शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६२३५ - लिखत बदर

भाग: ३८ साल: २०५३ महिना: कार्तिक अंक:

निर्णय नं. ६२३५    ने.का.प. ०५३ अङ्क ७

 

संयूक्त इजलास

माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री उदयराज उपाध्याय

संवत् २०५१ सालको दे.पु.नं. ... १९१७

आदेश मितिः २०५३।३।२८।६

 

मुद्दाः लिखत वदर ।

 

पुनरावेदिक

प्रतिवादी : का.जि. का.न.पा. वडा नं. २७ घर भई ऐ.ऐ.का वडा नं. ३ लाजिम्पाट बस्ने हिराशोभा     कंसाकार ।  

बिरुद्ध

विपक्षी

वादीः का.जि. का.न.पा. वडा नं. २७ घर भई ऐ. वडा नं. २९ ठमेल बस्ने ज्ञानशोभा कंसाकारको       मुद्दा सकार गर्ने ज्ञानज्योती कंसाकार ।

     

§  दिदी वहिनी बीच चलेको अंश मुद्दामा पहिले नै अंशवण्डा भई भिन्न वसेको दाजुले मुद्दा सकार गर्न पाउने प्रचलित कानूनमा व्यवस्था भएको नदेखिएको ।

(प्र.नं. १२)

पुनरावेदक तर्फवाट :

      विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी ।

विपक्षी तर्फवाटः

      विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

अवलम्वित नजीरः

      ज्ञानशोभा विरुद्ध हिराशोभा भएको दे.पु.नं. ३५८९ को अंश मुद्दामा प्रतिपादित सिद्धान्त ।

 

फैसला

      न्या. उदयराज उपाध्यायः पुनरावेदन अदालत ललितपुरबाट मिति २०५०।८।२२ मा भएको फैसला उपर पर्न आएको प्रस्तूत मुद्दाको संक्षिप्त व्यहोरा एवं निर्णय यसप्रकार छ ।

      २.    वावु भाजुरत्नको २ पत्नीमा जेठी ज्ञानमायावाट जेठी ज्ञानप्रभा, माइली लक्ष्मीप्रभा साइली लक्ष्मीहेरा तथा कान्छो मणिहर्ष ज्योती तथा कान्छी पत्नी ज्ञानमायाबाट ज्ञानज्योती म ज्ञानशोभा र प्रतिवादी हिराशोभा तथा कान्छो छोरा देवज्योती ४ जनाको जायजन्म भै जेठी ज्ञानमायाको १९७३ सालमा कान्छी (आमा) को २०२५।११।८ मा  र वावुको ण्ज्ञघ सालमा स्वर्गारोहण भयो । आमा ज्ञानमायाको जिवनकालमा दाजुभाई दिदीवहिनी सगोलमा बसी आएकोमा तिन जना दाजुभाईले विदेशमा रहेको चल अचल अंश लिई नेपालमा रहेको चल अचल साहू असामी विवाह खर्च वा अंश छोरीहरुलार्ई दिनुपर्ने भए दिने शर्तमा अंश छोडपत्रको लिखत गरी मिति ०१७।१२।२३।४ मा रजिष्ट्रेशन समेत भयो । आमाको शेषपछि म फिरादी दाजु ज्ञान ज्योतीको घरमा र प्रतिवादी भाई देवज्योतीको घरमा बसि आएको हामी वाहेक आमाको नामको संपत्ति खाने अरु हकदार कोही छैन । ०२१।१२।३० को वण्डापत्र बमोजिम आमाको अंश भागमा परेको विभिन्न जग्गा प्रतिवादीले आमाको एकमात्र हकदार छोरी भनी नाता प्रमाणित गराई मालपोत कार्यालयको ०४६।२।२० को निर्णयले आफ्नो नाममा नामसारी गरी प्रमाण पुर्जा समेत प्राप्त गरेको जानकारी ०४७।४।१६ मा निर्णयको नक्कल लिंदा थाहा भयो । वरावर हकदार भएको मलार्ई अंशियारको विवरणबाट हटाई नाता प्रमाणित जालसाजी गरे तर्फ विपक्षी उपर छुट्टै  जालसाजी मुद्दा दायर गरेको छूं । आमा ज्ञानमायाको नाममा दर्ता भएको विभिन्न कित्ता जग्गाको मोही पंच नारायण भएकोमा निज निसन्तान परलोक भएकोले गैर कानूनी रुपले छोरी पंचमायाले मोही नामसारी गराएपछि जग्गा जोत्न नसक्ने हुंदा क्षतिपुर्ति वापत केही जग्गा दिई मोही छुटाउन संयूक्त निवेदन दिएकोमा केही जग्गा पंचमायालार्ई छोडपत्र गरी दिएको वखत मोही लगत कट्टा गर्ने निर्णय गरी मालपोत कार्यालयमा पठाएकोमा प्रतिवादी हिराशोभाले विभिन्न कित्ता जग्गाको केही जग्गा प्र. पन्चमायालार्ई छोडपत्र गरी मिति ०४७।घ।द्दज्ञ मा रजिष्ट्रेशन पारित गरी दिई सोही बमोजिम कित्ताकाटं भै प्राप्त जग्गामा पंचमायाले घर बनाएको देखि बूझ्दा ०४७।५।१८ मा भु.सु. कार्यालयबाट नक्कल लिंदा थाहा भयो । तसर्थ मेरो समेत संयूक्त हक स्वामित्वको का.जि. का.न.पा.वार्ड नं. २१ कि.नं. १२८, १२९ को जग्गा अनधिकृत मोहीलार्ई छोडपत्र गरी सो को आधारमा कित्ता फोड गरी दर्ता समेत गरेको कार्य ज.प.को १७ नं. र ज.मि. को १ नं. को प्रतिकुल भएकोले मिति ०४७।३।२१ मा पारित छोडपत्रका लिखत र सो को आधारमा प्र. पंचमायाका नाममा दर्ता समेत वदर गरी साविक दर्ता कायम गरी खिचोला मेटाई पाउं भन्ने समेतको फिराद  दावी ।

      ३. वादी दावी बमोजिमको घरजग्गा अंशियारको नाताले नभै हकवालाको हैसियतले मेरो नाममा दर्ता भएको छ । सो सम्पत्तिमा वादीको हक श्रृजना नभएकोले फिराद गर्न हक  पुग्दैन । त्यस्मा पनि एकै फिरादपत्रमा विभिन्न व्यहोराको नालेश गरेको अ.वं. ठद्द नं. को प्रतिकुल  छ । दावी वमोजिम खिचोला समेत नगरेकोले फिराद खारेज गरी पाउं भन्ने समेतको प्र. हिराशोभा कंसाकारको प्रतिउत्तर जिकिर ।

      ४. वादी दावीको कि.नं. १२८ र १२९, २ कित्ता जग्गामा नापी भै वावु पंचनारायण मोही जनिई वावुले घर समेत बनाएको जग्ग्गामा वावुको मृत्यू पछि मेरो हक हून आएकोले सोही घरमा बसी भोग गरी आएको छूं । उक्त जग्गामा भु.सु.ऐन, २०२१ को दफा २५(२) बमोजिम मेरो हक लाग्ने प्रष्ट छ । सो जग्गाको वाली जग्गाधनीको रुपमा प्र. हिराशोभालार्ई बुझाउदै आएको छुं । वादी प्रतिवादीका एका सगोलको भन्ने वादीको भनाइलार्ई मान्दा पनि मैले बूझाएको वाली विपक्षीले समेत खाएको प्रष्ट हुन्छ । तसर्थ वाली बुझी भरपाई समेत गरेको अवस्थामा दिदी वहिनी वीचमा मुद्दा गर्दैमा मेरो मोहीयानी हक वदर गर्न कदापी मिल्ने होइन भन्ने समेतको प्र. पंचमाया महर्जनको प्रतिउत्तर पत्र ।

      ५. मूख्य व्यवहार कर्ताले कानून वमोजिम मोही हक छुटाई वांकी जग्गा मोहीबाट लिएको देखिएकोले कानून वमोजिम भएको कार्यलार्ई वदर गरी पाउं भन्ने वादी दावी औचित्यपुर्ण नदेखिएकोले लिखत दर्ता वदर गरी पाउं भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेतको ण्द्धड।११।१२ को काठमाडौं जिल्ला अदालतको फैसला ।

      ६. विवादास्पद मोहीलार्ई मान्यता दिई सो वमोजिम जग्गा दिएको छोडपत्रको लिखतलार्ई वदर गरी दावी नपुग्ने भनी भएको काठमाडौं जिल्ला अदालतको इन्साफ त्रुटिपुर्ण भएकोले उक्त फैसला वदर गरी फिराद दावी वमोजिम इन्साफ पाउं भनी वादीले यस अदालतमा दिएको पुनरावेदन  पत्र ।

      ७. शूरुको फैसला विचारणीय देखिंदा छलफलको निमित अ.वं. २०२ नं. तथा पु.वे.अ. नियमावली, २०४८ को नियम ४७ वमोजिम विपक्षी झिकाउनू भन्ने मिति २०५०।२।३।१ को पुनरावेदन अदालत पाटनको आदेश ।

      ८. वादी दावीको २०४७।३।२१ को छोडपत्र लिखतको दुईभागको एक भाग लिखत र सो को आधारमा भएको दर्ता वदर गरी सो लिखतको जग्गा मध्ये आधि वादी पुनरावेदिकाको नाउंमा कायम र दर्ता कायम गरी खिचोला मेटाई पाउने समेत ठहर्छ । लिखत दर्ता वदर खिचोला तर्फ वादी दावी पुग्न नसक्ने ठहराएको शूरुको इन्साफ सो हदसम्म उल्टी हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत ललितपुरबाट मिति २०५०।८।२२ मा भएको फैसला ।

      ९. पुनरावेदन अदालत पाटनको फैसला त्रुटीपुर्ण गैर कानूनी भएको हुंदा वदर गरी मेरो प्रतिउत्तर जिकिर वमोजिम गरी न्याय इन्साफ पाउं भन्ने समेत प्रतिवादी हिराशोभा कंसाकारको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

      १०. यसमा यसै लगाउको अंश मुद्दामा दोहराउने निस्सा प्रदान भएकोले यो पनि साथै निर्णय गर्नू पर्ने मुद्दा हुंदा यसमा अ.वं. २०२ नं. बमोजिम छलफलका लागि विपक्षी झिकाई आएपछि पेश गर्नू भन्ने समेत यस सर्वोच्च अदालत संयूक्त इजलासबाट मिति २०५२।११।१४ मा भएको आदेश ।

      ११. नियम वमोजिम दैनिक कजलिष्टमा चढी इजलास समक्ष्ँ पेश भएको प्रस्तूत पुनरावेदक तर्फवाट रहनू भएको विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारीले वादी ज्ञान शोभा भएको प्रस्तूत मुद्दामा वादीको मृत्यू पछि अंश वण्डा भई छुट्टी भिन्न वसेको दाजुले मुद्दा सकार गर्न पाउने प्रचलित कानून व्यवस्था नहुंदा पुनरावेदन अदालतले भिन्न भएका दाजुलार्ई हकदार कायम गरी गरेको फैसला त्रुटीपुर्ण हुंदा उल्टी हुन पर्दछ भन्ने तथा प्रत्यर्थी तर्फवाट रहनु भएको विव्दान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विव्दान अधिवक्ता श्री कमल नारायण लाल दासले पुनरावेदन अदालतवाट भएको इन्साफ कानून वमोजिम हुंदा सोही सदर हुनु पर्दछ भनी गर्नु भएको वहस सुनियो ।

      १२. यसमा निर्णय तर्फ हेर्दा यस्मा यसै लगाउको वादी ज्ञान शोभा र यिनै प्रतिवादी हिराशोभा भएको दे.पु.नं. ३५८९ को अंश मुद्दामा आज यसै इजलासबाट वादी ज्ञान शोभाको पुनरावेदन अदालत ललितपुरमा मुद्दा चल्दा चल्दैको अवस्थामा मृत्यू भएकोले निजसंग २०१७ सालमा नै छुट्टी भिन्न वसेका दाजु ज्ञान ज्योती कसांकारले मुद्दा सकार गरेकोमा यसरी दिदी वहिनी विच चलेको अंश मुद्दामा पहिलेनै  अंशवण्डा भई भिन्न वसेको दाजुले मुद्दा सकार गर्न पाउने प्रचलित कानूनमा व्यवस्था भएको नदेखिएकोले पुनरावेदन अदालत ललितपुरबाट वादीको मु.सु. गर्ने ज्ञानज्योती कायम गरेको वदर हुन्छ। साथै वादी ज्ञानशोभाको मृत्यू भै सकेको हुंदा ज्ञानशोभाको मृत्यू पश्चात अंशियार मात्र वांकी रहेकोमा पुनरावेदन अदालतवाट दूई भागको एक भाग अंश दिलाउने गरेको फैसला गल्ती भई उल्टी हुन्छ भन्ने फैसला भएकोले प्रस्तूत लिखत वदर मुद्दामा विवादित जग्गा प्रतिवादीकै हक पुग्ने हुंदा प्रतिवादीले मिति २०४७।३।२१ मा पंच मायालार्र्ई गरेको छोडपत्र लिखत सदर कायम भई शूरु जिल्ला अदालतवाट वादी दावी पुग्न नसक्ने ठहराएको इन्साफ सदर हूने ठहर्छ । पुनरावेदन अदालतबाट भएको फैसला उल्टी हुन्छ । पुनरावेदन अदालतको इन्साफ उल्टी भएको हुंदा उक्त फैसला वमोजिम कायम रहेको लगत समेत कट्टा गरी दिएको छ । अरु नियम वमोजिम गरी मिसिल वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. केशव प्रसाद उपाध्याय

 

इति सम्वत् २०५३ साल असार २८ गते रोज ६ शुभम् ....... ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु