निर्णय नं. ११४३४ - कर्तव्य ज्यान तथा गर्भपतनसम्बन्धी कसुर
हटाइएको
सर्वोच्च अदालत, सम्पादन तथा प्रकाशन समितिको मिति २०८३ साल जेठ २५ गते बसेको सम्पादन समितिको बैठकको निर्णय नं.६ विविध शीर्षकको उपशीर्षक (क) बमोजिम "................. विरूद्ध नेपाल सरकार भएको नेकाप, २०८२, अंक ५ नि.नं. ११४३४ को नजिरको सम्बन्धमा उक्त मुद्दा यस अदालतको पूर्ण इजलासबाट पुनरावलोकनको अनुमती प्रदान भई हाल विचाराधिन अवस्थामा रहेको देखिँदा हाललाई यस नि.नं.११४३४ को नजिरलाई नेपाल कानून पत्रिकाको Web Portal र छपाईको अंकमा नराख्ने" भन्ने निर्णय भएको हुँदा नेपाल कानून पत्रिका, २०८२, भदौ अङ्कको निर्णय नम्बर ११४३४ को पृष्ठ ९४९ देखि ९८६ सम्म प्रकाशित भएको सर्वोच्च अदालत, संयुक्त इजलास, माननीय न्यायाधीश डा.श्री कुमार चुडाल र माननीय श्री न्यायाधीश टेकप्रसाद ढुङ्गाना भएको मुद्दा नम्बर ०७८-CR-०१४८ मुद्दा : कर्तव्य ज्यान तथा गर्भपतनसम्बन्धी कसुर मुद्दालाई यसै निर्णयबमोजिम डिजिटर र प्रकाशित प्रतिबाट हटाइएको बेहोरा सबैमा सूचित गरिन्छ ।
- सम्पादक