शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८२६२ - क्षतिपूर्ति

भाग: ५१ साल: २०६६ महिना: फागुन अंक: ११

निर्णय नं. ८२६२     फागुन, २०६६

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री बलराम के.सी.

माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला

संवत् २०६३ सालको दे.पु.नं.०६३CI०१५८, ०१९३

फैसला मितिः २०६६।७।२९।१

 

मुद्दा : क्षतिपूर्ति ।

 

पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ११ त्रिपुरेश्वरस्थित    ब्लूक्रस क्लिनिकमा कार्यरत डा. दिनेशविक्रम शाह

विरुद्ध

प्रत्यर्थी वादीः काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. १४ कुलेश्वर वस्ने सिर्जना के.सी. तथा     निजको आमा सरिता के.सी.को हकमा जनहित संरक्षण मञ्चको तर्फबाट भोजराज ऐर

 

पुनरावेदक प्रतिवादीःकाठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ११ त्रिपुरेश्वरस्थित ब्लुक्रस नर्सिङ होम      प्रा.लि. को तर्फबाट मार्केटिङ्ग मेनेजर दिलम्बर श्रेष्ठ

विरुद्ध

प्रत्यर्थी वादीःकाठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. १४ कुलेश्वर वस्ने सीर्जना के.सी. तथा      निजको आमा सरिता के.सी.को हकमा जनहित संरक्षण मञ्चको तर्फबाट भोजराज ऐर

 

शुरु फैसला गर्ने :

क्षतिपूर्ति समिति काठमाडौं

पुनरावेदन फैसला गर्ने :

मा.न्या. श्री अलिअकवर मिकरानी

मा.न्या. श्री जनार्दनबहादुर खड्का

 

§  डाक्टरले जाँची औषधि Prescribe गरेको दिन वा औषधि खाएको पहिलो दिनदेखि गणना गर्ने होइन, औषधि दिनहुँ खाएपछि लक्षण र असरहरू देखिन थालेको दिनबाट हदम्यादको गणना गर्नुपर्छ । ऐनको व्याख्या गर्दा Purposive व्याख्या गर्नुपर्छ, निरर्थक Frustrate हुने व्याख्या गर्नु नहुने ।

§  हानि नोक्सानी भएको कुरा जुनवेला जानकारी भयो सोही मितिलाई मुद्दा गर्नुपर्ने कारण सिर्जना भएको मिति मान्नुपर्ने ।

§  औषधि सेवनको कारणबाट उत्पन्न विवादमा अन्य मुद्दामा जस्तो औषधि खाएको पहिलो दिनबाट हदम्याद गणना गर्ने व्याख्या Absurd Interpretation हुन्छ । औषधि सेवनपछि क्रमशः असर गर्न थालेको जानकारी पाएको मितिबाट हदम्यादको गणना गर्नुपर्ने ।

(प्रकरण नं.५)

§  विरामीप्रति डाक्टरको खराव भावना, खराव आचरण, खराव मनसाय हुँदैन । यदि कुनै विरामीले डाक्टरप्रति यस्ता Negligence का आरोपहरू लगाउँछ भने लगाएको डाक्टर विरुद्धको त्यस्तो Negligence को आरोप लगाउनेले नै प्रमाणित गर्नुपर्ने ।

(प्रकरण नं.८)

§  Causation हुनलाई अनिवार्य तत्व जस्तैः कसैले कुनै काम गर्छ जसको परिणाममा कुनै असर वा अपराधको तत्व हुन्छ र कसैको त्यस्तो कार्य हुन नदिन रोक्ने वा Alert गराउने कर्तव्य हुन्छ तर उसले नरोक्नाले त्यस्तो कार्य हुनमा Contribute गर्छ साथै उसले समयमा त्यस्तो नहुन सजग होशियारी र साबधान गराउनु पर्ने ।

§  Causation आँखा टि.बि. लगायतको उपचार नभई Tegrital को लामो सेवनको कारणबाट भएको देखिएको र Tegrital को लामो सेवन गर्दा हुने असरमा Alert गराउने, सावधानी गराउने, आदि शुरु र समयमै सबै कुरा जानकारी गराई Alert  गराउनु पर्नेमा नगराएको कारण गरेको असर Causation अन्यत्रको उपचार नभइ त्भनचष्तब कै कारणबाट भएकाले यस्तोमा चिकित्सकलाई Negligence को आरोपबाट उन्मुक्ति दिन नमिल्ने।

(प्रकरण नं.२९)

§  क्लिनिकले डाक्टरहरू मार्फत् औषधिबाट सेवा प्रदान गरेको अवस्थामा क्लिनिकले आफ्नो जिम्मेवारी नभएको भनी उन्मुक्ति प्राप्त गर्न नसक्ने ।

(प्रकरण नं.३०)

§  समयमा उपचार नगरी बसेको वा बिरामीलाई अन्यत्र लगी सम्बन्धित डाक्टर वा अस्पतालमा ढिला गरी लगेकोमा डाक्टरले प्रयास गर्दा पनि उपचार सफल नभएमा पनि डाक्टर वा अस्पताल जवाफदेही हुने व्याख्या गर्ने हो भने त्यस्तो व्याख्या गलत व्याख्या हुन जाने मात्र होइन डाक्टरले बिरामीको उपचार नै गर्न नचाहने अवस्था सिर्जना   हुने ।

(प्रकरण नं.४५)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारी र विद्वान अधिवक्ताहरू भोजराज भट्ट र श्री शम्भु थापा

प्रत्यर्थी तर्फबाटः विद्वान अधिवक्ताहरू ज्योति बानिया, रमेश पराजुली, प्रकाशमणि शर्मा, रमा पन्त खरेल र कविता पाण्डे

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

§  उपभोक्त संरक्षण ऐन, २०५४ को दफा २२, २३, २३ २(ढ)(४)(झ)

§  इलाज गर्नेको महलको १ नं., ,

§  उपभोक्ता संरक्षण नियमावली, २०५६ को नियम ४६

 

फैसला

      न्या. बलराम के.सी.: पुनरावेदन अदालत पाटनको मिति २०६३।२।२ को फैसलाउपर प्रतिवादीहरूको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार छुट्टाछुट्टै  रुपमा पर्न आएको प्रस्तुत पुनरावेदन पत्रहरूको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ :

पीडित सिर्जना के.सी. सामान्य आँखा दुखेको कारण ०५५।७।२८ अक्टोबर १९९८ मा आँखा अस्पतालमा निजकी आमाले लिएर गइन् । २८ अक्टोबर १ नोभेम्बर र ५ नोभेम्बर १९९८ मा आँखाको परीक्षणपश्चात् निजलाई ब्लुक्रसमा सिफारिश गरियो र ८ नोभेम्बरमा निजको टाउकाको (CT Scan) गरियो । (CT Scan) को रिपोर्ट आएपछि १२ नोभेम्बर १९९८ मा नेपाल आँखा अस्पताल लगिएकोमा सोको रिपोर्ट आएपछि १२ नोभेम्बर १९९८ मा नेपाल आँखा अस्पताल लगिएकोमा सोको रिपोर्ट हेरी पुनः ब्लुक्रसका डी.बि. शाह कहाँ पठाइयो । डा. शाहले (T.C.D.C, ESR, RDR) को परीक्षणपश्चात् सोही मिति अर्थात १२ नोभेम्बरमा (Calcium) को परीक्षण गर्न लगाइयो । Calcium Result १० भनी (Report) प्राप्त भएपछि २ नोभेम्बरमा नै निजलाई औषधि सेवन गर्न भनियो र मेडिकेयर अस्पतालमा पठाइयो । सो अस्पतालमा मिति २०५७।७।२७ देखि ८।१ सम्म उपचार गरी Discharge भएपश्चात् पुनः आँखा अस्पताल पठाइयो । आँखा अस्पतालमा औषधि सेवन गर्न भनिएपछि निज पुनः १६ डिसेम्बर १९९८ मा डा.डी.बि. शाह कहाँ गईन सोही दिन मलेरियाको जाँच गरेपश्चात् डा. डी.वि. शाहले निज विरामीलाई Tegrital खाने सल्लाह दिए । सो औषधि खान थालेपछि बिरामी मोटाउँदै आएको र जीउ कालो हुँदै आयो र पछि जीउमा फोका आउन थालेपछि निज डा.ले अव म कहाँ ल्याए मारीदिनेछु भनेकाले २०५५।९।२८ गते कान्ती बाल अस्पताल लगियो र ०५५।११।१६ सम्म अस्पतालमा राखियो । सो अस्पतालको डा. लक्ष्मण श्रेष्ठले लेखेको Report मा Tegrital ले गर्दा यस्तो भएको र पीडित बालिकाको फोक्सोको (T.B.) को बिरामी समेत भएको भन्ने व्यहोरा उल्लेख भएको र उक्त अस्पतालको (Discharge Summary) मा समेत कालो मसीले थपी उक्त कुरा उल्लेख भएको हुँदा डा.डि.बि. शाहको लापरवाहिको कारणले गर्दा पीडित बालिकाको शरीर कुरुप भएको र वाँया आँखाको हेर्ने शक्ति समेत नष्ट भएको हुँदा जम्मा रु. १८,७३,७५०।निज डा.डि.बि. शाहबाट भराई पाऊँ भन्ने उजूरी निवेदन ।

मैले निज विरामीको आँखाको उपचार गरेको होइन मैले दिएको औषधि Tegrital का सम्बन्धमा म सँगैबीचमा सम्पर्क गर्न आएको नै छैन । बिरामीलाई Neurocysticercosis का साथै आँखाको गम्भीर रोग Granulo matous Uveitis भएको थियो । मैले दिएको औषधिको कारणले नभई सोही रोगका कारणले त्यस्तो भएको हुँदा यस मुद्दाबाट फुर्सद पाऊँ भनी विपक्षी डा. दिनेशविक्रम शाहको प्रतिउत्तर पत्र । 

हामीकहाँ विरामी भर्ना गर्ने व्यवस्था नै छैन र डा. दिनेशविक्रम शाह हाम्रो कर्मचारी पनि होइनन् अतः हामीले क्षतिपूर्ति व्यहोर्नु पर्ने कानूनी प्रश्न नै आउँदैन । यसबाट फुर्सद पाऊँ भनी विपक्षी ब्लुक्रस क्लिीनिकको प्रतिउत्तर पत्र ।

मिति २०५७।५।५ मा पीडित सिर्जना के.सी.को स्वास्थ्य स्थिति तथा शारीरिक क्षतिका सम्बन्धमा विशेषज्ञहरूद्वारा जाँच गराई सोको प्रतिवेदन उठाउन त्रि.वि. शिक्षण अस्पताललाई लेखिएकोमा सो अस्पतालको च.नं. ९७१ मिति २०५७।९।१२ को पत्रद्वारा सोको प्रतिवेदन प्राप्त भएको ।

 

मिति २०५७।१०।२६ मा बीर अस्पताललाई पीडित बालिकाको रोग Tegrital को कारणले हो वा अन्य कारणले भएको हो यकीन गर्नका लागि वायोप्सी गरी पठाउन लेखीएकोमा सो अस्पतालको च.न.. १८७७ मिति २०५७।१२।८ को पत्रद्वारा बायोप्सी गर्न नपर्ने व्यहोरा उल्लेख भै आएको । मिति २०५७।१०।२६ मा त्रि.वि. शिक्षण अस्पताललाई पीडित बालिकालाई तत्कालीन अवस्थामा Tegrital औषधि दिनुपर्ने अवस्था आवश्यकता र औचित्य थियो थिएन सोबारे विशेषज्ञको राय उपलब्ध गराई दिन लेखिएकोमा सो अस्पतालको मिति २०५८।३।१८ को पत्र साथ उक्त राय प्राप्त भएको ।

मिति २०५७।१०।२६ मा नै औषधि व्यवस्था विभागलाई Tegrital को उत्पादन प्रक्रियामा र यसबाट विरामीलाई पर्न सक्ने असरका बारेमा विशेषज्ञको प्रतिवेदन पठाई दिन लेखिएकोमा सो विभागको च.नं. ५३८६ मिति २०५७।११।१६ को पत्र प्राप्त प्रतिवेदनमा Tegrital को सेवनबाट Side Effect हुन सक्ने र औषधिको गुणस्तर शंकास्पद भएमा उत्पादक कम्पनी जिम्मेवार हुने र इलाज गर्ने क्रममा लापरवाही तथा राम्रोसँग सेवन एवं औषधिबाट हुनसक्ने प्रतिक्रियाबारे जानकारी नदिएमा चिकित्सक जिम्मेवार हुने व्यहोरा औषधि व्यवस्था विभागको पत्र ।

पीडित बालिकालाई यस्तो स्थितिमा पक्कै पनि डा.डी.बि. शाहको औषधिले पुर्‍याएको हुनुपर्छ भन्ने मेघराज दुलालको वकपत्र ।

कान्ति वाल अस्पतालको इमर्जेन्सीमा लगियो र हामीसँग भएको औषधि देखाउँदा त्यहाँका डाक्टरले सो औषधि बन्द गर्ने सल्लाह दिनु भएको र Tegrital ले नै Reaction गरेकोले त्यस्तो भएको हो भन्ने समेत व्यहोराको रामबहादुर रिमालको बकपत्र ।

निज बालिकालाई कान्ति बाल अस्पताल लगियो र त्यहाँ डा.ले विना रोगको औषधि परेछ भन्नु भयो भन्ने समेत व्यहोराको चन्द्रबहादुर के.सी.को वकपत्र ।

आँखाको परीक्षण पनि प्राविधिक भएको र २८ डिसेम्बर पछाडि निज सिर्जना के.सी. ले उक्त अस्पतालामा उपचार नगराएको र उपचारका क्रममा पनि आँखामा लगाउने औषधि वाहेक अरु केही नदिएको भन्ने डा.ओ.के मल्लको कागज ।

विरामीलाई त्यसरी शरीर भरी फोका उठ्नुमा Tegrital को मात्र कारण नभई माथि उल्लिखित अन्य औषधिको साथै Viral Infection ले गर्दा पनि त्यस्तो भएको हुन सक्ने भन्ने लक्ष्मण श्रेष्ठको कागज ।

मैले पीडित बालिकालाई १६ डिसेम्बर, १९९८ को प्रेस्किृप्शनमा डा. ओ.के. मल्लकहाँ सम्पर्क गरी आउन भनेको थिएँ मकहाँ रोगी सम्पर्क गर्न नआएको । मेडिकेयरको Discharge Ticket मा ओ.के मल्ल र छालाको डा. सँग सम्पर्क गर्न भनेकोमा सो गए नगएको मलाई थाहा नभएको र मैले औषधि दिँदा सम्पर्क गर्दै गर्नु भनेको छु । कान्ति बाल अस्पतालले एउटै मितिमा २ वटा Report दिएको र एउटामा कालो मसीले अर्को व्यक्तिको हस्ताक्षरबाट थपिएको छ । निज विरामी आँखा अस्पतालबाट म कहाँ आउँदा वायाँ आँखामा आँखाको गम्भीर रोग म्यानुलोम्पाटस इभी आइटिस र दायाँ आँखाको नसा पूरै सुनिएको थियो र निजको दिमागमा नाम्ले किराको फुलले भरिएको थियो । मैले त्यही नाम्ले किराको फुलको मात्र उपचार गरेको हुँ । आँखाको लागि वारम्बार आँखाको डाक्टरकहाँ जानु भएको छ । कान्ति बाल अस्पतालको टिकट ३५१४४ मा डा. रमेश मल्लले Refer गरेर त्यहाँ पुर्‍याइएको उल्लेख छ, निजले पाँच महिना T.B. को औषधि खाएको पनि देखिन्छ । आँखाको सम्बन्धमा मैले त्यतिखेर नै निजलाई निजको वायाँ आँखाको दृष्टिशक्ति आउने सम्भावना कम भएको तर दायाँ आँखाको दृष्टिशक्ति भने आउन सक्ने बताएको थिएँ । ०५९।९।१ देखि निज सिर्जना के.सी. मसँगै सम्पर्क गर्न नआएको । मैले सिर्जना के.सी.लाई Tegrital औषधि दिएको हुँ । औषधिले नकारात्मक असर परेमा सम्बन्धित चिकित्सक वा हेलथपोष्ट वा अस्पतालमा सम्पर्क राख्नु भनी मौखिक जानकारी गराएको थिएँ भन्ने डा. डि.वि. शाहको बयान ।

सो Discharge summary आफूले लेखेको तर कालो मसीले Tegrital को असरले गर्दा त्यस्तो भएको भन्ने आफूले नलेखेको व्यहोरा डा. शिव श्रेष्ठको कागज ।

सो Discharge summary मा कालो मसीले कसले थपेको हो भनी कान्ती बाल अस्पतालमा लेखी पठाइएकोमा उक्त अस्पतालको च.नं. १०३७ मिति २०५८।१२।१२ को पक्षद्वारा उक्त हस्ताक्षर उक्त अस्पतालमा कार्यरत कुनै पनि चिकित्सकको नभएको व्यहोरा उल्लेख भै आएको ।

आफू समक्ष परीक्षणको लागि आएकी विरामी सिर्जना के.सी. लाई रोगको निदान गरी औषधि दिएको तर औषधि प्रदानपश्चात् रोगका सम्बन्धमा सेवन गर्ने तरिका सम्बन्धमा औषधिबाट हुन सक्ने प्रतिक्रिया सम्बन्धमा विरामी तथा निजको अभिभावकलाई जानकारी दिएको नदेखिएको तथा निज डा. दिनेशबिक्रम शाह उक्त ब्लु क्रस नर्सिङ होममा कार्यरत रहेको हुँदा त्यहाँ कार्यरत चिकित्सकको कार्यको अनुगमन दिर्नेशन उक्त नर्सिङ होमले गर्नपर्ने देखिएकाले सबै चिकित्सकको आचरण वारेमा समेत उक्त नर्सिङ होमले ध्यान दिनुपर्ने देखिँदा उक्त नर्सिङ होमको प्रस्तुत विषयमा दायित्व नरहने भनी मान्न नसकिने हुँदा डा. दिनेशविक्रम शाह र ब्लुक्रस नर्सिङ होम प्रा.लि. त्रिपुरेश्वरले निज सिर्जना के.सीलाई उपचारको क्रममा औषधि खरीद गर्न लागेको विल संलग्न भएको रु. १,१७,११९।९४ पीडितलाई हुन गएको हानि नोक्सानी बापत दामासाहीले क्षतिपूर्ति स्वरुप दिलाई भराई दिने ठहर्छ भन्ने मिति २०६०।९।३ को क्षतिपूर्ति समिति काठमाडौंको निर्णय।

क्षतिपूर्ति समिति काठमाडौंको निर्णयउपर वादी तथा प्रतिवादी दुबै पक्षले पुनरावेदन अदालत पाटनमा गरेको पुनरावेदन पत्र ।

अ.वं. १३३ नं. अनुसार कागज गर्ने पीडित सिर्जना के.सी. ले डिस्चार्ज कार्ड समेतमा लेखिएका अक्षरहरू कान्ति बाल अस्पतालका डा. नारायण नेपालीले इमर्जेन्सी OPD मा उपचार गर्दा लेखिएका हुन भनी गरेको कागज ।

यसमा डा. दिनेशविक्रम शाहले Tegrital औषधि प्रेस्क्राइव गरेको र सो औषधिको सेवन गराउँदा दिनुपर्ने उचित सल्लाह दिएको मिसिल संलग्न प्रमाणबाट पुष्टि भएको नदेखिँदा उक्त Tegrital औषधिको क्षतिपूर्ति पुग्न गै आँखाको हेर्न शक्ति हरण भएको कारणबाट पीडितलाई मानसिक क्षति समेत भएको ठहर्छ ।

औषधि उपचारबापत रु. १,१७,११९।९४ भराइएको मिलेकै देखियो । अव क्षतिपूर्तितर्फ विचार गर्दा पीडितलाई पुगेको वास्तबिक क्षतिको मूल्याङ्कन हुन सक्दैन । पीडितको उमेर, आर्थिक स्थिति समेतलाई मध्यनजर राख्दा, निजको हेर्ने शक्तिहरण भएको शरीर कुरुप भएको तथा निजलाई पुगेको मानसिक पीडा समेतलाई विचार गर्दा क्षतिपूर्तिबापत रु. ५,००,०००।–(पाँच लाख) समेत भराउनुपर्नेमा शुरु क्षतिपूर्ति समितिले मिति २०६०।९।३ मा गरेको निर्णय केही उल्टी भै पीडित सिर्जना के.सी. ले प्रतिवादी डा. दिनेशविक्रम शाह र ब्लु क्रस क्लिनिक त्रिपुरेश्वरबाट दामासाहीले रु. ५,००,०००।पाँच लाख समेत भरी पाउने ठहर्छ । पुनरावेदक डा. दिनेशविक्रम शाह र ब्ल क्रस क्लिनिकको पुनरावेदन जिकीर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६३।२।२ को फैसला ।

पुनरावेदन अदालत, पाटनको फैसलामा चित्त बुझेको छैन । उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा २२ अनुसार ३५ दिन उजूर गर्नुपर्नेमा हदम्याद नघाइ दायर भएको फिराद ग्रहण गरी गरिएको फैसला उक्त दफा २२ मा भएको हदम्यादसम्बन्धी प्रश्नको त्रुटिपूर्ण छ । डा. लक्ष्मण श्रेष्ठले मिति २०५६।४।११ मा दिएको रिपोर्टलाई हदम्याद सिर्जना हुने मिति कायम गर्न मिल्दैन । औषधि व्यवस्था विभागको पत्राचारलाई आधार मान्न मिल्दैन । किनकी यो रायमा आधिकारीक Literature लाई ग्रहण गरिएको छैन । डा. शेख अस्फाकले गरेको वकपत्रबाट पनि १००० जनामा १ जनामा मात्र Tegrital को Reaction हुने भन्ने देखिएबाट पनि मैले Prescribe गरेको Tegrital को Reaction होइन भन्ने Medical Science को मान्यता भएकोमा २७ दिन पछि मात्र Reaction भएको भनी लिएको दावी आधारहीन छ । डा. लक्ष्मण श्रेष्ठले परीक्षण गरेपश्चात् लेखेको पत्रबाट नै सिर्जना के.सी.को आँखको हेर्ने शक्ति गुमेको भन्ने देखिएको छ । Tegrital को Reaction बाटै निवेदिकालाई क्षति भएको प्रमाणित भएको छैन । आँखा अस्पतालबाट Prescribe गरेको सिफ्रोफक्सासिलिन, ओफक्सासिलिन, नरफोक्सासिलिन वा भाइरल इन्फेक्सनबाट पनि Reaction हुन सक्ने कुरा डा. लक्ष्मण श्रेष्ठको कागजबाट देखिइरहेको छ । कान्तिबाल अस्पतालले छुट्टै मसी प्रयोग गरी लेखेको पत्रको आधारमा Tegrital को Reaction हो भनी ठहर गर्न मिल्दैन । निवेदिका सिर्जना के.सी. लाई छाला र आँखाको समस्या पहिलादेखि नै थियो भन्ने कुरा म कहाँ जाँच गराउन आउनु अगाडि अन्यत्र गरेको जाँच प्रतिवेदनहरूले पुष्टि गरिरहेको छ । कान्ति बाल अस्पतालको Discharge Summary मा टि.वि. र मलेरियाको औषधि सेवन गरेको भन्ने उल्लेख भैरहेको अवस्थामा डाक्टरको सिफारिश वाहेकका अन्य औषधिहरू पनि वादीले खाएको भन्ने प्रमाणित हुन्छ । यसबाट पनि निवेदिकलाई Tegrital औषधिले क्षति पुग्न नगएको प्रष्टै हुन्छ । मेडिकल काउन्सिलले यसै विषयमा सफाइ दिइसकेको अवस्था हुँदा उही कार्यको सम्बन्धमा दावी स्थापित हुन सक्दैन । अतः हदम्यादविहीन फिरादलाई ग्रहण गरी मैले दिएको Tegrital को Reaction बाट निवेदिकालाई क्षतिपुग्न गएको भन्ने यकीन प्रमाणको अभावमा क्षतिपूर्ति भराइदिने ठहराएको पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी सफाइ पाऊँ भन्ने प्रतिवादी डा. दिनेशविक्रम शाहको तर्फबाट यस अदालतमा मिति २०६३।५।२० मा दायर भएको पुनरावेदन पत्र ।

पुनरावेदन अदालत पाटनको फैसलामा चित्त बुझेन । प्रथमत वादीको फिराद उपभोक्ता संरक्षण ऐन, २०५४ कोदफा २२ को हदम्याद नाघी दायर भएकोमा सो तर्फ विचार नगरी भएको फैसला सोही आधारमा बदरभागी छ । चिकित्सकीय लापरवाहीका सम्बन्धमा अस्पताल वा नर्सिङ्ग होमले दायित्व वहन गर्ने सम्बन्धमा स्थापित मान्यतालाई विचार नगरी नर्सिङ्ग होमलाई दायित्व वहन गराउने गरी भएको फैसला त्रुटिपूर्ण छ । डा. दिनेशविक्रम शाह योग्य डाक्टर भएकै कारण उहाँलाई नर्सिङ्ग होमले वहालमा कोठा दिएको हो । डा. दिनेशविक्रम हाम्रो कर्मचारी होइन । उहाँसँग औषधि सेवन वा एभचअचष्दभ को वारेमा नर्सिङ्ग होमको कुनै सम्बन्ध वा सरोकार रहँदैन । Tegrital बाटै Reaction भएको भन्ने स्थापित पनि नभएको र डा. दिनेश बिक्रमसँग नर्सिङ्ग होमको Principle वा Agent को सम्बन्ध पनि नभएको अवस्थामा पुनरावेदन अदालतले नर्सिङ्ग होमले पनि क्षतिपूर्ति व्यहोर्नुपर्ने गरी गरेको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी वादी दावीबाट छुट्कारा पाऊँ भन्ने प्रतिवादी ब्लु क्रस क्लिनिकको पुनरावेदन जिकीर ।

यस अदालतबाट २०६४।१२।१७ मा विपक्षी झिकाउने गरी भएको आदेश ।

नियमबमोजिम पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरियो । पुनरावेदक डा. दिनेशविक्रम शाहको तर्फबाट उपस्थित विद्वान अधिवक्ता भोजराज भट्टले प्रस्तुत मुद्दाको उजूरी कानूनले तोकेको हदम्याद भित्र परेको छैन । निवेदिका पीडितले क्षतिपूर्ति समितिमा उजूर नगरी उपभोक्ता संरक्षण मञ्चमा निवेदन दिएको कानून प्रतिकूल छ । डा. दिनेशविक्रम शाहले दिएको Tegrital ले नै निवेदिकाको आँखामा क्षति भएको भन्ने पुष्टि हुन सकेको छैन । डा. दिनेशविक्रम शाहले सिटी स्क्यान लगायतका सम्पूर्ण परीक्षणहरू गरी रोग अनुसारको औषधि दिएका छन् । डाक्टरको लापरवाहीका कारण विरामीलाई क्षति पुग्न गएमा क्षतिपूर्ति भराईदिने प्रश्न आउँछ, लापरवाही नै नगरेको अवस्थामा क्षतिपूर्तिको सवाल नै   आउँदैन । सम्पूर्ण कुराको मूल्याङ्कन नगरी पुनरावेदन अदालत पाटनले मेरो पक्षको लापरवाही ठहर गरी क्षतिपूर्ति भराईदिने ठहराएको फैसला उल्टी गरी वादी दावी खारेज गरिनुपर्दछ भनी बहस गर्नुभयो । पुनरावेदककै तर्फबाट उपस्थित अर्का विद्वान अधिवक्ता शम्भु थापाले उपभोक्ताको हकहित संरक्षण हुनुपर्छ भन्ने कुरामा विवाद हुन सक्दैन । तर उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा २२ अनुसार ऐनको दफा १० विपरीतको कार्य सेवा प्रदायकबाट भएको स्थापित हुनुपर्दछ । निवेदिकालाई लागेको उपचार विधि डा. दिनेशविक्रम शाहले गरेको भन्दा वेग्लै हुने हो भनी कतैबाट पुष्टि हुन सकेको छैन । डाक्टरले गरेको उपचार विधि रोगसँग सम्बन्धित नै देखिँदा डाक्टरको लापरवाही देखिँदैन । डाक्टरले गरेको उपचार विधि र सम्बन्धित रोगलाई मिल्ने औषधि दिएको अवस्थामा उपभोक्ता संरक्षण ऐनअन्तर्गत क्षतिपूर्तिको दावी गर्न मिल्दैन र भराईदिनुपर्ने अवस्था पनि हुँदैन । अतः पुनरावेदन अदालत पाटनले वस्नुनिष्ठ प्रमाणको अभाव हुँदाहुँदै पुनरावेदकलाई दोषी ठहर गरी गरेको फैसला त्रुटिपूर्ण हुँदा उल्टि हुनुपर्दछ भनी बहस गर्नुभयो ।

पुनरावेदक डा. दिनेशविक्रम शाहकै तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारीले निवेदिका मेरो पक्षकहाँ उपचार गराउन आउनु अगाडि आँखा अस्पताल गएकी छन्, सिटीस्क्यान गरेकी छन् । विरामी NeurocysticercosisEye को रोगबाट ग्रसित छन् भन्ने कुरा रिपोर्टहरूले देखाएको छ । Tegrital नामको औषधिबाटै निवेदिकालाई Reaction भई क्षति पुग्न गएको भन्ने कुरा स्थापित हुन सकेको छैन । डाक्टरको लापरवाही ठहर हुन due care गरेको हो होइन महत्वपूर्ण हुन्छ । डा. दिनेशविक्रम शाहले दिएको औषधि सम्बन्धित रोगको हो भन्नेमा विवाद छैन । डाक्टरको लापरवाही भएको भन्ने स्थापित नै नभएकोले क्षतिपूर्ति भराउने प्रश्न नै उठ्दैन । त्यस्तामा पनि प्रस्तुत मुद्दाको उजूरी हदम्यादविहीन हुँदा प्रथमदृष्टिमा नै खारेजभागी  छ । कान्ति बाल अस्पतालको Discharge Report बाट Reaction देखिएको भनेकोमा सो रिपोर्टमा पछि कालो मसीले थप गरेको कीर्ते हो भन्ने प्रष्ट देखिँदा सो प्रमाणयोग्य छैन । औषधि उत्पादन गर्ने डा. अव्वासले रोगको Diagnosis नगर्ने हुँदा निजको प्रतिवेदनमा विश्वास गर्न मिल्दैन । औषधि खाएको सामान्यतया ३ दिनभित्र Reaction हुने भन्ने Medical Science को मान्यता विपरीत २७ दिन औषधि खाएपछि मात्र Reaction भएको भन्ने दावी तर्कसंगत छैन । डा. दिनेशविक्रम कहाँ जाँच गर्न आउनु अगाडि अन्यत्र धेरै ठाउँ जँचाई औषधि सेवन गरेको भन्ने देखिएको छ । डा. दिनेशविक्रम शाहले विरामीको गर्नुपर्ने सम्पूर्ण जाँच आफ्नो ज्ञान सीप अनुसार Pathelogical Test गरेपछि विरामीलाई रोगअनुसार Tegrital औषधि Prescribe गरेको पुष्टि भइरहेको हुँदा पुनरावेदन अदालत पाटनको फैसला उल्टी हुनुपर्दछ भनी बहस गर्नुभयो ।

प्रत्यर्थी निवेदिकाको तर्फबाट उपस्थित विद्वान अधिवक्ता ज्योति बाँनियाले डा. दिनेशविक्रम शाहकहाँ निवेदिका उपचार गराउन गएको भन्नेमा विवाद देखिँदैन । निजको Wrong diagnosis Treatment का कारण निवेदिकाले आँखाको हेर्ने शक्ति गुमाउनु परेको हो । डा. लक्ष्मण श्रेष्ठले दिएको प्रतिवेदनअनुसार Tegrital नामको औषधिबाटै Reaction भएको भन्ने देखिँदा सोही मितिबाट हदम्याद शुरु हुने हुँदा उजूरी हदम्याद भित्रको छ । औषधि व्यवस्था विभागको पत्रबाट पनि Tegrital कै कारण निवेदिकालाई Reaction भएको भन्ने प्रमाणित हुन्छ । Medical Negligence हुनुलाई त्यचत को नयाँ अवधारणाअनुसार सेवा प्रदायकको कर्तव्य (Duty)  हुनुपर्ने, निजले Breach of Duty अकर्मण्यता गरेको हुनुपर्ने र सो कारणले Resulting damage भएको हुनुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा उल्लिखित तीनै तत्वहरू विद्यमान रहेको कुरा मिसिल संलग्न प्रमाणबाट प्रमाणित हुँदा Dr. दिनेशविक्रम शाहले Medical Negligence गरेको देखिएको छ । मिसिल संलग्न सम्पूर्ण प्रमाण एवं मेडिकल विधिशास्त्रमा विकसित अवधारणा एवं यस सम्बन्धमा भारतीय सर्वोच्च अदालतद्वारा स्थापित सिद्धान्तका आधारमा पुनरावेदन अदालत पाटनले गरेको फैसला मिलेकै हुँदा सदर हुनुपर्दछ भनी बहस गर्नुभयो ।

प्रत्यर्थी सिर्जना के.सी. को तर्फबाट उपस्थित विद्वान अधिवक्ता रमेश पराजुलीले डाक्टर शिष्ट हुनुपर्छ भन्ने कुरा Medical Council बाट तयार पारिएको डाक्टरको Ethics मा उल्लेख छ । डाक्टरले विरामी हेर्न Reject गर्नसक्ने विभिन्न अवस्था हुनसक्ने तर ती कुनैपनि अवस्था प्रस्तुत मुद्दामा विद्यमान छैनन् । डा. दिनेशविक्रम शाहले Tegrital नामको औषधि विरामी निवेदिकालाई दिएको कुरा Prescription बाट देखिइरहेको छ । त्यसको Reaction बाट आँखा बन्द हुनसक्ने कुरा Literature र डाक्टरहरूको प्रतिवेदनले देखाएको पाइन्छ । यसबाट प्रस्तुत मुद्दामा डाक्टर दिनेशविक्रम शाहले Medical Negligence गरेको सिद्ध हुन आएकोले पुनरावेदन अदालत पाटनको फैसला सदर हुनुपर्दछ भनी बहस गर्नुभयो ।

निवेदिका सिर्जना के.सी.को तर्फबाटै उपस्थित विद्वान अधिवक्ता प्रकाशमणि शर्माले Modi को Medical Jurisprudence  मा डाक्टरको लापरवाहीले विरामीलाई क्षति हुन गएमा डाक्टर उत्तरदायी हुने कुरा उल्लेख भएको छ । डाक्टरले विरामीलाई जाँच गरी उपचार गर्न थालेपछि केही केही अवस्थामा वाहेक लगातार उपचार गर्नुपर्दछ र आफूलाई Upto date राख्नुपर्दछ । हेलचेक्रयाई गरी विरामीलाई क्षति पुग्न गएमा क्षतिपूर्ति समेत व्यहोर्नुपर्छ । Tegrital को Side Effect मा छाला र आँखामा असर पर्ने कुरा डाक्टरले थाहा पाई सोही मुताविक Treatment गर्नुपर्दछ । यस कुराको वेवास्ता गर्नु र लामो समयसम्म औषधि सेवन गर्न Prescribe गर्नु लापरवाही हो । डाक्टरले औषधि चलाउँदा त्यसको Side Effect हेरेर पूर्व सावधानी अपनाउनुपर्दछ । यस सम्बन्धमा भारतीय सर्वोच्च अदालतबाट थुप्रै सिद्धान्तहरू प्रतिपादन भएका छन् । नेपालमा पनि Consumer Jurisprudence विकास हुने क्रममा छ । पुनरावेदन अदालत पाटनको फैसला मिलेको हुँदा सदर हुनुपर्दछ भनी बहस गर्नुभयो ।

निवेदिका सिर्जना के.सी. कै तर्फबाट उपस्थित विद्वान अधिवक्ता रमा पन्त खरेल र कविता पाण्डेले डा. दिनेशविक्रम शाहले पीडितलाई दिएको Tegrital नामको औषधिबाट आँखा कमजोर हुने, छालामा असर पर्ने कुरा औषधि व्यवस्था विभगको पत्र लगायत औषधिसम्बन्धी Literature बाट देखिएको छ । त्यस्तो औषधि Prescribe गर्दा होशियार हुनुपर्नेमा होशियारी र सतर्कता नअपनाई औषधि सेवन गर्न सल्लाह दिएका कारण निवेदिकालाई क्षतिपुग्न गएको भन्ने प्रमाणित भैरहेको हुँदा पुनरावेदन अदालत पाटनको फैसला सदर हुनुपर्दछ भनी बहस गर्नुभयो ।

दुबै पक्षका विद्वान अधिवक्ता कानून व्यवसायीहरूले गर्नुभएको बहस समेत सुनी प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनबाट क्षतिपूर्ति र औषधि खर्चबापत विपक्षीहरूबाट निवेदिकालाई रु. ६,१७,११९।९४ भराईदिने गरी भएको फैसला मिलेको छ छैन र प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्छ सक्दैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।

निर्णयतर्फ विचार गर्दा यसमा वादी सरहकी उजूरीकर्ता सिर्जना के.सी ले विपक्षी काठमाडौं त्रिपुरेश्वरस्थित ब्लु क्रस क्लिनिकमा कार्यरत डा. दिनेशविक्रम शाह र ब्लु क्रस क्लिनिक भई उपभोक्ता संरक्षण ऐन, २०५४ अन्तर्गत विरामीलाई औषधि उपचार गर्दा लापरवाही गरेको अर्थात Negligence गरेको भन्ने आरोपमा क्षतिपूर्ति दावी गरी जिल्ला क्षतिपूर्ति समिति काठमाडौंमा उजूरी परी मुद्दा चलेको देखिन्छ ।

उजूरी पत्र हेर्दा निवेदिकालाई डाक्टर दिनेशविक्रम शाहले उपचारमा लापरवाही गरेको कारण आँखाको हेर्ने शक्तिहरण भएको भन्ने आरोपमा उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा १० बमोजिम सजाय र ऐनको दफा २२ र २४ बमोजिम आर्थिक क्षतिपूर्ति समेत माग गरेको   देखिन्छ

निवेदिका सिर्जना के.सी.को सम्पूर्ण शरीर कुरुप बनाएको भन्ने आरोपमा विपक्षीलाई हुने कैद सजायलाई मुलुकी ऐन, २०२० को दण्ड सजायको महलको १९ नं. ले हुने जरीवानाबापत पनि क्षतिपूर्ति माग भएको देखिन्छ । निवेदिकाको उपचारको क्रममा भएको खर्च बापत रु. २,६०,०००।र जीवनभर मानसिक पीडा व्यहोर्न परेबापत भनी रु ५,००,०००।क्षतिपूर्ति स्वरुप माग भएको देखिन्छ ।

जिल्ला क्षतिपूर्ति समितिले विपक्षी दिनेशविक्रम शाहबाट निवेदिकालाई हानी नोक्सानी पुर्‍याए बापत बिलअनुसारको रु. १,१७,११९।९४ भराउने ठहर गरेकोमा सो निर्णयमा दुबै पक्षलाई चित्त नबुझी पुनरावेदन अदालत, पाटनमा दुबै पक्षको पुनरावेदन पर्दा पुनरावेदन अदालत पाटनले औषधि उपचार बापत शुरु क्षतिपूर्ति समितिले भराउने गरेको रकम कायम राखी विपक्षी डा. दिनेशविक्रम शाह र ब्लु क्रस क्लिनिकबाट दामासाहीको हिसाबले थप रु. ५,००,०००।– (पाँच लाख) भराउने गरी गरेको फैसलाउपर विपक्षी डा. दिनेशविक्रम शाह र ब्लु क्रस क्लिनिकको तर्फबाट छुट्टाछुट्टै पुनरावेदन पर्न आएको देखिन्छ ।

प्रस्तुत मुद्दाको मिसिल अध्ययन गर्दा देहायका प्रश्नहरूको निर्णय दिनुपर्ने देखियोः

क)    प्रस्तुत मुद्दाको उजूरी हदम्याद भित्र परेको छ छैन ?

ख)    निवेदिका सिर्जना के.सी. लाई डा. दिनेश बिक्रम शाहले Prescribe गरेको औषधिले असर पुर्‍याएको हो होइन ? र हो भने डाक्टर दिनेशविक्रम शाह र क्लिनिक दुबै जिम्मेवार हुनुपर्ने हो होइन ? यदि जिम्मेवार हुने हो भने क्षतिपूर्ति भराउनु पर्ने हो होइन ?

ग)    डाक्टरले बिरामीको उपचार गर्दा डाक्टर कति हदसम्म बिरामीप्रति जिम्मेवार हुनुपर्ने हो ? अर्थात डाक्टरको बिरामीप्रतिको उत्तरदायित्व र डाक्टर र बिरामीबीचको कानूनी सम्बन्धका विषयमा वर्तमान कानूनी व्यवस्था पर्याप्त छ छैन ?

घ)    औषधि उपचार गर्न पाउने हक र स्वस्थ जीवन अर्थात् Right to medical Treatment Right to health  मौलिक हक भएको कारण उपभोक्ता संरक्षण ऐन, २०५४ र सो अन्तर्गत बनेको नियमावली, २०५६ पर्याप्त छ छैन ?

 

२.    प्रथमत पहिलो प्रश्न अर्थात प्रस्तुत मुद्दाको उजूरी उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा २२ अनुसार हदम्याद भित्र नपरेको भन्ने पुनरावेदकको जिकीर सम्बन्धमा हेर्दा दफा २२ निम्न प्रकार रहेको देखिन्छ :

           

यस ऐनको विपरीत हुनेगरी उपभोग्य बस्तु वा सेवा विक्री वितरण वा प्रदान गरेको कारणबाट कुनै उपभोक्तालाई कुनैपनि किसिमको हानी नोक्सानी हुन गएमा त्यस्तो उपभोक्ता वा त्यस्तो उपभोक्ताको तर्फबाट कुनै उपभोक्ता संस्थाले त्यस्तो उपभोग्य वस्तु वा सेवा बिक्री वितरण वा प्रदान गर्ने व्यक्तिबाट क्षतिपूर्ति भराई पाऊँ भनी क्षतिपूर्ति समितिसमक्ष त्यसरी हानी नोक्सानी पुगेको ३५ दिनभित्र उजूरी गर्नसक्ने छ । दफा २२ मा हानी नोक्सानी पुगेको ३५ दिन भित्र उजूरी गरिसक्नु पर्ने गरी ३५ दिनको हदम्यादको व्यवस्था भएको देखिन्छ ।

 

३.    निवेदिका सिर्जना के.सी. डा. दिनेशविक्रम शाहकहाँ पटक पटक उपचार गराउन गएको देखिन्छ । निवेदिकाले डा. दिनेशविक्रम शाह लगायत अन्य डाक्टरसँग पनि आँखा जचाँउने लगायतका उपचार गरे तापनि निवेदिका डा. दिनेशविक्रम शाहको पनि Patient भएको भन्नेमा विवाद देखिँदैन । डा. दिनेश बिक्रमले निवेदिकालाई उपचार गरेको र मिसिल संलग्न प्रमाणबाट डा. दिनेशविक्रम नै निवेदिकाको पछिल्लो डाक्टर रहेको भन्ने देखिन्छ । निवेदिकाको Medicare Hospital मा उपचार हुँदा पनि डा. दिनेशविक्रम बाटै Refer गरिएको भन्ने देखिँदा निवेदिकाको उपचारमा डा. दिनेशविक्रम शाहको प्रमुख भूमिका रहेको देखिन्छ । Tegrital नामको औषधि सेवन गर्न डा. दिनेशविक्रमले नै Prescribe गरेको देखिन्छ । Tegrital औषधि Prescribe गर्दा to be continued भनी उल्लेख गरेको मिति २०५५।९।१ को Prescription बाट देखिन्छ । निवेदिकाले आफ्नो रोग निको हुन्छ भन्ने विश्वासमा डा. दिनेश बिक्रम शाहको सल्लाह अनुसार Tegrital औषधि सेवन गरेकी र औषधि सेवन गरेको २६/२७ दिन पश्चात आफ्नो आँखामा असर गरेको, खटिरा परेको, शरीरमा घाउजस्ता विभिन्न प्रकारका लक्षणहरू देखिएपछि जचाउन जाँदा Tegrital सेवन गरेको कारण त्यसप्रकारको असर पुर्‍याएको भन्ने कुरा डाक्टर लक्ष्मण श्रेष्ठको मिति २०५६।४।११ को Opinion बाट देखिन्छ । Tegrital को सेवनले असर गरेको भनी २०५६।४।११ मा जानकारी भएपछि २०५६।४।२३ मा क्षतिपूर्ति समितिसमक्ष उजूरी दिएको देखिन्छ।

४.    उपभोक्त संरक्षण ऐन, २०५४ को दफा २२ मा हदम्याद सम्बन्धी व्यवस्था छ । दफा २२ मा यस ऐनको विपरीत हुनेगरी उपभोग्य बस्तु वा सेवा विक्री वितरण वा प्रदान गरेको कारणबाट कुनै उपभोक्तालाई कुनैपनि किसिमको हानी नोक्सानी हुन गएमा त्यस्तो उपभोक्ता वा त्यस्तो उपभोक्ताको तर्फबाट कुनै उपभोक्ता संस्थाले त्यस्तो उपभोग्य वस्तु वा सेवा बिक्री वितरण वा प्रदान गर्ने व्यक्तिबाट क्षतिपूर्ति भराई पाऊँ भनी क्षतिपूर्ति समितिसमक्ष त्यसरी हानी नोक्सानी पुगेको ३५ दिनभित्र उजूरी गर्न सक्ने भन्ने छ । हानी नोक्सानी पुगेको भन्नाले के बुझिन्छ सो हेर्नुपर्ने हुन्छ । प्रस्तुत विवाद औषधिको सेवनबाट शरीरलाई हानी नोक्सानी पुगेको भन्ने विवाद हो । निवेदिकाले डा. दिनेशविक्रम शाहले Prescribe गरेको Tegrital सेवन गर्नुभन्दा अगाडि अन्य डाक्टरले अन्य रोगको सम्बन्धमा अन्य औषधिहरू Prescribe गरी औषधि सेवन गरेपनि निवेदिकाको शरीरमा  औषधिको जुन असर चिन्हहरू देखिए अन्य रोगको अन्य औषधि सेवन गर्दा त्यस्तो असर परेको हो भन्ने देखिँदैन । Tegrital सेवन गरेपछि मात्र फोटो लगायतमा देखिएका असरहरू पर्न थालेको  देखिन्छ ।

५.    Tegrital सेवनको शुरुशुरुका दिनमा केही असर नगरी जब औषधिको मात्रा Dose थपिँदै गयो तबतब असरहरू बढ्दै गएको देखिन्छ । औषधिको मात्रा Dose थपिँदै गएपछि असर बढ्छ भन्ने कुरा अदालतले पनि न्यायिक जानकारीमा लिन सक्ने कुरा हो । Layman को भाषामा पनि औषधिको प्रभावकारीता भई रोग निर्मूल हुनको लागि औषधिको Course पूरा गर्नुपर्छ भनिन्छ । अथवा डाक्टरले दिएको औषधि पूरै खानु पर्छ बीचैमा छाड्न हुँदैन भनिन्छ । यसको मतलव डाक्टरले दिएको औषधिले पहिलो दिन पहिलो मात्रा खाएर रोग निको हुने वा असर गर्ने होइनकि डाक्टरले दिएको सबै औषधि पूरा गरेपछि मात्र रोग निको हुने मानिन्छ । ठीक त्यस्तै निवेदिकाको सम्बन्धमा पनि जबजब Tegrital को मात्रा प्रत्येक दिन थपिँदै गयो तबतब असर वा लक्षणहरू देखिन थालेको पाइन्छ । निवेदिकाका शरीरमा देखिएका फोकाहरू, छाला कालो भएको, मुख सुन्निएको, आदि लक्षण, असरहरू देखिएपछि डाक्टरबाट जाँच हुँदा Tegrital सेवनबाट असर गरेको भन्ने थाहा भएपछि थाहा भएको मितिबाट ३५ दिनभित्र उजूर गरेको हुँदा हदम्याद नाघेको मान्न मिलेन । दफा २२ को हदम्यादको व्याख्या गर्दा डाक्टरले जाँची औषधि Prescribe गरेको दिन वा औषधि खाएको पहिलो दिनदेखि गणना गर्ने होइन, औषधि दिनहुँ खाएपछि लक्षण र असरहरू देखिन थालेको दिनबाट हदम्यादको गणना गर्नुपर्छ । ऐनको व्याख्या गर्दा Purposive व्याख्या गर्नुपर्छ, निरर्थक Frustrate हुने व्याख्या गर्नुहुँदैन । हानी नोक्सानी भएको कुरा जुनवेला जानकारी भयो सोही मितिलाई मुद्दा गर्नुपर्ने कारण सिर्जना भएको मिति मान्नुपर्ने हुन्छ । औषधि सेवनको कारणबाट उत्पन्न विवादमा अन्य मुद्दामा जस्तो औषधि खाएको पहिलो दिनबाट हदम्याद गणना गर्ने व्याख्या Absurd Interpretation हुन्छ । औषधि सेवनपछि क्रमशः असर गर्न थालेको जानकारी पाएको मितिबाट हदम्यादको गणना गर्नुपर्ने   हुन्छ । प्रस्तुत मुद्दाको विवाद पीडितलाई क्षति पुगेको विषयको भएकोले ऐनमा प्रयोग भएको दफा २२ को भाषालाई Legislative Intention अनुसार व्याख्या गर्नुपर्ने हुँदा वादीको उजूरी हदम्यादविहीन भन्ने पुनरावेदन जिकीर एवं पुनरावेदक तर्फबाट बहस गर्नुहुने विद्वान कानून व्यवसायीहरूको बहससँग सहमत हुन सकिएन । प्रस्तुत मुद्दा उक्त ऐनको दफा २२ को हदम्यादभित्र परेको मान्नुपर्ने हुन्छ ।

६.    अव दोस्रो प्रश्नका सम्बन्धमा विचार गर्दा निवेदिका सिर्जना के.सी. औषधिको सेवनबाट पीडित भएको भन्नेमा विवाद देखिँदैन । डा. दिनेश बिक्रम शाहको बयान र निजले आफ्नो सफाइको लागि पेश गरेको प्रमाणहरू हेर्दा निवेदिका आफूकहाँ उपचार गर्न आउनु अगाडि नै छालाको रोग, आँखाको रोगका विभिन्न औषधिहरू खाई आफूकहाँ पछि मात्र आएको, आफूले रोगको सही Diagnosis गरी Tegrital नामको औषधि दिएकोले आफूले उपचार गर्दा निवेदिकालाई क्षति पुगेको होइन भन्ने जिकीर गरेको देखिन्छ । डाक्टर दिनेशविक्रम शाहको प्रतिउत्तर हेर्दा निवेदिकाले पेश गरेको कान्ति बाल अस्पतालको Discharge Summary बाट निवेदिकाले Malarial parasite समेतको औषधि सेवन गरेको र निवेदिकालाई अभिभावकले आफूखुशी औषधि सेवन गराउँदै हिँडेको हुँदा निवेदिकालाई आँखा र छालाको औषधिहरू खाएको कारण क्षति पुग्न गएको हो, आफूले दिएको औषधिको कारण निवेदिकालाई क्षति पुग्न गएको होइन भनी प्रतिउत्तरमा जिकीर लिएको पाइन्छ ।

७.    यो मुद्दा परम्परागत देवानी वा फौजदारी मुद्दा भन्दा भिन्न प्रकृतिको मुद्दा हो । औषधि सेवनबाट असर गरेको भन्ने यस्तो प्रकृतिको मुद्दामा परम्परागत अन्य मुद्दामा जस्तो देख्ने, सुन्ने साक्षी, सर्जमीन मुचुल्का, घटनास्थल प्रकृति मुचुल्का जस्ता प्रमाण हुँदैन । सरकारी अस्पतालमा उपचार गर्दा होस् वा निजी अस्पतालमा उपचार गर्दा होस् वा डाक्टरले व्यक्तिगत तबरबाट निजी क्लिनिकमा उपचार गर्दा होस् जे भएपनि Physician ले होश पुर्‍याएर उपचार गर्दा र Surgeon ले होश पुर्‍याएर चिरफार गर्दा सफल नभई बिरामी मर्न गएमा बिरामी मरेको कारण वा रोग निको हुन नसकेको कारण Physician वा Surgeon वा अस्पताल Medical Negligence  को दोषी हुन सक्दैन । बिरामी मर्दैमा वा उपचार सफल नहुँदैमा डाक्टरको Negligence हुने होइन । अस्पताल वा डाक्टरले बचाउने वा निको पार्ने Guarantee लिन सक्दैन । डाक्टरले अध्ययन, ज्ञान सीप, विद्या, अनुभव, कला, उपलब्ध साधनको आधारमा With due diligence बिरामीको उपचार गर्दछ । बिरामी समयमै डाक्टरसमक्ष पुगेको अवस्थामा डाक्टरले आफ्नो Ethics अनुसार बचाउने वा रोग निको पार्ने प्रयत्नसम्म मात्र गर्दछ । डाक्टर पेशाले रोग निको पार्ने ठेक्का लिँदैन । उपचारको सफलता रोगको प्रकृति, बिरामीको उमेर, उपचार गराउनमा ढिलाई, उपलब्ध साधन र बिरामी डाक्टरको सल्लाहमा हिँडे नहिडेको आदि विभिन्न कुरामा भर पर्दछ । तसर्थ बिरामी मर्नु वा रोग निको नहुनु नै Medical Negligence हुने होइन Medical Negligence नाम गरेको मुद्दामा डाक्टरले बिरामीको उपचारमा होश नपुर्‍याएको वा लापरवाही गरेको वा उपचारमा खेलवाड गरेको वा एक उपचार गर्नुपर्नेमा अर्को उपचार गरेको भन्ने आरोपमा क्षतिपूर्ति भराउने समिति आरोप मात्र हेरेर प्रभावित हुनुहुँदैन । डाक्टरले बिरामीलाई उपचार गर्दा कत्तिको Negligence गरेको र होश पुर्‍याएको छ, छैन सो हेर्नुपर्ने   हुन्छ । डाक्टरले आफ्नो अनुभव, सीप, विद्या, मेहनत र ज्ञान लगाएर उपचारमा प्रयत्नरत छ र त्यति गर्दागर्दै पनि उपचार सफल हुँदैन भने डाक्टरलाई उपचार असफल हुँदैमा Negligence दोषी मान्न मिल्दैन ।

८.    बिरामी र डाक्टरबीचको सम्बन्ध संवेदनशील सम्बन्ध हो । डाक्टरले आफूकहाँ उपचारको लागि आएको विरामीको रोग पत्ता लगाई निको पारी विरामीलाई बचाउने हरसंभव प्रत्यत्न गर्दछ, यो डाक्टर पेशाको धर्म र सर्बमान्य सिद्धान्त हो । विरामीप्रति डाक्टरको खराव भावना, खराव आचरण, खराव मनसाय हुँदैन । यदि कुनै विरामीले डाक्टरप्रति यस्ता Negligence का आरोपहरू लगाउँछ भने लगाएको डाक्टर विरुद्धको त्यस्तो Negligence को आरोप लगाउनेले नै प्रमाणित गर्नु पर्दछ । Medical Negligence को यस्तो मुद्दामा अदालतले डाक्टरको दोष प्रमाणित नहुञ्जेलसम्म डाक्टरलाई निर्दोष मान्नुपर्छ । यदि अदालतले हचुवाको भरमा मानिसलाई असर गरेको वा मानिस मरेको भन्दैमा डाक्टरलाई दोषी ठहर गर्दै जाने हो भने डाक्टरले Risk बोक्न नचाही बिरामीको उपचार भन्दा आफ्नो सुरक्षा अर्थात् आफू मुद्दामा नपर्नेतर्फ बढी केन्द्रित हुन जान्छ । Medical Negligence भनी परेको यस्ता मुद्दामा उजूरी सुन्ने निकाय वा अदालतले मानिस मरेको घटना मात्र हेरेर होइन बिरामीको उपचार गर्दा Prescription लगायतका Record हरू, मानिस मरेकोमा यदि बिरामीको आफन्तले Postmortem गराएको भए Postmortem Report तथा बिरामीको अन्य Pathological Test का Report लगायत सम्बन्धित विशेषज्ञको Expert Opinion लिएर सो समेतको आधारमा डाक्टरको Carelessness, Recklessness वा Negligence हो होइन ठहर गर्नुपर्छ । डाक्टर एउटै उद्देश्य सेवाको भावनाले प्रेरित हुन्छ र विरामीको रोग निको पार्ने वाहेक डाक्टरको बिरामीप्रति कुनै खराब भावना नै हुँदैन ।

९.    सो सम्बन्धमा बेलायतको Court of Appeal  को Roe V Minister of Health भएको "Action by patients against Hospital anaesthetist in respect of personal injury को मुद्दा उल्लेख गर्न आवश्यक देखियो । उक्त मुद्दा बेलायतको Court of Appeal (1954) 2 0.B 66(1954) W.L.R 915 (1954) 2 AIR 131  बाट Refer गरिएको हो । उक्त मुद्दाका दुई (बिरामी) व्यक्तिहरू Plaintiff सानो चिरफारको लागि अस्पताल भर्ना भए तर चिरफार पछि Paralyse भए दुई बिरामीमध्ये एउटाको घुँडासम्बन्धी Cartilage in the Knee र अर्को बिरामी Hydrocele को बिरामी भई दुबैलाई एउटै डाक्टर Graham ले Spinal Anaesthetic दिएको रहेछ । उक्त Spinal Anaesthetic को नाम Nupercaine भन्ने रहेछ । उक्त Nupercaine तरल पदार्थ Glass Ampoules मा हुने रहेछ । यसको प्रयोग गर्नुपर्दा डाक्टरले Syringe छिराएर Nupercaine निकालेर बिरामीको Spine मा Inject गर्नुपर्ने रहेछ । Nupercaine भएको Ampoule Tube Glass ले Sealed गरेको हुँदोरहेछ र प्रयोग गर्ने बेलामा Glass Top लाई Field of गर्नुपर्ने रहेछ ।

१०.    Nupercaine रहेको Glass Ampoule Sealed off गरेपछि Nupercaine रहेको Ampoule Contaminate हुन सक्ने र Ampoule Contaminate भएमा Syringe को Needle Contaminate हुन सक्ने र Syringe को Needle Contaminate भएमा बिरामीलाई Infection हुने सम्भावनालाई हेरेर अस्पतालमा कार्यरत अर्को डाक्टरले Phenol नाम गरेको Disinfectiant मा Nupercaine को Ampoule लाई राखियो । Disinfectant तरल Carbolic Acid रहेछ । त्यसरी Ampoule लाई Disinfectant मा राख्नुको एउटै उद्देश्य विरामीकै हितको लागि Infection बाट बचाउनु हो । 

११.    Nupercaine लाई Disinfectant मा राख्दा हुनसक्ने एउटा सम्भावित खतरामा कसैको पनि ध्यान गएनछ । त्यो के भने Nupercaine रहेको Ampoule खोल्दा Ampoule मा आँखाले नदेख्ने सानो Crack भएछ । तरल Disinfectant मा Ampoule राख्दा थाहै नपाउने गरी Disinfectant नै Seep भएर Ampoule मा पसेछ । यो कसैलाई थाहा नै भएनछ । Dr. Graham ले बिरामीको हित चिताई Contamination नभएको Pure Nupercaine Inject गरेँ भनी ठानेकोमा Disinfectant मिसिएको Nupercaine Inject हुन गयो । मुद्दा चल्दा त्यहाँ Dr. Graham र अस्पतालका अधिकारी लगायत सबै staff को Negligence भन्ने प्रश्न उठ्यो त्यसमा दुई प्रश्न उठाइयो :

           

क) Disinfectant Phenol लाई किन नरंगाएको र

ख) Ampoule लाई चर्काएको

 

मुद्दामा Disinfectant लाई रंगाएको भए Nupercaine भित्र Disinfectant सिप भएको रंगले छुट्टिने थियो । अतः Disinfectant नरंगाउनु एउटा Negligent र अर्को Nupercaine Ampoule मा Crack भएको नहेर्नु दुई Negligent को प्रश्न उठ्यो तर Lord Denning ले Dr. Graham लाई Ampoule खोल्दा चर्कने गरी होश नपुर्‍याAmpoule खोली Negligent गरेको भनी चलेको मुद्दामा Dr. Graham Hospital Staff लाई लागेको Negligent को आरोपमा सफाइ दिई तल्लो अदालतले गरेको फैसलालाई सदर गर्दै "If the anaesthetists had foreseen that the ampoules might get cracked with cracks that could not be detected on inspection they would no doubt have dyed the phenol a deep blue; and this would have exposed the contamination. But I do not think that their failure to foresee this was negligence. It is so easy to be wise after the event and to condemn as negligence that which was only a misadventure. We ought always to be on our guard against it, especially in cases against hospitals and doctors. Medical science had conferred great benefits on mankind, but these benefits are attended by considerable risks. Every surgical operation is attended by risks. We cannot take the benefits without taking the risks. Every advance in technique is also attended by risks. Doctors, like the rest of us, have to learn by experience, and experience often teaches in a hard way. Something goes wrong and shows up a weakness, and then it is put right. That is just what happened here. Dr Graham sought to escape the danger of infection by disinfecting the ampoule. In escaping that known danger he unfortunately ran into another danger. He did not know that there could be undetectable cracks, but it was not negligent for him not to know it at that time. We must not look at the 1947 accident with 1954 spectacles भन्दै Dr. Graham लाई Negligence को आरोपबाट पूर्ण सफाइ दिइयो ।

१२.   प्रस्तुत मुद्दामा विवादमा रहेको मुख्य प्रश्न निवेदिकालाई भएको असर विपक्षी डाक्टर दिनेशविक्रम शाहले Prescribe गरेको Tegrital औषधिको सेवनको कारण भएको हो वा निवेदिका निजकहाँ परीक्षण गराउन आउनु अगाडि नै अरुनै रोगको अरु नै डाक्टरहरूबाट उपचार गराएकोले ती रोगको औषधि सेवन गरेको कारण असर भएको हो सो हेर्नुपर्ने हुन आयो । डा. दिनेशविक्रम शाहले निवेदिकालाई भएको असर आफूले दिएको Tegrital सेवनको कारण होइन, आफूले औषधि Prescribe गर्नु अगाडि नै निवेदिकाले छाला र आँखाको रोगको औषधि सेवन गरेको कारण ती रोगको औषधिको सेवनबाट असर भएको भनेको देखिन्छ ।

१३.   सो सम्बन्धमा हेर्दा निवेदिका सिर्जना के.सी. आँखा जँचाउन २०५५११ गते अर्थात २८ Oct 1998  मा नेपाल आँखा अस्पताल गएको भन्ने देखिन्छ । निवेदिकाले १ Nov, 1998 5 Nov 1998  मा आँखा परीक्षण गरेपछि निवेदिकालाई आँखा अस्पतालबाट विपक्षी ब्लु क्रस क्लिनिकमा Refer गरिएको भन्ने देखिन्छ । विपक्षी ब्लु क्रस क्लिनिकमा जाँच हुँदा २०५५।७।२२ अर्थात 8 Nov 1998  मा टाउकोको CT Scan गर्ने भनिएकोले विपक्षी ब्लु क्रस क्लिनिकमा CT Scan गरेको भन्ने देखिन्छ । CT Scan को Report प्राप्त भएपछि २०५५।७।२६ अर्थात 12 Nov, 1998  मा रिपोर्ट नेपाल आँखा अस्पतालमा देखाएपछि आँखा अस्पतालले विपक्षी डा. दिनेशविक्रम शाहलाई नै पुनः Refer गरेको भन्ने देखिन्छ ।

१४.   विपक्षी डा. दिनेशविक्रम शाहले निवेदिकालाई 12 Nov, 1998 मा औषधिको Prescription दिनुका साथै Medicare National Hospital मा Refer गरी पठाएको भन्ने देखिन्छ । Medicare National Hospital मा निवेदिका २०५५।७।२७ देखि २०५५।८।१ सम्म भर्ना भई मिति २०५५।८।१ मा Discharge भएको भन्ने देखिन्छ । Medicare National Hospital मा उपचार हुँदा Neurocysticercosis रोग लागेको भन्ने देखिन्छ । Medicare National Hospital मा भर्ना भएपछि पनि डा. दिनेशविक्रम शाहले निवेदिकाको Elisa Test for Cysticercosis Anti body परीक्षण गर्नुपर्छ भनी लेखी परीक्षण ब्लु क्रस क्लिनिकबाट गराएको भन्ने देखिन्छ । Medicare National Hospital बाट निवेदिकालाई Discharge गर्दा Discharge sheet मा Discharge भएपछि खानुपर्ने औषधि तथा Consultant मा डा. दिनेशविक्रमशाह भनी उल्लेख गरेको भन्ने जिल्ला क्षतिपूर्ति समिति समक्ष निवेदिकाले दिएको उजूरीको प्रकरण १० बाट देखिन्छ ।

१५.   Medicare National Hospital ले निवेदिकालाई Discharge गरेपछि आँखाको डाक्टर OK Malla लाई Refer गरी पठाएको, डा. OK Malla ले Refer गरेबमोजिम निवेदिकालाई सिद्धार्थ प्याथोलोजीमा रगत परीक्षण गराएपश्चात् पुनः आँखा अस्पताल Refer गरिएको देखिन्छ । Medicare National Hospital बाट निवेदिका Discharge भएको, महिनापछि निवेदिका डा. दिनेशविक्रम शाहकहाँ गएको देखिन्छ भने Discharge भएपछि निजकहाँ जानुअघि बीचको १ महिनाको अवधि निवेदिकाले कुनै पनि औषधि सेवन गरेको देखिएन ।

१६.    Medicare National Hospital बाट Discharge भएको १ महिनापछि निवेदिका डा. दिनेशविक्रम शाहकहाँ गएको र त्यसपछि ब्लुक्रस क्लिनिकमा M.P Investigation गरेपछि Malaria Parasite present भन्ने Report दिएपछि डा. दिनेशविक्रम शाहले Tegrital (Carbamazepine) 100 mg prescribe गरेको देखिन्छ । सो औषधि सेवनपश्चात निवेदिकाको शरीर कालो भएको, आँखा दुख्ने तथा हेर्नेशक्ति कम हुन गएको र शरीरमा घाउहरू भई पीप वगी शरीरमा कालो कालो दाग आउने गरेको भन्ने देखिन्छ । निवेदिकाको मुख तथा रुप बदलिएको र बिग्रिएको कुरा मिसिल संलग्न फोटोबाट पनि देखिन्छ ।

१७.   डा. दिनेशविक्रम शाहले निवेदिका निजकहाँ आउनु अगाडि अन्य रोगले गर्दा अन्यत्र विभिन्न डाक्टरकहाँ गएकोले आफूले दिएको औषधिको कारण निवेदिकालाई असर गरेको होइन भनी जिकीर लिएको देखिन्छ । तर निवेदिकाले आँखा उपचारको लागि आँखा अस्पतालमा उपचार गराएपनि Medicare National Hospital भर्ना भई उपचार गराएपनि आँखा अस्पतालको उपचारमा बाहेक अन्य उपचारमा डाक्टर दिनेशबिक्रमकै प्रमुख भूमिका देखिन्छ । Medicare National Hospital का डाक्टर र अन्यत्र जाँच हुँदा पनि निवेदिका निरन्तर विपक्षी डा.दिनेशविक्रमको Care र रेखदेखमा रहेको मिसिल संलग्न कागजहरूबाट देखिन्छ ।

१८.   डाक्टरले विरामीलाई जाँच गर्नु अगाडि विरामीको रोग लगायत सम्पूर्ण Medical History को बारेमा पूर्ण जानकारी लिने गर्दछ । विरामीले आफूकहाँ आउनु अगाडि अन्य डाक्टरबाट उपचार गराई औषधि सेवन गरेको भए अघि उपचार गर्ने डाक्टरबाट के रोग लागेको र सोको लागि के के औषधि सेवन गरेको हो सोसम्बन्धी सम्पूर्ण विवरण लिनु डाक्टर वा चिकित्सकको पेशासम्बन्धी मान्य प्रचलन र सिद्धान्त नै हो । निवेदिका डा. दिनेशविक्रम शाहकहाँ उपचारका लागि जानु अगाडि अन्य डाक्टरबाट पनि कुनै औषधि सेवन गरेको भए डा. दिनेशविक्रम शाहको Patient भएको कारण औषधि Prescribe गर्नु अगाडि माथिका कुराहरूलाई पनि ध्यानमा राखी औषधि Prescribe गर्नुपर्ने हुन्छ । बिरामीले डाक्टरलाई यस्तो कुरा लुकाउने कुरा आउँदैन । विरामीलाई जाँच्नु अगाडि र औषधि Prescribe गर्नु अगाडि डाक्टरले यी कुराहरू जानकारी लिई लिखित रुपमा Note गर्नुपर्ने कुरा हुन् । निवेदिका आँखा अस्पताल वाहेक Medicare Hospital मा गई उपचार गराएपनि निवेदिका डा. दिनेशविक्रम शाहको Referral भएर गएको भन्ने देखिन्छ । डा. दिनेशविक्रम शाहले निवेदिकाले आफूकहाँ आउनु अगाडि अरुपनि रोगको उपचार अरु डाक्टरबाट गराएको भन्ने समेतको जिकीर लिएको भए तापनि निवेदिकाले अन्यत्र पनि जचाएको भएपनि त्यस्तो असर हुने औषधि अन्य डाक्टरले Prescribe गरेको भन्ने देखिँदैन । निवेदिकालाई २०५५।८।१ गते Medicare Hospital बाट Aciloc, Albendazole Mucaine दिएको भन्ने देखिन्छ । ती औषधिहरूले पनि त्यसरी Reaction गर्न सक्छ भन्ने डा. दिनेशविक्रम शाहको जिकीर नभएको हुँदा त्यसतर्फ विचार गरिरहन परेन ।

१९.    निवेदिकालाई डा. दिनेशविक्रम शाहले Prescribe गरेको Tegrital नामको औषधि सेवन गरेको २७ दिन पछि उल्लिखित असरहरू गरेको भन्ने देखिन्छ । Tegrital औषधि सेवन गरेपछि शरीर कालो हुने, आँखाको हेर्नेशक्ति कम हुने, शरीरमा फोका आउने आदि असरहरू गर्दछ भन्ने कुरा औषधि व्यवस्था विभागको मिति २०५७।११।१६ को पत्रबाट देखिन्छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंको अनुरोध अनुसार विशेषज्ञको राय लिने सन्दर्भमा त्रि.वि. शिक्षण अस्पतालका सम्बन्धित विशेषज्ञ डा. AK Jha छाला रोग विभागको प्रमुखले निवेदिकालाई जाँच्दा "Srijana K.C was examined by me few months back diagnosed as a case of drug eruption due to Tegrital which is a common presentation with Tergetol. Anybody may have drug eruption with Tegrital post inflammatory hypopigmented area are seen which required biopsy for histopathology to exclude other pathology भन्ने राय दिएको देखिन्छ । आँखा उपचारका लागि Refer गरिएका डा. OK. Malla ले कुनै पनि औषधि Prescribe गरेको देखिँदैन । कान्ति बाल अस्पतालका डाक्टर लक्ष्मण श्रेष्ठको बयानबाट निवेदिका कान्ति बाल अस्पतालमा आउँदा दुबै आँखा सुनिएको नदेख्ने अवस्थामा पुगेकी, मुख तथा शरीरभरी पोलेको घाउ जस्तो भएको र ज्यादै चिन्ताजनक अवस्थामा भएको भन्ने देखिन्छ ।

२०.   उजूरीपत्रको प्रकरण १० मा Medicare National Hospital बाट निवेदिकालाई परीक्षण गरेको र केही औषधि Prescribe गरेको भन्ने देखिन्छ । तर Tegrital वा असर गर्ने खालको अन्य औषधि Prescribe गरेको देखिँदैन । सो बाट निवेदिकाको परीक्षण डा. दिनेशविक्रम शाह वाहेक अन्यत्र भएको भएपनि अन्य डाक्टरहरूले निवेदिकालाई असर गर्ने कुनै औषधि Prescribe गरेको देखिएन । Medicare National Hospital बाट Discharge साथ Prescribe गरेको Aciloc, Albendazole, Mucaine Gel ले निवेदिकालाई जुन असर गरेको छ, त्यस्तो असर नगर्ने र निवेदिकाले Tegrital बाहेक अन्य औषधि सेवन नगरेको Tegrital ले नै शरीर कालो हुने, आँखाको देख्ने शक्ति कम हुने र छालामा फोका खटिरा आउने भन्ने औषधि व्यवस्था विभागको औषधि विशेषज्ञ लगायत बुझिएका अन्य डाक्टरहरूबाट समेत प्रमाणित भएको हुँदा डा. दिनेशविक्रम शाहले Prescribe गरेको Tegrital औषधिको सेवनको कारणबाट नै निवेदिकालाई असर गरेको भन्नेमा विवाद भएन ।

२१.   जिल्ला क्षतिपूर्ति समितिले निर्णय गर्नु अगाडि निवेदकको दावी र उजूरी ठीक हो होइन ? उपचार गर्ने डा. दिनेशविक्रम शाहको लापरवाही वा गल्ती हो होइन यकीन गर्नका लागि चिकित्सक, सम्बद्ध निकाय समेतसँग Expert Opinion लिएको देखिन्छ । सो क्रममा औषधि विज्ञानसम्बन्धी आधिकारीक निकाय औषधि व्यवस्था विभाग महत्वपूर्ण निकाय हो । उक्त विभागले दिएको जवाफ र Tegrital उत्पादक कम्पनीले Tegrital को सम्बन्धमा निकालेको Literature को व्यहोरा समान देखिन्छ ।

२२.   औषधि व्यवस्था विभागको जवाफमा Tegrital को सेवनबाट हुनसक्ने असरमा दृष्टि धमिलो हुने, रिङ्टा लाग्ने, लड्खडाउने, दृष्टिमा समस्या आउने छालामा डावर देखिने हुन सक्छ । यस्तो भएमा तुरुन्त उपचार गर्ने डाक्टरकहाँ सम्पर्क राख्नुपर्छ भन्ने उल्लेख भएको देखिन्छ । Tegrital उत्पादक कम्पनीले निकालेको Literature मा पनि If Signs and Symptoms suggestive of severe skin reactions (e.g Steven Johnson Syndrome) appear, Tegritel Should be withdrawn at once भन्ने उल्लेख   छ ।

२३.   रोगको सही Diagnosis भई सम्बन्धित विज्ञ चिकित्सकबाट सही औषधि Prescribe भई डाक्टरको सल्लाहअनुसार ठीक तरिकाले औषधिको सेवन गरेमा रोग निको हुन सक्छ । त्यसैले प्रत्येक औषधिको खोलमा To be used only under the supervision of Registered medical Practioner only भन्ने लेखिएको हुन्छ । औषधिको सेवनमा अवस्थाअनुसार मात्रा सेवन गर्ने भनी चेतावनी दिनुका साथै औषधि उत्पादनकर्ताले औषधिको मात्रा, औषधिको Composition, औषधिबाट हुने असर सबैको विवरण दिई आफ्नो Product को सानो पानाको Literature मा डाक्टरलाई warn गरेको हुन्छ । औषधिले रोग निको पार्दछ तर औषधिको मात्रा मिलेन भने वा विभिन्न कारणले कसै कसैलाई औषधिले असर समेत गर्दछ भन्ने कुरा मिसिल संलग्न attach गरिएको Tegrital को Literature तथा बुझिएको विभिन्न औषधिसम्बन्धी विशेषज्ञ Pharmacist एवं डाक्टरहरूको बयानबाट देखिन्छ । डा. दिनेशविक्रम शाहले निवेदिकालाई Tegrital लगातार To be continued सेवन गरिरहन Prescribe गरेको देखिन्छ । औषधिको मात्रा बढ्दै गएपछि निवेदिकालाई औषधिले असर गर्दै गएको भन्ने देखिन्छ । डा. दिनेशविक्रम शाहले निवेदकालाई यसरी लामो समय Tegrital सेवन गर्दा असर गर्न सक्छ भन्ने कुराको चेतावनी एवं जानकारी गराएको र यदि Reaction गरेमा तुरुन्त औषधि सेवन वन्द गरी अस्पताल भर्ना हुनु वा सम्पर्क गर्न आउनु भनी सल्लाह दिएको देखिएन । यत्ति हदसम्म डाक्टर दिनेशविक्रम शाहको Negligence देखियो ।

२४.   निवेदिका बिरामी भएकी र औषधिको विषयमा अनभिज्ञ भएको कारण रोग निको होला भन्ने आसले असर बढ्दै गएपनि औषधि सेवन गर्दै गएको देखिन्छ । फलस्वरुप निवेदिकालाई ज्यादै ठूलो असर गरेपछि मात्र  अस्पताल भर्ना हुन पुगेको देखिन्छ । औषधिले असर हुन सक्छ भन्ने कुरा यस अदालतले न्यायिक जानकारीमा लिने कुरा हो । औषधिको मात्रा नमिल्दा लगायत अन्य विभिन्न कारणहरूले गर्दा औषधि सेवनले असरहरू गर्न सक्छ भन्ने कारणले गर्दा नै डाक्टरले लेखिदिएको Prescription विना कतिपय औषधिहरू Over the Counter किन्न पाइदैन । हरेक औषधिको प्याकमा It is dangerous to take the medicine except under medical superivision भन्ने लेखिएको हुन्छ भने औषधि सेवन गर्ने मात्रामा Doses as prescribed by the Physician भनी लेखिएको हुन्छ । त्यस्तै औषधिको Literature मा औषधि सेवनबाट हुने असरहरूको वारेमा विस्तृत विवरण दिइएको हुन्छ । औषधि Manufacturer को Literature डाक्टरको लागि हो, बिरामीको लागि होइन । डा. दिनेशविक्रम शाहले यसतर्फ निवेदिकालाई उसको रोग र औषधि सेवन बारे जानकारी दिई औषधि सेवनबाट उत्पन्न हुन सक्ने सम्भावित असरहरूको बारेमा सचेत र सजग गराई सोहीअनुरूपको सल्लाह दिनुपर्नेमा सो गरेको देखिएन ।

२५.   Tegrital Carbamazepine को Commonly used brand name भन्ने देखिन्छ । यो औषधि सेवन गर्दा Precaution लिन पर्ने भनी सन् १९९९ मा USPDI प्रकाशित Drug Information for the Health care professional मा Tegrital ले Stevens - Johnson Syndrom को Allergic reaction हुन सक्ने, आँखामा Blurred vision हुन सक्ने, Skin rash, itching हुन सक्ने हुनाले त्यस्तो Reaction लाई Avoid गर्न Prescribe गर्दा "Side effects may be minimized by initiating therapy with low doses which should be increased gradually at weekely intervals untill an adequate response is obtained, administering Carbamazepine with meals and giving the total daily dosage in 3 or 4 divided doses may also minimize side effects भनेको देखिन्छ तर डा. दिनेशविक्रमले यी Instruction हरू मध्ये बिरामी निवेदिकालाई जुन जुन आवश्यक पर्ने हो ती जानकारी दिएको देखिँदैन । मात्रा अर्थात् Doses सम्बन्धी सो कुरा पुनरावेदन अदालत पाटनको आदेशअनुसार गठित पाँच सदस्यिय विशेषज्ञको समितिले दिएको रायमा पनि Carbamazepine Brand Name Tegrital को Side Effect कम गर्ने वा नगर्ने सम्बन्धमा सामान्यतया उपचार शुरु गरेपछि एक हप्तामा बोलाइन्छ र रोगको नियन्त्रण नभएमा वा औषधिको नराम्रो असर देखिएमा तुरुन्त आउने सल्लाह दिइन्छ । पछि सो अवधि बढाई लामो अवधिमा आउने सल्लाह दिइन्छ । बिरामीको शारीरीक जाँच बेलाबेलामा गरी आवश्यकता र उपलब्ध सुबिधा हेरी मुटु, मृगौला, कलेजो रगतमा पर्ने नराम्रा प्रभावको जाँच गर्नुपर्ने हुन्छ भन्ने उल्लेख भएको देखिँदा निवेदिकालाई Tegrital Prescribe गर्दा डाक्टरले अपनाउनुपर्ने न्यूनतम होसियारी पनि अपनाएको देखिएन । Novartis को Prescribing information  मा पनि यही कुरा उल्लेख भएको देखिन्छ ।

Medical Negligence का सम्बन्धमा बेलायतको RV Beteman को मुद्दामा स्थापित सिद्धान्त यहाँ महत्वपूर्ण देखिन्छ । उक्त मुद्दामा "If a person holds himself out as possessing special skill and knowledge by or on behalf of a patient he owes a duty to the patient to use due caution in undertaking the treatment. If he accepts the responsibility and undertakes the treatment and the patient submits to his direction and treatment accordingly he owes a duty to the patient to use diligence care knowledge skill and caution in administering the treatment" भन्ने सिद्धान्त स्थापित भएको देखिन्छ ।

त्यसैगरी भारतको सर्वोच्च अदालतले Dr. Laxman Balkrishna Joshi Vs Dr. Timba Balu Godbole and others भएको मुद्दामा AIR 1996 SC 128 मा "The duties which a doctor owes to his patient are clear. A person who holds himself out ready to give medical advice and treatment impliedly undertakes that he is possessed of skill and knowledge for the purpose. Such a person when consulted by a patient owes him certain duties, viz., a duty of care in deciding whether to undertake the case, a duty of care in deciding what treatment to give or a duty of care in the administration of that treatment. A breach of any of those duties gives a right of action for negligence to the patient. The practitioner must bring to his task a reasonable degree of skill and knowledge and must exercise a reasonable degree of care. Neither the very highest nor a very low degree of care and competence judged in the light of the particular circumstances of each case is what the law requires: The doctor no doubt has a discretion in choosing treatment which he proposes to give to the patient and such discretion is relatively ampler in cases of emergency. भन्ने सिद्धान्त स्थापित गरेको देखिन्छ ।      

२६.   उपरोक्त कारणहरूले गर्दा डा. दिनेशविक्रम शाहले निवेदिकालाई Tegrital Prescribe गरेको तर लामो समय सेवन गर्दा अरु असरहरू देखिएमा औषधि सेवन बन्द गरी तुरुन्त अस्पताल जाने वा आफूकहाँ सम्पर्क राख्न आउनु भनी सल्लाह नदिएकोले डाक्टर दिनेशविक्रम शाहले उपचार गर्दा मनासिब र आवश्यक होशियार DueReasonable care पुर्‍याएको देखिएन । यस्तो कार्यलाई Negligence कार्य मान्नु पर्छ ।

२७.   प्रस्तुत मुद्दामा डा. दिनेश बिक्रमले NegligenceBreach of duty लगायत कुनैपनि कार्य नगरी निवेदिकाको अन्यत्र उपचार गराएको कारण निवेदिकालाई क्षति पुग्न गएको भनी लिएको जिकीरका सम्बन्धमा हेर्दा यहाँ Causation Novus actus interveniens कसको हो सो हेर्नुपर्ने हुन आयो । Causation अर्थात कारक तत्व हुनलाई A Person causes a result which is an element of an offence when -

a.      he does an act which makes a more than negligible contribution to its occurrence or,

b.      he Omits to do an act which might prevent its occurrence and which he is under a duty to do according to the law relating to the offence.

a       person does not cause a result where after he does such an act or makes such an ommision an act or event occurs -

a.      which is the immediate and sufficient cause of result.

b.      which he did not forsee and,  

c.      which could not in the circumstances reasonably have been forseen.

 

      २८.   Causation कानूनी एवं तथ्य दुबै विषय हो तर कसैलाई Negligence वा Carelessness वा Recklessness को आरोप लगाउनलाई घटेको घटनाको Causation पत्ता लगाउन जरुरी हुन्छ । प्रस्तुत मुद्दामा डा. दिनेश बिक्रम शाहको भनाई आफूले Prescribe गरेको Tegrital को कारण निवेदिकालाई असर भएको होइन आफूले उपचार गर्नु अगाडि आँखा, टि.बी लगायत अन्य रोगको निवेदिकाले अन्यत्र उपचार गराएको कारण निवेदिकालाई असर गरेको हो भन्ने जिकीर लिएको देखिन्छ ।

२९.   अन्य रोगको उपचारमा अन्य औषधिको सेवनबाट निवेदिकालाई असर गरेको भन्न निवेदिकाले अन्यत्र गरेको उपचार र अन्यत्र सेवन गरेको औषधिको असर Sine qua non हुनुपर्छ । अन्यत्र गरेको उपचार र अन्यत्र सेवन गरेको औषधिको कारण निवेदिकामा देखिएका असरहरू Causation होइन भन्ने कुरा Tegrital को लामो सेवनबाट असर हुन्छ भन्ने औषधि व्यवस्था विभागको पत्र, Pharmacist को अदालतमा भएको बकपत्र र Tegrital कै Literature आदिबाट प्रमाणित भएको छ । तसर्थ Causation हुनलाई अनिवार्य तत्व जस्तै कसैले कुनै काम गर्छ जसको परिणाममा कुनै असर वा अपराधको तत्व हुन्छ र कसैको त्यस्तो कार्य हुन नदिन रोक्ने वा Alert गराउने कर्तव्य हुन्छ तर उसले नरोक्नाले त्यस्तो कार्य हुनमा Contribute गर्छ साथै उसले समयमा त्यस्तो नहुन सजग होशियारी र साबधान गराउनु पर्नेमा यस्तो गर्नमा चुक्छ भने उसको कारण त्यस्तो घटना हुन गएको मानिन्छ । अतः यस मुद्दामा Causation निवेदिकाको आँखा टि.बि. लगायतको उपचार नभई Tegrital को लामो सेवनको कारणबाट भएको देखिएको र Tegrital को लामो सेवन गर्दा हुने असरमा Alert गराउने, सावधानी गराउने, आदि शुरु र समयमै सबै कुरा जानकारी गराई Alert  गराउन पर्नेमा नगराएको कारण निवेदिकालाई असर परेकोले निवेदिकालाई गरेको असर Causation अन्यत्रको उपचार नभई डा. दिनेश बिक्रम शाहको उपचार भन्ने देखिएकोले डा. दिनेश बिक्रम शाहलाई Negligence को आरोपबाट उन्मुक्ति दिन मिलेन ।

३०.   अब यसैमा अर्को प्रश्न डा. दिनेश बिक्रम शाह ब्लु क्रस क्लिनिकमा रही निवेदिकालाई उपचार गरेकोले ब्लु क्रस क्लिनिक यसप्रति जवाफदेही हुनुपर्ने हो होइन सो हेर्नुपर्ने हुन आयो । त्यस सम्बन्धमा विचार गर्दा प्रस्तुत मुद्दामा दुईजना विपक्षी देखिन्छन् । एकजना उपचार गर्ने डा. दिनेशविक्रम शाह र अर्कोमा ब्लु क्रस क्लिनिक । डा. दिनेश बिक्रम शाहका सम्बन्धमा माथि नै विवेचना गरिसकियो । ब्लु क्रस क्लिनिकले आफ्नो लिखित जवाफमा आफ्नो कुनै उत्तरदायित्व नभएको, सम्पूर्ण कुराको जिम्मेवारी डा. दिनेशविक्रम शाह माथि हुने भन्ने जिकीर लिएको देखिन्छ । विपक्षी ब्लु क्रस क्लिनिक कानूनबमोजिम गठित र दर्ता भएको संस्था भन्ने देखिन्छ । विपक्षी ब्लु क्रस क्लिनिकले प्रवन्धपत्र तथा नियमावलीमा आफ्नो उद्देश्य विरामीहरूको उपचार गर्ने भनी उल्लेख गरेको पाइन्छ । विपक्षी डा. दिनेशविक्रम शाहले विपक्षी क्लिनिकमा बसी विरामी जाँची बिरामीलाई औषधोपचार गर्ने गरेको भन्ने देखिन्छ । प्रवन्धपत्र तथा नियमावलीबाट क्लिनिकको गठन नै बिरामीहरूको उपचार गर्ने उद्देश्यले भएको भन्ने स्पष्ट रुपमा देखिन्छ । क्लिनिकले डाक्टरहरू मार्फत् औषधिबाट सेवा प्रदान गरेको देखिन्छ । यस्तो अवस्थामा क्लिनिकले आफ्नो जिम्मेवारी नभएको भनी उन्मुक्ति प्राप्त गर्न सक्दैन । बिरामीको औषधोपचार गर्ने प्रमुख उद्देश्यका लागि भनी विपक्षी ब्लुक्रस नर्सिङ होम गठन भएको कानूनबमोजिम Incorporated व्यक्तिले मुद्दा परेपछि आफ्नो उत्तरदायित्वबाट पन्छिन सक्क्तैन । तसर्थ विपक्षी क्लिनिकलाई पनि दोषी ठहर्‍याएको पुनरावेदन अदालतको फैसला मिलेकै देखियो ।

३१.   उपभोक्ता संरक्षण ऐन, २०५४ को पारिभाषिक दफा २(क) र दफा २(ङ) हेर्दा दफा २(क) मा उपभोक्ता भन्नाले कुनै उपभोग्य बस्तु वा सेवा उपभोग गर्ने वा प्रयोग गर्ने व्यक्ति भनी परिभाषा गरिएको हुँदा विरामी पनि सेवाको उपभोक्ताभित्र पर्ने र दफा २(ङ) मा सेवा भन्नाले कुनै पनि किसिमको सेवा शुल्क वा प्रतिफल लिई प्रदान गरिएको श्रम, सुविधा र परामर्श संझनुपर्छ भन्ने परिभाषा गरिएको हुँदा डाक्टर, अस्पताल वा क्लिनिकबाट प्राप्त गर्ने सेवा ऐनले परिभाषा गरेको सेवा भित्र पर्ने नै देखियो । उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा ६(१) (क) र (घ) यस सम्बन्धमा महत्त्वपूर्ण देखिन्छन् । ऐनको दफा ६(१) (क) मा जीउ ज्यान स्वास्थ्यमा हानी पुर्‍याउने सेवाको विक्रीबाट संरक्षित हुन पाउने अधिकार र दफा ६(१)(घ) मा सुनुवाई हुने Forum को बारेमा अधिकार प्राप्त भएको देखिन्छ । दफा २४ मा क्षतिपूर्ति दिलाउने व्यवस्था भएको देखिन्छ । सोही दफामा हानी नोक्सानीका आधारमा क्षतिपूर्ति बापतको रकम दिलाउनुपर्ने व्यवस्था पाइन्छ ।

३२.   Tegrital सेवन गरेका कारण निवेदिका सिर्जना के.सी.को शरीरमा काला टाटाहरू बसेको, बायाँ आँखाको हेर्ने शक्ति नष्ट भएको जसको कारण शारीरिक र मानसिक क्षति समेत भएको जिकीर लिएको देखिन्छ । यसको पुष्ट्याई निवेदिका कान्तिबाल अस्पतालमा उपचार हुँदाको फोटो लगायत माथि उल्लिखित अन्य प्रमाणबाट प्रमाणित भएको देखिन्छ । विपक्षी डा. दिनेशविक्रम शाहले Tegrital लामो समयसम्म सेवन गर्दा हुन सक्ने असरहरू (Reaction) को बारेमा औषधि Prescribe गर्दा पीडित निवेदिका तथा निजका अभिभावकलाई अवगत गराई बुझाई यदि असरहरू (Reaction) भएमा के गर्न पर्ने हो जानकारी गराएको भए निवेदिकालाई क्षति पुग्ने थिएन । निवेदिकाले कलिलो उमेरमा आँखा जस्तो महत्त्वपूर्ण र संवेदनशील अंगको हेर्ने शक्ति नै गुमाउनु परेको देखिँदा Tegrital को लगातार लामो समयसम्म सेवन गर्दा हुनसक्ने सम्भावित असरबारे बिरामीलाई पहिले नै जानकारी नगराएको हदसम्म डा. दिनेशविक्रम शाहले Negligence गरेको देखियो । मानिसको Right to life लाई Enjoy र सार्थक बनाउने विभिन्न अंगहरू मध्ये आँखा महत्त्वपूर्ण अंग हो । Right to life लाई Enjoy गर्न Livelihood आवश्यक पर्छ । योग्यता र क्षमताले Right to Livlihood को अधिकार उपभोग गर्न सक्ने भएपनि आँखाको हेर्ने शक्तिको अभावमा Right to life and Right to Livlihood दुबै Enjoy गर्न र उपभोग गर्न सम्भव हुँदैन । निवेदिकामा आज त्यही भएको छ । आँखाको हेर्ने शक्तिको अभावमा मानिसले अरुको सहारामा वाच्नुपर्ने वाध्यता हुन्छ । साथै आँखाको हेर्न शक्तिको अभावमा शिक्षा प्राप्त गर्ने र व्यक्तित्व विकास गर्ने नयाँ पेशा व्यवसाय गरी रोजगार प्राप्त गर्ने मौलिक हक र मानवअधिकारबाट वञ्चित हुनुपर्ने हुन्छ । शारीरिक तन्दुरुस्ती नभएको भन्ने आधारमा प्रतिस्पर्धाबाट प्राप्त गर्ने पेशामा disqualify हुनसक्ने अवस्था आउँछ । यी वास्तविकताका साथै औषधि उपचारमा भएका खर्च एवं मानसिक तथा शारीरीक पीडा समेतलाई ध्यानमा राख्दा पुनरावेदन अदालत पाटनले डाक्टर दिनेशविक्रम शाह र ब्लु क्रस क्लिनिक दुबैलाई दोषी ठहराई विपक्षीहरूबाट रु. ६,१७,११९।९४ भराउने गरी भएको मिति २०६३।२।२ को फैसलामा कुनै त्रुटि नदेखिँदा सो फैसला सदर हुन्छ । आफ्नो कारणबाट निवेदिकालाई क्षति नपुगेको हुँदा उन्मुक्ति पाउनुपर्छ भन्ने डा. दिनेशविक्रम शाह समेतका विपक्षीहरूको पुनरावेदन जिकीर पुग्न सक्दैन ।

३३.   अव क्षतिपूर्ति बापतको उक्त रकम कसरी भराउने भन्ने सम्बन्धमा हेर्दा विपक्षीमध्ये ब्लु क्रस नर्सिङ्ग होम उपचार गर्नका लागि दर्ता भै गठित भएको कानूनी व्यक्तित्व हो र क्लिनिकको Goodwill समेतका कारण विरामीहरू उपचारका लागि आउँदछन् । विपक्षी डा. दिनेशविक्रम शाहले व्यक्तिगत हिसावले मात्र नभई ब्लु क्रस क्लिनिक समेतको हैसियतमा उपचार गरे भएको भन्ने निवेदिकाको Prescription बाट देखिन्छ । यस्तो अवस्थामा विपक्षी ब्लु क्रस नर्सिङ्ग होमले पनि सिर्जित परिणामबाट उन्मुक्ति पाउने देखिँदैन । जसरी सरकारी अस्पतालमा कार्यरत डाक्टरको लापरवाहीका कारण विरामीलाई क्षति पुगेमा त्यस्तो अस्पताल Tort मा Liable हुन्छ त्यस्तै गरी निजी रुपमा सञ्चालित नर्सिङ्ग होम पनि Liable हुने हुँदा भराईदिने उक्त क्षतिपूर्ति रकम आधा आधा रुपमा भराईदिनुपर्ने ठहर्छ ।

३४.   अब तेश्रो प्रश्नका सम्बन्धमा बिचार गर्दा उपचार गर्ने डाक्टर र विरामीबीचको सम्बन्धका बारेमा विचार गर्नु आवश्यक देखियो । मान्यता प्राप्त Medical कलेजबाट Medical Degree प्राप्त गरेपछि र पेशा सञ्चालन गर्न कुनै परीक्षा उत्तिर्ण हुनुपर्ने रहेछ भने सो उत्तीर्ण गरी र Medical Council मा दर्ता भएपछि डाक्टरले आफ्नो योग्यता, सीप, ज्ञान र अनुभवका आधारमा विरामीको उपचार गर्ने अधिकार प्राप्त गर्दछ । शिक्षण संस्थाबाट डिग्री प्राप्त गरेपछि प्रत्येक डाक्टरले विरामीको हित चिताई उपचार गर्ने डाक्टरको EthicsCode of conduct दुबै हो । डाक्टरको सानो लापरवाहीबाट विरामीको ज्यानै जान सक्छ । ज्यानै नगएपनि शरीरका कुनै भागमा असर गरी साविक बमोजिमको नहुन सक्छ । तसर्थ विरामीप्रति डाक्टरको जिम्मेवारी हुन्छ । यसैगरी बिरामीको पनि केही कर्तव्यहरू हुन्छन् । विरामीले डाक्टरसँग सल्लाह गर्दा आफ्ना रोगहरूको वारेमा सम्पूर्ण कुरा बताउनुपर्ने कुन डाक्टरसँग कहिलेदेखि के रोगको के के उपचार गराएको र के के औषधि सेवन कहिले देखि गरिरहेको आदि कुरा उपचार गर्ने डाक्टरलाई वताउनुपर्ने र डाक्टरले दिएको सल्लाह अनुसार नियमित रुपले औषधि सेवन गर्नुपर्ने बिरामीको कर्तव्य हो । 

३५.   डाक्टर र विरामीको सम्बन्धमा दुई मान्यताहरू रहेको देखिन्छ । पहिलो मान्यताअनुसार पढाई र पेशाले नै डाक्टर विरामीको उपचारप्रति Committed कटिबद्ध   हुन्छ । उसले पढेको विद्या, पेशा, ज्ञान सीपका आधारमा डाक्टरले विरामीको सर्वोत्तम हित चिताई उपचार गर्दछ । तसर्थ उसले उपचार गर्दा जहिले पनि विरामीको सर्वोत्तम हित चिताई उपचार गर्ने हुँदा डाक्टरले विरामीलाई उसको रोग र उपचार बारे जानकारी दिइरहन पर्दैन भन्ने मान्यता कुनै बेला रहेको देखिन्छ । पुरानो मान्यताअनुसार डाक्टरले विरामीलाई जाँच गरी पत्ता लागेको रोगको उपचार मेहनत र इमानदारीका साथ गर्दछ । डाक्टरले जे गर्छ विरामीको हितको लागि गर्छ भन्ने मानिन्छ । अर्थात पुरानो मान्यताअनुसार डाक्टर र विरामीको सम्बन्ध Professional Standard of care मा आधारित रहेको हुन्छ ।

Professional Standard of care को मान्यतामा आधारित डाक्टर र विरामीको सम्बन्धमा विरामीको उपचारमा विरामीको मञ्जूरी सहमति आदि आवश्यक नपरी विरामीको हितमा विरामीलाई उपचार गर्न डाक्टरलाई अधिकार प्राप्त हुन्छ भनी सन् १९७७ को University of Pittsburg को Law Review को पेज १३७ मा "Under the Standard care doctrine earlier decisions seemed to perpetuate medical paternalism by giving the profession sweeping authority to decide unilaterally what is in the patient's best interest" भनिएको देखिन्छ ।

३६.   तर सन् १९६० को दशकमा आएर डाक्टर र विरामीबीच Professional Standard of Care को मान्यतामा आधारित उपचार पद्धतिमा केही परिवर्तन आएको देखिन्छ । डाक्टरले विरामीको उपचार गर्ने भनेको डाक्टरले आफ्नो सीप र ज्ञान लगाएर विरामीको सेवा गर्ने हो । विरामीले आफ्नो शरीरमा के कसो भएको  हो ? के रोग लागेको हो ? के उपचार गर्नुपर्ने हुन्छ, ? उपचार गर्दा के हुने ? उपचार नगर्दा के हुने ? भन्ने सबै कुरा जसको शरीर हो उसलाई थाहा नपाउने भन्ने हुँदैन । डाक्टरले उपचार गराउन आउने विरामीलाई उपचार गर्नु अगाडि माथि उल्लेख भएका कुराहरूको वारेमा जानकारी दिएर मात्र उपचार गर्नुपर्दछ भन्ने मान्यताको विकास भएको देखिन्छ । १९६० को दशकमा आएर पहिलाको डाक्टर र विरामीबीचको Professional Standard of Care मा आधारित सम्बन्ध र मान्यतलाई Theory of informed consent ले Replace गरेको देखिन्छ । Informed consent theory अन्तर्गत डाक्टरलाई विरामीप्रति बढी जवाफदेही बनाएको र विरामीलाई पनि आफ्नो रोगको बारेमा र के उपचार भर्इंरहेको छ के उपचार गर्नुपर्छ भन्ने कुराको बारेमा जानकारी पाउने व्यवस्था गरेको देखिन्छ । 

३७.   प्रत्येक मानव आफ्नो शरीरको मालिक आफैँ हो त्यसैले आफ्नो बारेमा आफैले निर्णय गर्न पाउनुपर्छ भन्ने Anglo American कानूनको मान्यतामा लिइन्छ । उपचारको लागि विरामीको पनि सहमति चाहिन्छ, आवश्यकता पर्दछ । विरामी डाक्टरकहाँ आएपछि डाक्टरले विरामीलाई उसको रोग, त्यसको उपचार, विकल्प, उपचार गर्दा र नगर्दा दुबैको जोखिम र खतराका बारेमा जानकारी गराई विरामीको सहमति प्राप्त गरी उपचार गरेमा डाक्टर जवाफदेही हुँदैन भन्ने मान्यताको विकास भएको देखिन्छ । सो सम्बन्धमा हाम्रो कानूनी व्यवस्थाको लागि मुलुकी ऐन इलाज गर्नेको महल हेर्नुपर्ने हुन्छ ।

 

मुलुकी ऐन इलाज गर्नेको महलको १ नं. मा देहायबमोजिमको व्यवस्था छ :

जोखिमी ठूलो चिरफार औषधि गर्दा र व्यथा जाँची खुवाउनु पर्ने औषधिको लिखत गरी दिँदा समेत सो कुराको इलम पढी पास दिई त्यसको निस्सा पाएका पासवाला डाक्टर वैद्यले चिरफार गर्न, औषधि लगाउन र खुवाउने औषधिको लिखत गर्न हुन्छ । व्यथाको परीक्षा गर्न वा औषधि गर्न जान्ने वा अनुभवले गरिआएका मानिसले समेत सानोतिनो घाउ खटिरा चिर्नु फोर्नु मलम पट्टी औषधि लगाउने काम गर्नलाई भने पास नभए पनि गर्न गराउन हुन्छ ।

           

इलाज गर्नेको महलको २ नं. मा यस्तो व्यवस्था भएको देखिन्छ :

 

जीउमा केही भएको चिर्नु फोर्नु झिक्नु काट्नु नगरी नहुने भएमा बिरामी जानकार र होसहवाशमा भए त्यससँग समेत र बालक वा होसहवाशमा नभएको रहेछ भने उसको संरक्षण गर्ने वारिसवालाको मञ्जूरी लिई वा वारिसवाला कोही नभएको बेवारिसी मानिसको चिर्नु फोर्नु आवश्यक देखियो भने अस्पतालबाट रोगीको फाइदाको निमित्त मञ्जूरी नलिकन पनि पासवाला डाक्टर बैद्य आफैले सो काम गर्नुहुन्छ ।

 

३८.   इलाज गर्नेको महलको १ नं. को व्यवस्था हेर्दा सो १ नं. ले विरामीको (मुलुकी ऐनकै भाषामा भन्दा) जोखिम ठूलो चिरफार र औषधि गर्दाअर्थात कुनै उपचार र Major Operation गर्न पर्दा (मुलुकी ऐनकै भाषामा) इलम पढी पास दीअर्थात डाक्टर Regd Medical Practitioner ले मात्र गर्न सक्ने व्यवस्था भएको देखिन्छ । १ नं. मा नै दोस्रो वाक्यमा मुलुकी ऐनकै भाषामा सानो तिनो घाउ खटिरा चिर्नु फोर्नु मलम पट्टी औषधि लगाउने काम पास नभएपनि अनुभव गरी आएको मानिसले पनि गर्न हुन्छभन्नाले सानोतिनो रोगको उपचार गर्ने डाक्टर नै नचाहिने डाक्टरी विद्यासम्बन्धी अनुभव प्राप्त व्यक्तिले पनि उपचार गर्न सक्ने व्यवस्था भएको देखिन्छ । उक्त १ नं. को सो व्यवस्था अनुसार Physician को हकमा डाक्टर र विरामीबीचको सम्बन्ध Professional Standard of care मा आधारित व्यवस्था हो । यसमा बिरामीलाई उसलाई लागेको रोगको बारेमा जानकारी दिन पर्ने वा उपचार गर्न उसको मञ्जूरी लिइरहन पर्ने देखिँदैन । यस व्यवस्थामा केवल पढी पास भएको अर्थात योग्यता प्राप्त भएको डाक्टरले बिरामीको उपचार गर्न स्वतः अनुमति प्राप्त गर्दछ । त्यसैले यो व्यवस्था Professional Standard of care मा आधारित व्यवस्था हो ।

३९.   इलाज गर्नेको महलको नं. २ को व्यवस्था चिरफार अथवा Operation सम्बन्धी व्यवस्थाको हो । इलाज गर्नेको महलको उक्त नं. ले चिरफार गर्नुपर्दा भने संरक्षण गर्ने वा वारिसवालाको मञ्जूरी लिएर मात्र गर्नुपर्ने र वेवारिसे मानिसको हो भने मञ्जूरी नलिएपनि रोगिको फाइदाको निमित्त चिरफार गर्ने व्यवस्था भएको देखिन्छ । त्यतिबेला बनेको मुलुकी ऐनको इलाज गर्नेको २ नं. को व्यवस्था Surgery को हकमा Informed Consent Theory मा आधारित व्यवस्था हो ।

४०.   इलाज गर्नेको महलको ३ नं. पनि महत्वपूर्ण देखिन्छ । उक्त ३ नं. को व्यवस्था Negligence को व्यवस्था हो । उक्त ३ नं. मा परेका शब्दहरू हेर्दा ठीक मात्रासम्म ख्वाएमा मर्न गए वात लाग्दैन । खुवाउन नहुनेलाई खुवाए खुवाउन हुनेलाई खुवाउँदा पनि दिन हुने मात्रा भन्दा बढी मात्रा गरी लिखतमा लेखिदिँदा वा खुवाउँदा बेकाइदासँग रोगिलाई चिरफार गर्दाआदि आदि अवस्थामा केही भएमा भनेको हुँदा डाक्टरले विरामीलाई उपचार गर्दा बढी मात्रामा औषधि Prescribe आदि गरेमा वात लाग्छ भनेको त्यतिबेलाको भाषामा यदि बिरामीको उपचार गर्दा डाक्टरले Negligence वा Carelessness वा Recklessness गरेमा डाक्टर बिरामीप्रति जवाफदेही भई डाक्टर Accountable हुनुपर्छ भनेको हो ।

           Modi's Medical Jurisprudence and Toxicology 21st Edition, Page 515 मा It is now recognized that the patient has the right to full information in layman's terms concerning his diagnosis, treatment and Prognosis, He should also be informed about alternative treatments and possible complications भन्ने उल्लेख भएको देखिन्छ ।

अब यहाँ हाम्रो मुलुकी ऐन, इलाज गर्ने महलको २ नं. मा भएको चिरफार गर्दा मञ्जूरी लिनुपर्ने व्यवहार जसलाई त्यसबेलाको Informed Consent मान्नुपर्छ । यसका सम्बन्धमा विदेशका अन्य केही स्थापित सिद्धान्तहरू हेर्नु आवश्यक देखिन्छ । सो सम्बन्धमा अमेरिकामा सन् १९५० को दशकको अन्त्यतिर डा. बिरामीबीचको सम्बन्धमा Informed Consent Theory मा आधारित हुनुपर्छ भनी Salgo V Leland Stanford Jr University, Board of Trustees 154 Cal APP 2d 560 (1957) को मुद्दामा सिद्धान्त स्थापित भएको देखिन्छ ।

१९७७ को University of Pittsburg Law Review df The Court Strongly Suggested a Physician is obligated not only to disclose what he intends to do but to supply information which addresses the question of whether he should do it. This view was a marked divergence from the general rule of "Professional standard of care" in determining what must be disclosed. Under the standard earlier decisions seemed to perpetuate medical paternalism by giving the profession sweeping authority to decide unilaterally what is in the patient's best interest भनिएको देखिन्छ ।

Informed consent को सम्बन्धमा Marlin V Stratton को मुद्दामा 515 P. 2d1366|Okl 1973|consent to medical treatment to be effective should stem from an understanding decision besed on adequate information about the treatment. The available alternatives and the collateral risks. The requirement labelled informed consent is legally speaking as essentially as a physican's care and skill in the performance therapy. The doctrine imposes a duty on a physican or surgeon to inform a patient of his options and the attendant risks.  भन्ने सिद्धान्त स्थापित भएको देखिन्छ ।

Informed consent को सम्बन्धमा १९७९ मा Supreme Court of Oklahama (1979) 606 P.554 मा डाक्टर र बिरामी बीचको उपचारमा Informed consent theory अन्तर्गत बिरामीले उपचारमा डाक्टरको Negligence भनी प्रमाणित गर्न

a.      defendent physican failed to inform him of a material risk before securing his consent to the proposed treatment.

b.      if he had been informed of the risks he would not have consented to the treatment.

c.      the adverse consequences that were not made known did in fact occur and he was injured as a result of submitting to the treatment.  भनिएको देखिन्छ ।  

 

४१.     उपरोक्त मुद्दाको निर्णयहरूबाट डाक्टर र विरामीबीचको प्रचलित Proffessional Standard of Care को सिद्धान्तको बदला नयाँ Doctrine of Informed consent को सिद्धान्त स्थापित गरिएको देखिन्छ ।

४२.     डाक्टर र बिरामीबीचको सम्बन्ध के कसरी सञ्चालित हुने र के मा आधारित हुने भन्नेबारे इजाल गर्नेको महलबाहेक अन्य कानून नबनेको र कुनै सिद्धान्त पनि स्थापित भएको देखिँदैन । मुलुकी ऐन इलाज गर्नेको महलमा डाक्टरले लापरवाही गरी उपचार गरेमा त्यस्तो कार्यलाई केही हदसम्म Criminalise गरेपनि डाक्टरको विरामीप्रतिको कर्तव्य, डाक्टर र बिरामीबीचको सम्बन्ध र बिरामीले डाक्टरबाट आफ्नो रोग र उपचारको बारेमा के के कुरा थाहा पाउने हक राख्दछ तथा डाक्टरको विरामीप्रति के कस्तो कर्तव्य हुने हो सो बारेमा व्यवस्था भएको देखिँदैन । डाक्टरले विरामीलाई उपचार गर्ने कार्यउपभोक्ता संरक्षण ऐनको प्रयोजनको लागि सेवाभित्र परेको कारणले गर्दा डाक्टरले विरामीलाई उपचार गर्दा होस नपुर्‍याएको वा लापरवाही गरेको प्रमाणित भएमा Tortious Liability अन्तर्गत जरीवाना र क्षतिपूर्ति तथा फौजदारी दायित्व अन्तर्गत Criminal Prosecution को व्यवस्था गरेको देखिन्छ । उपभोक्ता संरक्षण ऐनमा डाक्टर र बिरामीबीचको सम्बन्ध के कस्तो हुनुपर्ने भन्ने बारे, डाक्टरको बिरामीप्रति र बिरामीको डाक्टरप्रति Vice versa वा each others सम्बन्ध के कस्तो सम्बन्ध हुनुपर्ने भन्ने बारे, Medical Negligence को परिभाषा गरेको पाइदैन । यसैगरी नेपाल कानून वा नेपालको Case Law ले आजसम्म डाक्टर र बिरामीबीचको कानूनी सम्बन्धको बारेमा र बिरामीको उपचारमा के गर्दा Negligence हुने भन्ने सम्बन्धमा कुनै व्याख्या र व्यवस्था भएको देखिँदैन ।

 

४३.     मुलुकी ऐन इलाज गर्नेको महलले बिरामीले उपचार गर्दा डाक्टरबाट लापरवाही भएमा लापरवाहीपूर्ण कार्यलाई केही हदसम्म Criminalise मात्र गर्‍यो तर बिरामीप्रति डाक्टरको कर्तव्य र विरामीलाई भएको शारीरिक क्षति सम्बन्धमा Compensate गर्ने व्यवस्था  गरेन । डाक्टरबाट कहिलेकाहीँ जानेर, नजानेर बिरामीको उपचारमा हुन सक्ने Negligence वा Carelessness को कारणले गर्दा वा डाक्टरको एबचत मा कुनै CarelessnessNegligence नभई उपचारमा ढिलाई, बिरामीको उमेर, Chronic रोग, गलत ठाउँमा गलत उपचार आदि बिरामीकै कारणले पनि उपचार गर्दागर्दै बिरामी मर्न सक्दछ । जसमा डाक्टरको कुनै हात हुँदैन काबु बाहिरको परिस्थिति हुन्छ । होस् पुर्‍याएर उपचार गर्दागर्दै बिरामी मर्न सक्छ, यस्तोमा डाक्टर दोषी हुन सक्दैन तर कहिलेकाहीँ होस् नपुर्‍याNegligent वा Careless वा Reckless तरिकाले उपचार गर्दा वा चिरफार गर्दा रोग निको नभई बिरामीको शरीरमा अन्य असर गर्न वा बिरामी मर्न सक्छ । डाक्टर र अस्पताल विरुद्ध मुद्दा गरी क्षतिपूर्ति दावी गर्ने प्रचलन केही वर्ष यता बढेको देखिन्छ । सोसम्बन्धी बर्तमान कानून मुलुकी ऐन, इलाज गर्नेको महलले आजको आवश्यकतालाई Cope गर्न सक्दैन । अर्को ऐन, उपभोक्ता संरक्षण ऐन, २०५४ Basically चिकित्सकीय सेवा भन्दा पनि अन्य चिजबस्तुको खासगरी खाद्यपदार्थको Quality र प्रतिस्पर्धा तर्फ केन्द्रित रहेको देखिन्छ । तसर्थ डाक्टर र बिरामीबीचको सम्बन्धलाई Govern गर्ने एक आधुनिक Self contained Act आजको आवश्यकता भएको देखिन्छ ।

४४.     जनसंख्या बृद्धि, स्वास्थ्य उपचार सेवाको कमी, समयमै बिरामीको उपचार नगराउने, बिरामी Chronic भएपछि मात्र उपचार गर्न अस्पतालमा लाने कारण उपचार असफल हुन पनि सक्ने एकातिर देखिन्छ भने अर्कोतर्फ एक डाक्टरले धेरै बिरामी हेर्नुपर्ने वा डाक्टरको योग्यता अनुभवको कमी वा समयमा औषधिप्राप्त नहुनुका साथै आधुनिक Life saving drugs वा Instrument को अभाव वा लापरवाहीको कारण बिरामीलाई असर वा बिरामी मर्नसक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन । विभिन्न कारणले गर्दा वास्तविक एवं नक्कली दुबै खालका मुद्दाहरू पर्न सक्छन् । केही वर्ष यता बिरामी मर्नासाथ डाक्टर उपर मुद्दा गर्ने मात्र होइन अस्पताल नै तोडफोड गरेको Vandalism  का घटनाहरू यस अदालतले Judicial Notice मा लिन सक्ने कुरा हो ।

बेलायतको Kay Vs Ayrshire & Arran (1987) 2 ALL ER 471 को मुद्दामा "Untill fairly recently British people displayed a decent distaste for suing the people who were trying to cure them. While one can sympathise with the parental grief which truns to grievance and fuels hopeless vendetta through the courts भनिएको छ । जसले बिरामी बचाउन ठूलो प्रयत्न गर्छ तर प्रयत्न गर्दागर्दै पनि बचाउन सक्तैन भने त्यस्तो व्यक्तिको विरुद्ध कसरी मुद्दा गर्ने ? भन्ने बुद्धिमानी कुरा हो तर बेलायतको Fs Journal New LJ (1995) P 1669 df Claims against doctors and hospitals are increasing very fast, litigation is expected to cost £200m a year now a four fold increase in four years भनिएको छ । 

४५.    डाक्टर अस्पताल वा नर्सिङ होम आदिले बिरामीलाई उपचार सेवा पुर्‍याउने कार्य सेवा नै हो । डाक्टरले बिरामीको उपचार गर्दा बिरामीको सर्बोत्तम हित हेरेर उपचार गर्दछ यसमा बिबाद हुँदैन तर बिरामीको औषधि उपचारमा डाक्टरको Negligence पनि Acceptable हुँदैन । त्यसैगरी बिरामीको पनि डाक्टरप्रति आफ्ना सबै रोगहरू बताउने र डाक्टरले दिएको औषधिको सेवन र डाक्टरको सल्लाह पालन गर्ने कर्तव्यहरू हुन्छन् । बिरामीले डाक्टरलाई रोगका सबै कुरा नबताउने वा डाक्टरको सल्लाहमा नचल्ने वा बिरामीले बेलैमा उपचार नगर्ने, रोग Chronic भएपछि अन्तिम अवस्थामा डाक्टर वा अस्पतालमा लाने, सुरुमा सबन्धित डाक्टर वा सम्बन्धित अस्पतालमा नलगी अन्यत्र लगी ढिला गरी बिरामीको हालत बिग्रिसकेपछि सम्बन्धित डाक्टर वा अस्पतालमा लगी ढिलाइको कारण डाक्टर र अस्पतालले उपचार गर्दागर्दै पनि बिरामीलाई गरेको उपचार सफल नभएमा पछिल्लो डाक्टर वा पछिल्लो अस्पताल जवाफदेही हुन सक्दैन । समयमा उपचार नगरी बसेको वा बिरामीलाई अन्यत्र लगी सम्बन्धित डाक्टर वा अस्पतालमा ढिला गरी लगेकोमा डाक्टरले प्रयास गर्दा पनि उपचार सफल नभएमा पनि डाक्टर वा अस्पताल जवाफदेही हुने व्याख्या गर्ने हो भने त्यस्तो व्याख्या गलत व्याख्या हुन जाने मात्र होइन डाक्टरले बिरामीको उपचार नै गर्न नचाहने अवस्था सिर्जना हुन्छ । यदि यस्तो अवस्थामा पनि डाक्टरलाई Negligence को दोष लगाई डाक्टर वा अस्पतालबाट क्षतिपूर्ति भराउने हो भने रोग Chronic भएका बिरामी मरेमा बिरामीका परिवारलाई बिरामी मर्नु नै आम्दानीको स्रोत बन्न जान्छ भने डाक्टर वा अस्पताल बिरामीको रोग कसरी निको पार्न सकिन्छ भन्ने भन्दा पनि डाक्टर आफू मुद्दा मामिलाको झमेलाबाट बसरी बच्ने भन्ने पट्टि लाग्दछ । यस्तो अवस्था आउनेगरी अदालतले Medical Negligence को व्याख्या गर्न हुँदैन र गर्दैन ।

४६.     डाक्टर र बिरामीबीचको सम्बन्ध, डाक्टरले बिरामीलाई उपचार गर्ने, डाक्टरको योग्यता बिरामीको उपचार गर्दा डाक्टरले बिरामीलाई के कस्तो र कति हदसम्म जानकारी दिन पर्ने, के कस्तो अवस्थामा उपचार गर्दा डाक्टरले बिरामीको मञ्जूरी लिन पर्ने आदि बारेमा मुलुकी ऐन इलाज गर्नेको महलमा तत्कालीन अवस्थामा पनि केही कानून बनेको देखिन्छ तर आजको बदलिँदो र बिकसित परिस्थितिमा इलाज गर्नेको महलमा भएको व्यवस्था पर्याप्त मान्न सकिँदैन।

४७.    डाक्टर र बिरामीबीचको Informed consent मा आधारित सम्बन्ध र यस फैसलामा उठाइएका ४ प्रश्न र अन्य आवश्यक कुराहरू समेत समावेश गर्ने गरी एउटा ComprehensiveSelf contained Act  आवश्यक देखिएकोले सो सम्बन्धमा एक Self contained Act बनाउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गरी सो फैसला सहित लेखी पठाउनू । 

४८.     माथि विवेचना गरिए अनुसार डाक्टर र बिरामी बीचको सम्बन्ध Informed consent को सिद्धान्तमा आधारित हुनुपर्छ  भनियो । यस अदालतबाट आजमात्र यो सिद्धान्तमा आधारित उपचार पद्धती हुनुपर्छ भनीएको हुँदा हाल Medical negligence का जे जति मुद्दा जुन तहमा बिचाराधिन भएपनि यो फैसलामा उल्लेख भएको Informed consent को सिद्धान्त लागू हुँदैन । यसको Prospective असर Effect/Operation हुन्छ । यो सिद्धान्त सोसँग सम्बन्धित कानून विधायिकाले बनाएपछि वा यस अदालतबाट आजै गरिएको आदेशअनुरूप गठन भएको समितिले काम गरी पेश गरेको रिपोर्ट सरकारले लागू गरेपछि मात्र लागू हुन्छ ।    

४९.     अब चौथो प्रश्नका सम्बन्धमा हेर्दा उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा २३ मा क्षतिपूर्ति समितिको व्यवस्था भएको देखिन्छ । उक्त समितिमा प्रमुख जिल्ला अधिकारीले अध्यक्षता गर्ने, अन्य सदस्यमा, सम्बन्धित जिल्लाको जिल्ला सरकारी वकील, मेडिकल अधिकृत र जिल्ला उपभोक्ता संस्थाको प्रतिनिधि उद्योग वाणिज्य संघको प्रतिनिधि र सरकारले तोकेको अधिकृत रहने व्यवस्था भएको देखिन्छ । दफा २४ ले समितिमा परेको उजूरीमा छानबिन गरी निर्णय गर्ने दुबै अधिकार समितिलाई प्रदान गरेको देखिन्छ । क्षतिपूर्ति समितिले निर्णय गर्दा अपनाउनुपर्ने कार्यविधि तोकिएबमोजिम हुने कुरा दफा २३(२) मा भएको देखिन्छ । तोकिएबमोजिम भन्नाले दफा २(४)(ढ) मा ऐनअन्तर्गत बनेको नियममा तोकिएबमोजिम हुने भन्ने व्यवस्था भएको देखिन्छ । ऐनको दफा ३० ले दिएको अधिकार प्रयोग गरी उपभोक्ता संरक्षण नियमावली, २०५६ बनेको देखिन्छ ।

५०.     ऐनको दफा २३ को प्रयोजनको लागि नियमावलीको नियमा ४६ मा व्यवस्था भएको देखिन्छ । नियम ४६ ले ऐनको दफा २३ बमोजिम गठित समिति Multimember Body भएका कारण निर्णय गर्दा एक मत नभए बहुमत सदस्यको रायलाई निर्णय मानिने भन्ने व्यवस्था गरेको देखिन्छ । उपभोक्ता संरक्षण ऐन, २०५४ ले उपभोक्ता र प्रायः सम्पूर्ण वस्तुको सेवा सम्बन्धमा समेटेको देखिन्छ । ती मध्ये Medical Negligence एक अंग मात्र हो । Medical Negligence को सम्बन्धमा क्षतिपूर्ति समितिको बनोट हेर्दा वहुसंख्यक सदस्य चिकित्सा विज्ञानको ज्ञान भएका व्यक्ति देखिएन, प्रशासक पेशाका व्यक्तिहरू देखिए । मुद्दा हेर्ने व्यक्तिहरू बिबादको विषयको सम्बन्धमा ज्ञान भएको व्यक्ति हुनुपर्छ ।

५१.     उपभोक्ता संरक्षण ऐन, २०५४ लागू भएको लामो समय भैसकेको देखिन्छ । अस्पताल तथा नर्सिङ्ग होमको संख्था निकै बृद्धि भैसकेको, अस्पताल र डाक्टरले विरामीलाई उपचार गर्ने कार्य उपभोक्ता संरक्षण ऐनको सेवाभित्र परिसकेकोले Medical Negligence का मुद्दाहरू पर्न थालिसके । बढ्दो जनसंख्या, प्रदूषण जस्ता कारणले नयाँ समस्याहरू देखा पर्न थालेका छन् । नागरिकको स्वास्थ्य उपचार पाउनेहक र स्वास्थ्यसम्बन्धी हक दुबै हक मौलिक हक हुन् । अस्पताल तथा डाक्टर दुबैले उपलब्ध भएसम्मको औजार र प्रविधिबाट विरामीको With due diligence उपचार गर्ने पनि कानूनी कर्तव्य हो । प्रत्येक बिरामीलाई Right against Medical Negligence को हक प्राप्त हुनुपर्छ र Proven Medical Negligence मा Right to adequate compensation को हकपनि प्राप्त हुनुपर्दछ । त्यसकारणले गर्दा बदलिदो अवस्था र परिस्थिति तथा डाक्टरले बिरामीको उपचार गर्दा Negligence आदि गरी बिरामीलाई क्षति पुग्न गएमा अस्पताल र डाक्टरलाई विरामी प्रति Accountable  बनाउन र डाक्टरले प्रयत्न गर्दागर्दै पनि डाक्टरको काबुभन्दा बाहिरको परिस्थितिको कारण बिरामी मर्न गएको अवस्थामा डाक्टरको Negligence नहुने र डाक्टर दोषी हुन नसक्ने हुँदा Medical Negligence भनी चलेको मुद्दामा Expert opinion based evidence मा आधारित न्याय र इन्साफ हुन देहायबमोजिम गर्नु भनी स्वास्थ्य मन्त्रालयको नाममा यो आदेश जारी गरिएको छ ।

           

१.     उपभोक्ता संरक्षण ऐन २०५४ को दफा २३ बमोजिम गठित क्षतिपूर्ति समिति समक्ष उजूर गर्न र दफा २३ बमोजिम गठित समितिले उजूरी उपर छानबिन गरी उजूरी मनासिव देखिएमा दफा २४ बमोजिम क्षतिपूर्ति दिलाउने व्यवस्था भएको   देखिन्छ ।

 

५२.   ऐनको दफा २३ को क्षतिपूर्ति समितिमा सदस्य सचिव सहित ६ सदस्यिय समिति गठन हुने व्यवस्था भएको देखिन्छ । दफा २३ बमोजिम गठित समितिले गर्ने काम Medical Science लगायत बिशुद्ध प्राविधिक काम हो । दफा २३ बमोजिम गठित समितिले गर्ने काम न्यायिक काम पनि हो तर समितिको सदस्य हेर्दा उपदफा १ को अध्यक्ष र लगत्तै पछिका दुई सदस्य र वाँकी अन्य तीन सदस्य गैरन्यायिक र गैरचिकित्सक देखिन्छ । न्यायिक काम गर्दा न्यायिक मन लगाई आफूलाई न्यायिक अधिकार प्रयोग गर्न स्वतन्त्र, निस्पक्ष र सक्षम न्यायिक पदाधिकारीमा परिणत गरी सबूद Expert opinion को प्रमाणका आधारमा निर्णय गर्नुपर्छ । दफा २३ बमोजिम गठित समितिले गर्ने काम विसुद्ध न्यायिक मन लगाई प्रमाणका आधारमा निर्णय गर्नुपर्ने काम भएकोले दफा २३ को समितिले निर्णय गर्दा अपनाउनुपर्ने कार्यविभि तोकिएबमोजिम हुने व्यवस्था उपदफा २ मा भएको देखिन्छ । उपदफा २(ढ)(४)(झ) मा तोकिएबमोजिम हुने भनेको हुँदा नियममा तोकिने व्यवस्था भएको देखिन्छ । ऐनको दफा २३(२) को प्रयोजनको लागि भनी उपभोक्त संरक्षण नियमावली २०५६ को नियम ४६ मा क्षतिपूर्ति समितिले निर्णय गर्दा अपनाउनुपर्ने कार्यविधी तोकिएको देखिन्छ । ऐनको दफा २३(२) को उद्देश्य, र व्यवस्था हेर्दा दफा २३(१) को दयमथ ६ सदस्यीय Multi-member body भएको कारण एक मत नभएमा निर्णयको हैसियत के हुने भन्ने सम्बन्धमा समितिका सदस्यहरू अधिकारक्षेत्रको प्रयोग तोक्नेसम्बन्धी व्यवस्था होइन । दफा २३(२) को ब्यवस्था र उद्देश्य अधिकारक्षेत्रको प्रयोगसम्बन्धी व्यवस्थाको नभई मुद्दाको कार्वाहीमा अपनाउने कार्यविधिसम्बन्धी व्यवस्थाको लागि हो ।

५३.   नियमावलीको नियम ४६ मा मुद्दाको कारवाहीको कार्यविधि तोकिनुपर्नेमा कार्यबिधिको बदला ६ सदस्यीय समितिको अधिकारक्षेत्र तोकिन गएको देखियो । Medical Negligence भनी परेको दावीमा सबूद प्रमाण Medical Science सम्बन्धी पूर्णरुपेण प्राविधिक विषय हो । दफा २३ बमोजिम गठित समितिको ठहर सम्बन्धित विशेषज्ञको Expert opinion pathological लगायत विभिन्न परीक्षणको चभउयचत आदि आदि सम्बद्ध बैज्ञानिक प्रमाणमा आधारित हुनुपर्छ । Medical Negligence को मुद्दामा Expert opinion नभएको Lay witness को भनाई प्रमाण हुन सक्दैन । दफा २३ बमोजिम गठित समितिले Medical Negligence सम्बन्धी मुद्दामा निर्णय गर्दा कार्यविधिको प्रयोजनको लागि आवश्यकताअनुसार विशेषज्ञको Expert opinion लिन देहाय बमोजिम समिति गठन गरी राजपत्रमा प्रकाशन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा आदेश गरिदिएको छ :

 

नेपाल मेडिकल काउन्सिलले तोकेको

डाक्टर प्रतिनिधि                                              

निजी अस्पतालले तोकेको डाक्टर प्रतिनिधि                              

सरकारी अस्पतालले तोकेको डाक्टर प्रतिनिधि                

औषधि व्यवस्था विभागको एजबचmबअष्कत प्रतिनिधि   

विदेशी मिसन अस्पतालले तोकेको डाक्टर प्रतिनिधि          

उपभोक्ताको तर्फबाट तोकिएको प्रतिनिधि                     

 

५४.   बिधायिकाले अर्को कानून नबनाउञ्जेलसम्म हाल बिचाराधीन र पछि पर्ने Medical Negligence सम्बन्धी मुद्दामा Expert opinion का लागि दफा २३ बमोजिम गठित समितिले आवश्यकताअनुरूप सो समितिको राय लिन सक्नेछ ।   

 

२.    आजसम्म हामी डाक्टरले बिरामीको सर्वोत्तम हित चिताई उपचार गर्छ भन्ने मान्यतामा रह्यौं । हामीकहाँ डाक्टर र विरामीको सम्बन्ध डाक्टरले विरामीलाई असल रुपले उपचार गर्छ भन्नेमा कायम रहेको अर्थात् हामी आजसम्म Proffessional Standard of Care को मान्यतामा चली आयौ । तर अब डाक्टर र विरामी बीचको सम्बन्ध Informed consent को आधारमा हुनुपर्छ । यसको लागि वर्तमान मुलुकी ऐन इजाल गर्नेको महलको व्यवस्था प्रयाप्त छैन । अब भविष्यमा डाक्टर र बिरामीबीचको सम्बन्ध Informed Consent को आधारमा सञ्चालन हुन देहाय बमोजिम गर्नुः

 

३.    उक्त व्यवस्था अन्तर्गतको प्रणाली लागू गर्न अध्ययन गरी सुझाव दिन स्वास्थ्य मन्त्रालयले देहायबमोजिमको एक विज्ञ समिति गर्नु ।

 

स्वास्थ्य मन्त्रालयको सम्बन्धित डाक्टर              

सरकारी अस्पतालको डाक्टर                              

गैरसरकारी, निजी अस्पतालको डाक्टर                 

नेपालस्थित विदेशी Mission अस्पतालको

डाक्टर प्रतिनिधि                                  

नेपाल मेडिकल काउन्सिलको डाक्टर प्रतिनिधि    

 

५५.   सो समितिले डाक्टरले बिरामीलाई बिरामीको रोग, त्यसको उपचार, उपचार गर्दा र नगर्दाका असरको बारेमा (Printed form मा हुनसक्छ) जानकारी गराई बिरामीले जानकारी पाएको भन्ने पनि (लिखित Printed form नै हुनसक्छ) विश्वमा मान्य प्रचलन अनुसारको Informed Consent को उपचार प्रणालीको विकास गर्न सुझाब दिनेछ । यो फैसला प्राप्त भएका ३ महिना मित्र समिति गठन गर्नुपर्ने र समितिले दिएको सुझाव दुई वर्ष भित्र नेपाल सरकारले अस्पतालको बर्गीकरण गरी क्रमशः लागू गर्दै जाने । 

५६.   यो निर्णय हुनुभन्दा अघिल्लो मितिसम्म उत्पन्न विवादमा यो आदेशले डाक्टर वा अस्पतालका विरुद्ध जुनसुकै तहमा विचाराधीन मुद्दामा कुनै असर पार्ने छैन ।

५७.   प्रस्तुत मुद्दाको सुनुवाईको क्रममा र सुनुवाई समाप्त भैसकेपछि मुद्दाका दुबै पक्षबाट Print Media Electronic Media बाट यस अदालतमा विचाराधीन मुद्दामा असर पर्नसक्ने खालको विज्ञप्ती तथा आफ्नो विचार व्यक्त गरेको देखियो । कानूनी राज्यको अवधारणाको आधारमा सञ्चालन हुने हाम्रो व्यवस्था र स्वतन्त्र न्यायपालिका समक्ष विचाराधिन मुद्दाको वारेमा पक्षहरूले आआफ्नो ढंगमा अभिव्यक्त गरेको कुरालाई यस इजलासले गम्भीरताका साथ लिएको छ । भविस्यमा यस्तो नहुनेतर्फ पक्षहरूको ध्यानाकर्षण गराइन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा दिइएको निर्देशनको जानकारीको लागि यो फैसलाको प्रतिलिपि सो मन्त्रालयमा पठाईदिनु । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाईदिनू ।

 

उक्त रायमा सहमत छु ।

 

न्या. मोहनप्रकाश सिटौला              

 

इति संवत २०६६ साल कात्तिक २९ गते रोज १ शुभम्

इजलास अधिकृत : नारायण रेग्मी

                             

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु