शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९११२ - अंश

भाग: ५६ साल: २०७१ महिना: बैशाख अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल

माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की

फैसला मिति M २०७०।५।२६

०६७CR१२७१

मुद्दाः अंश

 

पुनरावेदक/प्रतिवादी M कपिलवस्तु जिल्ला हथिहवा गा.वि.स. वडा नं. ४ छोटुडिह बस्ने वाहिद अलि गद्दी

विरूद्ध

विपक्षी/वादी M ऐ.ऐ. बस्ने अहमद अलि गद्दी

 

§  अंश लाग्ने नलाग्ने र अंश मुद्दामा के कुन सम्पत्तिमा अंश लाग्ने नलाग्ने सोको निराकरण तथ्य एवं प्रमाणको आधारमा निराकरण हुनुपर्ने र अर्कोतर्फ एउटै दाताले एउटै मितिमा एकै कित्ताबाट कित्ताकाट गरी समान हैसियतका दुई व्यक्तिलाई एकै व्यहोराले दिएको हालैको कसपत्रमध्ये एउटालाई ण्डा नलाग्ने ठहर गर्नु र अर्कोलाई ण्डा लाग्ने ठहर गर्नु समन्याय र मुलुकी ऐन, अंशण्डाको १८ नं. को कानूनी व्यवस्थासमेतको विपरीत हुन

(प्रकरण नं.५)

  • सम्पत्ति राजीनामाबाट प्राप्त गरेको र सो सम्पत्ति निजी आर्जन देखिने गरी निजले अन्य विश्वसनीय प्रमाण प्रस्तुत गर्न नसकेकोले निजको निजी आर्जनको भन्न सकिने अवस्था नदेखिएकोले सगोलको सम्पत्ति मान्नुपर्ने

(प्रकरण नं.७)

 

पुनरावेदक/प्रतिवादीका तर्फबाट M विद्वान अधिवक्ता श्री ईश्वरीप्रसाद भट्टराई

विपक्षी/वादीका तर्फबाट M

अवलम्बित नजीर M

सम्बद्ध कानून M

  • मुलुकी ऐन, अंश वण्डाको १८ नं., अ.बं.१३९ नं.

 

 

शुरू फैसला गर्ने M मा.जि.न्या. श्री चण्डीराज ढकाल

पुनरावेदन फैसला गर्ने M मा.मु.न्या.श्री तर्कराज भट्ट

                             मा.न्या.श्री गोविन्दकुमार उपाध्याय

 

फैसला

न्या.गिरीश चन्द्र लाल M न्याय प्रशासन  ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) र (ख)बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ :

मूल पुरूष मून्सी गद्दीको छोरा वलाकत गद्दीको दुई श्रीमती जेठी लवानी गद्दीको तर्फबाट जन्मेका दुई छोरा जेठा वाहिद अलि गद्दी कान्छा म वादी अहमद अलि र कान्छी श्रीमती सेहरूननिसाको तर्फबाट जन्मेका दुई छोरा मुनताज गद्दी, कान्छा कोइल्ताफ गद्दी भएको, वाहिद अलि गद्दीकी श्रीमती मैमुननिसा गद्दीको तर्फबाट जन्मेका दुई छोरा शेराज अहमद गद्दी, मुसताक गद्दी भएको, कोइल्ताफ गद्दीको श्रीमती तसरीकुन निसा गद्दी भएको पुस्तेवारीमध्येका मुन्सी गद्दी तथा निजक श्रीमती र लवानी गद्दी, सेहरूननिसा गद्दीसमेतको परलोक भएको । म वादी तथा प्रतिवादीहरू एकासगोल सराकतमा रही बसी सगोलमै जग्गा सम्पत्ति भोग चलन गर्दै आई प्रतिवादी तथा तसरीफुनीसा, मुनताज गद्दी, मैमुन निसा गद्दी, सेराज गद्दी र मुन्सी गद्दीको नाउँमा दर्ता रहेको जग्गा सम्पत्ति सबै सगोलको रहेको अंशण्डा नभएको । प्रतिवादीहरूले म वादी तथा मेरो परिवारलाई ईज्जत आमदअनुसार खाना लगाउन र अंश हक छुट्‍याई दिन्नौ भनी जवाफ दिएकाले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी प्रतिवादीहरूबाट तायदाती फाँटवारी माग गरी सम्पूर्ण सम्पत्तिमा पाँच भागको एक भाग म वादीको अंश हक कायम गरी बण्डासमेत छुट्‍याई पाऊँ भन्नेसमेत व्यहोराको फिराद पत्र ।

वादी दावीअनुसार पुस्तेवारी ठीक छ । तर मेरो छोरा स्वास्नीको नाउँमा दर्ता रहेको सम्पत्ति सगोलको हो भन्ने दावी झूठ्ठा छ । सोही सम्पत्ति लिन खान पाउने उद्देश्यले वादी र अन्य प्रतिवादी मेरो बाबुसमेत मिली मिलाई यो मुद्दा दिएका हुन् । मेरो जिम्मा दर्तामा समेत सगोलको कुनै सम्पत्ति छैन । २०४२ सालदेखि नै चुल्हो छुट्टी बसेको छु भन्नेसमेत व्यहोराको प्रतिवादी वाहिद अली गद्दीको प्रतिउत्तरपत्र ।

ल पुर्खा मुन्सी गद्दीको नाउँ दर्ताको जग्गा मुन्सीका सबै छोराहरूले पाउनुपर्ने हो । वादीलाई दावीबमोजिम अंशण्डाको २०, २१, २२, २३ नं.बमोजिम फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी तायदाती फाँटवारी हाल दिनुपर्ने अवस्था छैन । दावीबाट फुर्सद पाऊँ भन्ने प्रतिवादी मुन्ताज गद्दी, लाकत गद्दी, कोइल्ताफ गद्दीसमेत जना तीनको संयुक्त प्रतिउत्तरपत्र ।

वादी प्रतिवादीहरू एकै नाता पुस्ताका रहे भएको कुरा प्रतिवादीसमेतबाट स्वीकार गरेको अवस्थामा यी वादी प्रतिवादीबीच अंश भएको भन्ने पारीत लिखत भएकोसमेत नदेखिनुका साथसाथै अंश भै सकेको भनी प्रतिवादीले जिकीर लिन नसकेको हुँदा प्रतिवादीबाट वादीले पाँच भागको एक भाग अंश पाउने ठहर्छ भन्नेसमेत व्यहोराको कपिलवस्तु जिल्ला अदालतको मिति २०६६।१।२४ को फैसला ।

म भारतको मुम्बईमा कमाई गरी सोही धनबाट छोराको नाममा खरीद गरेको सम्पत्ति र श्रीमती मैमुननिसाले बकसपत्रबाट प्राप्त गरेको सम्पत्ति बण्डा लाग्ने सम्पत्ति होइन, अ.बं. १३९ नं.बमोजिम बुझ्दा उपस्थित नभएकै आधारमा बकसपत्रबाट प्राप्त सम्पत्तिसमेत बण्डा गर्न मिल्ने होईन । विपक्षीले फाँटवारी दिँदा बण्डा लाग्ने सम्पत्ति भनी उल्लेख गरेकै आधारमा बकसपत्रबाट प्राप्त सम्पत्तिसमेत बण्डा गर्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी पुनरावेदन तथा प्रतिउत्तर जिकीरबमोजिम गरी पाऊँ भन्नेसमेत प्रतिवादी वाहिदअली गद्दीले पुनरावेदन अदालत, बुटवलमा लिएको पुनरावेदन जिकीर ।

प्रतिवादी कायम नगरिएका शेषराज अहमद खाँ तथा मैमुन निसाका नाउँको अचल सम्पत्ति बण्डा गर्ने गरी फैसला गर्दा सम्बन्धित व्यक्तिलाई पुनरावेदनको म्याद दिएको पनि नदेखिएको र सम्बन्धित निकायबाट दर्ता स्रेस्ता स्रोत लिखतसमेत बुझिएको नदेखिँदा शुरू इन्साफ फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं.बमोजिम प्रत्यर्थी झिकाउनु भन्ने पुनरावेदन अदालत, बुटवलको मिति २०६६।६।२६ को आदेश ।

वादीका नाममा कुनै सम्पत्ति देखिँदैन भने तायदाती फाँटवारी पेश गर्दा लाकत गद्दीसमेतले तसरीकुननिसा गद्दीको नामको कि.नं. १२४४ बाहेकको सम्पत्ति बण्डा लाग्ने भनी उल्लेख गरेको पाइन्छ र उक्त सम्पत्तिको स्रोत बकसपत्र भएबाट कानूनतः स्पष्ट भएको विषयमा विवाद रहेन । जहाँसम्म शेराज र मैमुननिसाको नामको सम्पत्ति बण्डा लाग्ने सम्पत्ति हो होइन भन्नेतर्फ विचार गर्दा, अ.बं. १३९ नं. बमोजिम बुझ्न यी शेराज र मैमुननिसालाई पठाएको म्याद यिनीहरूले गुजारी बसेको अवस्था देखिन्छ । आफ्नो नामको सम्पत्ति बण्डा नलाग्ने सम्पत्ति भए आधार र प्रमाणसहित आफ्नो हक र स्वामित्वको सम्बन्धमा सचेततापूर्वक प्रतिवाद गर्नुपर्नेमा त्यसो नगरी आफ्नो अधिकारको सम्बन्धमा उदासन भएको पाइयो । उक्त म्यादसमेत गुजारी बसेबाट पुनरावेदकीय अधिकारसमेतबाट बञ्चित भएको विद्यमान अवस्थामा प्रतिवादी बाहिद अली गद्दी छोरा शेराज र श्रीमती मैमुननिसाको नामको सम्पत्ति बण्डा लाग्ने सम्पत्ति होइन भनी पुनरावेदनको रोहबाट आएको पाइयो । एकाको हकको विषयमा अर्काले प्रतिवाद गरेको देखियो । मर्का पर्ने पक्ष स्वयं नै आफ्नो अधिकारको विषयमा जागरूक हुनुपर्नेमा एकाको हकको विषयमा अर्कोले प्रतिवाद गर्नु कानूनसङ्‍गतसमेत मिलेन । शेराज र मैमुननिसा मुन्सी गद्दीका नाता पुस्तेवारीका देखिएकाले सगोलका जो सुकैको नामको सम्पत्ति बण्डा लाग्ने नै हुँदा तायदाती फाँटवारीमा उल्लिखित सम्पूर्ण सम्पत्तिबाट पाँच भागको एक भाग अंश वादीले पाउने नै देखियो । अतः वादीले पाँच भागको एक भाग अंश पाउने ठहर्छ भनी कपिलवस्तु जिल्ला अदालतबाट मिति २०६६।१।२४ मा भएको शुरू फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत, बुटवलको मिति २०६६।१०।२७ को फैसला ।

म निवेदक र निज मेरो छोरा सेराज र श्रीमती मैमुननिसा एकासगोलमै बसेका अंशियार भएको र एकासगोलमै बस्दै आएको हामीहरूको स्वार्थसमेत एकै भएको अवस्थामा केवल प्राविधिक कारणले १३९ नं.बमोजिम बुझ्दा नभएको भन्दै निजहरूको सम्पत्ति सम्बन्धमा नबोली इन्साफ गर्न अ.बं. १९२ नं. स्वतः त्रुटिपूर्ण रहेको । मैले भारतको मुम्बईमा जविकोपार्जनका लागि गएको र कमाएको सोही रूपैयाँ पैसाले मेरो छोरा शेराजको नाममा नाबालक आठ महिनाको हुँदा मिति २०४३।३।२६ मा र.नं. ५३२७ को राजीनामाबाट निजको नाममा खरद गरेको जग्गा स्वभाविकरूपमा निजी अंशण्डाको १८ नं.बमोजिम रहेको स्पष्ट छ । यदि उक्त सम्पत्ति मेरो मेहनत कमाईबाट खरीद नगरेको भए नाबालक छोराको नाममा खरीद गर्नु अन्य अंशियार राजी हुने थिएनन् । त्यसतर्फ अदालतको ध्यान गएको छैन । त्यसै श्रीमती मैमुननिसाको जग्गा दर्तामध्ये मिति २०६२।१०।१० को र.नं. ५४३९ को हालै लेखिएको बकसपत्रको सम्पत्ति र केही निजी कमाईबाट राजीनामाबाट प्राप्त गरेको अन्य सम्पत्तिसमेत बण्डा भएकाले अंशण्डाको १८ नं. को मनसाय र भावनाविपरीत रहेकोले शुरूले गरेको फैसलालाई सदर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर उल्टी गरी मुद्दा दोहोर्‍याई हेरी पाऊँ भन्ने प्रतिवादी वाहिद अलि गद्दीको निवेदन जिकीर ।

यसमा मैमुननिसाले मिति २०६२।१२।९ र.नं. ५४३९ को बकसपत्रबाट प्राप्त गरेको सम्पत्ति पनि अंशण्डा गर्ने गरेको शुरूको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत, बुटवलको मिति २०६६।१०।२७ को फैसला मुलुकी ऐन, अंशण्डाको १८ नं. दानबकसको १ नं. अनुरूप नभै ने.का.प.२०५३, ङ्क ९, पृ.७०६ नि.नं.६२६५ र ने.का.प.२०५७, पृ.४, नि.नं.६८८४ मा प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) र (ख) को आधारमा प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्न निस्सा प्रदान गरिदिएको छ । नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६७।१२।११ को आदेश ।

नियमबमोजिम दैनिक पेशीसूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री ईश्वरीप्रसाद भट्टराईले पुनरावेदन प्रतिवादीले आफ्नो प्रतिउत्तरमा निजक श्रीमती मैमुननिसा गद्दी र छोरा शेराज अहमद खाँको नाउँमा रहेको सम्पत्तिमा अंश नलाग्ने भनी जिकीर लिएको छ । यसरी विभिन्न मितिका राजीनामाले श्रीमती र छोराको नाउँमा सम्पत्ति रहेको, सो राजीनामाबाट प्राप्त सम्पत्ति प्रतिवादी वाहिद अलि गद्दीको निजी आर्जनको भन निजले प्रतिउत्तरमा खुलाएको तथा मिति २०६२।१२।१० मा र.नं.५४३९ को हालैदेखिको बकसपत्रले प्रतिवादी वाहिद अलि गद्दीक श्रीमती मैमुननिसा गद्दीको नाउँको सम्पत्ति पनि निजक श्रीमतीको निजी आर्जनको भएको प्रष्ट देखिएको अवस्थामा केवल अ.बं. १३९ नं.बमोजिम बुझ्दा म्यादमा हाजर हुन नआएको भन्दै शुरू फिराद दिदा प्रतिवादी नबनाईएका मैमुननिसा गद्दी र शेराज अहमद खाँ का नाँउको सम्पत्ति सम्बन्धमा तथ्य र प्रमाणको आधारमा नबोली शुरू तथा पुनरावेदन अदालतबाट फैसला भएको छ । उपरोक्त फैसलाहरू अंशण्डाको १८ नं., दानबकसको १ नं. अनुरूप नभएकोले बदर उल्टी गरी पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकीरबमोजिम गरी पाऊँ भनी गर्नु भएको बहस सुनियो ।

2. यसमा हामी वादी प्रतिवादी एकासगोलमा रहेको अवस्थामा प्रतिवादीहरूले खान लाउन र अंशसमेत दिन इन्कार गरेकाले निजहरूबाट सम्पत्तिको फाँटवारी लिई ५ भागको एक भाग अंश दिलाई पाऊँ भन्ने फिराद दावी रहेकोमा नाता पुस्तेवारी सत्य हो, मेरो छोरा शेराज अहमद खाँको नामको सम्पत्ति मैले भारतको बम्वईबाट कमाई ल्याएको आर्जनको सम्पत्ति हो । निजको नाममा राजीनामा पारीत गराई दिएको हो । त्यस्तै श्रीमती मैमुननिसा गद्दीको नाउँमा रहेको सम्पत्ति सोही कमाईहरूबाट तीन पटक विभिन्न मितिको राजीनामाले र मिति २०६२।१२।१० मा र.नं. ५४३९ को हालैको बकसपत्रले आर्जन गरिएकोले त्यसमा अंशण्डाको १८ नं. ले कसैको भागबण्डा लाग्ने स्थिति छैन । मेरो छोरा र स्वास्नीको नाउँमा दर्ता रहेको सम्पत्ति सगोलको हो भन्ने वादी दावी झूठ्ठा हो भन्ने प्रतिवादी वाहिद अलि गद्दीको प्रतिउत्तर जिकीर देखिन्छ । यस्तै मूल पुर्खा मुन्सी गद्दीको नाउँ दर्ताको जग्गा मुन्सीका सबै छोराले पाउनुपर्ने हो भन्ने मुनताज गद्दीसमेतका अन्य प्रतिवादीहरूको संयुक्त प्रतिउत्तर जिकीर रहेको पाइन्छ । प्रस्तुत मुद्दामा तसरीकुन निसाका नाममा हालैको बकसपत्रमार्फत् प्राप्त भएको कि.नं. १२४४ निज तसरीकुन निसाको निजी आर्जन ठहराई ण्डा नलाग्ने र मृतक मूल पुर्खा मुन्सी गद्दी  र अन्य प्रतिवादीसमेतका नामको सम्पत्तिबाटसमेत वादीले पाँच भागको एक भाग अंशपाउने ठहराई शुरू कपिलवस्तु जिल्ला अदालतबाट मिति २०६६।१।२४ मा भएको फैसलालाई पुनरावेदन अदालत, बुटवलले मिति २०६६।१०।२७ मा सदर गरेउपर यी प्रतिवादी वाहीद अलि गद्दीको यस अदालतमा मुद्दा दोहोर्‍याई हेरी पाउन माँग गरेकोमा निस्सा प्रदान भएको छ । प्रस्तुत मुद्दामा कपिलवस्तु जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, बुटवलको मिति २०६६।१०।२७ को फैसला मिलेको छ, छैन र पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकीर पुग्ने हो, होइन भनी निर्णय दिनुपर्ने देखिन आयो ।

3. वादी र प्रतिवादीको व्यहोरा कथनसमेतबाट यी वादी प्रतिवादीहरू नाता पुस्ताका सम्न्धमा र अंशियाराको संख्या सम्न्धमा दुबै पक्षका मुख मिलेकै देखिन्छ । वादीका नाउँमा कुनै सम्पत्ति भएको नदेखिएको र वादी प्रतिवादीबीच फिराद पर्नुअगावै रतपूर्वक मानो छुट्टिएको पनि देखिदैन । साथै बण्डापत्र भएको देखिने लिखतसमेतको अभाव देखिएको अर्थात वादी प्रतिवादीबीच अंशण्डा भै सकेको भनी वस्तुगत आधारसहितको जिकीर कुनै पक्षले लिएको नदेखिएको रू वादी प्रतिवादीको लेखत व्यहोराबाटै मूल पुर्खा मुन्सी गद्दीको नाउँको सम्पत्ति सगोल सम्पत्ति भै बण्डा गर्न बाँकी नै रहेको भन्ने व्यहोरामा समेत दुबै पक्षको मुख मिलेको देखिएको छ ।

4. मिसिल संलग्न कागज हेर्दा राम सुभग गोसाईले मिति २०६२।१२।९ मा कि.नं. ९९ को क्षे.फ. ०१०११ मध्येबाट कित्ताकाट गरी कायम भएको कि.नं. १२४३ क्षे.फ. ०६३/४ प्रतिवादी वाहिद अलिकी श्रीमती मैमुननिसा गद्दीलाई र सोही मितिमा निजै रामसुभग गोसाईले सोही कि.नं.९९ बाट कित्ताकाट गरी कायम भएको कि.नं. १२४४ क्षे.फ.०४१/४ अर्का प्रतिवादी कोइल्ताफ गद्दीक श्रीमती तसरीकुन निसालाई हालैको कसपत्र गरी दिएको देखिन्छ भन प्रस्तुत मुद्दामा शुरू एवं पुनरावेदन अदालतबाट फैसला हुँदा एकै मितिमा एकै व्यक्तिले दुई भाका पत्निहरू अर्थात वाहिद अलिको पत्नि मैमुन निसालाई र कोईल्ताफको पत्नी तसरीकुन निसालाई एकै व्यहोराले हालैको कसपत्र दिएकोमा एक अंशियार कोइल्ताफ गद्दीको पत्नी तसरीकुन निसाले प्राप्त गरेको हालैको कसपत्रलाई निजी आर्जनको ठहराएको पाइयो भने अर्को अंशियार वाहिद अलिको पत्नी मैमुन निसाले प्राप्त गरेको हालैको वकसपत्रलाई भने अ.बं. १३९ नं.बमोजिम जारी भएको म्यादमा मैमुन निसा हाजिर नभएको भन्नेसम्मको आधारमा तथ्यमा नै प्रवेश नै नगरी ण्डा लगाएको पाइयो ।

5. उपरोक्तनुसारको तथ्य रहेकोमा पुनरावेदक प्रतिवादी वाहिद अलि गद्दीक पत्नी मैमुननिसाको नामको हालैको कसपत्रबाट प्राप्त सम्पत्ति बण्डा लाग्ने हो, होईन भन्नेतर्फ हेर्दा निज प्रतिवादी वाहिद अलि गद्दीले प्रतिउत्तर प्रस्तुत गर्दा नै निजकी पत्नी एवं छोराका नाउँमा रहेको सम्पत्तिमा अंश नलाग्ने भनी जिकीर लिदै कि.नं.१२४३ को जग्गा र.नं. ५४३९ मिति २०६२।१२।९ मा पत्नि मैमुन निसाले हालैको बकसपत्र प्राप्त गरेको भनी उल्लेख गरेको देखियो । मिति २०६२।१२।९ गतेको लिखतअनुसार र.नं. ५४३९ बाट कि.नं. ९९ मध्ये पश्चिम दक्षिणतर्फबाट क्षे.फ. ०६३/४  जग्गा कित्ताकाट भएर मैमुन निसा गद्दीका नाउँमा कायम हुन आएको कि.नं. १२४३ को जग्गा रामसुभग गोसाईबाट बकसपत्र पाएको देखिन्छ । सो कसपत्रको लिखतबाट प्राप्त भएको देखिएको सम्पत्ति सगोलको सम्पत्तिबाट आर्जित सम्पत्ति हो भन वादी तथा अन्य प्रतिवादीले वस्तुगत आधारसहित जिकीर लिएको पनि देखिदैन । कसैबाट निजीतवरले दान वा कस पाएको सम्पत्ति निजी हुँदा आफखु गर्न पाउछ । ण्डा गर्न कर लाग्दैन भन्ने अंशण्डाको १८ नं. मा काननी व्यवस्था रहेको पाईन्छ । कसपत्र पाउनेको पति अर्थात एक अंशियाराले आफ्नो प्रतिउत्तरमा आफ्नो पत्निले पाएको हालैको कसपत्र ण्डा लाग्ने होइन भन खुलाएको साथै उल्लेखित बकसपत्र अन्यथा रहेको भन्ने प्रमाणित हुन नसकेको अवस्थामा मुल अंशियारा वा सोहीबमोजिमको प्रतिवादी कायम हुन नसक्ने अवस्थाकी मैमुन निसालाई प्रमाणसरह बुझ्न अ.बं.१३९ नं. बमोजिम पठाएकै र निज सो म्यादमा हाजिर नभएकै मात्र आधारमा निज मैमुन निसाको व्यहोरा निजको तर्फवाट मल अंशिायार पति वाहिद अलि गद्दीले प्रतिउत्तरमा खुलाई सकी अंशियारले आफ्नो परिवारको हितको प्रतिरक्षा गरेको अवस्थामा सोलाई नजर अन्दाज गर्न न्यायोचित हुन सक्दैन । एकातर्फ अंश लाग्ने नलाग्ने र अंश मुद्दामा के कुन सम्पत्तिमा अंश लाग्ने नलाग्ने सोको निराकरण तथ्य एवं प्रमाणको आधारमा निराकरण हुनुपर्ने र अर्कोतर्फ एउटै दाताले एउटै मितिमा एकै कित्ताबाट कित्ताकाट गरी समान हैसियतका दुई व्यक्तिलाई एकै व्यहोराले दिएको हालैको कसपत्रमध्ये एउटालाई ण्डा नलाग्ने ठहर गर्नु र अर्कोलाई ण्डा लाग्ने ठहर गर्नु समन्याय र मुलुकी ऐन, अंशण्डाको १८ नं. को कानूनी व्यवस्थासमेतको विपरीत हुन जान्छ ।

6. सम्पत्तिको तायदाती फाँटवारी पेश गर्दा वलाकत गद्दीसमेतले तसरीकुन निसा गद्दीको नामको कि.नं. १२४४ बाहेकको सम्पत्ति बण्डा लाग्ने भनी उल्लेख गरेको   पाइन्छ । तसरीकुनिसा गद्दीको नामको कि.नं. १२४४ को स्रोत बकसपत्र देखिन आएको छ । सो कि.नं.१२४४को जग्गा कसपत्रको होईन भन प्रतिवादी वाहिद अलि गद्दीसमेतले पुनरावेदन जिकीर लिएको पनि देखिदैन । मिसिल संलग्न र.नं.५४४० मिति २०६२।१२।९ को हालैको कसपत्र लिखतबाट तसरीकुन निसाले कसपत्र पाएको देखिएकोले त्यस्तो सम्पत्ति अंशण्डाको १८ नं. बमोजिम निज तसरीकुन निसालाई निजी तवरले प्राप्त हुन आएको देखिएकोले निजी ठहर्ने तथा प्रतिवादी वलाकत गद्दी, कोइल्ताफ गद्दी, मुन्ताज गद्दीको नाउँको जग्गा बण्डा लाग्ने ठहराई कपिलवस्तु जिल्ला अदालतले फैसला गरेउपर निजहरूको पुनरावेदन नपरेको अवस्थामा वादीले उल्लेखित प्रतिवादीहरू जिम्माको सगोलको सम्पत्तिबाटसमेत अंश पाउने नै देखियो ।

7. पुनरावेदक प्रतिवादी वाहीद अलि गद्दीले आफ्नो नाबालक छोरा शेराज अहमदको नाउँमा २०४३ सालमा र श्रीमती मैमुननिसाका नाउँमा विभिन्न मितिमा राजीनामाबाट खरीद गरेको जग्गाहरू (बकसपत्रबाट प्राप्त गरेको कि.नं. १२४३ बाहेकको) सम्बन्धमा विचार गर्दा पुनरावेदक प्रतिवादी वाहीद अलि गद्दीले निजको निजी आर्जनको भनी पुनरावेदन जिकीर लिएको देखियो तर सो सम्पत्ति राजीनामाबाट प्राप्त गरेको र सो सम्पत्ति निजी आर्जन देखिने गरी निजले अन्य विश्वसनीय प्रमाण प्रस्तुत गर्न नसकेकोले निजको निजी आर्जनको भन्न सकिने अवस्था नदेखिएकोले सगोलको सम्पत्ति मान्नुपर्ने हुदा निजका छोरा शेराज अहमदका नाउको र पत्नि मैमुननिसाका नाउको विभिन्न मितिमा राजीनामाबाट प्राप्त सम्पत्ति ण्डा लाग्ने ठहराएको शुरू कपिलवस्तु जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, बुटवलको फैसला मिलेकै देखिन आयो ।

8. तसर्थ, मुलुकी ऐन अंश बण्डाको १८ नं. को व्यवस्थालाई मध्यनजर राखी हेर्दा  सगोलकै अंशियारहरूले मिति २०६२।१२।९ मा गराई लिएका बकसपत्रहरूमा अन्य अंशियारको अंश लाग्ने अवस्था देखिएन । उपरोक्तानुसार हालैका बकसपत्रबाट प्राप्त निजी आर्जनका सम्पत्तिमा अन्य अंशियारले बण्डा नपाउने गरी ठहर गर्नुपर्नेमा प्रतिवादी पुनरावेदक वाहिद अलि गद्दीक श्रीमती मैमुननिसाले मिति २०६२।१२।९ गते बकसपत्रबाट प्राप्त गरेको कि.नं. १२४३ को जग्गामासमेत ण्डा लाग्ने ठहर्‍याएको शुरू कपिलवस्तु जिल्ला अदालतको मिति २०६६।१।२४ को फैसलालाई सदर गरेको पुनरावेदन अदालत, बुटवलको फैसला नमिलेकोले सो हदसम्म उल्टी हुने ठहर्छ । प्रतिवादीहरूले निजी आर्जन भनी उल्लेख गरे पनि निजी आर्जन भनी प्रमाणित गर्न नसकेका एवं पैतृक आर्जनका अन्य जग्गाहरूमा सगोलको भनी अंशियार बीच बण्डा लाग्ने ठहर्‍याएको शुरू अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, बुटवलको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । सो हदसम्म पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । यो मिसिलको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.प्रा.डा.भरतबहादुर कार्की

 

 

इति संवत् २०७० साल भदौ २६ गते रोज ४ शुभम् ......।

 

इजलास अधिकृत : हर्कबहादुर क्षेत्री

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु