस्तो लिखतलाई राजीनामा लिखत मान्नु पर्ने जग्गाको मूल्य मंसीर मसान्तमा बुझाई कार्तिक मसान्तमा राजीनामा रजिष्ट्रेशन पारीत गरी दिने गरी शर्त उल्लेख गरी लिखत भएको र लिखत मै शर्तनामाको कागज भन्ने उल्लेख भएबाट उक्त लिखतलाई शर्तनामा नभई ऋण लिखत भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १४) शर्तनामाको कागज भएकोमा शर्तनामा बमोजिम गराई पाउँ भन्ने दावी नभई शर्तनामा उल्लंघन भएको हुँदा बुझेको रुपैयाँ फिर्ता पाउँ भन्ने दावी लिएको मिलेको नदेखिँदा वादी दावी पुग्न नसक्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३३०० - उत्प्रेषण

 फैसला मिति:२०४४/१०/१९  संयुक्त इजलास  १९६१
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि.सिराहा गा.पं.डुमरी वार्ड नं. १ बस्ने प्रगासी यादवनी । ऐ.ऐ बस्ने रामराजी यादवनी । बिरुद्ध विपक्षी/वादी : विपक्षी : भू.सु.का. सिराहा । जि.सिराहा गा.पं. डुमरी वार्ड नं.१ बस्ने दशैं पासवान ।

बेग्लाबेग्लै कित्ता जग्गाका बेग्लाबेग्लै जग्गाधनी उपर मोही हकको प्रमाणपत्र पाउँ भनी छुट्टा छुट्टै नालेश उजूर गर्न पर्ने । (प्रकरण नं. ७) अ.बं. ७२ नं.को विपरीत हुने गरी बेग्लाबेग्लै कि.नं.जग्गाको बेग्लाबेग्लै जग्गाधनी भएको देख्दा देख्दै एउटै नालेश उजूर लिई विपक्षीलाई मोही ठहर्याकई मोहियानी हकको प्रमाणपत्र समेत जनाई दिने ठहर्यााएको निर्णय मिलेको नदेखिने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२९९ - जग्गा खिचोला मेटाई दर्ता बदर गरी घरबारी छुट्याई चलन चलाई पाउँ

 फैसला मिति:२०४४/०९/०५  संयुक्त इजलास  २०२९
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/प्रतिवादी: कृष्णध्वजको मु.स. गर्नेहरू जि.का. काठमाडौं न.पं. वडा नं. २९ बस्ने रामलाल ध्वबी । ऐ.ऐ बस्ने परमेश ध्वबी । ऐ.ऐ बस्ने बानीभाई ध्वबी । ऐ.ऐ बस्ने मंगलमाया ध्वबी । ऐ.ऐ बस्ने श्याम कुमार ध्वबी । बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी: ऐ. वडा नं. २० बस्ने बेलमाया ताम्राकार । निवेदक/वादी: ऐ. वडा नं. २० बस्ने बेलमाया ताम्राकार ।

भिन्न भएको भन्ने भोगबन्धकी पास लिखतमा जनिए पनि एउटै घरको दुई खण्डमा बसोवास गरी आएको अंशियार दाजुभाइ भएकोले रीतपूर्वकको अंशबण्डाको अभावमा एउटा अंशियारको नाममा नापी हुन गएको अवस्थामा अन्य उनाउ तेश्रो व्यक्तिले दर्ता गराए सरह हदम्याद भित्र उजूर गरी आफ्नो दर्ता कायम गराई हाल्नु पर्छ भन्ने बाध्यता अंशियार भाइलाई पर्छ भन्न मनासिब नदेखिने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु