शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४५०४     ने.का.प. २०४९ ()   अङ्क ३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ

सम्वत् २०४७ सालको फौ.पु.नं. १७/३३१ १९/३३३

फैसला भएको मिति : २०४९।३।३ मा

पुनरावेदक/प्रतिवादी: सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समूहका रा.प.प्र.श्रेणीमा कार्यरत वर्ष       ५२ को कृष्णप्रसाद पन्तसमेत

विरुद्ध

विपक्षी/वादी: श्री ५ को सरकार

मुद्दा : २०४२ सालको ९०० पूर्णाड्ढको एस.एल.सी. परीक्षामा अनुत्तीर्ण भएकालाई गैरकानुनी तरिकाले उत्तीर्ण गराए भन्ने

(१)    अ.दु.नि.नि., २०३४ का नियम ३७(३) ले हदम्यादको व्यवस्था गरेको र उक्त नियममा प्रचलित कानुनमा नालिश गर्नलाई ६ महीना भन्दा बढी हदम्यादको व्यवस्था भएमा सोही हदम्याद भित्र भनी उल्लेख भएको र प्रस्तुत मुद्दा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) को माग दावी साथ दायर भई सोही ऐनको दफा २४(क) ले विभागीय कारवाही नभएकोमा अनुसन्धानको कारवाही शुरु भएको मितिले २ वर्षको हदम्याद हुनेछ भन्ने व्यवस्था गरेको हदम्याद नाघी नालेश दायर भएको भन्ने जिकिर संग सहमत हुन नसकिने ।

(प्रकरण नं. ९१)

(२)    हेचचक्र्याई तत्वको विद्यमानताबाट भ्रष्टाचार वा अधिकारको दुरुपयोग भएकै हो भन्ने निष्कर्षमा पुग्न नसकिने ।

(प्रकरण नं. ९१)

(३)    कानुनी कर्तव्यको पालना राष्ट्र सेवकको अनिवार्य शर्त हो ।

(प्रकरण ९२)

(४)    फोहर तरिकाले सच्याइएको टेबुल नं. मा पास फेल हुने विद्यार्थीको संख्या नमिलेको मार्कसिट तथा कम्प्यूटर कपिमा सच्चिएको नम्बरहरु देख्दा देख्दै सक्कल कपी नै नभिडाई भएको कार्यबाट रुजूकर्ता प्रतिवादीको उक्त अपराधमा संलग्नता थिएन भनी मान्न नसकिने ।

(प्रकरण नं. ९२)

पुनरावेदक/प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त, विद्वान अधिवक्ता श्री शम्भु थापा, विद्वान अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा

विपक्षी/वादीतर्फबाट: विद्वान मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट

फैसला

न्या.गोविन्दबहादुर श्रेष्ठ

१.    अख्तियार दुरुपयोग निवारण नियमावली, २०३४ को नियम ४३ बमोजिम अख्तियार दुरुपयोग निवारण पुनरावेदन अदालतमा पुनरावेदन परी नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १३०(७) बमोजिम यस अदालतमा सरेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ ।

२.    २०४२ सालको एस.एल.सी. ९०० पूर्णाड्ढको सिम्बल नं. ०८६०७० जेर सिम्बल नं. ०८५८२० टीभएको विद्यार्थीलाई क्रमशः नेपाली र गणित तथा नेपाली विषय अनुत्तीर्ण अंक पाएकालाई उत्तीर्ण गराएको भन्ने सम्बन्धमा अनुसन्धान तहकिकात गरी सबूद प्रमाण समेत संकलन गरी तथ्यमा पुगी प्रतिवेदन पेश गर्न यस आयोगका आयुक्त सर्वज्ञराज पण्डितलाई छानबीन अधिकृत तोकिएकोमा निज विरामी भई धेरै दिन देखि आयोगमा उपस्थित हुन नआएको हुँदा सो कारवाही टुंग्याई प्रतिवेदन पेश गर्न मलाई मिति ०४४।६।२ मा निजको सट्टामा छानबीन अधिकृत तोकिए अनुसार म्याद भित्रै प्रतिवेदन पेश गरेको छु ।

३.    २०४२ सालको एस.एल.सी. ९०० पूर्णाड्ढको परीक्षाफल प्रकाशनको कार्यका अंक रुजु गर्न परीक्षा नियन्त्रण कार्यालयको तर्फबाट शिक्षा तथा संस्कृति मन्त्रालयका शा.अ. नारायणप्रसाद आचार्य खटी गएकोमा सि. नं. ०८६०७० जेको नेपाली र गणित विषयमा र ०८५८२० टीको नेपाली विषयमा अनुत्तीर्ण अंक पाएका विद्यार्थी भएको सम्बन्धमा अनुसन्धान हुँदा निज नारायणप्रसाद आचार्यले उक्त सि.नं. का विद्यार्थीहरुको प्राप्ताड्ढ मार्क स्लिप टेबुल नं. १ (कार्यालय प्रति) मा सच्याइएको र सो अनुसार नै परीक्षा नियन्त्रक कृष्णप्रसाद पन्तको सुपरभिजन, निर्देशन र मद्दतमा रुजु गरेको हुँदा यसरी अनुत्तीर्ण विद्यार्थी उत्तीर्ण भएको भन्ने समेत व्यहोराको बयान गरेको ।

४.    यस विभागबाट सो मार्कस्लिप टेबुल नं. १ झिकाइँदा सो ०८६०७० जेर ०८५८२० टीको विद्यार्थीको नेपाली विषयको मार्क सच्चाइएको पाइएको, सो मार्कस्लिप टेबुल नं. १ कार्यालय प्रतिमै परीक्षा नियन्त्रण कार्यालयको गोप्य शाखामा रहने गरेको, सो गोप्य शाखा परीक्षा नियन्त्रक कृष्णप्रसाद पन्तको जिम्मामा रहेको निज कृष्णप्रसाद पन्तको समेत संलग्नता देखिएको र निज श्री ५ को सरकारको रा.प. प्रथम श्रेणीको अधिकृत भएकोले निज उपरको कारवाही निमित्त यो मिसिल तहाँ आयोगमा पठाउने मिति ०४३।८।३० को निर्णयानुसार यसैसाथ संलग्न राखी पठाइएको भन्ने विशेष प्रहरी विभागको मिति ०४३।९।२ को पत्रसाथ आयोगमा प्राप्त भई दर्ता भएको ।

५.    शिक्षा तथा संस्कृति मन्त्रालय, परीक्षा नियन्त्रण कार्यालयको प.सं. ०४३।४४ च.नं. २०५ मिति २०४३।६।१० को पत्रानुसार उत्तर पुस्तिका नं. ११३२७३ को प्राप्ताड्ढ ३५ लेखिएको अंग्रेजी विषयको उत्तर पुस्तिका थान १ र उत्तर पुस्तिका नं. १०२५८१ को प्राप्ताड्ढ ०९ लेखिएको गणित विषयको उत्तर पुस्तिका थान १ समेत जम्मा थान २ (दुई) प्राप्त भएको ।

६.    परीक्षा नियन्त्रण कार्यालयको च.नं. २०६ मिति २०४३।६।१२ को पत्रानुसार २०४२ सालको एस.एल.सी. परीक्षाको नतीजा प्रकाशन गर्ने क्रममा परीक्षण र सम्परिक्षण भएका हरेक उत्तर पुस्तिकाको प्राप्ताड्ढ मार्कस्लिपहरु ३ प्रति प्राप्त भए पछि सो मध्येको १ प्रति मार्कस्लिप कम्प्यूटर केन्द्रमा पठाइने र सोही स्लीप अनुसार तयार भएको लेजरलाई रुजु गर्ने अर्को १ प्रति मार्कस्लिप रुजु कर्तालाई दिइने र बाँकी १ लेजरलाई रुजु कर्ताले रुजु गरी सो रुजु भएका लेजरका आधारमा पुनः अर्को लेजर प्रिन्ट हुने त्यसलाई समेत रुजु गरी फाइनल प्रिन्ट भई नतीजा प्रकाशित हुने गरेको । सि.नं. ०८६०७० जेर सोही केन्द्रका अन्य परीक्षार्थीहरुको अंक रुजू गर्ने काम शि.मं. का शा.अ.नारायणप्रसाद आचार्यबाट भएको कम्प्यूटरमा पठाइने र रुजु कर्तासंग रहने उल्लिखित मार्कस्लिपहरु नतीजा प्रकाशन पछि गोप्य रहने भन्ने जानकारी प्राप्त भएको ।

७.    प.नि.का. को च.नं. २४० मिति २०४३।६।१९ को पत्रानुसार परीक्षक र प्रधान परीक्षकबाट प्राप्त ३ प्रति मार्कस्लिपहरु मध्ये १ प्रति कम्प्यूटर केन्द्रमा पठाउने फायल भित्र, एकप्रति रुजु गर्ने जाने रुजुकर्तालाई दिने फायलमा र तेस्रो प्रति कार्यालयमै गोप्य रहने, ती र्मास्लिप छुट्याउने काम कार्यालयकै ३ जना ना.सु. स्तरका कर्मचारीद्वारा छुट्याउन लगाएको, रुजुकर्तालाई मार्कस्लिप पुर्‍याउने काम अनुकूल अनुसार गोप्य शाखाका अधिकृत कर्मचारीहरुले गरेका कम्प्युटर केन्द्रले पञ्च गरेको मार्कलाई रुजूकर्ताले रुजु गर्दा मार्कस्लिप भन्दा फरक अंक देखिए अफिस कपीको रुपमा रहेको मार्कस्लिपमा भएको अंक कम्प्यूटर केन्द्रका कर्मचारी र रुजूकर्ताका रोहवरमा चढाइने, कम्प्यूटर केन्द्रमा रहेका र रुजु गर्न लगिने र अन्तिम रुजूका लागि लगिएका अफिस कपी समेत मार्कस्लिपहरु परीक्षा परिणाम ननिस्केसम्म गोप्य राखिने गरेको, माग भए अनुसारका सि.नं. ०८६०७० जेदेखि ०८६०८८ बीसम्मको गणित र नेपाली विषयको टेबुलेसन नं. २ का मार्कस्लीपहरु प्राप्त हुन आएको ।

८.    राष्ट्रिय कम्प्यूटर केन्द्रको च.नं. १९२, मिति २०४३।६।२१ को पत्रबाट २०४२ सालको एस.एल.सी परीक्षाको नतीजा प्रकाशन गर्नको लागि प.नि.का. बाट प्राप्त हुने मार्कस्लिपबाट कम्प्यूटरद्वारा आवश्यक सम्पादन संकेत र डाटा इन्ट्री कार्य पश्चात उपलब्ध इडिट लिष्टलाई रुजू कर्ताले ल्याउने मार्कस्लीपसंग दुईपटकसम्म भिडाई, त्यसलाई पुनः अपडेट गरी अन्तिम लेजर तयार गरिन्छ । यस सिलसिलामा प्राप्त मार्कस्लीपहरु सुरक्षित राखी नतिजा प्रकाशन पछि कतिपय मार्कस्लीप प.नि.का. का पठाइन्छ र कतिपय मार्कस्लीप यसै केन्द्र मै पनि रहन्छन भन्ने समेत व्यहोरा लेखिई आएको र सोही केन्द्रको च.नं. १९२ मिति २०४३।६।२२ को पत्र साथ सि.नं. ०८६०७० जेदेखि सि.नं. ०८६०८८ बीसम्मको नेपाली र गणित विषयको मार्कस्लिप प्राप्त हुन आएको ।

९.    म परीक्षा नियन्त्रण कार्यालयको रिजल्ट प्रकाशन गर्ने प्रोजेक्टमा काम गरेको छु । रिजल्ट प्रकाशन गर्ने काममा कम्प्यूटरलाई ३ नं. प्रति स्लीप प्राप्त हुन्छ । २ नं. बाट रुजु गर्र्दछन टेबुल नं. १ परीक्षा नियन्त्रण कार्यालयमा रहने प्रतिबाट अन्तिम रुजू हुन्छ । मार्कस्लीपको टेबुल नं. १ अफिस कपीबाट फाइनल रुजु कर्ता अधिकृतको साथै परीक्षा नियन्त्रक कृष्णप्रसाद पन्तज्यू समेतको रोहवरमा यसैमा पेश गर्ने भनी दिएको निर्देशन र निर्णय अनुसार कम्प्यूटरले होरिजन्टल लेजर तयार गरी परीक्षा नियन्त्रण कार्यालयलाई बुझाउने काम हुन्थ्यो बयान खुसीराजीले गरेको हुँ । मैले २०४२ सालको एस.एल.सी. को रिजल्ट प्रकाशनको सिलसिलामा राष्ट्रिय कम्प्यूटर केन्द्रमा प्रोसेसिङको काम गरेको प.नि.का. ले कम्प्यूटर केन्द्रलाई दिएको नं. ३ को मार्कस्लिप अनुसार तयार भएको लेजरलाई रुजुकर्ताहरुले रुजु गरेपछि सोही लेजरका आधारमा अर्को लेजर तयार हुन्छ त्यसलाई पनि रुजु गरेपछि फाइनल लेजर तयार हुन्छ । लेजर सच्चिएकै कारणले नै सि.नं. ०८६०७० जेको नेपाली विषयमा २५ को सट्टा ३५ आएको होला र सोही सि.नं. को गणित विषयमा प्राप्त ०९ लाई हरियो मसिले गोलो चिन्ह दिई ३९ अंक थपे सच्याएको सम्बन्धमा फाइनल होरिजन्टल लेजरमा कुन बेला कसले सच्यायो मलाई थाहा छैन सोही फाइनल होरिजन्टल फाइनल होरिजन्टल लेजरबाट नै मैले मार्कसीट छापेको हुँ भन्ने समेत व्यहोराको राष्ट्रिय कम्प्यूटर केन्द्रका जब सुपर भाइजर परशुराम थापाको मिति ०४३।१०।१८ मा छानबीन अधिकृत समक्ष गरेको बयान ।

१०.   २०४२ सालको एस.एल.सी. ९०० पूर्णाड्ढको परीक्षाफल सम्बन्धीमा रुजू गरेको छु । शा.अ. नारायणप्रसाद आचार्यसंग कुनै मार्क रुजु गरियो होला मार्कस्लीपमा मिलेकोमा टिक मार्क र नमिलेमा छुट्टै कागजमा टिप्नु हुन्थ्यो । टिपेको कापी परीक्षा नियन्त्रक वा नियन्त्रण कार्यालयबाट खटेको कर्मचारीलाई दिन्थ्यो र नियन्त्रक वा अर्को कर्मचारीले कम्प्यूटर सुपरभाइजरले डाटा इन्ट्री अप्रेटरलाई डाटा इन्ट्री गर्न दिएपछि होरिजन्टल लेजर छाप्दछ । डाटा इन्ट्री गर्न दिने नियन्त्रक कृष्णप्रसाद पन्त, शा.अ. राजाराम, इन्द्रबहादुर श्रेष्ठ र ना.सु. भरतबहादुर थापा हुन । ०४२ सालको ९०० पूर्णाड्ढको एस.एल.सी. परीक्षाको मार्कस्लीप अफिस कपी टे.नं. १ कम्प्यूटरमा ल्याउने दुवै जानेमा मैले देखेसम्म परीक्षा नियन्त्रक कृष्णप्रसाद पन्त, शा.अ. राजाराम श्रेष्ठ र ना.सु.भरतबहादुर थापा हुन । नेपाली र हिसाब विषयको अंक सच्चिएको देखें कस्ले सच्यायो भन्न सक्दिन रुजु गर्ने सिलसिलामा सच्चिएको मार्कस्लीप आउँथ्यो र रुजू गर्नेले परीक्षा नियन्त्रकले सोध्दा २, ४ वटा यस्तो आएमा जस्तो छ त्यस्तै रुजू गर्ने आदेश दिनु हुन्थ्यो भन्ने समेत वि.प्र.वि. मा र वि.प्र.वि. मा भएको मेरो बयान म आफैंले राजीखुसीले गरेको २०४२ सालको एस.एल.सी. को रिजल्ट तयार गर्ने क्रममा रुजु गर्ने काम गरेको, सो काम गर्दा मार्कस्लीप रुजुकर्तासंग रहन्थ्यो होरिजन्टल लेजर कम्प्यूटरका कर्मचारीसंग रहन्थ्यो, कम्प्यूटर तर्फबाट भनेको अंक उक्त होरिजन्टलमा भएको अंकलाई गोलो चिन्ह दिई राखिने र अधिकृत रुजू कर्ताबाट भनेको अंक उक्त होरिजन्टलमा लेखिन्छ । सि.नं. ०८६०७० को गणितमा ०९ अंकलाई गोलो चिन्ह दिने काम रुजु गर्दा होरिजन्टल पढ्नेले गर्छ तर सो अंकलाई गोलो चिन्ह दिई ३९ थप्ने काम कसले गरेको हो मलाई थाहा छैन भन्ने व्यहोराको मिति ०४३।१०।१९ मा राष्ट्रिय कम्प्यूटर केन्द्रका सि.डा.इ. अप्रेटर पुष्पमान श्रेष्ठले गरेको बयान ।

११.   म परीक्षा नियन्त्रण कार्यालयमा सरुवा भई आएपछि स्टोरमा काम गर्दै आएको र परीक्षक तथा प्रधान परीक्षकहरुबाट तयार गरेको ३ प्रति मार्कस्लिप मध्ये १ कपी कार्यालयमा राख्ने गरी फायल गर्दथे र अर्को कपी रबर लगाई कम्प्यूटर केन्द्रमा पठाउने र एक कपि सो रुजु गर्न खटिने अधिकृतलाई बुझाइन्थ्यो कुनै मार्कमा शंका भएमा सम्बन्धित अधिकृतहरुले मागेमा उत्तरपुस्तिका समेत हेरी यकीन गर्ने गरी आएको हुँदा जिम्मेवार सबैको हुन्छ । २०४२ सालको एस.एल.सी. ९०० पूर्णाड्ढको कम्प्यूटर लेजर हेरी सनाखत गरे सि.नं. ०८६०७० जेको ०२१ मा कम्प्यूटरले छापेको ०९ मा बृत्त चिन्ह लगाई हरियो मसिले माथि ३९ उल्लेख गरेको देखिन्छ तर हाम्रो त्यहाँ रुजू गर्दा पनि हरियो मसी प्रयोग भएको जस्तो लाग्छ तर कुन व्यक्तिले उक्त अंक लेखेको होला भन्न मैले सकिन । टेबुल नम्बर १ अफिसमा टेबुल नं. २ रुजुकर्ताको हातमा टेबुल नं. ३ कम्प्यूटर केन्द्रमा पठाउने गरिन्छ । टेबुल नं. १ पनि रुजु गर्ने व्यक्तिले नै गर्दछ तर त्यस्मा कुनै शंका लागेमा नियन्त्रकलाई देखाउने वा कपि चाहेमा कपि नै ल्याई हेर्ने गर्दथे तर सो काम हामीले नगरेको हुँदा उनीहरुले (रुजूकर्ताले कुरा गरेको वा मागेको हिसाबमा जानकारी गराउँदछु । २०४२ सालको एस.एल.सी. ९०० पूर्णाड्ढको परीक्षाको मार्कस्लीपहरु प्रधान परीक्षकबाट ल्याई सो कार्यालयका नियन्त्रकज्यूलाई बुझाइन्छ र उहाँले सो मार्कस्लीपहरु सटिड्ड गर्ने कर्मचारीहरुलाई दिनभर काम गर्न दिइन्छ बेलुका उक्त कागजपत्रहरु त्यस गोप्य कोठामा राखी दराजमा राखी तालाबन्द गरेपछि साँचो नियन्त्रकज्यूलाई बुझाउने गरी आएको थियो । मैले प्रधान परीक्षकज्यूबाट ल्याएका मार्कस्लीपहरु उक्त कार्यालयका नियन्त्रकज्यूलाई बुझाई दिन्थ्ये सो उहाँहरुले नै राख्नु हुन्थ्यो । एस.एल.सी. ९०० पूर्णाड्ढको काम गर्ने परीक्षा नियन्त्रक कार्यालयको कर्मचारीहरु हस्ताक्षरबाट उक्त सच्याउने काम भएको होइन सो सच्याएको कागजबाट देखिन्छ तर कस्ले सच्याएको कुरा हस्ताक्षरबाट मैले भन्न सकिन । यस काममा परीक्षा नियन्त्रण कार्यालयमा भएको भए साँचो परीक्षा नियन्त्रकज्यूसंग रहने हुँदा उहाँबाट बुझ्न सकिने र प्रति नै (नं. १, २) मार्कस्लीप रुजू कर्तासंग रहेको समयमा भए सो काममा खटिएका सा.अ.नारायणप्रसाद आचार्यबाटै हुन सक्ने भएकोमा बुझ्न सकिने । अफिसकपी मार्कस्लीप नियन्त्रकज्यूको जिम्मा हुने हुँदा फाइनल गर्ने समयमा उहाँले आफै मोटरमा राखी लानु हुन्थ्यो उक्त स्लीप निज नियन्त्रक श्रीकृष्णप्रसाद पन्तकै जिम्मामा हुन्थ्ये भन्ने समेत वि.प्र.वि. मा र मैले प.नि.का. मा स्टोर र परीक्षा सम्बन्धी काम गरेको, २०४२ सालको एस.एल.सी. परीक्षामा परीक्षकहरुबाट प्राप्त उत्तरपुस्तिकाहरु प्रधान परीक्षक कहाँ लैजाने ल्याउने काम गर्दथे । वि.प्र.वि. ले लिएको मेरो बयान मेरो राजीखुसीबाट दिएको हुँ भन्ने समेत व्यहोराको परीक्षा नियन्त्रण कार्यालयका ना.सु.भरतबहादुर थापाले मिति ०४२।१०।२१ मा गरेको बयान ।

१२.   गोप्य काम भन्नाले मार्कस्लीपहरु हाकिम साहेबले गोप्य कोठा खोलेर हामी निम्नलिखित कर्मचारीहरुलाई काम लगाइन्थ्यो । मार्कस्लीपहरु एक कपी अफिस दोश्रो रुजु कपी र तेश्रो कम्प्यूटर कपी छुट्याउने । मार्कस्लीप र सो सम्बन्धी अन्य गोप्य कागजातहरु दराजमा (गोप्य शाखा) को मा राखिन्थ्यो र सो दराजको साँचो नियन्त्रक कृष्णप्रसाद पन्तले आफै राख्नु हुन्थ्यो र १० बजे अफिस खुलेपछि आफैंले दराज खोली मार्कस्लीपहरु र अन्य गोप्य कागजको काममा हामीहरुलाई आफ्नो रोहवरमा काम गर्न लगाउनु हुन्थ्यो र कार्यालय बन्द हुने समयमा सो कागजपत्रहरु दराजमा राखी ताला बन्द गरी साँचो नियन्त्रकले लिनु हुन्थ्यो । मलाई देखाइएको २०४२ सालको एस.एल.सी. परीक्षाको नेपाली विषयको मार्कस्लीपमा सि.नं. ०८६०७० जेको विद्यार्थीले शुरुमा प्राप्त गरेको अंक २५ लाई सच्याई ३५ गराएको त्यस्तै सोही सालको नेपाली विषयकै विद्यार्थीको सि.नं. ०८५८२० टीमा प्राप्त गरेको शुरु अंक २५ लाई सच्याई ३२ गराएको । सो मार्कस्लीपको सि.नं. को नम्बर सचिइएकै हो । सो सच्याउने म होइन भन्ने समेत वि.प्र.वि. मा र वि.प्र.वि. मा भएको बयान मैले आफ्नो राजिखुसीले गरेको, म कम्प्यूटरमा मार्कस्लीप रुजु गर्ने काममा खटिएको छैन, ती मार्कस्लीपहरु कहिले परीक्षा नियन्त्रकज्यूले खटाएको मानिसले र कहिले कम्प्यूटरका मानिस नै आएर लैजान्थे कम्प्यूटर मार्क लेजर कसले बुझ्यो र कसले राख्ने गरेको हो मलाई थाहा छैन । मार्कस्लीप छुट्याउने काम सकेपछि म र ना.सु. बैकुण्ठप्रसाद चालिसे वितरण शाखाको काममा गएको, गोप्य शाखामा ना.सु. भरतबहादुर थापा र ना.सु. श्रीराम श्रेष्ठ हुनुहुन्थ्यो, मार्क होरिजन्टल लेजरमा केरमेट र अंक थपिएको बारेमा निजहरुलाई नै थाहा हुन्छ भन्ने समेत व्यहोराको परीक्षा नियन्त्रण कार्यालयका ना.सु. विन्दु स्थापितले मिति मितिमा गरेको बयान ।

१३.   परीक्षा नियन्त्रकज्यूले ९०० पूर्णाड्ढको नतीजा प्रकाशित गर्ने समयमा कम्प्यूटर केन्द्रमा गएका रुजु कर्ताहरुलाई कहिले काही स्लीप पुर्‍याई दिन रुजु कर्ताहरु सबै उपस्थित भई काम गरी रहेको छ छैन हेर्ने, कम्प्यूटर केन्द्रले सबै स्लीप अनुसार छापे नछापे हेर्ने, रुजुकर्ताले सो अनुसार रुजु गरी सकेको छ छैन हेर्ने सबै केन्द्रको सबै स्लीप कम्प्यूटर केन्द्रमा र रुजुकर्ता कहाँ पुगेको छ छैन हेर्ने, र कम्प्यूटरको कोड रुजुकर्ताले नबुझेमा बुझाई दिन, नियन्त्रकज्यू नभएको बेला केही समस्या आएमा सो समस्या नियन्त्रकज्यूलाई जानकारी दिन र कम्प्यूटरले छापेको रिजल्ट सिट गोरखापत्रमा छपाउने कार्यमा संलग्न थिए । रुजु गर्दा फरक आएमा टिप्ने तरिकाहरु बताई दिन नियन्त्रकज्यूले खटाउनु भए अनुसार काम गरेको सुपरिवेक्षण कार्यको लागि श्री नियन्त्रकज्यू आफैैं हुनुहुन्थ्यो । रुजूकर्ताले स्लीप हेर्ने र कम्प्यूटरको मान्छेले छापिएको लेजरबाट पढेकोमा रुजुकर्ताले स्लीप हेर्दै ठिक भएकोलई ओके गर्दै जाँदा फरक छ सो अंक (फरक अंकहरु) स्लीपमा भए अनुसार लेजर बुकमा पहिलेको अंकलाई घेरा लगाई स्लीपमा भए अनुसारको अंक व्यक्तिले लेखेको आफूले भन्न नसकेको, थाहा नभएको भन्ने समेत वि.प्र.वि. मा र वि.प्र.वि. मा गरेको बयान आफ्नो राजिखुसीबाट गरेको हुँ । २०४२ सालको ९०० पूर्णाड्ढको एस.एल.सी. परीक्षाको नतीजा प्रकाशनको सिलसिलामा नियन्त्रकज्यूले खटाए अनुसार मार्कस्लीप कम्प्यूटरमा पुर्‍याई दिने र सबै विषयको मार्कस्लीपहरु रुजुकर्ता कहाँ पुगे नपुगेको बुझ्ने, रिजल्ट छाप्ने काममा संलग्न भएको, उक्त सालको एस.एल.सी परीक्षामा सि.नं. ०८६०७० जेर सि.नं. ०८५८२० टीको रुजुकर्ता शिक्षा मन्त्रालयका शा.अ. नारायणप्रसाद आचार्य हुन । रुजु गर्दाको कामको सम्पूर्ण जिम्मेवारी रुजुकर्ता उपर हुने हुनाले लेजर वा मार्कस्लीपमा अंकहरु केरमेट वा शंकास्पद स्थितिको देखिन आए परीक्षा नियन्त्रकलाई जानकारी दिनु पर्ने, त्यस्तो जानकारी आएपछि सम्बन्धित तीनवटै मार्कस्लीप, त्यसमा भएको पास फेल संख्या हेरी वा सम्बन्धित उत्तरपुस्तिका नै हेरी अंक यकीन गर्ने गरेको थियो भन्ने समेत व्यहोराको मिति ०४३।१०।२२ को परीक्षा नियन्त्रण कार्यालयका शा.अ. राजाराम श्रेष्ठको बयान ।

१४.   परीक्षा सुधार शाखा, फाराम शाखा, प्रमाणपत्र शाखा र केही समय गोप्य शाखामा समेत काम गर्दै आएको थिएँ । म निज शा.अ. नारायणप्रसादसंग मलाई २०४२ सालको मार्कस्लीप रुजु गर्ने कार्यमा खटिएको नभएकोले निजलाई रुजु गर्ने कार्यमा सहयोग गर्ने काम परेन । सवालबाट मलाई देखाइएको सि.नं. ०८६०७० जेदेखि ०८६०८८ बीर ०८५८१८ आरदेखि ०८५८३९ एफसम्मको टेबुलेसन नं. १ (अफिसकपि) हेरे सो मैले हेरेको टेबुलेसनमा सि.नं. ०८६०७० जेको २५ लाई ३५ बनाई सच्याएको प्रष्ट देखिन्छ र त्यस्तै सि.नं. ०८५८२० टीको नेपाली विषयको शुरु प्राप्त अंकलाई सच्याई ३२ बनाएको पनि प्रष्टै देखिन्छ । सो टेबुलेसन मैले सच्याएको होइन । सो सम्बन्धी काम गर्ने शा.अ. श्री नारायणप्रसाद, ना.सु. श्री भरतबहादुर थापा र ना.सु. श्रीराम श्रेष्ठ र सो सम्बन्धी कागजात रहेको दराजको साँचो श्रीमान नियन्त्रकज्यूसंग रहने गरेकोले उक्त टेबुलेसनमा कस्ले सच्यायो भन्ने कुरा निजहरुलाई नै थाहा हुनुपर्छ । मलाई थाहा छैन भन्ने वि.प्र.वि. मा र प.नि.का. मा रही उत्तरपुस्तिकाहरु परीक्षण गर्न पठाउने परीक्षण भई आएको उत्तरपुस्तिका सम्म परीक्षण गर्न पठाउने मार्कसिट प्रमाणपत्र तयार गर्ने केन्द्र केन्द्रका मार्कस्लीपहरु छुट्याउने र पुनर्योगको काम गर्दै आएको थिएँ । कम्प्यूटरसंग सम्बन्धित मार्कस्लीप कहिले कम्प्यूटरकै मानिसद्वारा र कहिले नियन्त्रक स्वयंले नै लैजाने गरेका हुन् अरु कुरा मलाई थाहा छैन भन्ने समेत व्यहोराको मिति ०४३।१०।२२ को परीक्षा नियन्त्रण कार्यालयका ना.सु. बैकुण्ठप्रसाद चालिसेको बयान ।

१५.   २०४२ सालको एस.एल.सी. ९०० पूर्णाड्ढको परीक्षाफल प्रकाशनको लागि राष्ट्रिय कम्प्यूटर केन्द्रमा प्रयोगात्मक अंकको रुजु गर्ने काममा म पनि खटेको थिएँ । रुजु कर्ताहरुलाई कुनै कुनै केन्द्रको वा व्यक्तिको मार्क आई नपुगेमा वा उत्तर पुस्तिका नै हेर्नु परेमा हाकिम साहेब (परीक्षा नियन्त्रक) ले अ¥हाए अनुसार रेकर्ड हेरी आए नआएको बताई दिने काम गर्दथे । चाहिएका मार्कस्लिप वा उ.पुस्तिकाहरु नियन्त्रज्यूले ना.सु. भरतबहादुर थापा मार्फत पुर्‍याई दिनु हुन्थ्यो । मार्कस्लीप ३ तीन प्रति हुन्छ त्यस मध्ये १ प्रति परीक्षा नियन्त्रण कार्यालयमा, १ प्रति रुजु कर्ता अधिकृतको जिम्मामा १ प्रति राष्ट्रिय कम्प्यूटर केन्द्रमा रहन्छ । म र भरत भएर (ना.सु.भरतबहादुर थापा) ९०० पूर्णाड्ढको २०४२ सालको एस.एल.सी. परीक्षाको प्रयोगात्मक अंक रुजु गर्ने काम गरेको त्यसपछि परीक्षाको नतीजा प्रकाशित गर्ने १।२ दिन अगावै रुजुकर्ताहरुले कुन केन्द्र वा परीक्षकको मार्क मिसिंग वा शंका भएमा कपी ल्याउन परेमा सो सम्बन्धी पोका ल्याई दिन भनेमा ना.सु. भरतबहादुरबाट ल्याई दिने काम गथ्र्यो । मैले रेकर्ड हेरी आएको छ छैन पोका कहाँ छ नियन्त्रकज्यूलाई भन्ने काम गर्थे होरिजेन्टल पाना २ हेरी सनाखत गरिदिए सि.नं. ०८६०७० जेको संकेत नं. ०२१ मा कम्प्यूटरले छापेको ९ अंकलाई बृत्त चिन्ह दिई ३९ हरियो मसिले लेखेको देखिन्छ तर सो कसले सच्याएको हो मलाई थाहा छैन परीक्षा नियन्त्रण कार्यालयको परीक्षा शाखा मार्फत गोप्य शाखा परीक्षा नियन्त्रकज्यूकै जिम्मामा नै हुन्थ्यो । रुजु गर्नेसंग १ प्रति मार्क हुन्छ अफिस प्रति १ प्रति हुन्छ । पछि दुवै प्रति कम्प्यूटर केन्द्रमा हुन्छ यी तिनै ठाउँमा रहँदा कहिले कस्ले सच्याएको हो सो मलाई थाहा भएन भन्ने समेत वि.प्र.वि. मा र प.नि.का. मा रही परीक्षकले जाँची सम्परीक्षण समेत भई आएको मार्कस्लीपहरु सर्टिङ्ग गर्नेहरुले परीक्षा नियन्त्रकज्यूका रोहवरमा रुजुकर्ताहरुलाई दिने गरेको उक्त मार्कस्लीपहरु कम्प्यूटरका कर्मचारीहरुलाई दिने व्यक्ति को हो मलाई थाहा छैन भन्ने व्यहोराको मिति २०४३।१०।२३ को परीक्षा नियन्त्रण कार्यालयका ना.सु.श्रीराम श्रेष्ठको बयान ।

१६.   म परीक्षा नियन्त्रक हुँदा परीक्षाको जिम्मेवारी परीक्षा संचालन, परीक्षकको नियुक्ति परीक्षाफल प्रकाशन, मार्कसिट वितरण आदि काम गर्दथे । गोप्य कागजपत्र राखिने शाखा परीक्षा शाखा हो र यसमा अधिकृत स्तरमा श्री राजाराम श्रेष्ठ, इन्द्रबहादुर श्रेष्ठ, ना.सु.दशरथ कार्की, ना.सु. सुश्री विनु स्थापित, ना.सु. बैकुण्ठ चालिसले गोप्य कागजात परीक्षाफल प्रकाशन गर्ने कामका लागि कागजातहरु संचालन गर्नु हुन्थ्यो । उक्त परीक्षाफल प्रकाशन गर्ने काममा कर्मचारीहरु कम्प्यूटर केन्द्रमा बसी काम गर्दथे । प्रमुखको हैसियतले सुपरीवेक्षण कार्य मलै गर्दथे । निज शा.अ. नारायणप्रसाद आचार्यलाई रुजु गर्न दिएको परीक्षार्थीहरुले खास प्राप्त गरेको अंक कम्प्यूटरले ठिकसंग पंच गरेको छ छैन आफूले आफ्नो जिम्मामा परेको परीक्षार्थीहरुले प्राप्त गरेको दोश्रो प्रति अंक तालिकासंग राम्रो हेरी भिडाउनु पर्ने र अन्त्यमा गएर तेश्रो प्रति अंक तालिका समेत तीनवटा अंक तालिका हेरी प्राप्त गरेको यथार्थ अंक भिडाउने काम निज नारायणप्रसाद आचार्यका पूर्ण जिम्मेवारीको काम हो । सुपरिवेक्षण गर्ने काम मेरो हो, तर अंक रुजू गर्दा मेरो उपस्थितिमा रुजु गर्नु पर्नेमा कारण देखिन्न किनकी रुजु गर्ने नै मुख्य निजको काम हो, र यस्मा मेल मद्दतको के आवश्यकता ? मसंग रुजु गर्दा मद्दत मागेको पनि छैन । एक नं. अफिस कपी २ नं. रुजु कर्ताको र ३ नं. कम्प्यूटर को प्र. लागि गरी ३ प्रति हुन्छ । तिनै कपीमा समान अंक हुनुपर्दछ । माथि मैले उल्लेख गरे अनुसार १ नं. कपी परीक्षा शाखामा काम गर्ने कर्मचारीहरुको जिम्मामा रहन्छ । टेबुल नं. १ पहिलो रुजु सकेपछि दोश्रो पटक फाइनल रुजु गर्न प्रयोग हुन्छ । निजको जिम्मामा रहेको रुजु गर्ने काम सबै रुजु कर्तालाई ३ वटा अंक तालिका हेरी कुनै गडबड वा अनुचित हुन नपाउने गरी आफ्नो जिम्माको काम राम्रोसंग इमान्दारपूर्वक गर्न सामान्य निर्देशन सबै रुजुकर्तालाई दिइन्छ यसमा उल्लेखित सि.नं. का नेपाली विषयमा प्राप्त गरेको अंक मलाई देखाएको थिएन र कुनै निर्देशन पनि दिएको थिइन । टेबुल नं. १ कार्यालयको गोप्य कोठामा रहन्छ । टेबुल नं. १ कार्यालय प्रति भए तापनि अन्तिम रुजु गर्दा रुजुकर्ताकै जिम्मा रहने र रुजु गर्दा माथि मैले उल्लेख गरे अनुसार ३ प्रति अंक तालिकामा समान अंक हुनै पर्दछ । सो समान अंक नभएकोमा रुजुकर्ता र कम्प्यूटरबाट रुजु गर्न खटिएका दुवैले हेरी गर्नु पर्ने र सो मार्कस्लीप सच्याउने काम र सो अनुसार रुजु गर्ने तपाइकै निर्देशनमा भएको हो कि ? भन्ने प्रश्नमा यो मेरो निर्देशनमा भएको होइन रुजु गर्दा कुनै केरमेट वा थपघट भएकोमा परीक्षक वा प्रधान परीक्षकको दस्तखत भएको छ छैन सो पनि हेर्नु पर्ने र त्यसबाट पनि यकीन गर्न नसकिएमा परीक्षार्थीले प्रयोग गरेको उत्तर पुस्तिका नै हेरी यकीन गर्नु पर्ने रुजुकर्ता र कम्प्यूटरबाट रुजु गर्न खटिएका दुवैको जिम्मेवारी र नैतिक दायित्व भएको कुरा हो । अफिस कपी अर्थात् टेबुल नं. १ अन्तिम चरणको रुजुमा ४।५ दिन अगाडि रुजुकर्ता समक्ष पुर्‍याउन राष्ट्रिय कम्प्यूटर केन्द्रमा पठाइन्छ । यसमा उल्लेख भएको मार्कस्लीप गोप्य शाखामा काम गर्ने कर्मचारीहरुले लग्दथे या मार्कस्लीप खास कुन कर्मचारीले लगेको थिए सो मलाई यकीन थाहा छैन । यसमा कसले अंक सच्याए भने मलाई थाहा छैन । त्यस्तो अंक सच्याउने व्यक्ति थाहा पाएको भए मैले नै कडा कारवाही गर्दथे । कर्मचारीको कमिले मैले पहिले नै दिएको बयान अनुसार ना.सु. भरतबहादुर थापालाई लगाएको काम उल्लेख गरी सकेको छु । गणित तथा नेपालीमा कसले अंक सच्याएको हो मलाई थाहा छैन । राम्रोसंग रुजु गर्ने काम रुजु गर्न प.नि.का. बाट खटिएका अधिकृत र कम्प्यूटर केन्द्रबाट रुजु गर्न खटिएकाहरुका काम कर्तव्य नै हो भन्ने समेत वि.प्र.वि. मा र वि.प्र.वि. मा भएको मेरो बयान खुसीराजीले गरेको हुँ । २०४२ सालको ९०० पूर्णाड्ढको एस.एल.सी. परीक्षाको नतीजा प्रकाशन गर्ने क्रममा मार्कस्लीप छुट्याउने काम ना.सु. विनु स्थापित, ना.सु. दशरथ कार्की, ना.सु. बैकुण्ठ प्रसाद चालिसेले शा.अ. इन्द्रबहादुर श्रेष्ठ समेतको रेखदेखमा गर्ने गरेका, मार्कस्लीपहरु कहिले कम्प्यूटरकै कर्मचारीले र कहिले कार्यालयकै शा.अ. हरुले कम्प्यूटरमा लैजाने गरेका, रुजु गर्ने कामको रेखदेख मैले गरेको रुजु गर्ने क्रममा आएका शंका समाधान गर्न टे.नं. १ मार्कस्लीपबाट पनि नभए सम्बन्धित उत्तर पुस्तिका नै हेरी त्यसमा रहेको अंक कायम गर्न निर्देशन समेत गरेको, सि.नं. ०८६०७० जेर ०८५८२० टीका विद्यार्थीको क्रमशः गणित, नेपाली र नेपाली विषयमा प्राप्ताड्ढ सच्चिएको बारेमा मलाई कम्प्यूटर केन्द्र र प.नि.का. बाट खटिएका कुनै पनि कर्मचारीहरुले देखाइएका र जानकारी दिएका समेत थिएनन्जानकारी गराएको हो भन्ने शा.अ. नारायणप्रसाद आचार्यको बयान झुठ्ठो हो । उल्लेखित सि.नं. का विद्यार्थीहरुसंग मेरो परिचय नाता इत्यादी केही छैन भन्ने समेत व्यहोराको मिति ०४३।१०।२९ र ०४३।१२।१० तत्कालीन परीक्षा नियन्त्रक कृष्णप्रसाद पन्तको बयान ।

१७.   परिक्षा नियन्त्रण कार्यालयबाट मार्कस्लीपको टेबुल नं. ३ को एक प्रति मात्र केन्द्रमा आउँछ र सो मार्कस्लीपमा परीक्षा केन्द्र परीक्षा विषय आदिको संकेत नं. राखी दुई पटक सोही मार्कस्लीपलाई इन्ट्री तथा भेरीफाई गरी कम्प्यूटरबाट रिकन्सिभिएसन समेत गरी प.नि.का. लाई भिडान गर्न केन्द्रले उपलब्ध गराउँछ र सो भिडान भई देखिएको भिन्नतालाई होरिजेन्टल लेजर सिटमा प.नि.का. का कर्मचारीहरुबाट गोलो चिन्ह लगाई सच्याउँछन् र सो आधारमा केन्द्रले डाटा इन्ट्री गर्छ र पुनः अर्को होरिजेन्टल लेजर निकाली प.नि.का. लाई बुझाइन्छ र सो बाट प.नि.का. ले आफ्नो गुठ कापीबाट अन्तिम रुजु गरी दिएपछि केन्द्रले होरिजेन्टल लेजरमा देखाएको गल्ती सच्याई अन्तिम नतीजा प्रकाशन गरिन्छ । २०४२ सालको एस.एल.सी. को ९०० पूर्णाड्ढको केही मार्क रुजु गर्नु निज नारायणप्रसाद आचार्य आएको मलाई थाहा छ । सि.नं. ०८६०७० जेसमेतको मार्क रुजु प.नि.का. को पत्र अनुसार निजले गरेको हुनुपर्दछ । २०४२ सालको एस.एल.सी. ९०० पूर्णाड्ढको नतीजा प्रकाशन गर्ने सिलसिलामा रुजु गर्न खटिएका कर्मचारीहरु रुजुकर्ताको अलावा नतीजा प्रकाशन र रुजु कार्यको रेखदेख गर्न प्रत्येक दिनजसो प.नि.का. को परीक्षा नियन्त्रक र अन्य अधिकृत तथा कर्मचारीहरु पनि कम्प्यूटर केन्द्रमा आई कामको रेखदेख गर्दथे । मार्कस्लीपमा नेपाली र गणित क्रमशः २५ र ९ स्पष्ट भए तापनि होरिजेन्टल लेजरमा ३५ र ९ प्रिन्ट भएको देखें । मैले सवाल नं. ८ को जवाफमा उल्लेख गरे अनुसार होरिजेन्टल लेजर प्रथम र द्वितीय गरी कमसेकम दुई पटक रुजु गरिन्छ । मैले हेरी सनाखत गरेको होरिजेन्टल लेजर प्रथम र द्वितीय गरी कमसेकम दुई पटक रुजू गरिन्छ । मैले हेरी सनाखत गरेको होरिजेन्टल लेजर दोश्रो पटक प्रिन्ट भएको लेजर हुँदा पहिलो पटक प्रिन्ट भएको लेजरमा २५ र ९ नै प्रिन्ट भएको हुनु पर्छ शायद पहिलो होरिजेन्टल लेजरमा २५ लाई ३५ रुजु गरिएको हुन सक्छ कम्प्यूटरबाट गल्ती भए जस्तो लाग्दैन । पहिलो पटक र दोश्रो पटक तयार भएका होरिजेन्टलमा रुजु भइसकेको हुने हुनाले सो को आधारमा फाइनल लेजर तयार गरी उक्त लेजरको साथै पहिलो र दोश्रो पटक तयार भएका होरिजेन्टल लेजर पनि प.नि.का. मै जाने हुनाले कम्प्यूटर केन्द्रमा नरहेको हुँदा दाखिल गर्न असमर्थ छु । पछि कुनै प्रमाणबाट पहिलो होरिजेन्टल लेजरमा ३५ नं. प्रिन्ट हुन गएको पाइएमा सो परीक्षा सम्बन्धी कम्प्यूटर कोअर्डिनेटरको हैसियतले सजायँ सहन बुझाउन तयार छु । दोश्रो पटक तयार भएको होरिजेन्टल लेजरमा ०९ लाई हरियो मसीले बृत्त लगाई ३९ गरेको देखें । रुजुकर्ताबाट होरिजेन्टल लेजरमा भएका अंकहरु ठिक बेठिक छुट्याई रुजु गरिने गरिएको र निजले रुजु गर्दा संशोधन भएका अंकहरु अनुरुप नै फइनल लेजरमा चढेको हुन्छ । जहाँसम्म को बाट भएको भन्ने सम्बन्धमा प.नि.का. को तर्फबाट खटेको रुजु कर्ताले शंका लागेमा पुनः हेर्ने नै हुँदा कम्प्यूटर पक्षको कर्मचारीले गरेको हैन । रुजुकर्ता वा सुपरिवेक्षककै पक्षबाट नै भएको हो । कम्प्यूटरलाई पठाएको मार्कस्लीपको अलावा प.नि.का. बाटै रुजुकर्तालाई पनि मार्कस्लीप उपलब्ध गराइने र प.नि.का. मा पनि एक प्रति रहने नै हुन्छ पटक पटक रुजु गर्ने र अंकहरुमा फरक परेमा समाधान गर्ने दायित्व प.नि.का. माथि नै हुने हुँदा प.नि.का. तर्फबाट खटेको रुजुकर्ताले रुजु गर्दा संशोधन भएको अंकलाई नै कायम गर्ने गरिन्थ्यो भन्ने वि.प्र.वि. मा र २०४२ सालको ९०० पूर्णाड्ढको एस.एल.सी. परीक्षामा राष्ट्रिय कम्प्यूटर केन्द्रमा प्रोजेक्ट कोअर्डिनेटरको रुपमा काम गरेको, उक्त कामको सिलसिलामा रुजूकर्ताले ल्याएको टे.नं. २ बाट प्राप्तांक रुजु गरिन्छ । त्यसमा देखिएका त्रुटिहरुलाई गोलो चिन्ह लगाई हुनु पर्ने प्राप्तांक छेउमै लेखिन्छ र सो लेजर कम्प्यूटरमा हाली त्यसमा पनि छुटफुट अंक चेक गर्न प्रिन्ट हुन्छ । यसरी सम्पूर्ण डाटाहरु समावेस होरिजेन्टल निकाली प.नि.का. लाई भेरीफिकेशनको लागि दिइन्छ यसै लेजरसंग टे.नं. १ को मार्कस्लीप भिडाई रुजु गरिन्छ र यसमा देखिएको त्रुटिलाई पहिले भए गोलो चिन्ह लगाई लेजरमा सच्याई रुजु गरिसकेपछि प.नि.का. को स्वीकृति लिई नतीजा प्रकाशन हुन्छ । यसरी रुजु गर्दा कुनै शंका थपघट केरमेट देखिएमा परीक्षा नियन्त्रकलाई नै देखाई निर्देशन लिएर मात्रै कम्प्यूटरमा चढाइने गरेको छ । सि.नं. ०८५८२० टीको प्राप्तांक सच्चिएको बारेमा निज नियन्त्रकलाई देखाइएकै हो तदनुसार लेजरमा सच्चिएको आधारमा नतीजा प्रकाशन भएको हो । सि.नं. ०८६०७० जेको गणितमा प्राप्तांक ०९ लाई ३९ गरी अंक थपेको वारेमा पनि वहाँ नियन्त्रकलाई देखाई जानकारी गराएको हो । सोही सि.नं. का परीक्षार्थीको नेपाली विषयको मार्कस्लीप नं. २ र ३ नं. दुवै थानमा २५ अंक भएको र मार्कस्लीप नं. १ मा ३५ भएको सम्बन्धमा पनि रुजुकर्ताले अफिस कपी मानिने टे.नं. १ हेरेर नं. ३५ अंक कायम गरेको हुनु पर्छ र तदनुसार नै होरिजेन्टल छापिएको हो भन्ने समेत व्यहोराको राष्ट्रिय कम्प्यूटर केन्द्रका व्यापार विकास प्रबन्धक अशोककुमार आचार्यको मिति २०४३।११।६ को बयान ।

१८.   गत असारको अन्तिम तिर एस.एल.सी. परीक्षाको ९०० पूर्णाड्ढको रिजल्ट निकाल्नको लागि रुजू कर्ताको रुपमा मैले परीक्षा नियन्त्रण कार्यालयको उक्त काम दैनिक रुपमा कम्प्यूटर केन्द्रमा गई गरेको थिएँ । सिम्बल नं. ०८६०७० जे०८६०८८ बीसम्मको विद्यार्थीहरुको नेपाली विषयको स्लीप नं. ०३३०९० को मार्कस्लीप र सिम्बल नं. ०८६०७० जेदेखि ०८६०८८ बीसम्मको विद्यार्थीहरुको गणित विषयको स्लीप नं. ०३३३२४ को मार्कस्लीपमा आफैले रुजु गरी हरियो मसीले टिक मार्क लगाएको हुँ सनाखत गरिदिएको स्लीप र देखाइएको पाना २ को सि.नं. हरु भएको कम्प्यूटर मार्क रुजु लेजरमा मैले रुजु गरेको हुँ टेबल नं. २ को मार्कस्लीप रुजु गर्न जानेलाई दिइएको हुन्छ तर उक्त २ नं. टेबलको मार्कस्लीपबाट होरिजेन्टल तयार हुन्जेलसम्म मात्र पढियो । होरिजेन्टल तयार भएपछि पहिलो होरिजन्टल टेबल नं. १ (परीक्षा नियन्त्रण कार्यालयमा रहने) बाट रुजु गरिन्छ । त्यसकारण टेबुल नं. २ को मान्यता हुँदैन । शर्मिला झा नाम गरेको व्यक्तिसंग मेरो परिचय त परै जाओस मैले सुनेको पनि छैन र निजसंग मेरो नाता सम्बन्ध केही पनि छैन । हो मैले आज सनाखत गरेका मार्कस्लीपहरु हेर्दा साँच्चैै नै त्यसमा २५ र ९ स्पष्ट उल्लेख छ । तर म स्पष्टतया यो भन्छु कि मैले रुजु गर्दा स्पष्टतः स्लीप (मार्कस्लीप) मा जति अंक छ त्यति नै रुजु गरेको हुँ । यो कुरा त होरिजन्टलमा छापिएका कम्प्यूटरको प्रिन्टबाट स्पष्ट हुन्छ । अब कसरी हुन गयो भन्ने सम्बन्धमा रुजु कर्ताको हैसियतले मेरो मुख्य काम मार्कस्लीपमा लेखिएको अंक र मार्कलेजरमा छापिएको अंक ठिक छ छैन रुजु गर्ने हो । यसमा मैले मिति ०४३।६।१६ मा सनाखत गरेको होरिजन्टल लेजर भन्दा अघिल्लो कम्प्यूटर लेजरमा नेपाली विषयको अंक २५ नै छ । त्यसबाट यसमा पोष्टिङ गरिएको समयमा ३५ सच्चिएको हुनुपर्छ र ९ लाई ३९ गरी सच्याउने काम यस होरिजन्टलबाट भएको तथ्य स्पष्ट देखिन्छ । यसबाट यस सिम्बल नं. ०८६०७० जेको विद्यार्थीलाई उत्तीर्ण गराउन भूमिका खेलिएको कुरा माथि १९ नं. को जवाफमा मैले भनेकै छु । के भने मैले फाइनल प्रिन्ट वा रिजल्ट रुजु गर्न पाइन । त्यस कारण मलाई उक्त कुरा थाहा हुने अवस्थै पर्दैन । मेरो जिम्माको टेबल नं. २ मा २५ अंक भएकोले सोही अनुसार रुजु भई होरिजन्टल पहिलो प्रतिमा पनि कम्प्यूटरबाट २५ नै प्रिन्ट भएको हुनुपर्छ । तर टे.नं. १ अफिस कपी निर्णायक प्रति भएबाट त्यसैमा अरु कसले सच्याई उक्त होरिजन्टलमा रहेको २५ लाई ३५ बनाएको हुनुपर्छ जस्को कारण होरिजन्टल अन्तिममा ३५ प्र्रिन्ट हुन गएको हुनुपर्छ । मैले रुजु गरेको स्लीप नं. २ मा २५ अंक अक्षरमा कोष्ठ भएकोले रुजू पनि २५ नै गरिएको हुँदा २५ को ३५ भएको सम्बन्धमा कुनै जानकारी छैन उक्त टे.नं. १ अफिस कपी भएको र त्यस्मा ३५ हुनु होरिजन्टलमा पनि ३५ चढ्नु आदिले अफिस कपी रुजु गर्नेले नै गरेको हुनु पर्छ । उक्त सच्याउने व्यक्तिको नाम बताउन असमर्थ छु । यस होरिजन्टलमा कम्प्यूटरबाट ०९ छापिएकोमा त्यस्लाई केरी ३९ लेखिएको देखिएकोले अन्तिम होरिजन्टल पनि उत्तीर्ण भएकोले यसैमा सच्चिएको हो भनी स्पष्ट पारेको सम्म हुँ । कम्प्युटरको लेजरमा २५ प्रिन्ट भएको र टे.नं. १ अफिसकपीमा ३५ रहेकोले र सोही निर्णायक हुने हुनाले सोही अनुसार रुजु गर्नु पर्ने भएको हुनाले मैले बेरुजु रफ कपीमा ३५ संशोधन गरेको हुँ । यसरी मैले रुजुकर्ताको हैसियतले गर्नु पर्ने प्रक्रियाभित्र परेको कार्य इमान्दारीपूर्वक गरेको छु ।

१९.   टेबल नं. १ अफिसकपीमै निर्णायक हुने भएकोले सो हेरी रुजु गरेको हुँ । अफिस कपीको आधारमा संशोधन गरेको हुँ । यस सम्बन्धमा नियुक्ति पत्रमा पनि अफिसकपीसंग भिडाउनु पर्ने लेखिएको र थप रुपमा आफू संग रहेको कपी र कम्प्यूटरमा नभिडेमा अफिसकपी अनुसार गर्नुपर्ने कुरा स्वयं नियन्त्रकले आदेश दिनु भएको हो मैले यस अघि बयानमा पनि सबै कुरा खोलेकै छुु जो सत्य हुन । रुजु गर्दा बीच बीचमा वहाँको मद्दत पनि लिएकै हुँ र आफूलाई शंका लागेको कुरा वहाँसंग सोधेरै गरेको थिएँ । स्वयं परीक्षा नियन्त्रक हुनु भएको नाताले वहाँको सुपरिवेक्षण र निर्देशन बमोजिम शंकाहरुको समाधान गरेको हुँ भन्ने समेत वि.प्र.वि. मा गरेको बयान मैले आफ्नो राजिखुसिबाट गरेको, २०४२ सालको ९०० पूर्णाड्ढको एस.एल.सी. को नतीजा प्रकाशन गर्ने क्रममा कम्प्यूटर केन्द्रमा रुजु कर्ता भई खटिएको, मलाई दिइएका सि.नं. ०८६०७० जेर ०८५८२० टीका मार्कस्लीपहरुमा नेपाली विषयमा क्रमशः ३५ र ३२ अंकहरु सच्चिएको कुरा मैले रुजु गर्दा फरक परेबाट देखेको रुजू गर्नु पर्ने माकस्लीपहरु धेरै हुने हुँदा कुन सच्चिएको कुन नसच्चिएको भनी केलाई हेर्न भ्याइने स्थिति थिएन । फरक देखिएका अंक टिपेर परीक्षा नियन्त्रकसंग सोधेपछि वहाँबाट जे आदेश हुन्छ सोही अनुसार अंक कायम गरिएको हो सम्बन्धित उत्तर कापी नै हेरी नम्बर कायम गर्ने काम भएन । रुजु गर्दाको सिलसिलामा हामीसंग रहेका मार्कस्लीप कपडाको थैलामा र्‍याक माथि राखी बाहिर जाने गरेको, रिजल्ट भइसकेपछि ती मार्कस्लीप हाम्रो जिम्मामा रहँदैनथ्यो । उक्त परीक्षाको सि.नं. ०८६०७० जेर ०८५८२० टीको गणितको प्राप्तांक ०९ लाई बृत दिई ३९ र नेपालीमा २५ लाई ३२ अंक दिइएको समेत कुरा रुजु गर्दै जाँदा दोश्रो होरिजेन्टलमा पनि पहिलो होरिजन्टलको आधारमा फरक परेकाले पनि बृत्त चिन्ह राख्न सकिन्छ र यो रुजु गर्दाकै प्रक्रिया पनि हुनसक्छ, यसमा के भएको भन्न सक्दिन । सि.नं. ०८५८२० टीसमेत समावेश भएको फाइनल होरिजन्टलमा कोड नं. ०८८ मा कम्प्यूटरबाट छापिएको २५ अंकलाई सर्किल गरी ३२ अंक हरियो मसीले लेख्ने काम रुजु गर्दाकै सिलसिलामा म बाटै पनि भएको हुन सक्छ । मैले रुजु गर्दा निस्केका बेरुजु अंकहरु बारे परीक्षा नियन्त्रक ज्यूसंग सोधी वहाँको निकासा बमोजिम मात्र गरेको छु सो देख्ने सुन्ने शि.मं. का सचिवका पि.ए. रामचन्द्रबहादुर सिलवाल शरद जोशी कृष्णचन्द्र नेउपाने, रामजीप्रसाद उपाध्याय समेत थिए । सि.नं. ०८६०७० जेको गणितमा प्राप्त ०९ अंकलाई ३९ बनाएको मैले होइन र त्यसो गर्न नियन्त्रकज्यूको आदेश थियो भन्न पनि सक्दिन सि.नं. ०८५८२० टीको नेपालीको नम्बर फरक परेको सम्बन्धमा पनि मैले परीक्षा नियन्त्रकसंग सोध्दा अफिस कपी मार्कस्लीप अनुसार गर्न निर्देशन भएकोले तदनुसार गरेको हुँ भन्ने समेत व्यहोराको शिक्षा तथा संस्कृत मन्त्रालयका शा.अ.नारायणप्रसाद आचार्यको मिति मितिको बयान ।

२०.   २०४२ सालको ९०० पूर्णाड्ढको एस.एल.सी. परीक्षामा सि.नं. ०८५८२० टीबाट जाँच दिई तृतीय श्रेणीमा उत्तीर्ण भई ताहाचल क्याम्पसमा पढ्दैछु । उक्त परीक्षामा मैले नेपाली विषयमा ३२ अंक पाएको छु सो कसरी २५ हो मलाई थाहा छैन । कम्प्यूटर केन्द्र सि.मं. प.नि.का. समेतमा मेरो बुवा आमा र मैले चिने जानेको मानिस नातेदार कोही छैनन् भन्ने समेत व्यहोराको मिति ०४३।११।३ मा रमादेवी तण्डुकारले आयोगमा गरेको बयान ।

२१.   २०४२ सालको ९०० पूर्णाड्ढको एस.एल.सी. परीक्षाको नतीजा प्रकाशन क्रममा मलाई रुजु गर्ने काममा कम्प्यूटर केन्द्रमा पठाइएको, रुजु गर्दै जाँदा कुनै थपघट केरमेट देखिएमा नियन्त्रक ज्यूसंग सोधी आवश्यक परे उत्तर पुस्तिका नै हेरेर पनि अंक कायम गर्नु पर्ने हो तर मलाई यस्ले समस्या परेन । मार्कस्लीप र लेजरहरु कम्प्यूटरको केन्द्रकै दराजमा रहन्थ्यो साँचो कसले ल्याउँथ्यो थाहा छैन म र शा.अ.नारायणप्रसाद आचार्य एकै कोठामा बसी रुजू गर्ने काम नगरेकाले निज र परीक्षा नियन्त्रक बीच प्राप्तांकमा हेरफेर संशोधन सम्बन्धी कुनै कुरा भए नभएको थाहा छैन । अन्तिम रुजु गरी सकिएकोलाई पुनः थपघट गर्न नमिल्ने गर्नु परे नियन्त्रकज्यूसंग निर्देशन लिई गर्नु पर्ने चलन बुझेको थिएँ भन्ने समेत व्यहोराको शिक्षा तथा संस्कृति मन्त्रालयका शा.अ.गणेशप्रसाद भट्टराईको मिति ०४३।११।५ मा आयोग समक्ष गरेको बयान ।

२२.   २०४२ सालको ९०० पूर्णाड्ढको एस.एल.सी. परीक्षाको नतीजा प्रकाशन क्रममा राष्ट्रिय कम्प्यूटर केन्द्रमा रुजु गर्ने काममा खटिएको सो काममा कुनै शंका देखिए नियन्त्रकज्यूसंग सोधी समाधान गरेको छु । उक्त अवस्थामा शा.अ. नारायणप्रसाद आचार्य र परीक्षा नियन्त्रकका बीच बराबर कुरा भइरहेको देखेको तर के कुरा भएको थियो मलाई थाहा छैन भन्ने समेत व्यहोराको परीक्षा नियन्त्रक कार्यालयका शा.अ. रामजीप्रसाद शर्माको मिति ०४३।११।५ मा आयोग समक्ष गरेको बयान ।

२३.   २०४२ सालको ९०० पूर्णाड्ढको एस.एल.सी. मा म सि.नं. ०८६०७० जेबाट जाँच दिई तृतीय श्रेणीमा पास भई पद्मकन्या क्याम्पसमा पढ्दैछु । मैले उक्त परीक्षामा पास हुन कसैलाई भनसुन गराउने र हात लिने काम गरेको छैन र मेरा बुवा आमा र मैले समेत कम्प्यूटर केन्द्र, शिक्षा मन्त्रालय, प.नि.का. समेतमा चिने जानेको मानिस छैनन र कसैलाई रकम दिइ हात लिएको छैन, फेलको अंक भइरहेकोमा कसरी सच्चिन गएको हो मलाई थाहा छैन भन्ने शर्मिला झा ले मिति मितिमा आयोग समक्ष गरेको बयान ।

२४.   २०४२ सालको ९०० पूर्णाड्ढको एस.एल.सी. परीक्षाको काममा रुजूकर्ता भई काम गर्दा रुजु गर्दा फरक देखिन आएकोमा १ नं. मार्कस्लीप र आवश्यकता पर्न गएमा सम्बन्धित उत्तरकापी समेत हेरी अंक कायम गर्नु पर्ने निर्देशन अनुसार बेरुजु अंक वहाँलाई टिपेर दिई उहाँको भनाई अनुसार अंक चढाउने गरेको र यसै क्रममा शा.अ. नारायणप्रसाद आचार्यले पनि शंका लागेका प्राप्तांक बारेमा नियन्त्रकज्यूसंग सोधेको सुनेको छु तर वहाँले के जवाफ दिनु भयो संझना छैन भन्ने समेत व्यहोराको मिति ०४३।१२।५ को जनसंख्या शिक्षा परियोजनाको समन्वयकर्ता शरदप्रसाद जोशीले आयोगमा गरेको बयान ।

२५.   २०४२ सालको ९०० पूर्णाड्ढको एस.एल.सी. को नतीजा निकाल्न रुजुकर्ता भई काम गर्न खटिएको मैले काम गर्दा अंक फरक पर्ने समस्या परेन, फरक परेका सि.नं. ०८६०७० जेर ०८५८२० टीपरीक्षार्थीको प्राप्तांकहरुको बारेमा शा.अ. नारायणप्रसाद आचार्यले परीक्षा नियन्त्रकसंग सोधे नसोधेको मैले सुनिन तर शंका लागेका नम्बरमा हामी सबै परीक्षा नियन्त्रकसंग सोधेर मात्र नम्बर चढाउने कार्य गरिन्थ्यो । यस्तो समस्याको अन्तिम निर्णय नियन्त्रकज्यूबाटै हुन्थ्यो । शंका लागेका नम्बर हामी टिपेर दिने गथ्र्यौ र उहाँले जुन नम्बर भन्ने गर्नु हुन्थ्यो त्यही चढाउने प्रकृया थियो । तर कुनै पनि परीक्षार्थीको कपी ल्याई हाम्रो अगाडि नम्बर देखाएको मलाई थाहा छैन भन्ने रामचन्द्र सिलवालले मिति २०४३।१२।५ मा आयोगमा गरेको बयान ।

२६.   २०४२ सालको एस.एल.सी. नतीजा प्रकाशन क्रममा कम्प्यूटरमा रुजु गर्ने काम गरेको, रुजु गर्दा शंका लागेका अंकहरु बारे नियन्त्रकसंग सोधी आवश्यक परे उत्तर पुस्तिका नै मगाई हेर्नु पथ्र्यौ मार्कस्लीप बाझिएमा अफिस कपी मार्कस्लीपको आधारमा अंक कायम गर्नु पथ्र्यो । हामीसंग रुजु गर्न जाने शा.अ. नारायणप्रसाद आचार्यले रुजु गर्दा उठेका शंका बारे नियन्त्रकज्यूसंग सोधी, कुरा गरे जस्तो लाग्छ तर के के सोधे खुलाउन सकिन भन्ने कृष्णचन्द्र न्यौपानेको आयोगको बयान ।

२७.   २०४२ सालको ९०० पूर्णाड्ढको एस.एल.सी परीक्षामा सिम्बल नं. ०८६०७० जेबाट सम्मिलित भएका परीक्षार्थी शर्मिला झाको नेपाली विषयको उत्तर पुस्तिकामा परीक्षकले विभिन्न प्रश्नहरुको उत्तरहरु दिएको अंकहरु जोड गरी उत्तर पुस्तिकाको पहिलो पृष्ठको मार्क टेबुलमा २५ अंक उल्लेख गरेको देखिएको र उक्त अंकहरु जोड गर्दा २९१२  अंक पाएको देखिन्छ । तर नेपालीमा उत्तीर्ण हुन ३२ अंक ल्याउनु पर्दछ । परीक्षकले उत्तर पुस्तिकाहरु परीक्षण गरी अंक चढाई तयार गरेको मार्कस्लीपहरु ३ प्रति मध्ये मार्कस्लीप नं. १ अर्थात अफिस कपिमा उक्त परीक्षार्थीको नेपाली विषयमा २५ अंक दिएकोमा सो अंक अक्षर दुवै काटी ३५ अंक लेखिएको र निज परीक्षार्थीकै गणित विषयमा मार्कस्लीप नम्बर (अफिस कपी) मा ०९ अंक भएको र परीक्षकले जाँच गरेको उत्तर पुस्तिकामा पनि ०९ अंक नै पाएकोमा राष्ट्रिय कम्प्यूटर केन्द्रमा अन्तिम रुजु गरी नतीजा प्रकाशनको लागि तयार गरेको अन्तिम होराइजन्टल लेजरमा समेत उक्त विषयमा ०९ अंक नै छापिएकोमा सो अंकलाई हरियो मसीले बृत्त चिन्ह भित्र राखी तेसको छेउमा ३९ अंक लेखी नेपाली विषयमा ३५ अंक नै छापी अनुत्तीर्णलाई उत्तीर्ण गराई गो.प. मा नतीजा प्रकाशन गरीनुका साथै शर्मिला झाबाट प्राप्त मार्कस्लीप समेतमा उक्त अनुसार नै उत्तीर्णाड्ढ चढाई उत्तीर्ण भएको देखिन आएको छ ।

२८.   त्यस्तै उक्त परीक्षामा सिम्बल नं. ०८५८२० टीबाट सम्मिलित भएकी रमादेवी तण्डुकारले नेपाली विषयमा परीक्षकले जाँच गरी जोड गरेको अंक पहिला २८ भएकोमा पछि २८ लाई काटी २५ लेखेको र निजले पाएको अंकहरु जोड गर्दा २६ हुन आउँछ । २६ अंक प्राप्त गरेको भए तापनि अनुत्तीर्ण मानिन्छ र उत्तीर्णाड्ढ ल्याउन सो विषयमा ३२ अंक प्राप्त गर्नु पर्दछ । परीक्षकले तयार गरेको मार्कस्लीप नं. १ अर्थात अफिस कपीमा परीक्षकबाट नै २८ लाई काटी २५ अंक लेखेकोमा सो २५ अंकलाई काटी ३२ लेख्नुका साथै अक्षरमा समेत २५ लाई काटी ३२ अंग्रेजीमा लेखिएको छ । अन्तिम रुजु गरी राष्ट्रिय कम्प्यूटर केन्द्रमा तयार गरिएको अन्तिम होराइजन्टल लेजरमा २५ अंक नै छापिएकोमा सो अंकलाई हरियो मसीले बृत्त चिन्ह भित्र राखी छेउमा ३२ अंक लेखी निजलाई उत्तीर्ण गराई परीक्षाफल गो.प. मा प्रकाशित भएको देखिन्छ ।

२९.   यस प्रकार उपरोक्त दुई जना अनुत्तीर्ण भएका विद्यार्थीहरु उक्त बमोजिम उत्तीर्ण भएकोमा सम्बन्धित कर्मचारीहरुको पूरा हात भएको प्रष्टै छ ।

३०.   परीक्षा नियन्त्रण कार्यालयका तत्कालिन परीक्षा नियन्त्रक हाल सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समूहका सहसचिव कृष्णप्रसाद पन्तले एस.एल.सी. परीक्षा सूचारु रुपले संचालन गर्ने गराउने, उत्तर पुस्तिकाहरु संकलन गर्ने गराउने, उत्तर पुस्तिकाहरु परीक्षण गर्न पठाउने र परीक्षण भएका उत्तर पुस्तिकाहरु उपलब्ध गरी तोकिएको अवधिसम्म सुरक्षित राख्ने तथा परीक्षकहरुले उत्तर पुस्तिकाहरु उपलब्ध गरी तोकिएको अवधिसम्म सुरक्षित राख्ने तथा परीक्षकहरुले उत्तर पुस्तिकाहरु जाँच गरी प्राप्तांक चढाई पठाएका मार्कस्लीपहरु गोप्य रुपले सुरक्षित राख्ने र सो को आधारमा राष्ट्रिय कम्प्यूटर केन्द्रको सहयोग लिई व्यवस्थित तरिकाले अंकहरु रुजु गर्ने गराउने, शंकास्पद अंकहरु भएमा उत्तर पुस्तिकाहरु नै हेरी अंक यकीन गर्ने गराउने र सो सबै कामहरुको सुपरिवेक्षण र नियन्त्रण गर्नु र आदेश र निर्देशन दिने समेतको काम कर्तव्य परीक्षा नियन्त्रकको नै हो ।

३१.   २०४२ सालको ९०० पूर्णाड्ढको एस.एल.सी. परीक्षामा सिम्बल नं. ०८६०७० जेर सिम्बल नं. ०८५८२० टीबाट सम्मिलित भएका परीक्षार्थीहरु क्रमशः सर्मिला झा र रमादेवी तण्डुकार अनुत्तीर्ण भएकोमा निज परीक्षा नियन्त्रकको बदनियतपूर्ण काम कारवाईबाट उत्तीर्ण भई निज परीक्षार्थीहरुलाई गैरकानुनी लाभ पुर्‍याएको देखिन आएको छ ।

३२.   परिक्षकले जाँच गरेको उत्तर पुस्तिकाहरुको साथमा तीन प्रति मार्कस्लीपहरु पनि पठाउने प्रचलन भएकोमा सो मार्कस्लीपहरु कार्यालयमा गोप्य तवरले सुरक्षित राख्ने जिम्मेवारी निजको हुनुको साथै परीक्षाफल प्रकाशनको सिलसिलामा ३ नं. मार्कस्लीप कम्प्यूटर केन्द्रमा पठाउने र २ नं. को मार्कस्लीप निजले खटाएको कर्मचारीलाई अंकहरु रुजु गरी होराइजन्टल लेजरहरु तयार गर्ने कामको लागि जिम्मा दिने तथा १ नं. को मार्कस्लीप अन्तिम रुजु गर्नको लागि पछि रुजुकर्तालाई दिने काम समेत निजकै जिम्मेवारी भित्रको कुरा हो ।

३३.   कुनै परीक्षार्थीको अंक मार्कस्लीपमा सचिएको वा केरमेट थपघट भई शंकास्पद भएमा सम्बन्धित उत्तरपुस्तिका नै हेरी अंक यकीन गरी लेजरमा अंक चढाउने काम गर्नु गराउनु पर्नेमा शंकास्पद नम्बर टिपेर दिएपछि परीक्षा नियन्त्रकले भने अनुसारको अंक चढाउने गरिन्थ्यो र मार्कस्लीप नं. १ लाई नै निर्णायक कपि मान्नुु त्यसमा जे नम्बर छ त्यही राख्नु भन्ने मौखिक आदेश निज परीक्षा नियन्त्रक कृष्णप्रसाद पन्तले खटिएका रुजु कर्ताहरुलाई दिएको हो कपि हेर्ने प्रकृया थिएन भनी बुझिएको शरदप्रसाद जोशी, अशोककुमार आचार्य, रामचद्र सिलवाल समेतले आफ्नो बयानमा उल्लेख गरी आएबाट तथा निजकै जिम्मा नियन्त्रकमा रहने मार्कस्लीप नं. १ मा अंक अक्षर केरमेट भई अनुत्तीर्ण अंक पाएकोमा उत्तीर्ण अंक चढाएको देखिनुका साथै अन्तिम रुजु गरी तयार भएको होराइजन्टल लेजरमा समेत उक्त परीक्षार्थीहरुको अंकहरु केरमेट थपघट भएकोमा पनि कुनै जाँचबुझ समेत भए गरेको नदेखिएकोले परीक्षा नियन्त्रक कृष्णप्रसाद पन्तले उक्त परीक्षार्थीहरुलाई बदनियतपूर्वक उत्तीर्ण गराई गैरकानुनी लाभ पुर्‍याएको पुष्टी हुन आएको छ ।

३४.   निजले उक्त दुई जना अनुत्तीर्ण भएको परीक्षार्थीहरुलाई उत्तीर्ण गराउने बदनियतले आफ्नो जिम्मा नियन्त्रणमा रहने मार्कस्लीप नं. १ मा अनुत्तीर्ण अंक चढेकोमा सो केरमेट गर्ने गराउने र उत्तीर्ण अंक लेख्ने लेख्न लगाउने समेतको काम निजबाट नै भएको मान्नु पर्ने देखिन आएको छ । यदि निजको बदनियत नभएको भए रुजुकर्ताहरुलाई मार्कस्लीप नं. १ लाई नै निर्णायक कपी मान्नु पर्ने भन्ने मौखिक आदेश दिनु पर्ने थिएन साथै निजले अंक अक्षर सचिएको वा थपिएको र केरमेट भएकोमा आफूखुशी अंक चढाउने आदेश समेत दिनु पर्ने देखिँंदैन । त्यस्तो स्थितिमा उत्तर पुस्तिका नै मगाई हेरी अंक यकीन गरी लेजरमा चढाउन लगाउनु पर्नेमा सो गरे गराएको पनि देखिन आएन । साथै उक्त परीक्षाको नतीजा प्रकाशनको काममा राष्ट्रिय कम्प्यूटर केन्द्रका व्यापार विकास प्रबन्धक अशोककुमार आचार्य प्रोजेक्टर कोअर्डिनेटरको रुपमा काम काज गरेका र निजले समेत आफ्नो बयानमा अन्तिम होरिजन्टलमा कुनै अंक सच्चिन आएको वा थपघट भएमा परीक्षा नियन्त्रकलाई देखाई वहाँको नोटिसमा ल्याई मात्र कम्प्यूटरमा राख्ने र नतीजा प्रकाशन गरिएको साधारणतया सच्चिएकै आधारमा रिजल्ट निकाल्ने मौखिक आदेश भई रिजल्ट प्रकाशित भएको हो भनी किटानीसाथ उल्लेख गर्नुको साथै उक्त सिम्बल नम्बरहरुको अंक रुजु काममा खटिएका शिक्षा तथा संस्कृति मन्त्रालयका शाखा अधिकृत नारायणप्रसाद आचार्यले पनि रुजु गर्दा खेस्रा गरी टिपोट गरेको कागजमा सिम्बल नं. ०८५८२० टीको नेपाली कपी हेर्नु पर्ने शंकास्पद सिम्बल नं. ०८५८२० टीस्लीपमा ३२ लेजरमा २५, सिम्बल नं. ०८६०७० जेको स्लीपमा ३५ लेजरमा २५ भनी उल्लेख गरी राखेको देखिनुका साथै निजले सो सम्बन्धमा परीक्षा नियन्त्रकसंग सोद्धा मार्कस्लीप नं. १ अनुसार नै गर्नु भनेकोले सो अनुसार नै गरेको हुँ भनी आफ्नो बयानमा समेत उल्लेख गरी आएबाट र अरुको बयानबाट समेत सो कुराको पुष्टी हुन आएको समेतका कारण तथा सबूद प्रमाणबाट परीक्षा नियन्त्रक कृष्णप्रसाद पन्तले शर्मिला झा र रमादेवी तण्डुकार भन्ने अनुत्तीर्ण भएका परीक्षार्थीहरुलाई उत्तीर्ण गराई गैरकानुनी लाभ पुर्‍याउने बदनियतले उक्त अनुसारको गैर जिम्मेवार तथा गैर कानुनी आदेश निर्देशन समेत दिई नेपाल कानुन तथा श्री ५ को सरकारसंग गरेको शपथ जानी जानी पालन नगरी अधिकारको दुरुपयोग समेत गरी भ्रष्टाचार निवारण ऐन २०१७ को दफा ७(१) तथा अ.दु.नि. नियमावली, २०३४ को नियम ३(ग) र ६ अनुसारको कसूर गरेको प्रष्ट देखिन आएको छ ।

३५.   शिक्षा तथा संस्कृति मन्त्रालयका शाखा अधिकृत नारायणप्रसाद आचार्य २०४२ सालको ९०० पूर्णाड्ढको एस.एल.सी. परीक्षाको नतीजा प्रकाशनको काममा प.नि.का. मा काजमा खटिई राष्ट्रिय कम्प्यूटर केन्द्रमा अंक रुजु गर्ने काम गरी आएकोमा सिम्बल नं. ०८५८२० टीर सिम्बल नं. ०८६०७० जेको मार्कहरु रुजु गर्ने काम निजले नै गरी आएका हुन । निजले उक्त सिम्बल नं. का परीक्षार्थीहरुको नेपाली विषयमा मार्कस्लीप नं. १ मा उल्लेख भए अनुसार रुजु गरी अंक चढाएको र सो गर्नु अघि परीक्षा नियन्त्रकको निकासा लिई गरेको । सिम्बल नं. ०८६०७० जेको गणित विषयमा ०९ अंकलाई फाइनल होरिजन्टल लेजरमा बृत्त चिन्ह भित्र राखी ३९ लेखेको सम्बन्धमा आफूलाई थाहा नभएको भन्ने समेत व्यहोराको बयानमा उल्लेख गरी आएका छन् ।

३६.   मार्कस्लीप नं. २ र ३ मा कुनै अंक नसच्चिएको केरमेट नभएको तर मार्कस्लीप नं. १ मा अनुत्तीर्ण अंकलाई काटी उत्तीर्ण गराएको देखिएपछि र सो कुरा परीक्षा नियन्त्रकलाई जानकारी दिएपछि परीक्षा नियन्त्रकबाट मार्कस्लीप नं. १ अनुसार नै गर्नु भनी मौखिक आदेश दिएको भए तापनि सो सम्बन्धमा निजले उत्तर पुस्तिका नै माग गरी हेरी अंक यकीन गरी रुजु अंक चढाउनु पर्ने निजको कर्तव्य हो । परीक्षा नियन्त्रकले भनेको भन्दैमा गैरकानुनी काम गर्न मिल्दैन । त्यसरी परीक्षा नियन्त्रकले भनेर गरेको भन्दैमा निजले कसूर नगरेको भन्न मिलेन । साथै अन्तिम रुजु गरी तयार भएको होरिजन्टल लेजर समेत आफूले चेक गरी परीक्षा नियन्त्रकलाई बुझाउनु पर्ने निजको कर्तव्य हो । सिम्बल नं. ०८६०७० जेको गणितमा अन्तिम लेजरमा ०९ छपिएकोमा ३९ भएको सम्बन्धमा परीक्षा नियन्त्रकलाई निजले जानकारी दिएको भन्ने कुरा पनि कतैबाट खुल्न आउँदैन । निज समेतले परीक्षा नियन्त्रकसंग मिलोमतो गरी अनुत्तीर्ण भएका उक्त विद्यार्थीहरुलाई उत्तीर्ण गराई अंक रुजु गरेको प्रष्ट हुन्छ ।

३७.   तसर्थ नारायणप्रसाद आचार्यले पनि शर्मिला झा र रमादेवी तण्डुकारलाई गैरकानुनी लाभ पुर्‍याउने बदनियतले नेपाल कानुन तथा श्री ५ को सरकार संग गरेको साथै जानी जानी पालन नगरी भ्र.नि. ऐन, २०१७ को दफा ७(१) र अ.दु.नि.नियमावली, २०३४ को नियम ३(ग) र (घ) बमोजिमको कसूर गरेको देखिन आएको छ ।

३८.   रमादेवी तण्डुकार २०४२ सालको ९०० पूर्णाड्ढको एस.एल.सी. परीक्षामा सिम्बल नं. ०८५८२० टीसम्मिलित भएकोमा निजले नेपाली विषयमा पाएको अनुत्तीर्ण अंक मार्कस्लीप नं. १ मा काटी ३२ अंक चढाइएको र अन्तिम होरिजन्टल लेजरमा पनि सो विषयमा २५ अंक छापिएकोमा सो अंकलाई हरियो मसीले बृत्त चिन्ह भित्र राखी छेउमा ३२ अंक लेखिएको र सो आधारमा नै निज उत्तीर्ण भई मार्कसीट समेत प्राप्त गरेको देखिन्छ । उत्तर पुस्तिका अनुसार पनि २६ अंक मात्र पाएकी छिन ।

३९.   निजले आफू पास हुनको लागि कसैसंग भनसुन नगरेको र कसैलाई नचिनेको भनी बयानमा उल्लेख गरी आए तापनि त्यसरी निजको सम्बन्धमा अनुत्तीर्ण भएको अंक काटी उत्तीर्ण अंक चढाई उत्तीर्ण गराएको देखिएकोले निजले परीक्षा नियन्त्रक समेतलाई अनुचित प्रभावमा पारी हात लिई अनुत्तीर्ण भएकोमा उत्तीर्ण हुन गई गैरकानुनी लाभ उठाएको प्रष्ट हुन्छ । त्यसो नभएको भए निजको सम्बन्ध नै त्यसरी अनुत्तीर्ण अंक काटी उत्तीर्ण अंक दिई उत्तीर्ण गराउनु पर्ने कुनै अरु कारण समेत देखिँंदैन । साथै निजले अपराध छिपाउने दुष्प्रयास गरी बयानमा कुरा नखुलाएको भन्ने पनि स्पष्ट हुन्छ ।

४०.   तसर्थ उक्त कारणहरुबाट निज रमादेवी तण्डुकारले आफूलाई गैरकानुनी लाभ पुर्‍याउने बदनियतले परीक्षा नियन्त्रक समेतलाई हात लिई एस.एल.सी. परीक्षामा उत्तीर्ण भई गैरकानुनी लाभ उठाई भ्र.नि. ऐन, २०१७ को दफा ८ अन्तर्गतको कसूर गरेकी छिन ।

४०.   शर्मिला झा २०४२ सालको ९०० पूर्णाड्ढको एस.एल.सी. परीक्षामा शर्मिला झा सिम्बल नं. ०८६०७० जेबाट सम्मिलित भएकीमा निज गणित र नेपाली विषयमा अनुत्तीर्ण भएकीमा मार्कस्लीप नं. १ मा २५ अंक लेखिएकोमा सो काटी ३५ अंक लेखिएको तथा अन्तिम रिजल्ट लेजरमा गणित विषयमा ०९ अंक छापिएकोमा सो अंकलाई बृत्त चिन्ह भित्र राखी छेउमा ३९ अंक लेखिएको कारणबाट उत्तीर्ण हुन गएकी छिन । निजको उत्तर पुस्तिका अनुसार निजले पाएको अंकहरु जोड गर्दा नेपालीमा २९ अंक र गणितमा ०९ अंक मात्र पाएकी छिन जस अनुसार अनुत्तीर्ण भएकी हुन । निजले प्राप्त गरेको मार्कसिटमा पनि उक्त अनुसार नै उत्तीर्णाड्ढ उल्लेख भई उक्त परीक्षा उत्तीर्ण गराइएकी छिन ।

४१.   निजले बयानमा कुरा नखोले तापनि आफू वा अरु कसैद्वारा परीक्षा नियन्त्रकलाई हात लिई अनुत्तीर्ण भएकीमा उक्त अनुसार उत्तीर्ण भएकी हुन भन्ने प्रष्ट हुन्छ । निजले परीक्षा नियन्त्रक समेतलाई अनुचित प्रभावमा पारी हात नलिएको भए परीक्षा नियन्त्रकको जिम्मा नियन्त्रणमा हुने मार्कस्लीप नं. १ मा अनुत्तीर्ण अंक अक्षर काटी उत्तीर्ण अंक अक्षर लेखिने तथा अन्तिम होरिजन्टल लेजरमा समेत त्यसरी फेल अंकलाई गोलाकार भित्र राखी पास अंक लेखिने थिएन । साथै परीक्षा नियन्त्रकबाट निज समेतलाई गैरकानुनी लाभ पुर्‍याउने उद्देश्यबाट नै मार्कस्लीप नं. १ अनुसार नै अंक रुजु गराइएको देखिन्छ । त्यसो नभएको भए निजको सम्बन्धमा त्यसरी फेल अंकको सट्टा पास अंक लेख्नु पर्ने कुनै कारण समेत देखिनु पर्ने सो कुनै देखिँंदैन । अतः उल्लेख गरिएका व्यक्तिहरुमा तत्कालीन परीक्षा नियन्त्रक कृष्णप्रसाद पन्तलाई र शा.अ. नारायणप्रसाद आचार्यलाई भ्र.नि. ऐन, २०१७ को दफा ७(१) बमोजिम तथा रमादेवी र निर्मला झालाई ऐ. को दफा ८ बमोजिम सजायँ गरिपाउँ । साथै शर्मिला झा र रमादेवी तण्डुकार अनुत्तीर्ण भएकोमा उपरोक्त बमोजिम गैरकानुनी तवरले उत्तीर्ण गराई मार्कसिट दिइसकेकोले सो मार्कसिट समेत रद्द गरिपाउँ भन्ने समेत छानबीन अधिकृत आयुक्त श्री इच्छाहर्ष बज्राचार्यले मिति २०४४।६।४ मा पेश गरेको नालेश सरहको प्रतिवेदन ।

४२.   २०४२ सालको ९०० पूर्णाड्ढको एस.एल.सी. परीक्षामा अनुत्तीर्ण भएकालाई बदनियत साथ उत्तीर्ण गराई परीक्षाफल प्रकाशन गरी गैरकानुनी लाभ पुर्‍याए भन्ने विषयमा छानबीन अधिकृत आयुक्तले नालेश सरहको प्रतिवेदन पेश गर्नु भएकोमा बुझ्न बाँकी रहेको भनिएको ना.सु. दशरथ कार्की समेत अरु जे जो बुझ्नु पर्छ बुझी पुनः तहकिकात गर्न पर्ने भए गरी प्रतिवेदनमा हेरफेर गर्नु आवश्यक परे सो समेत गरी यथाशीघ्र प्रतिवेदन पेश गर्ने मिति ०४४।६।२९।५ को आदेशानुसार ना.सु.दशरथ कार्की समेत एस.एल.सी. बोर्डका पदाधिकारहरु समेत बुझ्ने कार्य समेत सम्पन्न गरी प्रतिवेदन पेश भयो ।

४३.   म गोप्य शाखामा र रिजल्ट पछि मार्कसिट (प्रमाणपत्र) त्यसपछि आवेदन फाराम शाखामा काम गर्छु । मैले २०४२ सालको एस.एल.सी. परीक्षाको गोप्य काम परीक्षाको उत्तर पुस्तिका पोका बनाई दिने सिलिम फस कपि अफिसकपि भनी राखिन्छ दोश्रो कपि रुजुकपि भनी राखिन्छ तेश्रो कपि कम्प्यूटर भनी छुट्याइन्छ र कम्प्यूटरबाट लिन आउनेलाई दिई पठाइन्छ दोश्रो कपि कम्प्यूटरमा खटिएका व्यक्तिलाई दिइन्छ र फस कपि रुजुमा खटिनेले रुजु सिद्धेपछि पुनः अफिस कपिबाट रुजू गर्नको लागि लैजान्छन् । मार्कस्लिपको काम गर्दा हाकिम साहेबले गढरेजको साँचो जुन समय दिनु हुन्थ्यो त्यही समयमा काम गरिन्थ्यो त्यसपछि बन्द गरेपछि साँचो हाकीम साहेबले लिनु हुन्थ्यो जिम्मा हाकिमको हो उक्त स्लीपहरु हाकिम साहेबको जिम्मा हो । सो देखाइएको उक्त टेबुलेसन हेरें ०८५८२० टीमा थर्टि टु भनी इङलिसबाट लेखिएको सच्चिएको कुरा मलाई थाहा हुन सकेन र क्रमशः ०८६०७० जेको पनि थर्टि फायव भनी सच्चिएको कुरा मलाई थाहा हुन सकेन भन्ने समेत वि.प्र.वि. मा र आफ्नो बयानमा हेड एक्जामिनरबाट स्लीप आएपछि नियन्त्रकज्यूको आदेशानुसार स्लीप खोली तीन भाग लगाउने काम हुन्थ्यो । एक कपि कम्प्युटरलाई दिने एक कपि कम्प्यूटरमा रुजु गर्न जानेलाई र एक कपी अफिस कपि भनी छुट्याइन्थ्यो र दराजमा राखी कन्ट्रोलर ज्यूले साँचो राख्ने गरी आएको । मार्कमा सच्चिएको वा अंक थपिएको फेला परेमा नियन्त्रकलाई देखाइन्थ्यो र हेरी हेडले सही छुटाएको हो आएपछि गराउँला भन्ने आदेश पाइन्थ्यो । अफिसकपि मार्कस्लीप कुन टायममा कसले लग्यो थाहा भएन । देखाएको मार्कस्लीप मैले हेरें उक्त सि.नं. को अंक सच्याएको मैले देखेको थिइन भन्ने समेत व्यहोराको ना.सु. दशरथ कार्कीको बयान ।

४४.   शिक्षा तथा संस्कृति मन्त्रालयको च.नं. १११५ मिति २०४४।७।२९ को पत्रानुसार शिक्षा नियमावली, २०२८ को नियम १५(१) अनुसार माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको नीति निर्धारण संचालन र नियन्त्रण गर्न परीक्षा समितिको व्यवस्था भएको र उक्त नियमको नियम १६(१)ख अनुसार परीक्षा समितिको अधिकार र कर्तव्य परीक्षाफल प्रकाशित गर्ने समेत भएकोभन्ने व्यहोरा समेत उल्लेख भई आएको ।

४५.   एस.एल.सी. बोर्डका अध्यक्ष शिक्षा तथा संस्कृति मन्त्रालयका सचिव नरसिंह नारायण सिंहले आफ्नो बयानमा रेखदेखको मुख्य जिम्मेवारी परीक्षा नियन्त्रकको हुन्छ । परीक्षा नियन्त्रकले टेबुलेसन र रुजु गर्ने कामको मुख्य रुपले सुपरिवेक्षण गर्ने गर्दछ । परीक्षा नियन्त्रकले सबै काम गरी सकेपछि बोर्डका सदस्य सचिवको हैसियतले बोर्ड समक्ष परीक्षाफलको समष्टिगत विवरण पेश गर्दछ र बोर्डले सो मा स्वीकृति प्रदान गरेपछि परीक्षाफल प्रकाशित गर्दछ । नतीजा प्रकाशनको लागि परीक्षा नियन्त्रण कार्यालयबाट फाइनल रुजु गरी तयार पारेको मार्कलेजरहरु बोर्डमा निर्णयार्थ पेश गर्नु पर्दैन सो कामको दायित्व एवं जिम्मेवारी परीक्षा नियन्त्रकको नै रहेको छ । कार्यालयले राखेको मार्कसिट, लेजर जस्ता गोप्य कागजात परीक्षा नियन्त्रक कै जिम्मामा रहने कुरा हुन र उक्त केरमेटको लागि वहाँ नै मुख्य रुपमा जिम्मेवार हुनु पर्दछभन्ने समेत व्यहोरा उल्लेख गरी आउनु भएको ।

४६.   एस.एल.सी. बोर्डका तत्कालिन सदस्य ईश्वरराज अर्यालले आफ्नो बयानमा नियन्त्रण कार्यालयबाट रुजु गरी तयार पारेको मार्क लेजरहरु बोर्डमा पेश गरिंंदैन खाली जम्मा यति प्रतिशत उत्तीर्ण भएको भन्ने मात्र देखाइन्छ । लेजरमा वा मार्कस्लीपमा केरमेट भएर सच्याएको ठिक वा बेठिक के हो सो चेक गर्नु पर्ने काम कार्यालयबाटै गरिन्छ । सवालबाट सोधिएका मार्कसीट लगायतका सबै कागजहरु हेरें । यस्तो अनियमितता अनुत्तीर्ण भएकोलाई उत्तीर्ण गराएको देखिन्छ । यस्तो काम कसले गरेको हो बोर्डका सदस्यले यसै भन्न सकिंदैंन । यो काम परीक्षा नियन्त्रण कार्यालय वा सो सम्बन्धी कुनै व्यक्तिले गरेको हुनुपर्दछ । कागजातहरु जम्मै परीक्षा शाखा अन्तर्गत रहने हुनाले र बोर्डका सदस्यहरुलाई पनि गोप्य कागजपत्रहरु नदेखाइने हुनाले बोर्डका सदस्यहरुलाई यसबारे केही ज्ञान नहुने हुनाले यस्तो काममा बोर्डका सदस्यहरु जिम्मेवार हुन्छन् भन्न सकिंदैन भन्ने समेत व्यहोरा उल्लेख गर्नु भएको ।

४७.   उक्त बोर्डका तत्कालीन अर्का सदस्य नेत्रबहादुर बस्नेतले परीक्षा नियन्त्रण कार्यालयबाट कम्प्यूटर प्रिन्टको फाइनल नतीजा बोर्डको परीक्षा नियन्त्रकज्यूले पेश गर्नु हुन्छ र स्वीकृति भएपछि सोही प्रिन्ट गोरखापत्रमा पठाइन्छ । केरमेट थपघट भएको हेर्ने दायित्व परीक्षा नियन्त्रकको हो । बोर्डमा पेश हुँदा नियन्त्रकज्यूले पूरै रुजू गराई पेश गर्नुपर्ने भन्ने समेत व्यहोरा आफ्नो बयानमा लेखी आउनु भएको ।

४८.   उक्त बोर्डका सदस्य नीरमर्दन बस्न्यातले आफ्नो बयानमा लेजर समितिको बैठकमा पेश गर्ने प्रचलन आजसम्म छैन । सवालबाट देखाइएका कागजातहरु मैले हेरें । पास नभएको विषयमा लेजरमा पास अंक दिइएको (अंक सच्याई थपिएको) र मार्कस्लीपमा फेल अंकलाई पास अंक गराई सच्याएकोले यो काम प.नि.का. मा गोप्य शाखामा काम गर्ने कर्मचारीहरुबाट हुन सक्ने स्थिति हो र गोप्य शाखामा काम गर्नलाई परीक्षा नियन्त्रकले कर्मचारी खटाउने भएको र यस्तो काम लगाउने नियन्त्रकले समितिका अध्यक्षको निर्देशनमा अनुमति लिन पनि सक्ने भएको र समितिमा यस्तो प्रकारको सबै जसो केस राख्ने गरिदै आएको छैनभन्ने समेत व्यहोरा उल्लेख गर्नु भएको ।

४९.   बोर्डका सदस्य गोपीनाथ शर्माले सवालमा सोधनी भएका कागजात सबै हेरें । यस विषयको जानकारी पनि आजै मात्र भयो । लगभग सवालाख छात्रछात्राको मार्कसीट देखाउन सम्भव पनि नभएको हेर्न सक्ने स्थिति पनि नहुने र गोप्यमा पनि अति गोप्य काम भएकोले र जसले गोप्य काम गर्ने गरी आएको छ अर्थात परीक्षा सम्बन्धी गोप्य काम परीक्षा नियन्त्रकले नै गर्ने भएकाले निज नै जिम्मेवार हुनु पर्ने ठान्दछु ।भन्ने समेत व्यहोरा आफ्नो बयानमा लेखी आउनु भएको ।

५०.   एस.एल.सी. बोर्डका अर्का सदस्य डा.केदारनाथ श्रेष्ठले आफ्नो बयानमा सवालबाट देखाइएका कागजातहरु हेरें । यसमा विचार गर्दा मार्कहरु परीक्षकबाट उपलब्ध भइसकेपछि सच्याइएको देखा परेको छ । जुन कार्यालयमा यी मार्कहरु सच्याइए त्यस कार्यालयका प्रमुखले साधाणतयाः रेखदेख पुर्‍याउनु पर्ने नै हो । बोर्डमा मार्कस्लीप, लेजर, कापी केही ल्याइन्न ल्याउन सम्भव पनि छैन । यसैले यस्तो प्रशासकीय हेलचक्राईमा बोर्डलाई जिम्मेवार बनाउनु उचित हुँदैन । जिम्मेवारी त्यस कार्यालयको प्रमुखको हुन आउँछ जसको नियन्त्रणमा मार्क राख्ने काम हुन्छभन्ने समेत व्यहोराको उल्लेख गरी आउनु भएको ।

५१.   परीक्षा नियन्त्रण कार्यालयका तत्कालिन परीक्षा नियन्त्रक हाल सामान्य प्रशासन मन्त्रालयका सहसचिव कृष्णप्रसाद पन्तले २०४२ सालको ९०० पूर्णाड्ढको एस.एल.सी. परीक्षामा सिम्बल नं. ०८५८२० टीतथा सिम्बल नं. ०८६०७० जेबाट सम्मिलित भएकी परक्षार्थीहरु क्रमशः रमादेवी तण्डुकार र शर्मिला झा क्रमशः नेपाली तथा नेपाली र गणित विषयमा २५, २५ र ०९ अंक पाई अनुत्तीर्ण भएकोमा अफिस कपी (नं. १) मार्कस्लीपमा उक्त दुई परीक्षार्थीहरुको नेपाली विषयको अनुत्तीर्ण अंकलाई केरमेट गरी क्रमशः ३२ र ३५ अंक गरी सच्याई सोही अनुसार उत्तीर्ण गराई मार्कसिट समेत उपलब्ध गराएको देखिन आएको छ ।

५२.   निजको जिम्मा नियन्त्रणमा रहने मार्कस्लीपमा अंक अक्षरहरु सच्यिएको थपिएको देखिनु र सो कसले गरेको भनी देखाउन प्रमाणित गर्न नसक्नु तथा नतीजा प्रकाशनको बखत अन्तिम रुजु गरी तयार गरिएको मार्क लेजरमा अनुत्तीर्ण अंकहरु बृत्त चिन्ह भित्र राखी उत्तीर्ण अंकहरु हातले लखेकोमा त्यसैलाई कायम गर्नु तथा मार्कस्लीपहरुमा नमिल्दो किसिमले अंक अक्षर सच्चिएकोमा कापी मगाई अंक यकीन गरी रुजू गर्नु पर्ने भनी लिखित रुपमा आदेश दिएको समेत नदेखिनु तथा नारायणप्रसाद आचार्यका अतिरिक्त रुजु काममा खटिएका अशोककुमार आचार्य, शरदप्रसाद जोशी, रामचन्द्र सिलवाल, कृष्णचन्द्र न्यौपाने समेतले बेरुजू अंक देखिएकोमा परीक्षा नियन्त्रकको भनाई अनुसार अंक चढाउने गरेको, प्राप्तांक सच्चिएको लेजरहरु परीक्षा नियन्त्रकलाई देखाई जानकारी गराएको र स्वीकृति लिई नतीजा प्रकाशन गरेको, सबैले शंका लागेको नम्बरमा परीक्षा नियन्त्रकलाई सोधेर मात्र नम्बर चढाउने गरेको अन्तिम निर्णय नियन्त्रकबाट हुने गरेको, मार्कस्लीप बाझिएमा अफिस कपी मार्कस्लीपको आधारमा अंक कायम गर्नु पथ्र्यो भन्ने समेत व्यहोराको बयान गरी आउनु तथा एस.एल.सी. बोर्डका अध्यक्ष लगायतका सदस्यहरु समेतले उक्त कामको जिम्मेवारी परीक्षा नियन्त्रक नै हुने भएको र लेजर तथा मार्कस्लीपमा अंक केरमेट र थपघट भएकोमा मुख्य परीक्षा नियन्त्रक नै जिम्मेवार हुनुपर्दछ भनी किटानी उल्लेख गरी आएको समेत हुँदा निजले सो सम्बन्धमा थाहा छैन भन्दैमा कसूर नगरेको भनी भन्न सकिने स्थिति देखिएन । उपरोक्त कारण तथा परिबन्दबाट निजले उपरोक्त अनुत्तीर्ण भएका परीक्षार्थीहरुको अफिस कपी मार्कस्लीपमा निजहरुको नेपाली तथा गणित विषयमा अनुत्तीर्ण अंकलाई केरमेट गरी सच्याई, सच्याउन लगाई उपरोक्त अनुसार उत्तीर्णाड्ढ दिई सोही अनुसार फाइनल होरिजन्टल लेजरमा समेत उत्तीर्ण अंक रुजु गराई गलत लिखत तयार गराई सो अनुसार उत्तीर्ण भएको मार्कसिट समेत उपलब्ध गराएको देखिनाले निजले नेपाल कानुन जानी जानी पालन नगरी बदनियतपूर्ण तरिकाले उक्त बमोजिम श्री ५ को सरकारलाई गैरकानुनी हानी र उक्त परीक्षार्थीहरुलाई गैरकानुनी लाभ पुर्‍याई अख्तियार दुरुपयोग निवारण नियमावली, २०३४ को नियम ३(ग) र ६ तथा भ्र.नि. ऐन, २०१७ को दफा ७(१) बमोजिमको कसूर गरेको पुष्टि हुन्छ ।

५३.   शिक्षा तथा संस्कृति मन्त्रालयका शाखा अधिकृत नारायणप्रसाद आचार्य २०४२ सालको ९०० पूर्णाड्ढको एस.एल.सी. परीक्षाको नतीजा प्रकाशनको काममा परीक्षा नियन्त्रण कार्यालयमा काजमा खटिई राष्ट्रिय कम्प्यूटर केन्द्रमा अंकहरु रुजू गर्ने काम गरी आएका हुन । सिम्बल नं. ०८५८२० टीर सिम्बल नं. ०८६०७० जेको मार्कहरु रुजु गर्ने समेतको काम निजले नै गरिआएका हुन निजले उक्त सिम्बल नं. का परीक्षार्थीहरुको नेपाली विषयमा मार्कसीट नं. १ मा उल्लेख भए अनुसार रुजु गरी अंक चढाएको र सो गर्नु अघि परीक्षा नियन्त्रकको निकासा लिई गरेको । सिम्बल नं. ०८६०७० जेको गणित विषयमा ०९ अंकलाई फाइनल होरिजन्टल लेजरमा बृत्त चिन्ह भित्र राखी ३९ लेखेको सम्बन्धमा आफूलाई थाहा नभएको भन्ने समेत व्यहोरा बयानमा उल्लेख गरी आएका छन ।

५४.   मार्कस्लीप नं. २ र ३ मा कुनै अंक नसच्चिएको केरमेट नभएको तर मार्कस्लीप नं. १ मा अनुत्तीर्ण अंकलाई काटी उत्तीर्ण गराएको देखिएपछि सो कुरा परीक्षा नियन्त्रकलाई जानकारी दिएपछि परीक्षा नियन्त्रकबाट मार्कस्लीप नं. १ अनुसार नै गर्नु भनी मौखिक आदेश दिएको भए तापनि परीक्षकले तयार पारेको मार्कस्लीपमा उल्लेखित पास र फेलको संख्या मिल्ने नमिल्ने कुरा समेत हेर्नु पर्ने साथै सो उत्तर पुस्तिका नै माग गरी हेरी अंक यकीन गरी रुजु अंक चढाउनु पर्ने निजको कर्तव्य हो । परीक्षा नियन्त्रकले भनेको भनी बयान गर्दैमा बीचमा कसैले नमिल्ने गरी मार्कस्लीपमा अंक अक्षर केरमेट गरी सच्याई उत्तीर्णाड्ढ दिएकोमा त्यसैलाई आधार मानी उत्तीर्णाड्ढ रुजू गरी अंक चढाएकोमा निजले कसूर नगरेको भन्न मिलेन ।

५५.   निजले सिम्बल नं. ०८५८२० टीर सि.नं. ०८६०७० जेभएका परीक्षार्थीहरुको नेपाली विषयको अफिस कपी मार्कस्लीपमा अंक सच्चिएको आधारमा नै रुजू गरी अंक चढाएको कुरा स्वीकार गरी आएका छैन । सि.नं. ०८६०७० जेको गणितमा मार्कस्लीपमा अंक अक्षर नसच्चिएको तर फाइनल होरिजन्टल लेजरमा ०९ अंक नै छापिएकोमा सो लाई बृत्त चिन्ह भित्र रखी छेउमा ३९ अंक हातले लेखेको सम्बन्धमा निजले आफूलाई केही थाहा नभएको भनी उल्लेख गरी आए तापनि सो लेजर निजकै जिम्मामा रही अन्तिम रुजु गर्ने काम गरेको र सो काम अरु कसैले गरेको समेत देखिन नआएकोले कम्प्यूटरबाट छापिएको उक्त सि.नं. को गणितको ०९ अंकलाई बृत्त चिन्ह भित्र राखी छेउमा हातले ३९ उत्तीर्णाड्ढ लेखेको सम्बन्धमा निजले थाहा छैन भनी भन्न मिल्ने कुरा होइन, सो अंक समेत निजले नै लखेका हुन भनी भन्नु पर्ने हुन्छ । निजले त्यसो नगरेको भए अनुत्तीर्ण भएका उक्त परीक्षार्थीहरु उत्तीर्ण हुन गई रिजल्ट प्रकाशित हुने थिएन । अन्तिम रुजूको आधारमा नै रिजल्ट प्रकाशित भएको हो । निजले फाइनल रुजू गरी लेजर तयार गर्दा अफिस कपी मार्कस्लीपमा सच्चिएको अंक गलत छ भन्ने जानी जानी गलत लिखत तयार गरी आएको कुरा प्रमाणित हुन आएको छ ।

५६.   तसर्थ निज नारायणप्रसाद आचार्यले उपरोक्त बमोजिम गलत लिखत समेत तयार गरी अनुत्तीर्ण भएकोलाई उत्तीर्ण गराएको देखिएकोले निजले सो काम बदनियत पूर्वक गरी नेपाल कानुन जानी जानी पालना नगरी श्री ५ को सरकारलाई गैरकानुनी हानी र उक्त परीक्षार्थीहरुलाई गैरकानुनी लाभ पुर्‍याउने काम गरी अ.दु.नि.नियमावली, २०३४ को नियम ३(ग) र ६ तथा भ्र.नि. ऐन, २०१७ को दफा ७(१) र ९ बमोजिमको कसूर गरेको स्पष्ट देखिन आएको छ ।

५७.   निज कृष्णप्रसाद पन्तले उक्त परीक्षार्थीहरुलाई गैरकानुनी लाभ पुर्‍याउने बदनियतले तथा श्री ५ को सरकारलाई गैरकानुनी हानी पुर्‍याउने बदनियतले आफ्नो जिम्मा नियन्त्रणमा रहेको अफिस कपी मार्कस्लीपमा उल्लेखित अनुत्तीर्ण अंक अक्षर केरमेट गरी सच्याई, सच्याउन लगाई उत्तीर्ण गराई नेपाल कानुन जानी जानी पालना नगरी श्री ५ को सरकारसंग गरेको सपथ पालन नगरी अधिकारको दूरुपयोग समेत गरेकोले निजलाई भ्र.नि. ऐन, २०१७ को दफा ७(१) बमोजिम र नारायणप्रसाद आचार्यले पनि अनुत्तीर्ण भएका उक्त परीक्षार्थीहरुलाई गैरकानुनी लाभ पुर्‍याउने बदनियतले तथा श्री ५ को सरकारलाई गैरकानुनी हानी पुर्‍याउने बदनियतले फाइनल होराइजन्टल लेजरमा अनुत्तीर्ण भएकोलाई उत्तीर्णाड्ढ चढाउने सच्याउने समेत काम गरी नेपाल कानुन जानी जानी पालन नगरी श्री ५ को सरकारसंग गरेको सपथ पालन नगरी अधिकारको दुरुपयोग समेत गरेकोले निजलाई भ्र.नि. ऐन, २०१७ को दफा ७(१) र ९ बमोजिम सजायँ गरिपाउँ ।

५८.   २०४२ सालको ९०० पूर्णाड्ढको एस.एल.सी. परीक्षामा उक्त अनुसार अनुत्तीर्ण देखिएका सिम्बल नं. ०८५८२० टीकी रमादेवी तण्डुकार तथा सिम्बल नं. ०८६०७० जेकी शर्मिला झा को उत्तीर्ण भएको सक्कल मार्कसिट रद्द गरी पाउँ भन्ने पछि तोकिनु भएका छानबीन अधिकृत आयुक्त श्री सर्वज्ञराज पण्डितको ०४५।३।३ को नालेश सरहको प्रतिवेदन । निज प्रतिवादीहरु उपर प्रतिवेदन अनुसार मुद्दा चल्न सक्ने ठहर्छ भन्ने समेत ०४५।६।११ को आयोगको आदेश ।

५९.   २०४२ सालको ९०० पूर्णाड्ढको एस.एल.सी. परीक्षामा अनुत्तीर्ण भएकालाई गैरकानुनी तरिकाले उत्तीर्ण गराए भन्ने विषयको मुद्दा कारवाही किनारा गर्न अ.दु.नि. नियमावली, २०३४ को नियम ३८ को उपनियम (१) (३) बमोजिम मिति २०४५।६।११ मा आयुक्त श्री हेरम्बराज गुरु घराना र आयुक्त श्री इच्छाहर्ष बज्राचार्यलाई तोकिएकोमा अब उक्त मुद्दाको कारवाही किनारा गर्न अ.दु.नि.नियमावली, २०३४ को नियम ३८ को उपनियम (१) (२) बमोजिम यस आयोगका प्रमुख आयुक्त श्री बासुदेव शर्मालाई तोकिएको छ भन्ने सम्माननीय प्रमुख आयुक्तज्यूबाट मिति ०४५।१०।२ मा आदेश भएको व्यहोरा अनुरोध गर्दछु भन्ने मिति ०४५।१०।२ को पत्र ।

६०.   आरोप बमोजिम मैले त्यस्तो अनुचित कुनै कार्य गरेको छैन । आरोप सरासर झुठ छ । यस सम्बन्धमा नतीजा प्रकाशित भइसकेपछि विशेष प्रहरी विभागबाट २ जना कर्मचारी आई १ जना परीक्षार्थीको सिम्बल नम्बर लिई उक्त सिम्बल नम्बर गरेका परीक्षार्थी पुनर्योगबाट उत्तीर्ण भएका छन् सो हेरी आउनु भनी हामीलाई खटाई आएका हौं भने पुनर्योगको काम शुरु भएकै छैन भने त्यसपछि मैले यो के हो भनी कम्प्यूटरले अंक पंच गरेको मूल लेजर बुक हेर्दा निजको सबै विषयमा उत्तीर्ण भएकै देखियो । गोरखापत्र हेर्दा पनि उत्तीर्ण भएकै देखिँदा सो लेजर बुक र गोरखापत्र पनि देखाई दिएँ त्यसको भोलिपल्ट अंग्रेजी र हिसाबको कपि नै लिएर आउनु भनी खटी आएको भनी वि.प्र.वि. बाट एकजना कर्मचारी आई मलाई भने त्यसपछि मैले उक्त दुवै विषयको कपी झिकाई हेर्दा अंग्रेजीमा पास अंक चढेको र हिसाबमा फेल अंक चढेको देखिँदा उक्त दुवै कपी वि.प्र.वि. मा पठाएँ । त्यसपछि पास भएको अंग्रेजीको कपी पनि मगाएको हुँदा त्यसमा म आफूले पनि अनुसन्धान गर्ने काम शुरु गरें । अनुसन्धानको क्रममा रुजू गर्दा फरक टिप्न रुजुकर्तालाई दिएको फरक (डिजाइन सहितको) र कम्प्यूटरले अंक पंच गरेको दुवै भिडाई हेर्दा निज परीक्षार्थीको नेपाली विषयमा अंक गडबड गरेको देखी शंका लागी सो नेपाली विषयको कपी झिकाई प्रष्ट फेल भएको देखें र सो देख्नासाथ म आफैंले विशेष प्रहरी विभागको मुख्य अधिकृत श्री बबुअन ठाकुरलाई फोनबाट सो कपी पनि मगाई अनुसन्धान गर्न अनुरोध गरेँ । कपी र मार्कस्लीप ३ नै प्रति मैले विशेष प्रहरी विभागमा पूर्ण विवरण खोली पठाई अनुसन्धानमा मैले सहयोग गरेको हुँ । रुजूकर्ता नारायणप्रसाद आचार्यले वि.प्र.वि. मा बयान दिंदा मेरो कार्यालयका भरतबहादुर थापालाई हिरासतमा राखी कारवाही गरेपछि यसमा के हो अरु पनि बदमासी छ कि भनी फारम र लेजर हेर्दा अर्को यौटा परीक्षार्थीको पनि गडबढ भएको देखिँदा सो को कपी पनि झिकाई हेर्दा निज पनि फेल भएको देखियो । यसमा भएको अनुचित कार्यको फोन गरी सो अनुत्तीर्ण भएको अर्को कपी पनि झिकाई कारवाही गर्न फोनबाटै अनुरोध गरें पछि सो कपी पनि वि.प्र.वि. बाट लेखी आए बमोजिम वि.प्र.वि. मा पठाई दिएँ । अनुसन्धानमा दोषी पत्ता लगाउन मद्दत होस भन्ने अभिप्रायले उक्त परीक्षार्थीहरुको ३ नै प्रति मार्कस्लीप कम्प्यूटरले अंक पंच गरेको लेजर र रुजू गर्दा प्रयोग हुने फरक सबै वि.प्र.वि. मा पठाई मैले अनुसन्धान कार्यमा पूरा सहयोग गरेकोमा उल्टो म माथि पनि आरोप लगाई मुद्दा चलेको हुँदा यसमा म माथि झुठ्ठा आरोप लगाइनु उचित कुरा होइन म यसमा पूरा निर्दोष छु र मैले कुनै अनुत्तीर्ण अंकलाई सच्याई, सच्याउन लगाउने र अनुत्तीर्ण परीक्षार्थीलाई उत्तीर्ण गराउन कुनै आदेश वा निर्देशन दिएको छैन । त्यो भन्दा अघि यस बारेमा मलाई कुनै कुरा थाहा थिएन लाखौं परीक्षार्थीको परीक्षा संचालनको व्यवस्था देखि लिएर नतीजा प्रकाशित गर्ने विशाल कार्यमा नियन्त्रक एकजनाले मात्र गर्न सक्ने कुरा होइन र असंभव पनि हुँदा परीक्षाको काममा धेरै कर्मचारीहरु परीक्षक प्रधान परीक्षक राष्ट्रिय कम्प्यूटर केन्द्रबाट समेत काम गराइन्छ । कुनै अंक वा अक्षर मार्कस्लीपमा केरमेट वा सच्याइएको तर दस्तखत कसैको नभएकोमा यकीन प्रमाणित हुन नसक्ने भई त्यस्तो केरमेट वा सचिएकोमा मान्यता दिनै नहुने कुरा पनि स्पष्टै छ । अफिस कपिमा अंक अक्षर सचिई सच्याई आदेश निर्देशन दिई अनुत्तीर्णलाई उत्तीर्ण गराई गैरकानुनी तरिकाबाट कसैलाई लाभ पुर्‍याएको भन्ने आरोप विलकुल झुठ्ठा हो । प्रधान परीक्षकले सम्परीक्षण गरिसकेपछि परीक्षार्थीहरुले पाएको अंकको मार्कस्लीप ३ नै प्रति परीक्षा नियन्त्रण कार्यालयमा बुझाउने र यसरी बुझाएको मार्कस्लीप कम्प्यूटरमा पंच गर्न पठाउन रुजुकर्ता परीक्षा नियन्त्रण कार्यालयबाट कम्प्युटरले पंच गरेको अंक भएको लेजर सित रुजु गर्न रुजुकर्तालाई दिन एकप्रति छुट्याउने र अर्को एक प्रति अफिसमा राख्ने काम गर्न नियन्त्रकले कर्मचारीहरु खटाइने व्यवस्था भएको हुँदा अफिस कपी नियन्त्रकको जिम्मा र नियन्त्रणमा रहने भन्ने कुरा ठिक होइन जिम्मामा र नियन्त्रणमा तीनै कपी मार्कस्लीप कार्यालयमा रहने कुरा हो नियन्त्रकले एक प्रति मात्र जिम्मा नियन्त्रण राख्ने भन्ने कुरा ठिक होइन । परीक्षा नियन्त्रणमा प्रश्नपत्र देखि लिएर अन्य कागजपत्रहरु पनि रहने स्वभाविकै कुरा भएको र परीक्षा नियन्त्रकले परीक्षक र प्रधान परीक्षकहरुलाई नियुक्ति गरी परीक्षण र संरक्षणको कार्य गराउने जिम्मेवारी भएको नियन्त्रकले बदनियत वा अनुचित कार्य गराउने कसैसित मिलेर त्यस्तो निच कार्य गरेको होला भन्ने विवेकपूर्ण रुपमा हेरेमा पनि त्यस्तो अनुचित कार्य नियन्त्रकबाट हुन नसक्ने प्रष्टै हुन्छ । यी नारायणप्रसाद आचार्य मेरो मातहतको कर्मचारी पनि होइन र तीनै बिना कुनै ठोस आधारमै मेरो आदेश वा निर्देशन मान्नु पर्ने कुनै किसिमको बाध्यता नभएको र शाखा अधिकृत जस्तो जिम्मेवारी पदमा रहेका व्यक्तिले रुजू गर्दा शुद्धा शुद्धीसंग रुजु गर्नु पर्ने निजको जिम्मेवारी र कर्तव्य हो । बिना कुनै ठोस आधार नभई आफ्नो मनखुसीले कुनै अंक कायम गर्नु निजको दोष हो र गैर जिम्मेवारी कार्य गरेको ठहरिन्छ । मैले आफ्नो कार्यकाल भरि नै कुनै पनि परीक्षार्थीलाई प्रत्यक्ष वा अप्रत्यक्ष लाभ पुर्‍याउने कार्य गरेको छैन र परीक्षाको गरिमा र प्रतिष्ठा गर्ने कार्य गर्ने कुरामा मैले योगदान पुर्‍याउँदै आएको छु भन्ने समेत प्र.कृष्ण पन्तले आयोग समक्ष गरेको बयान ।

६१.   आरोप बमोजिमको कसूर मैले गरेको छैन । मैले कसैलाई चिने जानेको नाता गोता पनि कोही छैन बाबु आमाको चिना जानी नाता गोता पनि छैनन् र भनसुन गरी परीक्षा नियन्त्रकलाई चिने जानेको र अनुचित प्रभावमा पारी अनुत्तीर्ण अंकलाई उत्तीर्ण गराएको कुनै कुरा मलाई थाहा छैन गरेको पनि होइन । कसरी भयो किन त्यस्तो भयो मलाई थाहा छैन र गैरकानुनी लाभ उठाएकी छैन । अपराध छिपाउने दुष्प्रयास गरी बयानमा पूरा नखुलाएको समेत होइन । हाल ताहाचल क्याम्पसमा प्रविणता प्रमाणपत्र तहमा द्वितीय वर्षमा पढ्दैछु भन्ने प्र.रमादेवी तण्डुकारको आयोग समक्ष गरेको बयान ।

६२.   नियम बमोजिम मलाई लगाएको अभियोग झुठ्ठा हो । म परीक्षा दिन गएँ । रिजल्ट निस्क्यो । गोरखापत्रमा हेरें म पास थिएँ स्कुल गएँ मार्कसिट ल्याएँ । मलाई अरु केही थाहा छैन । परीक्षा नियन्त्रकलाई मैले चिनेको पनि छैन अनुचित प्रभावमा पारेको समेत छैन । अपराध छिपाउने दुष्प्रयास गरेकी पनि होइन । म अहिले आइ.ए. द्वितीय वर्षको पढाई सिध्याई सकेकी छु भन्ने समेत प्र.शर्मिला झा ले आयोगमा गरेकी बयान ।

६३.   आरोपमा इन्कारी बयान गर्दै विशेष प्रहरी विभागमा गरे बमोजिमको प्र.नारायणप्रसाद आचार्यको बयान ।

६४.   मिति ०४५।११।५ मा भएको प्रमाण बुझ्ने आदेश ।

६५.   वादी श्री ५ को सरकार तर्फबाट विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले शर्मिला झा सिम्बल नं. ०८६०७० जेको नेपालीमा २५ गणितमा ९ मात्र पाई फेल भएकोमा र रमादेवी तण्डुकार नेपालीमा २५ मात्र अंक पाई फेल भएको मार्कस्लिपमा २५ लेखेकोमा ३५ बनाएकोमा एक्जामिनर र हेडएक्जामिनरले ११ जना पास २ जना फेल भनेकोमा त्यो त्यतिकै छ तर २५ लेखेकोमा ३५ लेखेको भएपछि एक्जामिनरले नै गरेको भए सो पास फेल पनि बनाइन्थ्यो सो नभएकोले एक्जामिनरले बनाएको नभई प्रतिवादीले नै बनाएको देखिन्छ । कसले गर्‍यो भन्ने हकमा रुजुकर्ता नारायणप्रसादले रुजू गर्दा फरक परेको अर्कै परीक्षा नियन्त्रकलाई सोद्धा जे भनिन्थ्यो सोही अंक कायम गरिन्थ्यो भनेको छ । सबै जवाफदेही परीक्षा नियन्त्रकको हुन्छ । फरक परेको जानकारीमा आएपछि उत्तर कापी हेरिनु पथ्र्यौ सो नगरेको २५ लाई बृत्त चिन्ह दिई ३२ गरेको मैले नै गरेको पनि हुन सक्तछ भनेकोले निजको पनि कुरा लर्बरिएको छ । रुजु गर्नेले परीक्षा नियन्त्रकले गर भने पनि गर्न नहुने काम गरी आफू पन्छिन खोजेको छ । आफ्नो जिम्मा नियन्त्रकको कागज सचिए बिग्रिए पछि यो यसले यसरी गर्‍यो भन्नु पर्छ त्यसो भनेको छैन सो गल्ती काम कसले गर्‍यो? जिम्मेवारीबाट पन्छिन मिल्दैन । शर्मिला झा र रमादेवी तुण्डुकार फेल भएकालाई बिना कोशिस भनसुन मोलाहिजा नभई किन पास गराइयो । परिबन्धात्मक प्रमाणबाट कानुन बर्खिलाप भएको छ । प्रष्टतया फेल भएकालाई केर थप गरी पास गराइरहन के मतलब पर्‍यो त वोर्डको पदाधिकारीहरुलाई समेत बुझ्दा जवाफदेही परीक्षा नियन्त्रककै हो भनेका छन ।

६६.   शर्मिला झा को तर्फबाट विद्वान अधिवक्ताले हेलचक्रयाई सम्म भएको छ बदनियत होइन भन्नु भयो हेलचक्रयाई पनि किन गर्‍यो फेल भएको मानिस किन पास भयो । पूर्व योजना तयार गरी काम भएको छ । वि.प्र.वि. मा आफ्नू स्वार्थसिद्ध नभएकोले वि.प्र.वि.मा भन्न गएकोबाट कसूर भएको देखिएपछि पोल खुल्ला भनी आफै खुलाएको र कापी पठाएको हो र कारवाही शुरु भयो । बिना बदनियत यो काम भएको छैन । अन्तिम जवाफदेही परीक्षा नियन्त्रकको नै हुँदा निजैको दोष छ । प्रमाणपत्र रद्द गरी अभियुक्तहरुलाई दावी बमोजिम सजायँ हुन पर्छ भन्नु भयो ।

६७.   प्र.कृष्णप्रसाद पन्तका तर्फबाट विद्वान अधिवक्ता श्री शुशिलकुमार पन्तले मेरो पक्ष माथि भ्र.नि. ऐन, २०१७ को दफा ७(१) को सजायँ दावी लिएको छ । उक्त ७(१) मा गरैकानुनी लाभ वा हानी पुर्‍याउने वदनियतले कानुन जानी जानी उल्लंघन भएको हुनुपर्छ वदनियत भन्ने प्रतिवेदनमा उल्लेख छैन ।

६८.   निज प्र. परीक्षा नियन्त्रकको बदनियत छैन भन्ने कुरा उक्त फेल भएकालाई पास गराएको कुराको थाहा पाएपछि मेरा पक्षको सकृयताबाटै अनुसन्धान शुरु भएकोबाट थाहा हुन्छ । वि.प्र.वि. ले त अंग्रेजी कापी मागेको थियो मेरा पक्षले अरु फेल भएका कापी खोजी गरी पठाएकोले बदनियत छैन भन्ने प्रष्टै छ । बोर्डले जसरी सबै कागज गर्नै सक्तैन भनेको छ त्यसै गरी परीक्षा नियन्त्रकले पनि हेर्नै सक्तैन । संभव पनि छैन । रुजु गर्न पठाएका रुजु गर्दा के गरेको छ कसरी दायित्व बोक्ने । परीक्षा नियन्त्रकलाई गलत भएको छ भन्ने जानकारी आएको छ भने निजले गल्ती गरेको ठहर्छ । यदि थाहा छैन भने मेरो पक्षको गल्ती छैन । कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २(ज) ले इमान्दारीपूर्वक गरेको काम असल नियतले गरेको भन्ने उल्लेख भएको छ । रुजु गर्दा अंक नमिलेको कुरा मेरा पक्षलाई जानकारी दिएको थिएन भन्ने कुरा नारायणप्रसादको बयानबाट देखिन्छ । निजको विशेष प्रहरीमा भएको बयानमा परस्पर बाझिएको छ । कृष्णप्रसाद पन्तले थाहा पाएको थियो भन्ने नारायणप्रसादको बयान सिवाय अरु केही छैन । परीक्षा नियन्त्रकलाई भनेको भन्ने निजको बयानको अन्त्यमा मात्र भनेको छ । निज नारायणप्रसादले गरेको बयानमा अंग्रेजी भएकोले मिल्छ भन्ने डरले त्यस्तो लेखेको हो । परीक्षा नियन्त्रकले फेललाई पास गर्ने भए कोइसन बनाउने राख्ने कापी जाँच्न पठाउनेले त्यै बेला पास गराई दिन सक्छ नारायणप्रसाद आचार्यसँग मिली पास गराउन पर्दैन । केवल पोलेका भरबाट मेरो पक्ष माथि मुद्दा चल्न सक्तैन । गणित ९ लाई ३९ गरेको ३ वटै मार्कस्लीपमा ९ नै छन् भने त्यो ३९ कस्ले गरेको भन्दा रुजूकर्ताले नै गरेको ठहर्छ जब ९ मा फेल छ भने अर्कोमा पास गराई के पाउँछ र गर्ने भनी ने.का.प. ०४३ अंक १० पृष्ठ १००७ नि.नं. २८८२ मा भ्रष्टाचारको लागि बदनियत तत्वको आवश्यकता पर्ने कुरा देखाएको छ ।

६९.   रुजुकर्तालाई दिने नियुक्तिमा सम्पूर्ण जिम्मेवारी दिएकोले यसैको उत्तरदायित्व हुन्छ । मेरो पक्षले भ्रष्टाचार गरेको देखाउन सकेको छैन । पंच गर्ने टेबुलेसन र रुजु कपीमा विवाद आएमा मात्र १ नं. अफिस कपी हेर्नुपर्छ ति दुवै वटामा फरक नदेखिए पछि अफिस कपी सम्म पुग्नै पर्दैन । गणितमा २ वटैमा ९ भएपछि पनि ३९ बनाएकोले त्यो कसरी बनायो त्यसमा परीक्षा नियन्त्रकसंग सम्बन्ध छैन । मेरा पक्षले सफाई पाउनु पर्छ भन्नु भयो ।

७०.   प्रतिवादी नारायणप्रसाद आचार्यका तर्फबाट विद्वान अधिवक्ता श्री शम्भू थापाले मेरा पक्षले रुजु गर्दा देखिएका कैफियतहरुको कपी हेर्नु पर्ने भनी जनिएको छ । अन्तिम कपीमा बदनियत भएको छ । त्यसरी लेखेको कैफियत भए पछि त्यो कस्लाई सोधिन्छ भने परीक्षा नियन्त्रकलाई सोधिन्छ मेरो पक्षले नै गल्ती गरेको भए आफै कैफियत किन लेख्ने । त्यो खेस्रा नारायणप्रसादको हकमा प्रमाण आउँछ । कपी हेर्नु पर्ने भनेपछि कपी हेर्ने चलन रहेनछ भने अरु बुझिएका व्यक्तिले भनेको बाट बुझिन्छ । १ नं. को स्लीप अफिस कपीमा सचिएर आएकोले त्यै बमोजिम गर्नु भनेपछि नारायणप्रसादले के गर्ने फाइनल रुजु कपी आउँदा नै सचिएर आएको र त्यै बमोजिम गर्नु भनेको हो । नारायणप्रसादले सच्याएको भए १, २ दुवै कपी जिम्मा भएकोले दुवैमा सच्याउने थिए । यौटा मात्र सच्याएकोले निज नारायणप्रसादले सच्याएको होइन । दुइटै नसच्याई मक्सदै पूरा हुँदैन ।

७१.   गणितको ९ अंकलाई ३९ गरेको ३ नै वटा स्लीपमा सच्याएको छैन र एकै चोटी अन्तिम होरिजन्टल लेजरमा मात्र हस्ताक्षरले सच्याएको छ भने कस्ले सच्याएत ? नारायणप्रसादले सच्याएको भए १ र २ नं. स्लीपमा नै सच्याउने थिए । विद्वान मित्र पन्तले बहसमा नमूनाको ३ को अंक नेपालीमा लेखेकोले अंगेजीबाट मिल्ला भन्ने डरले अंग्रेजी नलेखी नेपाली ३ को अंक लेखेको भन्ने बहस गर्नु भएकोमा नारायणप्रसादले स्वीकार गरेको २५ लाई ३२ बनाएकोमा नेपाली नै अंकमा ३ लेखेको र ९ लाई ३२ बनाएको चाहि कस्ले सच्याएको हो त्यस्मा अंग्रेजीमा ३ को अंक लेखेको छ त्यो नारायणप्रसादले सच्याएको होइन नारायणप्रसादको नेपाली अंक लेख्ने चलन छ भन्ने बुझिन्छ । नारायणप्रसादले नियन्त्रकलाई सोधेको छ केही समस्या परेमा आफू भन्दा माथिका हाकिमलाई सोध्नु पर्ने निर्विवाद छ ।

७२.   नारायणप्रसाद आचार्य र रमादेवी तण्डुकार शर्मिला झाको मिलोमतो भएको मोलाहिजा लिनु दिनु भएको देखाउन सकेको छैन । गैरकानुनी लाभ पुर्‍याउने मनसाय भएको खोई बिना त्यो भ्रष्टाचार हुन सक्तैन । नारायणप्रसादले कपी हेर्नु पर्ने नहेरी रिजल्ट निकालेको भन्ने अभियोगको हकका हेलचेक्राई हुन सक्छ । हेलचेक्राई लापरवाही भ्रष्टाचार हुन सक्तैन ।

७३.   रुजुकर्तालाई दिएको नियुक्तिमा हेर्नु भनेको ३ नं. कपी कम्प्यूटरमा पठाएको छ र सचिएको १ नं. दिइनेछ भने मेरो पक्षले के गर्ने । रुजु गरी सकेपछि ती कागजात राख्ने गोप्य ठाउँ नहुनाले जस्ले पनि सच्याउन सक्छ । ९ लाई ३९ गर्दा अन्तिम कम्प्यूटरबाट छापिंदा जस्ले पनि गर्न सक्तछ भ्रष्टाचारको अभियोग लाउन मिल्दैन सफाई पाउनु पर्छ भन्नु भयो ।

७४.   प्रतिवादी शर्मिला झा को तर्फबाट विद्वान अधिवक्ता श्री रामलोचन झा ले शिक्षा नियमावली, २०२८ को नियम १६ बमोजिम हुन पर्ने त्यस्तोमा भ्रष्टाचार निवारण ऐन लाग्न र आयोगबाट कारवाई गर्न मिल्दैन । परीक्षा बोर्डले निर्णय गर्ने अधिकार छ । परीक्षा नियन्त्रकले बोर्डमा लानु पथ्र्यो छानबीन अधिकृतज्यूको पैलो प्रतिवेदनमा पनि निष्कर्षमा पुग्न धरमर भएको छ । कम्प्यूटर केन्द्रको अशोककुमार आचार्यको बयानमा परीक्षा नियन्त्रकलाई देखाएकै हो निजले भनेर गरेको हो भन्ने र त्यै नालेश सरहको प्रतिवेदनमा देखाएको हो भन्ने देखिन नआएको भन्ने उल्लेख भएकोले छानबीन अधिकृतको प्रतिवेदन मिल्दैन । २९  आएको नेपालीमा २५ अंक कसरी भयो २५ लाई ३२ गराउनु भन्दा अगाडि नै बदमासी भएको छ त्यो गरेकोमा नियन्त्रकले शिक्षा नियमावली अनुसार कारवाई नगरी किन मुद्दा यहाँ ल्याएको हो त्यै अनियमितता दबाउन यो नाटक रचिएको हो । विद्वान सरकारी वकिलले परिबन्दबाट फेल भएकालाई पास गरेको देखिन्छ भन्ने बहस गर्नु भएको कसरी परिबन्द पर्‍यो परिबन्दको सिलसिलाबद्ध क्रमकै त्यो छैन परिबन्द भन्दैमा सुख पाइदैन शर्मिला झा र रमादेवीले कसैसंग मिलेमतो लिनु दिनु गरेको देखाउन सकेको छैन । दोष कसैको छैन कार्यविधिको दोष हो बोर्डले शिक्षा नियमावलीको विरुद्ध जिम्मेवारी पन्छन पाउँदैन । त्यै वर्ष मलाई फेल गरेको भए अर्को वर्ष जाचँ दिन पाउने स्वतन्त्र हक भएकोमा अहिले मार्कसिट रद्द गर्दा मौलिक हक हनन् हुन्छ । रिजल्ट चाँडो निकाल्ने हतारले हेलचेक्र्याई गरेको हो । अख्तियार दुरुपयोग भएको हो । भ्रष्टाचार होइन अख्तियार दुरुपयोग नियमावली, २०३४ को नियम ३ को खण्डहरुको ग होइन अरु नै खण्ड बमोजिम कारवाई गर्दा हुन्छ । विभागीय कारवाई गर्न सकिन्छ मार्कसिट रद्द गर्ने दावी छ स्थाई प्रमाणपत्र मार्कसिट रद्द गर्ने पुनर्योग र अंग्रेजीको कापी माग्न आएकोमा सबै खोतली कापी पठाउन किन पर्‍यो ? मेरा पक्षले कुनै गल्ती नगरेकोले प्रमाणपत्र रद्द गर्न मिल्दैन सफाई पाउँ भन्नु भयो ।

७५.   प्र.कृष्णप्रसाद पन्तका तर्फबाट विद्वान अधिवक्ता श्री गोपालप्रसाद भण्डारीले उत्तर कापी नै हेर्नु पर्ने भन्नु भएको भन्ने साक्षीहरुले भनेका छन् र नारायणप्रसादले ततिम्बा बयानमा भनेको भरबाट परीक्षा नियन्त्रकलाई मुद्दा लाग्न सक्दैन भन्नु भयो भन्ने समेतको बहस प्रस्तुत गर्नु भयो ।

७६.   अनुत्तीर्ण विद्यार्थीलाई गैरकानुनी तरिकाबाट उत्तीर्ण गराएको कस्को बदनियतबाट भएको हो भन्ने हकमा विचार गर्दा प्रतिवादी मध्ये तत्कालीन परीक्षा नियन्त्रक कृष्णप्रसाद पन्त आफू निर्दोष छु भनी इन्कार गरे तापनि छानबीनको क्रममा बुझिएका संचालक समितिका सदस्यहरु तथा अध्यक्षले समस्त जिम्मेवारी परीक्षा नियन्त्रक कृष्णप्रसाद पन्तकै हो भनी बयान गरेका रुजु गर्ने काममा खटिएको शिक्षा तथा संस्कृति मन्त्रालयका शा.अ. प्रतिवादी नारायणप्रसाद आचार्यका अतिरिक्त छानबीनको क्रममा बुझिएका जनक शिक्षा सामग्री केन्द्रका सातौं तह रामचन्द्र सिलवालले यस्तो समस्याको अन्तिम निर्णय नियन्त्रकज्यूबाट हुन्थ्यो शंका लागेको नम्बर हामी टिपेर दिने गथ्र्यौ र वहाँले जुन नम्बर भन्ने गर्नु हुन्थ्यो त्यही चढाउने प्रकृया थियो, अफिस कपीमा जे नम्बर छ त्यही राख्ने आदेश हुन्थ्यो कपी हेर्ने त्यस्तो प्रकृया थिएन भन्ने र कुनै अंक सच्चिन आए वा थपघट भएमा परीक्षा नियन्त्रकलाई देखाई वहाँको नोटिसमा ल्याई मात्र कम्प्यूटरमा राख्ने र नतीजा प्रकाशन गर्ने गरिन्थ्यो भन्ने समेत राष्ट्रिय कम्प्युटर केन्द्रका अशोककुमार आचार्यले बयान गरेका र अंक अक्षर केरमेट भएको वा फरक परेको भए समाधानको लागि मौखिक रुपमा परीक्षा नियन्त्रकसंग सल्लाह लिने र परीक्षा नियन्त्रकज्यूले दिएको निर्देशन अनुसार गर्ने भन्ने थियो भनी शिक्षा तथा संस्कृति मन्त्रालयका उपसचिव शरदप्रसाद जोशीले बयान गरेका र अंक फरक पर्ने वा शंकास्पद लागेमा तेश्रो स्लीपसंग भिडाउने र अझ चित्त नबुझे कन्ट्रोलरलाई भनी कपि नै हेर्नेसम्म गर्नु पथ्र्यो र स्लीप बाझिएमा अफिस कपिसंग मिलान गरी सोही अनुसार गर्नु पर्ने परम्परा र सोही अनुसार निर्देशन पनि थियो भन्ने समेत कृष्णचन्द्र न्यौपानेले बयान गरेकाले त्यस्तो फरक परेका शंकास्पद अंकहरुलाई निजको निर्देशमा नै अन्तिम अंक कायम गर्ने गरेको रहेछ भन्ने कुरा प्रष्ट हुन आउँछ यदि निजको बदनियत नभए त्यसरी शंकास्पद अंक अक्षर देखिएको अवस्थामा रुजुकर्ताहरुले आफ्नो जानकारीमा ल्याएपछि उत्तरपुस्तिका नै हेरी भिडाई वास्तविक अंक कायम गर्नु पर्ने निजकै जिम्मेवारी र उत्तरदायित्वको कुरा हो ।

७७.   रुजुकर्ता नारायणप्रसाद आचार्यले परीक्षा नियन्त्रकको ध्यान आकर्षण गराउँदा पनि त्यसको वास्ता नगरेको निजले मलाई सोधेका थिएन भन्ने सम्बन्धमा निज नारायणप्रसाद आचार्यले रुजु गर्दा टिपेको खेस्रा मिसिल सामेल रहेकोबाट सिम्बल नं. ०८५८२० टीको कपी हेर्नु पर्ने शंकास्पद भनी टिपी राखेको देखिएकोले निजले सोधेनन होला भन्न नमिल्ने र नारायणप्रसाद, रामचन्द्र सिलवालबाट मेरो मातहतको कर्मचारी नहुनाले मेरो आदेश निर्देशन मान्न बाध्य नहुने भन्ने निजको बयान सार्थक र युक्तिसंगत नहुने ।

७८.   प्रतिवादी तर्फका विद्वान अधिवक्ताहरुले आफ्नो बहसको दौरानमा हेलचेक्र्याई भएको कुरा स्वीकार गर्नु भएको छ । भ्रष्टाचार निवारण ऐन, २०१७ को संशोधन सहित दफा ७(१) मा सरकारी सेवामा रहेको कुनै राष्ट्र सेवकले आफू वा अरु कुनै व्यक्तिहरुलाई गैरकानुनी लाभ पुर्‍याउने बदनियतले वा राष्ट्र वा श्री ५ तथा श्री ५ को सरकार, वा सरकारी मान्यता प्राप्त कुनै संस्था वा कुनै व्यक्तिलाई गैरकानुनी हानी पुर्‍याउने बदनियतले नेपाल कानुन जानी जानी पालन नगरेमा, वा श्री ५ तथा श्री ५ को सरकारसंग गरेको सपथ वा शर्त वा कबूलियत सम्झौता जानी जानी पालना नगरेमा, वा सरकारी सुविधा वा अधिकारको दुरुपयोग गरेमा वा त्यस्तो सुविधा वा अधिकार प्राप्त गरेमा, वा ती लेखिए मध्ये कुनै काम कुरा गर्ने प्रयत्न गरेमा निजलाई कसूरको मात्रा अनुसार १ वर्ष देखि ३ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजायँ हुनेछभन्ने वाक्यांशहरु उल्लेख भएकोले उक्त २ नं. को प्रयोजनको लागि हेलचेक्र्याई गर्नासाथ अधिकारको दुरुपयोग हुन जाने हुँदा प्र.मध्येका कृष्णप्रसाद पन्त निर्दोष हो भन्न सकिने अवस्था देखिन आएन । उपरोक्त लेखिएका प्रमाण परिबन्दबाट निज कृष्णप्रसाद पन्तले शर्मिला झा र रमादेवी तण्डुकारलाई गैरकानुनी लाभ पुर्‍याउने बदनियतले आफूले सेवामा प्रवेश गर्दा गरेको शपथ जानी जानी पालना नगरी सरकारी अधिकारको दुरुपयोग गरेकाले उक्त दफा ७(१) अनुसार भ्रष्टाचारको कसूर गरी अ.दु.नि. नियमावली, २०३४ को नियम ३(ग) र दफा ६ बमोजिम अख्तियारको दुरुपयोग गरेको ठहर्छ ।

७९.   प्रतिवादी नारायणप्रसाद आचार्यका हकमा विचार गर्दा निज शिक्षा तथा संस्कृति मन्त्रालयबाट २०४२ सालको ९०० पूर्णाड्ढको नतीजा प्रकाशन गर्ने सिलसिलामा रुजु गर्ने कामको निमित्त खटि गएका र विवादास्पद अंकहरु रुजु गरेका हुन भन्ने कुरा मिसिलबाट देखिएको । रमादेवीको सिम्बल नं. ०८५८२० टीको नेपाली विषयमा होराइजेन्टल लेजरमा २५ अंक छापी राखेकोमा त्यसलाई हरियो मसीले बृत्त चिन्ह भित्र पारी ३२ लेखेको कुरामा निजले वि.प्र.वि. मा बयान गर्दा मैले लेखेको हुनसक्छ भनी लेखेको छ । टेबुल नं. १ अफिस कपी नै निर्णायक हुने भएकोले सो हेरी रुजु गरेको हुँ आफूसंग रहेको कपी र कम्प्यूटरमा नमिलेमा अफिस कपी अनुसार गर्नुपर्ने कुरा स्वयं नियन्त्रकले आदेश दिनु भएको हो भनी स.नं. ३२ र ३३ मा लेखाएको । निजले त्यस्तो गैरकानुनी काम परीक्षा नियन्त्रकले भन्दैमा मान्नु पर्ने मनासिब कारण देखाउन नसकेको । सच्चिएको अफिस कपी मार्कस्लीपबाट रुजु गरेकोमा पास फेल संख्या हेर्नु पनि निजको कर्तव्य हुन आउँछ । निजले रुजु गरेका स्लीप परीक्षकले पास फेल लेखेको संख्यामा मिल्न आएको पनि छैन । परीक्षा नियन्त्रकलाई सोधेर गरेको भनी आफ्नो उत्तरदायित्व पन्छाउँदैमा निज निर्दोष हो भन्न मिल्दैन । निजले शंकास्पद कपी हेर्नु पर्ने भनी टिपी राखेकोमा सो कपी नै हेर्नुपर्ने निजको कर्तव्य थियो सो गरेको देखिन आएन र सिम्बल नं. ०८६०७० जेको गणित विषयमा ०९ अंक छापिएको जम्मा बृत्त भित्र पारी हातले ३९ अंक बनाएको आफूलाई थाहा नभएको भन्दै आए पनि निजले २५ लाई ३२ बनाएको कुरा स्वीकार गरिआएका छन् सो समेत निजैले नै लेखेको भन्नु पर्ने हुन आउँछ । तसर्थ निजले प्रतिवादी रमादेवी तण्डुकार र शर्मिला झालाई गैरकानुनी लाभ पुर्‍याउने बदनियतले माथि प्रकरण एकमा लेखिए बमोजिम आफू सेवामा प्रवेश गर्दा गरेको शपथ जानी जानी पालना नगरी सरकारी अधिकारको दुरुपयोग गरेकोले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) बमोजिम भ्रष्टाचारको कसूर गरी अ.दु.नि. नियमावली, २०३४ को नियम ३(ग) र नियम ६ बमोजिम अख्तियार दुरुपयोग गरेको ठहर्छ । छानबीन अधिकृत सर्वज्ञराज पण्डितले पेश गर्नु भएको प्रतिवेदनमा दावी गरेको भ्र.नि. ऐन, २०१७ को दफा ९ को गलत लिखत तयार गरेको भन्ने संज्ञा दिन नमिल्ने हुँदा सो दावी पुग्ने देखिन आएन ।

८०.   प्रतिवादी रमादेवी तण्डुकार र शर्मिला झाका सम्बन्धमा छानबीन अधिकृतले पेश गरेको प्रतिवेदनमा परीक्षा नियन्त्रकलाई अनुचित प्रभावमा पारेको र अनुत्तीर्ण भएकोमा उत्तीर्ण भई गैरकानुनी लाभ भएकोले भ्र.नि. ऐन, २०१७ को दफा ८ को सजायँको माग भएको देखिन आएको छ । निजहरु माथि प्रकरणमा विवेचना गरे बमोजिम अनुत्तीर्ण भएकालाई अंक सच्याई बनाई थपी उत्तीर्ण गराएको कुरा निर्विवाद रुपमा देखिन आए पनि के कसरी अनुचित प्रभावमा पारी हात लिएको भन्ने कुरा मिसिलबाट प्रष्ट देखिन नआएको हुँदा निजहरुलाई उपदफा ८ बमोजिम सजायँ गर्न न्यायोचित नहुने र त्यसरी खास फेल भएकोमा गैरकानुनी तरिकाबाट पास भएको मार्कसिट कायम राख्न पनि कानुनले नमिल्ने हुँदा निजहरुले प्राप्त गरकै आरोपित प्रतिवेदन दावी बमोजिम रद्ध गरी दिनु नै पर्याप्त हुने हुनाले सो मार्कसिटहरु रद्ध हुने ठहर्छ । आफ्ना पक्षले सफाई पाउनु पर्छ भन्ने प्रतिवादी तर्फका विद्वान अधिवक्ताहरुको बहससंग सहमत हुन सकिएन भन्ने ठहर फैसला ।

८१.   भ्रष्टाचार हुनलाई भ्र.नि. ऐनको दफा ७(१) को अन्तरवस्तु विद्यमान हुनु पर्ने तथा अ.दु.नि. नि. को नियम १४ बमोजिम प्रष्ट बदनियत विद्यमान हुनु पर्ने तर विपक्षीबाट सो प्रमाणितकै तथ्य सम्म उल्लेख गरेको छैन । मेरो कुनै मोलाहिजा वा स्वार्थ रहे भएको छैन । शर्मिला झा र रमादेवी तण्डुकारलाई भ्रष्टाचार गरेको अभियोगबाट सफाई दिएको अवस्थामा पुनरावेदकको हकमा भ्रष्टाचारको कसूर नभएको स्वतः स्पष्ट छ । अपराध अनुसन्धान कार्यमा म स्वयंले पनि सहयोग पुर्‍याएको छु । प्रतिवादी मध्येका नारायण आचार्यका विशेष प्रहरीको बयान गैरजिम्मेवार झुठ्ठा र परस्पर बाझिएका छन् । अभियुक्त नारायण आचार्यले सच्याएको अंक मैले सच्याएको भनी बयान गरेका छन् । प्राप्त अंकलाई ३५ र ३२ गर्न नियन्त्रकले निकासा दिएको भनी सुन्ने साक्षी भनेकाले भनेका छैनन् । परीक्षार्थीले प्राप्त गरेको अंक उतार र रुजु टेबुलेसन भेरिफाई गर्ने प्रकृयाको सन्दर्भमा आयोगले परीक्षा नियन्त्रण कार्यालयलाई २०४५।११।५ मा लेखेको पत्रको जवाफमा परीक्षा नियन्त्रण कार्यालयले परीक्षकले उत्तरपुस्तिकासंग पेश गर्ने मार्कस्लीप टेबुल नं. १, , ३ मध्ये सामान्यतया टे.नं. ३ कम्प्यूटर लेजरसंग भिडाउन दिने, कम्प्यूटर लेजरमा टे.नं. २ अनुसार अंक नमिलेको अवस्थामा मात्र टेबुल नं. १ अफिस कपी रुजुकर्तालाई दिने गरिएको भनी खुलाई पठाइएकोछ । अंक फरक परेको अवस्थामा मात्र कार्यालय प्रतिसंग र त्यसबाट पनि शंका भएमा पुस्तिकामा नै हेनु पर्ने थियो । अन्तिम जिम्मेवारीको मतलब क्रशचेक लगायतका सम्पूर्ण काम निजले गर्नु पर्ने होइन । पुनरावेदकले आफ्नो कर्तव्य पालनमा कुनै हेलचेक्राई वा लापरवाही गरेको छैन । मैले कुनै एक प्रतिलाई निर्णय मान्नु भन्ने निर्देशन पनि नदिएको र त्यस्तो निर्देशन दिने प्रश्न पनि छैन । मेरा कानुन व्यवसायीले मैले हेलचेक्रयाई गरेका कुरामा सहमति जनाएका छैनन् । अन्य कानुन व्यवसायीले मेरो खिलाप बोलेको कुरा प्रमाणमा आकृष्ट हुने पनि होइन । आयोगको निर्णय अत्यन्त विरोधाभाषपूर्ण छ अतः मैले सफाई पाउनु पर्नेमा अभियोग ठहर गरेको गैरकानुनी छ भन्ने समेतको कृष्णप्रसाद पन्तको पुनरावेदन ।

 

८२.   भ्र.नि. ऐ., २०१७ को दफा ७(१) आकर्षित हुन बदनियत हुनु आवश्यक हुन्छ तर मेरो सम्बन्धमा बदनियत प्रमाणित हुनसकेको छैन । प्रतिवादी मध्येका रमादेवी तथा शर्मिला झा संग मेरो बदनियत नरहेको स्वतः प्रमाणित भएको छ । रुजु गर्दा देखिएको शंकालाई खेस्रामा टिपेको मिसिल संलग्न छ । उत्तरपुस्तिका हेर्ने कार्य प्रचलनमा नरहेको तथ्य स्थापित छ । उत्तरपुस्तिका सम्म नहेरेको कारणबाट भ्रष्टाचारको कार्य भएको मान्न मिल्दैन । परीक्षा नियन्त्रकज्यूको आदेश बमोजिम र प्रचलन अनुसार उत्तरपुस्तिका नरहेको भन्ने कारणबाट सम्मानीत आयोग स्वयंले ठहर गरेको छ । यदि मैले भ्रष्टाचारजन्य कृया गरेको भए तिनै प्रति नम्बर प्रतिमा प्राप्तांकमा सचिनु पर्ने हो । साथै नम्बर प्रतिहरु पनि सुव्यवस्थित रहेका थिएनन् । सि.नं. ०८६०७० जेको गणितमा ०९ प्राप्तांक भएकोमा अन्तिम कम्प्यूटर शर्तमा ३९ प्राप्तांक भई आएको छ भने यसबाट नै अन्य व्यक्तिहरुले उक्त कार्य गरेको सर्वथा प्रमाणित भएको छ । कम्प्यूटरका कर्मचारी समेत संलग्न हुन सक्ने प्रस्तुत अवस्थामा सो विवेचना भएको छैन । अफिस कपीमा ३२ नम्बर रहेको हुनाले मेरो रुजू कपी भिडाउँदा फरक परेकोले अफिस कपी बमोजिम २५ लाई ३२ बनाएको हुँ । मैले बदनियत लिएको छैन सोध्नु पर्ने ठाउँमा सोधेको हुँ अतः अ.दु.नि.अ. ले मलाई अभियोग ठहर गरी गरेको फैसला प्रमाण ऐन, भ्र.नि.ऐ. तथा अख्तियार दुरुपयोग निवारण नियमावली बमोजिम त्रुटिपूर्ण छ भन्ने समेत नारायणप्रसाद आचार्यको पुनरावेदन ।

८३.   यस्मा सरकारी वकिल समेतलाई राखी छलफल गर्नु पर्ने भएकोले अ.बं. २०२  बमोजिम सरकारी वकिल झिकाई पेश गर्नु भन्ने अ.दु.नि.पु.अ. को आदेश ।

८४.   यस्मा सच्याइएका भनेको अंक ३९ र अंग्रेजीबाट सच्याइएको थर्टि फाइभ अख्तियार दुरुपयोग निवारण आयोगबाट अंक अक्षर नमूना संकलन गरिएका व्यक्तिहरुसंग मिल्दछ मिल्दैन यकीन गर्न हस्ताक्षर विशेषज्ञ समक्ष पठाई आएपछि पेश गर्नु भन्ने अ.दु.नि. पु.अ. को आदेश ।

८५.   उक्त सच्याइएको ३९ र थर्टि फाइभ प्राप्त रेकर्ड रेखा जाँच गर्दा विशेषताहरु प्रष्ट नभएको, विवादित कागजहरु समकालिन नभएको हुनाले आपसमा भिडाई जाँच गर्न सकिँदैन भन्ने रेखा तथा लेखा विशेषज्ञको राय ।

८६.   यसमा प्राप्त हुन आएको रेखा तथा लेखा विशेषज्ञको राय अध्ययन गरी विशेषज्ञसंग जिरह गर्न आवश्यक नभएको भनी सरकारी वकिलले भन्नु भएकोले पेशी तोकी दिनु भन्ने अ.दु.नि.पु.अ. को आदेश ।

८७.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी कृष्णप्रसाद पन्तका तर्फबाट उपस्थित हुनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले मेरो पक्षलाई ०८६०७० जेकी शर्मिला झा र ०८५८२० टीकी रमादेवी तण्डुकारलाई गैरकानुनी तरिकाले पास गराई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) तथा अ.दु.नि.नि., २०३४ को नियम ३(ग) र नियम ६ बमोजिम अख्तियार दुरुपयोग गरेको ठहर गरेको त्रुटिपूर्ण छ । विपक्षी अ.दु.नि.आ. ले हेलचेक्रयाई तत्वलाई आधार बनाई मेरो पक्ष माथि अन्तिम जिम्मेवारी थुपारेको छ जुन कानुनसंगत र न्यायोचित छैन । मेरो पक्षले प्रतिवादी मध्येका नारायणप्रसाद आचार्यलाई टेबुलेसन सम्बन्धमा स्पष्ट किटानी निर्देशन दिएको छ । केवल सहअभियुक्तको बयानले मेरो पक्षलाई कसूर आरोपित गर्न सकिदैन । भ्र.नि.ऐ., २०१७ को दफा ७(१) आकर्षित हुनको लागि गैरकानुनी लाभको बदनियत तत्व अनिवार्य हुन्छ तर विपक्षी आयोगले बदनियत तत्वको बारेमा बोल्न सकेको छैन । गैरकानुनी तवरबाट पास भएका भनिएका विद्यार्थीको बयानमा पनि बदनियत देखिँदैन । प्रतिवादी मध्येका नारायण आचार्यले खेस्रामा नेपाली कपी हेर्नु पर्ने शंकास्पद भनी टिपिएको भरमा मात्रै परीक्षा नियन्त्रकलाई सो को जानकारी दिएको र नियन्त्रकको मौखिक आदेशमा अंक सच्याएको भन्नु तथ्ययुक्त र उत्तरदायित्वपूर्ण कुरा होइन आफ्नु बहस क्रममा प्रतिवादीको कानुन व्यवसायीले हेलचेक्रयाई गरेको स्वीकार गरेको भनी दोषयुक्त ठहर गर्न कानुनसंगत छैन भ्र.नि.ऐ. तथा अ.दु.नि.नि. ले पनि हेलचेक्रयाईले भ्रष्टाचार हुने भन्ने व्यवस्था गरेको छैन । मेरो पक्ष परीक्षा नियन्त्रक जस्तो सम्मानीत पदमा हुनुहुन्छ । निजलाई लगाइएको अभियोग वस्तुगत र निर्विवाद सिद्ध हुनुपर्छ भन्ने समेतको बहस प्रस्तुत गर्नु भयो ।

८८.   प्रतिवादी मध्येका नारायणप्रसाद आचार्यका तर्फबाट उपस्थित हुनुभएका अधिवक्ता श्री शम्भु थापा र विद्वान अधिवक्ता श्री कृष्णप्रसाद सापकोटाले भ्र.नि.ऐन, २०१७ को दफा ७(१) को कसूर ठहर हुन बदनियत तत्व समाविष्ट हुनुपर्छ । विपक्षी आयोगले बदनियत तत्वको वस्तुगत प्रमाण पुर्‍याउन सकेको छैन । सच्याइएको कपी अफिस कपी भएको र उक्त कपीको जिम्मा मेरो पक्षमा नरहेको तथ्य मिसिलबाट देखिन्छ । मेरो पक्षको जिम्मामा गणक नं. २ छ सच्याउँदा पनि उक्त कपीमा नै सच्चीनु पर्ने हो । ०८६०७० जेको गणितको ०९ अंकलाई कुनै पनि गणक नं. मा सच्याएको छैन उक्त अंक समेतको लागि अ.दु.नि.पु.अ. को आदेश बमोजिम रेखा तथा लेखा जाँच गराउँदा यकीन राय प्राप्त भएको छैन । गणक नं. मा नसच्याई कम्प्यूटर प्रिण्टमा सच्याउनु कुनै प्रयोजन रहँदैन । शंकास्पद देखिएको ठाउँमा सचेतका साथ खेस्रा टिपोट गरिएको छ । अ.दु.नि.नि., २०३४ को नियम ३७(३) बमोजिम प्रस्तुत मुद्दामा छानबीनको कारवाही प्रारम्भ भएको मितिले ६ महीना भित्र आयोगमा नालेश सरहको प्रतिवेदन दायर गरी सक्नुपर्छ । प्रस्तुत मुद्दामा मिति २०४३।१०।६ मा आयुक्त श्री पुष्पराज कोइरालालाई छानबीन अधिकृत नियुक्त गरी छानबीन प्रारम्भ गरिएकोमा मिति २०४४।६।४ मा मात्र करिब ८ महीना पछि प्रतिवेदन पेश गरियो । यसमा पनि पुनः दोस्रो पटक २०४४।६।२९।५ मा नालेश सरहको प्रतिवेदन दायर गर्ने र लिने अधिकार आयोगलाई छैन । तसर्थ मेरो पक्षले सफाई पाउनु पर्छ भन्ने समेतको बहस जिकिर गर्नु भयो ।

 

८९.   वादी श्री ५ को सरकारका तर्फबाट उपस्थित हुनु भएका मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले अपराधजन्य कार्य स्पष्टतः भएको छ । निज परीक्षा नियन्त्रकको हेलचेक्रयाइबाट नै अपराध श्रृजित भएकोेले जानी जानी कानुनी कर्तव्य पालना नगरेकोले अख्तियारको दुरुपयोग भएको छ । प्रतिवादी मध्येका नारायण आचार्यले नेपालीको विषयमा मौखिक आदेश लिएको भनी बयान गरेको पाइन्छ । संचालक समितिले अन्तिम जिम्मेवारी परीक्षा नियन्त्रकको हो भनेकोले निजको हकमा अ.दु.नि.अ.ले ठहर गरेको फैसला मिलेको छ । प्रतिवादी नारायण आचार्यको हकमा निजलाई लिखित निर्देशन दिई रुजु कार्यमा खटाएको देखिन्छ, गैरकानुनी कार्य कसैको निर्देशनमा गर्न निज बाध्य हुने होइन, निजले खेस्रामा टिपेको भए पनि कपी हेरी निर्णय गर्नुपर्ने दायित्व निजको हुन्छ तसर्थ निज समेतलाई फेल भएका विद्यार्थीलाई पास गराई मार्कसिट समेत प्राप्त भएकोले भ्र.नि. ऐन, २०१७ तथा अ.दु.नि.नि., ०४३ को नियम ३(ग) र नियम ६ बमोजिम अ.दु.नि.अ. ले ठहर गरेको मिलेकै छ भन्ने समेतको बहस प्रस्तुत गर्नु भयो ।

९०.   अब यसमा अख्तियार दुरुपयोग निवारण आयोगले मिति २०४५।१२।१० मा गरेको फैसला मिले नमिलेको तर्फ निर्णय दिनु पर्ने हुन आएको छ ।

९१.   अब यसमा निर्णय तर्फ विचार गर्दा २०४२ सालको एस.एल.सी. परीक्षामा परीक्षार्थीको रुपमा सामेल भएका ०८६०७० जेसिम्बल नम्बरको शर्मिला झा गणित विषयमा ०९ अंक प्राप्त गरेकोमा कम्प्यूटर लेजरमा ०९ लाई निलो मसिले बृत्त चिन्ह दिई छेउमै ३९ पारी मार्कसिटमा समेत सोही ३९ कायम गरिएको र निजैको नेपाली विषयमा गणक नं. १ मा अंग्रेजी अंकको २५ मा २ लाई सच्याई ३ गरी ३५ पारिएको र अंग्रेजी अक्षरमा पनि बिसलाई तीस पारी पैतीस बनाई पास बनाइएको छ । त्यस्तै प्रकारले ०८५८२० टीसि.नं. की रमादेवी तण्डुकारको गणक नं. १ को कपीमा अंक २८ लाई पहिले कालो डटपेनले २५ र पछि ३२ पारी अक्षरमा पनि बत्तीस पारिएको स्पष्ट छ । सोही सच्याइएको आधारमा निज परीक्षार्थीहरुले पास गरी मार्कसिट समेत प्राप्त गरेको देखिन्छ । परीक्षा नियन्त्रक कार्यालयका उक्त कागजातहरुबाट फेल भएकी शर्मिला झा र रमादेवी तण्डुकारलाई निजहरुले प्राप्त गरेको नम्बरहरु सच्याई पास हुने गरी नम्बर हाली पास गराएको तथ्य प्रमाणित हुँदा त्यस्तो गैरकानुनी कार्यमा कसको संलग्नता छ भन्ने कुराको निर्णय यस इजलासबाट गर्नु परेको छ । अब प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी नारायणप्रसाद आचार्यका तर्फबाट उपस्थित हुनुभएका कानुन व्यवसायीले प्रस्तुत मुद्दाको नालेश सरहको प्रतिवेदन हदम्याद नाघी दायर भएकोले उक्त नालेश नै लाग्न नसक्ने भन्ने प्रश्न उठाउनु भएकोले सो प्रश्नको निराकरण नै सर्वप्रथम गर्नु पर्ने हुन आउँछ । प्रस्तुत मुद्दाको अनुसन्धान गर्न छानवीन अधिकृतको रुपमा मिति २०४३।१०।६ मा आयुक्त श्री पुष्पराज कोइरालालाई नियुक्त गरिएकोमा निज २०४४।३।२१ देखि आयोगमा आयुक्त नरहनु भएकोले भनी २०४४।६।२ देखि छानवीन अधिकृतको रुपमा आयुक्त श्री सर्वज्ञराज पण्डितलाई नियुक्त गरेको पाइन्छ । निज आयुक्त श्री सर्वज्ञराज पण्डित लामो दिन देखि आयोगमा उपस्थित नहुनु भएकोले निजको सट्टा छानवीन अधिकृतको रुपमा श्री इच्छाहर्ष बज्रार्चायले मिति २०४४।६।४।१ मा नालेश सरहको प्रतिवेदन पेश गरेकोमा ०४५।३।३० मा आयुक्त श्री सर्वज्ञराज पण्डितले थप नालेश सरहको प्रतिवेदन दायर गरेको देखिन्छ । अब यसमा प्रस्तुत नालेश हदम्याद भित्रको पर्छ वा पर्दैन भनी हेर्दा अ.दु.नि. नि., २०३४ को नियम ३७(३) ले हदम्यादको व्यवस्था गरेको र उक्त नियममा प्रचलित कानुनमा नालिश गर्नलाई ६ महीना भन्दा बढी हदम्यादको व्यवस्था भएमा सोही हदम्याद भित्र भनी उल्लेख भएको र प्रस्तुत मुद्दा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) को माग दावी साथ दायर भई सोही ऐनको दफा २४(क) ले विभागीय कारबाही नभएकोमा अनुसन्धानको कारवाही शुरु भएको मितिले २ वर्षको हदम्याद हुुनेछ भन्ने व्यवस्था गरेकोले हदम्याद नाघी नालेश दायर भएको भन्ने जिकिरसंग सहमत हुन सकिएन । प्रस्तुत मुद्दामा आरोपित दुईजना प्रतिवादी मध्ये एस.एल.सी. परीक्षा नियन्त्रक कृष्णप्रसाद पन्तका हकमा सर्वप्रथम विचार गर्दा अ.दु.नि.आ.ले निजलाई अभियोग ठहर गर्दाका आधारहरु मुख्यतः संचालक समितिका अध्यक्ष तथा सदस्यले सम्पूर्ण जिम्मेवारी परीक्षा नियन्त्रकको हो भनेको, प्रतिवादी मध्येका नारायण आचार्यको बयान विश्वास गर्नु पर्ने देखिएको, निजको कानुन व्यवसायीले हेलचेक्रयाईलाई स्वीकार्नु भएको, १ नं. कपी सचिएको र उक्त कपी अफिस कपी भएको जस्तालाई बनाएको पाइन्छ । मिसिल संलग्न पत्राचार र विभिन्न व्यक्तिहरुको बयान समेतबाट मार्कस्लीपको टे.नं. १ परीक्षा नियन्त्रकको साथमा रहने आधिकारिक कागज भएको र सोही टे.नं. १ मा नै नम्बरहरु सच्याइएकोबाट परीक्षा नियन्त्रक कृष्णप्रसाद पन्तले नै उक्त नम्बरहरु सच्याएका हुन कि भन्ने शंका उत्पन्न हुन्छ । तर निज कृष्णप्रसाद पन्तले नारायणप्रसादलाई रुजु कार्य गर्ने जिम्मेवारी सुम्पदा दिएको निर्देशनमा अपनाउनु पर्ने कार्यविधिहरु स्पष्ट रुपमा उल्लेख भएको देखिन्छ । साथै टेबुल नं. १ पनि परीक्षा नियन्त्रकसंग रहनु पर्ने भए पनि व्यवहारमा रुजुकर्तालाई नै जिम्मा लगाइएको तथ्य परीक्षा नियन्त्रक र विभिन्न कर्मचारीहरुका बयानबाट पुष्टि हुन्छ । परीक्षार्थीहरुलाई अवैध तरिकाले पास गराउने परीक्षा नियन्त्रकको दुराशय भएको भए टेबुल नं. ३ बाट कम्प्यूटर छापिने र टेबुल नं. २ बाट रुजु हुने हुँदा दुबैमा फरक नभएपछि रुजुकर्ताले टेबुल नं. १ हेर्नु र भिडाउनु पर्ने अवस्थै आउँदैन । त्यस्तो स्थितिमा उक्त जघन्य कार्य निज परीक्षा नियन्त्रकले नै गरी सच्याउने कार्य स्वभाविक देखिँदैन । आफ्नो मनसाय पूरा हुन नसक्ने गरी सच्याउने कार्य एउटा मात्र टेबुलमा गरिएकोबाट परीक्षा नियन्त्रकको संलग्न थियो होला भन्ने कुरा शंकास्पद हुन आउँछ । रमादेवी तण्डुकारको नेपाली विषयमा टेबुल नं. २ र ३ मा २५ नं. देखिन्छ तर कम्प्यूटर कपीमा २५ लाई निलो मसिले गोलो घेरा भित्र पारी ३२ अंक छेउमै थपिएको छ र टे.नं. १ मा पनि २५ लाई ३२ भनी सच्याइएको देखिन्छ । त्यसमा कसैको सही पनि छैन । रुजु गर्ने कार्य परीक्षा नियन्त्रकको नभएको हुँदा कम्प्यूटर कपीमा र टे.नं. १ मा थपिएकोबाट निज परीक्षा नियन्त्रकले कम्प्यूटर कपीमा सच्याइएको भन्न सकिदैन । यसमा अपराधकर्ताको उद्देश्य अपराध प्रकाशमा आउने अवस्थामा शंका परीक्षा नियन्त्रकतर्फ इंगित होस् भन्ने देखिन्छ । जुन अन्य मार्कस्लीपमा नसच्याई टे.नं. १ मा मात्र सच्याइएकोबाट झन् प्रष्ट हुन्छ । परीक्षा नियन्त्रक जस्तो जिम्मेवार र अख्तियारयुक्त पदमा बस्ने व्यक्तिबाट एकाध परीक्षार्थीलाई पास गराउन त्यस्तो भद्दा र कीर्ते कार्य गरिएको होला भनी पत्यार गर्न पनि कठिन छ । साथै हेलचेक्रयाई तत्वको विद्यमानताबाट भ्रष्टाचार वा अधिकारको दुरुपयोग भएकै हो भन्ने निष्कर्षमा पुग्न सकिंदैन । परीक्षा नियन्त्रकको कार्य व्यस्तताको कारण हेलचेक्रयाई भयो भनी मानेको स्थितिमा पनि भ्रष्टाचार गरेको अथवा अख्तियार दुरुपयोग गरेको भनी ठहर गर्नु कानुन एवं न्यायसंगत हुन सक्दैन । तसर्थ भ्र.नि. ऐ., २०१७ को दफा ७(१) तथा अ.दु.नि.नि., २०३४ को नियम ३(ग) र नियम ६ आकर्षित हुने अवस्था परिबन्ध निज पुनरावेदक प्रतिवादी कृष्णप्रसाद पन्तको हकमा नदेखिएको हुँदा तथ्ययुक्त प्रमाणको अभावमा भ्रष्टाचार जस्तो मुद्दामा निजलाई दोषी ठहर गर्न कानुन तथा न्यायसंगत नभएको हुँदा निजले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ ।

९२.   अब पुनरावेदक प्रतिवादी नारायणप्रसाद आचार्यको हकमा अ.दु.नि.आ. ले गरेको फैसला मिले नमिलेको के रहेछ भनी विचार गर्दा निज नारायणप्रसाद आचार्यले रुजु कार्यमा जाँदा लिखित निर्देशन प्राप्त गरेको देखिन्छ र सच्याइएका मार्कस्लीपहरु टे.नं. १ नै रहेको तथ्य स्थापित छ । शर्मिला झाको नेपाली विषयको मार्कस्लीपमा पास फेलको कूल जोड पनि मिलेको देखिंदैन । सच्याइएका अफिस कपी मार्कस्लीपबाट रुजु गरेको भए पास फेल संख्या निजले हेरेको हुनु पर्ने थियो । निज प्रतिवादी पुनरावेदकले ०८५८२० टीसि.नं. को नेपाली विषयमा २५ अंकलाई ३२ बनाएको हुनसक्छ भनी विशेष प्रहरीमा गरेको बयानमा स्वीकारेको पनि देखिन्छ । निज पुनरावेदकले सि.नं. ०८५८२० टीनेपाली कपी हेर्नु पर्ने शंकास्पद लेखेकोले मात्र सो को नोटिस परीक्षा नियन्त्रकलाई दिए नै होला भन्न पनि सकिने अवस्था छैन अर्कोतर्फ त्यति लेखी सकेपछि फरक परे शंका निवारणार्थ कपी समेत हेर्नु पर्ने निजको जिम्मेवारी थियो । कानुनी कर्तव्यको पालना राष्ट्र सेवकको अनिवार्य शर्त हो । सि.नं. ०८६०७० जेको गणित विषयमा ०९ लाई निलो मसीले बृत्त चिन्ह भित्र पारी ३९ बनाएको कुरामा निज पुनरावेदकले खण्डन गरेको र लेखा तथा रेखा विशेषज्ञको राय पनि यकीन साथ नआएको भन्ने भनाई भए पनि २५ अंकलाई ३२ बनाएको स्पष्ट देखिएको र सोही सच्याइएको अंकको आधारमा पास भई मार्कसीट पनि विद्यार्थीहरुले पाएकोले निज नारायणप्रसादको सो अपराधमा संलग्नता थिएन भन्ने अवस्था देखिएन । निज प्रतिवादीले रुजु गर्दा टे.नं. २ र टे.नं. ३ मा फरक नपाएपछि सोही अनुसार रुजु गर्नु पर्ने र टे.नं. १ हेर्नु सोध्नु पर्ने सवाल नै नउठ्नु पर्ने हो । त्यसरी फोहर तरिकाले सच्याइएको टेबुल नं. १ मा पास फेल हुने विद्यार्थीको संख्या नमिलेको मार्कसिट तथा कम्प्यूटर कपिमा सच्चिएको नम्बरहरु देख्दा देख्दै सक्कल कपी नै नभिडाई भएको कार्यबाट रुजुकर्ता प्रतिवादी नारायणप्रसादको उक्त अपराधमा संलग्नता थिएन भनी मान्न नसकिने हुँदा मेरो पक्ष नारायणप्रसाद पूर्णतः निर्दोष छन् भन्ने निज पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित हुनुभएका कानुन व्यवसायीको बहससंग सहमत हुन सकिएन । अख्तियार दुरुपयोग निवारण आयोगले निजका हकमा भ्र.नि. ऐ., २०१७ को दफा ७(१) को कसूर गरी अ.दु.नि., २०३४ को नियम ३(ग) तथा नियम ६ बमोजिम अख्तियार दुरुपयोग ठहर गरेको निर्णय मनासिब छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

पुनरावेदक प्रतिवादी परीक्षा नियन्त्रक कृष्णप्रसाद पन्तले सफाई पाउने ठहर भएकोले अ.दु.नि.आ. बाटै लागेको जरिवाना रु. ५०००।– (पाँच हजार) नलाग्ने हुँदा सो लगत कट्टा गरी कानुन बमोजिम फिर्ता माग्न आएका बखत नियमानुसार फिर्ता दिनु भनी का.जि.अ. मा लेखी पठाउनु ...........१, पुनरावेदक प्रतिवादी नारायणप्रसाद आचार्यको हकमा अ.दु.नि.आ. को फैसला सदर भएकोले मु.ऐ.अ.बं. २०३ बमोजिम पहिलो पुनरावेदन गरे वापत जरिवाना रु. २०००।– (दुई हजार) को दश प्रतिशतले थप रु. २००।– (दुई सय) जरिवाना हुन्छ सो को लगत कसी कानुन बमोजिम असूल गर्नु भनी का.जि.अ. मा लगत दिनु...........२, नक्कल माग्न आउने सरोकारवालालाई कानुन बमोजिम नक्कल दिनु .......३, फैसलाको प्रतिलिपि म.न्या.का. मार्फत जानकारीको लागि श्री ५ को सरकारलाई दिनु.........४, मिसिल नियम बमोजिम गरी बुझाई दिनु.........५

 

उक्त रायमा म सहमत छु ।

 

न्या.रुद्रबहादुर सिंह

 

इतिसम्वत् २०४९ साल असार ३ गते रोज शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु