शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७२५४ - वकसपत्र वदर

भाग: ४५ साल: २०६० महिना: कार्तिक अंक:

निर्णय नं. ७२५४    ने.का.प.२०६० अङ्क ७.८

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी

सम्वत् २०६० सालको दे.पु.नं. ७१०३

फैसला मितिः २०६०।२।७।४

 

मुद्दा: वकसपत्र वदर ।

 

पुनरावेदक

वादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १५ स्वयम्भु वस्ने सरीता महर्जन

विरुद्ध

प्रत्यर्थी

प्रतिवादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. घ वस्ने कृष्णवहादुर महर्जन                        समेत

 

§  वकसपत्रको लिखत प्रतिवादी कृष्णवहादुर महर्जनले प्रतिवादी लक्ष्मी थापालाई मिति २०५३।४।१५ मा गरी दिएको देखिन्छ । यी वादीहरुले आफ्नो ससुरा र लोग्ने समेत उपर मिति २०५४।९।१० मा अंश मुद्दा दिएको र यी वादीहरुका पतिहरुले आफ्नो वावु कृष्णवहादुर उपर मिति २०५४।९।१६ मा अंश मुद्दा दिएको देखिन्छ । यसबाट सो विवादको लिखत मिति २०५३।४।१५ मा गरी दिदाको अवस्थामा यी वादीहरु सरीता महर्जनको पति रवि कुमार र राधिका महर्जनको पति अमित कुमार आफ्नो वावुसंग र वादीहरु आफ्नो लोग्नेसंग एकासगोलमा रहेको देखिन आउने ।

§  मुलुकी ऐन अंशबण्डाको १९ नं. को देहाय ज्ञ मा अचलमा आधिभन्दा वडी व्यवहारै चलाउन परे पनि एक्काइस बर्ष नाघेका स्वास्नी, छोरा र विधवा वुहारीहरुको मंजुरी लिई मात्र खर्च गर्न सकिने व्यवस्था गरेको पाइन्छ । उपरोक्त कानूनी व्यवस्था वमोजिम अचल सम्पत्ति हक हस्तान्तरण गरी दिंदा प्रत्यक्ष अंशियारा स्वास्नी, छोरा वा विधवा वुहारीको मंजुरी लिनुपर्ने व्यवस्था भएको पाइदा  अचल सम्पत्ति हक छाडी दिंदा सधवा वुहारीको मन्जुरी लिनु पर्ने वाध्यात्मक कानूनी व्यवस्था भएको नपाइने ।

§  विवादको हालै देखिको वकसपत्रको लिखत गरी दिने दाता कृष्णवहादुर महर्जनको यी वादीहरु सधवा वुहारीहरु भएकोले निज कृष्णवहादुरले आफ्नो अचल सम्पत्ति हक हस्तान्तरण गरी दिंदा आफ्नो लोग्नेसंग एकासगोलमा रहेका वुहारीहरुले वादीहरुको मन्जुरी लिनुपर्ने वाध्यात्मक कानूनी व्यवस्था नभएकोले वादीहरुको मंजुरी नभएको कारणले निजहरुको ससुराले गरी दिएको हालै देखिको वकसपत्रको लिखत वदर हुनसक्ने अवस्था नदेखिने ।           

 (प्र.नं. १५)

 

पुनरावेदक वादी तर्फबाट: विद्वान अधिवक्ता श्री हरिहर दाहाल

प्रत्यर्थी प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने

अवलम्वित नजिरः

 

फैसला

            न्या.हरिश्चन्द्रप्रसाद उपाध्यायः पुनरावेदन अदालत पाटनको मिति २०५७।९।२८ को फैसला उपर वादी पक्षको यस अदालतमा मुद्दा दोहर्‍याई पाउं भन्ने निवेदन परी यस अदालतबाट मुद्दा दोहर्‍याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ ।

            .    विपक्षी कृष्णवहादुर महर्जन हाम्रो ससुरा र निजका २ छोराहरु रवि कुमार महर्जन र अमित कुमार महर्जन हामी फिरादीका पतिहरु हुनुहुन्छ । हामी एकासगोलमा रहेको अवस्थामा पतिहरुले कुटपिट तथा दुरव्यवहार गर्ने, सम्पत्तिहरु वेचविखन गर्ने गर्दा पनि सहदै आएकोमा हामी फिरादीको अंश भाग लाग्ने पति अमित कुमार महर्जन र ससुरा कृष्ण वहादुर महर्जनका नाममा रहेको काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका साविक वडा नं. २२(ग) कि.नं. १७८ को १(१४(० मध्ये पूर्व तर्फबाट कित्ताकाट गरी कि.नं. ८५० क्षे.फ. ०(९(३ जग्गा कित्ता १, ऐ ऐ. कि.नं. १७९ को ०(६(१ हामीलाई कुनै जानकारी नदिई मालपोत कार्यालय डिल्ली वजारबाट र.नं. ४६५ मिति २०५३।४।१५ मा हा.व. लिखतबाट लक्ष्मी थापालाई हक हस्तान्तरण गरी जग्गा लिने दिने कार्य दान वक्सको १ र ५ तथा लेनदेन व्यवहारको १० र ४० नं. को विपरीत भएकोले हाम्रो अंश हक लाग्ने जति सो हालै देखिको वकसपत्रको लिखत वदर गरी हाम्रो अंश हक सुरक्षित गरी पाउं भन्ने फिरादपत्र ।

३.    घर व्यवहार मिलांउछौ, लागेको ऋण तिर्दछौं भनी ललाई फुल्याई विपक्षीकै पतिहरुले भन्दा हुन्छ भनी छोराहरुको विश्वासमा परी अमित कुमार महर्जनलाई मिति २०५२।२।१ मा काठमाडौं. जिल्ला अदालतबाट अधिकृत वारेसनामा प्रमाणित गरी दिएको थिएं । विपक्षीका पतिहरुले मबाट अधिकृत वारेसनामा लिएपछि अधिकृत वारेसनामामा उल्लेखित कि.नं. १७८ को १(१४(० मध्ये पूर्वतर्फबाट कि.नं. ८५० को ०(९(३(० र कि.नं. १७९ को ०(६(१(० जग्गा लक्ष्मी थापालाई तपाइले रिझाएको हुंदा उक्त जग्गा हालैको वकसपत्र गरी दिएको भन्ने व्यहोराबाट हक हस्तान्तरण गरी दिएछन् । उक्त लिखत प्रारम्भबाट नै गैरकानूनी र अख्तियारविहीन भएकोले उल्लेखित अधिकृत वारेसको हैसियतले पारित हालै देखिको वकसपत्रको लिखतलाई वदर गरी मेरो नाममा साविक दर्ता कायम गरी पाउं भन्ने प्रतिवादी कृष्ण वहादुर महर्जनको प्रतिउत्तर पत्र ।

            .    फिरादीहरु निजहरुका लोग्नेको सम्म अंशियार हुनुहुन्छ । लोग्नेले अंशबाट पाएको सम्पत्ति सम्म विपक्षीहरुका लोग्नेले विक्रि गरेमा विपक्षीको मंजुरी लिनु पर्ने हो । मेरो दाताको नाममा कानून वमोजिम दर्ता भएको निजका अंशियार छोराले समेत लिखतमा मंजुरी जनाउनु भएकोले फिरादीको भनाइ वमोजिम लिखत वदर हुनु पर्ने अवस्था  छैन । विपक्षीले दर्ता गरेको फिराद लेनदेन व्यवहारको १०, दानवकसको १ र ५ नं. समेतको विपरीत भएकोले फिरादपत्र खारेज गरी पाउं भन्ने प्रतिवादी लक्ष्मी थापाको प्रतिउत्तर पत्र ।

            .    वावु कृष्णवहादुरले २०५३।४।१५ मा लिखत गरी दिएकोमा हाम्रो मंजुरी छ । लेनदेन व्यवहारको १० नं. ले लिखत गर्दा एकासगोलका अंशियारको सम्म मंजुरी लिनु पर्ने व्यवस्था हो । विपक्षी वुहारीको मंजुरी लिनु पर्ने अवस्था छैन । हाम्रो घर व्यवहार चलाउनलाई लिखत गर्नु परेको हो । वावु कृष्ण वहादुरले लिखत गर्दा फिरादीहरुको मंजुरी लिनुपर्ने अवस्था छैन । विपक्षीको फिराद लेनदेन व्यवहारको १० नं. को विपरीत छ । हाम्रो वावुले गरी दिएको लिखत वदर गर्ने हकदैया विपक्षीलाई नभएको हुंदा फिराद पत्र खारेज गरी पाउं भन्ने प्रतिवादीहरु रवि कुमार महर्जन र अमित कुमार महर्जनको संयुक्त प्रतिउत्तर पत्र ।

            .    विना अंशियारका व्यक्तिले गरेको लिखत वदर गर्न पाउने हक यी वादीहरुलाई नभएकोले लिखत वदर गरी पाउं भन्ने वादी दावी पुग्न नसक्ने ठहर छ भन्ने शुरु काठमाडौं जिल्ला अदालतको फैसला ।

            .    हाम्रो समेत अंश हक लाग्ने पैत्रिक सम्पत्ति अन्य व्यक्तिलाई वकसपत्र गरी दिएको लिखत वदर हुनु पर्नेमा सो नगरी वादी दावी नपुग्ने ठहर गरेको फैसला त्रुटिपूर्ण हुंदा वदर गरी पाउं भन्ने वादीहरुको पुनरावेदन अदालत पा६नमा परेको पुनरावेदन पत्र ।

            .    दे.पु.नं. ३१४४ को अंश चलन मुद्दामा विपक्षी झिकाउने आदेश भएकोले यसमा पनि अदालती वन्दोवस्तको २०२ नं. वमोजिम विपक्षी झिकाउनु भन्ने पुनरावेदन अदालत पा६नको  आदेश ।

            .    प्रतिवादी कृष्णवहादुरले आफुखुस गरी हक छाडी दिन पाउने जग्गा हक छाडी दिंदा वादीहरुको अंश हकमा कुनै असर परेको नदेखिएकोले शुरु काठमाडौं जिल्ला अदालतको फैसला मिलेकै देखिएबाट सदर हुने ठहर छ भन्ने पुनरावेदन अदालत पा६नको मिति २०५७।९।२८ को फैसला ।

            १०.    हाम्रो समेत समान अंश हक लाग्ने सगोलको पैतृक सम्पत्ति अन्य व्यक्तिलाई दानवकस गरी दिंदा हकवाला तथा अंशियारको मन्जुरी लिनु पर्ने स्पष्ट व्यवस्था भएकोमा उक्त दान वकसको लिखत दान वकसको १ नं. वमोजिम विपक्षीहरुले लिनु दिनु गरेको वकसपत्रको लिखत वदर हुनु पर्नेमा पुनरावेदन अदालतबाट लेनदेन व्यवहारको १० नं. को आधार लिई त्रुटिपूर्ण फैसला भएको हुनाले पुनरावेदन अदालतबाट वादी दावी नपुग्ने गरी भएको फैसला ऐन कानून तथा सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिर समेतको प्रतिकूल भएको हुनाले मुद्दा दोहर्‍याई हेरी त्रुटिपूर्ण फैसला उल्टी गरी फिराद दावी वमोजिम गरी पाउं भन्ने समेत व्यहोराको वादीहरुको यस अदालतमा परेको निवेदन पत्र ।

            ११.    यिनै पक्ष विपक्ष भएको लगाउको अंश मुद्दामा आज यसै इजलासबाट मुद्दा दोहर्‍याउने निस्सा प्रदान भएको र प्रस्तुत मुद्दा विवाद परेको अचल सम्पत्तिसंग भई परस्पर अन्तरनिहित सम्वन्ध भएको हुंदा पुनरावेदन अदालत पा६नको फैसलामा दान वकसको ज्ञ नं. को व्याख्यात्मक त्रुटि भएको देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) वमोजिम मुद्दा दोहर्‍याउने निस्सा प्रदान गरिएको ५ भन्ने यस अदालतको आदेश ।

            १२.   नियम वमोजिम पेश भएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट विद्वान अधिवक्ता श्री हरिहर दाहालले वादीहरुले ससुराकै नामको सम्पत्तिबाट अंश पाउने ठहर भएकोले वादीहरुको ससुरा कृष्णवहादुरको यी वादीहरु अंशियार नभएको मान्न मिल्ने अवस्था छैन । वादीहरु कृष्ण वहादुरको अंशियार नभएको भनी वादीहरुको हकदैया नभएको मान्न मिल्दैन । वादीहरुको मंजुरी वेगर वादीहरुको समेत अंश हक लाग्ने जग्गा वकसपत्र गरी दिएकोमा वादीहरुको अंश हक जतिको वकसपत्रको लिखत वदर गर्नु पर्नेमा वादी दावी पुग्न नसकने ठहर गरेको शुरु काठमाडौं जिल्ला अदालतको फैसला र सो फैसलालाई सदर गरेको पुनरावेदन अदालत पा६नको फैसला उल्टी गरी वादी दावी वमोजिम वकसपत्रको लिखत वदर हुनु पर्छ भन्ने समेत वहस प्रस्तुत गर्नु भयो ।

            १३.   प्रत्यर्थी तर्फबाट विद्वान अधिवक्ता श्री वालकृष्ण नेउपानेले अचल सम्पत्ति हक छाडी दिंदा छोराको मंजुरी लिई सकेपछि वुहारी, नातीको मंजुरी लिनु पर्ने वाध्यता कानूनले गरेको छैन। दाताको छोरा छदां छदै सधवा वुहारीहरुको मंजुरी लिन पर्दैन । यस्तो अवस्थामा विवादको लिखतको सम्वन्धमा नालिस गर्ने हकदैया वादीहरुलाई नभएकोले वादी दावी पुग्न नसक्ने ठहर गरेको शुरु र पुनरावेदन अदालतको फैसला सदर कायम रहनृ पर्छ भन्ने समेत वहस प्रस्तुत गर्नुभयो ।

            १४.   उपरोक्त वहस समेतलाई दृष्‍टिगत गरी पुनरावेदक र प्रत्यर्थी तर्फका विद्वान अधिवक्ताहरुले पेश गर्नु भएको वहसनोट समेत अध्ययन गरी आज निर्णय सुनाउन पेश भएको प्रस्तुत मुद्दामा विपक्षी ससुरा कृष्ण वहादुर र निजका दुई छोरा रवि कुमार र अमित कुमार भएकोमा हाम्रो समेत अंश हक लाग्ने कि.नं. १७८ र १७९ को जग्गा मिति २०५३।४।१५ मा ससुरा कृष्ण वहादुर महर्जनले लक्ष्मी थापालाई हालै देखिको वकसपत्र गरी दिएकोले हाम्रो अंश हक जति सो हालै देखिको वकसपत्रको लिखत वदर गरी पाउं भन्ने फिराद दावी र घर व्यवहार मिलाउन र ऋण तिर्नको लागि उक्त लिखत गरेको र हक हस्तान्तरण गरी दिंदा सधवा वुहारीहरुको मंजुरी लिन नपर्ने हुंदा फिराद खारेज गरी पाउं भन्ने व्यहोराको प्रतिउत्तर जिकिर भएकोमा वादी दावी पुग्न नसक्ने ठहर गरेको शुरु काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पा६नको फैसला मिले नमिलेको सम्वन्धमा निर्णय दिनुपर्ने हुन आयो।

            १५.   यसमा निर्णयतर्फ विचार गर्दा विवादको हालै देखिको वकसपत्रको लिखत प्रतिवादी कृष्णवहादुर महर्जनले प्रतिवादी लक्ष्मी थापालाई मिति २०५३।४।१५ मा गरी दिएको देखिन्छ । यी वादीहरुले आफ्नो ससुरा र लोग्ने समेत उपर मिति २०५४।९।१० मा अंश मुद्दा दिएको र यी वादीहरुका पतिहरुले आफ्नो वावु कृष्णवहादुर उपर मिति २०५४।९।१६ मा अंश मुद्दा दिएको देखिन्छ । यसबाट सो विवादको लिखत मिति २०५३।४।१५ मा गरी दिदाको अवस्थामा यी वादीहरु सरीता महर्जनको पति रवि कुमार र राधिका महर्जनको पति अमित कुमार आफ्नो वावुसंग र यी वादीहरु आफ्नो लोग्नेसंग एकासगोलमा रहेको देखिन आयो । मुलुकी ऐन दान वकसको ज्ञ नं. मा आफ्नो खुस गर्न पाउने वाहेक अरुमा अंशियार र हक पुग्नेहरुको मन्जुरीको लिखत नलिई वा साक्षी नराखी दान वकस गरी दिन हुदैन भन्ने कानूनी व्यवस्था भएको पाइन्छ। मुलुकी ऐन अंशबण्डाको १९ नं. को देहाय १ मा अचलमा आधिभन्दा वडी व्यवहारै चलाउन परे पनि एक्काइस बर्ष नाघेका स्वास्नी, छोरा र विधवा वुहारीहरुको मंजुरी लिई मात्र खर्च गर्न सकिने व्यवस्था गरेको  पाइन्छ । उपरोक्त कानूनी व्यवस्था वमोजिम अचल सम्पत्ति हक हस्तान्तरण गरी दिंदा प्रत्यक्ष अंशियारा स्वास्नी, छोरा वा विधवा वुहारीको मंजुरी लिनुपर्ने व्यवस्था भएको पाइयो । अचल सम्पत्ति हक छाडी दिंदा सधवा वुहारीको मन्जुरी लिनु पर्ने वाध्यात्मक कानूनी व्यवस्था भएको पाइएन । जीवित छोराकी पत्नी अर्थात सधवा वुहारी ससुराको प्रत्यक्ष अंशियार हुदैन । विवादको हालै देखिको वकसपत्रको लिखत गरी दिने दाता कृष्णवहादुर महर्जनको यी वादीहरु सधवा वुहारीहरु भएकोले निज कृष्ण वहादुरले आफ्नो अचल सम्पत्रि हक हस्तान्तरण गरी दिंदा आफ्नो लोग्नेसंग एका सगोलमा रहेका वुहारीहरु यी वादीहरुको मन्जुरी लिनुपर्ने वाध्यात्मक कानूनी व्यवस्था नभएकोले वादीहरुको मंजुरी नभएको कारणले निजहरुको ससुराले गरी दिएको हालै देखिको वकसपत्रको लिखत वदर हुन सक्ने अवस्था देखिएन । अतः वादी दावी पुग्न नसक्ने ठहर गरेको शुरु काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पा६नको फैसला मिलेको देखिंदा सदर हुने ठहर छ । वादीहरुको पुनरावेदन जिकिर पुग्न  सक्दैन । मिसिल नियमानुसार वुझाई  दिनु ।

                                       

उक्त रायमा सहमत छु ।

 

न्या.केदारप्रसाद गिरी

 

इति सम्वत् २०६० साल जेष्ठ ७ गते रोज ४ शुभम्.......

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु