शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६१९८ - लेनदेन.

भाग: ३८ साल: २०५३ महिना: भाद्र अंक:

निर्णय नं. ६१९८                            ने.का.. २०५३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल

माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे

सम्वत् २०४९ सालको दे.पु.नं. ५७८

फैसला मितिः- २०५३।३।२८।६

 

मुद्दा: लेनदेन

 

पुनरावेदक वादीः-  नवलपरासी जिल्ला गैडाकोट गा.वि.. वडा नं. ९ बस्ने वर्ष ४३ को       इन्द्रमणि कडेल ।

विरुद्ध

प्रत्यर्थी/प्रतिवादीः- .. वडा नं. ९ बस्ने वर्ष ४६ को दुर्गा प्रसाद रिजाल ।

 

मुख्यतः जग्गा पास गरी दिने लिने करार गरेको र सो पास गरी दिएन पास गराई पाऊँ वा पास गरी दिएन पास गरी लिनुपर्ने गरी पाऊँ भनी करारका मुख्य विषयमा कुनै पक्ष पनि नआई उक्त अनुसारको लिखत हुँदा लेनदेन गरेको रकमको विषयमा विवाद परेको देखिन्छ । यस्तो नावट्टाको प्रकृतिको लिखत गरी लेनदेन गरेको लेनदेन व्यवहारको २ नं. बाहेकको अवस्थाको लेनदेनमा उक्त महलको ४० नं. अन्तर्गत पर्ने भनी यस अदालतबाट बैनाबट्टाको रुपमा भएको लेनदेनमा लेनदेन व्यवहारको  ४० नं. को हदम्याद लाग्ने भन्ने पृथ्वी बहादुर वि. नेपाल खाद्य संस्थान भएको लेनदेन मुद्दामा समेत सिद्धान्त प्रतिपादन (ने.का.. २०४१ पु.नि.नं. १९२० पृष्ठ २००) भै रहेको देखिन्छ । प्रस्तुत मुद्दामा करार ऐन, २०२३ को दफा १८() अन्तर्गतको हदम्याद भित्र नपरेको भनी पुनरावेदन अदालत बुटवलले फिराद खारेज गर्ने गरेको फैसला मिलेको नदेखिंदा बदर हुने  ।           

 (प्र.नं. १३)

 

पुनरावेदक वादी तर्फबाटः-  विद्वान अधिवक्ता श्री खगेन्द्र प्रसाद अधिकारी

प्रत्यर्थी प्रतिवादी तर्फबाटः-  ×

अबलम्बित नजीरः-  (ने.का.. २०४१ पु.नि.नं. १९२० पृ.२००) पृथ्वी बहादुर वि. नेपाल खाद्य संस्थान भएको लेनदेन मुद्दामा प्रतिपादित सिद्धान्त ।

 

फैसला

न्या. लक्ष्मण प्रसाद अर्यालः- पुनरावेदन अदालत, बुटवलको मिति २०४८ ।११।११ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९()() बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदन सहितको संक्षिप्त व्यहोरा यसप्रकार  छः-

2.                                   यसमा विपक्षी र मेरो सल्लाह अनुसार निजका नाउँमा दर्ता रहेको जि... गैडाकोट गा.पं. वडा नं. ९ क कि.नं. १३४ मध्ये रोपनी ५---० अर्थात साढे सात कठ्ठा जग्गा मैले रु.३३,७५०।- मा राजीनामा लिने सल्लाह भै बैना स्वरुप ६,१२२।- मिति २०४३।७।२४ मा विपक्षीलाई दिई बैना वट्टाको कागज गरी दिनु भएको थियो । जस अनुसार यदि पारीत गरी नदिए बैनाको डब्बल बुझाउने भन्ने व्यहोराको कागज गरी दिनु भएको थियो । सो कागज अनुसार बाँकी थैली रु.३३,७५०।- मध्ये बैना स्वरुप लिएका रु.,१२२।कट्टा गरी बाँकी रु.२७,६२८।- मिति २०४३।१२।१ का दिन बुझाई पास नगरी आल टाल गर्नु भएकोले ठगीतर्फ आज यसै अदालतमा फिराद दायर गरेको छु । उक्त म संग लिएको बैना स्वरुप रु. ,१२२।- मा लेनदेन व्यवहारको ४० नं. को म्याद २ वर्ष भित्र फिराद गर्न आएको छु । उक्त बैना बट्टाको कागज अनुसार डबल रु.१२,२४४।- विपक्षीबाट दिलाई भराई पाऊँ भन्ने समेत वादीका मुख्य फिराद दाबी ।

3.                                  विपक्षीले लेनदेन व्यवहारको ४० नं. को हद म्याद कायम गरी फिराद गर्नु भएको र फिरादमा दोब्बर भरी पाउने भन्ने उल्लेख भएको तर कुन कानूनले दोब्बर पाउने हो, उल्लेख भएको छैन । कुन कानूनले दोब्बर पाउनु पर्ने भन्ने उल्लेख भएको नहुँदा प्रस्तुत फिराद खारेज गरी पाऊँ । यदि इन्साफै हुने हो भनी उक्त बैनाको शर्त अनुसार जग्गा पास गर्न जाऊँ भनी विपक्षीलाई भन्दा जग्गा खान इन्कार गरी बाँकी थैली समेत बुझाउन इन्कार गर्नु भएकोले बाध्य भै मैले करार बमोजिम रकम मिन्हा गरी पाऊँ भनी यस सम्मानीत अदालतमा फिराद दायर गरेको छु । अहिले सोही विषयमा विपक्षीको दोहोरो नालेस परेको छ,.बं. ८९ नं. अनुरुप फिराद वातील हुने हुँदा विपक्षीको फिराद दाबीबाट कार्यवाही गर्न मिल्दैन । वातील गरी पाऊँ भन्ने समेत प्रतिउत्तर जिकिर ।

4.                                  वादीले लिखतमा ऋणी प्रतिवादीलाई दिएको वास्तविक रकमको अलाबा दावी लिएकोमा विवादीत लिखत करारनामा नभै लेनदेन व्यवहार अन्तर्गतको लिखत भै वादीले ऐ.को ४० नं. बमोजिम दाबी लिई आएबाट समेत वादी पक्षले लेनदेन कागज भन्ने स्वीकार गरेकै प्रष्ट देखिन्छ । यस स्थितिमा वास्तविक ऋणिलाई दिएको लिखत बमोजिमको रु.,१२२।- मात्र वादी दाबी बमोजिम प्रतिवादीबाट दिलाई भराई पाउने ठहर्छ । सो भन्दा बढी भराई पाऊँ भन्ने वादी दाबी पुग्न सक्तैन भन्ने नवलपरासी जिल्ला अदालतको २०४५।१२।१२।३ को फैसला ।

5.                                  विपक्षी र मेरो बीचमा जग्गा लेनदेन सम्बन्धमा आपसी मंजूरीबाट करार भएको लेनदेन व्यवहारको महलका यसरी शर्त अर्थात करार गर्न पाउने भन्ने कुनै व्यवस्था नभएको र यस्तो शर्त करार सम्बन्धी ऐन, २०२३ अन्तर्गत कायम गरी नालेस दायर गर्नु पर्नेमा सो अनुरुप दायर नभै लेनदेन व्यवहारको ४० नं. अनुसार दायर भएको हुँदा खारेज गर्नु पर्नेमा खारेज नगरिएको हुँदा निर्णय त्रुटिपूर्ण हुँदा शुरु फैसला खारेज गरी पाऊँ भन्ने मिति २०४६।२।१८।४ मा साविक लुम्बिनी अञ्चलमा परेको पुनरावेदन पत्र ।

6.                                  यसै लगाउको दे.पु.नं. १७२९ मा विपक्षी प्रत्यर्थी झिकाउने आदेश भएबाट यसमा पनि अ.बं. २०२ नं. बमोजिम विपक्षी प्रत्यर्थी झिकाउने मिति २०४७।८।५।४ को साविक लुम्बिनी अञ्चल अदालतको आदेश ।

7.                                  यसै लगाउको दे.पु.नं. १७२९ पुनरावेदक वादी दुर्गा प्रसाद रिजाल र प्रत्यर्थी प्रतिवादी इन्द्रमणि कडेल भएको करार बमोजिम गराई पाऊँ भन्ने मुद्दामा २०४३।७।२४ मा बैना बट्टाको कागज करार सम्बन्धी ऐन, २०२३ अन्तर्गतको ठहरी आजै यस इजलासबाट फैसला भएकोले सोही कागजको आधारमा दोहोरो इन्साफ गर्न नमिल्दा र करार सम्बन्धी ऐन, २०२३ को दफा १८ को उपदफा २ को खण्ड () अन्तर्गतको हदम्याद भित्र प्रस्तुत फिराद परेको नदेखिँदा खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत बुटवलको २०४८।११।११ को फैसला ।

8.                                  लेनदेन व्यवहारको ४० नं. अन्तर्गतको लिखतलाई करार मानी मेरो दाबी खारेज गर्ने गरी जिल्ला अदालतको निर्णय उल्टाई भएको पुनरावेदन अदालतको फैसला बदर गरी मेरो दाबी अनुसार बैना स्वरुप लिएको रुपैयाँ दिलाई भराई पाऊँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा परेको पुनरावेदन ।

9.                                  प्रस्तुत फिराद लेनदेन व्यवहारको ४० नं. भित्रकै देखिंदा पुनरावेदन अदालत बुटवलको इन्साफ फरक पर्ने देखिंदा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई आए पछि पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको मिति २०५१।४।१७ को आदेश ।

10.                               नियमानुसार पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरियो । पुनरावेदक वादी इन्द्रमणि कंडेलको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री खगेन्द्र प्रसाद अधिकारीले ऋणी र धनी बीच बैना बट्टाको लिखत भएको अवस्थामा लेनदेनको ४० नं. अनुसारको हदम्याद अनुसार फिराद गरेकोमा करार ऐनको दफा १८() अनुसारको हदम्याद भित्र नपरेको भनी फिराद खारेज गर्ने गरेको पुनरावेदन अदालत बुटवलको इन्साफ त्रुटिपूर्ण हुँदा बदर गरी शुरु जिल्ला अदालतको इन्साफ सदर कायम हुनु पर्दछ भनी प्रस्तुत गर्नु भएको बहस समेत सुनियो ।

11.                                 आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा लिखत अनुसारको रु. ,१२२।- मात्र प्रतिवादीबाट भराई पाउने ठहराएको शुरु जिल्ला अदालतको फैसला उल्टी गरी फिराद खारेज गर्ने गरेको पुनरावेदन अदालत बुटवलको इन्साफ मिलेको छ छैन? सो निर्णय दिनु पर्ने देखिन आयो । निर्णय तर्फ विचार गर्दा विपक्षीले लिखत बमोजिम जग्गा पारीत गरी नदिएकोले बैनाबट्टाको कागज बमोजिम दोब्बर रु.१२,२४४।- विपक्षीबाट दिलाई भराई पाऊँ भन्ने समेत व्यहोराको वादीको मुख्य दाबी भएको र बैनाको शर्त अनुसार विपक्षीले जग्गा खान इन्कार गर्नु भएकोले मैले करार बमोजिमको रकम मिन्हा पाऊँ भनी फिराद दायर गरी सकेको हुँदा विपक्षीका फिराद खारेज गरी पाऊँ भन्ने प्रतिउत्तर जिकिर रहेको देखिन्छ ।

12.                                यसमा पुनरावेदन अदालत बुटवलले बैनाबट्टाको लिखतलाई करार ऐन, २०२३ अन्तर्गतको करार ठहराई सो ऐनको हदम्याद भित्र मुद्दा नपरेको भनी खारेज गर्ने गरेको र यस अदालतबाट विपक्षी झिकाउँदा वैनावट्टाको प्रकृतिको लिखतमा लेनदेन व्यवहारको ४० नं. को हदम्याद लागू हुने उल्लेख गरेको पाइयो । प्रस्तुत लिखतमा ऋणी धनी उल्लेख गरी जग्गा लिने सम्बन्धमा बैनाबट्टाको कागज भएको कुरा उक्त लिखत भै बैनाबट्टाको कागज गरी दिए भनी उल्लेख गरेकोबाट लिखत कै हो भन्ने तर्फ सोच विचार गरी रहनु परेन । उक्त बैनावट्टाको कागज गर्दा रकम लिएको कुरामा पनि विवाद नभएको, त्यस्तो रकम फिर्ता दिनु पर्ने नपर्ने वा दोब्बर तिर्नु पर्ने कुरामा जसले लिखतमा लेखेकोमा आ-आफूले शर्त अनुसार लिखत पास गरी दिनु पर्ने वा पास गरी लिनु पर्ने शर्त पालना गरे नगरेमा निर्भर गर्ने कुरा उल्लेख भएको देखिन्छ ।

13.                               यसरी मुख्यतः जग्गा पास गरी दिने लिने करार गरेको र सो पास गरी दिएन पास गराई पाऊँ वा पास गरी लिएन, पास गरी लिनु पर्ने गरी पाऊँ भनी करारका मुख्य विषयमा कुनै पक्ष पनि नआई उक्त अनुसारको लिखत हुँदा लेनदेन गरेको रकमको विषयमा विवाद परेको देखिन्छ । यस्तो बैनाबट्टाको प्रकृतिको लिखत गरी लेनदेन गरेको लेनदेन व्यवहारको २ नं. बाहेकको अवस्थाको लेनदेनमा उक्त महलको ४० नं. अन्तर्गत पर्ने भनी यस अदालतबाट बैनाबट्टाको रुपमा भएको लेनदेनमा लेनदेन व्यवहारको ४० नं. को हदम्याद लाग्ने भन्ने पृथ्वी बहादुर वि. नेपाल खाद्य संस्थान भएको लेनदेन मुद्दामा समेत सिद्धान्त प्रतिपादन (ने.का.. २०४१ पु. नि.नं. १९२० पृ.२००) भै रहेको देखिन्छ । प्रस्तुत मुद्दामा करार ऐन, २०२३ को दफा १८() () अन्तर्गतको हदम्याद भित्र नपरेको भनी पुनरावेदन अदालत बुटवलले फिराद खारेज गर्ने गरेको फैसला मिलेको नदेखिंदा बदर हुन्छ । अब मिति २०४३।७।२४ को लिखतमा उल्लेखित शर्तहरु क-कसले पालन नगरेको हो सबूद प्रमाणको आधारमा एकिन गरी रुपैयाँ भरी पाउने नपाउने के हो ? कानून बमोजिम निर्णय गर्नु भनी पुनरावेदन अदालत बुटवलमा दुबै पक्षलाई तारेख तोकी मिसिल पठाई दिने ठहर्छ ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. इन्द्रराज पाण्डे

 

इति सम्बत् २०५३ साल असार २८ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु