शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११३४८ - जबरजस्ती करणी

भाग: ६६ साल: २०८१ महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत

माननीय न्यायाधीश श्री कुमार रेग्मी

फैसला मिति : २०७८।६।१४

०७५-CR-१९१५

 

मुद्दाः- जबरजस्ती करणी

 

पुनरावेदक  प्रतिवादी : महेन्द्रप्रसाद लावतीको छोरा, जिल्ला पाँचथर, यासोक गा ।वि ।स ।, वडा नं । ४ हाल कुम्याक गाउँपालिका, वडा नं । १ बस्ने टिका भन्ने चेतन लावती

विरूद्ध

प्रत्यर्थी  वादी : जिल्ला पाँचथर, साबिक माङ्जाबुङ गा ।वि ।स ।, वडा नं । २ बस्ने मननारायण शेर्माको जाहेरीले नेपाल सरकार

 

बालबालिकालाई अनुचित प्रभावमा पारी गरिने करणीबाहेक समान उमेर समूहका वा केही निश्चित उमेरको अन्तराल मात्र भएका बालबालिकाहरूबिच प्रेम सम्बन्ध तथा यौन चाहनाका कारण आपसमा निकटता रही शारीरिक सम्बन्ध वा करणी लेनदेन हुन सक्ने अवस्थालाई अनदेखा गरी कानूनको व्याख्या यन्त्रवत् रूपमा गरी बालबालिकालाई सजाय निर्धारण गर्ने हो भने त्यस्ता बालबालिकाप्रति गरिने निर्णय विवेकसम्मत र न्यायोचित नहुने ।

(प्रकरण नं ।४)

वैवाहिक जोडीबिचमा आपसी सहमतिमा हुन सक्ने करणी आपराधिक मनसाय नभई सामाजिक मूल्य मान्यता, समाज विकासको आधारभूत पक्ष एवम् शारीरिक आवश्यकता भएकोले विवाहित पति पत्नीबिचको आपसी सहमति र भावनाका साथ भएको शारीरिक सम्पर्कभन्दा अन्यथा रूपमा हेरी कसुर कायम गर्नु न्यायोचित नहुने । विवाह गरी सँगै बस्ने सहमति गर्नु र विवाह गरी केही समय पीडित र प्रतिवादी सँगैसाथै रहेको अवस्थामा भएको शारीरिक तथा यौन सम्बन्धलाई लिएर जबरजस्ती करणीजस्तो गम्भीर कसुरमा कठोर सजाय गर्नुसमेत विवेकसम्मत नहुने । विधिकर्ताले समेत यस्ता प्रकृतिका कसुरमा अन्य जबरजस्ती करणीको कसुरमा भन्दा कम सजाय हुने व्यवस्था मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ नं । को देहाय ६ मा गरेको देखिने ।

(प्रकरण नं ।७)

परम्पराअनुसार विवाह भएको तथ्य स्थापित भई विवाहित जोडी कायम भएकै अवस्थामा जबरजस्ती करणी गरेमा अन्य अवस्थामा भएको जबरजस्ती करणी गर्ने व्यक्तिलाई हुने सजायसरह विवाहितहरूबिच भएको जबरजस्ती करणीलाई पनि सजाय गर्नु न्यायोचित नहुने । विवाहित जोडीहरूबिचमा करणी भएको तर त्यस्तो करणीमा महिलाको असहमति रहेको देखिएको अवस्थामा तत्काल प्रचलित मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं ।बमोजिमको कसुर कायम गरी ऐ । महलको ३ नं । को देहाय ६ बमोजिमको सजाय गर्दा नै न्यायोचित हुने ।

(प्रकरण नं ।८)

 

पुनरावेदक  प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री लवकुमार मैनाली र श्री नरेन्द्रप्रसाद पाठक तथा विदुषी अधिवक्ता श्री प्रविन पन्दाक 

प्रत्यर्थी  वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री ईश्वरी बन्जाडे 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१

केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४

बालबालिकासम्बन्धी ऐन, २०७५

मुलुकी अपराध संहिता, २०७४

 

सुरू तहमा फैसला गर्नेः

माननीय श्री प्रकाशकुमार काफ्ले

पाँचथर जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री उदयप्रकाश चापागाई

माननीय न्यायाधीश श्री मोहनरमण भट्टराई

पुनरावेदन अदालत इलाम

 

फैसला

न्या ।प्रकाशमान सिंह राउत : तत्काल प्रचलित न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) तथा हालको न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् यस अदालतको ठहर यसप्रकार रहेको छः-

तथ्यगत बेहोरा

जिल्ला पाँचथर, यासोक गा ।वि ।स ।, वडा नं । ४ स्थित याम लावतीको घरको माथिल्लो तल्लाको पूर्वपट्टिको कोठामा २ वटा खाटमा ओछ्यान लगाएको सो खाटहरूमध्ये पश्चिमपट्टिको खाटमा चेतन लावतीले नाम परिवर्तन सेलिना लिम्बूलाई जबरजस्ती करणी गरेको भन्ने बेहोराको घटनास्थल मुचुल्का ।

मेरी नाबालिग छोरी वर्ष १४ की नाम परिवर्तन सेलिना लिम्बूलाई यासोक बजारमा काम विशेषले गएका बखत पारी मिति २०६६।१२।२२ गतेको दिन पाँचथर जिल्ला, यासोक गा ।वि ।स ।, वडा नं । ४ बस्ने पदम लावतीको छोरा अन्दाजी वर्ष १९ को चेतन लावतीले घर फर्किन नदिई पक्रेर घिसार्दै जबरजस्ती जोरजुलुमका साथ लगेर निजको घर ढोकामा थुनी यौन दुराचार गरी यातना दिँदै जबरजस्ती करणी गर्दै ऐ । २८ गतेसम्म राखेको अवस्थामा निजका पञ्जाबाट भागेर फुत्किएर आएको हुँदा जबरजस्ती करणी गर्ने अपराधीमाथि कानूनबमोजिम हदैसम्म दण्ड सजाय गरी मनासिब क्षतिपूर्ति दिलाइपाउँ भन्नेसमेत बेहोराको मननारायण शेर्माको जाहेरी दरखास्त ।

निज अपराधी चेतन लावतीले मलाई मिति २०६६।१२।२२ गते यासोक बजारबाट घर जाँदै गर्दाका बखत बाटोमा ढुकेर बसी म तिमीलाई लान्छु भनेर मेरो हातमा समातेर उचाल्दै गर्दा हल्लाखल्ला गर्दा कसैले पनि मेरो कुरा सुनेन, कसैले सहारा दिएन, निजका साथीहरूले पनि मलाई तानेर निजको घरमा पुर्‍याइदिएपछि निजले आफ्नो घरमा लगी, कोठामा थुनी, शरीर बन्धक गरी दुःख पीडा दिई डरत्रास देखाई कराएमा मारिदिन्छु भन्दै मिति २०६६।१२।२२ गतेदेखि ऐ । २७ गते रातिसम्म जबरजस्ती करणी गरेको र २८ गते बिहान ट्वाइलेट जाने बहाना गरी भागेर घरमा गएर बाबाआमालाई निज अपराधीले गरेका क्रियाकलापहरू भनेपछि बाबाले जाहेरी दिएको हो । निज अपराधीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलबमोजिम कारबाही गरी हदैसम्म सजाय गरी उचित क्षतिपूर्ति दिलाइपाउँ भन्नेसमेत बेहोराको नाम परिवर्तन सेलिना लिम्बूको अनुसन्धान अधिकारीसमक्षको घटना विवरण कागज ।

मिति २०६७।०१।५ गतेको चेतन लावतीको शारीरिक परीक्षण हुँदा निजको लिङ्गको भित्र र बाहिर पिल्सिएको घाउ नभएको, निजको गुप्ताङ्गको छेउछाउमा रौं नभएको, शरीरको अरू भागमा चिथोरिएको घाउ, दाग नभएको र नाम परिवर्तन सेलिना लिम्बूको शारीरिक परीक्षण हुँदा निजको योनिको झिल्ली च्यातिएको तर पुरानो भइसकेको, योनि वरिपरि सुन्निएको छैन, योनि श्रावको जाँच गरी हेर्दा पुरूषको वीर्य नदेखिएको, निजको शरीरको भागमा कोतरिएको चोटपटक निलडाम नभएको, यौनसम्पर्क भएको, गर्भधारण हुनसक्ने सम्भावना रहेको भन्ने बेहोराको जिल्ला स्वास्थ्य कार्यालय पाँचथर, फिदिमको च ।नं । २६५ मिति २०६७।०१।०५ को पत्रबाट प्राप्त शारीरिक परीक्षण प्रतिवेदन ।

आजभन्दा करिब ३ महिना अगाडिदेखि नाम परिवर्तन सेलिना लिम्बूसँग चिनजान भएको थियो । परिचय भएपश्चात् हामी २ जनाबिच मोबाइलबाट गफ भइरहन्थ्यो । निजसँग मिति २०६६।१२।२२ गतेको दिन यासोक बजारमा भेट भयो । हामीबिच गहिरो प्रेम परिसकेकोले मैले अब हामी विवाह गरौं भन्दा सहमति भई निज आफैँ मेरो घरमा गएको, बेलुका अन्दाजी ८ बजेको समयमा हाम्रो लिम्बू संस्कारअनुसार विवाह लगन गर्ने देवारीले लगन गर्‍यौं । फोटो पनि खिचायौँ । सिन्दुर पोते गर्‍यौं । खानपिन सकिएपछि कोठा गएपछि मैले श्रीमती नाम परिवर्तन सेलिना लिम्बूलाई सुम्सुम्याउँदा, मुखमा चुम्बन गर्दा उत्तेजित भइन्, मैले करणी गरेँ । हामीले विवाह गरेको मिति २०६६।१२।२२ देखि २७ गते रातिको बिहानसम्म हामी दुई जनाकै सहमतिले शारीरिक सम्बन्ध भइरह्यो । मिति २०६६।१२।२८ गते निज श्रीमती मेरो सल्लाहअनुसार निजकी दिदीको साथमा माइत गएकी थिइन् । एक्कासि ससुरा मननारायण शेर्माले छोरीलाई जबरजस्ती करणी गरेको भनी मेरो नाममा प्रहरीमा जाहेरी दिएको रहेछ । प्रहरीले आई पक्राउ गर्दा मात्र थाहा पाएँ । मैले निजको इच्छाविपरीत जबरजस्ती करणी गरेको होइन । कोठा थुनेको पनि होइन । धाक, धम्की, कुटपिट पनि गरेको होइन निजको बाबुले किन जाहेरी दिए थाहा भएन भन्नेसमेत बेहोराको प्रतिवादी चेतन लावतीको अधिकारप्राप्त अधिकारीसमक्षको बयान कागज ।

प्रतिवादी चेतन लावतीको नाम परिवर्तन सेलिना लिम्बूसँग पहिलादेखि नै चिनजान भएको थियो । मिति २०६६।१२।२२ गते निज यासोकबजार आएकीले निजहरूको सल्लाहले नै विवाह गरी बसेको र लिम्बूहरूको संस्कारअनुसार सोको जानकारी दिन कोसेली लिएर मसमेत जाहेरवालाको घरमा गएको थिएँ भन्नेसमेत बेहोराको जकेन्द्र लावतीको घटना विवरण कागज ।

मिति २०६६।१२।२२ गते मेरी बहिनी नाम परिवर्तन सेलिना लिम्बूलाई प्रतिवादी चेतन लावतीले यासोक बजारबाट जबरजस्ती समातेर घिसार्दै घरमा लगी थुनी सोही रातको अन्दाजी ९ बजेको समयमा जबरजस्ती विवाह गराएर फोटो पनि खिचाएको भन्ने कुरा सुनेकी हुँ । ऐ । २३ गतेका दिन निज प्रतिवादीका आफन्तहरूले हाम्रो लिम्बुवान संस्कारअनुसार कोसेली दिएर तपाइँको छोरी हाम्रो जिम्मामा छन् भनी जानकारी दिएपछि आमाले कोसेली लिन इन्कार गरी छोरीसँग कुरा गराइदिनुभन्दा बहिनीसँग कुरा हुँदा सहमति मन्जुरीबेगर जबरजस्ती बहिनीलाई राखेको रहेछ । म २६ गते बहिनीलाई भेट्न निज प्रतिवादीको घरमा गई बहिनीलाई भेटी बहिनीले आफूमाथि परेको पीडा सुनाउँदा म छक्क परेँ । म एउटा महिला भएकोले निज अपराधीको पन्जाबाट बहिनीलाई उकास्न सकिनँ । निज प्रतिवादी चेतन लावतीले मिति २०६६।१२।२२ गतेदेखि ऐ । २७ गतेसम्म रातैपिच्छे यातना दिई जबरजस्ती करणी गरेको हुँदा निज प्रतिवादीलाई कानूनबमोजिम कडा कारबाही गरी हदैसम्मको सजाय गरिपाउँ भन्ने बेहोराको प्रविना शेर्मा फियाकको घटना विवरण कागज । 

मिति २०६६।१२।२२ गतेको मेरो छोरी नाम परिवर्तन सेलिना लिम्बू सौदा किन्न यासोक बजार गएका बखत प्रतिवादी चेतन लावतीले जबरजस्ती समातेर घिसार्दै घरमा लगी थुनी मिति २०६६।१२।२२ गतेदेखि ऐ । २७ गतेसम्म यातना दिई जबरजस्ती करणी गरेकाले निज प्रतिवादीलाई कानूनबमोजिम कडा कारबाही गरी हदैसम्म सजाय गरी छोरीलाई क्षतिपूर्तिसमेत दिलाइपाउँ भन्नेसमेत बेहोराको सिता शेर्माको घटना विवरण कागज ।

मिति २०६६।१२।२२ गते यासोक बजारबाट प्रतिवादी टिका भन्ने चेतन लावतीले पीडित नाम परिवर्तन सेलिना लिम्बूलाई जबरजस्ती समातेर घिसार्दै घरमा लगी थुनी मिति २०६६।१२।२२ गतेदेखि ऐ । २७ गतेसम्म धाकधम्की दिई डरत्रास देखाई यातना दिई जबरजस्ती करणी गरी अनुचित कार्य गरेको हुँदा निजउपर कानूनबमोजिम कडा कारबाही गरी हदैसम्मको सजाय होस् भन्नेसमेत एकै मिलान बेहोराको लक्ष्मी शेर्मासमेतले लेखाइदिएको वस्तुस्थिति मुचुल्का ।

मिति २०६६।१२।२२ गते भाइ चेतनले यासोक बजारबाट जाहेरवालाको छोरी नाम परिवर्तित सेलिना लिम्बूलाई लिएर घर आएपछि बुबाले भाइलाई सोध्दा मन परापर भएकाले हामीले विवाह गरेर आएका हौं भनेको र बुहारीलाई सोध्दा हामीले राजीखुसीले नै विवाह गरेको भनेपछि लिम्बू संस्कारबमोजिम विवाह गरी बुहारी कोसेलीपातसमेत लिएर माइत गएको हो । निज बुहारी र भाइ सँगै बस्ने गरेको हुँदा श्रीमान् श्रीमतीको बिचमा शारीरिक सम्पर्क भयो होला थाहा भएन । निज बुहारीलाई बाँधछाँद, बन्धक बनाई कुटपिट गरेको थिएन भन्नेसमेत बेहोराको अनुसन्धानको क्रममा बुझिएकी सरिता लावतीको मिति २०६७।०१।२३ गतेको घटना विवरण कागज ।

मेरो छोरा चेतन लावतीलाई सोध्दा हाम्रो पहिलादेखि नै मनपरापर भएकोले दुवैको राजीखुसीले विवाह गरेको हो भनी भनेको र बुहारीले पनि राजीखुसीले नै विवाह गरेको भनी भनेको थियो, त्यतिखेर बुहारीको उमेर सोधिनँ । लिम्बू संस्कारअनुसार देवारी बोलाई गाउँ समाजका मानिस राखी विवाह गरेको र मिति २०६६।१२।२८ गते निज बुहारी सल्लाहले नै माइती गएकी हो । बुहारीलाई कोठामा थुनी बन्धक बनाई राखेको थिएन भन्नेसमेत बेहोराको अनुसन्धानको क्रममा बुझिएका महेन्द्रबहादुर लावतीको घटना विवरण कागज ।

मिति २०६६।१२।२२ गतेका दिन म पनि चेतन लावतीको घरमा गएकी थिएँ । दुवैजनाको राजीखुसीले विवाह गरेको हो जकेन्द्र लावती र मसमेत कोसेली लिई केटीको घरमा गएका हौं । मिति २०६६।१२।२८ गतेका दिन घरको सल्लाहले नै निज नाम परिवर्तित सेलिना लिम्बू माइत गएकी थिइन् । एकैचोटि निजका बाबु मननारायण शेर्माले प्रहरीमा जबरजस्ती करणी गरेको भन्ने जाहेरी गरेको थाहा पाएँ । निजहरू राजीखुसीले नै विवाह गरेको भन्थ्यो मिलेर नै बसेको थियो भन्ने अनुसन्धानकै क्रममा बुझिएकी ज्योति लावतीको घटना विवरण कागज ।

मिति २०६६।१२।२२ गते छोरा चेतनले यासोक बजारबाट जाहेरवालाको छोरी नाम परिवर्तिन सेलिना लिम्बूलाई लिएर घर आएपछि बुबाले भाइलाई सोध्दा मन परापर भएकाले हामीले विवाह गरेर आएका हौं भनेको र बुहारीलाई सोध्दा हामीले राजीखुसीले नै विवाह गरेको भनेपछि लिम्बू संस्कारबमोजिम विवाह गरी बुहारी कोसेलीपातसमेत लिएर माइत गएको हो निज बुहारी र भाइ सँगै बस्ने गरेको हुँदा श्रीमान् श्रीमतीको बिचमा शारीरिक सम्पर्क भयो होला थाहा भएन, निज बुहारीलाई बाँधछाँद, बन्धक बनाई कुटपिट गरेको थिएन भन्नेसमेत बेहोराको अनुसन्धानको क्रममा बुझिएकी शान्तिला लावतीको मिति २०६७।०१।२३ गतेको घटना विवरण कागज ।

मिसिल संलग्न आधार प्रमाणहरूबाट प्रतिवादी टिका भन्ने चेतन लावतीले पीडित वर्ष १४ की नाम परिवर्तन सेलिना सुब्बा (शेर्मा) लाई जबरजस्ती करणी गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं ।विपरीत ऐ । ऐनको ३ नं । को देहाय ३ को कार्य कसुर गरेको सिद्ध हुन आएकोले निज प्रतिवादी टिका भन्ने चेतन लावतीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ नं । को देहाय (३) अनुसार सजाय तथा कारबाही हुनको साथै मिसिल संलग्न रहेको प्रतिवादीको बाबु महेन्द्रबहादुर लावती र प्रतिवादीको बाजे भिमबहादुर लावतीको नाममा मालपोत कार्यालयबाट प्राप्त जग्गाधनी पुर्जामा उल्लिखित जग्गाहरू रोक्का गरी पीडितलाई ऐ । ऐनको १० नं ।बमोजिम प्रतिवादीको अंशभागबाट उचित क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको मिति २०६७।०१।२४ गतेको अभियोगपत्र ।

जाहेरवालाको छोरी सङ्केत नं । ००३ सँग विगत ६ महिनादेखि चिनजान भएको थियो । चिनजान भएपछि निजसँग मोबाइल फोनमा कुराकानी हुने गरेको थियो । यस्तैमा २०६६ साल माघ महिनामा म मेरो फुपूको घर माङजावुङ–२ मा गएको थिएँ । उनी पनि त्यतै घर भएकीले फुपूको घरछेउमा रहेको स्कुलमा भेट भएको थियो । पढाइको बारेमा सामान्य कुराकानी भयो । त्यसपछि हामी छुट्टियौं, हाम्रोबिचमा फोनमा पटक पटक कुराकानी भयो । उनले मलाई अब हामी चाँडै विवाह गर्नुपर्छ भन्थिन् । मैले अहिले हाम्रो उमेर सानै छ, भर्खर एस ।एल ।सी । जाँच दिएका छौं, विवाह गर्न हतार नगरौं भनेको थिएँ । यस्तैमा एस ।एल ।सी । परीक्षा सकेपछि (२०६६ चैत्र २० मा सकिएको) चैत्र २२ गते निज सङ्केत नं । ००३ मेरो घरमा आइन् । अब हामी विवाह गर्नुपर्छ भनिन् । निजले त्यसो भनेपछि घरका सदस्यले सोधखोज गर्दा राजीखुसीले विवाह गर्न आएको भनिन् । त्यसो भनेकाले हाम्रो लिम्बू संस्कार संस्कृतिअनुसार मिति २०६६।१२।२२ गते राति अन्दाजी ८:३० बजेतिर देवारी ल्याई विवाहको लगन सिन्दुरपोते गरी विवाह सम्पन्न गरेको हो । राति नै गाउँघरका मानिस, छिमेकी भेला जम्मा भई सामान्य भोजको कार्यक्रम गरी भोलिपल्ट २३ गते जकेन्द्र लावतीसमेतका मानिसलाई कोसेली लिई सङ्केत नं । ००३ को माइतीघरमा विवाह भएको जानकारी गराउन बुबाले पठाउनु भएको हो । सो २३ गते म फुटबल खेलाडीसमेत भएकोले त्रिशाली मेलामा फुटबल खेल्ने तयारीमा लागेँ, बेलुकाको खाना खाई घरमा सुतेको हुँ । निज सङ्केत नं । ००३ लाई मैले विवाह गरे पनि मेरो र निजको सहमतिबाटै शारीरिक सम्पर्क गर्ने काम भएन । मैले जाहेरवालाको छोरीलाई जबरजस्ती करणी गरेको होइन, छैन । निजले किन झुट्टा जाहेरी दिए ? थाहा भएन । मिति २०६६।१२।२२ गते विवाह गरेपछि ऐ । २७ गतेसम्म घरमा बसेपछि ऐ । २८ गते घरको सल्लाहअनुसार निज आफ्नो दिदीसँग साथ लागी माइतीघर गएकी हुन् । मैले जाहेरवालाको छोरीलाई जबरजस्ती करणी गरेको छैन । निजसँग मेरो शारीरिक सम्पर्क भएको छैन भन्नेसमेत बेहोराको प्रतिवादी टिका भन्ने चेतन लावतीले मिति २०६७।०१।२४ गते सुरू अदालतमा गरेको बयान ।

तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादीलाई अ ।बं । ११८ नं । को दफा २ अन्तर्गत पुर्पक्षको लागि थुनामा राख्न मिलेन । तथापि पीडितको उमेर माथि उल्लिखित प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको भनी घटना विवरण लेखाउने र वस्तुस्थिति मुचुल्कासमेतका व्यक्तिहरूको कागज कथनसमेतलाई विचार गर्दा यी प्रतिवादी निर्दोष नै रहेछन् भनी विश्वास गर्न सकिने आधारहरूका अभावमा पछि थप सबुत प्रमाणहरू बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई प्रतिवादीबाट अ ।बं । ११८ नं ।को दफा ५ र १० नं ।बमोजिम रू ।१९,०००।- (उन्नाइस हजार) नगदै धरौट वा सो बराबरको जेथा जमानत दिए लिई पुर्पक्षको निमित्त तारेखमा राख्नु, सोबमोजिम धरौट वा जेथा नदिए वा दिन नसके कानूनबमोजिमको थुनुवा पुर्जी र सिधा पाउने गरी थुनामा राख्न प्रतिवादीलाई सम्बन्धित कारागार कार्यालयमा पठाइदिनू । साथै मिसिल संलग्न जग्गाधनी दर्तापुर्जाको प्रमाणित प्रतिलिपिमा उल्लिखित जग्गाहरूमध्ये प्रतिवादीको अंश भागमा पर्न आउने जग्गा जबरजस्ती करणीको महलको १० नं ।बमोजिम रोक्का राख्नको लागि सम्बन्धित मालपोत कार्यालयमा पठाइदिनु भन्नेसमेत बेहोराको सुरू अदालतबाट मिति २०६७।०१।२४ मा भएको थुनछेक आदेश ।

मिति २०६७।०१।२४ गतेको आदेशानुसार प्रतिवादी टिका भन्ने चेतन लावतीले जेथा धरौटी रू ।१९,०००।- (उन्नाइस हजार) बापतमा जिल्ला पाँचथर, यासोक गा ।वि ।स ।, वडा नं । ४ बस्ने शान्तिला लावती नाम दर्ताको ऐ । यासोक गा ।वि ।स । वडा नं । ३(क) कि ।नं । १८७ रो । ०–२–३–१ पा । दो । कित्ता १ जग्गा जेथा जमानत राखी निज तारेखमा रहेको ।

सुरू अदालतको मिति २०६७।०१।२४ गतेको आदेशानुसार प्रतिवादीको अंशबापतमा निजका पिता महेन्द्रबहादुर लावतीको नाममा दर्ता कायम रहेको जिल्ला पाँचथर, यासोक गा ।वि ।स ।, वडा नं । २ (ङ) कि । नं । २० रो । १–३–०–२ जग्गामध्ये ५ भागको १ भागसम्म जग्गा मुलुकी ऐन, जबरजस्ती करणीको महलको १० (ग) नं ।बमोजिम पुनरावेदन अदालत इलामको च ।नं । १२३५ मिति २०६७।०१।२७ गतेको पत्रबाट रोक्का राखिएको ।

यसमा जाहेरी दरखास्तको बेहोरा, वर्ष १४ की नाबालिका पीडितको मौकामा भएको कागज, प्रतिवादीको मौकामा भएको साबिती बयानसमेतका तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादी चेतन लावती अभियोग दाबीअनुसारको कसुरदार हुन् भन्ने देखिन आएको हुँदा मुलुकी ऐन, अ ।बं । ११८ को देहाय २ बमोजिम पुर्पक्षको लागि थुनामा राखी कारबाही गर्नुपर्नेमा रू ।१९,०००।– धरौटी लिई कारबाही गर्ने गरी गरेको त्यस अदालतको मिति २०६७।०१।२४ को आदेश मिलेको नदेखिँदा बदर गरिदिएको छ । अब निजले राखेको उक्त धरौटी निजलाई फिर्ता दिई पछि ठहरेबमोजिम हुने गरी हाललाई मुलुकी ऐन, अ ।बं । ११८ को देहाय २ अनुसार निज प्रतिवादी टिका भन्ने चेतन लावतीलाई कानूनबमोजिम सिदा खान पाउने गरी पुर्पक्षको लागि थुनामा राखी कारबाही गर्नुहोला भन्ने पुनरावेदन अदालत इलामको मिति २०६७।०४।२० गतेको आदेश ।

म मिति २०६६।१२।२२ गते ८:३० बजे बिहान घरबाट हिँडी अन्दाजी ११ बजेतिर यासोक बजारमा पुगेकी हुँ । यासोकमा सौदा किनी घर फर्कने क्रममा प्रतिवादी चेतन लावती र अन्य साथीहरू भई बाटोमा बसिरहेका रहेछन् । म बजारदेखि फर्कंदै गर्दा निजहरूले बाटोमा भेटी प्रतिवादी चेतन लावतीको घरतिर लगी मलाई विवाह गर्छु भनेका थिए । मसमेत निजहरूसँग साथै लागी प्रतिवादीको घरमा गएँ । घरमा पुगेपछि मलाई कोठामा राखी लिम्बू संस्कारअनुसार विवाह गर्न देवारी बोलाई लगन सिन्दुर पोते गरी विधिवत् विवाह भयो । विवाह हेर्न भनी गाउँका मानिसहरूसमेत आएका थिए । सामान्य भोज खुवाए । विवाहपश्चात् खानासाना खाइ कोठामा बसिराखेकी थिएँ । प्रतिवादी चेतन लावती तलामुनि थिए । हाम्रो विवाह बेलुका ८ बजेतिर भएको थियो । म विवाह सकेपछि मिति २०६६।१२।२२ गते राति मलाई खाना कोठामा ल्याई मैलेसमेत खाइसकेपछि कोठामा ढल्की सुतिराखेको अवस्थामा प्रतिवादी टिका भन्ने चेतन लावती आई हामी दुवैजनाले एकपटक शारीरिक सम्पर्क गरिसकेपछि सुत्यौं । म प्रतिवादीकै घरमा भोलिपल्ट २३ गते पनि दिनभरि बसिराखेकी थिएँ । खाना प्रतिवादी चेतनले नै मलाई कोठामा ल्याइदियो । दिसापिसाब गर्न मात्र बाहिर आउने जाने गरेँ । मिति २०६६।१२।२३ गते राति पनि निजले मसँग शारीरिक सम्पर्क गर्‍यो । प्रतिवादी २३ गतेका दिन पनि निज यासोक बजारतिर गए वा कहाँ गए थाहा भएन । म प्रत्येक दिन प्रतिवादीकै घर कोठामा बसिराखेकी थिएँ । २४, २५ गते पनि प्रतिवादी र मबिच शारीरिक सम्पर्क भयो । २६ र २७ गते पनि म घरबाट कहीँ गइनँ । म मिति २०६६।१२।२८ गते घर माङजावुङतर्फ ११ बजेतिर गई ३ बजेतिर माङजावुङ पुगेँ । घरमा पुगेर सम्पूर्ण बेहोरा आमा बाबुलाई सुनाएँ । दिदी र म झापा गई बुबासँग मिति २०६६।१२।३० गते आइपुगेका हौं । प्रहरीमा भएको कागज बेहोरा पढी बाची सुनाउँदा सुनी पाएँ । सो कागजमा भएको बेहोरा पढी बाची सुनाएनन् । सहीछाप गरेकी थिएँ । सहीछाप मेरो हो । मेरो विवाह गर्ने मन्जुरी थिएन भन्नेसमेत बेहोराको पीडित नाम परिवर्तन सेलिना सुब्बाले मिति २०६७।०३।३० मा  सुरू अदालतसमक्ष गरेको बकपत्र ।

म मिति २०६६।१२।२२ गते भारतको दार्जिलिङमा थिएँ । जबरजस्ती करणी प्रतिवादीले गरेका हुन् । म भारतबाट नेपालतर्फ फर्की आउने क्रममा काकडभिट्टा भन्ने स्थानमा घरबाट श्रीमती सीता शेर्माले फोनबाट खबर गरी थाहा पाएको हुँ । घटना भएको देखिनँ । मैले सुनेको भरमा जाहेरी दिएको हुँ, जाहेरी दरखास्तमा भएको बेहोरा ठिकै छ । सहीछाप मेरो हो भन्नेसमेत बेहोराको जाहेरवाला मननारायण शेर्माले मिति २०६७।०३।३० मा सुरू अदालतसमक्ष गरेको बकपत्र ।

मिति २०६६।१२।२२ गते म आफ्नै घरमा थिएँ । प्रतिवादी चेतन लावतीले पीडितलाई जबरजस्ती करणी गरेको होइन । जबरजस्ती करणी गरेको नभई पीडित बुहारीको मन्जुरीबाट निजलाई सोधी बुझी मन्जुरीका साथ प्रतिवादी र निजको विवाह लगन गरिदिएको हो । प्रहरीमा भएको कागज मलाई अदालतबाट पढी बाची सुनाउँदा सुनी पाएँ । सो बेहोरा मैले भनी लेखाएको सही पनि मेरो नै हो । मेरो छोरा चेतन र पीडितबिच मिति २०६६।१२।२२ गते बेलुका विवाह भएको थियो । विवाह भोजमा गाउँका मानिसहरू छिमेकीहरू बोलाइयो । बुहारीलाई मसमेतले सोधपुछ गरी बुहारीले मन्जुरी जनाएपछि मात्र विवाह लगन गरिदिएको हो । राजीखुसीले विवाह गरेपछि मिति २०६६।१२।२३ गतेका दिन कोसेलीका साथ गाउँकै जकेन्द्र लावती र ज्योती लावतीलाई बुहारीको माइत पठाएको हो । सेलीना र चेतनले राजीखुसीले विवाह गरेका हुन्, जबरजस्ती होइन । उमेरको सम्बन्धमा तत्काल सोधिएन भन्नेसमेत बेहोराको अनुसन्धानको क्रममा बुझिएकी शान्तिला लावतीले मिति २०६७।०३।३० मा सुरू अदालतसमक्ष गरेको बकपत्र ।

म मिति २०६६।१२।२२ गते बजारको घर यासोकमा थिएँ । पीडितलाई बजारमा आएको बखत छोराले ल्याएको थियो । आफैँ पनि सोही दिन एकछिन अगाडि आफैँ आएकी थिइन् । पीडितलाई जबरजस्ती घरमा ल्याई थुनी छोराले जबरजस्ती करणी गरेको होइन । मिति २०६६।१२।२२ गते हाम्रो लिम्बू परम्पराअनुसार विवाह गरेको, केटीलाई सोध्न लगाउँदा राजीखुसी छु भनी मन्जुरीका साथ विवाह भएको हो । लिम्बू संस्कारमा उमेरको मतलब हुँदैन । केटीलाई मैले सोध्दा विवाह गर्न मन्जुर छु भनेकाले विवाह गरिएको हो । मिति २०६६।१२।२७ गते केटीकी दिदी भेना हाम्रो घरमा बहिनीलाई भेट्न आएको भनी भेटघाट गरी भोलिपल्ट केटी (बुहारी) माइत जान्छु भनी हाम्रोसमेत सल्लाहले माइतीमा गएकी थिइन् । त्यसपश्चात् बाबुआमा दिदी भेनाले फकाइ फुल्याइ बिहेलाई अस्वीकार गर भनी जबरजस्ती गरी पीडितलाई समेत त्यस्तो कागज र जाहेरी दिने काम गरेका हुन् भन्नेसमेत बेहोराको अनुसन्धानको क्रममा बुझिएका महेन्द्रबहादुर लावतीले मिति २०६६।३।३० मा सुरू अदालतसमक्ष गरेको बकपत्र ।

प्रतिवादी टिका भन्ने चेतन लावतीले जबरजस्ती करणी गरेको सुनेको हुँ । प्रतिवादीको घरबाट ४ जना व्यक्ति आएका थिए । निजहरूले नै छोरीको विषयमा विवाह भएको भनी जानकारी गराउन आउँदा निजहरूमार्फत थाहा पाएकी हुँ । छोरीको विवाह भई प्रतिवादीको घरमा छ भनी लिम्बू संस्कारअनुसार कोसेली लिई आएका थिए । तपाइँको छोरीको विवाह प्रतिवादी चेतन लावतीसँग भयो । हामी रीतअनुसार आएको भनी घरमा आई मलाई सुनाएपछि छोरीसँग फोनमा सम्पर्क गराइदिनुहोस् । मैले भनेपछि छोरी पीडितसँग मेरो सम्पर्क भयो । छोरीले मेरो मन्जुरीबिना विवाह भयो भनी मलाई सुनाएपछि मैले भोलिपल्ट २ जना मानिस के भएको रहेछ भनी पीडित छोरी भएको घरतर्फ पठाएँ । निजहरूलाई छोरीसँग भेट गर्न नदिएपछि फर्केर आएँ । ऐ ।२८ गते छोरी माइतमा फर्केर आई । मैले सो सम्बन्धमा श्रीमान्‌लाई खबर गरी छोरी, बुबा जाहेरवाला प्रहरीमा आई जाहेरी दिएका हौं भन्नेसमेत बेहोराको अनुसन्धानको क्रममा बुझिएकी सीता शेर्माले मिति २०६७।०३।३० मा सुरू अदालतसमक्ष गरेको बकपत्र ।

मिति २०६६।१२।२२ गते म धरानतर्फ गएको थिएँ । पीडित माइतमा आएपछि २०६७।०१।०१ गते धरानबाट म घर आउँदा छिमेकी साथीहरूले भन्दा सुनी थाहा पाएकी हुँ । प्रतिवादीले जबरजस्ती गरेको भन्थे । पीडितको शरीरमा घाउचोट मैले देखिन । पीडितसँग मेरो भेट भएन र पीडित १३ वर्षकी हुन्, अहिले १४ वर्षकी भएकी छन् । विवाह गर्ने उमेर भएको थिएन । हाम्रो लिम्बू संस्कारअनुसार उमेर पुगेपछि मन्जुरीले विवाह गर्ने चलन छ बालविवाह गर्ने संस्कार सम्बन्धमा मलाई थाहा छैन भन्नेसमेत बेहोराको अनुसन्धानको क्रममा बुझिएकी लक्ष्मी शेर्माले मिति २०६७।०३।३० मा सुरू अदालतसमक्ष गरेको बकपत्र ।

मिति २०६६।१२।२२ गते लिम्बू परम्पराअनुसार विवाह भएको र पीडित सोही दिन बिहान यासोक बजारमा आएकी हुन् । लिम्बू परम्पराअनुसार फेदाङमा बोलाई लगन जुराई केटाकेटीको राजीखुसीको आधारमा विवाह भएको हो । त्यसको फोटोसमेत उपलब्ध गराउन सकिन्छ । मसमेतले पीडितलाई विवाह गर्न मन्जुर छौ छैनौ भनी सोधी बुझी पीडितले मन्जुरी गरी विवाह भएको हो । जाहेरवाला र पीडितको जाहेरी बेहोरा र कागज बेहोरा सबै झुठ्ठा हुन् । प्रतिवादी र पीडितबिचमा विवाह भएपछि सोको जानकारी दिन जकेन्द्र लावती, ज्योति लावती र एउटा कान्तिपुर भन्नेसमेत गएका थिए । प्रतिवादीले सफाइ पाउनुपर्ने हो भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी जंग लावतीले मिति २०६७।०३।३० मा सुरू अदालतसमक्ष गरेको बकपत्र ।

मिति २०६६।१२।२२ गते बेलुका ८९ बजेको समयमा म प्रतिवादीको छिमेकी भएको हुँदा निजको घरमा विवाह कार्यक्रम भएको थियो । प्रतिवादी र पीडितबिच लिम्बू संस्कारअनुसार विवाह भएको हो । विवाह हुने क्रममा मसमेतले पनि पीडितलाई तिम्रो मन्जुरी छ, छैन भनी सोधनी गर्दा हामी मन परापर भई विवाह गर्न मन्जुर भई आएको भनेकी थिइन् । निजहरूबिच मन्जुरीले नै विवाह संस्कार भएको हो । प्रतिवादीले अभियोग दाबीअनुसार कसुर नगरेको हुँदा सजाय हुनुपर्ने होइन । लिम्बू जातिको विवाह संस्कारअनुसार विवाह भएको हो भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी लक्ष्मी खत्रीले मिति २०६७।०३।३१ मा सुरू अदालतसमक्ष गरेको बकपत्र ।

पीडितको भनाइअनुसार पीडितलाई प्रतिवादीले जबरजस्ती करणी गरेको हो । प्रहरीमा भएको कागजमा भएको बेहोरा र सहीछाप ठिक छ । मिति २०६६।१२।२२ गते पीडित हराएको कुरा पीडितको आमाले भन्दा थाहा पाएको हुँ । पीडितको आमाले केटी हराएको कुरा मात्र सुनाएको, विवाह भएको कुरा नसुनाएको, उमेर नपुगेकोलाई करणी गर्नु कानूनले छुट दिँदैन, हाम्रो लिम्बू परम्परामा पनि आफ्नो उमेर पुगेपछि मात्र विवाह हुन्छ त्यसो नभएकाले प्रतिवादीलाई कडा कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको सुशीला फियाकले मिति २०६७।०३।३१ मा सुरू अदालतसमक्ष गरेको बकपत्र ।

मिति २०६६।१२।२२ गते म घरमा थिएँ । घटना भएको समयमा म घरमै भएको हुँदा सो सम्बन्धमा थाहा भएन । माइतीघरमा म चैत्र २५ गते आमा सीता शेर्माले फोन गरेर बोलाउनु भएकोले म आएकी थिएँ । बहिनी पीडितलाई प्रतिवादीले जबरजस्ती विवाह गरी लगेको भन्ने विषयमा बुझ्न आउनु भनेकी हुँदा म माइतमा आएकी थिएँ । आमाले प्रतिवादीकै घरको फोन नम्बर दिनु भई मैले २४ गते बहिनी पीडितलाई फोन गरेँ । निजसँग मेरो सम्पर्क भयो । सो समयमा बहिनीले मलाई जबरजस्ती राख्यो भनी । त्यति मात्रै हाम्रो कुरा भयो । आमा सीता शेर्माले बहिनीलाई हेर्न भनी मिति २०६६।१२।२६ गते पठाउनु भएकोले मेरो श्रीमान्‌सँग यासोकतर्फ गएँ । यासोक १० बजेतिर पुगी बहिनीलाई अन्य मानिसमार्फत बोलाउन लगाई भेटी बहिनीसँग कुराकानी भयो । जबरजस्ती विवाह गरी ल्याएको भनी हामी प्रतिवादीको घर नजिकै पुगी त्यत्तिकै फर्केका हौँ भन्नेसमेत बेहोराको अनुसन्धानको क्रममा बुझिएकी प्रविना शेर्मा (फियाक) ले मिति २०६७।०३।३१ गते सुरू अदालतसमक्ष गरेको बकपत्र ।

मिति २०६६।१२।२२ गते पीडित यासोक हटियाबजार जान भनी हिँडेको मैले देखेकी हुँ । पीडित र प्रतिवादीका बिच आफ्नो जातीय संस्कारअनुसार विवाह भएको कुरा मिति २०६६।१२।२३ गते थाहा पाएको हुँ । चोरको सोर पुर्‍याउन माङजावुङ आउँदा थाहा पाएको हुँ । पीडित र प्रतिवादीबिच ६७ महिनाअगाडिदेखि चिनजान थियो । जबरजस्ती विवाह गरेको र करणी गरेको होइन भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी रितु शेर्माले मिति २०६७।०३।३१ गते सुरू अदालतसमक्ष गरेको बकपत्र ।

उक्त दिन मिति २०६६।१२।२२ गते म घरमा थिएँ । बेलुका प्रतिवादी र पीडितको विवाहमा गएको थिएँ । प्रतिवादी चेतन लावतीले पीडितलाई जबरजस्ती करणी गरेको होइन । विवाह भएको हो । पीडितले त्यसरी कागज किन गरिन् सो थाहा भएन । पीडित राजीखुसीका साथ कामकाज गरी बसेकी थिइन् । पीडितको माइतीघरमा विवाह भएको जानकारी गराउनका लागि जकेन्द्र लावती र मसमेत गएको थिएँ । पीडितलाई कोठामा थुनेर राखेको थिएन । मैले प्रहरीमा गरेको कागजको बेहोरा र सहीछाप मेरो हो भन्नेसमेत बेहोराको अनुसन्धानको क्रममा बुझिएकी ज्योति लावतीले मिति २०६७।०३।३१ गते सुरू अदालतसमक्ष गरेको बकपत्र ।

प्रतिवादी र पीडितबिच विवाह हुँदै छ भनेकाले हामीसमेत अभिभावक छिमेकी भएका हैसियतले गएका थियौं । हामीले प्रतिवादी र पीडितलाई सोधपुछ गर्दा मन्जुरी राजीखुसीले विवाह गरेका हौं भनेका थिए । पीडित र प्रतिवादीबिच विवाह हुने भएपछि हाम्रो लिम्बू जातिको संस्कारअनुसार देवारी बोलाई निजहरूबिच विधिवत् लगन सिन्दुरपोते भएको हो । विवाहमा फोटोसमेत खिचेका थिए । प्रतिवादी र पीडित घरमा विवाह गर्न मन्जुर भई आएपछि गाउँ समाजका छरछिमेकी सबै आएका थियौँ । हामीले निजहरूलाई तिमीहरूले विवाह गरेको हो भनी सोध्दा हाम्रो विगत ६ महिनादेखि चिनजान मन परापर भएकोले मन्जुरीले आएका हौं भनी भन्थ्यो । निजहरूको विवाह ८ बजेतिर बेलुका भएको हो । विवाहमा हामीले सामान्य भोज पनि खायौं । प्रतिवादीले पीडितलाई जबरजस्ती विवाह गरी ल्याई करणीसमेत गरेको होइन । विवाह भइसकेपछि म घरतिर फर्के । भोलिपल्ट मिति २०६६।१२।२३ गते साथी ज्योति लावतीसँग लिम्बू संस्कार परम्परा रीतिरिवाजअनुसार कोसेली लिई विवाह भएको जानकारी गराउन पीडितको माइतीघर माङजावुङमा गएका हौं । प्रतिवादीसँग राजीखुसीले पीडित आफैँ विवाह गर्न आएकी हुन् । निजको कागज बेहोरा झुट्टा हो । जाहेरीलाई समर्थन गर्न त्यस्तो कागज गरेको मात्र हो । निजहरूबिच विवाह भएको हो अन्य कुरा मलाई थाहा भएन भन्नेसमेत बेहोराको अनुसन्धानको क्रममा बुझिएका जकेन्द्र लावतीले मिति २०६७।०३।३१ गते सुरू अदालतसमक्ष गरेको बकपत्र ।

प्रतिवादी टिका भन्ने चेतन लावती र पीडितबिच मिति २०६६।१२।२२ गते विवाह भएको फोटो थान–११ प्रतिवादी चेतन लावतीले मिति २०६७।०३।३१ गते निवेदनसाथ पेस गरी मिसिल संलग्न रहेको ।

केटा र केटीको मन्जुरीले विवाह भएको देखिएकाले जबरजस्ती करणीमा सजाय गरिपाउँ भन्ने अभियोग दाबीबाट प्रतिवादीले सफाइ पाउने ठहर्छ । विवाह गर्दा केटीको उमेर १४ वर्ष देखिएकोले विवाह गर्ने उमेर नपुगेकी केटीसँग प्रतिवादीले विवाह गरेको देखिएकाले बिहाबारीको २(३) नं ।बमोजिम प्रतिवादी टिका भन्ने चेतन लावतीलाई रू ।१०,०००।- जरिवाना हुने ठहर्छ भन्नेसमेत बेहोराको सुरू पाँचथर जिल्ला अदालतबाट मिति २०६७।१०।१३ मा भएको फैसला ।

पीडित १४ वर्षभन्दा मुनिकी नाबालिका भएको र निज मिति २०६६।१२।२२ गतेको दिन यासोक बजार गएको मौका पारी प्रतिवादी चेतन लावतीले जबरजस्ती पीडितलाई आफ्नो घरमा लगी कोठामा थुनेर राखी केटी र केटीका अभिभावकको मन्जुरीबिना नै विवाह गरेको अभिनय गरेर ऐ । २७ गतेसम्म पीडित बालिकालाई जबरजस्ती करणी गरेको भन्ने कुरा जाहेरी दरखास्त, घटनास्थल मुचुल्का, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, पीडितको मौकाको कागज, प्रतिवादीको बयान, बुझिएका र वस्तुस्थिति मुचुल्काका मानिसको भनाइसमेतका आधारबाट पुष्टि भइरहेको, सो कुरा अदालतमा आई बकपत्र गर्ने वादीका साक्षीहरूको बकपत्रबाट समेत समर्थित भइरहेको, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा पीडितको योनिको झिल्ली च्यातिएको, यौनसम्पर्क भएकोले गर्भधारण हुनसक्ने सम्भावना रहेको भनी स्पष्ट उल्लेख भइरहेको अवस्थामा मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं । को कानूनी व्यवस्थाविपरीत प्रतिवादीले गरेको आपराधिक कार्यको विवेचना र विश्लेषण नै नगरी गैरकानूनी तर्क आधार लिई प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिने गरी भएको सुरू फैसला त्रुटिपूर्ण भई बदरभागी भएकोले सो फैसला बदर गरी अभियोग मागदाबीबमोजिम प्रतिवादीलाई सजाय गरिपाउँ भन्नेसमेत बेहोराको नेपाल सरकारको तर्फबाट तत्कालीन पुनरावेदन अदालत इलाममा दायर भएको पुनरावेदनपत्र ।

म पुनरावेदक प्रतिवादी आरोपित अभियोगपत्रको कसुरमा इन्कार रही बयान गरेको, पीडित भनिएकी केटीले विवाह गर्न ढिपी गरी मेरो घरमा आफैं आएकी, राजीखुसीले विवाह गर्न आएकी हुँ भनेकीले निज पीडितकै ढिपीको कारण अभिभावकको सल्लाहमा मेरो मन्जुरीबिना विवाह भएको हो । मिसिल संलग्न विवाह गर्दाका अवस्थामा खिचिएका फोटोहरूबाट पनि विवाह गर्दा पीडित कति खुसीराजी रहिछिन् भन्ने स्पष्ट हुन्छ । पीडित १६ वर्ष काटेकी हुन् भन्ने कुरा अनुसन्धानको क्रममा बुझिएकी र अदालतमा आई बकपत्र गर्ने रिनु शेर्माले खुलाएको बेहोराबाट प्रस्ट भएकै छ । निज विवाह भएको ७ दिनसम्म मेरो घरमा बसी त्यसपश्चात् माइतीघरमा गई मेरो घरमा आएकी छैनन् । माइतीघरमा गएपछि बुबाको बहकाउमा लागी झुट्टा बेहोरा लेखाइ जाहेरी र बयान गरेकी हुन् । मैले पीडितलाई जबरजस्ती विवाह गरेको भन्ने कुरा मिसिल संलग्न कागजातबाट पुष्टि भएको छैन । उल्लिखित अवस्थामा मैले मुलुकी ऐन, विवाहवारीको महलको २(३) नं ।विपरीत कार्य गरेको नदेखिँदा पाँचथर जिल्ला अदालतबाट भएको मिति २०६७।१०।१३ गतेको फैसला कानूनसङ्गत, न्यायसङ्गत नभएको, पीडितकै इच्छा चाहनाअनुसार मैले विवाह गरेको कारण सो कुराको विवेचना, व्याख्या नगरी रू ।१०,०००।- जरिवाना हुने गरी भएकाले उक्त फैसला उल्टी गरी आरोपित कसुर अपराधबाट सफाइ पाउने न्यायिक निर्णय गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी टिका भन्ने चेतन लावतीले तत्कालीन पुनरावेदन अदालत इलाममा दायर गरेको पुनरावेदनपत्र ।

यसमा वादी नेपाल सरकार तथा प्रतिवादी टिका भन्ने चेतन लावतीको दोहोरो पुनरावेदन पर्न आएको देखिँदा एकअर्काको पुनरावेदन बेहोरा परस्पर जानकारी गराई नियमानुसार पेस गर्नु भन्ने तत्कालीन पुनरावेदन अदालत इलामको मिति २०६८।०७।२२ गतेको आदेश ।

सुरू पाँचथर जिल्ला अदालतबाट प्रतिवादीले सफाइ पाउने र मुलुकी ऐन, बिहाबारीको २(३) नं ।बमोजिम प्रतिवादीलाई रू ।१०,०००।- (दश हजार) जरिवाना गर्ने गरी मिति २०६७।१०।१३ मा भएको फैसला मिलेको नदेखिँदा उक्त फैसला उल्टी भई प्रतिवादी टिका भन्ने चेतन लावतीले अभियोग दाबीबमोजिमको कसुर गरेको देखिन आएकाले निज प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको ३ नं । को देहाय ३ नं ।बमोजिम ८(आठ) वर्ष कैद हुने ठहर्छ । पीडित नाम परिवर्तन सेलिना सुब्बा (शेर्मा) ले मुलुकी ऐन, जबरजस्ती करणीको १०ग नं ।बमोजिम प्रतिवादी चेतन लावतीबाट क्षतिपूर्तिबापत रू ।५०,०००।– (पचास हजार) भराइपाउनेसमेत ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको मिति २०६८।०९।१५ मा तत्कालीन पुनरावेदन अदालत इलामबाट भएको फैसला ।

म पुनरावेदकले पीडित भनिएकीलाई विवाह गर्दा मेरो उमेर १६ वर्षको मात्र रहेको छ । बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ बमोजिम १८ वर्ष उमेर नपुगेको व्यक्ति नाबालक हुने व्यवस्था रहेको छ, उक्त कुराको पुष्टि नेपाल सन्धि ऐन, २०४७ को दफा ९ ले समेत व्यवस्था गरेको छ भने वर्तमान देवानी कार्यविधि संहिता, २०७४, बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा २(ञ) बमोजिमसमेत १८ वर्षभन्दा कम उमेरको व्यक्ति नाबालक भई म पुनरावेदक विवाह गर्दाका अवस्थामा १६ वर्षको मात्र नाबालक भएको हुँदा म पुनरावेदकले कानूनले दिएको सुविधा हक प्राप्त गर्ने नै छु । तसर्थ प्रस्तुत मुद्दाको रोहमा मैले नाबालक अवस्थामै गरेको विवाहको सन्दर्भमा गरिएको पाँचथर जिल्ला अदालतको फैसलाले ठहर गरेको जरिवानाको अङ्कमा समेत सहुलियत, सुविधासमेत उल्लेख गरिनुपर्नेमा सो नगरी मलाई ८ वर्ष कैद र रू ।५०,०००।- क्षतिपूर्ति भराइदिने गरी गरिएको पुनरावेदन अदालत इलामको फैसला त्रुटिपूर्ण छ । मेरा विरूद्धमा लागेको अभियोग सिद्ध भएको मान्न सकिने कुनै सबुत प्रमाण नहुँदा पनि पुनरावेदन अदालत इलामले पीडित भनिएकी व्यक्ति र मेरो ६ महिना पुरानो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने निजको चाहनाअनुसार विवाह गरेकोमा त्यो विवाहलाई कानूनसम्मत रूपमा अमान्य गरी विवाहको कुरा नै नजोडिएको अवस्थामा जबरजस्ती करणी गरेको कुरा सप्रमाण फेला परेको अवस्थासरह मान्दै ८ वर्ष कैद र रू ।५०,०००।- क्षतिपूर्ति दिलाउने भनी गरिदिएको फैसला अन्यायपूर्ण न्यायिक मनविहीन रहेकाले तत्कालीन पुनरावेदन अदालत इलामको फैसला बदर गरी अभियोग दाबीको कसुरबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी टीका भन्ने चेतन लावतीको तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।

यसमा बहसको क्रममा पेस भएको मिलापत्रको कागजको बेहोराबाट प्रस्तुत मुद्दाको जाहेरवालाकी छोरी नाम परिवर्तन सेलिना सुब्बा (शेर्मा) र यी पुनरावेदक  प्रतिवादी चेतन लावतीबिच सम्बन्ध विच्छेद मुद्दामा मिलापत्र भई यी प्रतिवादी टिका भन्ने चेतन लावती र नाम परिवर्तन सेलिना सुब्बा (शेर्मा) बिच विवाह भएको भन्ने देखिएको स्थितिमा बिहाबारीको २(३) नं । मा “१४ वर्षदेखि माथि १८ वर्ष नपुगेकी स्वास्नी मानिसको विवाह गरेको गराएको रहेछ भने ६ महिनासम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजाय हुने छ” भन्ने कानूनी व्यवस्था भएको हुँदा यसमा जबरजस्ती करणी आकर्षित हुने वा नहुने भन्ने व्याख्यात्मक प्रश्नमा पुनरावेदन अदालत इलामबाट भएको मिति २०६८।०९।०५ को फैसला विचारणीय देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) नं ।बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार गरी पेस गर्नु भन्ने मिति २०७७।०३।२३ मा यस अदालतबाट भएको आदेश ।

यस अदालतको मिति २०७८।०३।२७ को आदेशानुसार यिनै पुनरावेदक प्रतिवादी टिका भन्ने चेतन लावतीउपर नाम परिवर्तन सेलिना सुब्बा (शेर्मा) ले झापा जिल्ला अदालतमा दायर गरेको सम्बन्ध विच्छेद मुद्दामा मिति २०६९।०५।२५ मा मिलापत्र भएको मुद्दाको मिसिल प्रमाणको रूपमा मिसिल सामेल रहेको ।

यस अदालतको मिति २०७८।०५।१६ को आदेशानुसार वादी प्रतिवादी दुवै पक्षका कानून व्यवसायीहरूबाट लिखित बहसनोट पेस भई मिसिल सामेल रहेको ।

ठहर-खण्ड

नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न कागजातहरू अध्ययन गरी पुनरावेदक प्रतिवादी टिका भन्ने चेतन लावतीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री लवकुमार मैनाली र श्री नरेन्द्रप्रसाद पाठक तथा विदुषी अधिवक्ता श्री प्रविन पन्दाकले यी प्रतिवादी र पीडितबिच प्रेम सम्बन्ध रही एकअर्कामा सहमति भई विवाह भएको हो । मिति २०६६।१२।२२ गते विवाह भई लिम्बू संस्कारअनुसार चोरको सोर बुझाउनुपर्ने चलन हुँदा कोसेलीसहित फेराङमा गर्ने कुलमा चढाउनेसमेत कार्य भएको छ । यी कार्य धार्मिक मान्यताअनुसार सम्पन्न गरिएका छन् । संस्कार र प्रथाअनुसार गरिएका आपराधिक कार्यले मात्र कानूनी मान्यता र वैधता पाउनु हुँदैन । यी प्रतिवादी र पीडित दुवै पक्ष वोलुन्तरिली क्नोविङ्ली, विल्लिङ्ली, कोन्स्कियसली उक्त कार्य गर्दा सचेतनापूर्ण अवस्थामा छन् । इच्छा विरूद्ध घरभित्र राखेर जबरजस्ती करणी गरेको होइन । पीडितकी आमा सिता शेर्माले गरेको बकपत्रबाट छोरीलाई विवाह गरेपश्चात् लिम्बू संस्कारअनुसार कोसेली लिएर आएका थिए भन्ने बकपत्रबाट प्रस्ट देखिन्छ । काकी लक्ष्मी शेर्माले बकपत्र गर्दा पनि छोरीको विवाह भएको भनी प्रतिवादीहरूका घरबाट मानिसहरू कोसेली लिएर आएका थिए भनी बकपत्र गरेको, प्रतिवादीका बाबु महेन्द्र लावती र आमा शान्ति लावतीले अदालतसमक्ष बकपत्र गर्दा विवाह भएको भनेको, पीडितको शारीरिक परीक्षण गर्दा योनिको झिल्ली च्यातिएको वरिपरि घाउचोट नभएको तथ्यले प्रतिवादी र पीडितबिच लिम्बू धर्म संस्कारअनुसार विवाह भएको र सँगसाथमा ७(सात) दिन बसी माइती पठाएको घटनाक्रम एवम् तथ्यले जबरजस्ती करणी नभई विवाहवारीको परिभाषाभित्र पर्ने देखिन्छ । यसैगरी प्रतिवादी र पीडितबिच झापा जिल्ला अदालतबाट मिति २०६८।०५।२६ मा भएको अंश र सम्बन्ध विच्छेद मुद्दामा मिलापत्र भएको प्रतिवादीका बाबु र पीडितका बाबु रोहबरमा बसी सहीछापसमेत गरेको अवस्थामा बाल विवाहको घटना प्रस्ट देखिन जान्छ । विवाह जानी बुझी अरू व्यक्ति संलग्न भई भोजभतेर खुवाइ सगुन पठाइ आ-आफ्नो कुल धर्मअनुसार ब्राह्मण बोलाई पूजाको माध्यमबाट कार्य सम्पन्न हुन्छ । जबरजस्ती करणीमा उक्त कुनै कार्य हुँदैन । जबरजस्ती करणीको १ नं । को व्यवस्था उमेर नपुगेका महिलाउपर विवाह गरेको र उमेर नपुगेका महिलालाई मन्जुरीबिना एकान्त बासमा लगी जबरजस्ती करणी गरेको कार्यलाई एउटै कोटीमा राख्न मिल्दैन । सुरू जिल्ला अदालतको फैसला कानूनको प्रयोगमा व्याख्या विश्लेषण गरिएको स्पष्ट छ । तत्कालीन पुनरावेदन अदालतको फैसला कोरा एकाङ्की रूपमा हेरिएको हुँदा तथ्य प्रमाणको मूल्याङ्कन तथा प्रतिपादित सिद्धान्तसमेतका आधारमा न्याय पाउनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।

वादी नेपाल सरकारको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयबाट उपस्थित सहन्यायाधिवक्ता श्री ईश्वरी बन्जाडेले मिति २०६६।१२।२२ देखि ऐ । २७ गते रातिसम्म प्रतिवादी चेतन लावतीले आफ्नै घरमा लगी बन्धक बनाइ जबरजस्ती करणी गरेको भन्ने किटानी जाहेरीलाई पीडितका बाबु मननारायण शेर्माले अदालतसमक्ष उपस्थित भई समर्थन गरी बकपत्र गरिदिएको देखिन्छ । सोही बेहोराको मौकाको कागजलाई समर्थन गरी पीडितको आमा सिता शेर्मा, दिदी प्रविना शेर्मा फियाकसमेतले अदालतसमक्ष बकपत्र गरेको, पीडितले अदालतसमक्ष बकपत्र गर्दा मन्जुरीबिना विवाह र करणी भएको मिति २०६६।१२।२२ देखि २७ गतेसम्म पीडकको घरमा बसेको ऐ । २८ गते माइती गएको भन्ने तथ्य लेखाएको पाइन्छ । प्रतिवादीले मौकाको बयान कागजमा पीडितसँग विवाह गरी मिति २०६६।१२।२२ देखि ऐ । २७ गतेसम्म सँगै बसी राजीखुसीले करणी लिनु दिनु भएको तथ्यलाई समर्थन गरी अदालतसमक्ष बयान गरेको देखिन्छ । पीडितको उमेर जन्ममिति २०५३।०३।१३ रहेको तथ्यगत प्रमाण कागज बेहोराबाट वारदात मितिमा १४ वर्ष मात्र उमेर भएको नाबालिग पीडितउपर प्रतिवादीले ललाइफकाइ प्रेम जालमा पारी विवाहको संस्कारसमेत गरी गराई आफ्नो घरमा लगी मिति २०६६।१२।२२ देखि ऐ ।२७ गतेसम्म करणी गरेको तथ्य पुष्टि हुँदा निज प्रतिवादीलाई साबिक मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(३) नं ।बमोजिम कसुरमा ८ वर्ष कैद सजाय हुने र रू ।५०,०००।- पीडितलाई क्षतिपूर्तिसमेत भराइदिने ठहर्‍याई पुनरावेदन अदालत इलामबाट भएको फैसला सदर गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।

यसमा प्रतिवादी टिका भन्ने चेतन लावतीउपर नाम परिवर्तिन सेलिना सुब्बा (शेर्मा) लाई जबरजस्ती करणी गरेको भनी मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ नं । को देहाय (३) बमोजिम सजाय गरी पीडितलाई ऐ । ऐन महलको १० नं ।बमोजिम प्रतिवादीको अंशभागबाट उचित क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भन्ने अभियोग दाबी रहेको प्रस्तुत मुद्दामा सुरू पाँचथर जिल्ला अदालतबाट अभियोग दाबीबाट सफाइ पाउने भन्दै १४ वर्ष उमेर नपुगेकी केटीसँग प्रतिवादीले विवाह गरेको देखिएकोले मुलुकी ऐन, बिहाबारीको २(३) नं ।बमोजिम रू ।१०,०००।- (दश हजार) जरिवाना गर्ने गरी भएको फैसलाउपर वादी नेपाल सरकार र प्रतिवादी चेतन लावतीका तर्फबाट पुनरावेदन अदालत इलाममा पुनरावेदन परेकोमा सुरू जिल्ला अदालतको फैसला उल्टी गरी प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेकोले प्रतिवादी टिका भन्ने चेतन लावतीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ नं । को देहाय ३ बमोजिम ८(आठ) वर्ष कैद सजाय हुने तथा पीडितलाई रू ।५०,०००।- (पचास हजार) रूपैयाँ क्षतिपूर्ति प्रतिवादीबाट भराइपाउने गरी मिति २०६८।०९।०५ मा तत्कालीन पुनरावेदन अदालत इलामबाट भएको फैसलाउपर प्रतिवादी टिका भन्ने चेतन लावतीको यस अदालतसमक्ष पुनरावेदन परेको देखियो ।

उपर्युक्तबमोजिमको तथ्य एवम् बहस जिकिर रहेको प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजात अध्ययन गरी हेर्दा तत्कालीन पुनरावेदन अदालत इलामको फैसला मिलेको छ वा छैन ? प्रतिवादी चेतन लावतीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन भन्ने सन्दर्भमा निर्णय दिनुपर्ने देखिन आयो ।

२ । निर्णयतर्फ विचार गर्दा, प्रस्तुत मुद्दामा अभियोग दाबीबमोजिम प्रतिवादीउपर वर्ष १४ की परिवर्तित नाम सेलिना सुब्बा (शेर्मा) लाई विवाह गर्छु भनी प्रतिवादीको घरमा लगी मिति २०६६।१२।२२ देखि ऐ । २७ गतेसम्म जबरजस्ती करणी गरेको भन्ने जाहेरी दरखास्त भएको र पीडितको मौका तथा अदालतसमक्षको कागजमा यासोक बजारमा सौदा किनी घर फर्कने क्रममा प्रतिवादी चेतन लावती र अन्य साथीहरूले बाटोमा भेटी प्रतिवादी चेतन लावतीको घरतिर लगी मलाई विवाह गर्छु भनेका थिए । मसमेत निजहरूसँग साथै लागी प्रतिवादीको घरमा गएँ । घरमा पुगेपछि मलाई कोठामा राखी लिम्बू संस्कारअनुसार विवाह गर्न देवारी बोलाई लगन सिन्दुर पोते गरी विधिवत् विवाह भयो भनी विवाह भएको आशयको बेहोरा उल्लेख भएको एवम् वस्तुस्थितिका मानिसहरूले समेत निज प्रतिवादीले पीडितलाई निजहरूको राजीखुसीले विवाह गरेको भनी आफ्नो भनाइ उल्लेख गरेको देखिन्छ । त्यस्तै प्रकारले पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा योनिको झिल्ली च्यातिएको तर पुरानो भइसकेको यौन सम्पर्क भएको गर्भधारण हुन सक्ने सम्भावना रहेको भन्नेसमेत उल्लेख भएको देखिन्छ । पुनरावेदक प्रतिवादीले अदालतसमक्ष पीडितसँग प्रेम सम्बन्ध भई निजको ढिपीकै कारणले विवाह भएकोमा निजको माइतीघरका सदस्यहरूले खै के कारणले रिसको आवेगमा जाहेरी दरखास्त दिएको र आफूले पीडितलाई जबरजस्ती करणी गरेको नभई सहमतिमा नै करणी लिनुदिनु गरेको भनी अभियोग दाबीलाई इन्कार गरी बयान गरेको देखिन्छ । पीडित र प्रतिवादीबिच मिति २०६६।१२।२२ मा सामाजिक परम्पराअनुसार विवाह भई पति पत्नी भएको भन्ने तथ्य मेचीनगर नगरपालिकाको कार्यालय, झापाबाट मिति २०६९।०५।१९ मा दर्ता नं । २३१ को विवाह दर्ताको प्रमाण-पत्र, पीडित नाम परिवर्तन सेलिना सुब्बा (शेर्मा) ले झापा जिल्ला अदालतमा लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद गरिपाउँ भनी दिएको फिरादपत्र र पीडित तथा प्रतिवादीबिच लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद हुने गरी झापा जिल्ला अदालतबाट मिति २०६९।०५।२६ गते भएको मिलापत्रबाट समर्थित भएको पाइयो । उक्त सम्बन्ध विच्छेद मुद्दाको फिरादपत्र हेर्दा पनि निज प्रतिवादीले पीडितलाई करणी गर्ने मनसायले ललाइफकाइ गरी आफ्नो घरमा लगेको नभई राजीखुसीले विवाह गर्ने उद्देश्यबाट आपसी सहमतिमा नै दुवै जना यी प्रतिवादीको घरमा गएको र लिम्बूहरूको धार्मिक परम्पराबमोजिम नै विवाह भएकोमा पीडितको माइतीपक्ष र प्रतिवादीको परिवारबिचमा कटुतापूर्ण सम्बन्धका कारण यी प्रतिवादीका विरूद्धमा उजुर दिएको भन्ने देखिन्छ । 

३ । पीडितलाई ललाइफकाइ लगी जबरजस्ती करणी गरेको भनी अभियोगमा उल्लेख गरे जस्तो गम्भीर अभियोगमा प्रतिवादीलाई कसुरदार स्थापित गर्नको निमित्त सो कसुर नै सर्वप्रथम शंकारहित तवरमा पुष्टि हुनुपर्ने फौजदारी कानूनको मूल मर्म एवम् सिद्धान्त रहेको छ । कसै विरूद्ध केवल अभियोग लगाउनु मात्र पर्याप्त आधार हुन सक्दैन । अभियोजनकर्ताले केवल अभियोग लगाउने मात्र नभई आफूले लगाएको अभियोगलाई ठोस, वस्तुनिष्ठ आधार र प्रमाणले पुष्टि गर्न सक्नुपर्दछ । विवादास्पद प्रमाण वा संदिग्ध र शंकाको अवस्थामा कसुरदार कायम गरी सजाय गर्न नमिल्ने, शंका जतिसुकै ठुलो भए पनि प्रमाणको रूप ग्रहण गर्न नमिल्ने (एवेन हाईएस्त डिग्री ओफ सुस्पिकिओन कन्नोत तके प्लके ओफ एविदेन्के) भन्ने प्रमाणशास्त्रको सिद्धान्तसमेत रही आएको पाइन्छ । यस्तै प्रकारले कुनै कसुर स्थापित हुनको लागि प्रतिवादीको कार्य प्रत्यक्ष, सार्थक र निश्चयात्मक प्रमाणबाट शङ्कारहित तवरले पुष्टि भएको हुनुपर्दछ । प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम फौजदारी मुद्दामा अभियुक्तउपरको कसुर प्रमाणित गर्ने भार वादी पक्षमा रहने व्यवस्था छ । उक्त कानूनी व्यवस्थाअनुसार फौजदारी कसुर सम्बन्धमा अभियोजन पक्षले प्रतिवादीउपर लगाएको आरोपलाई शङ्कारहित तवरले पुष्टि गर्नुपर्दछ । अभियोजन पक्षले लगाएको आरोप पुष्टि गर्ने क्रममा शङ्काको कुनै गुञ्जाइस रहनु हुँदैन । शङ्काको गुञ्जाइस उत्पन्न भएमा त्यसको फाइदा अभियुक्तले पाउने नै हुन्छ । तसर्थः उपर्युक्त उल्लिखित आधार र प्रमाणबाट पुनरावेदक प्रतिवादी र नाम परिवर्तित सेलिना सुब्बा (शेर्मा) बिचमा प्रेम सम्बन्ध रहेकोले आपसी सहमतिमा विवाहसमेत भएको तथ्य निजहरूको बयान बेहोरा, निजहरूबिचको विवाह दर्ताको प्रमाणपत्र, झापा जिल्ला अदालतमा भएको सम्बन्ध विच्छेदको मिलापत्रसमेतबाट पुष्टि भएको देखिएको अवस्थामा प्रतिवादीले यी पीडितलाई ललाइफकाइ प्रेमजालमा पारी जबरजस्ती करणी गर्नेसम्मको कसुर गरेको भन्ने वादी नेपाल सरकारको अभियोग दाबी ठोस र तथ्ययुक्त प्रमाणबाट खम्बिर हुन आएको नदेखिई निजहरूबिचमा कायम रहेको प्रेम सम्बन्धलाई वैवाहिक बन्धनमा परिणत गर्ने सहमति भई विवाह गरी पति पत्नीको सम्बन्ध कायम गरी बसी आएको देखियो ।

४ । विवाह गर्ने र सहमतिमा करणी गर्ने उमेरको हद कानूनद्वारा निर्धारण गरिदिएको भए पनि तोकिएको उमेरको हदअगाडि नै बाह्य तत्त्वहरू जस्तै खानपान तथा प्रविधिमा आएको विकासका कारण यौवनावस्थामा प्रवेश गरेका बालबालिकामा प्राकृतिक तथा शारीरिक आवश्यकताले निम्त्याउने यौन चाहनाको मनोवैज्ञानिक पक्ष र त्यस्तो यौन चाहनामा परिवर्तन हुँदै आएको सन्दर्भ र परिवेशको संवेदनशीलतालाई समेत विचार गर्नुपर्ने हुन्छ । बालबालिकालाई अनुचित प्रभावमा पारी गरिने करणीबाहेक समान उमेर समूहका वा केही निश्चित उमेरको अन्तराल मात्र भएका बालबालिकाहरूबिच प्रेम सम्बन्ध तथा यौन चाहनाका कारण आपसमा निकटता रही शारीरिक सम्बन्ध वा करणी लेनदेन हुन सक्ने अवस्थालाई अनदेखा गरी कानूनको व्याख्या यन्त्रवत् रूपमा गरी बालबालिकालाई सजाय निर्धारण गर्ने हो भने त्यस्ता बालबालिकाप्रति गरिने निर्णय विवेकसम्मत र न्यायोचित हुँदैन । यस्तै सन्दर्भमा बालबालिका संलग्न करणीसम्बन्धी विवादहरूमा विभिन्न देशहरूले उनीहरूको सकारात्मक प्रतिरक्षा (अफ्फिर्मतिवे देफेन्से) का लागि अपवादात्मक छुट्टै कानूनी व्यवस्थाको विकास गरेको पाइन्छ । भारतमा बालबालिकाहरूमा हुने करणीसम्बन्धी कसुरमा बालबालिकाहरूको हितको संरक्षणका लागि प्रोतेक्सन ओफ चिल्ड्रेन फ्रम सेक्सुअल ओफ्फेन्केस् अक्त्, २०१२ (पोक्सो अक्त्) मार्फत छुट्टै कानूनी व्यवस्था गरेको पाइन्छ । बालबालिकामा हुने करणीसम्बन्धी विवादको सम्बन्धमा मद्रस् हाई कोर्ट ले विजय्लक्ष्मी & अन्र व्स् । स्तते रेप । (२०२१) को मुद्दामा पोक्सो अक्त ले बालबालिकाको संरक्षण सम्बन्धमा अदालतले विवेक प्रयोग गरी न्याय गर्न सक्ने भन्नेसमेतको व्याख्या भएको पाइन्छ । त्यसैगरी बालबालिका संलग्न करणीसम्बन्धी विवादमा अमेरिकाका विभिन्न स्तते हरूमा रोमेओ अन्द जुलिएत लव को व्यवस्था गरी परिस्थितिवश करणीको विवादमा परेका बालबालिकाको संरक्षणका लागि छुट्टै कानूनी व्यवस्था गरेको पाइन्छ । उक्त व्यवस्थाअनुसार अमेरिकाको टेक्सास (टेक्सस्) राज्यले कानूनी रूपमा सहमतिमा भएको यौन सम्पर्क (करणी) गर्ने व्यक्तिहरूबिचको उमेर ३ वर्ष वा सोभन्दा कम उमेरका युवा युवतीबिच सहमतिमा करणी भएमा त्यस्ता व्यक्तिलाई रोमेओ अन्द जुलिएत लव अनुसारको कानून आकर्षित हुने व्यवस्था रहेको पाइन्छ । (ए) इत इस् अन अफ्फिर्मतिवे देफेन्से तो प्रोसेकुसन उन्देर सुब्सेक्सन (अ)(२):

(१) थत थे अक्तोर वस् थे स्पोउसे ओफ थे चाईल्ड अत थे टाईम ओफ थे ओफ्फेन्से; ओर्

(२) थत्:

(अ) थे अक्तोर वस् नोत मोरे थन थ्री एअर्स् ओल्देर थन थे भिक्टिम अन्द अत थे टाईम ओफ थे ओफ्फेन्से:

(इ) वस् नोत रेकुइरेड उन्देर चप्तेर ६२, कोदे ओफ कृमिनल प्रोकेदुरे, तो रेगिस्तेर फोर लाईफ अस् अ सेक्स् ओफ्फेन्देर्; ओर्

(ई) वस् नोत अ पर्सन व्हो उन्देर चप्तेर ६२, कोदे ओफ कृमिनल प्रोकेदुरे, हद अ रिपोर्टअब्ले कोन्विक्सन ओर अद्जुदिकसन फोर अन ओफ्फेन्से उन्देर थिस् सेक्सन;  अन्द्

(ब्) थे भिक्टिम:

(इ) वस् अ चाईल्ड ओफ १४ एअर्स् ओफ अगे ओर ओल्देर्; अन्द्

(ई) वस् नोत्:

(अ) अ पर्सन व्होम थे अक्तोर वस् प्रोहिबितेद फ्रम मर्‍यिङ ओर पुर्पोर्तीनग तो मॠ ओर विथ व्होम थे अक्तोर वस् प्रोहिबितेद फ्रम लिभिङ उन्देर थे अप्पेअरन्के ओफ बेइङ मऋएद उन्देर् सेक्सन २५ ।०१;

यस्तो कानूनले बालबालिकाबिच हुने करणीलाई कानूनबमोजिम हुने जबरजस्ती करणी (स्ततुतोरी रपे) को वर्गभित्र राखी सजाय हुने व्यवस्थाको विकल्पको रूपमा सकारात्मक सुरक्षात्मक दृष्टिकोणबाट लिएको हुन्छ । यस्तो कानूनले बालबालिकाहरूले प्राकृतिक रूपमा शारीरिक विकासको कारणबाट उत्पन्न हुने परिस्थितिका कारण आपसी प्रेम सम्बन्धमा परी करणी भएको अवस्थामा निजहरूको यथार्थ अवस्थाको विश्लेषण गरेर तिनीहरूको समुचित संरक्षण गर्नुपर्ने उद्देश्य लिएको हुन्छ । यसले बालबालिकाहरूलाई भविष्यमा नकारात्मक असर नपरोस् भनी उचित संरक्षणको लागि “अफ्फिर्मतिवे देफेन्से” लाई बढावा दिएको हुन्छ । यस्तो कानूनले बालबालिकाप्रति गरिने न्याय (जुवेनिले जुस्तिके) लाई जोड दिएको हुन्छ । 

 

५ । प्रस्तुत सन्दर्भमा पुनरावेदक प्रतिवादी र पीडितबिच पहिलेदेखि चिनजान भई फोनमा सम्पर्क भइरहेको भन्ने देखिएको अवस्थाबाट प्रतिवादी र पीडितबिच प्रेम सम्बन्ध रहेको, प्रतिवादी १७ वर्षको र पीडित १४ वर्षको रहेको अवस्थामा सहमतिमा निजहरूको विवाह भएको भन्ने देखिएको र निजहरूको वैवाहिक स्थिति स्थापित रहेको अवस्थामा निज प्रतिवादीउपर जबरजस्ती करणीको मुद्दा लागेको देखिएको हुँदा उपर्युक्त सम्पूर्ण अवस्थाहरूको समुचित विश्लेषण नगरी यी प्रतिवादीलाई कठोर सजाय गर्दा न्यायको मकसद पूरा हुने देखिँदैन ।

६ । प्रस्तुत मुद्दाको वारदात मिति २०६६।१२।२२ मा भएको हुँदा मुलुकी ऐन प्रचलित रहेको अवस्था देखियो । तत्कालीन मुलुकी ऐन, बिहाबारीको महलको २ नं । मा “बिहाबारी गर्दा महिला र पुरूषको उमेर संरक्षकको मन्जुरी भए अठार वर्ष र संरक्षकको मन्जुरी नभए बीस वर्ष नपुगी बिहाबारी गर्न गराउन हुँदैन । विवाह गरे गराएमा सो गर्ने गराउनेमध्ये उमेर पुगेका मुख्यलाई देहायबमोजिम हुन्छ” भन्ने व्यवस्था रहेको छ । उक्त कानूनी व्यवस्थाले विवाह गर्ने उमेरको हदसम्म खुलाई त्यस्तो हदभन्दा कम उमेरकाले विवाह गर्न नहुने भन्नेसम्मको व्यवस्था गरेको अवस्था छ । तर, उक्त कानूनी व्यवस्थाले त्यस किसिमको विवाह स्वतः बदर हुने (वोइद्)  भनी खुलाएको देखिँदैन । ऐ ।को देहाय-९ मा “लोग्ने मानिस वा स्वास्नी मानिसमध्ये कसैको उमेर अठार वर्ष नपुगी विवाह भएको रहेछ र सन्तान पनि जन्मेको रहेनछन् भने अठार वर्ष उमेर नपुगी विवाह भएकोले अठार वर्ष पुगेपछि मन्जुरी नगरे त्यस्तो विवाह बदर गर्न पाउँछ” भन्ने व्यवस्था रहेको छ । उक्त व्यवस्थाबाट समेत उमेर नपुगी भएको विवाह बदर हुने (वोइद्) नभई बदर गर्न सकिने (वोइदब्ले) सम्मको कानूनी व्यवस्था रहेको पाइन्छ । तत्कालीन मुलुकी ऐन, बिहाबारीको महलमा उमेर नपुगी भएको विवाहलाई स्वतः बदर हुने प्रकृतिको विवाहको परिभाषाभित्र राखेको देखिँदैन । प्रस्तुत मुद्दामा प्रतिवादी र पीडितबिच परम्पराअनुसार विवाह गरी विवाह दर्तासमेत गरेको र निजहरूबिच सम्बन्ध विच्छेद मुद्दा चली सम्बन्ध विच्छेदसमेत भएको अवस्था देखिएको हुँदा वैवाहिक स्थिति स्थापित भएको अवस्थामा निजहरूबिच करणी लेनदेन भएको पाइयो । वैवाहिक अवस्थामा भएको यौन सम्पर्कलाई जबरजस्ती करणी महलको ३ नं । को देहाय-३ बमोजिम सजाय गर्नु कानूनसङ्गत हुने देखिएन ।           

७ । प्रतिवादी र पीडितबिच विवाह भई सामाजिक परिवेशमा आफ्नो धार्मिक मान्यता, रीतिरिवाज र चालचलनबमोजिम पति पत्नीको रूपमा स्वीकार गरी बसेको तथ्य स्थापित हुन आएको पाइन्छ । यसबाट वैवाहिक जोडीबिचमा आपसी सहमतिमा हुन सक्ने करणी आपराधिक मनसाय नभई सामाजिक मूल्य मान्यता, समाज विकासको आधारभूत पक्ष एवम् शारीरिक आवश्यकता भएकोले विवाहित पति पत्नीबिचको आपसी सहमति र भावनाका साथ भएको शारीरिक सम्पर्कभन्दा अन्यथा रूपमा हेरी कसुर कायम गर्नु न्यायोचित हुँदैन । विवाह गरी सँगै बस्ने सहमति गर्नु र विवाह गरी केही समय पीडित र प्रतिवादी सँगैसाथै रहेको अवस्थामा भएको शारीरिक तथा यौन सम्बन्धलाई लिएर जबरजस्ती करणीजस्तो गम्भीर कसुरमा कठोर सजाय गर्नुसमेत विवेकसम्मत हुने देखिँदैन । विधिकर्ताले समेत यस्ता प्रकृतिका कसुरमा अन्य जबरजस्ती करणीको कसुरमा भन्दा कम सजाय हुने व्यवस्था मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ नं । को देहाय ६ मा गरेको देखिन्छ ।

८ । उपर्युक्त उल्लेख भएबमोजिम प्रस्तुत मुद्दामा यी पुनरावेदक प्रतिवादी निर्दोष रहेको वा कुनै कानूनले बर्जित गरेको कसुर नगरेको भन्ने पनि होइन । मिसिल संलग्न पीडित नाम परिवर्तन सेलिना सुब्बा (शेर्मा) को अनुसन्धान अधिकारी र सुरू अदालतसमक्ष गरेको बयान बेहोराबाट यी पुनरावेदक प्रतिवादी चेतन लावतीले आफ्नो श्रीमतीको मन्जुरी नलिई बिनासहमति करणी गरेको भन्ने देखिन आयो । तत्काल प्रचलित मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं । मा कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा निजले जबरजस्ती करणी गरेको ठहर्छ भन्ने उल्लेख गरी मन्जुरीबिनाको करणीलाई आपराधिक कार्यको रूपमा व्याख्या गरेको देखिन्छ । यसबाट यी पुनरावेदक प्रतिवादीको कार्य जबरजस्ती करणीको आपराधिक कार्य रहेको देखिन आयो । यसरी यी पुनरावेदक प्रतिवादीको क्रिया जबरजस्ती करणीको आपराधिक कार्य भएकोले निजलाई के कस्तो कारबाही गर्ने भन्नेतर्फ विचार गर्दा, मुलुकी ऐन जबरजस्ती करणीको महलको ३ नं । मा जबरजस्ती करणी गर्नेलाई हुने सजायको उल्लेख गरी देहाय ६ मा यस नम्बरमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि लोग्नेले स्वास्नीलाई जबरजस्ती करणी गरेमा तीन महिनादेखि छ महिनासम्म कैद हुने व्यवस्था गरेको छ । माथि प्रकरणहरूमा विवेचना गरिएबमोजिम प्रतिवादी र पीडितबिच प्रेम सम्बन्धका कारणबाट आपसी सहमतिमा विवाह गर्नेसम्मको कार्य भएकोले निज पीडित र प्रतिवादीबिच सम्बन्ध विच्छेद नहुँदासम्म निजहरूबिचको विवाह बदर नभई विवाहबाट पति पत्नी भएको भन्ने तथ्यहरू मिसिल संलग्न निजहरूबिचको विवाह दर्ताको प्रमाणपत्र, झापा जिल्ला अदालतमा पीडितले लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद गरिपाउँ भनी दायर गरेको फिरादपत्र र सोही मुद्दामा यी पुनरावेदक प्रतिवादी टिका भन्ने चेतन लावती र पीडित नाम परिवर्तन सेलिना सुब्बा (शेर्मा) बिचमा सम्बन्ध विच्छेद हुने गरी झापा जिल्ला अदालतमा भएको मिलापत्रसमेतले पुष्टि गरेको देखिएकोले परम्पराअनुसार विवाह भएको तथ्य स्थापित भई विवाहित जोडी कायम भएकै अवस्थामा जबरजस्ती करणी गरेमा अन्य अवस्थामा भएको जबरजस्ती करणी गर्ने व्यक्तिलाई हुने सजायसरह विवाहितहरूबिच भएको जबरजस्ती करणीलाई पनि सजाय गर्नु न्यायोचित हुँदैन । विवाहित जोडीहरूबिचमा करणी भएको तर त्यस्तो करणीमा महिलाको असहमति रहेको देखिएको अवस्थामा तत्काल प्रचलित मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं ।बमोजिमको कसुर कायम गरी ऐ । महलको ३ नं । को देहाय ६ बमोजिमको सजाय गर्दा नै न्यायोचित हुने देखिन्छ । 

९ । अतः माथि उल्लिखित आधार, कारण, कानूनी व्यवस्था, प्रतिपादित नजिर सिद्धान्तसमेतका आधारमा प्रस्तुत मुद्दामा पीडितले आफूलाई प्रतिवादीले जबरजस्ती करणी गरेको भनी बकपत्रसमेत गरेको देखिएको, पीडितसँग विवाहपश्चात् करणी गरेको भनी प्रतिवादीले मौकामा बयान गरेको र पीडितको शारीरिक परीक्षणबाट योनिको झिल्ली च्यातिएको भनी परीक्षण प्रतिवेदनमा उल्लेख भएबाट यी पुनरावेदक प्रतिवादीले पीडितलाई मन्जुरीबेगर जबरजस्ती करणी गरी मुलुकी ऐन, जबरजस्ती करणीको १ नं । को कसुर गरेको देखिँदा सोही महलको ३ नं । को देहाय ६ बमोजिम सजाय गर्नुपर्नेमा सुरू पाँचथर जिल्ला अदालतबाट प्रतिवादीले सफाइ पाउने तथा मुलुकी ऐन, बिहाबारीको २(३) नं ।बमोजिम प्रतिवादीलाई रू ।१०,०००।- (दश हजार) जरिवाना गर्ने गरी मिति २०६७।१०।१३ मा भएको फैसला उल्टी गरी जबरजस्ती करणीको महलको ३ नं । को देहाय ३ बमोजिम प्रतिवादीलाई ८ (आठ) वर्ष कैद सजाय र पीडितलाई क्षतिपूर्तिबापत रू ।५०,०००।– (पचास हजार) प्रतिवादीबाट भराइपाउने ठहर गरी पुनरावेदन अदालत इलामबाट मिति २०६८।०९।०५ मा भएको फैसला मिलेको नदेखिँदा केही उल्टी भई पुनरावेदक प्रतिवादी टिका भन्ने चेतन लावतीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ नं । को देहाय ६ बमोजिम ३ (तीन) महिना कैद सजाय हुने र ऐ । को १० नं ।बमोजिम प्रतिवादीबाट पीडितलाई रू ।२५,०००।- (पच्चिस हजार) क्षतिपूर्ति भराइदिने ठहर्छ । 

१० । वारदात हुँदाको अवस्थामा प्रतिवादीको उमेर १६ वर्ष २ (दुई) दिन भई १८ वर्षभन्दा कम उमेरको देखियो । केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९ को उपदफा (२) को देहाय (ख२) ले “मुलुकी अपराध संहिता तथा मुलुकी फौजदारी कार्यविधि संहिता प्रारम्भ हुनुअगावै १६ वर्ष उमेर पूरा भएको र १८ वर्ष उमेर पूरा नभएको व्यक्तिले गरेको कसुरका सम्बन्धमा मुद्दा दायर गर्दा वा फैसला गर्दा मुलुकी अपराध संहिता तथा मुलुकी फौजदारी कार्यविधि संहिताको व्यवस्थाबमोजिम हुने छ । । ।” भन्ने व्यवस्था रहेको देखिन्छ । ऐ । उपदफा (३) ले खारेज भएको कानूनअन्तर्गत भए गरेको काम कारबाही मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता वा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ बमोजिम भए गरेको मानिने छ भन्ने व्यवस्था गरेको पाइन्छ । प्रस्तुत मुद्दामा यी प्रतिवादीको उमेर १८ वर्ष पूरा नभएको देखिएकोले निजको हकमा मुलुकी अपराध संहितामा भएको व्यवस्था आकर्षित हुने नै देखिएको हुँदा मुलुकी अपराध संहिता, २०७४ को दफा ३९ को देहाय (क) को अवस्था निज प्रतिवादीको हकमा लागु हुने नै देखियो । उक्त दफाअनुसार कसुरदारको उमेर अठार वर्षभन्दा कम भएमा कसुरको गम्भीरता घट्ने प्रत्याभूत गरेको पाइन्छ । अब निज नाबालक भएको देखिँदा निजको हकमा बालबालिकासम्बन्धी ऐन, २०७५ आकर्षित हुने नै देखियो । ऐ । ऐनको दफा ३६ को उपदफा (४) मा “सोह्र वर्ष वा सोभन्दा माथि र अठार वर्ष वा सोभन्दा कम उमेरको बालबालिकाले कुनै कसुरजन्य कार्य गरेको भए निजलाई कानूनबमोजिम उमेर पुगेको व्यक्तिलाई हुने सजायको दुई तिहाइ सजाय हुने छ” भन्ने व्यवस्था रहेको छ । त्यसैगरी मुलुकी अपराध संहिता, २०७४ को दफा ४५(४) को व्यवस्था हेर्दा “१६ वर्ष वा सोह्र वर्षभन्दा माथि र अठार वर्षभन्दा कम उमेरको व्यक्तिले कुनै कसुर गरेमा निजलाई उमेर पुगेको व्यक्तिलाई कानूनबमोजिम हुने सजायको दुई तिहाइ सजाय हुने छ” भन्ने कानूनी व्यवस्था रहेको देखिँदा यी प्रतिवादीलाई ठहरेको कैद तथा सजायमा दुई तिहाइ मात्र सजाय गर्नुपर्ने हुँदा निजलाई ठहरेको ३ (तीन) महिना कैदको दुई तिहाईले हुने २ (दुई) महिना कैद सजाय हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि ठहर खण्डमा लेखिएबमोजिम तत्कालीन पुनरावेदन अदालत इलामको फैसला केही उल्टी भई यी पुनरावेदक प्रतिवादी टिका भन्ने चेतन लावतीलाई २ (दुई) महिना कैद हुने ठहरेकोले पुनरावेदन अदालत इलामको फैसलाबमोजिम यी प्रतिवादीको नाममा ८ (आठ) वर्षको कैदको लगत कसिएको भए उक्त लगत कट्टा गरी २ महिना कैदको लगत कस्नु भनी सुरू पाँचथर जिल्ला अदालतलाई लेखी पठाउनू---------१ 

यी पुनरावेदक प्रतिवादी मिति २०७५।११।२२ बाट थुनामा रहेको देखिएबाट फैसलाले ठहरेको कैद यी पुनरावेदक प्रतिवादीले भुक्तान गरिसकेको देखिँदा अन्य मुद्दा वा कुनै कारणबाट निजलाई थुनामा राख्नुपर्ने नदेखिए प्रस्तुत मुद्दाबाट यी पुनरावेदक प्रतिवादी टिका भन्ने चेतन लावतीलाई थुनामुक्त गरिदिनु भनी थुनामा रहेको कारागार कार्यालयलाई लेखी पठाउनू --------२

माथि ठहर खण्डमा लेखिएबमोजिम यी पुनरावेदक प्रतिवादीबाट पीडितले रू ।२५,०००।- (पच्चिस हजार) क्षतिपूर्ति भराइपाउने ठहरेकोले सोको सूचना पीडितालाई दिई झिकाई निजलाई कानूनबमोजिम भराई दिनु भनी सुरू पाँचथर जिल्ला अदालतमा लेखी पठाउनू-----------------------------------------------३

फैसलाको जानकारी पुनरावेदक प्रतिवादी टिका भन्ने चेतन लावतीलाई र महान्यायाधिवक्ताको कार्यालयलाई दिनू --------------------------------------------------४

प्रस्तुत फैसलाको विद्युतीय प्रति अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू----------५

 

उक्त रायमा सहमत छु ।

न्या ।कुमार रेग्मी

 

इजलास अधिकृतः कुमार खतिवडा

फैसला लेखन कार्यमा सहयोग गर्नेः- नबिन आचार्य (शा ।अ ।)

इति संवत् २०७८ साल असोज १४ गते रोज ५ शुभम् । 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु