शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६१७० - कुत दिलाई मोही निश्कासन

भाग: ३८ साल: २०५३ महिना: असार अंक:

निर्णय नं. ६१७०                                               ने.का.. २०५३

एक न्यायाधीशको इजलास

माननीय न्यायाधीश श्री उदयराज उपाध्याय

सम्बत् २०५१ सालको प्रतिवेदन नं. ५५

आदेश मिति २०५२।५।९।६

 

मुद्दाः  कुत दिलाई मोहीबाट निष्कासन ।

निवेदक-  जिल्ला सिरहा औराही गा.वि.. वडा नं. ६ बस्ने माइन्टु मुखिया

प्रतिवादी  ऐ.. बस्ने बालेस्वर मुखिया

विरुद्ध

विपक्षी-  ऐ.. बस्ने उमा महासेठ

 वादी

अड्डाबाट जारी भएको समाह्वान इतलायनामाको म्याद तारेखमा प्रतिवादी नदिई म्याद गुजारी बसेका झगडियाको ऐन बमोजिम एकतर्फी प्रमाण बुझी भएका फैसला उपर पुनरावेदन लाग्न सक्दैन भन्ने अ.बं. २०८ मा र मुलुकी ऐन अदालती बन्दोबस्तको महलको २०२ नं. बमोजिम प्रत्यर्थी झिकाउने म्याद प्राप्त गर्ने प्रत्यर्थीले चाहेमा पुनरावेदन पत्र र अदालतको आदेशलाई लिखित रुपमा प्रतिवाद गरी आफ्नो व्यहोरा प्रस्तुत गर्न सक्नेछ भन्ने पुनरावेदन अदालत नियमावली,  २०४८ को नियम ४८ मा कानूनी प्रावधान भएको र शुरु अदालत,  निकाय वा अधिकारीले गरेको निर्णयमा तात्विक भिन्नता भएको मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने गरी न्याय प्रशासन ऐन,  २०४८ को दफा ९()() मा कानूनी व्यवस्था भएको र विषय विषयमा छुट्टाछुट्टै बनेका कानूनमा लेखिए जतिमा सोही कानून बमोजिम र सो कानूनमा नलेखिएकोमा यही मुलुकी ऐन बमोजिम गर्नु पर्छ भन्ने मुलुकी ऐन प्रारम्भिक कथनको ४ नं. मा कानूनी व्यवस्था भएको देखिनाले समेत शुरुमा प्रतिवाद नगर्ने प्रतिवादीले शुरु जिल्ला अदालतको फैसला पुनरावेदन अदालतबाट केही उल्टी भएकोमा पुनरावेदन गर्न पाउने नपाउने  कानूनी प्रश्न समावेश भएको स्थितिमा फैसलाको तपसिल खण्डमा पुनरावेदनको म्याद दिनु भन्ने उल्लेख नभएको भन्ने
आधारमा २०५१।२।२७ मा पुनरावेदन अदालतको रजिष्ट्रारबाट दरपिठ भएको आदेश सदर गर्ने गरी पुनरावेदन अदालत एक न्यायाधीशको इजलासबाट भएको २०५१।४।११ को आदेश मिलेको नदेखिने।

 (प्र.नं. )

 

निवेदक तर्फबाट – ×

विपक्षी तर्फबाट-   ×

अवलम्बित नजिर-      ×

आदेश

न्या.उदयराज उपाध्याय- प्रस्तुत मुद्दामा शुरु भूमि सुधार कार्यालय सिरहाबाट बाली भराई मोही निष्कासन नहुने गरी २०४९।५।१४ मा भएको फैसला उपर वादीको पुनरावेदन परी पुनरावेदन अदालत राजविराजबाट अ.बं. २०२ नं. र पुनरावेदन अदालत नियमावली, २०४८ बमोजिम प्रत्यर्थीहरुलाई झिकाउने आदेश भई जारी भएको म्याद थपाई पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४८ बमोजिम लिखित प्रतिवाद प्रस्तुत भई भएको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन अदालत राजविराज सप्तरी मार्फत पुनरावेदन दर्ता गर्न जाँदा दर्ता नगरी फैसलामा पुनरावेदनको म्याद दिएको नदेखिएको हुँदा दर्ता गर्न नमिल्ने भनी २०५१।२।२७।६ मा दरपीठ भई पुनः निवेदन परी इजलास समक्ष पेश हुँदा शुरु म्यादै गुजारी प्रतिउत्तर नै नझिकाउने प्रतिवादीलाई पुनरावेदनको म्याद दिनु नपर्ने भै फैसलाको तपसिल खण्डमा पनि पुनरावेदन म्याद दिनु भनी उल्लेख नभएको अवस्थामा पुनरावेदन नलाग्ने भनी दरपिठ गर्ने गरेको रजिष्ट्रारको आदेश मनासिव देखिँदा कानून बमोजिम गर्नु भनी २०५१।४।११।३ मा पुनरावेदन अदालत राजविराजबाट भएको आदेश समेत बदर गरी पाउँ भनी पर्न आएको निवेदनमा भएको आदेशानुसार पुनरावेदन अदालत राजविराजबाट प्राप्त हुन आएको प्रतिवेदनको व्यहोरा समेत पेश भयो ।

2.                 यसमा अड्डाबाट जारी भएको समाह्वान इतलायनामाको म्याद तारेखमा प्रतिवादी नदिई म्याद गुजारी बसेका झगडियाको ऐन बमोजिम एकतर्फी प्रमाण बुझी भएका फैसला उपर पुनरावेदन लाग्न सक्दैन भन्ने अ.बं. २०८ मा र मुलुकी ऐन अदालती बन्दोबस्तको महलको २०२ नम्बर बमोजिम प्रत्यर्थी झिकाउने म्याद प्राप्त गर्ने प्रत्यर्थीले चाहेमा पुनरावेदन पत्र र अदालतको आदेशलाई लिखित रुपमा प्रतिवाद गरी आफ्नो व्यहोरा प्रस्तुत गर्न सक्नेछ भन्ने पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४८ मा कानूनी प्रावधान भएको र शुरु अदालत, निकाय वा अधिकारीले गरेको निर्णय र सो निर्णय उपर पुनरावेदन सुनी पुनरावेदन अदालतले गरेको निर्णयमा तात्विक भिन्नता भएको मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने गरी न्याय प्रशासन ऐन, २०४८ को दफा ९() () मा कानूनी व्यवस्था भएको र विषय विषयमा छुट्टाछुट्टै बनेका कानूनमा लेखिए जतिमा सोही कानून बमोजिम र सो कानूनमा नलेखिएकोमा यही मुलुकी ऐन बमोजिम गर्नु पर्छ भन्ने मुलुकी ऐन प्रारम्भिक कथनको ४ नं. मा कानूनी व्यवस्था भएको देखिनाले समेत शुरुमा प्रतिवाद नगर्ने प्रतिवादीले शुरु जिल्ला अदालतको फैसला पुनरावेदन अदालतबाट केही उल्टी भएकोमा पुनरावेदन गर्न पाउने नपाउने कानूनि प्रश्न समावेश भएको स्थितिमा फैसलाको तपसिल खण्डमा पुनरावेदनको म्याद दिनु भन्ने उल्लेख नभएको भन्ने आधारमा २०५१।२।२७ मा पुनरावेदन अदालतको रजिष्ट्रारबाट दरपीठ भएको आदेश सदर गर्ने गरी पुनरावेदन अदालत एक न्यायाधीशको इजलासबाट भएको २०५१।४।११ को आदेश मिलेको देखिन आएन । पछि ठहरे बमोजिम हुने गरी प्रस्तुत पुनरावेदन पत्र दर्ता गरी कानून बमोजिम गर्नु । आदेशको जानकारी निवेदकलाई दिनु भनी प्रस्तुत प्रतिवेदन समेतका कागजात पुनरावेदन अदालत राजविराजमा पठाई दिनु ।

 

इति सम्बत् २०५२ साल भाद्र ९ गते रोज ६ शुभम् ।

 

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु