निर्णय नं. १६३७ - अंश

निर्णय नं. १६३७ ने.का.प. २०४० अङ्क ३
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०३९ सालको दे.पु.नं. ३७८
फैसला भएको मिति : २०४०।२।१५।१ मा
पुनरावेदक/प्रतिवादी : जि.रूपन्देही ढर्का गा.पं.वार्ड नं.८ बस्ने लखापत यादवको मु.स.गर्ने कोमल यादव
विरूद्ध
विपक्षी/वादी : ऐ.ऐ.बस्ने लालसा यादवसमेत (साविक पेज नं. १००)
मुद्दा : अंश
(१) अघि नै आफ्नो अंश लिई भिन्न भएकाहरूले अंश पाउँ भन्न मिल्ने नदेखिँदा अंश पाउँ भन्ने दावी पुग्न नसक्ने ।
(प्रकरण नं. १५)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल
फैसला
न्या.धनेन्द्रबहादुर सिंह
१. निवेदक पुनरावेदकले न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराजका हजूरमा चढाएको निवेदन बमोजिम न्यायिक समितिको सिफारिशमा मुद्दा दोहोर्याई हेरी दिनु भन्ने बक्स भई आएका हुकुम प्रमाङ्गी बमोजिम गर्न सम्माननीय प्रधान न्यायाधीशज्यूको आदेशबाट फुलबेञ्चको लगतमा दर्ता भई फुलबेञ्चबाट पुनरावेदन गर्ने अनुमति प्रदान भई डिभिजनबेञ्चको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य निम्नानुसार छ :
२. पुर्खा शिवनन्दनका २ छोरा जेठा गुरूप्रसाद कान्छा कुमार भएका गुरूप्रसादका ५ छोरा क्रमशः जेठो छेवर (मृत), माहिलो खलपत, साहिँलो दुलारे (मृत) काँइलो हरिहर र कान्छो दशरथ हुन् । छेवरको २ छोरा क्रमशः जेठा चिनकान (मृत) कान्छो गुहु (मृत) भई चिनकानका छोरा जेठा शान्तराम र कान्छा लाल्सा हुन् । कान्छा बुगारेतर्फ ३ छोरा जेठा भगेते माइला परमनाथ र कान्छा ओधु हुन् । म भगौतिको पत्नी हुँ । गुरूप्रसादका सन्तान र कुमारका सन्तान बीच २०२३ सालदेखि मानोसम्म छुट्टिई बसेका हुन् रीतपूर्वक अंश भएको छैन । २०२५ सालमा भारतमा बस्ने भागिरथले मूल पुरुष शिवनन्दनका ३ छोरा गुरूप्रसाद लक्ष्मणकुमार भनी लक्ष्मणको छोरा भगिरथी भनी मेरो लोग्ने भगौती उपर अंश मुद्दा दर्ता गर्दा मेरो लोग्नेबाट अंश पाउने गरी श्री प.क्षे.अ.बाट फैसला भएको । यसैबीच मेरा लोग्नेको मृत्यु भएकोले मेरो भागबाट भागीरथीले अंश लिन पाउने निश्चित हुँदा गैर अंशियारले हामीसँग अंश लिने भएको रीतपूर्वक अंशबण्डा नगरेमा सम्पत्ति हिनामिना भई मनपरी हुने हुँदा विपक्षीहरूलाई जम्मा गराई अंश दिनुहोस् भन्दा इन्कार गरेकोले तायदाती लिई गुरूप्रसाद र कुमारेको २ भाग छुट्याई कुमारेको ३ छोरा हुँदा ३ भाग गरी भगौतीको एक भाग अंश दिलाई पाउँ भन्ने समेत फिराद दावी ।
३. वादी दावी अनुसार हामीले अंश दिनुपर्ने होइन । वादीले वंशावली नै गलत दिएको छ । किनभने प.क्षे.अ.को ०३२।३।३१ को फैसलाबाट भागीरथी पनि वादीका लोग्ने भगौतीको अंशियार ठहरी अन्तिम फैसला भएको छ । त्यसमा भागीरथी शिवनन्दनका माहिला छोरा लक्ष्मणको छोरा ठहरी कुमारेको सन्तानसँग मानो अंश जोडी बसेको आधारमा अभिन्न अंशियार ठहरी अंश पाउने भन्ने उल्लेख भएको छ । उक्त मुद्दामा हामी हरिहर समेतलाई पेटबोलीबाट बुझी तायदाती लिएको वादीको कथनबाट हामीसँग त्यसबेला दावी नै नगरेकोले तायदाती पेश भए तापनि अंश लाग्दैन भन्ने फैसला छ वादीको लोग्ने भगौतिले सो अंश मुद्दाको प्रतिवाद गर्दा हामी हरिहर लगायतका व्यक्ति निज सगोलमा बसी अंशबण्डा नभई सगोलमा बसेका छैन भन्ने लेख्नसकेको छैन । शिवनन्दनका मृत्युपछि गुरूप्रसाद अंश भिन्न गरी अलग बसेका लक्ष्मण र कुमार मात्र संग बसेको तथ्य वादीको लोग्ने भगौतीले २०२३ सालमा भूमिप्रशासन कार्यालयमा भरेको अनुसूची नं.१ बाट पनि सिद्ध छ । त्यसमा हामी कसैलाई नदेखाएको समेत कारणबाट अंश पाउने हैनन् भन्ने समेत प्रतिवादी जिकिर । (साविक पेज नं. १०१)
४. अघिको वादी भागीरथी र प्रतिवादी भगौती भएको अंश मुद्दामा यिनै वादीका लोग्नेको तायदाती बमोजिमको अंशबण्डा छुट्याई दिने गरी फैसला भएको अरूले दिएको तायदातीबाट बण्डा छुट्याइएको नहुँदा यी प्रतिवादीबाट अंश पाउँ, भन्ने वादीको दावी पुग्न सक्दैन भन्ने समेत रूपन्देही जिल्ला अदालतको फैसला ।
५. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन ।
६. वादी अंशियार होइन भन्न नसकेको अंश बुझेको लिखत पेश गर्न नसकेको प्रमाणमा आएको अंश मुद्दाबाट पनि वादीले अंश पाउने नै देखिन्छ र वादीले अंश पाइसकेको पनि देखिँदैन। तसर्थ वादी प्रतिवादीबाट दाखिल हुनआएको तायदाती बमोजिम अंश हिस्साबाट ३ भागको १ भाग अंश वादीको लोग्ने भगौतीको भागमा पर्न आउने हुँदा ३ भागको १ भाग अंश वादीले पाउने ठहर्छ भन्ने समेत प.क्षे.अ.को पुनरावेदनको फैसला ।
७. श्री प.क्षे.अ.को उक्त फैसलाबाट सार्वजनिक महत्वको विषयमा गम्भीर कानुनी त्रुटि भएको हुँदा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५) को खण्ड (ख) बमोजिम पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादीहरूको निवेदनपत्र ।
८. प.क्षे.अ.को उक्त फैसलामा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) को अवस्था विद्यमान रहेको नदेखिँदा पुनरावेदनको अनुमति दिन मिलेन भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३८।३।२२ को आदेश ।
९. श्री सर्वोच्च अदालत डिभिजनबेञ्चको उक्त फैसला कानुनको मनसाय र प्रतिपादित नजीरहरू समेतको प्रतिकूल भएकोले एकपटक फुलबेञ्चबाट दोहोर्याई दिनु भन्ने सर्वोच्च अदालतको नाउँमा हु.प्र.बक्स पाउँ भन्ने समेत प्रतिवादीहरूले न्यायिक समिति राजदरवार मार्फत श्री ५ महाराजाधिराजका हजूरमा चढाएको निवेदनपत्र ।
१०. वादीका ससुरा कुमारले आफ्नो दाजु प्रतिवादीका बाबुसँग अंश बुझेकोबाट नै अंश दिएको भन्ने देखिन्छ । प्रमाणमा आएको अंश मुद्दाको मिसिलमा यी वादीका लोग्नेले प्रतिउत्तरपत्रमा यी प्रतिवादीका बाबुसँग अंश लिई भिन्न बसेको भनी स्वीकार गरेकोद्वारा यी वादीका विरूद्ध पनि प्रमाणमा लिनु पर्नेमा सो नगरी अंश पाउने ठहराई गरेको प.क्षे.अ.को फैसला त्रुटिपूर्ण भई सार्वजनिक महत्वको विषयमा गम्भीर कानुनी त्रुटि भएको हुँदा पुनरावेदनको अनुमति दिनुपर्नेमा अनुमति नपाउने गरेको सर्वोच्च अदालतले आफ्नो अघिको निर्णय जाँच्न आवश्यक देखिएकोले नेपालको संविधानको धारा ७२(ख) अन्र्तगत दोहोर्याउन आदेश बक्सन श्री ५ महाराजाधिराज सरकारका हजूरमा सिफारिश जाहेर गर्ने ठहर्छ भन्ने समेत न्यायिक समिति राजदरवारको पर्चा ।
११. यसमा लक्ष्मणका छोरा भगिरथले यी वादीका लोग्ने भगौती उपर चलाएको अंश मुद्दामा वादीका लोग्नेले दिएको प्रतिउत्तरपत्रमा गुरूप्रसाद र कुमारका हामी सन्तान अघि नै भिन्न भई अलग–अलग अंश भाग भोगी आएका छौ भनी उल्लेख गरेको र उक्त मुद्दामा वादीका लोग्नेबाट भागिरथले अंश पाउने ठहरी फैसला भई अन्तिम रहेकोमा गुरूप्रसाद समेतका भिन्न भएका सन्तान यी प्रतिवादीहरू उपर चलाएको यो मुद्दामा वादीले अंश नपाउनेमा पाउने ठहराई गरेको प.क्षे.अ.को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ९ को उपदफा (१)(३) खण्ड (ग) र अंशबण्डाका ३० नं.समेतको भएकोले न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत फुलबेञ्चको २०३९।४।१२।३ को आदेश ।
१२. पुनरावेदकहरूको वारिस योगराज चापागाईं र विपक्षीको वारिस गोविन्दबहादुर बाँनीयालाई रोहवरमा राखी पेश हुनआएकोमा विपक्षीको तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेलले वादी (साविक पेज नं. १०२) अंशियार हो भन्ने देखिरहेको छ । वादीले अंश पाएको लिखत छैन । तसर्थ अंश पाउने गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय मिलेको हुँदा सदर हुनुपर्छ भन्ने समेत गर्नुभएको बहस सुनी मिसिल समेत अध्ययन गरियो ।
१३. प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको छ छैन सो कुराको निर्णय दिनुपर्ने हुनआएको छ ।
१४. यसमा निर्णयतर्फ हेर्दा कुमारको अंश भागमा पर्ने अंश हिस्साबाट ३ भाग लगाउँदा भगौतीको भागमा पर्न आउने जग्गा वादीले प्रतिवादीहरूबाट अंश पाउने ठहर्छ भनी पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट निर्णय गरेको देखिन्छ ।
१५. प्रमाण निमित्त आएको वादी भागिरथी अहिर प्रतिवादी यही वादीको लोग्ने भगौती अहिर भएको अंश मुद्दामा वादीले प्रतिवादी भगौती अहिरबाट अंश पाउने ठहराई शुरूले गरेको इन्साफ सदर गरी लुम्बिनी अञ्चल अदालतबाट गरेको इन्साफ मनासिव ठहराई पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट ०३२।३।३१ मा निर्णय भएको पाइन्छ । सो अंश मुद्दामा प्रस्तुत मुद्दाका वादी छोटका अहिरको लोग्ने भगौती अहिरले प्रतिउत्तर फिराउँदा बाजे शिवनन्दनका छोरा २ भाइ जेठा गुरूप्रसाद कान्छाकुमार मात्र हुन बाबुहरू छँदै भिन्न भई जग्गा २ भाग लगाई आफ्नो–आÇना नाउँमा दर्ता गरी भोगचलन गरी आएको भनी उल्लेख गरेको देखिन्छ । त्यसरी वादीको लोग्ने भगौतीले नै वादीका ससुराहरू भिन्न भई जग्गाहरू आधा–आधा गरी भोगचलन गरी आएको भनी प्रतिवादी फिराएकोबाट वादीको अंश प्रतिवादीहरूसँग बाँकी रहेको भन्ने देखिँदैन । त्यसप्रकार अघि नै आफ्नो अंश लिई भिन्न भएका गुरूप्रसादका सन्तान यी प्रतिवादीहरूबाट वादीले अंश पाउँछ भन्न मिल्ने नदेखिँदा अंश पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहराएको शुरू रूपन्देही जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ ।
१६. अंश पाउने ठहराएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । अरू तपसील बमोजिम गर्नु ।
तपसील
वादी छोटका अहिरलाई पश्चिमाञ्चल क्षेत्रीय अदालतका ०३५।१०।१ को फैसलाले देहायको घर जग्गा अंश पाउने गरेकोमा माथि लेखिए बमोजिम वादी दावी नपुग्ने ठहरेकोले सो अंश छुट्याई रहनु नपर्ने भएकोले सो घरजग्गाको अंश छुट्याई दिने गरी भएको लगत कट्टा गरी दिनु भनी पश्चिमाञ्चल क्षेत्रीय अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु......................................................................................१
वादी छोटका अहिर्नीले दिएको ०३५।२।३० को तायदातीमा लेखिएकोबाट वादीको भागमा पर्न आउने मेरो लोग्ने भगौतीका नाउँमा दर्ता भएको जग्गा बिगाहा ६–१३–१४ मध्ये प.क्षे.अ.का ०३२।३।३१ को फैसलाले आधा भागीरथी अहिरले अंश पाई निजका नाउँमा दर्ता भएको बाहेक बाँकी आधा जग्गा बिगाहा ३–६–१७ को हाल सर्भे हुँदा मेरो नाउँमा कित्ताकाट भएको ठर्की गा.पं.वार्ड नं.१ र २ को देहायबमोजिमको हाल ठहर हुनआएको जग्गा बिगाहा ३–०–० को बिगाहा २,००० का दरले मोल रू.६,०००। पर्ने निम्नलिखितको जग्गा मध्येबाट ६ खण्डको १ खण्डमा पर्ने मोल बिगो रू.१,०००। को जग्गा १
वार्ड नं. कि.नं. क्षेत्रफल
१ ४९७ ०–३–०
१ ५०० ०–०–१९
“ ५०२ ०–३–१९½
“ ५०४ ०–१–११
“ ५०६ ०–१–१८
“ ५०८ ०–३–११
“ ५१० ०–१–१२½
“ ५१२ ०–९–१२½
“ ५१४ ०–१–३
“ ५१६ ०–५–१८½
“ ५२० ०–११–१८½
“ ५२२ ०–१–१½
“ ४०९ ०–३–१२½ (साविक पेज नं. १०३)
तप्पे मर्चवार मौजा उनवलीया टोला मिलरहवा दक्षिण डिहिया लखपत समेतको रछवहवा टोसे पश्चिम हनुमान सनमान समेतको घरदेखि पूर्व जन्म कलवारको घरदेखि उक्त पाडे कुर्मी र जनभक्त सिंको खेतदेखि दक्षिण ४ किल्लाभित्रको गाउँ मिनही जग्गामा भएको कच्ची इँटाको गारो खपडाको छानो तला छापेको उत्तर मोहडा फर्केको घर १ घारी र मुसैला घर समेत ७ जंजीर लेम्बा ६ जंजीर चौंडामा घर धारी समेत ५ मा आधा भागीरथले अंश पाएको बाहेक बाँकी आधा पूर्वपट्टि घरबारीको मोल बिगो रू.१२५०। को ६ खण्डको १ खण्ड..................................२
बखा २ को हुने रू.२०। को छ खण्डको १ खण्ड..............................................................................................................३
फुलको १ सेरे चावल पाक्ने चुहने कसौंडी १, सिलवरको २ सेर चावल पाक्ने चुहुन कसौंडी १, ऐ.थाल २ पित्तलको पुरानो लोटा १ र सिलवरको पुरानो लोटा २ को मोल रू.३० को ६ खण्ड १ खण्ड........................................................................................................४
प्रतिवादी लखपत अहिर समेतको वा.युक्तप्रसाद श्रेष्ठले दिएको ०३५।४।२२ को तायदातीमा लेखिएको निम्नलिखित जग्गाबाट वादीको भागमा पर्न आउने कलम.......................................................................................................................................................५
हरिहर अहिरका नाउँमा भू.प्र.का.रूपन्देहीमा दर्ता भएको सो कार्यालयको जम्मा ९३।६४ बुझाउन पर्ने निम्न लेखिएका कित्ता नम्बरको जग्गा बिगाहा १–१७–१८ को मोल रू.७००। निम्नलिखित जग्गा कित्ता ११ को कित्ताबाट ६ खण्डको १ खण्ड १
(क) कि.नं.७–८ को कित्ता, १, (ख) कि.नं.५८ को ऐ.०–१–१ को कित्ता, १, (ग) ऐ.वडा नं.२ कि.नं.१२ को खेत अवल ०–२–१० को कित्ता, १, (घ) ऐ.वडा नं.२ कि.नं.२८ को ऐ.०–०–७ को कित्ता, १, (ङ) ऐ.कि.नं.१२३ को पाखो अं.०–४–१२ को कित्ता, १, (च) ऐ.कि.नं.१९७ को ऐ.०–६–१० को कित्ता, १, (छ) ऐ.मौजे ठर्की र.नं.४२ को ऐ.ऐ.वार्ड नं.३ को कि.नं.२८५ को खेत दोयम ०–३–१६ को ऐ, १, (ज) ऐ.कि.नं.३०२ को ऐ.०–२–१७ को कित्ता, १ (झ) ऐ.कि.नं.३९९ को अवल ०–३–० को कित्ता, १ (ञ) ऐ.ऐ.नं.८२ को पञ्चायत वडा नं.४ को कि.नं.२८ को अवल ०–२–० को, १
(ट) मौजे हदसरा नं.१२, को ऐ.पञ्चायत वडा नं.८(क) कि.नं.१७१ को ऐ.०–२–०–० को कित्ता, १
पूर्व खेत पश्चिम सडक उत्तर आफ्नै जग्गा दरिख दशरथको घर ४ किल्लाभित्रको पूर्व ३ इन्च लम्बाई हात २५ उत्तर दक्षिण चौडाई हात १० को १ तले पक्की घरको प्रचलित मोल रू.८०० जाने घरको आधा मेरो भागको ऐ.रु.४०० जाने घर कित्ताबाट ऐ.......................................६
लखपत अहिरका नाउँमा भू.प्र.का.रूपन्देहीमा दर्ता भएको सो कार्यालयमा जम्मा रू.२३८।८२ बुझाउन पर्ने निम्न लेखिएका कित्ता नम्बरका जग्गा बिगाहा ५–७–१२ जग्गाको मोल रू.२६०० जाने जग्गा कित्ता २१ बाट ६ खण्डको १ खण्डको कित्ता...................................................७
(क) रूपन्देही जिल्ला मौजे उनवलीया र.नं.३१ ऐ.ठर्की गा.पं.वडा नं.१ को कि.नं.२ को खेत सिम ०–३–१७ को खेत कित्ता १
(ख) ऐ.कि.नं.६५ को ऐ.०–१२–७ को कित्ता १ (ग) ऐ.कि.नं.११२ को ऐ.दोयम खेत ०–७–६ को कित्ता १ (घ) ऐ.कि.नं.१६४ को ऐ.०–५–१२ को कित्ता १ (ङ) ऐ.कि.नंं १५२ को ऐ.ऐ.०–६–१२ को कित्ता १ (च) ऐ.ऐ.वडा नं.२ कि.नं.१५ को ऐ.अवल ०–५–० को कित्ता १ (छ) ऐ.ऐ.कि.नंं १८ को ऐ.०–०–१५ को १ (ज) ऐ.ऐ.कि.नंं ३२ को ऐ.ऐ.०–६–५ को कित्ता १ (झ) ऐ.ऐ.कि.नंं १७१ पाखो अवल ०–४–७ को कित्ता १ (साविक पेज नं. १०४)
(ञ) ऐ.मौजे ठर्की र.नं.२४ को ऐ.गा.पं.वडा नं.४ कि.नं.१११ को खेत अवल ०–१–१० को कित्ता १ (ट) ऐ.ऐ.कि.नंं ३३३ को ऐ.ऐ.०–४–० को कित्ता १ (ठ) ऐ.ऐ.वडा नं.५ कि.नं.४६७ को ऐ.दोयम ०–३–० को कित्ता १ (ड) वडा नं.५ कि.नं.४९७ को ऐ.सिम ०–६–० को कित्ता १ (ढ) ऐ.वडा नं.६(क) कि.नं.२ दोयम ०–२–० को कित्ता १ (ण) ऐ.कि.नं.४२ को ऐ.०–१–१९ को कित्ता १ (त) ऐ.कि.नंं १५८ को ऐ.०–२–१० को कित्ता १ (थ) ऐ.कि.नं.४०१ को ऐ.अवल ०–१२–१५ को कित्ता १ (द) ऐ.ऐ.कि.नं.४०६ को दोयम ०–२–० को कित्ता १ (ध) ऐ.कि.नं.४८० को ऐ.०–५–१५ को कित्ता १ (न) ऐ.कि.नं.५१५ को ऐ.ऐ.०–६–१४ को कित्ता १ (प) ऐ.कि.नं.६०७ ऐ.ऐ.०–८–७ को कित्ता १ (झ) माथि दफा १ को देहायमा हरिहरले दिएको ४ किल्ला भित्रको प्रचलित मोल मोह रू.८००। जाने घरको आधा मेरो भागको रू.४००। जाने घर कित्ता १ म दशरथ अहिरका नाउँमा भू.प्र.का.रूपन्देहीमा दर्ता भएको सो कार्यालयमा जम्मा रू.५४।५ बुझाउन पर्ने निम्न लेखिएका कित्ता नम्बरका जग्गा बिगाहा १–२–१२ को प्रचलित मोल रू.६०० जाने जग्गा कित्ता ८ नम्बरको कित्ताबाट ६ खण्डको १ खण्ड १
(क) रूपन्देही जिल्ला मौजे उनवलीया र.नं.४ को ऐ.ठर्की गा.पं.वडा नं.१ कि.नं.५५ को पाखो अवल ०–२–६ को कित्ता १ (ख) ऐ.कि.नं.५७ को ऐ.०–३–६ को कित्ता १ (ग) ऐ.कि.नं.६० को ऐ.०–२–१ को कित्ता १ (घ) ऐ.वडा नं.२ कि.नं.८ को खेत अवल ०–१–१० को कित्ता १ (ङ) ऐ.ठर्की मौजे रै.नं.२९।४४ को ऐ.पञ्चयत वडा नं.३ का.नं.६८ को ऐ.दोयम ०–३–१५ को ऐ.१(च) ऐ.ऐ.कि.नं.१०० को पाखो अवल ०–२–२ को कित्ता १ (छ) ऐ.ऐ.कि.नं.१५४ को दोयम खेत ०–४–१ को कित्ता १ (ज) ऐ.ऐ.कि.नं.२७९ को ऐ.ऐ.०–२–१० को कित्ता १
पूर्व खेत पश्चिम इना डरार उत्तर लखपत अहिर हरिहर अहिरको घर दक्षिण श्यामनारायण कलवारको घर यति ४ किल्ला भित्रको पूर्व पश्चिम लम्बाई हात २० उत्तर दक्षिण चौडाई हात १० को १ तले पक्की घरको प्रचलित मोल रू.६०० जाने घरको कित्ताको ऐ.ऐ.......१
माथि लेखिए बमोजिमको ४ किल्ला भित्रको उत्तर दक्षिण लम्बाई हात १२ पूर्व पश्चिम चोडाई हात ५ को १ तले खपडाको घरको प्रचलित मोल मोह रू.२०० जने घर कच्ची कित्ता......१
म लालसा अहिरका नाउँ भू.प्र.का.रूपन्देहीमा दर्ता भएको निम्न लेखिएका कित्ता नम्बर १२ काजमा जग्गा बिगाहा ०–१८–१६ को मोल मो. रू.४३५ जाने जग्गा कित्ता ९ को कलम मध्येबाट ६ खण्डको १ खण्ड......१
(क) रूपन्देही जिल्ला मौजे उनवलीया रे.नं.९४ ठर्की गा.पं.वडा नं.१ कि.नं.४७ पाखो अवल ०–२–५ को कित्ता १ (ख) ऐ.ऐ.कि.नं.११० खेत दोयम ०–४–१४ को कित्ता १ (ग) ऐ.ऐ.कि.नं.१५० खेत दोयम ०–४–१४ को कित्ता १ (घ) ऐ.ऐ.कि.नं.३३९ खेत सिम ०–१–५ को कित्ता १ (ङ) ऐ.ऐ.वडा नं.२ कि.नं.९ खेत अवल ०–१–७ को कित्ता. १ (साविक पेज नं. १०५)
(च) ऐ.ऐ.कि.नं.१७ खेत अवल ०–१–१० को कित्ता १ (छ) ऐ.ऐ.कि.नं.३३ खेत अवल ०–०–१२ को कित्ता १ (ज) ऐ.ऐ.कि.नं.६४ खेत अवल ०–०–१४ को कित्ता १ (झ) ऐ.मौजे ठर्की रै.नं.२० वडा नं.३ कि.नं.४२ खेत दोयम ०–३–१५ को कित्ता.१
वादी छोटका अहिरनीके प.क्षे.अ.का ०३५।१०।१ को फैसलाले देहायका प्रतिवादीहरूबाट भरी पाउने गरेको कोर्टफी रू.१३३।२४ भरी भराउ गर्न नपर्ने हुँदा व्यहोरा जनाई लगत काटी दिनु भनी प.क्षे.अ.मा लेखी पठाउन का.जि.अ.मा लगत दिनु २
प्र.लखपत यादवको मु.स.गर्ने कोमल यादव १, प्र.लालसा यादव १, प्र.दशरथ यादव १, प्र.हरिहर यादव १, प्र.सन्तराम यादव १
पुनरावेदक देहायका मानिसकै अनुमतिद्वारा पुनरावेदन गर्दा यस अदालत मार्फत का.जि.अ.मा ०३९।४।१९ मा राखेको धरौटी कोर्टफी रू.१३३।२४ माथि लेखिए बमोजिम भई भरी भराउ गर्न नपर्ने भएकोले सो धरौटी फिर्ता पाउँ भन्ने देहायका प्रतिवादीहरूको ऐनका म्यादभित्र दरखास्त परे दस्तूर केही नलिई बराबरका दरले फिर्ता दिनु भनी का.जि.अ.मा लगत दिनुु ३
लखपत यादवको मु.स.गर्ने कोमल यादव १, लालसा यादव १, दशरथ यादव १, हरिहर यादव १, सन्तराम यादव १
मिसिल नियमबमोजिम गरी बुझाई दिनु. ४
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४० साल जेष्ठ १५ गते रोज १ शुभम् ।