शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७०२६ - कर्तव्य ज्यान ।

भाग: ४३ साल: २०५८ महिना: कार्तिक अंक:

ने.का.प.२०५८     अङ्क ७/८

निर्णय न.७०२६

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री टोपवहादुर सिंह

सम्वत् २०५४ सालको फौ.नं..........१४३

फैसला मितिः २०५८।२२

 

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक

प्रतिवादीः सिन्धुपाल्चोक जिल्ला ठूलो पाखर गा.वि.स. वडा नं. बस्ने देव साङ्गे      लामा

विरुद्ध

प्रत्यर्थीः बुद्धिमाया तामाङ्गको जाहेरीले श्री ५ को सरकार 

·         मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १४ नं. को कानूनी व्यवस्था हेर्दा ज्यान मार्नको मनसाय नरहेको ज्यान लिनुपर्ने सम्मको ईवी पनि नरहेको, लुकी चोरी नहानेको उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी साधारण लाठा, ढुङ्गा, लात, मुक्का इत्यादि हान्दा सोही चोट पिरले मरेको १० वर्ष कैद गर्नुपर्ने व्यवस्था उल्लेख भएको र ऐ.१७(३) नं. मा ज्यान मार्ने मतलवमा फसेको मुख्य भै वचन पनि नदिने हात हतियार पनि नछोड्ने, जिउमा पनि नछुने मार्ने ठाउँमा गई अरु कुरा केही नगरी हेरी रहनेलाई र अन्य मतलवीलाई ६ महिना देखि तीन वर्ष सम्म कैद गर्नुपर्ने उल्लेख भएको पाइन्छ । यसरी मुलुकी ऐन ज्यान सम्बन्धीको १४ नं. को कसूरको प्रकृति संग ऐ. १७(३) नं. को कसूरको प्रकृति पूर्णत असान्दर्भिक एवं असम्बन्धीत रहेकोमा वादीले ज्यान समबन्धीको १४ नं. को कसूरको दावी लिएको अवस्थामा उक्त १४ नं. को दावी पुष्टि हुन नसके पछि प्रतिवादीहरुले वादी दावी भन्दा असान्दर्भिक एव दफा १७(३) को कसूर गरेको भनी मान्न सकिने अवस्था समेत रहँदैन ।

(प्र.नं. ५३)

पुनरावेदक प्रतिवादी तर्फबाटः विव्दान अधिवक्ता श्री वच्चुसिंह खड्का र जानकी गिरी

विरुद्ध

वादी श्री ५ को सरकारको तर्फबाटः उपन्यायाधिवक्ता श्री जनक अधिकारी

अवलम्वित नजिरः

फैसला

न्या.गोविन्दबहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम पुनरावेदन अदालत पाटनको फैसला दोहोर्‍याई पाउँ भनी निवेदन पर्न आएकोमा सोही दफा बमोजिम दोहोर्‍याउने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ ।

.    विपक्षी प्रतिवादीहरु गाउँ घरमा मादक पदार्थ सेवन गरी हुल दङ्गा गरी हिड्ने र निजहरुलाई मेरो पति पदम बहादुरले यसरी झगडा गरी हिड्न हुँदैन भनी गाली गर्ने गर्दा विपक्षीहरुले रिस इवि लिई बसेको र जि.का.सि.पा.मा. सार्वजनिक अपराधमा र अदालतमा कुटपिट समेत परेको रिकर्ड छ । यस्तैमा २०४२।१०।१२ गते पाल्पो स्वरी महादेव स्थानको जात्रा हुँदा सो जात्रामा मेरो पति लगायतका विपक्षीहरु समेत जात्रा हेर्न गएका रहेछन । बेलुका फर्कि घर आउँदा जिरी सडकमा आई तमाला तामाङनीको होटलमा आई विपक्षीहरु अगाडि रहेछन् । वेलुका .० वजेको समय हुँदो हो, विपक्षीहरुले यो पदमवहादुरलाई आज मौका पर्‍यो यस्को लास वनाउँछौं भनी कमलवहादुरको छोरा धनलाल तामाङ्ग समेतले मेरो पति उपर लाठा ढुङ्गाले हिर्काई  मार्न पर्छ भनी सख्त कुटपिट गरिरहेके अवस्था कुल बहादुर तामाङ, वावुराम तामाङ, कान्छाराम लामा समेतले छुट्याउन जांदा निजहरुलाई समेत लाठा ढुंगाले हिर्काइ घा.चोट पारेछन्। पछि म समेतले खबर पाई हेर्न जाँदा कुटी सास मात्र बाँकी राखेको रहेछ गाउँको प्रधानपन्च समेतले बोकी वडा नं. को कर्मडुण्डुपको घरमा ल्याई विहान बजे प्राण गयो । विपक्षहरुले मेरो पतिलाई मारेको हुँदा ज्यान सम्बन्धी महल अनुसार सजाय गरीपाऊँ भन्ने बुद्धिमाया तामाङनीको जाहेरी दर्खास्त ।

.    ठुलो पाखर गा.पं.बडा नं. कागलिङ्ग पूर्व पसिम लामो सांगो जिरी सडकको १ कि.मि. बिचमा देखि अं. हात दक्षिन तर्फ परखाल र २८ वटा ढुङ्गामा रगत लागेको सोही ठाउँको जमिनमा फुट लम्बाई फुट चौडाईको एरियाको बिच भागमा १ मुठी जति रगत सुकेको माटोमा ठाउँ रगत लागेको घटनास्थल देखि १०० गज पूर्व दक्षिणतर्फ भूईतले सिमेण्टको छत ढुङ्गाको गारो लगाएको घर, दलानमा गुन्द्री माथि दखिन टाउको उत्तर खुट्टा गराई उत्तानो पारी सुताएको लासलाई सुतीको कपडा ओछ्याएको खोल नभएको सिरक पुरै लास छोपिएको, लासको सिरमा सुति कपडाको तकिया दिएको मृतककै दाजु भाइ कर्णध्वज लामा समेतलाई सिरक झिक्न लगाई हेर्दा टाउकोमा रगत जमेको, अनुहारमा टाउकोबाट दायाँ बायाँ आँखी भौं हुँदै गाला तर्फ रगत बगी जमेको, मुख खुल्ला, च्यापुमा छाला खुइलेको, घांटीमा छाला खुलिइएको, मुखबाट तरल पदार्थ बगिरहेको, तालुमा अं. इन्च लम्बाई साढे १ इन्च चौडाई लाइन गहिराई, आंखा बन्द भएको, पोलिष्टरको कोट लगाएको, भित्र हाप जाकेट लगाएको, सो भित्र सेतो सुतीको टाउजर लगाएको, दाहिने कुइनामा छाला खुलिइएको, पैतालामा छाला खुइलिएको, अन्य शरिरमा कुनै घाउ चोट नभएको, ठूलो पाखर गा.पं. वडा नं. बस्ने वर्ष ० को पदमवहादुर लामाको घटनास्थल तथा लास प्रकृति मुचुल्का ।

.    ०४२।१०।१२ गते ठुलो पाखर वडा नं. ३ मा पर्ने पाल्पोश्वरी महादेव स्थानमा जात्रा थियो । सो जात्रामा म पनि गएको थियो जात्रामा दिनको १ बजे गै जात्रा हेरी बजे तिर घरमा आई तारा, रमेश जात्रामा गए खाना खाई जात्रा हेरी बेलुकी बजे फेरि गएं । जात्रामा मृतक पदम वहाुरलाई देखेको थिएं । अं. बजे तिर म र मेरो छोरा रमेश तामाङ्गसंग घरतर्फ आयौं । पदमवहादुर तामाङ्ग धनलाल तामाङ्ग समेतलाई हिड्ने बेलामा मैले देखिन आइत लामाको होटलमा आउँदा पदमवहादुर, धनलाल, जेठी तामाङ्गनी, जोगलाल तामाङ्ग समेत प्रतेवादीहरु र मैले नचिनेको अन्य मानिस सो आइत लामाको होटलमा जम्मा भै पदमवहादुर तामाङ्गलाई कुटपिट गरी राखेको रहेछ, ढुङ्ग लाठा प्रयोग गरी कुटपिट गरी राखेको रहेछन् । सो झगडामा म र छोरा रमेश तामाङ्ग समेत गयौं जनक तामाङ्ग धनलाल तामाङ्ग ध्याम्छो तामाङ्ग समेतका हातमा ढुङ्गा रहेछ । को कसले कुटपिट गरे म भन्न सक्दिन । झगडा हुँदा साँझको ६:३० बजेको होला म र छोरा रमेश तामाङ्गले पदमवहादुरलाई कुटपिट गरेको छैन, कुटपिटको चोटबाट मृत्यु भएको हो मैले कुटपिट नगरे तापनि वारदातमा सम्मिलित छु कानूनले जो ठहर्छ भन्ने प्र. कलमवहादुर तामाङ्गले प्रहरीमा गरेको बयान ।

.    ०४४।१०।१२ गते ठूलो पाखर गा.पं. वडा नं. ३ मा पर्ने पाल्पोश्वरी माहादेवी स्थानमा जात्रा हुँदा म पनि सोही जात्रामा गएको थिएँ । दिनको बजे देखि जात्रा हेरी बसें । मृतक पदमवहादुर गाउँकै ध्याम्छो तामाङ्ग समेतका अन्य व्यक्तिलाई देखेको थिएं । बेलुका बजे जात्राबाट घर आएको थिए । आइत लामाको होटलमा पदमवहादुर तामाङ्गलाई ध्याम्छो समेतका अन्य प्रतिवादीहरुले पदमवहादुर तामाङ्गलाई ध्याम्छो समेतले कुटपिट गरी रहेका रहेछन । ढुङ्गा मुढा समेत रहेछ, सो झगडा भएपछि प्रहरी पनि आएको देखि म ताहाँबाट भागी गए पदमवहादुर तामाङ्ग अडन नसक्ने अवस्थामा थियो । कस्को चोटबाट लडे म भन्न सक्दिन । म पनि ढुङ्गा हातमा लिएको हुँ, त्यसपछि म आफ्नो घरमा गएर बसें पदमवहादुर कुटपिटको कारणबाट भोलिपल्ट १ गते मृत्यु भएछ भन्ने प्र. लट्टे तामाङ्गले प्रहरीमा गरेको बयान ।

.    पाल्पोस्वरी महादेव स्थानमा जात्रा लागेकोले सो दिन मृतक पदमवहादुरलाई र ध्याम्छो समेतका अन्य प्रतिवादीलाई समेत जात्रामा देखेको थिए । म र बाबु बजे जात्राबाट घर आयौं र खाना खाई फेरी जात्रामा गयौं । बाबु पनि फेरी जात्रामा गएका रहेछन, मृतक पदमवहादुरलाई धनलाल तामाङ्ग समेतलाई केही छिन अगाडि देखेको थिए । आइत लामाको होटल अगाडि मानिस जम्मा भई लाठा ढुङ्गा समेत प्रयोग गरी झगडा कुटपिट भै रहेको रहेछ, सो अवस्था ध्याम्छो समेतका अन्य प्र.हरु समेत रहेछन्, वावु र मैले समेत ढुङ्गा प्रयोग गरेको थिए सो अवस्था प्रहरी पनि सोही ठाउँमा आए पदमवहादुर सडकमा लडेको थियो कान्छा राम तामाङ्ग समेतलाई प्रहरीले बाह्रविसे तर्फ लगे पदमवहादुर तामाङ्ग कर्म डुण्डुपको घरमा लगेको रहेछ, गते पदमवहादुरको मृत्यु भएछ कुटपिटको चोटबाट पदमवहादुर तामाङ्गको मृत्यु भएको हो भन्ने रमेश तामाङ्गले प्रहरीमा गरेको बयान ।

.    मृतक पदमवहादुर तामाङ्गलाई जाहेरीमा लेखिएका धनलाल तामाङ्गले निजलाई समाती १ मुडकी हिर्काएको हुन, त्यसपछि निजले हात छाडेका हुन्, कलमवहादुर ध्याम्छो समेतका प्रतिवादीले पदमवहादुरलाई कुटेको देखेको हुँ, रातको १ बजे मेरो घरमा पदमवहादुर लामाको मृत्यु भएको पदमवहादुरलाई कुटपिट गरी मार्ने मुख्य धनलाल तामाङ्ग नै हुन् । आफैं खोलामा हामफाली मृत्यु हुने देखि वाहेक अरु प्रतेवादी हाल देखेको छैन भन्ने सर्जमिनका कर्मडुण्डुप लामा १, निमा दोर्जे लामा १, ताराबहादुर लामा १, धनवहादुर लामा १, प्रेम दोर्जे लामा १, निमा रेन्जु लामा १ समेत १ जनाको यसै मिलानको सर्जमिन मुचुल्का रहेछ ।

.    मृतक पदमवहादुर तामाङ्गलाई कलमवहादुर तामाङ्ग समेतका १० जनाले कुटपिट गरी सोही चोबाट मृत्यु भएको सिद्ध हुन आएकोले निज प्रतिवादीहरु उपर ज्यान सम्बन्धीको १ नं. अनुसार सजाय हुने भन्ने माग दाबी लिएको सरकारी वकील तथा प्रहरी अधिकृतको संयुक्त प्रहरी प्रतिवेदन दावी ।

.    ०४२।१।१२ गते काकालीङमा मेरो वैनी आइत लामाको घरमा जात्रा हेर्न गएको ठाउँमा थिए भोलिपल्ट मलाई प्रहरीले पक्राउ गरेको हो, मृतक संग कुनै रिस इबी थिएन, म गोठमा छु, मैले अपराध नगरेको हुँदा सजाय हुन पर्ने होइन भन्ने प्रतिवादी लट्टे तामाङ्गले अदालतमा गरेको बयान।

१०.    छोरा धनलाल वडाको सदस्य भएको र पंचायतको विकास कांहा कांहा कती आयो भनी खोजि गर्दा प्रधान पन्च रिसाएको हुँदा त्यसरी जाहेरी गराएका हुन । म मारपीट भई सकेपछि पुगेको हुँदा मैले सजाय पाउन पर्ने होइन भन्ने कलम बहादुरको अदालतमा परेको वयान ।

११.    ०४२।१०।१२ गते म काठमाडौंबाट आएं र घर पुगेपछि दूध र पिठो बोड्ने ठाउँमा गएको त्यहाँ प्रधान पन्च समेत रहेछन् । बाबु कलमवहादुर समेत त्यहाँ दुध लिन आए । होटलमा चिया खान जांदा जात्रा लागेको ठाउँमा साई सुई साईसुई भयो । त्यसपछि पदमवहादुर सडकको छेउमा लड्यो रे भन्ने सुनेको हुँ । म चाहिं घरतर्फ आए, धनलाल समेतलाई पक्री बाह्रविसे तर्फ लगे । पदमवहादुर कसको चोटबाट मर्‍यो म भन्न सक्तिन मैले अपराध नगरेको हुँदा सजाय हुनुपर्ने होइन भन्ने प्र. रमेश तामाङ्गले अदालतमा गरेको वयान ।

१२.   प्र. मध्ये कलमवहादुर र प्र. रमेश तामाङ्गलाई अ.वं. ११() बमोजिम रु. २०००।र लट्टेलाई सोही () बमोजिम रु. २००।धरौट लिने भन्ने थुनछेकको आदेश ।

.   ०४२।१०।१० गते म त्यो पाखर भन्ने ठाउँमा छैन पोखरामा ठेक्काको कामको लागि गएको हुँ । १० गते पोखराबाट काठमाडौं र ११ गते पोखर आएं आउंदा मेरो घर माथि मेरो दाजु मोटरबाट खसी घाइते भएकोले डांडा पाखर अस्पतालमा लगें । भोलिपल्ट १२ गते काठमाडौं लिएर गएको र ऐ ११।२७ गते म घर गाउँमा आउँदा मुद्दा परेको थाहा भयो । मैले अपराध समेत गरेको छैन भन्ने प्र. सन्तवहादुरको अदालतमा वयान ।

.   ०४२।१०।१२ गते विहान देखि बेलुका सम्म काठमाडौंमा गलैंचा काटन गएको छु । म घटनास्थलमा नहुँदा मैले मारेको होईन भन्ने विर्षराम तामाङ्गको अदालतमा गरेको बयान ।

.   म वारदात भएको भनेको दिन नवलपरासी जिल्ला गौरीपुर गा.पं.मा छु । सो ठाउंमा भैरववहादुरको संग साथमा सो मितिबाट सोही ठाउंमा बसेको छु मैले अपराध गरेको नहुँदा सजाय हुनु पर्ने होइन भन्ने समेत प्र. जोगलालको अदालतमा गरेको बयान ।

.    ०४२।१०।१२ गते गाउं घरमा छैन सो गते म काठमाडौं गएको र फागुन १ गते मात्र घर आएको हुँ । जाहेरी र सर्जमिन झुठा हो धनलाल पदमको बीच झगडा भै धनलाललाई पक्री लगेको भनेको सुनेको हुँ को कस्ले कसरी मारे थाहा छैन अभियोग अनुसार सजायं हुन पर्ने होइन भन्ने प्र. देव सांगेको अदालतमा गरेको बयान ।

.   ०४२।१०।१२ गते जात्रामा गएको छुं बजे तिर किनमेल गरी त्यसपछि उपचार गर्न पेडकुमा गएको र भोलिपल्ट विहान मात्र आएको हुँ । पदमको मृत्यु भएछ र धनलाललाई पक्री बाह्रविसे लगे भन्ने सुनेको हुँ मैले अपराध गरेको छैन भन्ने प्र. ध्याम्छो तामाङ्गले अदालतमा गरेको वयान ।

.   ०४२।१०। गते देखि १ गते तक बाह्रबिसेमा भाइको एस.एल.सी. को परीक्षा हुँदा त्यहाँ सहयोग गर्न बसेको छु । फागुन तिर घर आएपछि यो मारेको कुरा सुनेको प्र.पं. संग रिस परेकोले उजुर गरेको हो मैले अपराध गरेको छैन भन्ने प्र. पुर्णवहादुरको अदालतमा भएको वयान ।

.    जाहेरी समेत तर बहादुरको सिकावटमा लागि गरेको रहेछ । सर्जमिनले समेत झुठो पोल गरेको रहेछ । अभियोग बमोजिम मैले अपराध गरेको छैन भन्ने प्रतिवादी देव साङ्गेलामाको अदालतमा भएको बयान ।

२०.   ०४२।१०।१२ गते पालेश्वरीको जात्रामा गएको लोग्ने पदमवहादुरलाई पहिले ध्याम्छोले ढुङ्गाले टाउकोमा हानें, त्यसपछि लडेपछि कमले बुढाले दाउराले घ टुक्रा हुने गरी हानें, देवसाङ्गे, दावा साङ्गे पनि थिए, जात्राको हुल मुल थियो, अरु जोगलाल समेत थियो तेतीले कुटेको देखे त्यस बेला बुढो लडे म रुन लागें र पदमवहादुरलाई डुण्डुपको घर लगी त्यहां मृत्यु भएको हो भन्ने जाहेरवाला बुद्धि माया तामाङ्गनीको वकपत्र ।

१.   जात्रामा धनलाल पदमले कुटाकुट गरे त्यहाँ ध्याम्छो कलमवहादुर समेतले लछार पछार गरेपछि चिनें अरु चिन्न सकिन कुलवहादुर वावुराम समेतलाई चोट लाग्यो भन्ने सर्जमिनको कान्छाराम तामाङ्गको वकपत्र ।

२२.   आइतलामाको होटल अगाडि आई पुग्दा पदम, धनलाल, कमलवहादुर ध्याम्छो रहेछन् झगडा गरी रहेका रहेछन् झगडा गर्नमा चार जना रहेछन् मानिस जात्रामा धेरै थिए किन यसो गरेको भन्दा मलाई कलमवहादुरले १ लवटो हाने लौराले कलमवहादुरले ढुङ्गाले ध्याम्छोले हानेको हो भन्ने देख्ने भनेको बाबुरामको वकपत्र ।

२३.   सर्जमिनको कान्छा राम तामाङ्गको वकपत्र ।

२४.   धनलाल बाटोमा लाठीले हान्दै रहेछ । भैंसी तर्सेछ भन्दा भैसी हैन तलाईं पनि मार्छु भनी धनलाले भने पदमवहादुरलाई धनलाले कुटी मारे भन्ने सुने अरु कस कसले कुटे थाहा भएन भन्ने देख्ने भनेको कुलवहादुरको बकपत्र ।

२५.   अरु प्रतिवादीहरुले कुटपिट गरेको देखिन । पदमवहादुरलाई मुख्य कुट्ने धनलाल मात्र हो भन्ने निमा दोर्जे लामाको वकत्रपत्र ।

२६.   पदमवहादुरलाई धनलालले कुटेको हो भन्ने सर्जमिनको प्रेम दोर्जे लामाको बकपत्र ।

२७.   पदमवहादुरलाई कुटी मार्ने धनलाल हो अरुले कुटेको देखिन भन्ने सर्जमिनको तारावहादुर लामाको वकपत्र ।

२८.   पदमवहादुरलाई धनलालले कुटन लागेको देखेर अरुले कुटेको देखिन जात्रामा मानिस धेरै थिए भन्ने सर्जमिनका डुण्डुप लामाको वकपत्र ।

२९.   पदमवहादुरलाई धनलालले कुटेको देखेको हुँ डुण्डुपले कुटेको देखिन भन्ने सर्जमिनको धनवहादुरको वकपत्र ।

०.   ध्याम्छोले पदमवहादुरलाई कुटेको होइन निज धनलालले कुटी मारे भन्ने सुने भन्ने प्र. ध्याम्छोको साक्षी सिंगवहादुरको वकपत्र ।

१.   देवसाङ्गे काठमाडौंमा छ निजले कुटपिट गरेको होइन भन्ने देव साङ्गेको साक्षी सिंगवहादुरको वकपत्र र सोही मिलानको अर्को साक्षी दलवहादुरको वकपत्र ।

३२.   बृषराम चन्द्रमानको कारखानामा गलैंचाको काममा छ । निजले कुटेको समेत होईन भन्ने प्र. बृषरामको साक्षी हरि कुमारको वकपत्र ।

३३.   प्र.ध्याम्छो पेट कुमार झांक्रीकोमा गएकोले निजले कुटेको होइन भन्ने निजको साक्षी चरीवहादुर तामाङ्गको वकपत्र ।

३४.   पदमवहादुर, धनलाल झगडा गरेछ कलमवहादुर पिट्ने हेर्न गएको मात्र हो । घटना भएको ठाउँमा कलमवहादुर गएको छैन भन्ने निजको साक्षी हिरालाल तामाङ्गको वकपत्र ।

३५.   जोगलाल नवलपरासीमा छ, पदमवहादुरलाई धनलालले कुटी मारेको भन्ने सुनेको हुँ भन्ने जोगलालको साक्षी तेजवहादुरको वकपत्र ।

३६.   पूर्णवहादुर भाइको एस.एल.सी. परीक्षा हुँदा बाह्रविसेमा छ । जाहेरी सर्जमिनले रिस इविले पोलेको भन्ने पूर्णवहादुरको साक्षी अर्जुन बस्नेतको वकपत्र ।

३७.   शन्तवहादुर ०४२।१०।१२ गते मेरो बुबा घाइते हुँदा मोटरमा हाली काठमाडौं गएको हुँदा वारदातमा सामेल थिएन भन्ने पूर्णवहादुरको साक्षी लिलाध्वजको वकपत्र ।

३८.   दावा साङ्गे सोही ११ गते यामुनाडाडा विहेमा गई भोलि पल्ट काठमाडौं गए, दुलही लिई १ गते आएकोले निजले कुटपिट गरी मारेको होइन भन्ने निज दावा साङ्गेको वकपत्र ।

३९.   जोगलाल जात्रामा छैन, म सो दिन भर र बजे साढे बजे सम्म जात्रामा छु निजले पदमवहादुरलाई कुटपिट गरेको होइन धनलालले कुटपिट गरी मारेको भन्ने कुरा सुनेको भन्ने निजको साक्षि ठाकुराम नेपालीको वकपत्र ।

.   धनलालले पदमवहादुरलाई कुटेको रमेशले कुटेन जात्रामा पनि गएन धनलालको चोटबाट मृत्यु भएको हो भन्ने समेत रमेशको साक्षि गोर्खध्वज तामाङ्गको वकपत्र ।

१.   कलमवहादुरले कुटेको होइन, धनवहादुरको चोटबाट पदमवहादुरको मृत्यु भएको हो भन्ने कलमवहादुरको साक्षी कान्छामानको वकपत्र ।

४२.   जोगलाल ठेक्काको काममा छ रिस इविले पोलेको हो धन लालले पदमवहादुरलाई कुटपिट गरी मारेको हो भन्ने जोगलालको साक्षी लालवहादुरको वकपत्र ।

४३.   सन्तवहादुरले पदमलाई मारेको होइन रिस इविले पोलेको हो भन्ने सन्तवहादुरको साक्षी रामवहादुर तामाङ्गको वकपत्र ।

४४.   प्रतिवादीहरु मध्ये सन्तवहादुर तामाङ्ग, लट्टे तामाङ्ग र कलमवहादुरले तारेख गुजारी बसेकोले निजहरुको धरौट जफत भै सफाई पाउने ठहर्छ र प्र. कलमवहादुर र ध्याम्छो तामाङ्गलाई महिना कैद हुन्छ भन्ने शुरु सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०४८। को फैसला ।

४५.   यस मुद्दामा मुख्य अपराधी धनलाल तामाङ्ग देखिन आएबाट निज जिवित भएको भए ज्यान सम्बन्धीको १() अनुसार सजाय हुने स्थितिको विद्यमानता छ । तसर्थ यि प्रतिवादी कलमवहादुर र तथा ध्याम्छो तामाङ्ग मौकामा वारदातमा उपस्थित भए पनि निजहरु दुबै प्रकारको चोट पटक मृतक माथि प्रहार भएको भन्ने तथ्य युक्त प्रमाणबाट पुष्टि हुन नआएको हुँदा श्री ५ को सरकारको पुनरावेदन जिकिरमा लिएको आधार मनासिव देखिन आएन । यस स्थितिमा १ नं. को सजाय गर्न उपयुक्त नहुँदा प्र. कलमवहादुरलाई सुरु जि.अ.बाट १() लगाई सजाय गर्ने गरेको इन्साफ मनासिव ठहर्छ । प्र. कलमवहादुर र ध्याम्छो तामाङ्ग समेतलाई सुरु प्रहरी प्रतिवेदन अनुरुप सजाय गरी पाऊँ भन्ने श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रतिवादी मध्येका पूर्णवहादुर तामाङ्ग, देव साङ्गे लामा तथा धावा साङ्गे लामाहरुको हकमा विचार गर्दा निजहरुको अवस्था स्थिति र माथि उल्लेखित कलमवहादुरको स्थिति एक रुपता भै प्रत्यक्ष दर्शिहरुको निजहरु वारदात स्थलमा उपस्थित भएकोमा किटानी वकपत्र, वारदात स्थलमा घाइतेले निजहरु समेतको उपस्थितिको समर्थन, जाहेरवालाको तथा सर्जमिनका व्यक्ति समेतको वकपत्रबाट निजहरुको उपस्थितिको पुष्टयाई र निजहरुको साक्षीबाट यी प्रतिवादीको वारदात अवस्थामा अनुपस्थितिको अकाट्य प्रमाणको पुष्टयाईको अभावमा निजहरुलाई शुरु जि.अ.बाट सफाई दिए पनि समान स्तरका कलमवहादुरलाई सजाय गरी निजहरुलाई सफाई दिन न्यायोचित नहुने हुँदा प्रतिवादीहरु उपर वारदात स्थलमा उपस्थित भए पनि हात हतियार छोडेको लाठा ढुङ्गाको प्रयोग गरेको केही नदेखिंदा ज्यान सम्बन्धीको १() अनुसार () () महिना सजाय हुने ठहर्छ । सुरु जिल्ला अदालतबाट सफाई दिएका अन्य प्रतिवादी लट्टे तामाङ्ग, रमेश तामाङ्ग, विर्ष राम तामाङ्ग, जोगलाल तामाङ्ग, सन्तवहादुर तामाङ्गको हकमा निजहरुको कुटपिट हुँदाको अवस्थामा संलग्नता थियो भनी तथ्ययुक्त प्रमाण सहित प्रत्यक्षदर्शी सर्जमिनका व्यक्ति समेतले किटान पूर्वक वकपत्र गर्न नसकेको, निजहरुका साक्षीहरुको वकपत्रबाट निजहरु संलग्नता नभएको भनी शुरु जिल्ला अदालतबाट सफाई दिने ठहर्‍याएको निर्णय मनासिव ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको साविक वागमित अन्चल अदालतको मिति २०४६।१२।१२ को फैसला ।

४६.   उक्त वागमती अंचल अदालतको फैसलामा चित्त बुझेन । केही उल्टी गरी सुरु प्रहरी प्रतिवेदनको माग दावी बमोजिमको सजाय गरी पाऊँ भन्ने समेत व्यहोराको श्री ५ को सरकारको साविक मध्यमान्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।

४७.   सुरु सिन्धुपाल्चोक जिल्ला अदालतको फैसला सदर गर्ने गरी गरेको वागमती अन्चल अदालतको फैसला कानून त्रुटी भएकोले वदर गरी पाऊँ भन्ने समेत व्यहोराको कलमवहादुर तामाङ्ग र देव साङ्गे लामाको छुट्टाछुट्टै साविक मध्यमान्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन पत्र ।

४८.   यस्मा प्रतिवादी देवसाङ्गेलाई सफाई दिने गरेको शुरुको फैसला उल्टाई ज्यान सम्बन्धीको १() नं. अनुसार ६ महिना कैद गर्ने ठहराई गरेको बगमति अंचल अदालतको फैसला मनासिव ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत पाटनको मिति २००।।१।१ को फैसला ।

४९.   निवेदक समेतका प्रतिवादीहरु उपर मुलुकी ऐन ज्यान सम्बन्धीको १ नं. को कसूर गरेको भनी दावी लिएको अवस्थामा ऐ १() नं. वमोजिम सजाय गर्ने गरेको तत्कालिन वा.अं.अ.को फैसला सदर गरेको समेतको कारण पु.वे.अ. पाटनको फैसला त्रुटीपूर्ण हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२.१(क) (ख) को आधारमा उक्त फैसला दोहोर्‍याई हेरी इन्साफ पाउं भन्ने व्यहोराको प्रतिवादी देव साङ्गे लामाको निवेदन जिकिर ।

०.   यसमा शुरु आरोपपत्रमा सबै प्रतिवादीलाई ज्यान सम्बन्धीको १४ नं. को आरोप लगाई अभियोग दर्ता भएकोमा निवेदक देव साङ्गे लामालाई ज्यान सम्बन्धी महलको १७(३) बमोजिम सजाय गरेको सो ज्यान सम्बन्धी महलको १७(३) को व्याख्यात्मक त्रुटी गरी गरेको वागमती अन्चल अदालतको फैसला मनासिव गरी गरेको पु.वे.अ. पाटनको फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) को व्याख्यात्मक त्रुटी भएको देखिन आएबाट दोहोराउने निस्सा प्रदान गरिएको भन्ने मिति ०५४।१ को यस अदालतको आदेश ।

१.   नियम वमोजिम आजको दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय श्री वच्चु सिं खड्का र जानकी गिरीले ०४२।१०।१२ गतेका दिन सिन्धुपाल्चोक जिल्ला ठूलो पाखर गा.वि.स. पाल्पोखरीको जात्रामा पाउडर दुध वितरण गर्दा भिड अनियन्त्रित भएको अवस्थामा पदमवहादुरले धनवहादुरलाई हिर्काएकोमा धनवहादुर समेतले निज पदमवहादुरलाई ढुंगाले प्रहार गरेको र राती ११।१२ बजेतिर डुण्डुपको घरमा निज पदमवहादुरको मृत्यु भएको तथा धनवहादुरले पुलिसको जिपबाट भोटेकोशीमा हाम फाली मरेको हुँदा मुद्दा चलाउन नपर्ने भनी पुनरावेदक समेत ११ जना उपर मुलुकी ऐन ज्यान सम्बन्धीको १४ नं. अनुसार अभियोग दावी भएकोमा पु.वे.अ. पाटनबाट ऐ.को १७(३) बमोजिम यी पुनरावेदकलाई महिना कैद सजाय हुने ठहर्‍याई भएको फैसला सदर भएकोले उक्त फैसला कानूनी त्रुटीपूर्ण हुँदा वदर गरी पाऊ भनी तथा प्रत्यर्थी वादी श्री ५ को सरकार तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री जनक अधिकारीले पु.वे.अ. को फैसला सदर हुनुपर्छ भनी गर्नु भएको वहस जिकिर समेत सुनियो ।

५२.   विद्वान कानून व्यवसायीहरुको वहस जिकिर समेत सुनी मिसिल संलग्न कागज प्रमाणहरुको अध्ययन गर्दा पुनरावेदक प्रतिवादीलाई ज्यान सम्बन्धीको १७(३) नं. अनुसार ६ महिना कैद हुने ठहराएको फैसला सदर गरेको पु.वे.अ. पाटनको फैसला मिलेको छ, छैन निर्णय दिनु पर्ने देखियो ।

५३.   निर्णय तर्फ विचार गर्दा यस्मा प्रतिवादी देव साङ्गे लामा समेत अन्य प्रतिवादीहरु उपर मुलुकी ऐन ज्यान सम्बन्धी महलको १४ नं. को कसूरमा सोही नं. बमोजिम सजायको माग दावी लिई अभियोग पत्र दायर भएकोमा उक्त १४ नं. को वारदात नै पुष्टि हुन नआएको भन्ने आधारमा पुनरावेदक समेतलाई ऐ.को दफा १७(३) अनुसार ६ महिना कैद गर्ने गरी भएको तत्कालिन वागमती अन्चल अदालतको फैसला सदर गर्ने गरी पु.वे.अ. पाटनबाट फैसला भएको देखिन्छ । मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १४ नं. को कानूनी व्यवस्था हेर्दा ज्यान मार्नको मनसाय नरहेको ज्यान लिनुपर्ने सम्मको ईवी पनि नरहेको, लुकी चोरी नहानेको उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी साधारण लाठा, ढुङ्गा, लात, मुक्का इत्यादि हान्दा सोही चोट पिरले मरेको १० वर्ष कैद गर्नुपर्ने व्यवस्था उल्लेख भएको र ऐ.१७(३) नं. मा ज्यान मार्ने मतलवमा फसेको मुख्य भै वचन पनि नदिने हात हतियार पनि नछोड्ने, जिउमा पनि नछुने मार्ने ठाउँमा गई अरु कुरा केही नगरी हेरी रहनेलाई र अन्य मतलवीलाई ६ महिना देखि तीन वर्ष सम्म कैद गर्नुपर्ने उल्लेख भएको पाइन्छ । यसरी मुलुकी ऐन ज्यान सम्बन्धीको १४ नं. को कसूरको प्रकृति संग ऐ. १७(३) नं. को कसूरको प्रकृति पूर्णत असान्दर्भिक एवं असम्बन्धीत रहेकोमा वादीले ज्यान समबन्धीको १४ नं. को कसूरको दावी लिएको अवस्थामा उक्त १४ नं. को दावी पुष्टि हुन नसके पछि प्रतिवादीहरुले वादी दावी भन्दा असान्दर्भिक एव दफा १७(३) को कसूर गरेको भनी मान्न सकिने अवस्था समेत रहँदैन । ज्यान सम्बन्धीको १ नं. बमोजिम सजाय हुने अवस्था भए मात्र ज्यान मार्नालाई मतलवमा पस्ने अभियुक्तलाई ऐ. १ नं. बमोजिम सजाय हुने र ऐ. १४ नं. बमोजिम सजाय हुने कसूर गरेको देखिन ठहर्न आएकोले यस्तोमा ज्यान मार्ने मतलवमा पसेको भनी ऐ. १ नं. प्रयोग हुन सक्ने अवस्थै नहुने भनी ने.का.प. २०० पृ. १३७ मा सिद्धान्त समेत प्रतिपादित भएको सन्दर्भमा प्रस्तुत मुद्दामा सबै प्रतिवादीहरु उपर ज्यान सम्बन्धी १४ नं. को दावी लिएको देखिएको ऐ.को १() नं. वमोजिमको कसूर नै कायम हुन नसकेको अवस्थामा यी पुनरावेदक प्रतिवादी देव साङ्गे लामालाई ऐ. १७(३) नं. को कसूरमा सोही नं. बमोजिम ६ महिना कैद गर्ने गरेको तत्कालिन वाग्मती अंचल अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला सो हदसम्म मिलेको नदेखिंदा त्रुटीपूर्ण भै वदर हुने ठहर्छ ।

५४.   तसर्थ पुनरावेदक प्रतिवादी देवसाङ्गे लामालाई मुलुकी ऐन ज्यान सम्बन्धीको १७(३) को कसूरमा सोही नं. वमोजिम ६ महिना कैद गर्ने गरेको तत्कालिन वा.अं.अ.को फैसला सदर गरेको पु.वे.अ. पाटनको फैसला सो हदसम्म उल्टी भई निज प्रतिवादी देवसाङ्गे लामाले अभियोग दावीको कसूरबाट सफाई पाउने ठहर्छ । अरु तपसिल वमोजिम गर्नु ।

 

तपसिल

माथि इन्साफ खण्डमा लेखिए मुताविक प्रतिवादी देव साङ्गे लामाले अभियोग दावीको कसूरबाट सफाई पाउने ठहरेकाले तत्कालिन वागमती अन्चल अदालतको फैसला एवं पुनरावेदन अदालत पाटनको फैसलाको तपसिल खण्डमा उल्लेख भए मुताविक राखेको निज प्रतिवादी देव साङ्गे लामाको नाउको कैद लगत कट्टा गर्नु भनी शुरु सिन्धुपाल्चोक जिल्ला अदालतमा लेखी पठाउनु................१

मिसिल नियमानुसार गरी बुझाई दिनु............१

                                                                                                                       

उपयुक्त रायमा सहमत छु ।

 

न्या.टोपबहादुर सिंह

 

इति सम्वत् २०५८ साल श्रावण २२ गते रोज मा शुभम्...........

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु