शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६१८१ - जग्गा खिचोला दर्ता बदर दर्ता

भाग: ३८ साल: २०५३ महिना: श्रावण अंक:

निर्णय नं. ६१८१                       ने.का.. २०५३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल

माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे

सम्वत् २०४८ सालको पुनरावेदन नं. ....... ९८६

फैसला मितिः- २०५१।१२।७

 

मुद्दा: जग्गा खिचोला दर्ता बदर दर्ता

 

पुनरावेदक/वादीः- जिल्ला धनुषा मिथिलेश्वर मोवाही गा.वि.. वा.नं. ६ बस्ने लक्ष्मेश्वर मण्डलको      छोरा वर्ष ५४ को रामपरीक्षण  मण्डल ।

विरुद्ध

प्रत्यर्थी/प्रतिवादीः- जिल्ला धनुषा मिथिलेश्वर मोवाही गा.वि.. वा.नं. ८ बस्ने बासोदेवी खतवे 

                   . बस्ने लक्ष्मण खतवे ।

                   . बस्ने सत्यनारायण खतवे ।

 

नामसारी मृतकको जे जति जग्गा हुन्छ त्यतिमा मात्रै गरिने अवस्था पर्दछ । मृतक मनफुलको दर्ता कायम रहे भन्दा बढी जग्गामा हक कायम वा प्राप्तिको कानून बमोजिमको कारवाही बेगर नामसारी गरी दिन मिल्ने अवस्था नपर्ने  

      (प्र.नं.१४)

 

पुनरावेदक वादी तर्फबाटः- विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी र अधिवक्ता श्री शेख       अव्वास ।

प्रत्यर्थी तर्फबाटः- विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर

अबलम्बित नजीरः- ×

फैसला

न्या. लक्ष्मण प्रसाद अर्यालः- मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार  छः-

.    जि.. मिथिलेश्वर निकाश गा.. वडा नं. () को क्षेत्रफल ०--७ जग्गा सदासर्वदा देखि मेरै हकभोगमा रहेको सा.कि.नं. ४४७, ४४८, ४४९ को रुपमा मेरै नाउँमा कायम थियो । हाल सर्वेमा वा.नं. ९ कि.नं. १६ को ०--० र सोही ९() को हाल विवादित जग्गा कि.नं. १७ को ०--७ को रुपमा भएको छ । सो सर्वे श्रेस्ता मेरो नाममा साविक २०२३ सालको रसिदको पृष्ठमा हाल कायम भएको कि.नं. १७ जनिएको छ । जग्गाधनी दर्ता प्रमाणपत्र समेत पाई पोत बुझाई आएको छु । सो जग्गा भोगी आएकोमा मिति २०४२।२।१५ का दिन ७ बजे विपक्षीले हलो जोत्न लाग्दा आश्चर्यमा परी विपक्षीलाई सोद्धा मेरो दर्ताको भएर जोतेको  भन्दा पत्ता लगाउँदा विपक्षीको बाबुको नाममा उक्त कि.नं. १७ को जग्गालाई ट्रायल चेक गराई ०--१२ जग्गा क्षेत्रफल कायम गरी मनफुल खतवेको नामबाट आफ्नो नाउँमा संयुक्त नामसारी गराएको कुरा मिति २०४२।४।१० मा नक्कल लिएपछि जानकारी हुन आयो । अतः दर्ता बदर गरी खिचोला मेटाई पाऊँ भन्ने समेत दाबी

.    वादीको हकभोग तथा दर्ताको जग्गा होइन । प्र. मध्ये लक्ष्मी खतवेको बाबु मनफुल खतवेको नाममा दर्ता रहेको अन्य जग्गा लगायत यो ९() कि.नं. १७ को हाम्रो नाममा आएको हो । कि.नं. १७ को जग्गा ट्रायल चेक गरी क्षेत्रफल सम्म थप भएको हो । दाबी हद म्यादभित्रको छैन भन्ने समेत प्रतिउत्तर पत्र ।

.    मनफुल खतवेको नाममा दर्ता कायम रहेसम्म प्रतिवादी लक्ष्मी खतवे समेतको संयुक्त नाममा नामसारी भई दर्ता हुन आएको बदर गर्न नमिल्ने हुँदा प्रस्तुत फिराद खारेज हुन्छ भन्ने मिति २०४३।९।२९ को ध.जि..को फैसला  ।

.    शुरु इन्साफ त्रुटिपूर्ण हुँदा बदर गरी पाऊँ भन्ने मिति २०४३।११।२२।३ को वादीको जनकपुर अंचल अदालतमा परेको पुनरावेदन पत्र  ।

.    खारेजी फैसला बदर गरि दिएको छ । सबूद प्रमाण बुझी निर्णय गर्नु भन्ने मिति २०४५।११।१५ को जनकपुर अचल अदालतको फैसला ।

.    ७ नं. फांटवारीमा उल्लेखित सा.कि.नं. ४४७, ४४८, ४४९ को जग्गाहरु नै कि.नं. १७ को जग्गा भन्ने कुरा वादी पक्षबाट प्रस्तुत २०२३।०२६, ०३० समेतका रसिद प्रमाणबाट यी वादीको भोग स्वामित्व यथावत रुपमा छ भन्ने मान्नु  पर्ने हुन आउँछ । क्षेत्रीय किताब हेरिएमा वादीकै नाममा २०२४।१०।२४ जग्गा नापी भई फिल्डबुकमा जग्गाधनी कायम भएबाट वादीका नाममा पक्का मोठ श्रेस्ता रहे भएको देखिन आयो । मनफुल खतवेका नाममा सर्वे नापी हुँदा फिल्डबुक श्रेस्ता तयार भएको भए प्रतिवादी पक्षबाट पेश दाखिल हुन सक्नु पर्दथ्यो । अतः प्रतिवादी नामको दर्ता बदर भै खिचोला गरेको ठहर्छ भन्ने शुरु ध.जि..को मिति २०४७।५।६ को फैसला ।

.    विवादित जग्गाको जग्गाधनी प्रमाणपुर्जा हाम्रो पुर्खा मनफुल खतवेको नामबाट बनेको छ । जग्गा पजनीको १७ नं. तर्फ शुरुले बोलेको छैन । वादी प्रतिवादीको नखुलेको कुरा अ.बं. १३३ नं. बमोजिम खुलाउन पाउने व्यवस्था छदैछ । सर्वे हुँदाको फिल्डबुक र सर्वे हुनुभन्दा अघिको मनफुलको फिल्डबुक दाखिल गर्नुपर्ने थियो भन्ने आधार पनि तथ्य प्रतिकूल   छ । अतः हाम्रो पिता पुर्खा पालाको हाम्रो हकभोग दर्तामा रहेको सा.कि.नं. ४१८ को हाल सर्वे कि.नं. १७ कायम भएको जग्गाको दर्ता बदर गरी ज.खि. ठहराएको शुरुको फैसला गैरकानूनी भएको हुँदा बदर गरी पाऊँ भन्ने मिति २०४७।६।३० को प्रतिवादीको पुनरावेदन पत्र  ।

.    .वं. २०२ नं. बमोजिम झगडिया झिकाउने भन्ने मिति २०४८।१२।९ को आदेश ।

१०.    प्रतिवादीका बाबु स्व. मनफुलबाट दाखिल भएको ७ नम्बर फाँटवारीमा उल्लेखित मासिक कित्ता नम्वर ४१८ को ०-११-१४ क्षेत्रफल रहेको देखाइएकोमा हाल नापीमा कायम भएको क्षेत्रफल बढी नभई घटी नै देखिन आउँदछ । वादीले फिरादपत्रमा उल्लेख गरेको साविक कित्ताहरु मध्ये कुन कित्ताबाट विवादित कि.नं. १७ को जग्गा कायम भएको हो । सो खुलाई प्रमाणित गर्न नसकेको र बाबु ससूरा  हजुरबाको नाममा दर्ता रहेको निजको मृत्युपश्चात गाऊँ पंचायतको सिफारिश सर्जमिन आधारमा नामसारी समेत भई जग्गा प्रतिवादीहरुको नाममा दर्ता कायम रही रहेको देखिन आएबाट वादीले खिचोला गरेको र निजहरुको नाममा दर्ता बदर हुने ठहराई वादीले चलन समेत पाउने ठहराएको शुरु धनुषा जिल्ला अदालत २०४७।५।६ को फैसला उल्टी ठहराई पुनरावेदन अदालत जनकपुरले २०४९।७।४ मा गरेको फैसला ।

११.    प्रतिवादीले आफ्ना जग्गा घटी थियो भने जग्गा नापजांच ऐन, २०१९ अनुसार १२० दिन भित्र उजूर गर्नुपर्ने सो नगरी २०४१।१२।७ मा निवेदन दिएको भरबाट बढी क्षेत्रफलको जग्गाधनी पूर्जा पाउन नसक्ने प्रतिवादीको १७ नम्बर भनिएको कित्ता निजको नाउँमा नापी भएको छैन र फिल्डबुक समेत तयार भएको छैन । अदालतबाट गरेको नक्सा १७१ नं.को सर्भे अनुकूल नभएकोले रीतपूर्वक नपुगेको र यथार्थमा आधारीत नभएको सर्भे कि.नं. १५ को ०--० को निजको जग्गालाई १७ बनाउदैमा मेरो जग्गाको चेक जांच गरी बढी नापको कायम गर्दैमा मैले भोगचलन गरी आएको जग्गा प्रतिवादीको हुन नसक्ने मनफुलको नाउँमा कि.नं. १५ को ०--० सर्भे नापी भई सोही क्षेत्रफलको तिरोतिरान गरेको छ भने मेरो जानकारीमा नआएको १५ नं. को सट्टा १७ नं., लेखिदैमा मनफुल माथि उजूर गर्ने भन्ने प्रश्न नै उत्पन्न हुदैन । दोश्रो निज परलोक भईसकेकोले उजूर गर्ने कुरा पनि नभएकोले पुनरावेदन अदालत जनकपुरले प्रतिवादीको नाममा दर्ता हुने गरी गरेको फैसला उल्टी गरी शुरु सदर गरी पाऊँ भनी पुनरावेदकले यस अदालतमा दिएको पुनरावेदन पत्र ।

१२. धनुषा जिल्ला मिथिलेश्वर निकाश गा.वि.. वडा नं. () कित्ता नम्बर १७ को ज.वि. --७ पुनरावेदक वादी राम परीक्षणको नाममा दर्ता र वडा नं. () का कित्ता नम्बर १७ मा मनफुलको नाउँमा दर्ता प्रमाणपुर्जामा जनिएको पाइयो । तर पुनरावेदन साथ पेश भएको फिल्डबुक उतारको फोटोकपीमा कित्ता नम्बर १७ राम परीक्षणको नाउँमा सर्भे नापी भएको देखिएको र मनफुलको नाउँमा कित्ता नम्बर १७ मा २ कट्टा मात्र दर्ता भएको नाताले ०--७ को स्वामित्व प्राप्त गर्ने भरपर्दो आधार नहुँदा पुनरावेदन अदालत जनकपुरको इन्साफमा फरक पर्ने हुँदा अ.बं. २०२ नम्बर बमोजिम विपक्षीलाई झिकाउने र नापी शाखा धनुषाबाट मिथिलेश्वर निकाशा गा.वि.. वडा नं. () को कित्ता नम्बर १४, १५, १६, १७ को फिल्डबुक उतार समेत झिकाउने भनी यस अदालतबाट मिति २०५१।२।१७ मा भएको आदेश ।

१३.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट उपस्थित हुनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी र अधिवक्ता शेख अब्बासले साविकको ४१८ को ४ किल्ला नक्सामा मिल्दैन । नापीले ५ लाई ७ बनाएर १५ लाई १७ बनाएको सम्म भएबाट प्रतिवादीले अन्य हकमा २ कट्टामा खिचोला गरेको र विपक्षी मनफुलले सो को तिरो तिरान गरेको छ भन्दैमा सो मा निजको हक कायम भन्न नमिल्नेमा पुनरावेदन अदालत राजविराजको खिचोला नठहर्ने गरी गरेको फैसला उल्टी गरी शुरु धनुषा जिल्ला अदालतको फैसला सदर गरी पाऊँ भन्ने र प्रत्यर्थी तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री पन्नामान तुलाधरले वादीले फिराद र पुनरावेदनमा विवादित २ कट्टा साविकलाई बदर गरी पाँऊ भन्ने दावी जिकिर नभएको प्रतिवादीले २ कट्टा तिरो तिर्दै आएको निजको मृत्युपछि २०४१ सालमा मात्र आफ्नो जग्गा कमायो भनी वादीले निवेदन गरी दर्ता भएको शुरु फैसला श्रेस्ता भिडाई नामसारी गरेको समेत नदेखिँदा कानून बमोजिम पुनरावेदन अदालत जनकपुरले वादीले खिचोला गरेको ठहराएको फैसला कानून अनुकूल भए रहेबाट सो सदर हुनु पर्दछ भनी गर्नु भएको बहस समेत सुनी पुनरावेदन जिकिर पुग्ने नपुग्ने के हो सो उपर निर्णय दिनु पर्ने भएको छ ।

१४.   प्रतिवादीले आफ्नो जग्गा घटी भएको भए नाप जांच ऐन, २०१९ अनुसार १२० दिनमा उजूर गर्नु पर्नेमा २०४१।१२।७ मा निवेदन दिएको १७ नम्बर भनिएको कित्ता निजको नाउँमा नापी नभएको र फिल्डबुक समेत तयार भएको  छैन । सर्भे कि.नं. १५ को ०-- ( कट्टा) निजको जग्गालाई १७ बनाउदैमा मेरो जग्गाको चेक जांच गरी बढी नाप गर्दैमा मैले भोगचलन गरी आएको जग्गा प्रतिवादीको हुन नसक्नेमा मैले खिचोला गरेको ठहराएको पुनरावेदन अदालत जनकपुरको फैसला उल्टी गरी शुरु धनुषा जिल्ला अदालतको फैसला सदर गरी पाऊँ भन्ने मुख्य पुनरावेदन जिकिर देखिन्छ । यसमा वादीले ०---० जग्गा २०४१।१२।१२ मा ट्रायल चेक गर्दा कि.नं. १७ मा ०--० जग्गा कम भएको भनी जग्गा समावेश गरेको देखियो । सोही ०---० जग्गाको जग्गा दर्ता बदर गरी आफ्नो नाममा पूर्ववतः दर्ता कायम गराउन फिराद गरेको देखिएको र शुरु अदालतले सोही अनुसार वादीको दर्ताको ०---० जग्गाको हदसम्म बदर गर्ने गरेको देखिन आएकोमा प्रतिवादीका बाबु मनफुलका नाउँमा नापी फिल्डबुकमा  कित्ता नम्बर १७ मा ०--० मा लेखिएकोले सोही अनुसारको दर्ता प्रमाण पूर्जा लिई सोही अनुपातमा तिरो समेत गरी आएको र वादीले पनि नापी २०२४।१०।२४ का समयमा फिल्डबुकमा कित्ता नम्बर १७ मा ०--७ जग्गा लेखाई मेरो नम्वरी भनी कैफियतमा सोही गरी २०२५।६।३० मा जग्गाधनी प्रमाणपूर्जा पाई सोही अनुसार तिरो समेत गरी आएको देखिन आयो । यसरी नापी फिल्डबुकमा आफ्नो नाम लेखाउने २ कट्टा जग्गाको मात्र जग्गाधनी प्रमाण पुर्जा लिई तिरोतिरान गरी आई चित्त बुझाई बसेको । निज २०३६ सालमा परलोक भएपछि २०४१ सालमा नामसारी गर्दा मात्र ट्रायल चेक गर्दा जग्गा कम भएको भनी वादीको नाममा फिल्डबुकले आफ्ना नाममा लेखाई जग्गाधनी दर्ता प्रमाणपुर्जा २०२५।६।३१ मा लिई सकेको जग्गा मोठ श्रेस्ता हेर्दै नहेरी दर्तावाला वादीलाई नबुझी प्रतिवादीहरुका नाउँमा नामसारी दर्ता गरिदिने गरेको मिल्दो कुरा देखिएन । किनकी नामसारी मृतकको जे जति जग्गा हुन्छ त्यतिमा मात्रै गरिने अवस्था पर्दछ । मृतक मनफुलको दर्ता कायम रहे भन्दा बढी जग्गामा हक कायम वा प्राप्तिको कानून बमोजिमको कारवाही बेगर नामसारी गरिदिन मिल्ने अवस्था पर्दैन । उपरोक्त अनुसार मालपोत विभागले त्रुटी गरी एउटै कित्ता दिएको र सर्जमीन, पञ्चायतको सिफारिशको आधारमा ट्रायल चेक समर्थन भएको भनी मिति २०४१।१२।१२ मा नामसारी गर्दा बढी जग्गा कायम गरी प्रतिवादीहरुको नाममा दर्ता गर्न पुगेको कानून अनुरुप नहुँदा सो हदसम्म अर्थात २ कट्टा नामसारी गरी पाऊँ भनेको बाहेक ०---० वादीको जग्गाको वादी दाबी अनुसार नामसारी दर्ता बदर गरी दिने ठहर्‍याएको धनुषा जिल्ला अदालतको इन्साफ मिलेकै देखिएको त्यस्तो सही इन्साफ गलत भनी उल्टी गर्ने गरेको पुनरावेदन अदालत जनकपुरको मिति २०४९।७।४ को फैसला नमिलेकोले उल्टी हुने ठहर्छ।

तपसिल

पुनरावेदक वादी के माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदन अदालत जनकपुरको फैसला उल्टी हुने ठहरेकोले उक्त फैसलाले राख्ने गरेको लगत कट्टा गरी शुरु धनुषा जिल्ला अदालतको फैसलाले राखेको लगत नै यथावत कायम राख्नु भनी शुरु धनुषा जिल्ला अदालतमा लेखि पठाउनु ।

प्रत्यर्थी प्रतिवादीलाई पुनरावेदन अदालत जनकपुरको फैसलाले फिर्ता दिने गरेको कोर्ट फी रु.१३०।. फिर्ता दिनु नपरी वादीले नै फिर्ता पाउने देखिंदा सो कोर्ट फी फिर्ता पाऊँ भनी ऐनका म्याद भित्र दरखास्त पर्न आए फिर्ता खर्च लेखी दिने भनी शुरु जिल्ला अदालतमा लेखि पठाउनु।

पुनरावेदक वादीले यस अदालतमा पुनरावेदन दिंदा रु.१९।५० कोर्ट फी राखेको देखिंदा उक्त कोर्ट फी रकम प्रत्यर्थी प्रतिवादीबाट भरी पाउने हुँदा प्रतिवादीको यसै सरहद भित्रको जेथा देखाई ऐनका म्यादभित्र दरखास्त दिन आए भराई दिनु भनी शुरु जिल्ला अदालतमा लेखि पठाउनु । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

न्या. इन्द्रराज पाण्डे

इति सम्बत् २०५१ साल चैत्र ७ गते रोज ....शुभम् ...............................

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु