शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६१९० - अंश दपोट

भाग: ३८ साल: २०५३ महिना: भाद्र अंक:

निर्णय नं. ६१९०                             ने.का.. २०५३

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा

२०५० सालको दे.पु.. नं. ....... ४०

फैसला मितिः- २०५२।९।२८

मुद्दा: अंश दपोट

 

पुनरावेदक/प्रतिवादीः- जिल्ला ललितपुर, ललितपुर नगर पञ्चायत  वडा नं. २ सानेपा बस्ने रत्नमान तण्डुकार ।

                 .. बस्ने बाबुकाजी तण्डुकार

                 .. बस्ने अन्तरमाया तण्डुकार

विरुद्ध

विपक्षीः- .. घर भै हाल काठमाडौं जिल्ला, काठमाडौं नगर पञ्चायत वडा नं. १२ टेकू डेरा गरी      बस्ने सक्कली माया तण्डुकारको मु.. गर्ने ललितपुर नगर पञ्चायत वडा नं. २ सानेपा      बस्ने प्रेम विक्रम हमाल ।

           .को मु.. गर्ने काठमाडौं नगरपालिका वडा नं १९ ढोकाटोल बस्ने सन्तोष शर्मा ।

      ..को मु.. गर्ने ऐ..बस्ने अमरनाथ शर्मा ।

      .को सकार गर्ने ऐ. वडा नं. १३ ताहाचल बस्ने शिला ज्ञवाली ।

      .को मु.. गर्ने वडा नं. १२ टेकू बस्ने भीमनारायण श्रेष्ठ ।

..को मु.. गर्ने ऐ..बस्ने नन्दा थापा ।

..को मु.. गर्ने ऐ..बस्ने राममाया श्रेष्ठ ।

..को मु.. गर्ने ऐ. वडा नं. १४ कुलेश्वर बस्ने रन्जु मैनाली ।

..को मु.. गर्ने ऐ. वडा नं. २ लाजिम्पाट बस्ने निर्मला थापा ।

 

अंश मुद्दामा वादी प्रतिवादी दुबै पक्षसंग तायदाती फाँटवारी माग्नुको मूल तात्पर्य दुवै थरीले आ-आफ्नो जिम्मा जानकारीमा रहेको सम्पत्तिको विवरण पेश गरुन् भन्ने हुँदा फाँटवारी पेश गर्ने दायित्व वादी प्रतिवादी दुवै पक्षको रहने                                                                                

(प्र.नं.१५)

अंश मुद्दा भन्दैमा सम्पत्तिको विवरण पेश गर्ने दायित्व एक पक्षको उपर मात्र रहन्छ भनी अर्को पक्षको दायित्वलाई नजर अन्दाज गर्न नमिल्ने  ।                                                 (प्र.नं. १५)

अंश दपोट मुद्दामा अंश लाग्ने सम्पत्ति अर्को पक्षले दपोट गर्‍यो भनी कुनै पक्षले दाबी लिन्छ भने सो सम्पत्ति अंश मुद्दाको तायदाती फाँटवारी दाखेल गर्ने कारवाहीको अवस्थामा दाबी गर्ने पक्षको जानकारीमा थियो थिएन ? अर्को पक्षले अंशियारको हक मेटाउने नियतले उक्त सम्पत्ति निजले दबाए छिपाएको अवस्था देखिन्छ देखिदैन ? भन्ने तर्फ समेत विचार गर्नु  पर्ने ।    

(प्र.नं. १५)

अंश मुद्दाको तायदातीमा अर्को पक्षले कुनै सम्पत्तिको विवरण पेश गरेन भनी कसैले अंश दपोटमा दाबी लिंदैमा त्यो दपोट ठहर्ने अवस्था नहुने ।  

(प्र.नं. १५)

अंश मुद्दाका प्रतिवादी यी पुनरावेदकको नाउँमा दर्ता समेत नरहेको विवादित सम्पत्तिहरु प्रतिवादीको तायदातीमा उल्लेख नभएको भन्ने कारणबाट मात्र निजले दपोट गरेको ठहराउन सर्वोच्च अदालतले अवलम्बन गर्दै आएको सिद्धान्तबाट समेत मिल्ने नदेखिने ।     

(प्र.नं. १६)

 

पुनरावेदक तर्फबाटः- विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल

विपक्षी तर्फबाटः-    विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त

            विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली

अबलम्बित नजीरः- मेहरमान खड्गी विरुद्ध हिरामान (ने.का.. २०२६, नि.नं. ४६३, अंक २, पृष्ठ ४१ फुलबेन्च), कृष्ण कुमारी श्रेष्ठ विरुद्ध मंगलदास मरी मु.. गर्ने केदार श्रेष्ठ (ने.का.. २०४६, अंक ८, पृष्ठ ८१३ पूर्ण इजलास), भरत बहादुर विरुद्ध मनहरि रोक्का (ने.का.. २०४५, अंक ८, पृष्ठ ८२८), दिल बहादुर विरुद्ध चिनिया माया समेत (ने.का.. २०४८, पृष्ठ १७) मा प्रतिपादित सिद्धान्त ।

फैसला

न्या. केशव प्रसाद उपाध्यायः- प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छः-

2.                                   मैले विपक्षीहरु उपर मिति २०३५।११।१४ मा अंश मुद्दा दिई विपक्षीहरुबाट तायदाती लिई मिति २०३७।८।१४ गते मैले अंश पाउने ठहरी यसै ललितपुर जिल्ला अदालतबाट फैसला भईसकेको छ । तर विपक्षीहरुले उक्त अंश मुद्दामा मिति २०३७।६।२६ मा तायदाती दिंदा मेरो पति चन्द्रमानका नाउँमा दर्ता रहेको ललितपुर नगर पञ्चायत वडा नं २ मौजा () कि.नं. ५४, ११८ मौजा () कि.नं. ६४, ६५, ७२, ७६ मौजा () को कि.नं. १६२ समेतको सात कित्ता जग्गाको क्षेत्रफल ८--२ र सौता पट्टिको छोरा ढेडी भन्ने हिरामन तण्डुकारको नाउँमा जग्गा नाप जाँच हुँदा निजको नाममा दर्ता रहेको जिल्ला ललितपुर नगर पञ्चायत वडा नं. २ मौजा () को कि.नं. , २८, ३४, ३५, ४६, ५७, ४८, ५९, ५०, ५२, ५३, ४७ समेत १२ कित्ता जग्गाको क्षेत्रफल १०--२ जग्गा विपक्षीहरुले आफ्नो कब्जामा लिई त्यसको फांटवारी नदिई एकलौटी खाने दुष्प्रयास गरी अचल जग्गा दबाएको हुँदा अंश वण्डाको २७ नं. बमोजिम फिराद गर्न आएको छु । उक्त उल्लेखित जग्गा मेरो एकलौटी हक गरी मेरो नाममा दाखिल दर्ता समेत गरी पाऊँ भन्ने समेत व्यहोराको सक्कली माया तण्डुकारको फिराद पत्र ।

3.                                  वादीले दपोट गर्‍यो भनी दाबी गरेको चन्द्रमान तण्डुकारको नाउँमा दर्ता रहेको भनेको कित्ताहरु र हाम्रो पति बाबुको नाउँमा दर्ता रहेको भनेको कि.नं. २ र ४८ का जग्गाहरु समेत निजहरुको नाम दर्ता छ छैन भन्ने कुराको जग्गाधनी प्रमाण पुर्जा र रसिद समेत विपक्षीसंग नै हुँदा हामीलाई थाहा छैन । जहाँसम्म हिरामान तण्डुकारको नाउँमा दर्ता रहेको भनेको कि.नं. २८, ३४, ३५, ४६, ५०, ५२, ५३ र ४७ समेतका जग्गाहरु पति बाबुले कमाई आएको श्री मछिन्द्रनाथ गुठी एवं खलाछी मठ गुठीको जग्गाहरु हुन् । कि.नं. ४९ को जग्गा पनि जग्गाधनी झुकुसुस्ले र मोहियानीमा सम्म कमाई आएको जग्गा हो । मोहियानीमा कमाई आएको जग्गाहरु बाहेक भनी उल्लेख गरिदिएकै हुनाले दपोट नगरेको हुँदा फिराद खारेज गरी पाऊँ भन्ने समेत व्यहोराको अन्तरमाया समेत जना ३ को संयुक्त प्रतिउत्तर पत्र ।

4.                                  मोहियानी जग्गामा हामीले उपभोग गरी रहेका छौं भन्ने प्रतिवादीहरुको भनाई भएकै र वादीका पति चन्द्रमानका नाममा दर्ता भएको जग्गा वादीकै उपभोगमा भए दपोटमा उजूर समेत गर्न नसकेको स्थितिमा प्रतिवादीहरुले दपोट गरेकै ठहर्छ भन्ने समेत व्यहोराको शुरु ललितपुर जिल्ला अदालतको फैसला ।

5.                                  हामीले दपोट गरेको भनेको चन्द्रमानका नाउँमा दर्ता रहेको र हाम्रो नाउँमा दर्ता समेत नभएको अवस्थामा दपोट ठहर्‍याएको शुरुको फैसला अन्यायपूर्ण हुँदा बदर गरी पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुले बागमती अञ्चल अदालतमा गरेको पुनरावेदन पत्र ।

6.                                  यो दाबीका जग्गाहरु जग्गावाला सरह बिक्री व्यवहार गर्न पाउने गुठीको मोहियानी हक प्राप्त जग्गा हुँदा मोहियानीको परिभाषा लगाइएको अन्यायपूर्ण हुँदा सो हदसम्म फैसला बदर गरी दाबी बमोजिम गरी पाऊँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन पत्र ।

7.                                  प्रतिवादीले आफ्नो भोग चलनमा रहेको जग्गाहरुको तायदाती दिन पर्ने निजको कर्तव्य भएकोमा तायदाती नदिई दपोट गरेको र मोहियानी हकका जग्गाहरु अंश बण्डा नलाग्ने हुँदा सो हदसम्म दपोट गरेको ठहराएको शुरुको इन्साफ मनासिव ठहर्छ भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतको फैसला ।

8.                                  उक्त अञ्चल अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाऊँ भनी प्रतिवादीहरुले मध्यमाञ्चल क्षेत्रीय अदालतमा दिएको निवेदन पत्रमा उक्त अदालतबाट पुनरावेदनको अनुमति प्रदान गरेको रहेछ ।

9.                                  पुनरावेदक प्रतिवादीको जिकिर अनुसार यदि वादी घरको मुख्य भै सम्पुर्ण श्री सम्पत्ति वादीको जिम्मा भै भएको भए वादीले यी प्रतिवादी उपर अंश मुद्दा दिन पर्ने औचित्य र आवश्यकता नै पर्न नआउने प्रष्ट भएको, पति चन्द्रमान २०३४ साल कार्तिक लक्ष्मी पूजाको दिन परलोक भएको भन्ने भएबाट मिति २०३१।१२।१८ मा विपक्षी सक्कली मायाले लालपूर्जाको नक्कल लिई थाहा पाएको भन्ने कुरा युक्तिसंगत नभै बिना प्रमाणको देखिन्छ । साथै विवादित जग्गाहरु प्रतिवादीको भोगचलनमा नभएको भए प्रतिवादीहरुले पनि दपोट तर्फ दाबी लिन सक्नु पर्नेमा सो भए गरेको देखिन नआएको समेत हुँदा अञ्चल अदालतको इन्साफमा कुनै त्रुटि देखिन नआएबाट केही परिवर्तन गरी रहन परेन । पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको २०४३।५।९ को फैसला ।

10.                               उक्त क्षे..को फैसलामा दपोट सम्बन्धी अंशवण्डाको २०, २१, २२ र २७ नं. समेतको गलत प्रयोग र व्याख्या भएको समेत हुँदा पुनरावेदनको अनुमति पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुले यस अदालतमा दिएको निवेदनमा यसै लगाउको नि.नं. ३७९ को अंश दपोट मुद्दामा आजै यसै इजलासबाट पुनरावेदनको अनुमति प्रदान भएकाले सोही आधारमा यसमा पनि पुनरावेदनको अनुमति प्रदान गरिएको छ, भन्ने समेतको यस अदालत तत्काल डिभिजन बेन्चको मिति २०४३।६।१५ को आदेश ।

11.                                 यसमा वादी प्रतिवादीहरु अंशियार भएको र यिनीहरु बीचमा अंश मुद्दा परि निर्णय भएकोमा विवाद देखिन्न । यिनीहरुको बीचमा परेको मूल मुख्य अंश मुद्दामा पेश भएको तायदातिमा यो विवादित जग्गाहरु यी प्रतिवादी पुनरावेदकले लेखी दिएको पाईदैन । सो तायदातीमा नपरेको विषयमा कानून अनुसारको प्रमाण दिन सकेको पाईदैन । यस्तो निर्णयमा दपोट ठहर्‍याई शुरुले गरेको इन्साफ सदर गरी बागमती अञ्चल अदालतले र सोही सदर गरी मध्यमान्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मिलेको देखिँदा मनासिव ठहर्छ भन्ने व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०४५।२।१२ को फैसला

12.                                सर्वोच्च अदालतको फैसला दोहोर्‍याई पाऊँ भनी प्रतिवादीहरुले श्री ५ मा चढाएको बिन्तिपत्र यस अदालतमा प्राप्त भई सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४५।२।१२ को फैसलामा ने.का.. २०२६ पृष्ठ ४१  मा प्रकाशित २०२५ सालको फु.नं. ४१ निवेदक मेहरमान खड्गी विरुद्ध हिरामान खड्गी समेत भएको अंश दपोट मुद्दामा पूर्ण इजलासबाट प्रतिपादित नजीर तथा ने.का.. २०४३ पृष्ठ १०५५ अंक १० मा प्रकाशित कृष्ण कुमारी श्रेष्ठ विरुद्ध मंगलदास श्रेष्ठ भएको अंश दपोट मुद्दामा पूर्ण इजलासबाट प्रतिपादित नजीर समेतको त्रुटि देखिँदा दोहोर्‍याई हेर्ने निस्सा गरी दिएको छ भन्ने व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५०।६।२७ को आदेश ।

13.                               नियम बमोजिम दैनिक कजलिष्टमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री पिताम्बर सिलवालले वादी सक्कली माया घरको मुख्य व्यक्ति भएकाले सम्पूर्ण सम्पत्ति वादीको जिम्मा थियो । अंश मुद्दामा मेरो पक्षले प्रतिउत्तर पत्र लगाउँदा र पछि अदालतको आदेश बमोजिम तायदाती फाँट दिंदा समेत ससुरा तथा बाजे पछि घरको मुख्य मूली निजै वादी भएका र जग्गा जमिनको कागजात हामीसंग नभै वादीकै जिम्मा साथमा रहेको कुरा समेत देखाई मेरो पक्ष बसी आएका घर बाहेक अरु बण्डा गर्नु पर्ने जग्गा जमिन मेरो पक्षको नाउँमा छैन । दपोट ठहर भएको ७ कित्ता जग्गाको दर्ता विपक्षी वादीकै लोग्ने चन्द्रमानको नाउँमा भएको र त्यसको जग्गाधनी प्रमाण पूर्जा वादीले नै फिरादसाथ पेश गरेको छ । विपक्षीले दाखिला गर्नु पर्ने तायदाती फाँटको दायित्व हामीमा सार्न मिल्ने होइन । हामीले जग्गा भोग चलन गरेको कुनै प्रमाण आएको छैन । संयुक्त इजलासबाट मेरो पक्षले दपोट ठहराएको फैसला मिलेको नहुँदा बदर हुनु पर्छ भन्ने बहस प्रस्तुत गर्नु भयो । विपक्षी अमरनाथ समेतको तर्फबाट रहनु भएका विद्वान वरिष्ट अधिवक्ता श्री कृष्ण प्रसाद पन्त, प्रेम विक्रम हमालको तर्फबाट रहनु भएका अधिवक्ता श्री विश्वकान्त मैनालीले हाम्रो पक्ष सक्कली माया तण्डुकार चन्द्रमान तण्डुकारको पत्नि भएको र चन्द्रमानको मृत्यु पश्चात विपक्षीहरुले घरबाट निकालेकाले घरबाट निकालिएकी मेरो पक्षसंग चल अचल श्री सम्पत्ति कागजात रहने भन्ने प्रश्न नै उठ्न सक्दैन । अन्तरमाया तण्डुकारले भूमिसुधार कार्यालय ललितपुरमा बयान गर्दा मैले प्रमाण पेश गरेका जग्गाहरु मध्ये मोहीयानी जग्गा छोरा रत्नमानले जोती आएको र गुठी जग्गा र रैकर जग्गामा मैले र छोरा बाबुकाजी तण्डुकारले कमाई आएका छौं । रैकर जग्गामा हाल मुद्दा परी राखेता पनि मेरो पति हिरामानको नाउँको प्रमाणमा उल्लेखित सबै कित्ता जग्गा म र मेरो परिवारले नै कमाई आएका छौं भनी बयान गरेबाट सम्पूर्ण जग्गामा प्रतिवादीले नै भोग गर्दै आएको प्रष्ट देखिन्छ । अंश मुद्दा पर्दा विपक्षीले पेश गरेको तायदातीमा विवादीत जग्गाहरु उल्लेख गरिएको छैन । संयुक्त इजलासबाट भएको फैसला मनासिव हुनुपर्छ भन्ने बहस प्रस्तुत गर्नु भयो ।

14.                               आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा इन्साफ तर्फ विचार गर्दा वादी सक्कली माया प्रतिवादी यिनै पुनरावेदक अन्तरमाया समेत भै चलेको अंश मुद्दामा फिराद परेको अघिल्लो दिन मिति २०३५।११।१४ लाई मानो छुट्टिएको मिति कायम गरी सो भन्दा अघिल्लो दिनसम्मको अंश वण्डा गर्नुपर्ने श्री सम्पत्तिको फांटवारी अंशवण्डाको महलको २०, २१, २२ नं. बमोजिम पेश गर्न शुरु ललितपुर जिल्ला अदालतबाट मिति २०३७।५।१२ मा आदेश भए अनुसार वादी सक्कली मायाले मिति २०३७।५।२६ मा तथा प्रतिवादी अन्तरमाया समेतले मिति २०३७।६।१९ मा तायदाती फाँटवारी दाखेल गरेकोमा वादी प्रतिवादीहरुबाट दाखेल भएको तायदातीबाट वादीले आधा अंश पाउने ठहरी फैसला भएको प्रमाणको अंश मुद्दाबाट देखिन आउँछ । सोही अंश मुद्दामा यी पुनरावेदक प्रतिवादीहरुले मिति २०३७।६।१९ मा तायदाती दिंदा पति चन्द्रमानको नाउँमा दर्ता रहेका ललितपुर नगर पञ्चायत  वडा नं. २ मौजा () कि.नं. ५४,११८ मौजा () कि.नं. ६४, ६५, ७२, ७६ मौजा () को कि.नं. १६२ समेतको सात कित्ता जग्गाका क्षेत्रफल ८--२ र सौतापट्टिको छोरा ढेडो भन्ने हिरामान तण्डुकारको नाउँको जिल्ला ललितपुर, ललितपुर नगर पञ्चायत वडा नं. २ मौजा () को कि.नं. , २८, ३४, ३५, ४६, ५७, ५८, ५९, ५०, ५२, ५३, ४७ समेतका १२ कित्ता जग्गाको क्षेत्रफल १०--२ जग्गा विपक्षीहरुले आफ्नो कब्जामा लिई त्यसको फाँटवारी नदिई एकलौटी खाने प्रयास गरी अचल जग्गा दबाएको हुँदा उक्त जग्गा मेरो एकलौटी हक गरी मेरो नाममा नामसारी दर्ता समेत गरी पाऊँ भनी प्रत्यर्थी वादी सक्कली मायाको वादी दाबी भएकोमा शुरु जिल्ला अदालतबाट मोहीयानी जग्गाहरु कानूनले वादी प्रतिवादीको बीचमा अंशवण्डा गर्न मिल्ने देखिन नआउँदा ८--२ को जग्गा मात्र वादी दाबी बमोजिम प्रतिवादीहरुले दपोट गरेको ठहराई भएको शुरु जिल्ला अदालतकै फैसलालाई नै सदर गर्दै यस अदालत संयुक्त इजलासबाट समेत फैसला भएको देखिन आउँछ । त्यस्तै प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीले दपोट गरेको ठहरिएको कि.नं. ५४, ११८, ६४, ६५, ७२, ७६, १६२ का साथै कि.नं. , ४८, ७५ समेत प्रत्यर्थी वादी सक्कली मायाले अंश मुद्दामा ललितपुर जिल्ला अदालतमा मिति २०३७।५।२६ मा तायदाती दिँदा आफ्नो लोग्नेको नाउँमा रहेको नदेखाई दपोट गरेको मेरो एकलौटी हक कायम गरी पाऊँ भनी यिनै पुनरावेदक प्रतिवादी वादी र प्रत्यर्थी वादी प्रतिवादी भै चलेको अंश दपोट मुद्दामा कि.नं. , ४८, ७५ प्रत्यर्थी सक्कली मायाले दपोट गरेको ठहरी यस अदालतबाट समेत फैसला भई रहेको लगाउको दे.पु..नं. ३९ को अंश दपोट मुद्दाबाट   देखिन्छ ।

15.                               अंश मुद्दामा फाँटवारी पेश गर्नुपर्ने कानूनी व्यवस्था तर्फ हेर्दा मुद्दा ऐ.अंशवण्डाको महलको २० नं. मा घरको जानकार व्यक्तिले वण्डा गर्नु पर्ने श्री सम्पत्तिको फाँटवारी ऐ.को २३ नं. बमोजिम सम्पूर्ण व्यहोरा खुलाई दिनु पर्ने र ऐ.को २७ नं.मा दबाए छिपाएको ठहर्‍यो भने त्यो धनमाल दबाउनेले पाउँदैन नदबाउने अरु अंशियाराहरुले ऐन बमोजिम अंश बमोजिम अंश गरी खान पाउँछन् भन्ने उल्लेख भएको देखिन्छ । प्रस्तुत मुद्दामा यी पुनरावेदक प्रतिवादीहरुले दपोट गरेको भनी प्रत्यर्थी वादीले दाबी लिएका जग्गाहरु पुनरावेदक प्रतिवादीहरुको नाउँमा रहेको नभै अंश मुद्दाको वादी प्रत्यर्थी सक्कली मायाको पति तथा पुनरावेदकहरुका ससुरा तथा बाजे चन्द्रमानको नाउँमा दर्ता रहेका र निज चन्द्रमान अंश मुद्दा पर्नु भन्दा अघि नै २०२४ सालमा परलोक समेत भएकोमा विवाद देखिंदैन । उक्त अंश मुद्दामा वादी प्रतिवादी दुबै पक्षसंग तायदाती माग भएकोमा विवादित सम्पत्तिको बारेमा दुबै पक्षले तायदातीमा केही पनि उल्लेख गरेको पाईदैन । सो अंश मुद्दाबाट विवादित सम्पत्तिहरु कसको भोग चलन नियन्त्रणमा थियो सो कुरा खुलेको देखिंदैन । अंश मुद्दाको फैसला भै सकेपछि चन्द्रमानको नाउँमा रहेको सम्पत्तिको विषयलाई लिएर वादी प्रतिवादी दुबै थरीले एकले अर्कोलाई दोष लगाउँदै छुट्टाछुट्टै दपोट मुद्दा दायर गरेको देखिन आयो । अंश मुद्दामा वादी प्रतिवादी दुवै पक्षसंग तायदाती फाँटवारी माग्नुको मूल तात्पर्य दुबै थरी आ-आफ्नो जिम्मा जानकारीमा रहेको सम्पत्तिको विवरण पेश गरुन् भन्ने हुँदा फाँटवारी पेश गर्ने दायित्व वादी प्रतिवादी दुबै पक्षको रहन्छ । अंश मुद्दा भन्दैमा सम्पत्तिको विवरण पेश गर्ने दायित्व एक पक्षको उपर मात्र रहन्छ भनी अर्को पक्षको दायित्वलाई नजर अन्दाज गर्न मिल्दैन । तसर्थ अंश दपोट मुद्दामा अंश लाग्ने सम्पत्ति अर्को पक्षले दपोट गर्‍यो भनी कुनै पक्षले दाबी लिन्छ भने सो सम्पत्ति अंश मुद्दाको तायदाती फाँटवारी दाखेल गर्ने कारवाहीको अवस्थामा दाबी गर्ने पक्षको जानकारीमा थियो थिएन ? अर्को पक्षले अंशियारको हक मेटाउने नियतले उक्त सम्पत्ति निजले दबाए छिपाएको अवस्था देखिन्छ, देखिंदैन ? भन्ने तर्फ समेत विचार गर्नु पर्ने हुन्छ । अंश मुद्दाको तायदातीमा अर्को पक्षले कुनै सम्पत्तिको विवरण पेश गरेन भनी कसैले अंश दपोटमा दाबी लिंदैमा त्यो दपोट ठहर्ने अवस्था समेत हुँदैन । यीनै परिप्रेक्ष्यमा मेहरमान खड्गी विरुद्ध हिरामान (ने.का.. २०२६, नि.नं. ४६३ अंक २ पृष्ठ ४१ फुलबेन्च) कृष्ण कुमारी श्रेष्ठ विरुद्ध मंगलदास मरी मु.. गर्ने केदार श्रेष्ठ (ने.का.. २०४६, अंक ८, पृष्ठ ८१३ पूर्ण इजलास), भरत बहादुर विरुद्ध मनहरि रोक्का (ने.का.. २०४५ अंक ८ पृष्ठ ८२८) , दिल बहादुर विरुद्ध चिनीमाया समेत (ने.का.. २०४८ पृष्ठ १७) समेतका अंश दपोट मुद्दामा सर्वोच्च अदालतबाट अंश वण्डाको महलको २७ नं. को व्याख्या समेत हुँदै आएको पाइन्छ ।

16.                               माथि उल्लेख गरिए अनुसार अंश मुद्दाका प्रतिवादी यी पुनरावेदकको नाउँमा दर्ता समेत नरहेको विवादित सम्पत्तिहरु प्रतिवादी तायदातीमा उल्लेख नभएको भन्ने कारणबाट मात्र निजले दपोट गरेको ठहराउन सर्वोच्च अदालतले अवलम्बन गर्दै आएको सिद्धान्तबाट समेत मिल्ने नदेखिँदा वादी दाबी बमोजिम प्रतिवादीहरुले दपोट गरेको ठहर्‍याएको संयुक्त इजलासको फैसला समेत त्रुटिपूर्ण देखिन आएकोले बदर हुने ठहर्छ । विवादित सम्पत्ति वादी प्रतिवादीका बीच वण्डा लाग्ने अवस्थाको देखिन आयो । अब कुन पक्षले के कति वण्डा पाउने भन्ने तर्फ विचार गर्दा प्रमाणको अंश मुद्दाबाट वादी प्रतिवादीहरु अंशियार देखिई दुबै पक्षले आधा आधा अंश पाउने ठहरी फैसला भएको देखिन्छ । प्रस्तुत मुद्दामा विवादको ललितपुर नगर पञ्चायत वडा नं. () कि.नं. ५४, ११८, १६२ ऐ.. () को कि.नं. ६४, ६५, ७२, ७६ समेतका ७ कित्ताहरुको जम्मा क्षेत्रफल ८--२ देखिन आयो । त्यस्तै यीनै पुनरावेदक प्रतिवादीहरुले प्रत्यर्थी वादी उपर दिएको लगाउको दे.पु.नं. ३९ को अंश दपोट मुद्दाबाट कि.नं. २ को १--, कि.नं. ४८ को २--० र कि.नं. ७५ को २--० समेत ३ कित्ता गरी ५--२ जग्गा यी पुनरावेदकहरुले अंश दपोटको माध्यमबाट प्राप्त गरिसकेको देखिन आउँछ । प्रस्तुत मुद्दाका विवादित कि.नं. हरुको क्षेत्रफल ८--२ र लगाउको यी पुनरावेदकहरुले अंश दपोटको माध्यमबाट गरेको जग्गाहरुका क्षेत्रफल ५--२ समेत गरी जम्मा क्षत्रेफल १३-१०-० हुन आउने भै सोको आधा ६-१३-० का हिसाबले वादी प्रतिवादीहरुले बाँकी खान पाउनेमा लगाउको दे.पु.नं. ३९ को अंश दपोट मुद्दाबाट यी पुनरावेदकहरु अन्तरमाया समेतले ५--२ क्षेत्रफल जग्गा प्राप्त गरी सकेको देखिँदा अंश बापत पाउन ६-१३-० जग्गामा १-११-२ क्षेत्रफलको जग्गा सम्म नपुग हुन आएको देखियो । यी पुनरावेदक प्रतिवादीहरुले विवादित कि.नं. ५४, ११८, १६२, ६४, ६५, ७२ तथा ७६ समेतका जग्गाहरु दपोट गरेको आधारमा वादी सक्कली मायाको मु.. गर्ने प्रत्यर्थीहरु मध्ये संतोष शर्माले ०---, शिला ज्ञवालीले ०--, अमरनाथ शर्माले ०---, मिननारायण श्रेष्ठले ०--, रन्जु मैनालीले ०---, चन्दा थापाले ०-१२--० निर्मला थापाले १--० तथा राममाया श्रेष्ठले ०-११--० समेत गरी जम्मा क्षेत्रफल ४-१३-२ जग्गा सक्कली मायाबाट निज प्रत्यर्थीहरुले हक हस्तान्तरण गरि लिएको देखिँदा निजहरुले प्राप्त गरेको उक्त जग्गाहरुबाट पुनरावेदक प्रतिवादीहरुलाई बण्डा लगाई दिन न्यायोचित समेत नहुने भएबाट प्रत्यर्थीहरुले प्राप्त गरेको उक्त क्षेत्रफलको जग्गा बाहेक गरी बाँकी रहन आउने जग्गाबाट यी पुनरावेदक प्रतिवादीहरुले अंश बापत पाउने जग्गामा नपुग हुन आउने क्षेत्रफल १-११-२ पाउने समेत ठहर्छ । अरु तपसील बमोजिम गर्नू ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदक प्रतिवादीहरुले अंश दपोट गरेको ठहर्‍याएको शुरु, अञ्चल, क्षेत्रीय तथा यस अदालत संयुक्त इजलासको फैसला समेत बदर हुने ठहरेकाले पुनरावेदक प्रतिवादीहरुले दपोट गरेको ठहर्याई उक्त अदालतहरुको फैसलाले राखेको लगत कट्टा गरी दिनु भनी शुरु जिल्ला अदालतमा लेखि पठाउनु ...........................

शुरु जिल्ला अदालतको फैसलाले पुनरावेदक प्रतिवादीहरुबाट प्रत्यर्थी वादीलाई भराई दिने गरेको कोर्ट फि रु.१५।३० पुनरावेदक प्रतिवादीहरुले तत्कालिन वाग्मती अञ्चल अदालतमा पुनरावेदन गर्दा २०३९।१०।२ मा काठमाडौं जिल्ला अदालतमा धरौट राखेको देखिंदा सो धरौट पुनरावेदक प्रतिवादीहरुले नै फिर्ता पाउने हुँदा सो फिर्ता पाऊँ भनी कानूनका म्याद भित्र दरखास्त पर्न आए फिर्ता खर्च लेखि दिनु भनी शुरु जिल्ला अदालतमा लेखि पठाउनु ...........................................

माथि इन्साफ खण्डमा लेखिए बमोजिम कि.नं. ५४, ११८, १६२, ६४, ६५, ७२, ७६ समेतको जम्मा क्षेत्रफल ८--२ जग्गा मध्ये सक्कली मायाको मु. . गर्ने सन्तोष शर्माले ०--१२-० शिला ज्ञवालीले ०--, अमरनाथ शर्माले ०---, मिन नारायणले ०--, रन्जु मैनालीले ०---, चन्दा थापाले ०---, निर्मला थापाले १--० तथा राम माया श्रेष्ठले ०-११--० प्राप्त गरेको जग्गा बाहेक बाँकी हुन आउने जग्गाबाट १-११-२ क्षेत्रफल बराबरको जग्गा पुनरावेदक प्रतिवादीहरुले अंश बापत पाउने ठहरेकाले सो बमोजिम छुट्टाई पाऊँ भनी पुनरावेदक प्रतिवादीहरुको म्याद भित्र दरखास्त पर्न आए छुट्टाई दिई उक्त जग्गा पुनरावेदकहरुको नाउँमा दर्ता गरी दिन सम्बन्धित मालपोत कार्यालयमा लेखि पठाई दिनु भनी शुरु जिल्ला अदालतमा लेखि पठाई दिनु ........................................................................................................................

मिसिल नियमानुसार गरी बुझाई दिनु ...............................................................................................................

 

उक्त रायमा हामी सहमत छौं ।

न्या. केदारनाथ उपाध्याय

न्या. कृष्ण कुमार बर्मा

इति सम्बत् २०५२ साल पौष २८ गते रोज ६ शुभम् ।

 

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु