विस्तृत खोजी

 
 
 
 
 
      

२१ खोजी नतिजाहरु

निर्णय नं. ७१२७ - हक कायम समेत ।

 फैसला मिति:२०५९/०९/११  पूर्ण इजलास  २१११
 पुनरावेदक/ प्रतिवादी : भ.पु.जि.भक्तपुर न.पा.वार्ड नं.७ गोलमढी टोल वस्ने ज्ञानलाल गोसाई बिरुद्ध विपक्षी/वादी : भक्तपुर जिल्ला भ.पु.न.पा वडा नं. ७ वस्ने मधुसुदन राजोपाध्याय समेत

 कारणी स्वयं आफूले कवुलियत गरिदिएको कुरामा इन्कार गर्न नसकेको अवस्थामा साक्षीले मेरो सहिछाप हैन भनी जिकिर लिए तापनि साक्षीको सहिछाप विशेषज्ञबाट परीक्षण गराइरहनु पर्ने वाध्यात्मक कानूनी व्यवस्था नदेखिने ।  साक्षी नै नराखी गराएको लिखतका सम्बन्धमा समेत अदालतले वीस रुपैयाँ सम्म जरिवाना गरी त्यस्तो लिखतलाई प्रमाणमा लिन सक्ने प्रावधान मुलुकी ऐन कागज जाँचको महलको १४ नं. मा भइरहेको अवस्थामा साक्षीको सहिछाप जाँच गर्ने विशेषज्ञलाई अदालतबाट परीक्षण नगराई त्यस्तो विशेषज्ञको रायलाई प्रमाणमा लिन नमिल्ने भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने ।  वादीहरुले फिराद गर्दा प्रमाण स्वरुप पेश गरेको कवुलियतलाई देख्न सुन्न पाएमा नामाकरण गर्नेछु भनी प्रतिउत्तर जिकिर लिएको पाइएतापनि मुद्दा पर्नु भन्दा अगाडि नै प्रतिवादीलाई सो कवुलियत वारे जानकारी भइसकेकाले मुलुकी ऐन अ.बं. ७८ नं. बमोजिम सो कवुलियत सुनाई वयान गराइरहनु पर्ने अवस्था समेत नदेखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु