विस्तृत खोजी

 
 
 
 
 
      

२७ खोजी नतिजाहरु

निर्णय नं. ३१६३ - कर्तव्य ज्यान

 फैसला मिति:२०४४/०३/३०  संयुक्त इजलास  २४७१
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी: प्र.ना.उ.वलेन्द्र बहादुर सिंहको प्रतिवेदन र दुलारी मिश्राइनको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी: रुपन्देही जिल्ला वसन्तपुर गा.पं. वडा नं. ३ पननी बस्ने जोखु पाण्डे । ऐ.ऐ बस्ने ललितादेवी मिश्राइन । ऐ.ऐ बस्ने तहसिल तेली । ऐ.ऐ बस्ने राधीका ब्राम्हाण । ऐ.ऐ बस्ने परक कुर्मी । ऐ. वडा नं. ७ बस्ने दुनियायत तिवारी । ऐ.ऐ बस्ने फागु कहार । भारत जिल्ला गोरखपुर पिपरा बस्ने सिउमुरत कायस्थ । ऐ.ऐ बम्बियरगंज घर भै हाल चिलिया गा.प.वडा नं. ६ हाटी वनगाई बस्ने रामविलास पाण्डे ।

अदालतमा आई बकपत्र गर्दा मर्ने मानिस सो अवस्था बोल्दै थियो भन्ने सम्म कुरा सकारी सो मुचुल्कामा उल्लेख भएका कुराहरू आफूले नसुनेको भनी देखाई मर्नेले होस छँदै भनेको ठीक हो भनी प्रमाणित नगरेकोबाट सो मुचुल्कामा लेखिएका कुरालाई शंकारहित तवरमा प्रमाणमा लिन सकिने अवस्था रहन आएन । (प्रकरण नं. ३६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३१६२ - जालसाजी

 फैसला मिति:२०४४/०३/०८  संयुक्त इजलास  २३१३
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/प्रतिवादी:ल.पु.जि.ल.पु.न.पं. वडा नं. २१ सिवाहाल बस्ने देवमुनी शाक्य । बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी: ऐ.ऐ. तखाछें बस्ने चीरीकाजी शाक्य । पुनरावेदक/वादी: ल.पु.न.पं. वडा नं. २१ सिवहाल बस्ने चीरीकाजी शाक्य

फौज्दारी मुद्दामा कुनै व्यक्तिले झुठ्ठा प्रमाण बनाई रिसइवीले वा मनासिब माफिकको कारण वा तथ्य नभई कुनै व्यक्ति उपर मुद्दा चलाएको ठहरेमा त्यस्तो व्यक्तिलाई सजायँ गर्ने व्यवस्था भएको, तर पोल उजूर गर्दा रिसइवी रहेनछ वा पोल उजूर गर्नु पर्ने मनासिब माफिकको तथ्य भई गरेको हो भन्ने मुद्दा हेर्ने अड्डालाई विश्वास भएमा त्यस्तो पोल उजूर गर्ने व्यक्तिलाई सवै वा केही सजायँ नगर्न सक्ने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३१६१ - दोहोरो लेनदेन

 फैसला मिति:२०४४/०३/०८  संयुक्त इजलास  २५६८
 पुनरावेदक/ प्रतिवादी : निवेदक/वादी:ल.पु.जि.ल.पु.न.पं. वडा नं. २१ सीवहाल बस्ने देवमुनी शाक्य । बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी: ऐ.ऐ. लखाछें बस्ने चीरीकाजी शाक्य । ऐ.ऐ श्री बहाल बस्ने लक्ष्मीज्योती शाक्य

वादीको लिखत पहिले नै पास भइसकेपछि मात्र प्र. को लिखित पास भएको देखिन आएकोले ऐनमा भएको व्यवस्था बमोजिम वादीको अघिल्लो लिखत कायम भई प्र.को पछिल्लो राजीनामा कायम रहन नसक्ने । (प्रकरण नं.१०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३१६० - खिचोला चलन

 फैसला मिति:२०४४/०३/०८  संयुक्त इजलास  २१६४
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी:ल.पु.जि.ल.पु.न.पं. वडा नं. २१ गावाहाल बस्ने देवमुनी शाक्य । बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी: ऐ.ऐ. सिवाहाल तखाछें बस्ने चीरीकाजी शाक्य । ऐ.ऐ सिवाहाल बस्ने लक्ष्मीज्योती शाक्य ।

जुन घर जग्गा खिचोला गरे भनी वादीले दावी लिएको छ सो घर राजीनामा लिंदाकै अवस्थामा भोगमा भइरहेको भनी आफ्नै लिखतमा देखाएको सो भोगबन्धकी थैली बुझाई पाउँ भनी मालमा कारवाही चलाएको भए पनि भोगको लखमा खाने विपक्षीलाई बुझाई सकेको उक्त थैली बुझाई पाउँ भन्ने मालबाट कारवाही भएको मिसिलबाट देखिन नआएको र अघि थैली बुझाएको ऐन बमोजिम सबुद बेगर राजीनामा लिने वादीले चलन पाउने अवस्था नदेखिएको सो नबुझाए सम्म खिचोला गरेको भन्न नमिल्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३१५९ - रकम दिलाई पाउँ

 फैसला मिति:२०४४/०५/२२  संयुक्त इजलास  २३३०
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/प्रतिवादी: काभ्रेपलाञ्चोक जिल्ला नाला उग्रचण्डी गा.पं. वा.नं. ३ हाल नाला गा.पं. वा.नं. ३ इवाटोल बस्ने रामेश्वर श्रेष्ठ । बिरुद्ध विपक्षी/वादी : प्रत्यर्थी/वादी: ऐ.चण्डेश्वरी गा.पं. दथुटोल स्थित चण्डेश्वरी कपडा कारखाना प्रा.लि. का व्यवस्थापक भोलानाथ आचार्य

वादी दावी बमोजिमको विवादित लिखत प्रतिवादीले गरिदिएकोमा विवाद देखिन्न, सो लिखत अ.बं. २४ नं. अनुरुपको र त्यस लिखत उपर प्रतिवादीले अन्यथा उजूर गरेको र बदर भएको समेत पाइँदैन, सो लिखतमा लेखिएको अन्तिम चुक्ति गर्ने मिति ५ वर्षको म्यादभित्र रकम नतिरेको कुरामा पनि पुनरावेदक प्रतिवादीले अन्यथा भन्न सकेको देखिँदैन, करार ऐन, २०२३ को दफा २(क) अनुसार सो लिखत सोही ऐनको परिभाषा भित्र परेको प्रष्ट देखिन्छ, यस्तो स्थितिमा लिखत सद्दे साँचो भएको र कानूनी म्यादभित्र फिराद परेको समेतका आधार प्रमाणबाट वादी दावी बमोजिमको रु. वादीले प्रतिवादी पुनरावेदकबाट भरी पाउने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३१५८ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४४/०३/२१  संयुक्त इजलास  २१६४
 पुनरावेदक/ प्रतिवादी : निवेदक : तारावारी (दमक) झापा स्थित जय इन्डष्ट्रिजको साझेदार जि. मोरङ विराटनगर न.पं. वार्ड नं. ९ बस्ने सुरेशचन्द्र अग्रवाल । बिरुद्ध विपक्षी/वादी : विपक्षी : कर कार्यालय, भद्रपुर चन्द्रगढी । श्री कर विभाग,लाजिम्पाट काठमाडौं । श्री मध्यमाञ्चल क्षेत्रीय अदालत,काठमाडौं ।

करदाताले आय विवरण दाखिल नगरे वा झुठ्ठा विवरण दाखिल गरेमा वा कारोवारको लेखा नराखेमा वा राखेको लेखालाई मान्यता दिन नमिल्ने भएमा कुन आधारमा खुद आय कायम गरेको हो सो स्पष्ट खुलाई करदातालाई सूचना दिन पर्ने । (प्रकरण नं. १२) आयकर ऐन, २०३१ को दफा ३३(४) को प्रतिकूल हुने गरी कर कार्यालयबाट खुद आय कायम गरी कर निर्धारण गर्ने गरेको आदेश तथा सो उपरको कर विभागको पुनरावेदन निर्णय एवं कर विभागको निर्णय उपर पुनरावेदन गर्न अनुमति प्रदान नगर्ने गरेको म.क्षे.अ. को आदेश समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३१५७ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ।

 फैसला मिति:२०४४/०३/२१  संयुक्त इजलास  २२७३
 पुनरावेदक/ प्रतिवादी : निवेदक :का.जि.का.न.पं. वडा नं. २३ ओमबहाल बस्ने तेजमाया शाक्य । बिरुद्ध विपक्षी/वादी : प्रत्यर्थी : ऐ.ऐ. बस्ने गोविन्दलाल रंजितकार । श्री काठमाडौं नगर पञ्चायत ।

ढल निकासको कारणबाट जग्गामा नै हक प्राप्त हुन्छ भन्न मिल्दैन, निकास बहाव (Overflow) सम्मको हक प्राप्त हुन्छ, यस स्थितिमा तेरो मेरो परेको मान्न नमिल्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३१५६ - जालसाजी

 फैसला मिति:२०४४/०३/०७  संयुक्त इजलास  २३८५
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/प्रतिवादी:बागमती अञ्चल काठमाडौं जिल्ला,काठमाडौं नगर पञ्चायत वडा नं. २४ अन्तर्गत इन्द्रचोक तहपाके बस्ने मोहन बहादुर अमात्य । बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी: ऐ.ऐ. वडा नं. २५ ठमेल बस्ने मोहनलाल प्रधान ।

मोही निष्कासन मुद्दा शुरु फैसला भई पुनरावेदन तहमा चल्दा चल्दैको अवस्थामा नाम भूल सुधार गरेको भन्ने स्पष्ट देखिन आएकोबाट मुद्दा चल्दाचल्दैको अवस्थामा भए गरेको त्यस्तो कार्य मान्य हुनसक्ने देखिन आउँदैन । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३१५५ - बन्दीप्रत्यक्षीकरण लगायतको जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४४/०४/२०  संयुक्त इजलास  २२६६
 पुनरावेदक/ प्रतिवादी : निवेदक :बाँके जिल्ला उढरापुर गा.पं.वडा नं.१ वसन्तपुर हाल जि.प्र.का. काठमाडौंमा थुनामा बस्ने ऐन सिंह ठकुरीको हकमा प्रेमध्वज चन्द बिरुद्ध विपक्षी/वादी : विपक्षी : अञ्चलाधीश, वागमती अञ्चलाधीशको कार्यालय । प्र.जि.अ. जिल्ला कार्यालय,काठमाडौं । बागमती अंचल प्रहरी कार्यालय । जिल्ला प्रहरी कार्यालय काठमाडौं ।

अदालतको विचाराधीन रहेको अवस्थामा थुनामा राखेको भनेको देखिँदा शुद्ध कारवाही भए गरेको मान्न मिलेन । तसर्थ अदालतको विचाराधीन रहेको विषयमा प्रतिकूल असर पर्ने गरी प्र.जि.अ. ले थुनामा राख्ने भन्ने आदेश अवैध देखिँदा बन्दीप्रत्यक्षीकरणको आदेशद्वारा निवेदकलाई थुनाबाट मुक्त गरिदिनु भनी विपक्षीहरूका नाउँमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३१५४ - लुटपिट

 फैसला मिति:२०४४/०४/१९  संयुक्त इजलास  २२३९
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी: जिल्ला बारा रघुनाथपुर गा.पं. वा.नं. ८ हाल मटिअर्वा गा.पं. वा.नं. ५ बस्ने ब्रज किशोर पाण्डे । बिरुद्ध विपक्षी/वादी : प्रत्यर्थी/प्रतिवादी: जिल्ला बारा मटिअर्वा गा.पं. वा.नं. ६ बस्ने लतिफ मियाँ अन्सारी हाल पुरैनिया पञ्चायत। ऐ.ऐ बस्ने इस्लाम मिया अन्सारी । ऐ.ऐ बस्ने गुलाम मिया अन्सारी ।

वादी पुनरावेदकले पाएको चलन पुर्जीमा ३ वर्षका लागि पाएको भन्ने प्रष्ट देखिन आउँछ र गा.पं. ले म्याद थपेको भन्ने कुरामा जिल्ला कार्यालयको पत्रबाट ०३७ साल आषाढ मसान्त सम्म मात्र कायम भएको भन्ने देखिनुका साथै लुटपिट नगरेको कुरा साक्षीका बकपत्रबाट समेत देखिएका उक्त उल्लिखित आधार प्रमाणहरूबाट लुटपिट गरेको ठहर्यािएको नारायणी अञ्चल अदालतको फैसला उल्टी गर्ने गरी प्रतिवादीलाई सफाई गर्ने गरेको फैसलामा कुनै कानूनी त्रुटि भए गरेको देखिन नआएकोले मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. १२) ञ

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३१५३ - घर भत्काई पाउँ

 फैसला मिति:२०४४/०४/१९  संयुक्त इजलास  २२३६
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/प्रतिवादी: जि.भक्तपुर नकदेश गा.पं. वडा नं. ८ बस्ने आशबहादुर उप । बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी:ऐ. चपाचो गा.पं. वडा नं. २ बहाखा बजार बस्ने ओम बहादुर मानन्धर

ठूलो स्केल र सानो स्केलमा भएको नक्शा झट्ट हेर्दा फरक देखिए जस्तो हुने भए पनि खास वस्तुस्थिति फरक नपरेको अवस्थामा त्यत्तिकै कारणले भइआएको नक्शालाई प्रमाणको रुपमा ग्रहण गर्न मिल्दैन भन्न युक्तिसंगत नहुने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३१५२ - अंश दपोट

 फैसला मिति:२०४४/०३/२८  संयुक्त इजलास  २४१७
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी:जि.धनुषा,जनकपुर न.पं. वडा नं. १४ बस्ने रामेश्वर यादव । ऐ.ऐ बस्ने केसी यादवनी । बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी: ऐ.ऐ. बस्ने रामलखन यादव । ऐ.ऐ बस्ने मोहन यादव । ऐ.ऐ बस्ने सीताशरण यादव । पुनरावेदक/प्रतिवादी:जि.धनुषा जनकपुर न.पं. वडा नं. १४ बस्ने मोहन यादव ।

अंशबण्डाको २७ नं. को व्यवस्था हेरिएमा दबाए छपाएको छैन भनी कागज गरिसकेपछि दबाए छपाएको ठहर्यो् भने त्यो धनमाल दबाउनेले पाउँदैन, अरु नदबाउने अंशियारले ऐन बमोजिम अंश गरी खान पाउँछन् भन्ने समेतको व्यवस्था भएको पाइन्छ । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३१५१ - कर्तव्य ज्यान ।

 फैसला मिति:२०४४/०२/२२  संयुक्त इजलास  २४७३
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी:घनश्याम अर्यालको जाहेरीले श्री ५ को सरकार । बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी: गुल्मी जिल्ला आँपचौर गा.पं. वडा नं. २ बस्ने टिकाराम अर्याल । ऐ.ऐ बस्ने पूर्णकला अर्यालनी । ऐ.ऐ कौशिला बोटेनी ।

स्वतन्त्र सबुद प्रमाणको अभावमा आफ्नै स्वास्नी छोरा नाति बुहारी समेतलाई मार्नु पर्ने सम्मको रिसइवी रहे भएको समेत पुष्टि हुन नसकेको अवस्थामा केवल प्रहरीमा भएको साविती तथा पोललाई मात्र आधार बनाई ज्यान जस्तो गम्भीर कसूरमा दोषी ठहर गर्न मिल्ने नभई शंकाको सुविधा अभियुक्तहरूले पाउने । (प्रकरण नं. २३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३१५० - उत्प्रेषण समेत

 फैसला मिति:२०४४/०४/१८  संयुक्त इजलास  २०८३
 पुनरावेदक/ प्रतिवादी : निवेदक : धनुष ट्रेडर्स जनकपुरको प्रो.जनकपुर न.पं. वा.नं. ५ बस्ने रमेशप्रसाद सराफ । बिरुद्ध विपक्षी/वादी : विपक्षी : कर कार्यालय जनकपुर । कर विभाग लाजिम्पाट । आय निर्धारण समिति विघटन भई अर्थ मन्त्रालय । माध्यमाञ्चल क्षेत्रिय अदालत काठमाडौं ।

आयकर ऐन, २०३१ को दफा ४०(१) मा उल्लिखित व्यवस्था मुताविक जम्मा ४ जना सदस्य र एकजना अध्यक्ष भएको समिति गठन गर्न सक्ने नै देखियो, ४ जना भन्दा कम सदस्य जति पनि रहन सक्ने कुरा उक्त व्यवस्थाले प्रष्ट गरेको र ३ जना सदस्य तोकी १ अध्यक्ष त्यसबाट तोक्नु उल्लिखित व्यवस्थाको विपरीत मान्न नमिल्ने । (प्रकरण नं. १०) आयकर निर्धारण गर्दा आयकर ऐन, ०३१ को दफा ३३(४) बमोजिम सूचना निवेदकलाई दिई उक्त सूचनामा दफा ३३(२) मा व्यवस्थित देहायका (क) देखि (छ) सम्मको कुन आधारमा आय निर्धारण गर्न लागिएको हो स्पष्ट खुलाइएको हुनुपर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३१४९ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४४/०५/३०  संयुक्त इजलास  २३७१
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि.सुनसरी सिमरीया गा.पं. वडा नं. १ बस्ने टेढु माझी थारु । बिरुद्ध विपक्षी/वादी : विपक्षी : जि.सुनसरी दुहवी गा.पं. वार्ड नं. ६ बस्ने जगरनाथ प्रसाद रौनियार । भूमि सुधार कार्यालय, सुनसरी । सिमरीया गा.पं. कार्यालय सुनसरी ।

मोहीको हदबन्दी भन्दा बढी जग्गा कमाएको हुँदा जग्गा प्राप्त गर्ने भन्ने उजूरी परेपछि पठाएको म्याद व्यहोरा खुलाई रीतपूर्वकको गएको नदेखिएबाट निवेदकलाई प्रतिवाद गर्न उचित मौका दिएको भन्न मिल्ने देखिन आएन । (प्रकरण नं. ११) टिप्पणीको ढाँचामा लेखिएको आदेशलाई निर्णयको दर्जा दिनु कानूनले मिल्ने देखिन नआउने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३१४८ - उत्प्रेषण्को आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४४/०३/११  संयुक्त इजलास  २३३५
 पुनरावेदक/ प्रतिवादी : निवेदक : इलाम जिल्ला इलाम नगर पञ्चायत वार्ड नं. ६ बस्ने पूर्ण बहादुर श्रेष्ठ । बिरुद्ध विपक्षी/वादी : विपक्षी : ऐ. ऐ. वार्ड नं. २ बस्ने विष्णु कुमारी श्रेष्ठ । मालपोत कार्यालय इलाम मा.पो.अ.प्रेम प्रसाद वली ।

सूचना प्रकाशित गरेको म्यादमा कोही नआएको एक भाग हकदार स्वास्नी समर्थित भइरहेको प्रमाणबाट देखिनाले मु. ऐन अपुतालीको २ नं. ज.प.का. २(क) तथा मालपोत ऐन, ०३४ को दफा ८ बमोजिम स्वर्गीय पद्म बहादुरको हकमा जग्गा निजकी स्वास्नीको नाउँमा नामसारी गरिएको भन्ने उल्लेख भएबाट निवेदकलाई मालपोत कार्यालय इलामले प्राकृतिक न्याय सिद्धान्त विपरीत अतिक्रमण गरी निर्णय गर्योम भन्न नमिल्ने । (प्रकरण नं. ९) मालपोत कार्यालय इलामबाट नामसारी गर्ने कारवाहीको निमित्त हकदारको नाममा जारी भएको १५ दिने सूचना सम्बन्धमा निवेदक यस अदालतमा आएको नहुँदा रिट निवेदकको जिकिर नै नमिलेकोले रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३१४७ - कर्तव्य ज्यान

 फैसला मिति:२०४४/०४/२६  संयुक्त इजलास  २०७७
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी: हर्खु अहिर समेतको जाहेरीले श्री ५ को सरकार । बिरुद्ध विपक्षी/वादी : प्रत्यर्थी/पुनरावेदक: रुपन्देही जि.मानपकडी गा.पं. वा.नं. ५ बस्ने बेचन अहिर

भेष बदलेर आएको थियो भन्न सकिएको छैन, एकै वडाको चिनेको मान्छे डाँका गर्न आउँदा चिन्हिने गरी आएको हुँदैन, सकेसम्म नचिन्हीने गरी आएको हुनुपर्ने । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३१४६ - घर उठाई घर जग्गा चलन पाउँ

 फैसला मिति:२०४४/०४/२०  संयुक्त इजलास  २२२०
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/प्रतिवादी: जनकपुर न.पं. वा.नं. ४ बस्ने तीर्थनाथ अर्याल । ऐ.ऐ. बस्ने ज्ञानेन्द्र नाथ अर्याल । ऐ.ऐ. बस्ने अमरेन्द्र नाथ अर्याल । बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी :जि.धनुषा जनकपुर न.पं. वा.नं. २ बस्ने केदारप्रसाद उपाध्याय । ऐ.ऐ बस्ने हरि किर्तन शर्मा ।

घर जग्गा संयुक्त रुपले भोगिआएको भनी फिरादपत्रमा उल्लेख गरेको देखिन आएकोले प्रस्तुत मुद्दामा मुलुकी ऐन अदालती बन्दोवस्तको ७२ नं. आकर्षित हुने नदेखिने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३१४५ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।

 फैसला मिति:२०४४/०४/१३  संयुक्त इजलास  २१२१
 पुनरावेदक/ प्रतिवादी : निवेदक : बालुकुमारी इम्पोरियमको प्रो.का.जि.का.न.पं. वा.नं. इन्द्रचोक बस्ने नारायण श्रेष्ठ । बिरुद्ध विपक्षी/वादी : विपक्षी : आयकर निर्धारण समिति, कर विभाग, लाजिम्पाट काठमाडौं । कर कार्यालय बबरमहल,काठमाडौं । श्री ५ को सरकार अर्थ मन्त्रालय बागदरबार,काठमाडौं

आय निर्धारण समिति गठन गर्न सक्ने आफूलाई प्राप्त अधिकार बमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आय निर्धारण समितिका तीन सदस्य तोकी सो सदस्यहरू मध्येबाट एकजना अध्यक्ष महानिर्देशक कर विभागबाट तोक्ने अधिकार प्रत्यायोजन गरी सो बमोजिम प्रत्यर्थी आय निर्धारण समिति गठन भएको देखिएकोले कानून बमोजिम नै गठन भएको समितिलाई गैरकानूनी छ भन्ने रिट निवेदन जिकिरलाई कानूनसंगत मान्न नमिल्ने । (प्रकरण नं. १४) करदातालाई कर कार्यालयबाट दिइएको सूचना आयकर ऐन, २०३१ को दफा ३३(४) बमोजिम नभएको नदेखिँदा आय कर निर्धारण समितिको निर्णय पर्चा तथा आयकर निर्धारण आदेश उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३१४४ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०४४/०२/२५  संयुक्त इजलास  २०७८
 पुनरावेदक/ प्रतिवादी : निवेदक :सि.पा.जि.बाह्रबिसे गा.पं.वडा नं.६ घर भई हाल केन्द्रीय कारागार शाखामा थुनामा रहेको राम बहादुर पौडेलको हकमा तेजनारायण चौधरी । बिरुद्ध विपक्षी/वादी : विपक्षी : श्री केन्द्रीय कारागार शाखा,काठमाडौं । श्री बागमती अञ्चलाधीशको कार्यालय,रानीपोखरीका सह-अञ्चलाधीश । श्री गृह मन्त्रालय सिंहदरबार ।

सार्वजनिक सुरक्षा ऐन अन्तर्गतको आदेश निकाल्ने अधिकारीले आत्मनिष्ठ अधिकार प्रयोग गरी निकालिएको आदेश वस्तुनिष्ठ हुनु पर्दछ अर्थात् त्यसरी सा.सु. ऐन, अन्तर्गत कुनै पनि व्यक्तिलाई नजरबन्दमा राख्ने आदेश दिने अधिकार पाएको व्यक्तिले सो अधिकार प्रयोग गर्दा मनासिब माफिकको कारण समेत देखाउनु पर्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु